gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

वैज्ञानिक अनुसन्धान के हो? फर्जी विज्ञान कसरी छुट्ट्याउने? नेपाली मिडियालाइ फेक न्यूजबाट बच्न केही टिप्स


रासस लगायत नेपाली मूलधारका कतिपय मिडियाले विज्ञानका ठुला तर अप्रमाणित दावीहरुलाई पत्याएर फेक न्युज पस्केको पस्कै गर्ने गरेकोले नेपाली विज्ञानको अन्तर्राष्ट्रिय बेइज्जत नहोस् भनेर केही टिप्स दिने कोशिस गरिएको छ। विज्ञानको अनुसन्धान कसरी गरिन्छ भन्ने आधारभूत जानकारी नहुँदा कलिलो उमेरका विज्ञानका जिज्ञासुहरु अर्ध-ज्ञानको आधारमा मिडिया कभरेज हुँदा आफ्नै भविश्यसँग खेलवाड गर्न पुग्छन्। मिडियाको बहकाउमा गरिने अतिरन्जित तर अपुष्ट दावीहरु अहिलेको इन्टरनेट युगमा कालो धब्बा बनेर बसिराख्न सक्छन्। र, भोलि गएर प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्र या अन्य वैज्ञानिकसँग काम गर्ने अवसर पनि गुम्न सक्छ। दुई वर्ष अघि पनि यस्ता युवालाई जानकारी दिई सहयोग पुगोस् भनेर यही लेखिएको थियो। तर घुमाउरो बाटो लिएर गरिने अनुसन्धानको प्रचारबाजी हुन छोडेको छैन। त्यसैले मिडियाले यस्ता युवालाई विज्ञानका जिज्ञासु भनेर प्रोत्साहन गर्नु राम्रो हुन्छ। पुष्टि नै नभएका ठूला ठूला दावीलाई सनसनिखेज समाचार बनाएर आफू पनि पंगु बन्ने र अरुलाई पनि भ्रमित नपार्न सचेत हुनु पर्छ। कुनै पनि खोजलाई कतिको उछाल्ने जान्न प्रोफेसर रबर्ट पार्कले दिएका “फर्जी विज्ञानका सात संकेतहरु” बाट लिइएका तीन संकेतमा चर्चा गरौँ।

फर्जी विज्ञानका तीन संकेतहरु

संकेत १: विज्ञानका ठूला दावीहरु वैज्ञानिक कसीमा नलगी पत्रिका या मिडियाबाट गर्नु

कुनै पनि अनुसन्धानको परिणामको दाबि सहि छ कि छैन भनेर सम्बन्धित बिषयमा ज्ञान भएका वैज्ञानिकहरुबाट समालोचना गरिनुपर्ने वैज्ञानिक अनुसन्धानको वैधताको अनिवार्य प्रक्रिया हो। यसलाई Peer Review भनिन्छ। यसको आफ्नै विधि छ। साधारणतया Peer Review गर्दा कसले समालोचना गर्दैछन् भन्ने कुरा दाबी गर्नेले थाहा पाउँदैन। दावीका यथेष्ट प्रमाण पुगे पछि मात्र समालोचकहरुले प्रकाशनयोग्य मान्छन्। तब मात्र सनसनीखेज अनुसन्धानको परिणाम मिडियामा समाचार बन्छ।

जब कसैले यो प्रक्रियालाई बाइपास गर्न खोज्छ र आफु खुशी मान्छे जम्मा गरेर प्रचारबाजी गर्छ तर प्रमाण दिंदैन भने त्यो वैज्ञानिक खोज वैध हुँदैन। यसलाई अरु प्रक्रियाले विस्थापित गर्न सक्दैन। जस्तो कि आफुले चिनेका या अनुरोधका आधारमा नोबेल पुरस्कार बिजेताबाटै सिफारिस पत्र लिएर हिडे पनि त्यो खोज सही साबित हुँदैन। Peer Review बाट पास भएर प्रकाशित दावीहरु पनि पुन: प्रयोग गर्दा कसीमा खरो उत्रिन सक्नु पर्छ र त्यो समयले देखाउँछ। कुनै पनि वैज्ञानिक दावीहरु सार्वजनिक भैसके पछि तिनीहरुमा कमि कमजोरीहरु छन् भने सम्बन्धित बिषयका वैज्ञानिकका आलोचनाहरुलाई चित्तबुझ्दो वैज्ञानिक खण्डन गर्न सक्नु पर्दछ । त्यसैले वैज्ञानिक दावीहरु वैज्ञानिक मंचमा गरिए मात्र दावी प्रमाणित गरिएको छ कि छैन अरु वैज्ञानिकले जाँच्न सक्छन्।

संकेत २: वैज्ञानिक परिक्षण ब्याख्या गर्न विद्यमान सिद्दान्तहरुलाई चुनौती दिने नयाँ सिद्दान्तको प्रस्ताव गर्नु

बिज्ञान परिवर्तनशील छ र बैज्ञानिक सिद्दान्तहरु बेला बखत परिमार्जित हुँदै जान्छन । विज्ञानको बिशेषता नै हो यो । तर समयसंगै खरो निस्केका सिद्दान्तहरु जो आफ्नो लिमिटमा राम्रो संग काम गर्छन, त्यस्ता सिद्दान्तलाइ चुनौती दिनु सजिलो छैन । यदि दिई हालियो भने, यस्तो अवस्थामा “संकेत १” झन् महत्वपूर्ण हुछ । जस्तो कि सदियौं सम्म प्रयोग गरेर जहाज, पानी जहाजहरु सम्भब बनाएको विस्थापनको सिद्दान्तले एकाएक काम गर्न कसरि छोड्छ ? आइन्स्टाइनले न्युटनलाइ चुनौती दिन सापेक्षको सिद्दान्त निकालेका हैनन्, न त न्युटनको सिद्दान्त आफैंमा गलत छ । कुनै पनि नयाँ सिद्दान्त आउँदा पहिलेको सिद्दान्तले गर्ने राम्रो व्याख्याहरु पनि गर्नु पर्ने हुन्छ । प्रकृतिमा हुने धेरैजसो प्रक्रियाहरु अहिले सम्मको बिज्ञानका नियम (प्रकृतिका नियम) हरुले नै ब्याख्या गर्न सकिन्छ । कसै नसकेको खण्डमा भने नयाँ व्याख्याहरु आउँछन र जब प्रमाणहरु थुप्रिदै जान्छन, तब मात्र नयाँ सिद्दान्त बन्दछन । तर बैज्ञानिक कसीमा प्रमाणित नभएको सिद्दान्तको बिश्वास गर्न सकिन्न ।

संकेत ३: नयाँ कुरा पत्ता लगाउँदा पनि बिज्ञानका स्थापित संघ संस्था या अरु बैज्ञानिकले खुट्टा तानेको बिश्वास गर्नु

बैज्ञानिक बिकासको पद्दति भनेकै नयाँ खोजको आलोचना-समालोचना र बिश्वसनीय पुन: परिक्षण हो । सबभन्दा पहिला त आफ्नो अनुसन्धान के हो प्रष्ट बुझिने गरि बैज्ञानिक मंचमै प्रस्तुत गर्नु पर्छ । भाषाको समस्या हैन यो, भाषा त सजिलै अनुवाद गर्न सकिन्छ । तार्किक प्रष्टता हुनु पर्छ । बैज्ञानिक मंचमा प्रस्तुत नगरी टिपन टापन शब्द प्रयोग गरि पत्रिकामा निकाल्दा अनुसन्धान नै के हो थाह हुने कुरा भएन, अनि मिडियामा गरिएको दावीको स्वाभाविक प्रतिक्रिया आउँछ । यदि अनुसन्धानको परिकल्पना (hypothesis) नै गलत आधारमा छ भने त्यो अनुसन्धानको बैधतामा प्रश्न उठाउन पाइन्छ । यसलाई बैज्ञानिक समालोचना नसम्झी खुट्टा तानेको सोच्ने, या आफुले गर्न नसकेर बिरोध गरेको बिश्वास गर्नु अर्को भ्रम हो । बिज्ञानमा एतिहासिक उपलब्धि हासिल गरेको भनेर राष्ट्रिय समाचार बन्छ, भने यो पब्लिक छलफल र बिमर्शको बिषय बन्छ, यसलाइ व्यक्तिगत लान्छना को रुपमा लिनु हुँदैन ।

त्यो लिंकका अरु संकेतहरु पनि माननीय छन् । त्यहाँ फर्जी बिज्ञानको उदाहरण बिदेशी बैज्ञानिकको उदाहरण दीइएको छ, तर नेपालमा आउने दावीहरु पनि माथिका संकेत संग कति मिल्छन, मिडियाले बिचार पुर्याउनु पर्छ । आधारहीन र अतिरन्जित बैज्ञानिक दावीहरु बिज्ञानको इतिहासमा नयाँ हैनन् । यस्ता दावीहरु नेपालमा मात्र हैन संसार भरि गरिन्छन, कतिपय बिज्ञान को ज्ञान नै नहुनेले त कतिपय बैज्ञानिक बाटै।

उदाहरणको लागि – एक जना छन् गेबर फेकेटे भन्ने, हप्तै पिच्छे आफ्ना अनुसन्धानका ठेली इमेल गरेर हैरान । संसारभर बिज्ञानमा काम गर्नेहरुको इमेल जम्मा पारेर अर्थ न बर्थका सिद्दान्त बर्साउने यिनको काम । यहाँ हेर्नुस यिनको चर्तिकलाको बर्णन। यस्ता अरु हरु पनि छन् जसले आफ्ना नयाँ सिद्दान्तहरु बेला बेला पठाईरहन्छन । यस्ता हरुलाइ त बेवास्ता गर्न सजिलो हुन्छ । तर बैज्ञानिकहरुले नै जानी जानी या कम बुझेर अतिरन्जित दावीहरु गरे भने बेवास्ता गर्न गार्हो हुन्छ किनकि उनीहरु परिक्षणहरु अलि बिस्वसनिय तरिकाले पस्किएका हुन्छन्। कोरियाका वु सुक व्हाङ्ग देखि लिएर कोल्ड फ्युजनका दावी गर्नेहरु बैज्ञानिकहरुको अन्तत: परिणाम नराम्रो नै आयो खासगरी कोल्ड फ्युजनको अनुसन्धानकर्ता को (कोल्ड फ्युजनको बारेमा यहाँ हेर्नुस),। बैज्ञानिक नैतिकता अनुसरण गर्दा हुन् त त्यतो हुने थिएन ।

फेरि पनि दोहोर्‍याएर भन्नु पर्दा – जसरी क्रिकेट टिमले जितेर आउँदा हुन्छ, बिज्ञानमा एतिहासिक उपलब्धि हासिल गरेको राष्ट्रिय समाचार आउँछ भने यो आम-चासो, छलफल र बिमर्शको बिषय बन्छ | प्रमाण कहिँ नभेटिएकोले प्रश्न गर्दा यसलाइ व्यक्तिगत लान्छना को रुपमा लिनु हुँदैन । कसैलाई होच्याउने, दुरुत्साहित गराउने लेखको आशय हैन र कहिले पनि थिएन, दुइ बर्ष अघिको ब्लगका यी हरफहरु अहिले पनि सान्दर्भिक छन् :

“अन्तमा भन्नु पर्दा यो कुरा जसले उठायो, ती युवा पूर्ण रुपमा गलत हैनन् — यस्ता कुराहरु केहि ज्ञान भएको जिज्ञासुले नै गर्छ — म सरहाना गर्छु । कुनै पनि कुरामा जिज्ञासा राखेर प्रस्न गर्नु नै अनुसन्धानको शुरुवात हो र बिज्ञानको बिकासको शुरुवात हो । यस्ता युवाहरुनै भोलि केहि गर्न सक्छन । तर हाम्रोमा खाँचो छ — राम्रो मेन्टरिंगको (या गाइडको) र साथसाथै संयमको पनि । कुनै कुराको भब्य प्रचार गर्नु भन्दा पहिला आफ्नो धरातल पनि हामीले बुझ्नु पर्ने हुन्छ । भोलि गएर आफु गलत निस्कियो भने जति माथि चढेको हो उति माथिबाट पछारिन्छ । नयाँ कुरा निकाल्दा कसैलाइ चुनौती नै दिनु पर्छ भन्ने पनि नठानौं । त्यसैले साना खुट्किलाबाट शुरु गरौँ, सक्ने भन्दा बढी, अतिरन्जित दाबि नगरौं । नयाँ बैज्ञानिक खोजको प्रचार ख्याति प्राप्त जर्नलमा छापेर गरौँ, आफूखुशी पत्रकार सम्मेलनमा नगरौं । यस्ता ठुलै दाबिहरु आउँदा पत्रिकाहरुले पनि बिज्ञान प्रतिष्ठान या कम्तिमा किर्तिपुरका बैज्ञानिकको राय लिएर मात्र हेडलाइन बनाउदा राम्रो । त्यसो भयो भने पत्रिकाको विश्वसनीयता पनि रहने हुन्छ भने भविष्यमा “स्कूल पढ्ने युवाले आइन्स्टाइनको सिद्धान्तलाइ चुनौती” भन्ने कुनै पुष्टि नभएको खबर सुन्नु पर्ने छैन | ए पख्नुस, त्यो पनि सुनिसक्या हो त । स्कुले उमेरमै आइन्स्टाइनको जनरल रिलेटिभिटी पुरै बुझ्न त असम्भब जस्तै हुन्छ भने चुनौती नै दिने त कुरै नगरौं । जसलाई भेक्टरको राम्रो ज्ञान हुन गार्हो हुन्छ, त्यो लेवलको “टेन्सर” गणित लगाएर, बुझेर, छिचलेर गल्ति फेला पार्नु या अन्य व्याख्या गर्नु सजिलो छैन | कहिँ कसैले यस्तो चमत्कार गर्न सकेकै रहेछ भने बैज्ञानिक समुदायले पनि पत्याउनु पर्यो, नत्र नजानेकै मान्छेको सामु त जे बोले पनि भैहाल्यो ।

त्यसैले राम्रो मेन्टरिङ्ग र गाइड हुने र जिज्ञासा राख्नेहरु पनि उपलब्ध बिशेषज्ञहरु संग राय लिदै अघि बढ्ने हो भने तिक्ष्ण दिमागका युवाहरु हाँसोको पात्र बनेर आफ्नै भबिष्य खतरामा नपारी सहि बाटो तिर डोरिन सहयोग हुन्थ्यो जसले गर्दा उनीहरुको मात्र नभई देशको पनि भलो हुन्थ्यो।”

1 comment to वैज्ञानिक अनुसन्धान के हो? फर्जी विज्ञान कसरी छुट्ट्याउने? नेपाली मिडियालाइ फेक न्यूजबाट बच्न केही टिप्स

  • Ritika

    Great bolg. Hope all Nepalese journalists/editors, including RSS will read this blog and stop spreading fake/false claims.