यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कोरोना : आत्मबल बढाऔँ, रोगले भन्दापनि डर र त्रासले नखाओस् !

डा. मुक्ति अर्याल/टेक्सास,अमेरिका

कोरोना रोग लाग्न नदिन जुन होसियारी अपनाइएको छ -घर भित्रै बस्ने, हात धुने आदि। त्यसमा मेरो आपत्ति छैन। मेरो चिन्ता यदि होसियारी गर्दा गर्दै पनि रोग लागे के गर्ने भन्नेमा हो। कोरोनाको कारणले गर्दा हाम्रो वरिपरिको वातावारण त्रासमय बनेको छ। डर, पीर र चिन्ता थपेको छ, जुन स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ। रोगले भन्दापनि डर र त्रासले नखाओस् भन्ने मेरो भनाइ हो। डर त्रासको वातावरणले गर्दा कोरोनाको अलावा अन्य कारणले समेत मान्छेको मृत्यु हुने र अन्य रोग लाग्ने सम्भवना झन धेरै हुन्छ। तर, यसको डटेर सामना गर्ने क्षमता पनि हामीभित्रै हुन्छ।

हो, कोरोना महामारीको रुपमा फैलिएको छ तर हाम्रा कृयाकलापहरू महामारीलाई कम गर्ने खालका छन् कि झन् फैलाउने खालका छन् त? सामाजिक सन्जाल र मानिसहरूका कुरा सुन्दा कहिलेकाहीँ यस्तोसम्म लाग्छ कि मान्छेहरूले चाहिने भन्दा अति धेरै बुझेका छन्। सोच्दैछन् कि मानौं कोरोनाले सबै सखाप पार्ने छ, पृथ्वी नै सुन्य हुनेछ। मानव सभ्यता नै रहने छैन आदि। यो सबै वाहियात हो। कोरोनाको मृत्यु दर बढीमा १ प्रतिशत हो। अर्थात् १०० जना कोरोना बिरामीमा एक जनाको मृत्यु हुनु। १०० जनामा ८५ जनालाई अस्पताल नगई सन्चो हुन्छ। बाँकी १५ जना मध्ये १० जनालाई सामान्य उपचार, ५ सिकिस्त मध्ये १ जनाको मृत्यु हुन सक्ने देखिन्छ। १ प्रतिशत मृत्यु पनि थोरै होइन र यसलाई पनि घटाउनु पर्छ, कोही पनि मर्नु हुँदैन। कोरोना नहुँदा पनि आखिर मृत्युलाई कसैले रोक्न त सक्दैन। सकेसम्म कोसिस गर्ने हो, अकालमा ज्यान नजाओस् भन्ने हो। तर यो कुरा पनि भुल्नु हुँदैन कि कोरोनाले मृत्यु हुनेहरू मध्ये धेरै दीर्घरोगीहरू छन्, जो यसै पनि आफ्नो आयुको अन्तिम प्रहरमा थिए।

मान्छेको स्वास्थ्यमा वरिपरिको वातावरणको महत्व सबैभन्दा माथि हुन्छ। हाम्रो शरीरको शक्ति सन्चालन हाम्रै दिमागले हाम्रै लागि गर्छ। तर यो शक्तिलाई कहाँ कहाँ र कसरी गर्ने भन्ने कुराको निर्क्योल गर्न वातावरण र परिस्थितिले हाम्रो दिमागलाई निर्दिष्ट गर्ने काम गर्छ। म यहाँ प्रसिद्ध वैज्ञानिक ब्रुस लिप्टनले (Bruce Lipton) आफ्ना सेमिनारहरूमा भन्ने गरेको एउटा प्रसङ्गलाई स्मरण गर्न चाहान्छु – मान्नुस्, हिजोसम्म त तपाईँ ठिकै हुनुहुन्थ्यो। तर आज तपाईसँग शक्ति हराएको जस्तो भएको छ। तपाई बिरामी हुनुहुन्छ। ज्वरो छ, हिँड्डुल गर्ने समेत जाँगर छैन। यसै अवस्थामा तपाईँ एउटा चितुवा आफूूतिर आएको देख्नुहुन्छ। तपाईलाई लाग्यो कि तपाईँ भाग्नु भएन भने चितुवाले तपाईलाई खाने छ। तपाई जोड्तोड्ले भाग्नु हुनेछ। केही क्षण अघिसम्म त तपाईसँग हिँड्डुल गर्ने शक्ति पनि थिएन त। अनि अहिले त्यो दौडने शक्ति कहाँबाट आयो ? के चमत्कार भयो?

शक्ति कतै बाट पनि आएन। शक्ति त हामी मै छ। हामीमा अपार शक्ति छ। त्यो शक्तिलाई कहाँ र कसरी उपयोग गर्ने भन्ने मात्र हो। र, त्यो शक्तिलाई कहाँ र कसरी उपयोग गर्ने भन्ने कुरा हाम्रो मस्तिस्कले आफ्नो वातावरण अनुसार तय गर्छ। जब तपाईलाई कुनै भाइरस, ब्याक्टेरिया वा कुनै आन्तरिक समस्यासँग जुध्नु छ वा तपाईलाई झाडा, पखला, रूघा खोकी जस्ता कुरा हरू सँग जुध्नु छ भने हाम्रो मस्तिस्कले सारा शक्तिलाई त्यहि रोग सँग लड्नमा लगाउन निर्देशन गर्छ वा लगाउँछ। तपाईका हात खुट्टामा तपाईको शक्ति न्युन हुन्छ, काम गर्न सक्नुहुन्न, हिँड्डुल गर्न गाह्रो हुन्छ। किनकि सारा शक्ति रोगसँग लड्नको लागि प्रयोग भएको छ। रोगसँग लड्दै गर्दाको आवस्यकता के हो भने तपाई आराम गर्नुस्, पोसिलो खाना खानुस्। अनि तपाईको आन्तरिक शक्तिले तपाइको रोग निको पार्ने छ। जब सन्चो हुन्छ अनि आउने छ फुर्ति। किनकि अब तपाईको शक्ति हात खुट्टामा पनि जानेछ, तपाई हिड्न डुल्न सक्नु हुनेछ। आवस्यकता बुझेर नै दिमागले हाम्रो शरीरको शक्ति सन्चालन गर्ने हो। यसमा हाम्रो बुझाइ के हो भन्ने कुराले निकै नै असर गरेको हुन्छ। त्यसैले गलत नबुझौं, अनावस्यक रुपमा नतर्सिऔं वा तर्सिने वातावरण नबनाऔं।

माथिको प्रसङ्गमा चितुवा चाहिँ तपाईको डर हो, स्ट्रेस वा तनाव हो, पीर हो, चिन्ता हो आपतकाल हो । चितुवा आएपछि तपाईको भए भरको शक्ति हात खुट्टामा लाग्छ अनि तपाई कि त दौडनु हुन्छ कि त ढुङ्गामुडा जे पाइन्छ त्यसैको प्रयोग गरेर चितुवालाई आक्रमण गर्नुहुन्छ । तपाईले सारा शक्ति हात खुटामा लाग्छ । अघिसम्म हिड्डुल सम्म गर्न नसक्ने मान्छे चितुवा देखे पछि त बुर्कुसि मार्न पनि सक्नु भयो नि, होइन? दिमागले त्यहि गर्न निर्देशन दिन्छ र सारा शक्ति जति हात खुटामा जान्छ ।तर त्यस बेला तपाइको वृद्धि बिकास र रोग सँग लड्ने शक्तिमा ह्रास आउछ । यहाँ चितुवा आउनु पनि पर्दैन । कसैले आयो मात्र भने पनि पुग्न सक्छ । हाम्रो दिमागको ठम्याईमा खतरा छ है भन्ने हुनु पऱ्यो । सर्प होस वा सर्प जस्तै लाग्ने डोरी हामीलाई प्राप्त हुने सुचना र विस्वासको आधरमा हाम्रो दिमाग एटा निस्कर्षमा पुग्छ र हाम्रो इनर्जी बजेट लाई बिनियोजन गर्छ । अनि हाम्रो शरीरले एक्सन गर्छ । त्यसैले शङ्कट को बेला सहि सुचना प्राप्त गर्नु निकै नै महत्वपुर्ण हुन जान्छ । होहल्लाको पछि लागेर आफ्नो अमुल्य शक्ति खेर नफालौं ।

त्यसैले रोग र अनाबस्यक चिन्ता सँगै भए के होला ? तपाईको शक्ति चिन्ता गर्न मै खर्च होला । अनि तपाईको शरीर रोग सँग कसरी लड्छ? शक्ति कहाँबाट आउछ ? शक्ति जति सबै चितुवाबाट भाग्नमा लगाउनु भयो भने भाइरस सँग लड्ने शक्ति कहाँबाट आउछ? शक्ति कहाँ लगाउने चिन्ता गर्नमा कि भाइरस सँग लड्नमा ? सुरुमै भनियो कि कोरोना लाग्दैमा मोरिने त होइन । तर यो कुरालाई बिर्सेर म त मोरि नै हाल्ने भए भनेर त्रास त चिन्तामा बस्ने हो भने त भए भरको शक्ति डर चिन्ताको चितुवासँग भाग्दैमा खर्च हुने भयो । अनि, रोग सँग लड्ने क्षमता त स्वाहा हुने भयो । त्यसपछि कसरी बाँचिएला ? त्यसैले त भनेको नि, आत्मबल बलियो बनाउनुस् ! आत्मबलले नै रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।

नोटः आजको चिकित्सा विज्ञानले जीनलाई सर्वोपरी मान्छ तर विकासात्मक जीव बैज्ञानिक ब्रुस लिप्टन(developmental scientist, Bruce Lipton) का अनुसार जीनलाई समेत पनि वातावरणले नै कन्ट्रोल गरेको हुन्छ । यसबारेमा ब्रुस लिप्टनद्वारा प्रतिपादित एपिजेनेटिक्सको (epigenetics) सिद्धान्तले प्रष्ट पारेको छ । Epigenetics को अर्थ हुन्छ above gene अर्थात जीन भन्दा पनि माथि | अर्थात हाम्रो ब्रेन यति स्मार्ट हुन्छ कि उसले वरिपरिको वातावरण अनुसार शरीरको कृयाकलाप, बृद्धि र स्वास्थ्य स्थितिको नियन्त्रण गर्छ । रोग लाग्नु, नलाग्नु, रोग सन्चो हुनु वा नहुनु आदि सबै हामीले हाम्रो बातावरण लाई कसरी ग्रहण गर्छौं (how we perceive) भन्ने कुरामा भर पर्छ । तपाईलाई Epigenetics को बारेमा बुझ्न मन छ भने Bruce Lipton द्रारा लिखित Biology of Beliefs, Spontaneous Evolution, Honeymoon Effect पुस्तकहरू पढ्न सक्नु हुन्छ। ब्रुस लिप्टोन मलाई निकै मन पर्ने वैज्ञानिक हुन्।

1 comment to कोरोना : आत्मबल बढाऔँ, रोगले भन्दापनि डर र त्रासले नखाओस् !

  • Samir Gyawali

    Very inspiring thought. Thank you.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0