यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

हिजो राति आकाशमा उल्का खसेको फेक भिडियो र फोटो सामाजिक सञ्जालमा

हिजो बिहीबार राति करिब ८ बजेतिर पश्चिम नेपालको विशेषतः गण्डकी प्रदेशका व्यक्तिहरुले आकाशमा एउटा चम्किलो प्रकाश खस्दै गरेको देखे। कसैकसैले भने आवाज समेत आएको बताए। यो घटनाका फेक फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा छरिएका छन्।

हिजो पक्कै पनि आकाशमा त्यस्तो कुरा देखिएकै हो। किनभने अनेकले यो देखेको बताएका छन्। प्रष्ट नदेखिए पनि फोटोहरु खिचेका छन्। तर त्यही घटनाको भन्दै अरु देशका फोटो र भिडियोहरु राखेर भ्रम फैलाउने काम पनि भएको छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले हिजै एक प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुमानका आधारमा उक्त वस्तु उल्कापिण्ड हुनसक्ने आधार रहेको बताएको छ। यो उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको अनुमान गरिएको छ।

‘उक्त वस्तु उल्कापिण्ड भए जहाँ खसेको हो त्यहाँ क्षति हुन्छ नै। धेरै जनाले आवाज सुनेको विवरण पठाउनुभएकोले सबैभन्दा ठूलो आवाज सुनिएको ठाउँतिर नै खसेको हुने हुनाले जानकारीका लागि अनुरोध गर्दछौँ’, सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन्।

तर अहिले सोसल मिडियामा फेक भिडियो र फोटो पनि देखिएका छन्। जस्तै यो भिडियो

भिडियोमा पोखरामा रहेका अस्ट्रेलियालीहरुले खिचेको भनिएको छ। तर यो भिडियो नेपालको भने होइन।

हामीले खोज्दा यो भिडियो तीन वर्षअगाडि क्यालिफोर्नियामा खिचिएको भेट्यौँ। हेर्नुस् भिडियो-

केहीले यो फोटो पनि प्रयोग गरेको पाइयो।

यो फोटो कोस्टारिकाको हो। यहाँ हेर्न सकिन्छ।

केहीले भने आफैले देखेको फोटो सार्वजनिक गरेका छन्-

धन्न यो उल्कापिण्ड नेपालको कुनै अनकन्टार ठाउँमा खसे जस्तो देखिएको छ। सात वर्षअघि रसियामा उल्कापिण्ड खस्दा ४ सय जना घाइते भएका थिए। यससम्बन्धी गार्डियनको समाचार यहाँ क्लिक गरी हेर्न सकिन्छ।

Comments