यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

निर्वाचन क्षेत्रः कतै ८२ हजार मतदाता, कतै ४ हजार

CAयसपटकको संविधान सभा निर्वाचनमा यसअघिकै निर्वाचनका २४० क्षेत्रलाई जस्ताको तस्तै राखिएको छ। कूल  १ करोड २१ लाख ४२ हजार ८६५ मतदाता मतदानका लागि योग्य छन्। ती मध्ये कतिले भोट खसाउने हुन्, मंसिर ४ गते मात्रै थाहा हुनेछ। यी २४० निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदाता भएको जिल्ला मनाङ हो। त्यहाँ जम्मा ४ हजार ७९५ मतदाता छन्। उम्मेदवार पनि पाँच जना मात्रै छन् त्यहाँ (को-को हेर्न क्लिक गर्नुस्) त्यसैगरी सबैभन्दा बढी मतदाता भएको क्षेत्र भने भक्तपुर २ हो। त्यहाँ मनाङमा भन्दा १७ गुणा बढी अर्थात् ८२ हजार २१८ मतदाता छन्। त्यहाँ उम्मेदवार पनि ३५ जना छन् (को-को हेर्न क्लिक गर्नुस्) निर्वाचन क्षेत्र निर्धारण आयोगले एउटा जिल्लामा कम्तिमा एउटा निर्वाचन क्षेत्रको मापदण्ड बनाएको हुनाले मनाङ र भक्तपुरमा त्यतिविधि अन्तर देखिएको हो।

त्यस्तै धेरै मतदाता भएको अर्को क्षेत्र झापाको ७ नम्बर हो। एमाले नेता केपी ओली उम्मेदवार रहेको त्यो क्षेत्रमा कूल ७३ हजार ३१ मतदाता छन्। उम्मेदवार पनि २८ जना छन्।

सबैभन्दा बढी उम्मेदवार रहेको जिल्ला काठमाडौँ हो। यहाँका १० निर्वाचन क्षेत्रमा २९० पुरुष र ७५ महिला गरी कूल ३६५ उम्मेदवार छन्।त्यसैगरी सबैभन्दा कम उम्मेदवार रहेका जिल्ला भने मनाङ हुो। यहाँ ५ जना मात्र उम्मेदवार छन्। कम उम्मेदवार हुनुको अर्थ हल्का नीलो रङ्गको मतपत्र छोटो हुनु हो। त्यहाँको मतपत्र यस्तो हुनेछ-

Manang

 

सबैभन्दा लामो मतपत्र भने धनुषा ४ को हुनेछ। त्यहाँ ६२ जना उम्मेदवार छन्। त्यहाँको मतपत्र यस्तो हुनेछ-

dhanusha4

काठमाडौँ जिल्लाभित्र सबैभन्दा बढी मतदाता रहेको क्षेत्र एमाले नेता माधव नेपाल उम्मेदवार रहेको काठमाडौँ २ हो। यहाँ ६३ हजार ८७३ मतदाता छन्। त्यसपछि प्रचण्ड उम्मेदवार रहेको काठमाडौँ १० मा ६२ हजार ५७३ मतदाता छन्।

धेरै मतदाता हुनुको अर्थ समानुपातिकमा टन्न भोट बटुल्ने अवसर पनि हो। धेरै मतदाता भएका जिल्लाहरुमा मोरङ (४ लाख ९५ हजार) र झापा (साढे ४ लाख बढी) पर्छन्। काठमाडौँमा सबैभन्दा बढी ५ लाख ३२ हजार ११० मतदाता छन्।

३ लाख भन्दा बढी मतदाता भएका जिल्लाहरुमा सुनसरी, धनुषा, सर्लाही, नवलपरासी, रुपन्देही पर्छन्।

गएको चुनावमा समानुपातिकमा कसले कति मत ल्याएका थिए त ?

कूल मतदाताः १ करोड ७६ लाख ११ हजार ८३२

खसेको मतः १ करोड ११ लाख ४६ हजार ५४०

सदर मतः १ करोड ७ लाख ३९ हजार ७८

S.no Party Name Total votes
1 Communist Party of Nepal (Maoists) 3144204
2 Nepali Congress 2269883
3 Communist Party of Nepal (UML) 2183370
4 Madhesi People’s Rights Forum, Nepal 678327
5 Tarai Madhes Loktantrik Party 338930
6 Rastriya Prajatantra Party 263431
7 Communist Party of Nepal (M.L.) 243545
8 Sadhvawana Party 167517
9 Janamorcha Nepal 164381
10 Communist Party of Nepal (United) 154968
11 Rastriya Prajatantra Party Nepal 110519
12 Rastriya Janamorcha 106224
13 Rastriya Janshakti Party 102147
14 Nepal Workers and Peasants Party 74089
15 Federal Democratic National Forum 71958
16 Nepal Sadhvawana Party (Anandidevi) 55671
17 Rastriya Janamukti Party 53910
18 Nepali Janata Dal 48990
19 Communist Party of Nepal (Unified) 48600
20 Dalit Janajati Party 40348
21 Nepa: Rastriya Party 37757
22 Samajwadi Prajatantrik. Janata Party, Nepal 35752
23 Chure Bhawar Rastriya Ekata Party Nepal 28575
24 Nepal Lokatantrik Samajbadi Dal 25022
25 Nepal Pariwar Dal 23512
26 Communist Party of Nepal (Marxist) 21234
27 Tamsaling Nepal Rastriya Dal 20657
28 Rastriya Janata Dal 19305
29 Communist Party of Nepal (United Marxist) 18717
30 Lok Kalyankari Janata Party Nepal 18123
31 Nepal Janavawana Party 13173
32 Rastriya Janata Dal Nepal 12678
33 Nepal Janata Party 12531
34 Mongol National Organization 11578
35 Nepal Shanti Kshetra Parishad 10565
36 Shanti Party Nepal 10511
37 Rastriya Bikas Party 9329
38 Nepal Sukumbasi Party (Loktantrik) 8322
39 Nepal Rastriya Bikas Party 8026
40 Nepal Dalit Shramik Morcha 7107
41 Socialist Party of Nepal 6564
42 Muskan Sena Nepal Party 6292
43 Nepali Congress (Nationalist) 5721
44 Nepal Samyawadi Dal 5478
45 Nav Janawadi Morcha 5193
46 Hindu Democratic Party 4902
47 Rastrawadi Yuwa Morcha 4772
48 Nepal Samata Party 4697
49 League Nepal Shanti Ekata Party 4443
50 Rastrawadi Ekata Party 4150
51 Sa-Shakti Nepal 3752
52 Janamukti Party, Nepal 3396
53 Nepal Rastriya Lokatantrik Dal 3216
54 Nawanepal Prajatantrik Dal 3016
Total
10739078

 

9 comments to निर्वाचन क्षेत्रः कतै ८२ हजार मतदाता, कतै ४ हजार

  • बेखालाल नेपाल

    गएको चुनावमा माओवादीको ३१ लाख भोट छ त्यस पछि दोश्रोमा काग्रेसको २२ लाख! माओवादीलाई दोश्रोमा झार्न ९ लाख भोट काट्नु पर्ने हुन्छ जो next to impossible भने हुन्छ! त्यस माथि अखण्ड नेपाल, कमल थापा आदिले काग्रेस र एमालेको भोट अनि संघिय समाजवादीले एमालेको भोटे काट्ने छ! तराईका भोटरले एमाले, काग्रेस तथा माओवादीलाई बिश्वास गर्दैनन् ! हेर्दा खेरि माओवादी नै प्रथम स्थानमा रहने देखिन्छ! दोश्रोमा कांग्रेस तथा एमाले बीच प्रतिस्पर्धा हुने छ| चौथोमा कुनै मधेसवादी दल आउने छ!

    • Asshish Rana

      यो मावोबादी को भोट चाँही कसैले पनि काट्दैनन बेखालाल जी? अनि किन नकातिने नि? मावोबादीको भोट नकातिने खस त्यस्तो रहश्य के छ त? तपाई आफै पो बगरम मा हुनुहुन्छा कि?

      • बेखालाल नेपाल

        काट्न सके त ठिकै हो! एमालेले आफ्ना १० लाख भोट कांग्रेसमा दिन लगाए त ठुलो गुण हुन्थ्यो! यसरि माओवादी स्वत: दोश्रो हुनेछ

      • बेखालाल नेपाल

        माने बा बा …..

        एमाओवादीको कुल मतदाता ३१ लाखबाट १४ लाखमा झर्यो…. 🙂
        कांग्रेसको २२ लाख बाट २३ लाख
        एमालेको २१ लाख मै अड्कियो
        राप्रापा नेपालको १ लाख बाट २ लाख

  • ekraj

    त्यो ४००० भोट ल्याएर जित्नेले पनि पाए सम्म लुट्न र ठुलै भाग खान खोज्दछ|
    एती ठुलो मत को अन्तर हुँदा फेरि कसरि समानुपतित भयो?
    नेपाल सबै नियेम दैबले जानुन| धेरै ले नियेम कानुन नजानेर नै ठग हरुले राज्य चलाउने हक जनता बाट खोसेर लिएका छन्|

  • Prakash Tiwari , NYC

    मेरो अनुमानमा चै एसपाली पहिलो र दोस्रोमा कडा प्रतिस्प्रदा हुने कांग्रेस र माओबादी नै हो / जो पहिलो भए पनि पहिलो र दोस्राको मतमा खास मतमा फरक पर्छ जस्तो छैन / तेस्रो एमाले हुनेछ / समानुपतिमा राम्रो मत ल्याएर चौथो वा पाचौ हुने राप्रपा नेपाल अथवा मदेशीपार्टीको योगफल हो / सात नम्बर भनेको जातिवादी पार्टीको कुल योगफल हो / अब एस्तोमा कसरि र कस्तो सम्भिधान बन्ने हो / नेपालमा मौलिक परम्पराबादी शक्तिको रुपमा आफुलाई प्रस्ट पारेको कमल थापाको पार्टीले ३०/४० मात्र समानुपति सिट ल्याएमा पक्का छ गिरिजाले रचेको र बिदेसीबाट स्वोयेम्बर गरेको कांग्रेस र माओबादीको सम्बन्ध पारपाचुके हुने छ र गैर-बामपन्थी भोट बैंकको लागि कांग्रेस माओबादीको पुच्छर बन्न छोड्ने छ / अनि मात्र नेपालको सम्भिधान बन्ने छ /

  • xyz

    कुल सदर मत सच्याउनु पर्यो एक करोड सात लाख ३९ हजार ०७८ हो न कि एक करोड ७३ लाख हो.
    I have been telling that up-coming CA election is technically flawed. To have a similar number of votes as in CA 2008, the voters turnout should be at least 88 percent, this is next to impossible in Nepal. When you have less than one crore seven lakh voters, how would you justify the legitimacy of CA elections? the up-coming election is all natak.

  • C m bhusal(Australia )

    अघिल्लो चुनाबको परिणाम हेर्दा समानुपातिक तर्फ माओबादी निकै अगाडी number १ त्यसपछि क्रमस कांग्रेस,एमाले,फोरम,तमलोपा,राप्रपा,माले,सद्भावना हुदै राप्रपा नेपाल ११औ स्थानमा र राष्ट्रिय जनमोर्चा १२औ हुदै अन्तिम स्थान ५४औ नवनेपाल प्रजातान्त्रिक दल भन्ने पार्टी ले स्थान पाएका देखियो!मलाई लाग्छ ,यसपाली यो स्थानमा निकै नै फेरबदल हुनेछ !मेरो बिचारमा यसपालिको चुनाबमा करिब १करोद२१ लाख ४२ हजार ८सय ६५ मतदाता मद्द्य झन्डै १करोड मत सदर हुनेछ,अरु बाँकि २१लाख मत यसपाली पनि खस्ने छैन !बाँकि २१लाख मत केहि बहिस्कारबादी रअन्य मत बदर हुने सम्भावना प्रबल देखिन्छ,धेरै दल हुनालेपनि मतपत्र मा धेरै मत बदर हुने सम्भावना छ!अनि अर्को कुरा यसपाली समानुपातिकमा १नम्बर को माओबादी तल झर्नेछ ,कांग्रेस,एमाले १र २मा आउने सम्भावना छ!माओबादी तेस्रो स्थानमा आउने छ !११औ स्थान को राप्रपा नेपाल निकै नै माथि आउनेछ !४ वा ५औ स्थानमा आउने प्रबल सम्भावना छ!मलाई त यस्तो लाग्यो तपाइलाई नि?

    • xyz

      एक करोड भोट खस्नु भनेको ८३ प्रतिसत वोटर तरनाउत हो – Do you think this figure is possible in Nepali context? Last time the turnout figure was 65%. In our first election in 2016, the turnout was no more than 35%. I expect this time the turnout to be around 35% – this is due to: (1) Baidya party opposition, (2) bad timing of the election data, (3) general reluctance of the population, (4) increase in electoral competition, (5) possible problem in distributing voters’ ID cards, and (6) over sized ballot paper expected to result too many invalid votes (more than 5%). When you have less number of voters compared to CA 2008, the election loses its legitimacy to draft the constitution.