gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

राष्ट्रपतिसित दुई घण्टा ‘अफ दि रेकर्ड’ कुराकानीमा के के भयो?

‘यहाँ जति कुरा भयो नि सम्माननीय ज्यू, यो अफ दि रेकर्ड हो कि…’

पत्रकार जीवराम भण्डारीले झण्डै दुई घण्टाको अन्तर्क्रिया सकिन लाग्दा राखेको जिज्ञासा नसक्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘यो अफ दि रेकर्डै हो। मैले तपाईँहरुलाई संवाददाताको रुपमा बोलाएको होइन। मिडियाका साथीभाइहरु….अफ दि रेकर्डै हो।’

एकीकरण हुनुअघि एमालेको पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले बीचमै बोले, ‘फिडब्याक पाइयो, अफ दि रेकर्डै हो।’

राष्ट्रपतिले फेरि भनिन्, ‘अँ, अफ दि रेकर्ड हो।’

लौ परेन त बित्यास। यो लामो कुराकानीमा राष्ट्रपतिले राखेका विचारहरुलाई धेरै सम्पादक/पत्रकारहरुले टिपोट गरिरहेका थिए। मैले पनि कपि र पेन नभए पनि मोबाइलमै केही कुरा टिपेको थिएँ। लास्टमा अफ दि रेकर्ड पो रे। ‘अफ दि रेकर्ड’को अर्थ आफूले भनेका कुरा सार्वजनिक रुपमा रिपोर्ट नहोस् भन्ने हुन्छ। हुनत सुरु मै राष्ट्रपतिले अनौपचारिक कुराकानी भन्दै आफ्ना विचारहरु राखेकी थिइन्। तर लास्टमा अफ दि रेकर्ड हो, नलेख्दिनुस् भनेपछि के गर्नु? तर भनेको कुरा पो लेख्न भएन, देखेको कुरा त लेख्न पाइयो नि। देखेको केही कुरा लेख्दैछु।

राष्ट्रपति र पत्रकारहरुबीच शुक्रबार भेटघाट कार्यक्रम रहेको भन्दै निम्तो आएको थियो। दिउँसो साढे एक बजेभित्र पसिसक्न हामीलाई भनिएको थियो। तर कार्यक्रम ढिलो हुन्छ भन्ने अनुमानै गरेर ऋषिकेश दाहाल र म पहिला म्याद सकिएको प्रेस पास बनाउन प्रदेश ३ को प्रेस रजिस्ट्रारको कार्यालयमा पुग्यौँ। त्यहाँ काम सकाएर बल्ल शितल निवासमा पुग्दा हल लगभग भरिसकेको थियो। तर पनि झण्डै आधा घण्टापछि मात्र कार्यक्रम सुरु भयो।

मूल गेटबाट भित्र पसेपछि हल छिर्नुभन्दा अगाडि हातमा स्यानिटाइजर दल्ने ज्वरो नाप्‍ने काम चाहिँ सुरक्षाकर्मीले गरे। खासै कडा सुरक्षा रहेनछ राष्ट्रपतिको कार्यालयमा। बरु काठमाडौँका केही दूतावासहरुको सेक्युरिटी चर्को हुन्छ।

भित्र हलमा पर्याप्त दूरी कायम हुने गरी कुर्सी राखिएका थिए। मोबाइल साइलेन्टमा राख्न अथवा अफ गर्न भनिएको थियो।

केही समयको प्रतीक्षापछि राष्ट्रपति आइन्। राष्ट्रपति बीचको कुर्सीमा, पत्रकारहरु दायाँ बायाँ लहरमा राखिएका कुर्सीहरुमा। ‘परिचय त गर्नुपर्दैन होला नि है’ भन्दै राष्ट्रपतिले कुरा राख्न सुरु गरिन्। अनौपचारिक कुराकानी भनिए पनि पदको कारणले होला, अलि औपचारिक कुराहरुबाट सुरु भयो। राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सबै एकजुट हुनुपर्ने जस्ता कुरा सबै राष्ट्राध्यक्षहरुले गर्ने नै हुन्।

राष्ट्रपतिले आफ्ना कुरा राख्दाराख्दै हाम्रो अगाडिको टेबलमा कालो चिया र खाजा राख्न थालियो- एउटा केरा, दुई वटा साना स्यान्डविच, भेज रोल र आलु। एउटा गीत छ चिच्याइ चिच्याइ गाउने। ‘के पाइस् नेपाली- केरा’। त्यही गीत झल्झल्ती याद आएकोले बोक्रा खोलेर केरा खान मन लागेन 🙂

राष्ट्रपतिको कुरा सुन्दा पछिल्ला समयमा भइरहेका आलोचनाहरुको बारेमा प्रष्ट्याउन खोजे जस्तो मलाई लाग्यो।

आफ्नो एकतर्फी कुरा राख्न सकिएपछि उनले उपस्थितहरुसित अन्तर्क्रिया सुरु गरिन्। सबैभन्दा पहिला कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले राष्ट्रपति हुनुभन्दा पहिले सक्रिय भूमिकामा रहनुभएको अहिले त्यो दलीय आवद्धताका कारण सहज/असहज कस्तो हुन्छ भन्ने अनुभूति र छिमेकीहरुसँगको सम्बन्ध र एमसीसीको बारेमा प्रश्न राखे।

थाहाखबरका प्रधान सम्पादक तीर्थ कोइरालाले सरकारले ल्याएको अध्यादेशमा द्रुत सेवा प्रयोग भएको भनेर बजारमा भएको टिप्पणीबारे प्रश्न राख्दा खासै जवाफ आएन। उनले त ट्विट पनि गरे- ‘राष्ट्रपति ज्यू अहिलेसम्म आफूले गरेका र सरकारका कामबाट सन्तुष्ट रहेको पाइयो।’

त्यस्तै देखियो राष्ट्रपतिको आजको अभिव्यक्ति र बडी ल्याङ्ग्वेज। दुई घण्टाको कुराकानीमा पट्यारलाग्दो सवालजवाफको अंश धेरै थियो। राष्ट्रपतिसँग सरोकार नै नभएको जस्तो पत्रकारले तलब नपाएको कुरा त्यसरी पत्रकारले नै उठाउन किन परेको हो मैले बुझिनँ। संवैधानिक राष्ट्रपतिले पत्रकारले तलब पाएन भनेर मिडिया साहुलाई बोलाएर सोध्न मिल्छ र भन्या। राष्ट्रपतिकोमा संवैधानिक अंगहरु जस्तै अख्तियार र महालेखापरीक्षकले बुझाउने प्रतिवेदन बारे छलफल गराउनु भयो कि भएन भन्ने समेत प्रश्न सोधियो। संविधानमा राष्ट्रपतिको भूमिका के के छ भन्ने समेत पत्रकारले नबुझेको देखिएन र यस्तो प्रश्नले?

युवराज घिमिरे, अमित ढकाल, गुणराज लुइँटेल, अखण्ड भण्डारी आदि पत्रकारहरुले प्रश्न सोधेनन्। प्रतीक प्रधानले भने कडा प्रश्न सोधे- तपाईँले अघि फलानो फलानो कुरा भन्नुभाथियो, यो ५ वर्षमा गर्व गर्न लायक के के काम गर्नुभयो? उनको अर्को प्रश्न थियो, सरकार प्रमुखले गलत कामहरु गर्दा गलत अभिव्यक्ति दिँदा सम्झाउनु भएको छ कि छैन?

अफ दि रेकर्ड नभनेको भए पनि राष्ट्रपतिबाट यी प्रश्नको जवाफ कस्तो आयो भनेर लेख्दा खासै मज्जा आउने खालको थिएन। गोलमटोल नै थियो।

अफ दि रेकर्डपछिको माहौल

टिपोट गरिरहेका सम्पादक/पत्रकारहरु त्यतिबेला ट्वाँ परे, जब यो सब कुरा त अफ दि रेकर्ड हो भनियो।

‘यो अनौपचारिक कुराकानीलाई अनौपचारिक ढंगले त लेख्न मिल्यो होला नि’ भन्ने प्रश्न पनि उठ्यो। तर राष्ट्रपतिले ‘तपाईँहरुकोमा अफ दि रेकर्डको परिभाषा के छ, तपाईँहरुले जान्ने कुरा हो’ भनेर कुटनीतिक ढंगले नलेख्‍न नै भनिन्।

युवराज घिमिरेले व्यङ्ग्य पनि गरे, ‘राष्ट्रपतिसितको अनौपचारिक भेटमा उहाँले यस्तो भन्नुभयो भनेर लेख्ने नि।’

‘किशोर दाइ प्रेस काउन्सिलका अध्यक्ष यहाँ हुनुहुन्छ, उहाँले ह्विप जारी गर्नुपर्‍यो’ भने गणेश बस्नेतले।

किशोर श्रेष्ठले विवादित कुरा केही आएको छैन, राष्ट्रपतिले राष्ट्रिय हितका राम्रा कुराहरु गर्नुभएको छ भनेपछि अर्को प्रश्न आयो, भनेपछि विवाद नभएको कुरा लेख्न हुन्छ भन्न खोज्नुभा हो?

‘उहाँले एकदम डिप्लोमेटिक ढंगले आफ्नो कुराहरु राख्नुभा छ,’ उनले थपे।

ऋषि धमलाको त्यसमा फरक मत रह्यो, ‘राष्ट्रपतिले अफ दि रेकर्ड भनेपछि सिद्धिगो नि, लेख्ने कुरै भएन नि।’

ऋषिले नै त्यसो भनेपछि त सक्किगो नि भनेर अरुले पनि सही थापे।

ऋषिजीको त टेलिभिजनलाई चाहिने हो भनेर निर्मला शर्माले भन्दा उनले भने, हैन मेरो अनलाइन पनि छ, नआत्तिनुस्। नभन्दै उनको अनलाइनमा राष्ट्रपतिलाई नै कोट गरेर समाचार आएछ।

किशोर श्रेष्ठले अर्को एउटा कुरा पनि राखे, जसले एउटा फरक परिदृश्य संकेत गर्थ्यो। उनले भने, ‘म सम्माननीयज्युलाई साक्षी राखेर एउटा सानो कुरा राख्छु- जानेर, नजानेर, नआएर हो कि के हो एउटा ब्लकको प्रतिनिधित्व देखिनँ मैले आज कोही पनि। न पत्रकार महासंघको अध्यक्ष हुनुहुन्छ, न पूर्व माओवादीको। अनलाइन त उहाँहरुको पनि दुई चार वटा राम्रै चले जस्तो लाग्छ। अखबार पनि उहाँहरुको छँदैछ।’

त्यसपछि हाँसो फैलियो।

साँच्चै त्यहाँ न रातोपाटीको प्रतिनिधित्व थियो, न पत्रकार महासंघका अध्यक्ष।

राष्ट्रिय दैनिकमा नयाँ पत्रिकाको पनि प्रतिनिधित्व देखिएन। ‘हिमाल’को पनि प्रतिनिधित्व देखिएन।

बरु सरकारी सञ्चार माध्यमका प्रतिनिधि कार्पेटको लेख्ने ख्वै भन्दै खोज्दै गरेको देखिएको थियो।

बाहिरको चासो

राष्ट्रपतिले अफ दि रेकर्ड कुरा गरेको भनेर सार्वजनिक भएपछि धेरैको चासो रह्यो खासमा कुरा चाहिँ के भयो? कसैले ठ्याक्कै त्यही बेला प्रचण्डले केही बोलेपछि देशमा केही हुन लागेको संकेत हो भनेर पनि प्रश्न गरे।

मलाई लागेको चाहिँ न त्यहाँ अफ दि रेकर्ड राख्नुपर्ने खालका केही कुरा बोलिएका थिए, न लेख्नै पर्ने अति महत्त्वका कुरा नै केही भएका थिए। के के न कुराहरु भएका थिए भन्ने भ्रममा नपरेकै राम्रो। राष्ट्रपतिले गाउँमा हुँदा म भकारो सोहरेर आएकी किसानकी छोरी हुँ भनेको कुरा अफ दि रेकर्ड राख्नुपर्ने कुरा नै होइन। दलहरुलाई नजिक्याउने काम गरिदिनुस् तपाईँहरुले भन्नु अफ दि रेकर्ड राख्नु पर्ने कुरा होइन। राष्ट्रिय एकता कायम गर्न गरेको आह्वान कसरी अफ दि रेकर्ड हुनसक्छ?

पछिल्लो समयमा राष्ट्रपतिसमेत विवादमा परेपछि त्यसलाई प्रष्ट्याउन नै यो भेटघाट आयोजना गरिएको हुनुपर्छ।

बरु अफ दि रेकर्ड भनेपछि औपचारिक समाचार बनाउनु पर्ने बाध्यताबाट पत्रकारहरु चाहिँ मुक्त भएका हुन् कि 🙂 आफू त ब्लग लेख्ने परियो, औपचारिक समाचार लेख्नै नपर्ने। आनन्द।

पहिलो पटक शितल निवास छिरे पनि भिडभाडमा गएर राष्ट्रपतिसित फोटो खिचाउने रहर लागेन। बरु अरु त्यता भिड गरिरहँदा मैले चाहिँ अनलाइनखबरका सम्पादक अरुण बरालसित सेल्फी मोडमा एउटा फोटो खिचेँ र ५ बजे डेन्टिस्टकोमा अप्वाइन्टमेन्ट भएकोले हतार हतार घरतिर कुदेँ।

1 comment to राष्ट्रपतिसित दुई घण्टा ‘अफ दि रेकर्ड’ कुराकानीमा के के भयो?

  • madan bajracharya

    जनतालाई सुसुचित गर्ने जिम्मेवारि बोकेका पत्रकारहरु सहित भेलामा बोलेको भनेको कुरालाई लोकतन्त्रको राष्ट्रपतिले अफ द् रिकर्द राख्नु भनेर नागरिकहरुको सुसुचित हुने अधिकारलाई कैद गर्नु लाई के भन्ने भन्नु भन्दा त्यस्तो कुरा सुनेरै हाम्रो ब्यबस्थाको नाम लोकतन्त्र राखियकोमा “नाममे क्या राख है(?) भनेको सहिनै रहेछ भन्न् करै लाग्यो।

    २००७ सालमा दिल्ली सम्झौता गरायर नेपालीले फाल्न चाहेको राणा तन्त्र र् राणानै प्रधान मन्त्री बनाएर राणा तन्त्र फाल्न जिउ ज्यान दियर संघर्स गर्ने लाई पन्छायर् भारत प्रवाशमा रहेको नेपालमा रान्ता बाट झुन्द्याईने गोली खाइने संघर्स हुँदै गर्दा भारतमा भारतकै पार्तिको तरफ बाट अङ्रेज भारत छोडो भने उफ्रिने दाई भाईहरु राणाहरु जस्तै दाई पछी भाई प्रधान मन्त्री हुने,नेपालको भुमिमा भारतको सेना राख्न दिने, भारतलाई ला कोशी ला गण्डकी भन्नेहरुको भारतको राजादुतलाई दाँया राखेर चलाईने सरकार र् बिना संबिधानको ब्यबस्थालाई प्रजातन्त्र भनियो भने…..

    भारतले उस्को बाउको बिर्ता थानेर नेपालको भुमिमा नेपालको अनुमति बिना जवर्जस्ती तनकपुर बन्ध बनाउन लागेकोमा रोकेको र् नेपालमै पेट्रोल उत्खनन गर्न खोज्दा भारतले नेपालमा नाकाबन्दी लगायो। बिरेन्द्रले तेस्को डेटर सामना गरे। भारतले नाकबन्दी गर्दै गरे बिरगन्ज बाट कलकत्ता भन्दा काम दुरिमा रहेको कराँची बन्दरगाह नजिकै भयको महेन्द्र नगरलाई अर्को बिरगन्ज बनाउन्छौ भनेर कालापानि कब्ज्याई बसेको भारतलाई त्याहा बाट लखेत्ने सन्केत गरे पछी बिरेन्द्र तानसाही भन्नेहरुको सरकारले भारतलाई तनकपुरमा बिरेन्द्रले बनाउन नदियको बान्ध बनाउन दियो र् बिरेन्द्रले नेपालमै पेट्रोल उत्पादन गर्न उत्खनन गर्दै गरेको सबै बन्द गर्‍यो। त्यस्तो गर्ने को राजा हुने दुनियाँमै उत्कृष्ट ब्यब्स्था भनियो….

    मावोबदिले नेपालमा जातिय अधिकार दिलाउन र् नेपालमा भारतको बिस्तारवाद चलाऊनेको सरकार र् ब्यबस्था र् भारत मुर्दावाद भन्दै दसौ बर्ष बिसौ हजार नागरिकअहरुको ज्यान जाने ससस्त्र् गर्नेले भारतको दिल्लिमै गयर सम्झुता गरे त्यो पनि हिन्दी भाखामा। अनी अस्ती तेस्ले यो पनि भने कि उस्ले मुर्दावाद भनेको गिरिजाले उस्लाई कहाँ कस्तो संघर्स गर्न भनी सुझाउने गर्थ्यो भने। त् उस्को मुर्दावाद त् त्यस्तो हो भने उस्ले ल्यायको भनेकोमा जे भय पनि कुनैले आस्चर्य मान्नै पर्दैन।