gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

के पीसीआर परीक्षण कामै नलाग्ने हो? फैलाइएका चार भ्रम र तथ्य

कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणलाई अहिले केही षड्यन्त्र सिद्धान्तका रचनाकारहरुले ‘गाई कि त्रिशुल’ जस्तो भएको दावी गर्दै यसले कोरोना भाइरस पत्ता लगाउन नसक्ने हल्ला फैलाएका छन्। केही अस्पतालमा पीसीआर परीक्षण गर्दा अस्पतालै पिच्छे फरक रिपोर्ट आएको समाचारले पनि उनीहरुलाई हल्ला फैलाउन मद्दत गरेको छ। हल्ला यति फैलाइएको छ कि अब नो पीसीआर भन्दै जुलुस निस्कन मात्र बाँकी छ। नो पीसीआर भन्दै सामाजिक सञ्जालहरुमा त प्रशस्तै स्टायटस आइसकेका छन्। यहाँ हामीले विज्ञहरुको भनाईका आधारमा पीसीआरबारे फैलाइएका चार भ्रमको तथ्यजाँच गर्दैछौँ।

साढे चार लाखभन्दा बढी लाइक भएको ट्रोल नेपाल नामको फेसबुक पेजमा पीसीआर परीक्षण प्रविधि गलत साबित गर्न पाँच कारणसहितको पोस्ट भएको छ। हेर्नुस् अर्काइभ लिङ्क। यही पोस्ट अरु धेरैले पनि सामाजिक सञ्जालमा साभार गरेका थिए।

भ्रामक दावी नम्बर १

नोबेल पुरस्कार विजेता अमेरिकन वैज्ञानिक क्यारी मुलिसले सन् १९८४ मा अनुसन्धान गरी उनको अनुसन्धानपत्रमा किटसम्बन्धी देखिएको दक्षता त्रुटि (Efficiency Error) का कारण डाइग्नोष्टिक टुल हुन सक्दैन तर अनुसन्धानका लागि उपयोगी हुनेछ भनिएको छ।

नेपालमा कोरोना भाइरससम्बन्धी षड्यन्त्र सिद्धान्तकारहरुले फैलाएको अर्को हल्ला हो- PCR kit is only for research purpose not for diagnostic. PCR tests cannot detect free infectious viruses at all (PCR kit अनुसन्धानको लागि मात्रै हो, निदानको लागि हैन। PCR परिक्षणले कुनै पनि हालतमा संक्रमणजन्य विषाणु पत्ता लाउन सक्दैन)

तथ्य 

Kary Mullis ले पीसीआर पद्दति पत्ता लगाएको र त्यसका लागि सन् १९९३ मा रसायन शास्त्रतर्फको नोबेल पुरस्कार पाएको तथ्य सही हो। उनको यो अतुलनीय योगदानमा कुनै विवाद छैन।

तर उनको भनाई भनेर भाइरल गरिएको वाक्य उनकै हो भनेर प्रमाणित गर्न सकिने केही आधार छैन। कोरोना भाइरसको संक्रमणले विश्वमा आतंक मच्चाएको देख्न नपाउँदै उनको गत वर्ष ७ अगस्तमा मृत्यु भइसक्यो।

अस्ट्रेलियाको मेलबर्नस्थित Deakin युनिभर्सिटीको स्कूल अफ मेडिसिनमा पिएचडी गरिरहेका नगेन्द्र अवस्थीका अनुसार, PCR tests cannot detect free infectious viruses at all- यो भनाई John Lauritsen ले सन् 1996 मा HIV र AIDS सम्बन्धि लेखमा उल्लेख गरेका थिए।

‘यसको मतलब पीसीआरले काम नगर्ने भन्ने होइन’, उनी भन्छन्, ‘उनको तात्पर्य पीसीआरले सीधै विषाणुलाई हैन कि यसको Genetic sequence लाई चिन्छ भन्ने हो।’

अवस्थीले फेसबुकमा लेखे अनुसार, ‘आज प्रविधिको अभूतपूर्व विकास भइसकेको छ र हुँदैछ, rt-PCR को माध्यमबाट हामीले खाली भाइरस छ/छैन मात्रै हैन, त्यसको सापेक्षिक संख्या पनि पत्ता लाउन सक्छौं। आणविक जीव बिज्ञानको अनुसन्धानमा PCR को प्रयोग अपरिहार्य त छँदै हो, तर यसको महत्व रोग निदान मा पनि दिन प्रतिदिन बढिरहेको छ जसलाई molecular diagnostic भनिन्छ। PCR सरुवा रोग मात्रै हैन कि अरु दीर्घरोग जस्तै क्यान्सरको निदानमा पनि त्यतिकै महत्त्वपूर्ण छ र दिनानुदिन प्रयोग बढने क्रममा छ।’

पीसीआर बनाउनले नै भाइरस पत्ता लगाउन नसक्ने भनेको दावी गर्दै सोसल मिडियामा आएका पोस्टहरु गलत भएको रोयटर्सको फ्याक्टचेकले पनि देखाएको छ।

हाल अमेरिकाको एटलान्टास्थित जर्जिया स्टेट युनिभर्सिटीमा अनुसन्धानरत जीवाणु वैज्ञानिक डा. सुदीप खड्काका अनुसार ‘नोबेल पुरस्कार पाइसकेपछि मुलिसका कतिपय अभिव्यक्तिहरु विवादित रहे। लागू औषधको खुल्ला उपभोग गर्ने उनी एड्स रोग भाइरसले गर्दा हुँदैन भनेर अवैज्ञानिक तर्क गर्न धेरै समय खर्च गरे। उनका सोचाइ र अभिव्यक्तिहरु विज्ञानसम्मत् भन्दा पनि हावादारी हुन थाले। तत्पश्चात् उनको विज्ञानमा कुनै उल्लेखनीय योगदान रहेन।’

नोबेल पुरस्कारै पाएको भए पनि कुनै पनि वैज्ञानिकले आफ्नो आफ्नो विज्ञताभन्दा बाहिर गएर बोलेका कुराहरु सत्य नहुने सम्भावना हुन्छ भन्नेको ज्वलन्त उदाहरण मुलिस रहेको खुलाउँदै खड्काले थपे, ‘उनको विज्ञता मोलिकुलर बायोलोजीको एउटा निश्चित विधामा थियो भाइरोलोजीमा होइन। उनका एड्स सम्बन्धी तर्क गलत हुनुको अर्थ उनले विकसित गरेको पीसीआर पद्दति गलत भन्ने होइन। उनको पीसीआर ठीक थियो भन्नु‍को मतलब उनका अन्य अन्टसन्ट विचार सही हुन् भन्ने पनि होइन।’

अवस्थीको पनि सुझाव छ, ‘जहिले पनि विज्ञका कुरा सुनौँ। जसले जीवनमा पहिलो चोटी PCR भन्ने शब्द सुन्दैछन् र जिन्दगीमा एकपटक पनि प्रत्यक्ष देखेका छैनन्, त्यस्ताले गर्ने हल्लाका पछाडि नलागौँ।’

मुलिसको शोधपत्रको दक्षता त्रुटि (Efficiency Error) बारे खड्का भन्छन्, ‘पहिलो पटक पीसीआरको व्याख्या गर्दा यसको एरर रेटको अहिले तुलना गर्नु कुनै तुक छैन। अहिले त्योभन्दा हजारौँ गुणा किफायती र भरपर्दो प्रविधि विकास भएको छ। कोरोना मात्र होइन, अन्य धेरै क्षेत्रमा पीसीआर प्रयोग हुन्छ। जस्तै

१) जिन सिक्वेन्स गर्दा पीसीआर कै परिमार्जित प्रविधि प्रयोग गरिन्छ।

२) कयौँ क्यान्सरको निर्क्यौल गर्न

३) कयौँ रोगको सम्भाव्यता पत्ता लगाउन

४) सयौँ अरु भाइरस , ब्याक्टेरिया पत्ता लगाउन

५) अनुवंशिकी अनुसन्धान गर्न

६) अपराधीको डिएनए निर्क्योल गर्न’

उनी भन्छन्- ‘अब अहिले आएर कोरोनको केसमा मात्र पीसीआर काम नगर्ने त हैन होला ? हो भने त हाम्रो सम्पूर्ण जीव विज्ञान, स्वास्थ्य क्षेत्र नै भ्रममा अडेको हुनु पर्‍यो।’

पीसीआर पद्दतिबाट कुनै निश्चित डिएनए (वा आरएनए ) छ वा छैन भनेर पत्ता लगाउनु एकदम सजिलो भएकोले यही प्रविधि प्रयोग गरेर हजारौँदेखि लाखौँ वर्ष पहिले लोप भएका म्यमाथ जस्ता जनावरको समेत जिन पत्ता लागेको छ।

‘क्यारी मुलिसले पत्ता लगाएको पीसीआरले काम गर्छ। गर्ने भएर नै उनले नोबेल पुरस्कार पाए। तर त्यसपछि यो प्रविधि प्रयोग हुने प्रत्येक कुरामा उनको दक्षता हुनुपर्छ भन्ने हुँदैन’, उनले उदाहरण दिँदै भने,  ‘रन्तोगेनले एक्सरे हेरेर हड्डीको खराबी बताउन सक्दैनन्। नट बोल्ट बनाउने इन्जिनियरले त्यो प्रयोग हुने सम्पूर्ण उपकरणले कसरी काम गर्छ बताउन सक्दैन।’


Medical vector created by freepik – www.freepik.com

भ्रामक दावी नम्बर २

किट निर्माण गर्ने कम्पनीले आफ्नो रेगुलेटरी स्ट्याटस/म्यानुअलमा अनुसन्धानका लागि मात्र (Only for research purpose) त्यसको उपयोग हुने स्पष्ट उल्लेख छ ।

तथ्य :

खड्काका अनुसार ‘क्लिनिकल नमूना परीक्षण गर्ने साधन बनाउने कम्पनीले अनुसन्धानको लागि पनि सामग्री बनाउने गर्छन्। उही प्रविधि क्लिनिकल र अनुसन्धान दुवै छेत्र मा प्रयोग हुन्छ। तर क्लिनिकल परीक्षणको लागि बनाइने सामग्री थप नियम ले बाँधिएका हुन्छन् र त्यसको लागि छुट्टै अनुमति लिनु पर्ने हुन्छ, थप प्रमाणीकरण चरण पार गर्नु पर्ने हुन्छ। अनुसन्धानको लागि मात्र बनाएका किटले छुट्टै अनुमति लिन नपर्ने हुँदा यी सामग्रीमा सोही अनुसार ‘अनुसन्धानको लागि मात्र’ लेखिएको हुन्छ। क्यान्सर, अन्य संक्रमण, सरुवा रोग लगायतका सम्पूर्ण क्षेत्र मा यस्ता किट पाइन्छन्। अनुसन्धानको लागि बनाएको किटको उदाहरण हेरेर सम्पूर्ण प्रविधि नै गलत छ भन्नु मूर्खता हो। पीसीआर मात्र हैन, अन्य अरु प्रविधिका पनि दुवै थरी किट पाइन्छन्।’

भ्रामक दावी नम्बर ३

आइसल्याण्डको स्वास्थ्य मन्त्रालयले २० मार्च, २०२० मा स्वस्थ १८०० जनामा परीक्षण गर्दा १९ जनामा +ve देखिएपछि RT-PCR Test Kit लाई नै प्रतिबन्ध लगाइयो। यसका लागि अमेरिकाको ह्वाइट हाउसका कोरोना भाइरसका संयोजक Dr. Birx कानुसार ५०% False हुने भन्ने विचारलाई पनि आधार मानिएको छ।

तथ्य

खड्काका अनुसार ‘५०% फल्स हुने हुनै सक्दैन। सुरुवाती चरणमा भाइरस को बारेमा थाहा नहुँदा त्यो सम्भव थियो होला। तर सुरुवाती केही हप्ता पछि त्यस्तो कुनै समस्या छैन। कतै समस्या देखियो भने त्यो सामग्री, मानवीय वा नमूनामा भएको त्रुटिले हुन सक्छ। पीसीआर कोरोना मात्र हैन, लाखौँ अरु क्षेत्रमा प्रमाणित भइसकेको छ।’

‘५०% फल्स पोजिटिभ भनेको होइन, बरु ५०% सम्म संक्रमितमा लक्षण नदेखिने हुँदा संक्रमितसमेत असंक्रमित देखिने हुन्छ। अथवा हेर्दा संक्रमण को लक्षण नदेखिएका व्यक्तिमा समेत टेस्ट गर्दा संक्रमित पाइन्छ,’ उनी भन्छन्, ‘यो कुरा पनि सिद्ध भै सकेको छ।’

भ्रामक दावी नम्बर ४

एउटै मात्र संस्था विश्व स्वास्थ्य संगठनले यो टेष्ट किटको प्रयोग गर्न बाध्य पारिरहेको छ, जसलाई करीब १०–१५ वर्षअगाडि नै युरोपको एउटा संस्था PACE (Parliamentary Assembly of European Council) ले लुटेराको संज्ञा दिँदै कडा विरोधमा उत्रिएको थियो । यस्तै खालको अफवाह विश्व स्वास्थ्य संगठनले १०–११ वर्षअगाडि H1 N1 मा पनि फैलाएर अहिलेसम्म धेरै मानिसहरूको ज्यान लिएको कुरा सर्वविदितै छ ।

तथ्य :

खड्का कुनै पनि वैज्ञानिकले आरटी पीसीआरलाई गलत र गैरकानुनी नभनेको दावी गर्दै भन्छन्, ‘यो सरासर गलत अफवाह हो।’

उनका अनुसार विश्व स्वास्थ्य संगठनले कुनै पनि राष्ट्रलाई निर्देशन दिन सक्दैन। यसले नाकाबन्दी लगाउन सक्दैन। यसले यो वा त्यो गर्नै पर्छ भनेर भन्न सक्दैन।
सदस्य राष्ट्र को तजबिजी अधिकार हो उसको सुझाव मान्ने वा नमान्ने।

विश्व स्वास्थ्य संगठनको पहल मा थुप्रै महामारी नियन्त्रणमा आएका छन्। इबोला को महामारी त्यसको गतिलो उदाहरण हो, विगतका सार्स र मेर्स अर्को उदाहरण हुन्। अहिले स्थिति नियन्त्रणबाट बाहिर गएको अवस्थामा विश्व स्वास्थ्य संगठनको दोष हुन नसक्ने खड्का बताउँछन्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो editor@nepalfactcheck.org वा blog@mysansar.com अथवा माइसंसारको फेसबुक पेज अथवा नेपालफ्याक्टचेकको वेबसाइट मार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसारनेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)