पर्यटकीय नगरी भएकोले यहाँका बासिन्दा आधुनिकतासँग नजिकिनु अनौठो हैन। तर उनीहरुले आफ्नो परम्परा पनि गजबले जोगाइराखेका छन्। पोखरा उपत्यकामात्र हैन, उपमहानगरपालिकाभित्रै पनि त्यो देख्न सकिन्छ। एउटा उदाहरणमात्रै यहाँ प्रस्तुत गर्न लाग्दैछु।
अहिले माघ। बिहेको सिजन। काठमाडौँमा देखिने धेरै बिहेमा ब्यान्ड बाजा घन्कन्छन्। गीत पनि हिन्दी फिल्मका बढी रुचाइन्छन्। तर पोखरामा हुने बिहेमा भने परम्परागत पञ्चे बाजा, मगर बाजाको आवाज सुनिन्छ। पोखराका केही विवाह समारोहमा सहभागी हुँदा यो पक्षले मलाई सँधै आकर्षित गरायो।
यस पटक पनि पोखरामा विवाह समारोहमा सहभागी हुन पाइयो। पोखरामा बाहुन र नेवार दुई जातिको विवाहलाई नजिकबाट देखेको छु। दुवैको बिहेमा पञ्चे बाजा नै घन्काइएका थिए।
काठमाडौँका बिहेमा ‘बदतमिज दिल माने ना..’ गीत ब्यान्ड बाजाले घन्काइरहँदा पोखराको पञ्चे बाजा भने ‘मलाई हङकङ पनि यही मलाई सिङ्गापुर नि यही..’ मा रमाउने रहेछ।
काठमाडौँमा पनि पञ्चे बाजा नबज्ने हैनन्, तर एकदमै कम। देखिन्न भन्दा पनि हुन्छ। ठीक उस्तै गरी पोखरामा ब्यान्ड बाजा नदेखिने रहेछ।
एक पटक विराटनगरमा जन्ती गइएको थियो। त्यहाँ त झन् कार ब्याट्री रिक्सामा हालेर स्पिकर साथमा राख्दै एक जना गायकले गीत गाउँदै जाने रहेछन्। ठाउँ अनुसारको चलन। आ-आफ्नै रोजाई। मलाई भने परम्परागत बाजा नै सुन्दा रमाइलो लाग्यो।
भिडियो हेर्नुस्-
दुई चिज भने शायद् सबै सहरतिर समान हुन्छ होला।
दुई-जुत्ता लुकाउने
आजभोलि त जुत्ता लुकाउने हैन, दुलाहाको खुट्टैबाट खोस्ने चलन पनि आइसकेछ।
पोखराको परम्परागत बिहे विदेशीका लागि पनि आकर्षणको विषय बन्छ।
पोखराको बिहेसम्बन्धी दुई ब्लग
जोड्नका लागि टुटाउनु पर्ने चलन
कल्चरल फ्युजन र कन्फ्युजन
आजभोली होंग कोङ्गमा पनि पन्चे बाजाको सुबिधा छ सप्तरंगी कला केन्द्रले बिबाह अनि अन्य पार्टीको लागि यसको व्यवस्था मिलेको छ
पोहोर साल भाई को बिहे मा पोखरा बाट पन्चे बाजा काठमाडौँ लिएर गको, बेक्कार मा लगे जस्तो भयो. त्यहाँ पन्चे बाजा न सुन्ने मान्छे थियो न त नाच्ने नै. सुन्ने मान्छे कोहि नभए पछि बाजा बजाउने लाई पनि मज्जा नहुने तेसैले सबैलाई एक एक बोत्तल वासा खोइदेको मज्जा ले सुते बाजा बजनउने हरु त्यो चिसो रात मा.
फेरि पनि विक्रम दाईलाई बधाई र धन्यवाद ! नेपाली मौलिक संकृति लाई अन्गालेकोमा, अनि सालोक्य जी लाई पनि धन्यवाद, सामग्री पस्कनुभयकोमा |
धन्य पोखरा, तिम्रो स्वाभिमान र संस्कृति सदैव जीवित रहोस | नेपालबाट पन्चे बाजा लोपोन्मुख भए पनि उता भारतमा भने मौलाउन्दै छ, सिक्किम, आसाम, मेघालय, डुवर्स र गोर्खालैंड इलाकामा आज पनि पन्चेबाजा घन्किने गर्छ; लन्डनमा पनि बेला बेलामा तर मेलामा घन्किने गर्दो रैछ | हामी सबैले यसरी संरक्षण र सम्बर्धन गर्न सक्यौं भनी पन्चे बाजालाई विलिन हुनबाट बचाउन सक्छौं | जय पोखरा, जय नेपाल |
हिमाल, पहाड, तराई र सहर को सङ्गम – पोखरा valley !
जस्तो valley, उस्तै सस्कृति, जता ततै रंगिन हरियाली !!
रमाईलो ठाउँ, बिर्सनै नसकिने परमपराले भरिपुर्ण चारै दिशाबाट परफेक्ट ! आई लव यु माइ पोखरा !
त्यसो भए पोखरा परम्परा र आधुनिक दुवैको सङ्गम रहेछ भन्न सकिने रहेछ | धन्य पोखरा !
पोखरा छिनेडाडाको पन्चे बाजा/नौमती बाजा टोलि त आफ्नो कला प्रस्तुत गर्न मुम्बई पनि गएका थिए केहि वर्ष अगाडी
आधुनिकता र परम्पराको अनुपम् सङ्गम, सुन्दर नगरी पोखरामा ! त्यसमाथि प्रकृतिको मनोरम् छटा ……! आधुनिकता र विकासको अबरोधक होइन रैछ संस्कृति र परम्परा /यसले त अझ सुनमा सुगन्ध थपिदिदो रैछ / सहरीकरण हुदै गैरहेको कैयन सहर-बजार बासीहरुले सिको गर्नुपर्छ पोखरेलीहरुको ….
आजकल छोरा छोरी को नाम बिदेशी, खाने बिदेशी, लगाउने बिदेशी, घर बनाउने बिदेशी, धर्म बिदेशी, बोल्ने बिदेशी, फिल्म, गित बिदेशी पढ्ने बिदेशी र पढाई सकेपछि जाने विदेश….
पन्चेबाजा बजाउ, आफ्नो संस्कृति लाई सम्मान गरौ !!!
बिहेमा नि नेपाली संस्कार झल्किने कपडा लगाऊ !!!
-यो पुस्ताले आफ्नो सस्कृति जोगाए पो अर्को पुस्ताले आफ्नो संस्कार, संकृतिमा रमाउन सक्छ !!
पोखरा बिहेभन्दा अगाडी रमाउने ठाउँ पनि ! बिहेमा मौलिक बुझाउने ठाउँ पनि !! क्या दामी !!!