यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

सागमा सफलता पाइरहँदा शरच्चन्द्र शाहको सम्झना, जसले मन्त्रीलाई दौरासुरुवाल दिने परम्परा सुरु गरेका थिए

१३ औँ साग अन्तर्गत तेक्वान्दोको महिला पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेपछि जीवन साथी दीपक विष्टसँगको प्रेमिल अंकमालमा बगाएका खुसीका आँसु जारी प्रतियोगिताकै सर्वाधिक सफल र भावुक क्षण हो । दुई बच्चाकी आमा आयशाले स्वर्ण जितेपछिको खुसी साट्न पहिला श्रीमान् दीपकलाई अंगालिन् अनि बच्चालाई । आयशाले बंगलादेशमा सम्पन्न ११औँ सागमा पहिलो स्वर्ण जितेर देशलाई दिएको उपहारमा अरू पदक थपिदिँदा देश नतमस्तक छ, उनको संघर्षपूर्ण सफलतामा । सिङ्गै देशकै बधाई अनि सलाम छ, आयशाको साहस र सफलतालाई।

आयशा जस्तै अरू पौरखी खेलाडीहरूको चमत्कारी प्रदर्शनले १३ औँ सागमा २३ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहँदै गर्दा नेपालले कराते, तेक्वान्दो, उसु, जस्ता एकल इभेन्टसबाट मात्रै धेरै पदक जितेर आफ्नो वर्चस्व जमाएको छ, जो अपेक्षित थियो । यसमा विजेता सबै सबै स्वर्णधारी खेलाडी र तिनका प्रशिक्षकहरू बधाईका हकदार छन् । बधाई अनि सलाम ती दुई दर्जन बराबर सुनका तक्मा विजेताहरूलाई पनि । र, एडभान्समा जितको शुभेच्छा सहित बधाई बाँकी प्रतिस्पर्धी खेलाडीहरूलाई पनि ।

अहिले सुनका तम्का जित्ने अहिलेका आयशाहरु, दीपराज गुरुङ, थानेश्वर राईहरूका सन्तति हुन् । खेलकुदमा दीपराज वा थानेश्वरहरुको खेल सत्ताको प्रवेश, सुरुवात गराउने, थलो बनाउने, थिति बसाउने र सत्ता स्थापित गराउने खेल नेता उनै शरच्चन्द्र शाह हुन । कीर्तिमानी वैकुण्ठ मानन्धर वा जीतबहादुर केसीहरूको पुस्तादेखि अहिलेसम्म जति नेपाली खेलाडीहरू लम्के, चम्केका छन्, तीनका जग, जन्मदाता नेतृत्वकर्ता शाह नै थिए ।

त्यसैले, यहाँनेर अहिले चाहिँ अलिकति प्रसङ्ग साग खेलकुदका जन्मदाताहरूको सम्झना र सम्मानमा । मलाई थाहा छ, १३ औँ संस्करणसम्म आइसकेको सागको सङ्घीय गणतन्त्र नेपालकी राष्ट्रपतिबाट उद्घाटन भइसक्या बेलाँ यसका जन्मदाताको खोजी गर्नु प्रतिगमनकारी लेखनको हर्कत हुन सक्छ । किनभने सागका जन्मदाताहरू गणतान्त्रिक थिएनन् । उ बेलाका राजा महाराजा र तिनका हुक्के, बैठकेहरू नै थिए । तै पनि दख्खल पर्नेहरुप्रति क्षमा याचनासहित आयशाहरुको पौरखमा देशले सुनका तक्मा सहित जीतको गाथा बनाउँदै गर्दा सम्झना गरिनुपर्छ यसको उज्यालो इतिहासका जन्मदाताहरूको पनि ।

हो, शरच्चन्द्र शाह अर्थात् शरद राजा नै हुन, थिए दक्षिण एसियाली खेलकुदका जन्मदाता । ओहो, शरच्चन्द्र शाह भनेपछि पञ्चायत विरुद्ध लडेकाहरूको आँग नै सिरिङ्ग होला । तर हो, उनै शरद राजाको बलबुतामा नेपालको माटोबाट सुरु भएको थियो उतिबेला साफ गेम भनिने अहिलेको साग । जो अहिले तामझामका साथ १३ औँ संस्करणमा आफ्नै भूमिमा चलिरहेको छ, खेलाडीहरूको विजय गाथा बढाउँदै ।

कसैलाई मन परोस् वा नपरोस्, इतिहासको तथ्य के हो भने राजा वीरेन्द्र खेल प्रेमी नभएको भए साफ गेम्सको जन्म नहुन सक्थ्यो । राजा वीरेन्द्र अति नै खेलप्रेमी भएका कारण उनले राखेपका तत्कालीन सदस्य सचिव शरच्चन्द्र शाह मार्फत दक्षिण एसियाली खेलकुदको इतिहास प्रारम्भ गरेको थिए । पहिलो पुस्ताका तमाम नेपाली खेल हस्ती र खेलकर्मीहरु यो तथ्यका प्रत्यक्षदर्शी हुन, जो अधिकांश जीवित नै छन् ।

राजा वीरेन्द्रको निर्देशनमा सार्क क्षेत्रका देशलाई समेटेर दक्षिण एसियाली खेलकुद महासङ्घ गठन गरी दक्षिण एसियाली खेलकुदको नेपाली माटोबाटै प्रारम्भ गर्ने ऐतिहासिक जिम्मेवारी पुरा गर्ने मुख्य अधिकारी शरच्चन्द्र शाह नै हुन । त्यसैले उनलाई अहिले साग भनिने साफ गेम्सका जन्मदाताका रूपमा सबैले स्मरण र सम्मान गर्न हिचकिचाउनु पर्दैन । अहिले मन्त्रीहरूलाई दौरा सुरुवाल दिइएको सवाल जो, विवादमा परयो, त्यो परम्पराको सुरुवात पनि उनै शाहले गरेका हुन । उतिबेला राजपरिवार खेलकुदका संरक्षक हुन्थे । खेल संरक्षक वा सेफ द मिसनमा रहने सरकारी अधिकारीलाई खेल भावनाका साथ मैदानमा आमन्त्रण गर्दा प्रतियोगिता विशेष पोसाक दिने प्रचलन अन्तर्राष्ट्रिय नै हो, त्यो हामीकहाँ साफ गेम्सदेखि सुरु भयो । र, अहिले पनि निरन्तर रह्यो । यो त्यो स्तरको खेल घोटाला होइन, जुन रूपमा प्रचारित छ । बरु, खेल परम्पराको पोशाक नीतिको निरन्तरता हो ।

स्वर्गीय शरच्चन्द्र शाहका अरू पाटामाथि लागेका आरोपहरूबारे जनमत विभाजित हुन सक्ला । दलका हुक्के, बैठकेहरूलाई उनका अरू तमाम कर्म मन नपरून्, तर खेलको घेराभित्र कोही पनि नेपाली छिरेपछि शाहको सम्मान गर्दा कसैको कद सानो हुँदैन । किन भने नेपालमा खेलकुदको व्यावसायिकीकरण, विकेन्द्रीकरणदेखि अन्तर्राष्ट्रियकरण गर्ने पहिलो खेल नेता पनि उनै शरच्चन्द्र शाह हुन ।

निस्सन्देह उति बेला संविधानतः नै सक्रिय राजतन्त्र थियो । शाहले राजाकै हुकुम प्रमांगीमा खेलकुदको नेतृत्व गरेका थिए । राजा महाराजालाई नै दिलखुस पार्न नै सही, तर उनले रंगशालाको त्यही पवित्र माटोबाट साफ गेम्सको पहिलो संस्करण सम्पन्न गरेका थिए । घरेलु रूपमा नगर खेलकुद, अञ्चल खेलकुद, विकास क्षेत्र स्तरीय खेलकुद, अञ्चल स्तरीय, जिल्ला स्तरीय खेलकुद सङ्घ, सङ्गठनको अवधारणलाई मूर्त रूप दिएर सोही अनुरूप प्रतियोगिताहरू सञ्चालन गर्ने र देशभरका खेल प्रतिभाहरूलाई खोज्ने र केन्द्रमा मौका दिने पहिलो खेल नेता शाह नै थिए ।

शाहले धेरै मेहनत गरेर, आँसु बगाएर साफ गेम्सको सुरुवात गरेका हुन । अति तेज स्मरण शक्ति भएका, सानो कदका, अङ्ग्रेजीमा पोख्त शाहले दक्षिण एसियाली खेलकुद महासङ्घको स्थापनामा आफै लिडर बनेर अन्तर्राष्ट्रिय लविंग गरेका थिए । साथैमा उनले नेपाली ओलम्पिक मुभमेन्टलाई पनि सक्रिय पारेका थिए । समग्रमा उनी नेपाली खेलकुदलाई देशदेखि विदेशसम्म पुर्‍याउने, खेलको व्यवसायीकरण गर्ने र खेलकुद कूटनीति मार्फत नेपाललाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने तथा नेपालको पहिचानको बिस्तार गर्ने उदारवादी खेल नेता नै थिए ।

व्यवस्था नै हुकुमी थियो, उनले हुकुमकै भरमा खेल शासन चलाए । यो सत्य हो । तर उनकै हुकुमले अहिलेको स्तरमा नेपाली खेलकुद आइपुगेको हो । नेपालमा देशभर साना ठुला जति पनि खेल संरचनाहरू बनेका छन्, तिनमा शाहकै पसिना मिसिएको छ । २०४६ को राजनीतिक परिवर्तनपछि राखेपमा हैकम जमाएका शरद भट्टराई, केशव स्थापित, विनोद शंकर पालिखे, जीवनराम श्रेष्ठ, युवराज लामा, केशवकुमार विष्ट वा अहिलेका सदस्य सचिवहरूले उनै शाहकालीन पूर्वाधारमा रंगरोगन मात्रै गरे, त्यही पथलाई कहिले पिच गर्न खोजे, कहिले पुरपार पारे । तर शाहकालीन खेलपथलाई विस्थापित गर्ने गरी न कुनै ठुला संरचना बनाए, न त नयाँ खेल जागरण र कीर्तिमानको पौरख नै देखाए । जसोतसो शाहकालीन खेलकुदको निरन्तरतामा आफ्नो नेतृत्व काल बिताए । कुन सदस्यसचिवले शाहकालिको इतिहास मेट्ने गरी नयाँ काम गरे ? छन् भने, दुनियाँलाई देखाइदिए हुन्छ ।

जसरी देशको इतिहास शाह राजाको प्रसङ्ग बिना अधुरो, अपुरो हुन्छ, त्यस्तै नेपाली खेलकुदको इतिहास पनि शाह वंश राजा र खास गरी राजा वीरेन्द्रको साथको प्रसङ्ग बिना पूर्ण हुँदैन । राखेपमा संरक्षक संरक्षक रहने शाही परम्पराले खेलकुदका उतिबेलाका शाह राजाको निकटता र संलग्नतालाई पुष्टि गर्छ । तत्कालीन अधिराजकुमार स्वर्गीय धिरेन्द्र शाह दरबारका तर्फबाट साफ गेम्स सुरु गर्ने मुख्य राजप्रतिनिधि रहे । शाही परिवारको लगाव खेलमा निरन्तर रह्यो ।

खेल पत्रकार श्रीविक्रम भण्डारीको साथले पङ्क्तिकारलाई जुरेको एक भेटका दौरान शरच्चन्द्र शाहले भनेथे, शीतयुद्धको समयमा दक्षिण एसियाका राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउनु उनको जीवनकै कठिन चुनौती थियो । तर तत्कालीन राजा वीरेन्द्रको पुरा साथले आफूले सबै देशमा गएर अनेकौँ पापड बेलेर १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ गठन गरी पहिलो आयोजक नेपाल नै बनेर सीमित भौतिक पूर्वाधार र बजेट बिच साफ जन्माउन सकेको शाहको कथन थियो । रातारातको तयारीले पहिलो साफ आयोजना गरेर सार्क क्षेत्रमा नै नेपालले नेतृत्वदायी भूमिका निभाएको र त्यसबाट नेपाल खेलमार्फत अन्तर्राष्ट्रिय जगतमा चम्किन, लम्किन सफल भएको उनको स्मरण थियो ।

२०४६ को आन्दोलनले पंचायत मात्रै फालेन, डिल्लीबजार बाटुले घर नजिकको शाहको निजी निवास नै खरानीमा परिणत गरयो । पंचायतकालमा शाह कति शक्तिशाली वा बदनाम थिए भन्ने मानकका लागि सिङ्गै जनआन्दोलन शाहमाथि खनिएको त्यो प्रसङ्ग काफी हुन सक्छ । अहिले स्वर्ग वास भैरहेका शाहको अरू पाटाका बारेमा मानिसहरूका फरक मत छन् भने तिनको सम्मान गर्न सकिन्छ, तर खेलकुदमा , त्यसमा पनि सागकै सेरोफेरोमा शाहको नाम लिन कसैलाई हीनता वा लघुताभास हुन्छ भने त्यो त केवल इतिहासप्रतिको बेइमानी हो । इतिहासलाई अपमान गर्नेहरूको अर्को इतिहास कस्तो लेखिएला र ?

सन् १९८४ देखि नेपाली माटोमा उम्रिएर हुर्केको साग १९९९ मा यही रङ्गशालामा नेपाललाई पदक तालिकामा माथि उठाउन सफल भएको थियो । तत्कालीन राखेप संरक्षक युवराज दीपेन्द्रले आठौँ साफका बेला खेलाडीहरूसँग देखाएको निकटता र दिएको हौसला खेलकर्मीहरु बिच ताजै होला ।

स्वभावैले अहिले खेलाडीहरूको पौरखमा देश साग गेम्समा जीतको नयाँ कीर्तिमान बनाइरहेको छ । यो विजयोत्सवका बेला सबै विजेता खेलाडी र तीनका प्रशिक्षकलाई राष्ट्रले विशेष सम्मान दिन सक्यो भने, इतिहासका निर्माताहरूप्रति पूर्वाग्रही मात्रै भइदिएन भने मात्रै पनि साग आयोजनाको औचित्य पुरा हुनेछ ।

माफ गर्नुहोला नेपाली खेलाडीको पदक जितपछिको पनि हैसियत चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका तुलसा खत्री १३ औँ साग छाडेर कतार भासिएको ताजा प्रसङ्ग भन्दा भिन्न, उच्च छैन । घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि नेपाली सेनाकी धाविका खत्री कतार भागेको प्रसङ्ग नै नेपाली खेलाडीको यथार्थ पस्कने क्रूर धरातलीय सत्य हुन । उहिलेका शरच्चन्द्रहरु अहिले तुलसाहरु भाग्नु पर्ने नियतिका कारक र कारण होइनन्। खेलनेताहरु र खेलप्रेमी सरकारले यति चाहिँ बुझे, बेशै होला ।

6 comments to सागमा सफलता पाइरहँदा शरच्चन्द्र शाहको सम्झना, जसले मन्त्रीलाई दौरासुरुवाल दिने परम्परा सुरु गरेका थिए

  • madan bajracharya

    कुनै पनि बिबादित ब्यक्तिले बा ब्यबस्था मा केही राम्रो काम गरेकै भयकै हुन्छ तर तेसैको आधारमा त्यस्तो ब्यक्ति र् ब्यब्स्था राम्रो हुँदैन। पञ्चायत र् शरद कस्तो हो भन्ने कुरा पनि तेस्तै हो।नराम्रो ब्यब्स्था ले नराम्रो नेता जन्मायाको हो बा नराम्रो नेताले नराम्रो ब्यब्स्था जन्मायाको हो त्यो कुरा थम्याउनै गार्हो भैसक्यो।

    पटक पटक ब्यब्स्था परिवर्तन हुँदा पनि नेपाल र् नेपालीले परिबर्तित् ब्यबस्था उपयुक्त भयको थान्न नसक्नु र् निर्बिबादिद नेता पाउन नसक्नु; ब्यबस्था परिवर्तन भय् पनि उही पुरानो बिबादिद बा असफल ब्यबस्थाकै बिबादिद आलोचित नेताहरुनै सर्वेसर्वा हुनु, अनि जती पटक ब्यबस्था परिवर्तन भय पनि परिबर्तनको मह कात्ने त् उही नेपाल मिच्ने भारतनै हुनुले नेपालमा ब्यबस्था बदलिनुमा नेता र् भारतको स्वार्थ नै प्रमुख कारण भयको देखिन्छ। छोतकरिमा कितेरै भन्ने हो भने नेपालमा भयको ब्यबस्था परिवर्तनले धेरै नेताको हैसियत चाँही बदलियको छ् तर देस र् नागरिकको अवस्था झनै खस्केको छ्।

    ब्यापार गर्नेहरु बिहानको बहनी नराम्रो भयमा त्यो दिन भरी ब्यापार नराम्रो कुरा मान्छन। यो कुरा सती हो बा होईन त्यो त् म् जान्दिन तर राजनीतिमा परिबर्तनको आधारनै गलत भय् परिवर्तन भयको शासक र् शासकिय ब्यबस्था नराम्रो हुने कुरा पटक पटक सिद्ध भयको छ्। राणा तन्त्र बिरुद्धमा भयको संघर्शमा गिरिजाले नेत्रित्व गरेको भनियको बिरातनगर जुतमिल कारखानाको हदताल मोहन शम्शेर सित “गिरिजाहरुलाई सत्तामा सहभागि बनाउने” सहमतिमा तोदिनु, तेसपछी दिल्ली सम्झौता गरेर नेपालीले लखेत्न खोजेको राणाकै ५ जना र् गिरिजाहरुको ५ जनाको सरकार बनेको लगतै अहिले सम्म भारतले मिची राखेको भुमि नेपालकै भयको जनाउने बेलाईत सित भयको सबै सन्धि खारेज हुने प्रवधान् समेत् राखेर सन १९५०को सन्धि गरिनु। त्रिभुवन जस्तो अलंकारिकको हैसियतमा समेत् नरहेको राजा हुँदा पनि नेपालमा बिना संबिधान र् सदन, मन्त्री मन्दलको बैठक पनि भारतिय् राजादुतको उपस्थितिमा चलाऊने प्रवासितन्त्रलाई प्रजातन्त्र भन्नेहरुको सरकार बाट कोशी गण्डकी नामको मात्रै नेपालको हुने सन्धि भारत सित हुनुलाई नेपालको राजनीतिमा “खराव बहनि”मान्नै पर्ने हुन्छ।

    यस्तै कुरा २०४५मा भयो। नेपालको कब्जा गरेको कालापानिमा भारतको सेना राख्न नसकिने बनाउने “नेपाललाई शान्ति छ्यत्र्” बनाउने प्रयास गर्ने’ तनकपुर बान्ध समेत् दिन नमान्ने बाट सप्त कोशी उच्च बाँध बनाउने भारतको सपना त् कहिले पुरा नहुने भय् पछी भारतले नाकाबन्दी गरेको बेला काङ्रेस बाट आन्दोलन गरेर राजा संबैधानिक हुने ब्यबस्था त् बन्यो तर तेस्को लगतै भयो के त्? राजाले बनाउन दिन नमानेको तनकपुर बाँध बनाउन दियो सप्त कोशीमा उच्च बाँध बनाउन दिने सहमति गरे; त्यो पनि सदन छलेर!!। भारतको सामान बिकिन गार्हो बनाउने नेपालको उद्योगहरु बन्द गरियो। त् भारतले नाकाबन्दी गरेकै बेला ब्यबस्था बदल्नको निमित भयको आन्दोलन; ब्यबस्था बदले पछी भयको पहिलो चुनावमा कृष्ण प्रशादलाई अन्तर्घात गरेर गिरिजा प्रधान मन्त्री बन्नुलाई तेतिबेलाको राजनीतिमा राम्रो बहनी मन्न सकिन्छ?

    अव अहिलेकै कुरा गरौं, देसमा उत्कृष्ट मानिने लोकतन्त्र छ्। तर करोदौ भारतीयले रोजगारी पाउने नेपालको ५० सौ लाख नेपालमा काम नपाउने भयर बेदेशिनु परेको छ् त्यो पनि “ठगिन्दै ठगिन”। अनि तिनिहरुले कमायाकै रकमले देस चल्ने अवस्थामा पुगे। त् के दिल्ली सम्झौतानै प्रमुख आधार भयको ब्यब्स्था परिबर्तनलाई कुन आधारमा असल बोहनी भन्ने?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • राजकिशोर साह

    “व्यवस्था नै हुकुमी थियो, उनले हुकुमकै भरमा खेल शासन चलाए । यो सत्य हो…”

    End justifies the means भन्ने अंग्रेजी उखान को उदाह्र्ण /

    त्यसो भए सबै भारत का जनता ले अंग्रेज अरु को गुण गाउनु पर्ने / अंग्रेज ले २०० बर्ष भन्दा बढी भारत लाइ कजाए …तर ….तर……कस्तो राम्रो रेलगाडी र कस्तो राम्रो administrative system स्थापित गरी दिए /

    अफ्रीका लाइ युरोप का अनेकन देश – ब्रिटेन, फ्रान्स, स्पेन, पोर्चुगल ले उपनिवेश बनाए, लुटे….तर /…….

    राणा ले जहानिया शाशन चलाए १०४ वर्ष तर कस्ता राम्रा दरबार बनाई दिए

    उत्तर अमेरिका मा पुगेर कुन चाहिं लठ्ठक कुइएरे ले भारत पो पुंगे भन्ने ठानेछ र त्यहाँ का वासिन्दा लाइ “indian” वा “रेड indian ” भनेछ /

    अनि ती बिचरा “राता भारतीय” हरु लाइ फस फुस नर संहार गरेर रेजरभेसन मा कोचेर – “के त ? तिनीहरु आफु आफु लाइ मारेर , संधै झगडा र युद्द गरेर बसेका थिए ….हामीले तिनलाई मारेर कब्जा गर्यौं ….के त ? हाम्ले के गल्ती गर्यौं ? तिनीहरु लाइ हामीले नर संहार नगरेको भए आफै आफै लडेर मर्ने थिए ..के त ? न भनेर आफुले गरेका दानवीय क्रियाकलाप को justification गर्न सजिलो छ नि

    यस्तै हो …… पंचायत मा एक दुइ ले मोज गरे , एक दुइ परिवार र आसे पासे ले जस लाइ जे गरे पनि हुने थियो …के त ? कम से कम तिनका शिकार नभएका अरु जनता लाइ त सुरछ्या थियो नि ….. भने जस्तै हो

    घरानिया परिवार का उत्ताउला युवा र तिनका आसे पासे द्वारा बलात्कृत नभएका , जागिर मा पांडे पजनी मा नपरेका , जबर्जस्ती आफ्नो व्यवसाय वा कारखाना को ठुलो शेयर पहुँच वाला लाइ न दिएमा व्यवसाय नै बन्द नभएका , चुंक्क बोलेकोमा जेल र कुटाइ सहन नपरेका , अझ भरत गुरुङ र कराते मास्टर जगत गौचन को गोली को शिकार नभएका लाइ त निश्चय पनि पंचायत काल स्वर्ग काल थियो /

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • गौरव

    ओली, शेरे, प्रचन्ड, बाबुराम, माकुने, झले, सुशीले र गिरिजाको असक्षमताले र अदुरदर्शिताले देश बिगारे भन्दैमा पञ्चायत ठीक थियो भन्नु घडीलाई पछाडि सार्नु हो| लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो| सुर्यबहादुर र लोकेन्द्रे खरदार मात्र रहे| पञ्चायत ब्यवस्थाले निरन्कुशता नदेखाएको भए, शरद शाहको ज्यादती नआएको भए आज यो दिन आउने नै थिएन| १७,००० ले ज्यान दिन पर्ने नै थिएन| पञ्चायती बेवास्ताकै कारणले हो| अहिले पनि क्रुर राणा शासनको गुणगान गाउने छन, तर त्यो शासन फर्काउन चाहेको होइन|
    हो, बनियो राजाकै शासनमा रिङ्ग रोड, ५० फीट सम्म घर नबनाइनु भन्ने नियम पनि थियो जुन राजाकै पालामा मिचिन थालेको हो| धिरेन्द्रले खेल्कुदलाई शरद शाह मार्फत मन्डलेकरण गरेको सबैलाई विदितै छ्| राजाको आसे पासेखासे नभए केही काम गर्न सकिदैन थियो| खेलकुद होइन दरवारीया हावी थिए|
    एउटा खुबी भनौ वा भिन्नै चरित्र शरद शाहको धेरैलाई थाहा थियो| आफ्नो नाक नक्सा आक्रिती उस्तै भएर हो के हो, उनी सबैलाई समान ब्यवहार गर्थे, त्यै भएर आहिले पनि परिषदमा समानताको झल्को खेलाडीहरुको प्रतिनिधित्वमा देखिछ| शरद शाह जस्ता सोच भएका मुख्य सचिव भएका भए कर्मचारीतन्त्रको प्रतिनिधिमुलक नक्सा सम्पूर्ण नेपाललाई समेटने खालको हुन सकिन्थ्यो| तर छ चौपट| छोरी बुहारी, भाई, भतिजा, पैसावाद्को बोलाबाला छ्|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • arjun

    Kapil Pradhan ji I beg to differ from you at least partially. Yes the system was one party. Hence, there was system . people was accountable and afraid of being lawless. Unlike today. In my youth days I was also on the “Julus” against Panchayat and “Raja ko Sashan” but now just like millions others I regret. I too think kingdom was better. King Birendra’s kingdom was better then latter’s and his Panchayat was probably better then Democratic Nepal. Just because of few bad potatoes we should not not discredit the whole system. If we choose to do this then propbably there won’t be much to credit today’s system.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    मान्छे ले गरेको राम्रो काम को मात्र कुरा गरम न । सासन काल को के कुरा ?माने पनि न माने पनि आज को पाखे तन्त्र को बाउ तेही हुक्के तन्त्र नै त् थ्यो ?
    हुक्के हरुले पाखे हरुलाई गरिखावो भनेर दिन दहाड़े दर्बार छोडेर हिडे , गरि खावो भनेको लुटी खावो बुझेछन बाउ छोरी , भतिजा , भतिजी , स्वास्नी सब मिलेर ळुट्दैछ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • कपिल प्रधान

    हा … ब्रो पनि कस्तो ……..
    हा…. ब्रे – क लगाउनुस,रोकिनुस सोकिनुस र सोच्नुस् न
    चाकडी को पनि सिमा हुन्छ नि

    अहिले चिया को सुर्को लाउँदै “पंचायत कालमा बरु राम्रो थियो” भन्ने यस्ता हुक्के लेखक बग्रेल्ती छन्

    भए जति विदेशी रास्ट्र बाट आएका अनुदान, जनता बाट उठेको कर, उठ्ती पुठती, सामाजिक सेवा, व्यापार, जे जति छन सबै मा एउटा परिवार र तिनका आसे पासे ले पजनी गरेर आफ्नै हात जगन्नाथ गरेर , मिडिया मा चुंक्क केहि लेख्न बोल्न नपाइने , ४-५ कक्षा देखी “महेन्द्र माला” र “पंचायत” र ” अनिवार्य संस्कृत” घोटाएर टिभी र रेडियो मा झीर शाह जी जस्ता हस्ती हरु मार्फत दिन रात पंचायत गुण गान र जयजयकार र हिन्दु भजन गान गरेर , भए जति सडक, अस्पताल, सुविधा जति सबै काठमाडौँ मा केन्द्रीकरण गरेर, अनि आफु लाइ मन परेको र खान सजिलो हुने छेत्र मा के के न विकास गरेको जस्तो गर्ने, अनि पैसा को खोलो बगाएर , कर्मचारी हरु लाइ आफ्नो घरको नोकर जस्तो व्यवहार गरेर सबै तर्फ पांडे पजनी गर्ने हरु लाइ आज आएर स्तुति गर्न सजिलै होला कसै कसै लाइ /

    त्यो काल को “खेलकुद परिषद् ” राम्रो थियो भन्नु र त्यो बेला को सामाजिक सेवा समन्वय परिषद् राम्रो थियो वा त्यो बेला को फलानो राम्रो थियो भन्नु भन्दा अघि त्यो बेला काठमाडौँ बाहिर बस्ने जनता को अवस्था कस्तो थियो? मुर्ति कस ले चोरेर विदेश लगे ? खुलेआम जघन्य बलात्कार कस कस ले मच्चाए? जनता ले के बोल्न पाउँथे ? ठाडो तोक र आदेश को भर मा पहुँच वाला ले जसलाई जे गरे पनि हुने स्थिति थियो कि थिएन …..आदि इत्यादि बारे पनि सूर्य खड्का ज्यु जस्ता पत्रकार ले लेखेका पंक्ति हरु पढ्न पाए हुने थियो /

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)