यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कसरी बच्‍ने कोरोना भाइरसको सङ्क्रमणबाट? यस्ता छन् उपाय

-डा. जेबी आले मगर/अस्ट्रेलिया-

कोरोनाको यो सङ्कट घडीमा यससँग सम्बन्धित बग्रेल्ती लेखहरु छापिएका छन्। कति लेखहरु विज्ञले लेखेका छन् भने कति अलि अलि जानेकाले लेखेका छन्। मैले यहाँ COVID-19 को विस्तृत वर्णन गरेर र कहाँ कति संक्रमित भए, कुन देशले के गर्दैछ भनेर लेखलाई अनावस्यक लम्ब्याउन चाहिनँ। किनकी यस्तो खबर आजभोलि जताततै पढ्न पाइन्छ। आफूसँग भएको ज्ञान र अन्य श्रोतको आधारमा छोटो मिठो अनि सरल तरिकाले यो रोग र यस्को कारक जीवाणुको बारेमा केही सत्यतथ्य राख्ने प्रयत्न गरेको छु। पहिलो र दोश्रो अनुच्छेद्, जसमा SARS-CoV-2 र यसले मानिसमा कसरी रोग लगाउछ भनेर उल्लेख गरिएको छ, जुन सबैले नबुझ्न सक्छन् तर बाँकी भाग सबैको लागि उपयोगी हुने आशा गरेको छु।

कोरोना भाइरस वा SARS-CoV-19 के हो ?

कोरोना भाइरस विशेष गरी चमेरो र केही अन्य चराहरुमा पाइने एक प्रकारको RNA भाइरस हो जुन अहिले आएर मानिसमा पनि सरेको छ। सन् २००२ मा देखिएको SARS भन्ने रोग फैलाउने भाइरस पनि कोरोना कै प्रजाति हो। अहिलेको भाइरसको नाम विश्व स्वास्थ्य संगठन (WHO) ले SARS-CoV-2 दिएको छ र यसबाट हुने रोगलाई २०१९ मा पहिलो पटक भेटिएकोले COVID-19 भनिएको छ।

अरु धेरैजसो भाइरस जस्तै SARS-CoV-2 पनि RNA भनिने वंशाणु तत्व (genetic material), प्रोटिन र बोसो (Lipid) ले बनेको हुन्छ। RNA को त्यान्द्रालाई विषेश गरी बोसोयुक्त झिल्ली वा lipid ले घेरेर राखेको हुन्छ भने प्रोटिनका अणुहरु त्यही झिल्लीमा रहेका हुन्छन्। प्रोटिनका कुनै कुनै कणहरु काँडा जस्तै बाहिर निस्केका हुन्छन् जुन बाह्य जैविक कोष (Target Cell) हरुसँग जोडिन र भित्र पस्न (invasion) को लागि प्रयोग हुन्छ।


Figure 1: Schematic diagram of SARS-CoV-2. Copied from The Economist.

भाइरसले कसरी स्वास्थ्यमा असर गर्छ ?

जब भाइरस बाह्य जीवकोषको सम्पर्कमा आउँछ, भाइरसको सतहमा भएको काँडा जस्तै बनौटको प्रोटिन र जीवकोषमा भएको ACE-2 भनिने receptor को बीच बन्धन पैदा हुन्छ। अनि भाइरस जीवकोषभित्र छिर्छ। त्यो भाइरसले जीवकोषमा हुने नियमित कृयाकलापलाई असर गर्दै अरु थुप्रै भाइरस जस्तै खालका RNA का त्यान्द्रा र प्रोटिन पैदा गर्छ जुन नयाँ भाइरसमा परिणत हुन्छ। अन्त्यमा त्यो जैविक कोष (host Cell) को मृत्यु हुन्छ। नयाँ भाइरसहरु वरिपरी रहेका अरु स्वास्थ्य कोषहरुमा पसी पहिलेकै प्रकृयाबाट फैलिँदै जान्छ। जब धेरै कोषहरु नष्ट हुन्छन्, हामी भित्र रहेको रोग प्रतिरोधात्मक शक्ति क्रियाशिल हुन थाल्छ अनि फलस्वरूप हामीमा बिरामीको लक्षण देखिन थाल्छ। भाइरस छिर्ने बित्तिकै रोगको लक्षण देखिँदैन। लक्षण देखिनको लागि निक्कै कोषहरु नष्ट हुन जरुरी छ। भाइरस पसेदेखि लक्षण नदेखियुन्जेलको समयलाई incubation period भनिन्छ। त्यसैले, बिरामी नहुनुको अर्थ भाइरसको संक्रमण नभएको भन्ने होइन।

SARS-CoV-2 भाइरस कसरी सर्छ?
जब भाइरस संक्रमित व्यक्तिले हाछ्युँ गर्छ वा खोक्छ (त्यो ब्यक्ति incubation periodd मा पनि हुन सक्छ), सिंगान वा खकारका थोपाहरु सङ्गै भाइरस पनि बाहिर आउँछ जुन डेढ मिटर परसम्म पुग्न सक्छ। छिटा सँगै निस्केका भाइरसहरु चाहे जमिनमा रहेका होस् वा अन्य वस्तुमा बसेका होस्, कुनै मान्छेको सम्पर्कमा आएमा त्यो मान्छेको छालामा सर्छ। खोक्दा वा हाछ्युँ गर्दा अरु मान्छे नजिकै रहेछ भने भाइरस सिधै सर्छ। मान्छेको छालामा धेरै मुजा हुने भएकोले भाइरस सजिलै टाँसिन्छ। त्यस माथि उपयुक्त तापक्रम र चिल्लो पदार्थ पनि हुने भएकोले भाइरस त्यहाँ लामो समयसम्म बाँच्न सक्छ।

शरीरको कुनै पनि भागमा SARS-CoV-2 टाँसिदैमा रोग लाग्ने भने होइन। जब त्यो भाइरस स्वास-प्रस्वास प्रणालीको जीवकोष भेट्टाउँछ तब मात्र असर गर्ने हो। विचार गरौँ, औसतमा हरेक २ देखि ३ मिनेटमा मान्छेले हातले अनुहार छुन्छ, यदि हातमा भाइरस रहेछ भने त्यसलाई नाक वा मुखमा पुग्न कुनै गाह्रो छैन, जब नाक वा मुखमा पुग्छ घाँटी हुँदै फोक्सोमा त पुगिनै हाल्छ। चुम्बन गर्दा पनि किटाणु सर्ने सम्भावाना निक्कै हुन्छ।


के SARS-CoV-2 लाई मार्न सकिन्छ ?

अवश्य सकिन्छ र अहिलेको अवस्थामा कसरी मार्ने भनेर जान्न अझै जरुरी छ। खुशी को कुरा त त्यस्लाई मार्न अति नै सजिलो पनि छ, न कुनै महङ्गा औषधी चाहिन्छ न ठूला डक्टर नै। तर यो जान्न जरुरी छ कि भाइरस हाम्रो शरीरभित्र नछिर्दै मार्नु पर्छ। त्यो सस्तो र अचुक औषधीको नाम “साबुन पानी” हो। विश्वास नलागे तल पढ्नुस्।

SARS-CoV-2 मार्ने अचुक हतियार – साबुन

पहिले भने जस्तै भाइरसको बाहिरी सतह बोसोयुक्त झिल्लीले बनेको हुन्छ। साबुनमा पनि बोसोयुक्त amphiphiles भन्ने पदार्थ हुन्छ। जब साबुन लगाइन्छ, साबुनमा भएको amphiphiles ले भाइरसको झिल्लीसँग प्रतिस्पर्धा गर्छ अनि छालासँग टाँसिने शक्ति नष्ट गरिदिन्छ। फलस्वरुप, भाइरस छालाबाट छुट्टिन्छ। त्यति मात्र होइन, भाइरसको झिल्ली पनि फुट्छ अनि भित्र रहेको RNA को त्यान्द्रालाई छर्पष्ट पारिदिन्छ। त्यसलाई पानीले धोए पछि त भाइरसको काम तमाम।

रोकथामको लागि Hand sanitizer, disinfectant जस्ता alcohol based पदार्थहरु पनि प्रयोग गर्न सकिन्छ तर साबुन पानी जत्तिको प्रभावकारी भने हुँदैन। Alcohol ले पनि भाइरस मार्छ तर त्यसमा Alcohol को मात्रा एकदमै बढी, कम्तिमा 70%, हुनु पर्छ। त्यसैले, सस्तो र सर्वसुलभ चिज भनेको साबुन पानी नै हो।

समग्रमा, COVID-19 बाट बच्नको लागि SARS-CoV-2 लाई नाक वा मुख भित्र छिर्न दिनु हुँदैन। त्यसको लागि या त भाइरस छालामा टाँस्सिनै दिनु हुँदैन या छालामा हुँदैमा मार्नु पर्छ। तलका सवधानी हरु अपनाएमा यो डरलाग्दो रोग बाट बच्न सकिन्छ:

• अरुको नजिक नजाने। ध्यान दिनुस्, रोगको लक्षण नदेखिए पनि अरु मान्छे भाइरस संक्रमित हुन सक्छ।
• भिडभाडमा गएमा वा बाहिर मात्रै गएमा पनि भाइरस टाँसिने डर हुन्छ।
• बाहिर गएर घरमा छिर्ने बित्तिकै लुगा खोलेर साबुन पानीले नुहाउने अनि सफा लुगा फेर्ने।
• केही चिजलाई छुने बित्तिकै साबुन पानीले हात धुने।
• तपाइँ संक्रमित हुनुहुन्छ भने अरु नजिक नजाने र नाक मुख छोपेर मात्रै हाछ्युँ गर्ने। संक्रमित व्यक्तिले Mask लगाउनु उत्तम हो।
• सकेसम्म कसैसँग हात नमिलाउने। चुम्बनबाट टाढै रहे अति उत्तम।

2 comments to कसरी बच्‍ने कोरोना भाइरसको सङ्क्रमणबाट? यस्ता छन् उपाय

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)