यो वर्षको सोनी वर्ल्ड फोटोग्राफी अवार्डसमा १९५ देशबाट ३ लाख २६ हजार वटा फोटोहरु प्रतियोगिताका लागि पठाइएकामा नेपालीको एउटा फोटो सर्टलिस्टमा पर्न सफल भएको बारे हिजोको ब्लग यहाँ क्लिक गरी पढ्नुस्। दिक्पाल थापाको मह शिकारीहरुको फोटो कल्चर विधाको ओपन कम्पिटिसनमा सर्टलिस्टमा पर्न सफल भएको हो। यो विधामा १३ वटा फोटोहरु सर्टलिस्टमा परेका छन्। त्यसमध्ये तीन वटा पहिलो, दोस्रो र तेस्रो हुनेछ। यसबाहेक नेसनल कम्पिटिसन अनुसार नेपालको मात्र फोटोको पनि छुट्टै प्रतिस्पर्धा हुन्छ। नेपाली फोटोसित प्रतिस्पर्धा गर्ने अरु फोटो कस्ता छन् त? आउनुस् हेरौँ।
चीनको सांघाइमा नेत्रविहीनहरु फिल्म ‘हेर्दै’।
Copyright: © Yi Han, China, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
मलेसियाको क्वालालम्पुरस्थित एउटा मन्दिरको ओपेरा स्टेजमा खिचिएको फोटो। हरेक ओपेरा पर्फमरको फरक मेकअप
Copyright: © Michael Chee Yen Chuan, Malaysia, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
चीनको सिचुआजमा हजारौँ महिला बौद्ध धर्मावलम्बीहरु धर्मको अभ्यास गर्न पहाड चढ्दै।
Copyright: © Lifeng Chen, China, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
छायाँबाट नाटक देखाउने कला चीनमा २ हजार वर्षभन्दा अघिदेखि प्रचलित छ।
Copyright: © Pan Jianhua, China, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
ग्रीसको सानो टापु एस्टिपालाइयामा बाउ र छोरा बाख्राको दूध दुहुँदै। शताब्दीअघिको जस्तै गरी उनीहरु अहिले पनि दूध दुहुने गर्छन्।
Copyright: © Georgios Papapostolou, Greece, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
रोमानियाको परम्परागत काठे घरमा बस्ने व्यक्ति। उनी किसान, कवि, पत्रकार हुन्। त्यसका लागि उनी ल्यापटप, प्रिन्टर, क्यामकर्डर र डिजिटल क्यामेराबाट घेरिन्छन्।
Copyright: © Alex Robciuc, Romania, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
सउलको दरबारबाहिर खिचिएको फोटो। यस्तो पहिरन लगाएमा त्यहाँभित्र निःशुल्क प्रवेश पाइन्छ।
Copyright: © Alessandro Zanoni, Italy, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
मंगोलियामा नादाम पर्व मनाइँदै।
Copyright: © Tomek Kozlowski, Poland, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
इरानको नाउरुज पर्व। यो पर्व ३ हजार वर्षदेखि मनाइँदैछ।
Copyright: © Alimohammad Karami, Iran, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
मोनालिसाको चित्र फ्रान्सको लुभ्र म्युजियममा।
Copyright: © Remus Daescu, Romania, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
युनानका अल्पसंख्यक जातिका मानिसहरु।
Copyright: © Eng Chung Tong, Malaysia, Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards
चीनको हुनान प्रान्तको दुर्गम गाउँको दृश्य।
Copyright: © Ming Kai Chan, Hong Kong (China), Shortlist, Open, Culture (Open competition), 2019 Sony World Photography Awards