यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

भाटभटेनीमा किनेको सामानको यो हालत !


भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। एक दर्जनभन्दा बढी ठाउँमा यसको सुपरस्टोर छ। पहिले काठमाडौँमा मात्र सीमित भाटभटेनी अहिले त काठमाडौँ बाहिर पनि फैलिसकेको छ। यति चर्चित ब्रान्ड भएर पनि यसले आफ्नोमा राख्ने सामानहरुको गुणस्तर चाहिँ राख्न सकेको देखिएन।

एउटा यस्तै प्रमाण एक पाठकले माइसंसारलाई पठाएका छन्। केही दिनअघि बालाजुको भाटभटेनीमा किनेको खाद्यपदार्थको हालत हेर्नुस्।

ती पाठकका अनुसार उनका आमाबुबाले भाटभटेनीमा अरु सामानसँगै रिक फूड उद्योग नामको लेबल रहेको मस्यौरा किनेर ल्याएका थिए। लेबलमा २६ डिसेम्बर २०१९ को उत्पादन मिति छ र १२ महिनासम्म खान उपयुक्त हुने लेखिएको छ।

तर भित्र खोलेर हेर्दा भने मस्यौराहरु खान लायक छैनन्। कुहिएका छन्।

 

[तपाईँहरुले पनि यस्तै दुःख, अप्ठेरो भोग्नुभएको छ भने हामीलाई blog@mysansar.com मा प्रमाणसहित लेखी पठाउनुस्। तपाईँले बाँडेको अनुभवले यस्ता संस्थाहरुलाई जिम्मेवार बनाउन सहयोग त गर्ने नै छ, अरु उपभोक्तालाई पनि सचेत बनाउन सघाउनेछ।]

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)