gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

पत्रकारले ‘सर्च’ गर्न नजान्दा ‘सेतीदेवी’लाई मर्का, ‘फिन्सेन फाइल्स’मा भएको गम्भीर गल्ती

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि पहुँच पाएको ठूलो संख्याको गोप्य सरकारी कागजातहरुलाई खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे र ८० देशका १०० भन्दा बढी सञ्चार संस्थाहरुसित सहकार्य गरेर हिजो रिपोर्ट सार्वजनिक गर्‍यो। आइसिआइजेमार्फत् नेपालको खोज पत्रकारिता केन्द्र (सिआइजे) पनि यसमा जोडियो। कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँलेले यसबारे तयार पारेको रिपोर्ट आजको कान्तिपुर दैनिक लगायत विभिन्न अनलाइन मिडियाहरुमा पनि प्रकाशन भएको छ। कान्तिपुरमा प्रकाशित सामग्रीमा बैँकहरु र केही कम्पनीहरुको नाम नरहेको बारे हिजोको ब्लगमा लेखिसकिएको छ। यसबारे सम्पादक सुधीर शर्माले स्पष्टीकरण पनि दिइसकेका छन्। आज भने सिआइजेको मूल रिपोर्टसँगै यसलाई साभार गर्ने कान्तिपुर लगायतका अन्य मिडिया चुकेको एउटा उदाहरण हेरौँ।

कान्तिपुरको असोज ५, २०७७ पहिलो पेजमा मुख्य समाचारका रुपमा छापिएको ‘फिनसेन फाइल्सको नेपाल नाता : ११ वर्षमा ३४ अर्ब ८४ करोडको शंकास्पद कारोबार’ शीर्षकको समाचारमा ‘दर्ता नै नभएको कम्पनीले ल्यायो पैसा’ उपशीर्षक रहेको छ। त्यसमा लेखिएको छ-

‘ट्याक्स हेवन’ मुलुक ब्रिटिस भर्जिन आइल्यान्ड्स टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु. १ करोड १९ लाख) नेपालमा पठाइएको पनि फिनसेनको विवरणमा देखिन्छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले ब्रिटिस भर्जिन आइल्यान्ड्सलाई अपारदर्शी कारोबारका हिसाबले उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ।

फिनसेनका अनुसार फ्र्यांकफर्टको कमर्ज बैंक एजीले न्युयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सो रकम पठाएको थियो । न्युयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिका नाममा एभरेस्ट बैंक नयाँ बानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ । ५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु. ७७ लाख ३५ हजार) र १४ अगस्ट २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु. १ करोड ४२ लाख ८० हजार) रकम सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्टले प्राप्त गरेको फिनसेनले उल्लेख गरेको छ।

सेतीदेवीले तीन पटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ बापतको रकम भएको जनाइएको छ। फिनसेनले यसलाई पनि शंकास्पद कारोबारको सूचीमा राखेको छ । नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन।

त्यसैगरी मूल रिपोर्ट तयार पारेको सिआइजेले पनि ‘सेतीदेवी’ लाई एभरेष्टको सहयोग उपशीर्षकमा यस्तो लेखेको छ-

‘ट्याक्स हेवन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डस् टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु.१ करोड १९ लाख) नेपालमा ‘ट्रान्सफर’ भएको देखिन्छ ।

‘फिनसेन’ का अनुसार, जर्मन फ्यांकफर्टको ‘कमर्ज बैंक एजी’ ले न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सो रकम पठाएको थियो । न्यूयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिको नाममा एभरेष्ट बैंक, नयाँबानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ ।

५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु.७७ लाख ३५ हजार) र १४ अगष्ट २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु.१ करोड ४२ लाख ८० हजार) रकम सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिले प्राप्त गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

सेतीदेवीले तीन पटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ वापतको रकम भएको जनाइएको छ । ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन ।

के साँच्चै नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा सेतीदेवी दर्ता छैन?

सेतीदेवी एक्सपोर्ट-इम्पोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर माधवप्रसाद पाण्डेले आफ्नो कम्पनी दर्ता रहेको दावी गरे। उनले दावी गर्दैमा पत्याउने कुरा भएन। त्यत्रो खोज पत्रकारहरुको संस्थाले तयार पारेर कान्तिपुर लगायतका धेरै मिडियामा छापिएको रिपोर्ट छ।

मैले प्रमाण मागे पछि उनले कम्पनी दर्ताको प्रमाणपत्र पठाए-

यो दर्ता प्रमाणपत्र अनुसार २०६३ साल कात्तिक २४ गते शुक्रबार यो कम्पनी दर्ता भएको रहेछ। यसको दर्ता नम्बर ४२३०८/०६३-६४ रहेछ।

यतिको मात्र भर परेर पनि भएन। आखिर खोज पत्रकारिता केन्द्रले रिपोर्ट छापेको छ, कान्तिपुरले छापेको छ, अनलाइनखबर, शिलापत्र लगायतका अन्य अनलाइन मिडियाहरुले छापेका छन्।

के थाहा कतै यो प्रमाणपत्र पनि फोटोसप गरेर पो बनाएका हुन् कि ?

के उपाय छ त ?

एउटा उपाय नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइटमा गएर सर्च गर्ने हो। मैले पनि त्यहाँ गएर setidevi शब्द हालेर सर्च गरेँ। ३३ वटा रिजल्ट भेटियो, तर सेतीदेवी एक्सपोर्ट इम्पोर्ट नामको कुनै कम्पनी भेटिएन।

शायद् पत्रकारहरुले पनि यसरी नै सर्च गरे होलान् र नाम नभेटिएको पो हो कि?

किनभने जब मैले त्यहीँ गएर सेती र देवीलाई छुट्याएर seti devi टाइप गरेर सर्च गरेँ, तब यो पेज देखियो-

यसमा भएको दर्ता नम्बर ४२३०८ , दर्ता मिति २०६३/७/२४  पाण्डेले पठाएको प्रमाणपत्रको हुबहु मिल्छ।

तसर्थ सिआइजे नेपालको रिपोर्ट र त्यसलाई आफ्नो मिडियामा प्रकाशन गरेका कान्तिपुर, अनलाइनखबर लगायतका मिडियामा प्रकाशित ‘नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन’ भनेर गरिएको दावी गलत ठहर्छ।

त्यसो त ‘रेकर्ड भेटिएन’ भनेर समाचार लेख्ने पत्रकारहरुले नभेटेको भन्ने तर्क त गर्न पाइयो। तर साँच्चिकै कार्यालयमा रेकर्डै नभएको भने होइन। किनभने अनलाइनमा सामान्य सर्च गर्दा पनि सबैले यो नाम हेर्न सकिने गरी राखिएको छ।

एमडी पाण्डेले टेक्स्टाइलको व्यापार गर्ने आफूहरुको कम्पनीले क्लाइन्टले अर्डर गरेको सामान डेलिभरी गरे वापत गरेको भुक्तान रकम आफ्नो बैँकमा आएको दावी गरे।

आफूहरुलाई नियतवश गलत प्रचार गरिएकोमा उनले दुखेसो पोखे। तर मलाई भने यो गलत नियतभन्दा पनि पत्रकारले कम्पनी रजिस्ट्रारको वेबसाइटमा कम्पनीको नाम खोज्दा गरेको हेलचक्र्याइँ जस्तो लाग्छ। एउटा सानो हेलचक्र्याइँले कसैलाई कस्तो असर पर्न सक्छ भन्ने यसले देखाउँछ। सर्च की वर्ड हान्दा सेती र देवीलाई छुट्याएर मात्र हेरेको भए पनि यो सजिलै भेटिन्थ्यो। अझ खासमा त पत्रकारले कम्पनी रजिस्ट्रारकै कार्यालयमा गएर खोज्नु पर्ने होइन र ?

खासमा सन् २०१६ को राष्ट्रपति निर्वाचन र अन्य विषयहरुमा छानबिन गरिरहेका निकायहरुले जम्मा पारेको यो कागजातमा २१ सयभन्दा बढी शंकास्पद गतिविधिहरुको रिपोर्ट रहेछ। यस्ता गतिविधिहरुको रिपोर्ट बैँकहरु र अन्य वित्तीय संस्थाहरुले अमेरिकाको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क जसलाई छोटकरीमा फिनसेन पनि भनिन्छ, लाई बुझाएको थियो। खासमा यो आफैमा अपराधको प्रमाण होइन, यो त अनुसन्धान र इन्टेलिजेन्स ग्यादरिङका लागि सहयोग हो।

डकुमेन्टमा भेटियो र अमेरिकाले शंकास्पदको सूचीमा राख्यो भन्दैमा त्यो साँच्चिकै गैरकानुनी वा शंकास्पद गतिविधिको लागि गरिएको कारोबार थियो कि थिएन भनेर खोज्न सके वेश हुन्थ्यो। कि कसो? तपाईँको के छ विचार ?

1 comment to पत्रकारले ‘सर्च’ गर्न नजान्दा ‘सेतीदेवी’लाई मर्का, ‘फिन्सेन फाइल्स’मा भएको गम्भीर गल्ती

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)