अन्तरिम चुनावी मन्त्रिपरिषद्मा आज ८ मन्त्री थपिएका छन्। थपिएका मन्त्रीसहित मन्त्रिमण्डल ११ सदस्यीय भएको छ। श्री ४ दलले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरे अनुसार अस्ति ३ र आज ८ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनेको हो। अब चुनाव भएर अर्को सरकार नबनेसम्म यिनीहरुले नै देश चलाउने छन्। मन्त्रिपरिषद्का अध्यक्ष न्यायपालिकाबाट आए पनि सबै मन्त्री पूर्व प्रशासक हुन्। अर्थमा पूर्व सचिव रामेश्वर खनाल आउने हल्ला व्यापक भए पनि कांग्रेस निकट पूर्व सचिव शंकरप्रसाद कोइरालाले अर्थसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। अझ रमाइलो कुरा त के भने बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा लिलामणि पौडेललाई मुख्य सचिव बनाउने निर्णय गरेपछि यसो हेर्दा झोंक फेरेको जस्तो पनि देखिने गरी प्रचार हुने र उमेर हदले केही महिनाभित्र रिटायर्ड हुने भए पनि अघि नै राजीनामा दिँदा पेन्सन चार प्रतिशतले बढेर आफैलाई फाइदा पनि हुने गरी राजीनामा दिएका सचिवहरु अहिले मन्त्री बनेका छन्। त्यसरी राजीनामा दिने शंकरप्रसाद कोइराला, उमाकान्त झा मन्त्री बनेर आएका छन् र अब उनीहरुले मुख्य सचिव लिलामणि पौडेललाई काम अह्राउने छन्। को-को मन्त्री बने त आज ?
थपिएका मन्त्रीहरु-
ऋद्धिबाबा प्रधान- महिला, बालबालिका र भूमिसुधार मन्त्रालय
विद्याधर मल्लिक – स्थानीय विकास र स्वास्थ्य
माधव पौडेल-सामान्य प्रशासन, सञ्चार र शिक्षा
शंकरप्रसाद कोइराला- अर्थ, वाणिज्य तथा आपूर्ति
छविराज पन्त – भौतिक योजना
टेकबहादुर थापा घर्ती- कृषि र वन
रामकुमार श्रेष्ठ- शान्ति तथा पुननिर्माण,युवा, खेलकुद, संस्कृति
उमाकान्त झा- ऊर्जा सिंचाइ विज्ञान
थपिएका को मन्त्री कस्ता ?
शंकर कोइराला- वरिष्ठतालाई मात्र आधार बनाएको भए उनी अहिले मुख्य सचिव हुन्थे। प्रशासनिक दक्षताभन्दा पनि साहित्यिक व्यक्तित्व, हँसिलो अनुहार र मिलनसार व्यवहारले उनी प्रशासनवृत्तमा चर्चित भएको भनिन्छ। कांग्रेस सत्तामा भएको भए उनी नै मुख्य सचिव हुन्थे। धन्न, देशको राजनीतिले कोल्टे फेर्दा उनले फुटेको ठानेको पुर्पुरो बलियो भएर मुख्य सचिव भन्दा ठूलो पद मन्त्रीकै कुर्सीमा आइपुगे। राजीनामा गर्नुअघि उनी निर्वाचन आयोगका सचिव थिए।
उमाकान्त झा- लिलामणि पौडेललाई बाबुरामले च्याप्दा मधेसी मन्त्रीहरुले झालाई मुख्य सचिव बनाउनु पर्छ भनी अडान लिएका थिए। अहिले पनि उनको नाम मधेसी मोर्चाले नै सिफारिस गरेको रे। लामो समय सिँचाइ विभागका महानिर्देशक रहेका झाले इञ्जिनियरिङ पढेका हुन्। प्राविधिक क्षेत्रमा दख्खल भए पनि प्रशासनिक क्षेत्रमा उनको प्रदर्शन उल्लेख्य मानिँदैन।
ऋद्धिबाबा प्रधान- मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व गर्ने उनी पहिले पर्यटन सचिव थिइन्। मन्त्रालय पनि उनलाई महिलाकै दिइएको छ। माओवादी कोटामा उनको नाम सिफारिश भएको रे।
विद्याधर मल्लिक- पूर्व अर्थ सचिव मल्लिक गरिबी निवारण कोषका उपाध्यक्ष पनि भइसके। गरिबी निवारण कोषका उपाध्यक्ष हुँदा अरुको गरिबी त कति हटाए कुन्नि, आफ्नै गरिबी भने हटाउन उनी सफलै भए। किनभने त्यतिबेला उनी आफ्नो मासिक तलब करिब दुई लाख रुपियाँ पुर्याएर चर्चामा आएका थिए। कोष उपाध्यक्षको जागिर जाने बित्तिकै उनलाई राष्ट्रपति रामवरण यादवले आर्थिक सल्लाहकार नियुक्त गरे। उनी भाग्यमानीमध्येका एक हुन्, जसलाई पावरको कहिले कमि भएन। सचिवबाट रिटायर्ड भएपछि गरिबी निवारण कोषका उपाध्यक्ष, त्यहाँबाट हटेपछि राष्ट्रपतिका सल्लाहकार र त्यहाँबाट सीधै मन्त्रीको कुर्सीमा !
माधव पौडेल- यिनी पूर्व कानुन सचिव हुन्।
छविराज पन्त- यिनलाई कांग्रेसनिकट पूर्व सचिवका रुपमा चिनिन्छ। यिनलाई भौतिक योजना मन्त्री बनाइएको छ। यिनी पहिले भौतिक पूर्वाधार र सहकारी मन्त्रालयका सचिव भइसकेका छन्। कांग्रेसकै सिफारिसमा उनी मन्त्री भएको बताइन्छ।
टेकबहादुर थापा - कृषि मन्त्री बनाइएका यिनलाई सन् २००७ मा कोइराला सरकारले कृषि तथा सहकारी मन्त्रालयका लागि सचिव बनाएको थियो।
रामकुमार श्रेष्ठ- सन् २००७ मा कोइराला सरकारले स्थानीय विकास मन्त्रालयका सचिव बनाएका यिनको नाम माओवादीले अख्तियार आयुक्तमा नियुक्तिका लागि लोकमान सिंह कार्कीपछिको रोजाइका रुपमा आउने विभिन्न नाममध्ये एकका रुपमा अगाडि सार्ने गरेको थियो। यिनलाई प्रचण्डनिकट भनिन्छ।





“ममा घोडी मेरी हि हि: हि!”
मन परे हरियो नपरे रातो !
4
2
चाहे जो जे भए पनि चुनाब होस् …..हामी कमेन्ट गर्ने सज्जन हरु र नेपाली दाजुभाई तथा दिदीबहिनी हरु एक आपसमा फलना पार्टी र ढिस्का पार्टी भन्दै नलड़ौ….आखिरी जे भए पनि यिनै नांगा नेता हरुलाई भोट हाल्नुको विकल्प हामीसंग छैन …तेही पनि…खै क भनु मा भन्दा जान्ने बुझ्नेत हजुरहरु हुनुहुन्छ ….
नमस्ते
मन परे हरियो नपरे रातो !
10
0
विकल्प अवश्य छ …. पार्टी र विचारलाई भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने! अहिले को २१औ सताब्दिमा अनि नेपाल जस्तो देशमा बिचारले केहि लछारपाटो लाउला भन्ने “बिचार” त्याग्नु पर्यो .. बिचार को मतलब राजनैतिक वाद वा नीति भन्न खोजेको जुन त्यहि वाद को जगमा खुलेका पार्टीहरुले नि फलो गरेका छैनन्….
यदि व्यक्ति ठिक छन् भने उनि आफ्नो मन नपर्ने पार्टी को भए पनि भोट दिन सकिन्छ…सकेसम्म युवा नेताहरुलाई जिताउने कोसिश गरम…पुरानो अनुहारहरु र राजनैतिक दाउपेच गरेर देशलाई अगाडी बढ्न नदिने हरुलाई पछि पारौं….स्वतन्त्र व्यक्ति वा नया आसलाग्दा अनुहार हरु लिएर आउने पार्टी हरुलाई भोट दिउँ! सधै यहि चार दलका अक्षम नेताहरुलाई काखी च्याप्नु पर्छ भन्ने छैन नि !
मन परे हरियो नपरे रातो !
4
1
देशमा मन्त्रीमंडल (पार्टी कार्यकर्ता समावेस नभएको) बनिसक्नु कहाँ छ कहाँ, हामीलाई कुन कांग्रेस, कुन माओबादी, कुन एमाले, कुन जनजाती, कुन बाहुन, …………………..भन्न र भनाउन हतार/ धिक्कार म नेपालीलाई !!!!!!!!!
मन परे हरियो नपरे रातो !
14
2
नयाँ सरकारलाई स्वागत् गरौ . हामी सबै नेपाली पनि सकारात्मक सोचोउ ।
मन परे हरियो नपरे रातो !
10
2
पी एच डी धारी सबैलाई प्रधान मन्त्रि र मंत्री बनौदैमा देश चल्ने भए नेपाल उत्कृस्ट देशको सूचीमा आउथ्यो किनभने यहाँ त अमेरिका भन्दा पनि धेरै पी एच डी धारीहरु प्रधान मन्त्रि र मन्त्रि भै सकेको इतिहाँस छ / घोकन्ते भएर लोक सेवा पास गरेर वा कुनै पढाई पूरा गरेर बस्दैमा देश चलाउन सकिन्न भन्ने कुराको ज्ञान कहिले आउने ओ खै कुन्नि ?
मन परे हरियो नपरे रातो !
23
4
परिक्षामा फेल भएर वा पढ्दै नपढेर ; गोलि चलाएर मान्छे मारेर वा गुलेलीले गाडी को सिसा फोडेर ; जबर्जस्ति आन्दोलनको भरमा सत्ता मा पुगेकोले देश चलाउन नसकेकोले बरु निजामती सेवा मा प्र्यक्टिकल अनुभव बोकेका, कम्तिमा डिग्री हासिल गरेका (घोकेरै किन नहोस), प्रशाशन बुझेका ले राम्ररि चलाउलान कि भन्ने आस हो ! हेर्दै जाउँ न !
मन परे हरियो नपरे रातो !
7
2
नेताकै फेर समातेर बिशिस्ट भएका रहेछन कि के हो…….मन्त्रिहुनपनि त्यै बाटो समाएछ्न त…..उमाकान्त झा र संकर कोइराला ले चाही बाजी मारेकै हुन्…. अब “स्यालको हुइया” भन्ने लिलामणि पौडेलले नमस्ते गर्छन कि झा र कोइराला जसरि राजिनामा गर्छन..हेर्न बाँकि छ….राजीनाम दिएनन भनेचाही काम फत्ते नहुनसक्छ इगो प्रोब्लमले गर्दा…..
मन परे हरियो नपरे रातो !
8
6
स्रोतका अनुसार राज्य संचालनको लागी खिरारेको नेतृत्त्वमा गठित समिति उर्फ़ चुनावी मंत्री परिषद् संचालनको लागी पुकदा नेतृत्त्वमा बिसेष समिति गठन भयो र त्यो बिशेष समिति संचालनको लागी इयु, अमेरिका र अन्य मिशनरी हरु सम्मिलित “सुपर बिशेष समिति ” जयन्त प्रसादको संयोजकत्वमा गठन भयो र पुकदा नेतृत्वको “ठूला”चारदलीय समिति उक्त सुपर समितिको – बिशेष गरी जयन्त प्रसादको खटन पटन अनुसार चल्नु पर्नेछ ।
मन परे हरियो नपरे रातो !
6
1
विस्वास र भरोसामा संसार चलेको छ/ ०६२/०६३ को आन्दोलनको सफलता संगै संविधान सभाले नयाँ संबिधान दिने आसमा देश र जनताले निरासा ब्यहोर्नु पर्यो/ नेताहरुको कुर्शीको लडाइले, अहिले यो सरकारको गठन भएको छ/ हामी आसा गर्न सक्छौ, र भन्ने गर्छौ चुनाव हुनुपर्छ/ हुनेछ/
राजनितीक समस्या भएकाले फेरी पनि, तेरो र मेरो मा चुनावी सरकार लाग्ने हो भने एकादेशको कथाका रुपमा नेपाली राजनीतिले नराम्रो रेकर्ड राख्ने छ/ आसा गरौ राम्रो काम गर्नेहरु , जसलाई गम्भिर तर ऐतिहासिक महत्व र दायित्व सुम्पेको छ/ जस्तो भए पनि राम्रो सफलताको शुभकामना…मात्र शुभकामना…
मन परे हरियो नपरे रातो !
7
0
लु बधाई छ सालोक्य ले लेखेको “को-को बन्दैछन् मन्त्री ?” को अड्कल बाजी मा माधव पौडेल ठ्याक्कै परेछ |
मन परे हरियो नपरे रातो !
2
2
नेताहरुलाई कसरी, कुन बाटोबाट कमिसन, घुस खानु पर्छ भनेर सिकाउने गुरुहरु यिनीहरु नै हुन् त कि कसो ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
41
1
खासै केहि उल्लेख्य काम नगरेका जिबन भरि जागिर कुरेर तलबले नपुगेर ब्राम्ह लुट मच्याएका अनुहारहरुको बाहुल्य छ . अनि जिबनको उतारद्दामा चिट्ठा परेको छ . यो अत्यन्त समाबेशी छ किनकि सबै थरि बाहुन यसमा देखिन्छ चाहे कुमाई, उपाध्याय सबै थरिका छन् यसमा दलित,मुश्लिम , जनजाति, महिलाको संग्ख्या उल्लेख्य देखिन्छ .
लिष्ट हेर्दा पाउने पनि बाहुन नै छन् नपाउने पनि बाहुन नै छन् यो रोचक तथ्य हो. समावेशीको नारा प्रचण्ड बाबुरामले जति उराले पनि यो यीनिहरुकै ग्रान्ड डिजाईनमा बनेको सरकार हो
अनि भ्रष्ट को पाटा कस्ने ठाउमा लोकमानलाई ल्याएर चोरलाई चाबी बुझाउने शैलीमा कम गरेको छ यसको मतलब खुमे छिरे गोबिन्दे पछि प्रचण्डको पालो हो .
अबको चुनाबमा चार दलले राम्ररी चाख्ने छन् .
मन परे हरियो नपरे रातो !
37
13
त्यही त तपाईहरु को ६०१ जना को खिचडी ले काम गर्न सकेको भए त यो बाहुन को बाहुल्य हुन पाउने थिएँन्
मन परे हरियो नपरे रातो !
8
15
सबै ठिक पारेर ११ वटा बिषयगत समितिले २ बर्षमा बुझाएको बिर्स्यो त्यो सम्बैधानिक समितिमा को को थिए थाहा छ? त्यहि प्रचण्डे झल्लु , राम्चंद्रे नै होईनन के तिनीहरु गैर बाहुन हुन् ? अनि फेरी उही बाजे हरुको हालीमुहाली? अब यो धेरै टिक्ने वाल छैन मित्र. जति नै गफ गरे नि राजा त डाले यिनीहरु त फ़िस्टा हुन्
मन परे हरियो नपरे रातो !
3
3
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
40
92
बाहुन-क्षेत्री त् आफ्नै दाजु-भाइ हुन् केहि छैन
तर अब त् छिमेकीहरु पो धोती गाठो पर्दै उकालो उक्लिने सुरसारमा छन् जस्तो छ त्
जदौ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
71
17
पुन जी के गर्ने है पढ्ने समयमा ८ कक्षा पढ्दा नै लाहुरे हुने रहर हुन्छ त्यो पनि (ब्रिटिश , इंडिया तिर) जनजातिले पढ्नु पर्यो नि पढ्ने समय मा लाहुरेको रहर अहिले प्रसासक भएन भनेर किन रुनु पढ्नलाई कसले रोकेको थियो र पढेको भए आज बाहुन को ठाउँ मा जनजाती हुने थिए होला हैन र त्यसैले पुन जी यो नसोच्नुस देश भनेको अनपढ ले हैन सक्ष्यम व्यक्ति ले चलाउनु पर्छ जहाँ बाहुन हुन् या दलित अथवा जनजाती तपाई आफु सक्ष्यम बन्नुस तपाइको पनि पालो आउन धेरै समय कुर्नु पर्दैन होला आज बाहुन भएको ठाउँ मा तपाईलाई पदपूर्ति अबस्य नै गर्ने छ नेपाल सरकारले ….
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
94
30
प्रेम जी
“लाहुरे” भन्ने बित्तिक्कै त्यो जनजाति नै हो भन्ने “भ्रम” धेरै लाई छ,
भारतीय-वेलायती “सेना-प्रहरी” मा कार्यरत नेपाली बन्धुहरुलाई मात्र “लाहुरे” मान्ने हो भने पनि
बेलायती सेनामा पुग-नपुग ३,००० जना र भारतीय सेना-प्रहरीमा ५०,००० बढी लाहुरेहरु छन् / त्यी मध्ये बेलायती सेना र सिंगापुर पुलिसमा जनजातिहरुको बाहुल्यता छ (हुनत बेलायती सेनामा क्षेत्री-ठकुरीहरुको संख्या निक्कै नै उल्लेख्य नै छ) तर भारतीय सेनामा चाही गैर जनजाति क्षेत्री-बाहुन बन्धुहरुको जनसंख्या नै बढी छ /
अर्को उल्लेख्य कुरो: अलिक अगाडी सम्म बेलायती-भारतीय सेनामा तराईबासी-बाहुन-दलित-नेवार-तामांगहरुलाई प्रबेशमा रोक लगाइएको थियो / त्येसैले उनीहरुले अन्य “जाति-जनजाति हु” भनेर प्रवेश गरेको हुनाले पनि बजारमा पाइने तथांक बढी मिथ्यांक हुन् भनेर बुझ्दा कसो होला ?
जे होस् चाहे बाहुन होस् वा चाहे जनजाति होस् वा चाहे तराईबासी होस्,
लाहुर(सेना मात्र नभई अन्य बैदेसिक रोजगारी पनि) कोहि पनि नजाउन दीर्घ कालमा यो परम्पराले देशलाई अपाङ्ग बनाउछ, उदाहरणको लागि दक्षिण कोरिया र फिलिपिन्स को इतिहास एकपटक पढौ /
जदौ
मन परे हरियो नपरे रातो !
34
10
प्रेम जी!
तपाइको जनजातिहरुले ८ कक्षा भन्दा बढी पढेका छैनन् भन्ने हचुवा विश्लेषणलाइ मैले एउटा शिक्षित बाहुनको भन्ने कि जहिले पनि जनजातिहरु अनपढ, गवाँर, पाखे हुन्छन् भन्ने तुच्छ सोंच भएको बाहुनको भन्ने?????
तपाइले आफ्नो जातलाई सक्षम र जनजातिहरुलाई अक्षम पनि भन्नु भो! आफ्नो जात सक्षम भएकोमा गर्व पनि गर्नु भो तर प्रेम जी तपाइँकै जातका सक्षम बाहुनहरुले नेपाल देशलाई चलाउदा हाम्रो देश नेपाल विश्वकै सबै भन्दा गरिब देश भैसकेको कुरा कसरि बिर्सनु भो??? कि नेपाल देशलाई विश्वकै सबै भन्दा गरिब देश बनाउनुमा सोझा साझा जनजातिहरुकै हात छ???
प्रेम जी कृपया, वास्तविकतालाई आत्मसात गर्ने प्रयास गर्नु होला! हाम्रो समाजमा बुझी बुझी बुझ पचाउनुलाइ पक्कै पनि राम्रो ठानीनन्न होला!
मन परे हरियो नपरे रातो !
38
24
हामी साधारण जनता त येसरी नै यो जात र त्यो जात भनेर झगडा गर्ने अनि विदेशीले हस्तछेप गर्यो भनेर खुब रास्त्रबादी भै टोपल्ने. सर्बप्रथम हामी नेपाली भन्न सिकम अनि बल्ल बिदेशी हरु र हाम्रा नेताहरु ठिक ठउमा अउचन.
मन परे हरियो नपरे रातो !
10
1
ब्राहमणहरुले पढेर होइन , बनारस र बिहारबाट सर्टिफिकेट किनेर रजाई गरिराखेका छन् ! खिल राज रेग्मिकै बिहारको सर्टिफिकेट रहेछ , अझ एस एल सी कहाबाट पाश गर्यो उल्लेख छैन ! यसको मतलब त्यो पनि बिहारी नै हुनुपर्छ , त्यसैले अरुले नपढी लाउरे भो भनेर होच्याउने भन्दा पनि नेपालमा ठगेर खानेहरु नक्कलिहरु नै शासक भएका छन् ! पंचायतकालमा त झन् नक्कली सर्टिफिकेटवालाहरु सबै सी डि ओ र सचिबहरु थिए !A
मन परे हरियो नपरे रातो !
17
6
मा पुन जीको कुरामा केहि मात्रामा सहमत छु/ हामी छेत्री बाहुनहरू जातैले बाठोपन पाको छौ/ तर त्यो बाठोपन्लाई आफ्नो मात्र भुडी भर्न प्रयोग गर्छु चाहे त्यो खराब काम गरेरनै किन नहोस/ समग्र रुपमा हेर्न पर्दा बाहुन छेत्री नै जिम्बेबार छ यो देश डुबौनुमा/
मन परे हरियो नपरे रातो !
42
14
बिस्तारै पक्कै हुन्छन पुन जी , किन आत्तिनु हुन्छ? – पहिलेको प्रशाशनिक वा अरु कमजोरी का कारण ठाउँ मा पुग्न नसकेपनि अब त देश मा आरक्षण व्यवस्था लागु भैसक्यो….कुनै पनि आरक्षण , चाहे मदेसी, दलित, जनजाति उम्मेदवार नपुगेकोले नभरिने स्थिति छैन….यो हिसाबले सरकारी ओहोदामा बर्सै पिच्छे समावेसी ढंगले पदपूर्ति हुदै छ नि हैन र पून जी? त्यसमाथि खुला मा पनि त सबै बाहुनले निकाल्ने भन्ने छैन नि ! अहिले २२ -२५ बर्षभित्रका लोकसेवा मा पसेका हरु अब को २० २५ बर्षभित्र सचिव बन्दैनन् भन्न सकिन्न .. परिवर्तन एकैसाथ आउने हैन बिस्तारै आउने हो …… तपाइले सोचेजस्तो दिन आउदैछ , आइसकेको पनि हुन सक्छ….अलिकति पूर्वाग्रह हटाएर हेर्नुपर्यो
मन परे हरियो नपरे रातो !
15
6
पढे लेखेका जाने बुझेका यी बाहुन छेत्रीहरु नै हुन् / तर यिनीहरु जालसाजी, किर्ते, भ्रष्टाचार गर्न एक नम्बरको भै दिएर सबै ठाउँमा डामाडोल भै राखेको छ /
मन परे हरियो नपरे रातो !
8
7
ब्राहमणहरुले पढेर होइन , बनारस र बिहारबाट सर्टिफिकेट किनेर रजाई गरिराखेका छन् ! खिल राज रेग्मिकै बिहारको सर्टिफिकेट रहेछ , अझ एस एल सी कहाबाट पाश गर्यो उल्लेख छैन ! यसको मतलब त्यो पनि बिहारी नै हुनुपर्छ , त्यसैले अरुले नपढी लाउरे भो भनेर होच्याउने भन्दा पनि नेपालमा ठगेर खाने नक्कलिहरु नै शासक भएका छन् ! पंचायतकालमा त झन् नक्कली सर्टिफिकेटवालाहरु सबै सी डि ओ र सचिबहरु थिए !
मन परे हरियो नपरे रातो !
8
6
Yam Pun जी।
जे कुरामा पनि जाति-जनजाति नानाभाँति कुरो मात्र झिकेर बखेडा झिक्ने मनःस्थिती त्याग्नुस। जम्मा जम्मि ११ जना मात्र मन्त्रि राख्दा नेपालमा भएका हरेक जातबाट १-१ जना अटाउने कुरै हुँदैन। जहाँसम्म बाहुन बढी भएको कुरा छ यो मन्त्रिमण्डलमा, म पनि त्यो मान्छु – ११ जनामा ६ जना बाहुन रैछन्। अरु को को रैछन् त ?
। र क्षेत्री १ जना पनि देख्दिन (थापा घर्ति भन्नाले थापा मगर होला जस्तो लाग्छ)। गुनासो त क्षेत्रीहरुले पो गर्नु पर्ने तर यहाँ त पुन जीको मनको कुण्ठा पो नराम्रो संग छताछुल्ल भो। यति सानो सोचाई राख्ने हो भने देश कहिल्यै उँभो लाग्दैन – किन ? किन भने यो मन्त्रिमणडलमा १०० % नै जनजाति मात्र भए पनि के नेपालका जनजाति भोलि देखि सर्वसुबिधासम्पन्न हुन्छन् ? भोकै मर्न लागेको कोहि जनजाति छ भने उसको मुखमा माड लाग्छ ? वा भोकै मर्न लागेको बाहुन नै छ भने उसको पेट चाहिं भरिन्छ ? तपाईंलाई के लाग्छ ? नेपालको समस्या भनेको खालि यत्ति देख्नु भएको छ ? के बाहुन क्षेत्री नेपालमा गरिव छैनन् ? गरिव मात्र के, गरिबीको रेखा मुनी अति तन्नम अवस्थाका क्षेत्री बाहुन नेपालमा छन् कि छैनन् ? देखेर पनि आँखा चिम्लिनु हुन्छ भने यौटा कुरा – नत्र हेर्नु वरिपरि – काठमाडौंकै काँठमा गएर हेरे हुन्छ – अरुले जस्तो जुम्ला हुम्ला बिकट कर्णाली जा भनेर म भन्दिन। र नेपालमा खान लाउन पुग्ने सम्पन्न जनजाति छैनन ? तपाईंका कुन्ठा र घृणा भरिएका बिचार कोहि बिदेशीले पढ्यो भने त्यही भन्ठान्ला – जनजाति सबै भोकै मर्दैछन्। यो बिचार तपाईंको टाउकोमा कसले भर्यो पुन जी ?
खिल राज रेग्मी – उपाध्याय बाहुन
माधव घिमिरे- उपाध्याय बाहुन (हेर्दा कामी जस्ता नदेखिने भएर बाहुन होला भनेको)
हरी न्यौपाने – उपाध्याय बाहुन
ऋद्धिबाबा प्रधान- जनजाति – महिला
विद्याधर मल्लिक – मधेसी
माधव पौडेल- उपाध्याय बाहुन
शंकरप्रसाद कोइराला- उपाध्याय बाहुन
छविराज पन्त – कुमाइ बाहुन
टेकबहादुर थापा घर्ती- जनजाति – मगर (?)
रामकुमार श्रेष्ठ- जनजाति
उमाकान्त झा- मधेसी
– यहाँ ६ जना बाहुन र ५ जना non बाहुन छन् – उपाध्याय र कुमाइ त थर ले थाहा हुन्छ कोहि जैसी बाहुन भए त्यो मलाई थाहा भएन है किनभने जैसीका थर पनि उपाध्याय जस्तै हुन्छ –
भाइ फुटे गवाँर लुटे भन्ने त सुन्नु भएकै छ होला। तपाईं र यतै कतै कमेन्ट गर्ने सोनाम शेर्पा जीका कुरा सुन्ने हो भने तपाईंहरुको बिचार समय र परिस्थितीको सहि मुल्यांकनबाट ब्यक्त भएको भन्दा पनि कुनै जाति विषेश प्रतिको घृणाभाव बाट प्रेरित भएको देखिन्छ। जातिय अधिकार र जातिबाद (Racism) को बिचमा मसिनो रेखा मात्र हुन्छ – तपाईंहरु त्यो रेखाको उता पारि Racism तिर ढल्किनु भएको छ – इतिहास पल्टाउनुस त – १८ औं र १९ सौं शताब्दिको जर्मनीमा सम्पूर्ण साधन-स्रोत र धन माथि यहुदीहरुको मात्र एकाधिकार भयो र यसले जर्मन जातिको कुभलो भयो भन्ने धारणाबाट ग्रसित हिटलरले अन्ततः ६० लाख यहुदीको नरसंहार गरे – इतिहास साक्षी छ । कतै तपाईं त्यो पथमा त हुनुहुन्न ? फेरी भन्छु – भाई फुटे गवाँर लुटे – हामी फुटे फाईदा कसलाई ? सम्भवतः दक्षिणको छिमेकीलाई – ती र तिनका सेना भोली नेपाल छिरे भने चाहिं के नेपालका जनजातिका अधिकार सुरक्षित हुन्छ जस्तो लाग्छ ?
मन्त्रिमण्डल भनेको खाली जातिय भागबन्डाबाट मात्र बनाउने चीज हुँदै होइन – समय र परिस्थिती अनुसार यो बन्छ – काबिल मान्छे हुनु पर्यो र उसले नतिजा दिन सक्नु पर्यो – बाहुनले नतिजा दिन्छ भने बाहुनै ठिक जनजातिले दिन्छ भने जनजाति नै – जे होस हाम्लाई नतिजा चाहियो। को मन्त्रि बन्नु हुन्थ्यो भन्नेमा त यसै त्यत्रो बहस छ – नेता हुन पर्ने ठाउँमा प्रधान न्यायाधिस हुनै नहुने भन्ने जमात पनि ठुलै छ।मलाई त्यो कुरा मतलब छैन – नतिजा दिन्छ भने प्रधानन्यायाधिस पनि ठिक। नतिजा दिँदैन (वा खराब नतिजा दिन्छ ) भने न प्रधान न्यायाधिस ठिक, न बाहुन ठिक, न मधेसी ठिक, न जनजाति ठिक न त अरु कोहि नै ठिक।
मन्त्रि बन्नु नै सबै भन्दा ठुलो कुरो हो र यसले नै जातिय अधिकार लगायत सबै समस्याको समाधान गर्छ भने – पुन जी र सोनाम शेर्पा जी को मनको शान्तिको लागि – प्रधान मन्त्री र सबै मन्त्री, सचिव , आयुक्तहरु सबका सब जनजाति बनाइदिउँ – अनि सबैलाई हाइसञ्चो – त्यसपछि न त चुनाव नै हुन पर्यो न त सम्बिधान नै लेखिन जरुरी भो – गज्जबको जादु भएर भोली नै देश अमेरिका भन्दा अगाडि फुत्त पुग्छ !!! — के यो सम्भव छ ? काम नगरी , दुख नगरी ,पसिना नझारी, हाड नख्याइकन अमेरीका त्यहाँ पुगेको हो ?? आफैं बिचार गर्नुस। संसारको कुनै पनि देशमा बिभिन्न जात-जातिको संख्या अनुसार प्रतिनिधित्व हुने गरी मन्त्री मण्डल गठन हुन्न होला – र हुनु पनि हुन्न। (र यो पनि सुन्नुस – भोली कुनै बेला समय र परिस्थितीले नेपालको मन्त्रिमण्डलमा एक जना पनि बाहुन क्षेत्री नपरी सबै जनजाति र मधेसी मात्र परे भने पनि म त्यसको समर्थनमा नै हुने छु – त्यसबेला त्यही नै सबै भन्दा राम्रो बिकल्प हो भने त्यही गर्नु पर्छ – सँधै मन्त्रिमण्डलमा एक न एक जना बाहुन हुनु पर्छ भन्ने मेरो बिचार छैन।)
र लास्टाँ – प्रेम (Dubai) को बिचार प्रति म सहमत छैन – उनी पनि कुरा त सहि जस्तै देखिने गर्दैछन् तर जनजाति भनेको लाहुरे हुन मात्र सक्छन् भन्ने मनोदशाबाट पिडित छन् – तेन्जिङ गाबा जीले अलि राम्रो विश्लेषण गर्दिनुभाको छ – उहाँका बिचारहरु प्रति चाहीं समर्थन छ।
मन परे हरियो नपरे रातो !
24
3
रघुबीरजी , नतिजा जसले गरेपनि निस्कन्छ ! अहिलेसम्म ब्राह्मणहरुले नेपालको नतिजा त राम्रै निकालेकोले त देशको यो हालत छ ! सबै नमिली , सबैको सहभागिता बिना गतिलो नतिजा निस्कदैन भनेर नै सबैलाई समेटेर जानु पर्छ भनेको हो ! एकै जाति समुहले मात्र राज्यको सबै ठाउमा हालीमुहाली गरेकोले सच्चिन पर्छ भन्ने अहिलेको माग हो !
मन परे हरियो नपरे रातो !
6
3
गीता जी,
मेरो कुराको मर्म तपाईंले अझै बुझ्न नसकेको जस्तो लाग्यो। तपाईंले पनि उहि ठाडो तालले आरोप लगाउनु भो, आफ्नो कुण्ठा प्रदर्शन गर्नु भो – कसरी त ?
-सिधै आरोप लगाउनु भो, अहिले सम्म गलत नतिजा मात्रै निस्केको छ र यो सबै केवल ब्राह्मणहरुले गरेर मात्र हो – (ब्राहुमण भन्नाले हाम्रो जनजिब्रोमा भिजेको क्षेत्री-बाहुन भनिने जातलाई जनाउन खोज्नु भएको होला जस्तो लाग्छ – मैले त्यै बुझें)। यो आरोप पुरानो र बारम्बार लगाइने आरोप हो र धेरैलाई यहि नै एउटा सत्य हो जस्तो लाग्न थालेको छ। तर के कुरा को तुलना र कुन कसीमा कसरी जाँचेर तपाईं यो नतिजा मा पुग्नु भो ? नेपालको आजको अवस्था के ब्राह्मणले गरेर मात्र भएको हो ? वा अरु हजारौं लाखौं कारण पनि हुन सक्छन् नेपाल आज गरिव-अविकसित हुन मा ? कहिले सोच्नुभाको छ ? पक्कै छैन किनभने तपाईंहरुलाई यहि एउटा कुरा सिकाइएको छ र यहि एउटा कुराको रट लगाउनु बाहेक अरु सोच्ने न त रहर छ न फुर्सद नै। सारा राष्ट्रको असफलताको जिम्मा एक-वा दुइ जातिमाथि थोपरेर असहिष्णुताको दन्दनी बलिरहेको आगोमा घिउ थप्ने काम गर्दै हुनुहुन्छ – तर के बुझ्नुस भने आगो भनेको आगो नै हो – यसको न मित्र हुन्छ न शत्रु र यसले सबैलाई भष्म गर्छ – तपाईंलाई पनि। त्यसैले आफ्नै घरमा सल्किन थालेको आगोमा घिउ नथप्नुस।
मैले माथि पनि लेखिसकें – इतिहासमा यस्ता गल्ति हजारौं भएका छन् र परिणाम भयानक निस्केका छन् –
जर्मनीमा हिटलर र नाजीहरुले जर्मन राष्ट्रको समस्याहरु र प्रथम विश्व युद्धमा शर्मनाक हारको कारण समेत यहुदीहरु नै हुन भनेर ठोकुवा गरे – र नतिजा तपाई हामी सामुन्ने छ।
चीनमा कुनै समय चीनको सबै समस्याको जड भनेको चीनको संस्कृति, त्यसलाई जगेर्ना गर्न लागिपरेका मान्छे र समाजका वैज्ञानिक-साहित्यकार हुन् भनेर ठोकुवा गरियो – र त्यहाँ सांस्कृतिक क्रान्तिको नाममा के के विध्वंश भो – कतिका ज्यान गए – एक पल्ट पढ्नुस।
तपाईंकै जस्तै विचारधाराहरु रवान्डा भन्ने देशमा पनि कुनै समय उचालिएको थियो – त्यहाँका वहुसंख्यक हुतु जाति माथि खालि तुत्सी जातिको आधिपत्य भयो भन्दै आगो बाल्न थालियो – आगोमा घिउ थप्ने तपाईं जस्ता मानिसको कमि थिएन – र अन्त्यमा १०००००० तुत्सीको विभत्स हत्या गरियो – कति विभत्स भने वर्णन गर्न सकिन्न। हामी कहाँ अहिले जस्तो विचारधारले प्रवेश गरेको छ , यस्तै विचारधाराले त्यहाँ त्यत्रो नरसंहार गर्यो।
यस्ता सयौं वा हजारौं उदाहरण भेटिन्छन्। इतिहासबाट भनेको हामीले सिक्ने हो – किनभने इतिहासको कालखण्डमा कहिं भएको घटना हामीकहाँ हुने पनि उत्तिकै संभावना रहन्छ। त्यहाँ पो भाको त यहाँ हुन्न भन्ने सोचाइ छ भने – होइन – त्यहाँ पनि हामी जस्तै मान्छेले हामी जस्तै मान्छे माथि गरेको विध्वंस हो – नपत्याउने ठाउँमा यस्ता घटना भएका छन्।
कैयौं विकसित देशमा यसरी कुनै जाति विषेशलाई टार्गेट गरेर गरिने कमेन्टहरुलाई निकै गम्भितरापूर्वक लिइन्छ – पश्चिमा मुलुकहरुमा त यो वर्जित छ। त्यसका पनि त केहि कारण होलान्। अमेरिकाम गएर लौ भनि हेर्नुस् त , सार्वजनिक रुपमा – अमेरिका बिगारेको भनेकै त्यहाँको कालो जाति ले हो – भनेर। आफै बुझ्नु हु्न्छ। यसरी जातिगत आधारमा सिंगो जातिलाई आरोप लगाउनुलाई पश्चिमा देशमा त अपराधकै रुपमा लिइन्छ ।
फेरी प्रश्न गर्छु – तपाईंलाई पट्टु झैं रटाइएबाहेक, के कति आधारमा तपाईले नेपालको समस्या हरुको विश्लेषण गर्नु भो त ? र कसरी यो नतिजामा पुग्नु भो कि सबै समस्याका कारण ब्राह्मण जाति र मात्र यति हो ? बुँदागत रुपमा यो यो भएर यस्तो यस्तो भएको हो भन्ने विश्लेषण गर्ने कष्ट गर्नुभो भने म पनि बुँदागत रुपमै जवाफ दिने कोसिस गरुँला।
मन परे हरियो नपरे रातो !
4
0
रघुबीर जी!
वास्तविकतालाई चार कोस टाढा मिल्काएर “पानि माथिको ओभानो” बन्न खोज्नु भएकोमा “कुण्ड कुण्ड पानि, मुण्ड मुण्ड बुद्धि” भन्ने उखानको याद आयो! म जातीय युद्धको पक्षपाति पक्कै पनि होइन तर यदि म सत्य बोल्दा विस्वयुद्ध नै हुन्छ भने मलाइ त्यो स्वीकार्य हुनेछ! मैले जनजातिहरुको दुख, पिडा र समस्या पोख्दा, जनजातिहरुको जातीय अधिकार पाईनुपर्छ भन्दा तपाइको बुझाइमा त्यो जातिवाद (Racism) हुन्छ भने म तपाइको आरोप हासी हासी स्वीकार गर्दछु तर जातीय मेलमिलापको ढोंग रचेर जहिले पनि एउटा जातले अर्को जातलाई थिचो मिचो गरि जातीय एकाधिकारवाद लाद्नन खोज्छ भने मलाइ त्यो कदापि स्वीकार्य हुने छैन र जीवनको अन्त्य सम्म म त्यसको प्रतिवाद गरिरहनेछु!
मलाइ पनि यो कुरा राम्ररी थाहा छ कि मेरो देश नेपालमा थुप्परै बाहुनहरू एक छाक राम्रो संग खान नपाउने, एक आङ्ग राम्रो संग लाउन नपाउने पनि नभएका होइनन् र थुप्परै जनजातिहरु मोटर कारमा चढेर विलाशी जीवन बिताउने पनि नभएका होइनन् तर कुरा खान र लाउनमा मात्तरै सिमित गरिनु हुन्न! खान र लाउन त जेलका पर्खाल भित्र थुनिएका कैदीहरुले पनि पाउदैनन्र र ??????? म तपाइलाइ के स्पष्ट गराउन चाहन्छु भने म बाहुन बिरोधि होइन तर बाहुनवादको बिरोधि अवस्य पनि हुँ किन कि नेपाल बगैचामा सयोउ थरिका फूलहरु फुल्दा फुल्दै पनि एउतै फुलको माला उनिएको हेर्न चाहन्न!
तपाइको “भाइ फुटे, गवार लुटे” भन्ने वाक्य लाइ अलिकति परिमार्जित गरि माइ संसारको पाठक समक्ष पस्किने अनुमति चाहन्छु!
नेपालमा अहिले यस्तो भैराखेकोछ, “भाइ जुटे, भाइले भाइलाई नै लुटे”
र अन्त्यमा,
नेपालमा “जातिय युद्धको नक्शा” जनजातिहरुले होइन, तपाइकै सक्षम, काविल भनिने महापुरुषहरुबाट कोरिदैछ भन्ने कुरा पनि नबिर्सनु होला!
मन परे हरियो नपरे रातो !
1
2
पुन जी,
तपाईंको कुराको भाव मैले नबुझेको होइन – तर मलाई अझै पनि एकोहोरो रटान को गन्ध आइरहेछ – कुराहरुमा। बुँदागत रुपमा यो – यो बाहुनबाद हो भनेर भन्न पर्यो । हेरौं न कति कुरामा तपाईं र मेरो कुरो मिल्दो रहेछ, कतिमा हाम्रो असहमति हुने रैछ।
विगतको ४-५ वर्षको जनजाति र मधेसी आन्दोलनको र त्यो सेरोफेरोको नेपाली राजनिती हेर्दा, मलाई के लागेको छ भने जनजाति आन्दोलन आफैंमा स्पष्ट छैन – र यस आन्दोलनका केहि अगुवा नेता क्षेत्री-बाहुनलाई गाली गरेर मात्र नेता भएका छन् – मानौं त्यही एउटा कुरो उनीहरुले जानेका छन् – अरु धेरै तर्क गर्दा पनि गर्दैनन् (यो रोग नेपालको राष्ट्रिय राजनितीमा पनि छ – कतिपयको एकोहोरो भारतलाई गाली गर्ने प्रवृत्ति)। त्यो हेरी मधेसी आन्दोलनमा अलि बढी स्पष्टता छ – भलै त्यहाँ पनि अरु हजारौं समस्याहरु छन्।
पुन जी र अरु यस्तै बिचार राख्ने साथिहरु – नेपालको समस्या भनेको अशिक्षा-पछौटेपन हो। नेपालमा बाहुनबाद कहिल्यै अन्त हुँदैन – किन – किनभने के हो बाहुनबाद भन्ने कुरामै कोहि स्पष्ट छैन।हुन त तपाईं भन्नुहोला बाहुनको हालिमुहाली, जल-जमिन माथि एकाधिकार, धर्म संस्कृति माथि थिचोमिचो आदि। मलाई पुरै विश्वास छैन – यी आरोपहरु सत्य जस्ता लाग्छन् किनभने वर्षौं देखि सुनि आइएको छ, कुनै पनि कुरा धेरै सुनेपछि पक्कै सत्य हो जस्तो लाग्छ। भने नि, एक एक बुँदा केलाएर हेर्न सकिन्छ – कुनै अरु बेला।
मन परे हरियो नपरे रातो !
2
1
यो सरकारबाट धेरै आशा नराख्नु नै बेश हुन्छ/ रेग्मी जी बसेको कुर्सिको चार ओटा खुट्टा भनेका नेपालका चार ठुला दल हुन् / रेग्मी को सरकारले यी चार दललाई खुशी बनाउन नसक्दाको दिन कुर्सि को कुन खुट्टा लड्ने हो भन्न सकिदैन/
अब चार दलहरुलाई नै खुशी राख्ने हो भने यो सरकार पनि हात्ती आयो हात्ती आयो फुस्सा हो/
श्री पशुपतिनाथले हामी सबै को भलो गरुन/
मन परे हरियो नपरे रातो !
16
5
जागिर खाइरहनेकि राजनितिमा लाग्ने ? के गर्दा ठुलो मान्छे भइन्छ कन्फ्युजन भएर ल्यायो बा ……………………..
मन परे हरियो नपरे रातो !
24
0
जागिर पनि खाने
राजनीतिमा पनि लाग्ने नि
कुन चाही कर्मचारी छ र राजनीति नगर्ने ?
हैन गुरु !!!! राम राम राम !! तपाइँ त् बडो लड्डु पर्नु भो कि के हो,
राजनीति पनि नगर्ने अनि के को कर्मचारी नि ?
यसो तपाइको छाटकाट हेर्दा त् घुस पनि खानु हुन्न कि के हो ?
जोगिनुस है हाल्लान है खोर भित्र
मन परे हरियो नपरे रातो !
20
2
घुस त किन खान्नते र बा , पेट, जहान, बच्चा भोकै मर्छन नि फेरी…..
मन परे हरियो नपरे रातो !
10
0
ग्रान्ड डिजैनरहरु लाई मान्नै पर्छ बा….. आफुलाई महान विद्वान भन्नेहरुको जुँगाको लडाई हेर्न पाइने भो बा………..
मन परे हरियो नपरे रातो !
4
0
जसले जे भने पनि यो देश धेरै वर्ष अगाडी देखि प्रसाशक हरु ले नै चलाएका हुन्/ एक एक महिना मा सरकार परिबर्तन हुने देश मा नेता हरु ले देश चलाएका थिए भनेर पत्याउने यहाँ कोहि छैन/ अब राजनीतिक दबाब को अलिकति भए पनि कमि ले गर्दा थोडा बहुत राम्रै हुन्छ जस्तो लाग्छ मलाई/
मन परे हरियो नपरे रातो !
13
0
नेपाली जनत को अन्तिम आसाको केन्द्र बिन्दु हो यो सरकार / हामीलाई कुनै चुनाब को जरुरि छैन / फेरिपनि यिनै निकम्बा कपुत हरुलाई नेपाली जनताले भोट हाल्ने दिन नआओस/ भगवान र नेपाली जनता प्रति मेरो प्रार्थना छ यो सरकार १० वर्षा न भएनी कम्तिमा ५ वर्षा चलोस्/ जय नेपाल,लालसलाम , अभिबादन, नमस्कार !!!
मन परे हरियो नपरे रातो !
32
3
It is reported that Sri man, Mr. Chairman is seen busy performing pooja at Pashupatinath Temple, possibly to ward off bad omen handing over his head. The wearing of multiple rings in his hand fingers is an indication of things to come in this country. YO DESH LAI BAHUN HARULE KHAYO. Count how many bahuns are there in the Cabinet? SIx in total. GAYO GAYO SANGHETA, SECULARISM, LOKTANTRA ABA CHUPA LAGERA TAMASHA HERE RA BASNE.
मन परे हरियो नपरे रातो !
11
27
सचिवको लागि अयोग्य मान्छे मन्त्रि भएछन. हरे लिलामणि, कहिले सासुको पालो कहिले बुहारीको पालो!
क्याम्पसमा पढ्दा केटाहरु भन्थे, पढ्यो भने सचिब भैन्च्छा, नपढे मन्त्रि! तर अहिले चाही यो कुरो झुठो भयो!
अबका मुन्द्रे छुचुन्रे अखिले, जगलते केटाहरु हो, अब चाही पढ्नु पर्ला जस्तो छ है, पढेको मान्छे को लागि घुमी फिरी मौका आउछ, नत्र चाही बैध्य बा को पार्टीमा भर्ना खुल्छ युद्द गर्नलाई, बैद्य बा सारै बेरोजगार भए छन्, भोक भोकै मर्नु भन्दा लुटी युद्ध गर्नु निको
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
63
0
भारतीय हरुले नसोचेको मत माओबादी ले ल्यायो तेसैले घुमाई फिराई फेरी चुनाब गराएर माओबादी लाई कम्जोर बनाउने खेल सुरु भयो / यो चुनाब सुनाब सबै भारतको नाटक हो ,नेपालको स्थिर राजनीति भारतको लागि घाटा हो / अरु पार्टी को त के कुरा गर्नु अलिकति गर्ला भन्ने आशा गरेको माओबादीले पनि कुर्सीमा पुगेपछि भारतको चाकरी नगरी हुदैन रैछ भन्ने प्रमाडीत गर्यो / अब भगवान पशुपतिनाथ ले हाम्रो रक्छा गरुन भन्नु बाहेक केहि बाकी रहेन /
मन परे हरियो नपरे रातो !
28
34
यिनीहरु सबै काले काले मिलेर खाउँ भाले भन्नेहरु हुन् / अर्थमन्त्री हुनु भएका शंकर कोइराला बिभिन्न मन्त्रालयको सहसचिब-सचिब हुँदा आफ्नो घरको नोकरहरुलाइ खल्तीबाट पैसा दिनु पर्ला भनेर आफ्नो मातहतक कार्यालयहरुमा ज्यालादारी नियुक्ति गरेर घरको नोकर राखेका थिए / यस्तो सानो सानो कुरामा रयाल चुहाउनेहरुलाई मन्त्रि बनाइएक छन् / पार्टी र सरकारको आडमा ब्रम्हलुट गर्ने र गर्न सिकाउने नै यिनीहरु हुन् / उदाहरणको लागि लोकमान सिंह कार्की जस्तालाई अख्तियारको प्रमुख आयुक्त बनाउ खोज्नु पार्टीहरुको कत्रो स्वार्थ रहेछ / नेपालका राजनैतिक दल र उच्चपदस्थ हाकिमहरु एउटा सिक्काको दुइ पाटो हुन् / नेपालको एक नम्बरीको भ्रष्टाचारी भनेका नै उच्चपदस्थ हाकिमहरु हुन् /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
44
3
मलाई त खै के खै के भने झैँ भएको छ ४ दल का महारथी हरु ले गरि खाऊ हाम्रो पालो पुग्यो अब रिटायर्ड हुनु को मज्जा लेउ भनेर सुम्पेको जस्तो छ र यी विद्वान भए पनि केवल आफ्नो लागि मात्र भए किन कि २० वर्ष देश यिन ले पनि चलाएका हुन् नि खै के लछारपाटो लाए र? जाबो चुनाब गर्न न सक्ने भात मारा दल हरु ले कसरि भोट माग्न जानु हो गाउले को अगाडी? अब जनता ले अगुल्ठो ले हानलान है होस् गरौ ४ दल महारथी हरु/
मन परे हरियो नपरे रातो !
18
1
केहि हुने छाँट देखिदैन |आफु मात्र खाउ ,आफु मात्र मोज गरु जनतालाई सधै रनभुल्लमा
पारु भन्ने चार ठालुहरुले गरीरहेको कुकृत्य को साक्षी को रुपमा यो मन्त्रीमंडल को रबैया
हुन् गयमा कुनै आस्चर्य हुने छैन |
मन परे हरियो नपरे रातो !
14
0
नेपालका राजनैतिक दल र उच्चपदस्थ हाकिमहरु एउटा सिक्काको दुइ पाटो हुन् /
मन परे हरियो नपरे रातो !
17
2
कहिले पनि नबन्ने संबिधानको चुनाव हामी नेपालीलाई किन चाहिएको छ र? देशलाई खर्चको भर मात्र ! बरु, अब देश यिनी प्रशासकहरुले नै चलाए हुन्छ | हामीलाई चाहिएको शुसासन, शान्ति सुरक्छा र रोजगार न हो | यी बुढाहरुलाई मेरो पूर्ण समर्थन छ | नालायक चोर नेताहरुको सक्दो बहिस्कार गरौ |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
62
2
पहिलो दर्जामा SLC मा पाँचौं वा छैटौं पटक फेल भएपछी इंडियाको बिहार बाट किनेर वा चिट चोरेर वा अरु कसैलाई जांच दिन लगाएर पास गरे पछि अनि क्याम्पसमा ढुंगा मुढा, गुन्डागर्दी, मान्छे मार्ने, चोर्ने, रत्न पार्क को रलिंग भाँच्ने, पुस्तकालयमा आगो लगाउने, क्याम्पसको कोठामा पिसाब फेर्ने, पुरा सहरमा आगो बालेर धोस्त बनाई दिन्छु भन्दै कुर्लने, किर्तिपुर को होस्टेल मा पन्द्र वर्ष सम्म student भएर बस्ने, नाती नातिना हुँदा सम्म सोबीयुको महासचिब भएर बस्ने र आदि आदि काम गरे पछि ठुलो नेता हरु र मन्त्रि प्रधान मन्त्रि भएका, दोस्रो दर्जामा SLC मा तेस्रो division मा दुइ वा तिन पटकमा पास भएका हरु लोक सेवा को सामान्य ज्ञान घोकेर हल्का सचिबहरु. येस्ताहरु बाट देसको विकास, नियम कानुन को पालना होला, law and order होला, भ्रस्टचार मा कमि औला, जनताले राहत पाउलान भनेर आश गर्नु भनेको उही साँढेको झर्ला र खाउँला भने जस्तै हो. नेपाल को कर्म चारी तन्त्रमा हुने भ्रष्टचार त सचि हरुको multimillions घर र प्रड़ो र पजेरो, उनि हरुका छोरा छोरी अनि परिवार को अलिसान लै हेरे पुग्छ. गाउँका गरिब हरुले औता सामान्य passport वा नागरिकता बनाउदा कति सास्ती खेप्नु र घुस हाल्नु पर्छ तेही हेरे पुग्छ. जबकी दिल्ही को गल्लि गल्लि मा भारु १५००० मा पस्स्पोर्ट बेच्न राखेको छ.
मन परे हरियो नपरे रातो !
28
3
The election government is doomed to fail. Mr. Chairman should have demand total freedom in appointing his deputes. Now, with four parties dictating him from behind, he cannot be held responsible in case the elections had to be deferred. One needs freedom to do before holding him accountable for his actions. If they do not even understand this simple management principle, what can you expect from these taukes? May be they do not have anything inside their head.
मन परे हरियो नपरे रातो !
8
1
प्रशासनिक क्षेत्रबाट मन्त्रीहरु छानिए पनि तिनै दलहरुको भागबण्डा बाट नै छानिए | यो कुरा चाहिं मानिसले आशा गरे भन्दा अलि फरक भयो भन्ने मलाई लाग्छ | तर अहिलेको उदेश्य भनेको समयमा निस्पक्ष निर्बाचन गर्नु नै हो | लामो समयदेखिको गतिरोध हटाउने यो एउटा ठिक उपाए हो | आशा गरौँ यो सरकारले देशमा शान्ति सुरक्षाको अनुभूति दिएर आफ्नो मुख्य काम (समयमा निष्पक्ष निर्बाचन गराउने) पूरा गर्नेछ |
मन परे हरियो नपरे रातो !
17
0
जे होस् समयले तपाइहरुलाइ ठुलो जिम्मेवारी दिएको छ/तपाइहरुले यी गद्दार नेताहरुले झैँ देश र जनताको चाहनालाई कुठाराघात नपार्नुहोला/निमक्को सोझो चिताई इश्वरका नाममा इमान्दारी पुर्बक काम गर्नुभयो भने तपाइहरुको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिने छ/यसका लागि के ठिक र के बेठिक भनि बिबेक पु-याएर देश र जनता सम्झिएर काम गर्नु भयो भने यी नेता गन्हाएको झैँ गन्हाउनु हुने छैन/
मन परे हरियो नपरे रातो !
9
1
नेपाल को इतिहासमा अहिले सम्मको महान भ्रस्ट हरु प्रचण्ड र बाबुराम जेल बास गर्नु नपरोस भनेर अक्तियारले डामेको लोक मान सिंह कार्की लाई अक्तियार को प्रमुख बनाउन मरीहत्ते गरेर लागि परेका छन्, यस बिषय मा mysansar को के छ बिचार ?
Thank you
मन परे हरियो नपरे रातो !
23
6
शुभ कामना छ, नेपालका नयाँ कार्यकारिणी हरुलाई, अनि एउटा मौका उनीहरु लाइ जीन्दगी मा अबका दीन हरुमा देश को कुनै पनि काम गर्दा मुखमा होइन मन, तन, र धन,मा नेपाल आमा सम्झी, घुस नखाई स्वछ छबि कायम राखी दैनिक काम गर्न सके भने उनीहरु को लागी, र देश को लागी ठुलै उपलब्धि हुनेछ…
मन परे हरियो नपरे रातो !
10
0
नेपाल को मन्त्रीमंडल को साइज यस्तै सानो हुनु पर्छ / आशा गरौ, यो अन्तरिम सरकारले स्वतन्त्र तबरले चुनाब गराउन सकोस!
मन परे हरियो नपरे रातो !
20
0
देशमा फेरि दलविहीन सरकार गठन भएको छ/यसले तमाम नेपालीहरुलाई कानमा तेल हाले झैँ,न्यानो घाममा मिठो निद आए झैँ भएको छ/यो जनताको सरकारले देशमा अफाप सिद्ध भएको,भ्रष्ट,लुटेरा,हत्याराको कथित संयन्त्रको दवाफमा नआई जनता र देशको पक्षमा काम गर्नु पर्ने छ/अहिले चर्चामा आए झैँ अख्तियारको प्रमुखमा नियुक्ति भएमा यो सरकार बाबुरामको सरकार भन्दा निकम्मा हुने भएकोले साबधान/
मन परे हरियो नपरे रातो !
7
4
एउटा उखान छ, बोकाले दाई हाल्ने भए गोरु किन छाहिन्थियो भने जस्तै हुने छ यो सरकार /
मन परे हरियो नपरे रातो !
10
5
प्रधान मन्त्रि बाहेक सबै कुरामा तु सहमति गर्न सक्छन यी नेता हरु
मन परे हरियो नपरे रातो !
5
0
काँग्रेस, एमाले, फोरम र खावोबदी को मादलको ताल मै नाच्नुपर्ने हुन्छा येनिहरु ले धेरै आस नगरे हुन्छ |
मन परे हरियो नपरे रातो !
13
2
मुखै मात्र बजाउने तर काम केहि नगर्ने नेताहरु भन्दा त भर जीवन कामै गरेर बुढा भएका यिनीहरुले केहि गर्लान की ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
120
12
भर जीवन काम गरेर बुढा भएका हुन् वा अर्थोक गरेर बुढा भएका हुन् समयले देखाउने छ/
मन परे हरियो नपरे रातो !
24
2
त्यस्तो चमत्कार पनि त केहि हुनेवाला छैन /
धेरै आशा राखेमा निराश हात लाग्छ /
तसर्थ अहिले बढी आस गरेर पछि अति निराश हुनु भन्दा अहिले नै थोरै आस गरौं /
सबैलाई थाहा छ यिनीहरु कुनै त्यस्तो क्षमता भएकाहरु त होइनन / तर पनि बिबादमा नआई स्वछ छबि कायम राखी दैनिक काम गर्न सके भने यिनीहरुको लागि ठुलै उपलब्धि हुनेछ /
मुख्यत: चुनाब संम्पन्न गरे यिनीहरुले ठुलो जस पाउछन् /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
78
3
नेपालमा स्वास्थ-सिक्ष्या जस्ता ठाउमा लगानी गर्नु पर्ने, बाटा-पुल जस्ता पुर्बाधारमा लगाउने बजेट पूर्व-प्रसासक, मत्रिकोको भत्ता र सुरस्यामा नै खर्च हुने भो / २०३६ सालपछि प्रसासनयेन्त्रमा ब्रस्ताचार मौलौएको कुरा गर्थे एक जना पूर्व सरकारी कर्मचारी / तेही कर्मचारी-येन्त्रले बहुदलका नेतालाई घुस खाने तरिका सिकायो / यो कर्मचारी येन्त्रको अगाडी उबेलामा “सब ठिक छ सरकार “भन्दा संबिधानभन्दा पनि माथिका सोजा राजा बिरेन्द्र पनि वाल्ल पर्थे रे / अब त यी भत्तावालहरुलाई त चिठा परेको जस्तो पो भो /
मन परे हरियो नपरे रातो !
33
7
२X४ (एमाओबादी, कांग्रेस, एमाले, मदेशीका दुइ दुइ जना) को थप मन्त्रीमंडल
जे होस् सबै पूर्व प्रसासकहरु नै परे मोट हुन् वा पातला
अस्तिको कोको ? सम्भावितहरुबाट कोहि पनि परेन ह़ा ह़ा ह़ा !!!!!
बहालवाला मुख्य सचिब पौडेललाई अलि “हुमेलिसन” हुने भयो
नेपालमा अब राम्ररी निर्वाचन होस् देश र जनताको भलो होस्
येही नै मेरो शुभ कामना छ नेपालको नयाँ कार्यकारिणी लाई
सुरज श्रेष्ठ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
62
3