मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

पुस्तक अंशः खोज (भाग ७)

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक हप्ता प्रकाशन हुँदैछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ। तेस्रो भाग यहाँ। चौथो भाग यहाँ। पाँचौँ भाग यहाँ। छैटौँ भाग यहाँ

आर्थिक क्रान्ति
-कर्ण शाक्य-
स्थिर राजनीतिविना देशमा आर्थिक एवम् औद्योगिक क्रान्ति आउन सक्दैन। जब देशमा शान्ति आउँछ, अनि पछि मात्र काम गर्नेले निर्धक्क भएर काम गर्न पाउँछ। राज्यले जस्तोसुकै क्रान्तिकारी नीति ल्याए पनि यसलाई रूपान्तरण गर्न सिर्जनशील एवम् उद्यमशील जमातले साथ दिएन भने यो सम्भव हुँदैन, चाहे त्यो जनस्तरबाट होस् वा राष्ट्रिय स्तरबाट।

इन्द्रचोकस्थित जनबहालको मच्छिन्द्रनाथ मन्दिरमा वर्षको एक महिना पुजारी भएर काम गर्ने अनि एघार महिना खाली हुँदा कहिले असन र इन्द्रचोकमा बरालिँदै हिँड्ने त कहिले फुटबल खेल्ने एउटा साधारण व्यक्ति ‘कान्छा’ले क्याटरिङसम्बन्धी व्यवसाय गरेर अहिले सयौँ जना मानिसलाई रोजगारी दिइरहेको छ। राष्ट्रिय स्तरमा सायद उसको यो आर्थिक योगदान ठूलो नहुन सक्ला, तर उसको एक थोपा उद्यमशील कामले समाजको जनस्तरीय आर्थिक पोखरीमा केही योगदान त अवश्य पुर्‍याएको छ। उसको खास नाउँ कान्छा होइन। मचाहिँ उसलाई माया गरेर कान्छा भन्छु।

कान्छा विगत सात–आठ वर्षअघिदेखि एउटा सफल उद्यमी भएको छ, ठाउँठाउँमा पार्टी–भोजको व्यवस्था गर्ने क्याटरिङको पेसा अँगालेर। पाँच–छ वर्षपहिलेसम्म ऊ विवाह र व्रतबन्धको भोजभतेरका लागि घरघरमा गएर व्यवस्था गर्ने गर्थ्यो। तर अहिले उसले २ वटा पार्टीप्यालेस खोलिसकेको छ। अहिले विवाह–व्रतबन्धका लागि मात्र होइन, सानोतिनो पार्टीदेखि कुनै समूहले रमाइलो गर्नुपर्‍यो भने पनि कि कान्छाको पार्टीप्यालेसमा गएर कि त कान्छालाई भनेर खानपिनको व्यवस्था गर्न लगाइन्छ। उसको पार्टीप्यालेस वास्तवमा धेरै सस्तो पनि होइन। खानाअनुसार रु. १५० देखि २५० सम्म र कहिलेकाहीँ

प्रतिव्यक्ति रु. ३०० सम्म पनि लिने गर्छ। अचेल हरेक दिन कान्छालाई फुर्सद छैन। आफ्ना दुईवटा पार्टीप्यालेसमा मजाले पार्टीको व्यवस्थापन गरिरहेको छ उसले, साथै घरघरमा भोजभतेरको आयोजना पनि गरिदिन्छ।

किन कान्छा यसरी सफल भयो? हिजोसम्म असन–इन्द्रचोकमा बरालिएर हिँड्ने केटो आज एउटा सफल उद्यमी भइसकेको छ, कसरी? हेर्दा अलि होचो, अलि दुब्लो कान्छा सधैँ हाँसिरहन्छ, ख्यालठट्टा गरिरहन्छ र कहिल्यै पनि नाइँ भन्दैन। यही गुण नै सायद कान्छाको सबैभन्दा ठूलो सफलताको आधार हो। मैले उसलाई कहिल्यै मुख अँध्यारो प्ाारेको देखेको छैन, रिसाएको देखेको छैन। जतिसुकै टेन्सन हुने समस्या किन नहोस्, ऊ सजिलो तरिकाले समस्यालाई सुल्झाउँछ। विगत ३–४ वर्षदेखि मेरो घरमा हुने विवाह र व्रतबन्धदेखि लिएर हरेक चाडपर्वपछि छोरीज्वाइँहरूलाई नखःत्या बोलाउने साना–साना पार्टीमा पनि म कान्छासँग सहयोग माग्छु।

टेलिफोन गरेको एक घन्टाभित्र ऊ घरमा आइहाल्छ। सधैँजसो घुँडासम्म आउने लामो र अगाडि–पछाडि सबै ठाउँमा पकेट नै पकेट भएको कट्टु लगाएर हिँड्छ, अनि माथि जाडो भए पनि गरम भए पनि सफारी ज्याकेट लगाउँछ। दिनमा जतिसुकै ठाउँमा पार्टी भए पनि ऊ हरेक ठाउँमा एकचोटि मुख देखाउन भए पनि पुगिहाल्छ। घरहरूमा क्याटरिङ गर्ने बेलामा मालसामानको व्यवस्था गर्नुभन्दा पहिले एकचोटि काम गर्ने सबै कर्मचारीहरूलाई निर्देशन दिई अन्य पार्टीहरूमा टाप ठोकिहाल्छ। अनि भोज खुवाउने बेलामा फेरि टुप्लुक्क आएर चाँजोपाजो ठीक छ कि छैन, हेरेर गइहाल्छ। भोज आयोजना गर्ने व्यक्तिहरूलाई थाहा नै हुँदैन ऊ कति बेला आउँछ र जान्छ। तर कान्छाको उपस्थिति भोजको सुरुदेखि अन्तसम्म खट्किएको हुँदैन। ऊ त्यतै कतै घुमिरहेको छ भन्ने भान सबैलाई पर्छ। त्यसैले उसका ग्राहकहरू सधैँ ढुक्क भएर बस्छन्। अहिले कान्छाको व्यापार कति धेरै बढेको छ भने भोज सकिइसकेपछि पनि हप्तौँ दिनसम्म ऊ पैसा लिन आउँदैन। यो नियम सबैमा लागू हुँदैन होला। किनभने उसलाई अवश्य थाहा हुन्छ कोसित पैसा लिन सजिलो हुन्छ र कोसँग गाह्रो। पैसा लिन गाह्रो हुनेसित एडभान्स पनि लिँदो हो।

ऊ मेरो घरमा आउँदा ऊसित घन्टौँ कुरा गर्न मन लाग्छ मलाई। ऊ ख्याली–पुलाउ पकाउँदैन, धरातलीय वास्तविकताका आधारमा व्यवहारको कुरा

मात्र गर्छ। ऊसित कुरा गर्दा राजनीति, साहित्य र दर्शनको कुरा हुँदैन। तर उसले बोल्ने हरेक कुरामा अनायास दर्शनको यथार्थ झल्किन्छ। एकचोटि मैले उसलाई सोधेँ, ‘कान्छा! तिमी एकै दिनमा ६–७ ठाउँमा कसरी पार्टीको व्यवस्था गर्छौ? त्यसो गर्दा के तिमीलाई गाह्रो हुँदैन?’

उसले हाँस्तै भन्यो, ‘गाह्रो त हुन्छ, तर अहिले मिहिनेत गर्ने मेरो बानी भइसकेको छ। शारीरिक थकानभन्दा पनि ग्राहक रिसाउलान् कि भन्ने डर लागिरहेको हुन्छ र त्यही डरका कारणबाट भोज नसकिएसम्म टेन्सन भइरहन्छ। सबै पार्टी सकिएपछि र ग्राहकले ‘आहा कान्छा, आज त खाना एकदम मीठो भयो, पार्टी राम्रो भयो’ भनेपछि आफूलाई धेरै सन्तुष्टि हुन्छ। त्यसपछि म २–३ बोतल बियर रित्याइदिन्छु र काम गर्नेहरूलाई पनि टन्न खुवाइदिन्छु।’ ऊ फेरि भन्छ, ‘त्यति बेलाको सन्तुष्टिको त वर्णन गर्नै सकिँदैन। मिहिनेतपूर्वक आफ्नो कर्तव्य पूरा गरेपछि कति आनन्द आउँछ, त्यो त मिहिनेत गर्नेले मात्रै अनुभव गर्न सक्छ।’

कस्तो व्यावहारिक दर्शन कान्छाको! ऊ धेरै धनाढ्य व्यक्ति होइन। उसले धेरै परिश्रम त गरेको छ, तर यथेष्ट पैसा कमाउन सकेको छैन, यद्यपि उसको व्यवसायका माध्यमबाट सयौँ मान्छेले काम पाइरहेका छन्। अनि ती सयौँ व्यक्तिको परिवारका हजारौँ व्यक्तिले दुई छाक खान पाइरहेका छन्। कान्छा लोभी छैन। दिनरात काम गरी पैसा कमाएर धेरै धनी हुने उसको इच्छा पनि छैन। समय–समयमा उसलाई रमाइलो गर्नुपर्छ। कहिलेकाहीँ गाउँघरका रिसोर्टहरूमा साथी र परिवारहरू लिएर रात बिताउन जान्छ। हप्ताको तीन–चारचोटि हेल्थ क्लबमा गएर पौडी खेल्छ र तातो बाफको सौना लिन पनि जान्छ। जिन्दगीमा कुरा मात्र गरेर पेट पाल्न सकिँदैन। पेट पाल्न त्यति गाह्रो पनि छैन। यसका निमित्त केही काम गर्नुपर्छ। काम गरेर पैसा मात्र कमाउँदैमा पनि जिन्दगी सुखमय हुँदैन। सुखप्राप्तिका निमित्त रमाइलो गर्न पनि जान्नुपर्छ। यो कान्छाको बुझाइ हो। यही बुझाइलाई बौद्धिक व्यक्तित्वहरूले अर्थ नबुझीकन दर्शनमा ढालेका हुन्छन्। तर कान्छाले दर्शनको भाषा नबुझे पनि कर्म र सुखको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात गर्न जानेको छ।

कान्छाले अहिलेसम्म पनि आÏनो वैदिक संस्कार छाडेको छैन। ऊ सेतो मच्छिन्द्रनाथको पुजारी भएर एक महिनासम्म नियमित रूपमा धार्मिक अनुष्ठान सम्पन्न गर्छ। अनि एघार महिनासम्म क्याटरिङको काममा मिहिनेत गरेर परिवार पाल्छ, अरूलाई काम दिन्छ, आफू पनि रमाइलो गर्छ। यति मात्रै होइन,

ऊ इन्द्रचोकको स्थानीय क्लब र धार्मिक क्रियाकलापका क्षेत्रमा पनि सामाजिक सेवा प्रदान गर्न चुकेको छैन। पहिले–पहिले मच्छिन्द्रबहालको पाटीमा हरेक राति भजन गर्ने गरिन्थ्यो। कहिलेकाहीँ म पनि जाने गर्थेँ त्यहाँ। बडो रमाइलो हुन्थ्यो भातसात खाइसकेपछि साँझ फलैँचामा बसेर हार्माेनियमको धुनमा सामूहिक गीत र भजन सुन्दा। तर त्यो बेला भजनमा गाँजा तान्ने काम पनि हुन्थ्यो। भजन गर्ने बूढापाकाहरू मरेपछि युवाहरूमा भजन गर्ने बानी हराएर गयो। मानिसहरू टी.भी. हेर्नमा नै मस्त भए। बहालमा भजन नभएकोमा कान्छा र उसका केही साथीहरूलाई चित्त बुझेन र फेरि भजन गराउने प्रयास सुरु गरे। तैपनि टेलिभिजन हेर्न छोडेर भजन गर्न धेरैले आउन चाहेनन्। भजनमा ती मानिसहरू मात्र आउन थाले जसलाई गाँजाको लतले समातिसकेको थियो। गाँजा खाइसकेपछि झगडा हुन थाल्यो। कान्छाले सोच्यो, अब के गर्ने? ऊ आफैँलाई पनि दिनभरि मिहिनेत गर्दा थकाइ लाग्ने। फेरि साँझ भजनको चाँजोपाँजो मिलाउन गाह्रो। त्यसैले भजन बिहान–बिहान गराउने योजना बनाइयो।

अचेल कान्छा बिहान ६ बजे उठ्छ, भजन गराउँछ अनि आफ्नो पार्टीप्यालेसका निमित्त कालिमाटीमा गएर तरकारीहरू किन्छ र दिनभरि भोजभतेरको आयोजना गर्नमा व्यस्त हुन्छ। हरेक साँझ जब उसको दिनचर्या सफलतापूर्वक सम्पन्न्ा हुन्छ, उसलाई ठूलो सुखको अनुभूति हुन्छ। नेपालमा धेरै युवा शक्ति बरालिएर हिँडेका छन्। ‘नेपालमा काम छैन’ भन्दै अनेक विषयहरूमा वादविवाद गरेर सिर्जनशील र ऊर्जाशील समय बर्बाद पारिरहेका छन्। कसैकसैले त विरोध र झगडालाई पेसा नै बनाइसकेका छन्। नेपालको युवा शक्तिलाई के कान्छाको यस्तो वास्तविक उदाहरणबाट स्वरोजगारतर्फ उत्प्रेरित गराउन सकिँदैन र?

कान्छाजस्तै मेरो होटलमा पनि एकजना असाध्यै हिसी परेको कर्मचारी थियो। उसको नाम सुरेश श्रेष्ठ हो। तीन वर्ष काम गरेपछि एक दिन उसले विदेशमा जाने इच्छा गर्‍यो। त्यो बेलामा नेपालबाट थुप्रै राम्रा–राम्रा कर्मचारीहरू विदेसिने क्रम सुरु भइसकेको थियो। जब मेरा स्टाफहरू विदेश जान खोज्थे, म उनीहरूलाई बाहिर नजान सम्झाउँथेँ। असाध्यै हँसिलो मुख भएको, मिहिनेती र मिलनसार सुरेशले होटल छोड्न खोज्दा पनि मैले उसलाई सम्झाएको थिएँ। आखिर उसले होटल छोड्यो। पछि एक दिन म ठमेलको एउटा रेस्टुरेन्टमा खाना खान जाँदा झुसझुसे दाह्री पालेको एउटा युवा मसित बोल्न आयो। पछि

थाहा पाएँ त्यो त सुरेश पो रहेछ। मैले त चिन्नै नसकेको! पाँच वर्षसम्म ऊ
एउटा म्युजिक ब्यान्डमा गितार बजाउने काम गरेर सङ्गीतमा लागेको रहेछ। अलि–अलि पैसा कमाएपछि उसले त्यो न्यु अर्लेन्स रेस्टुरेन्ट खोलेको रहेछ। रेस्टुरेन्ट चिटिक्क परेको थियो — आफ्नै खालको वातावरण, आफ्नै खालको मेनु। सुरेशको रेस्टुरेन्टको व्यापार यति सफल भइसकेको छ कि अहिले ठाउँठाउँमा उसले आÏनो रेस्टुरेन्टका शाखाहरू खोलिसकेको छ र त्यहाँ आफ्नै ग्राहकहरू आउँछन्। आज ऊ लखपति मात्र होइन, करोडपति नै भइसकेको छ। उसको सफलता हेरेर मेरो मन आनन्दले प्रफुल्ल बन्छ। मलाई लाग्छ सुरेशजस्ता लगनशील युवाहरूको पसिनाको तेलले मात्र नेपालको आर्थिक रेल चल्छ।

सिर्जनशील भएर मिहिनेत गरी काम गर्ने हो भने उद्योग वा व्यापार गर्न धेरै गाह्रो छैन। सन् १९७५ मा एकजना साथीसित मिलेर अस्ट्रेलियाको ब्रिस्बिन सहरमा नेपालबाट कार्पेट र हस्तकलाका सामान बिक्री गर्न ‘हाउस अफ काठमाडौ’ भनेर पसल खोलेका थियौँ। हामीले ब्रिस्बिङको टुवाङ र हाइ स्ट्रिटमा एउटा पुरानो कोलोनियल खालको घर बहालमा लियौँ। त्यसलाई नेपाली शैलीमा सजावट गरेर आकर्षक किसिमले नेपालका विभिन्न हस्तकलाहरू सजाएर म्युजियमजस्तै बनाएका थियौँ। एउटा कोठामा नेपालका विभिन्न विषयवस्तुका किताबहरू राखेर सानो लाइब्रेरी बनाई स्लाइड प्रोजेक्टरहरू पनि राखेका थियौँ, जहाँ नेपाल जान चाहने पर्यटकहरू त्यहाँ बसेर आफ्नो यात्राको व्यवस्था गर्न सक्थे। ‘हाउस अफ काठमाडौँै’मा मालसामान बिक्री गर्ने मात्र होइन, नेपालमा आउन चाहने अस्ट्रेलियनहरूलाई होटल, टे्रकिङको सेवासमेत प्रदान गरिने भएको हुँदा एउटा ट्राभल एजेन्सीको सेवा पनि प्रदान गरेका थियौँ। पसल खोलेको दुई वर्षभित्र व्यापार धेरै राम्रो भयो र पछि सिड्नी र मेलबोर्नमा पनि खोल्ने योजना गरेका थियौँ। तर पछि घरायसी व्यवस्था नमिलेपछि मैले अस्टे्रलियाको व्यापार छोडेको थिएँ।

‘हाउस अफ काठमाडौै” हामीले कसरी सञ्चालन गर्‍यौँ भन्ने कुरा विदेशमा बस्ने अरू नेपाली साथीहरूलाई पनि मैले सुनाएको थिएँ र आफ्नो अनुभवका आधारमा ‘हाउस अफ काठमाडौँै’जस्ता पसलहरू कसरी खोल्ने भन्ने जानकारी दिएको थिएँ। जापानमा एकजनाले ‘काठमाडौै’ नु हेया’ याने ‘हाउस अफ काठमाडौै”कै नामबाट पनि पसल खोले। त्यस्तै अमेरिकामा पनि एक–दुईजना प्रवासी नेपालीले यस्तै खालका पसल खोले। तर पछि उनीहरूले

नेपालबाट हस्तकलाहरू आयात गर्नुको सट्टा अमेरिकामै पाइने थाइल्यान्ड, फिलिपिन्स, इन्डियाका सामानहरू बिक्री गर्न थाले। पहिले त उनीहरूले व्यापार राम्रो गरेका थिए, तर पछि त्यति राम्रो भएन रे। मैले सुनेअनुसार जापानको पसल त बन्द पनि भइसक्यो रे।

अहिले पनि पढेलेखेका थुप्रै नेपालीहरू विदेशमा डिपार्टमेन्ट स्टोर, पेट्रोल पम्प र रेस्टुरेन्टमा काम गरिरहेका छन्। यदि तीन–चारजना शिक्षित र उद्यमशील नेपालीहरू मिलेर ‘हाउस अफ काठमाडौँै’को अवधारणाबमोजिम पसल खोलेर नेपाली मालसामान बिक्री गर्नुको साथै नेपालको पर्यटनलाई पनि टेवा पुग्ने खालका काम गरेका भए आफ्नो र आफ्नो मातृभूमिलाई मद्दत पुग्ने थियो। यस्तो पसल विदेशमा खोल्न सकियो भने त्यही ठाउँमा खाना खाने सानो रेस्टुरेन्ट पनि समावेश गर्न सकिन्छ, जहाँ बुकिङ लिएर मात्र रातिको ठेट नेपाली दाल, भात, तरकारी पित्तलको थालीमा राखेर बिक्री गर्न सकिन्छ। यसले पसललाई बढी आकर्षक र बहुआयामिक बनाउँछ। राति त आफ्नो खाना पकाउनैपर्छ, आफ्नो खान पकाउने क्रममा बुकिङ गरेका केही ग्राहकहरूलाई पनि नेपाली खाना पकाएर सेवा प्रदान गर्न सकियो भने व्यापारिक आत्मीयता पनि बढछ, आफ्नो आम्दानीमा वृद्धि हुन्छ र पसलको आकर्षण पनि रहिरहन्छ। एकै ठाउँमा नेपाली मालसामान किन्न पाइने, नेपालको अध्ययन गर्न पाइने, नेपालमा भ्रमण गर्नका निमित्त व्यवस्था मिलाउन सकिने र नेपाल जानुभन्दा पहिले नै नेपालको खाना चाख्न पाइने। त्योभन्दा अरू बढी के चाहियो?

यस्तो पसलका लागि बढी बहाल तिर्नुपर्ने महँगो ठाउँ आवश्यक छैन। सहरभन्दा अलि टाढा घर, पसलसँगै राख्न सकिने व्यापारिक स्थान याने रेसिडेन्सियल कम कमर्सियल जोनमा हाइवेको वरिपरि खोल्न सकिन्छ। अझ सकियो भने एउटा पुरानो घरलाई नेपाली ढाँचाले मर्मतसम्भार गरेर एउटा सानो नेपाल स्थापना गर्न सकिन्छ। यसो गर्दा आफू पनि त्यही घरमा बस्ने, घरैको बैठककक्षलाई विभिन्न हस्तकलाका सामग्री राखेर सजाउने, अध्ययन कक्षलाई ट्राभल एजेन्सीको रूप दिने र डाइनिङ हललाई रेस्टुरेन्ट बनाइदिने। सहरी क्षेत्रको एउटा सानो कोठामा सलाईको बट्टामा काँटीजस्तै कोचिएर बस्नुको सट्टा खुल्ला ठाउँमा इज्जतका साथ जीविकोपार्जन गर्दै बस्नुको बेग्लै स्वाद हुन्छ। बासस्थान, पसल, ट्राभल एजेन्सी र रेस्टुरेन्ट सबै आफ्नै र सबै एउटै छानामुनि।

प्रवासमा योभन्दा स्वाभिमानी जीवनशैली अरू के हुन सक्छ? आफूलाई पनि आर्थिक लाभ, राष्ट्रलाई पनि योगदान।

सफल उद्यमी बन्न एउटा व्यावहारिक सोचको आवश्यकता हुन्छ, चाहे ती नेपालका कान्छा वा सुरेश होऊन् अथवा अरू कोही। यहाँ म बेलायतकी एउटी साधारण गृहिणी अनिता रोडरिकको उदाहरण दिन चाहन्छु जसले एउटा सिर्जनात्मक सोच ल्याएर आÏनो व्यक्तिगत जिन्दगीमा मात्र होइन, विश्वकै सौन्दर्यसम्बन्धी उद्योगमा एउटा क्रान्तिकारी परिवर्तन ल्याइन्। अन्तर्राष्ट्रिय बजारमा सधैँ मुखमा लाउने क्रिम र पाउडरहरू धेरैजसो महँगो सिसीमा राखेर बेचिन्छ र उपभोक्ताहरूले क्रिमको मोलभन्दा कैयौँ गुणा बढी मूल्य सिसीका लागि चुकाउनुपर्छ। तीनवटा बच्चाकी आमा अनितालाई यो कुरा सधैँ खट्किरहन्थ्यो, साथै क्रिममा के–के रासायनिक पदार्थ मिसाइएको छ भन्ने कुरामा पनि उनी चिन्तित हुन्थिन्। त्यसैले उनले ताहितीजस्तै विभिन्न मुलुकमा बस्ने आदिवासी महिलाहरूले आÏनो मुहार मुलायम बनाउन के–के प्राकृतिक तŒव र वस्तुहरू प्रयोग गर्छन्, त्यसका बारेमा धेरै अध्ययन गरिन्। अन्तमा उनले परम्परागत तरिकाबाट कुनै पनि रासायनिक पदार्थ नमिसाईकन क्रिम र पाउडरहरू बनाएर प्लास्टिकको सस्तो बोतलमा राखी बिक्री गर्ने विचार गरिन्। अनिता व्यवस्थापनको विद्यार्थी थिइनन्। तैपनि उनले परम्परागत शैलीबाट क्रिम बनाउने वैद्यहरूसित मिलेर आÏनै योजनाअनुसार प्लास्टिकका बोतलमा क्रिम राखी सबैभन्दा पहिले ‘बडी सप’को नामबाट एउटा सानो पसल खोलिन्। बहाल धेरै तिर्न नसकेर उनले सर्दी लागेको पसलको उप्किएको भित्तामा हरियो इनामेल पोतिन्, जुन आज ‘बडी सप’को प्याटेन्ट रङ भइसकेको छ। आज ‘बडी सप’ संसारको एउटा सबैभन्दा महŒव्ापूर्ण सौन्दर्यको उद्योग भइसकेको छ र यसका शाखाहरू विश्वका १०० भन्दा बढी ठूला–ठूला सहरहरूमा खुलिसकेका छन्।

उद्यमशीलता ठूला–ठूला डिग्रीबाट होइन, सिर्जना र व्यावहारिक विवेकबाट मात्र हासिल गर्न सकिन्छ। लोक्ताको कागजमा ‘बडी सप’का सामग्रीहरू प्याकेजिङ गर्ने विचार लिएर सत्र वर्षपहिले अनिता रोडरिक नेपालमा पनि आएकी थिइन्। तर लोक्ता बढी काट्न थालियो भने नेपालको जैविक विविधतामा प्रतिकूल असर पर्ने भएको हुँदा उनले लोक्ताका साथसाथै

तालतलैयामा उमि्रने जलकुम्भी झारहरूबाट पनि कागज बनाउने विचार गरेकी थिइन्।

यसै सन्दर्भमा एकजना नेपाली उद्यमीसित मिलेर लोक्ता र जलकुम्भीको झारबाट कागज बनाउने परियोजनामा लगानी गर्न पच्चीस्ा हजार पाउन्ड नेपालमा ल्याउन खोज्दा ब्रिटिस राजदूतावास र उद्योग विभागले अनेक झमेला गरेको कुरा अनिताले आÏनो आत्मकथामा लेखेकी छन्। नेपालमा काम गर्ने मान्छेलाई काम गर्न कसरी दिइँदैन भन्ने कुरा यसबाट पनि झल्किन्छ।

नेपालमा पनि अनिता रोडरिकजस्ता सिर्जनशील एवम् उद्यमशील नारीहरू नभएका होइनन्। लक्ष्मी शर्मा भन्ने एउटी नारीले नेपालमा सबैभन्दा पहिले टेम्पो चलाएर स्वरोजगारीको एउटा बलियो उदाहरण दिइन्। पछि उनले महाराजगञ्जमा ‘लक्ष्मी उड क्राÏट’को कारखाना खोलेर Ïयाँकिएका हाडबाट टाँक र क्युरियोका अनेक मालसामानहरू उत्पादन गरी विदेशमा निर्यात गरिन्। तर उनको उद्योग अनेक प्रयासका बाबजुद पनि देशको कमजोर आर्थिक नीति र नियमका कारण जति विकास हुनुपर्ने हो, त्यति हुन सकेन।

देशलाई दिगो रूपले अगाडि बढाउन प्रशस्त आर्थिक इन्धन चाहिन्छ र त्यसको विकास नभईकन राज्यले सास फेर्न पाउँदैन। अहिलेको आधुनिक युगमा आर्थिक क्रान्ति सङ्कुचित विचारधारा र परिकल्पनाबाट आउँदैन। नेपालमा अहिले लामो राजनीतिक क्रान्तिपश्चात् संविधानसभाको चुनाव सफलतापूर्वक सम्पन्न भएको छ र माओवादी पार्टीको नेतृत्वमा सरकारको गठन भइसकेको छ। हामीले अब तुरुन्तै आर्थिक क्रान्तिको नक्सा कोर्नुपर्छ र सोहीअनुरूप विकासको फराकिलो राजमार्ग निर्माण गर्दै जानुपर्छ। नेपाल अब कुनै एउटा राजनीतिक वा आर्थिक टापु रहेन। ‘वसुधैव कुटुम्बकम्’ को यो वर्तमान विश्वग्राममा नेपालले आफ्नो अस्तित्व कायम गर्ने हो भने हामीले त्यहीअनुसारको भूमिका खेल्नुपर्छ। हामीमा त्यो भूमिका खेल्न सक्ने तागत र साहस नभएको पनि होइन।

हाम्रो देशको स्रोत र साधनले धेरै समयदेखि विकासलाई पर्खेर बसिरहेको छ। यहाँ ठूलोलाई सानो पार्नुपर्दैन, सानोलाई ठूलो पार्न सक्ने अथाह सम्पत्ति हामीसित छ। बस्, ती प्रचुर सम्भावनाहरूलाई चिनेर परिचालन गर्न मात्रै सक्नुपर्छ। उदाहरणका लागि स्वास्थ्यसेवा सबैका लागि बराबर हुनुपर्छ भन्दैमा बी एन्ड बी अस्पताल बन्द गर्नुपर्दैन। वीर अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गरी स्तरीय एवम् सुलभ सेवा प्रदान गर्न सकियो भने कुन मूर्ख बढी पैसा तिरेर महँगो अस्पतालमा भर्ना हुन जाला! त्यस्तै, राम्रा स्कुलहरू बन्द गरेर शिक्षाको स्तर बढ्दैन। सरकारी स्कुल राम्रो भयो भने त निजी विद्यालयहरूमा को पढ्न जालान् र!

सुहाउँदो आर्थिक स्थिति सिर्जना गर्न नेपालको जग्गा–व्यवस्थापनलाई वैज्ञानिक बनाउने मात्र होइन, सञ्चित गरिएको निस्त्रि्कय धनसम्पत्तिलाई पनि क्रियाशील बनाउने व्यावहारिक उपाय निकाल्न सकिन्छ। त्यसरी नै एगदष्अि र एचष्खबतभ एबचतलभचकजष्उ अन्तर्गत अनेक क्रान्तिकारी औद्योगिक विकासका परियोजनाहरू सुरु गर्न सकिन्छ। इच्छा गर्‍यो भने जुक्तिहरू धेरै छन्। स्रोत र साधनको कमी हाम्रो देशमा छैन। अरू देशमा खनिज पदार्थहरू जमिनमुनि लुकेका हुन्छन् भने हाम्रो देशमा मानवजातिलाई नभई नहुने अमृतसरह स्वच्छ पानी उत्तराखण्डको कुनाकाप्चामा सम्पूर्ण अङ्ग फैलाएर सेताम्य विराजमान भइरहेको छ। हामीले आफूलाई चिन्न सक्यौँ, जान्न सक्यौँ र बुझ्न सक्यौँ भने नेपाललाई विकासको चुलीमा पुर्‍याउन सक्छौँ।

विगतका दिनमा राज्य अत्यन्त कमजोर भएको कारणले एउटा गोठालोेको लीले पनि राजमार्ग बन्द गराउन सक्थ्यो। एउटा ट्याक्सी बाटोमा तेर्स्याएर पनि चक्काजाम गराउन सकिन्थ्यो। राज्य कमजोर भएपछि अपराध र अपहरणजस्ता घृणित र अमानवीय क्रियाकलापहरू फस्टाउन सक्छन्। राज्य निर्बल भएकै हुनाले हिजोसम्म मित्रराष्ट्र र अन्य अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाले नेपाल सरकारलाई विश्वास गरेका थिएनन्। हुँदाहुँदा सरकारले आफैँलाई विश्वास गर्न नसकेर आफँैले चलाइरहेका विभिन्न संस्थान र प्रतिष्ठानहरूलाई समेत निजीकरण गर्न बाध्य भएको थियो।

सरकारी संस्थालाई निजीकरण गर्दैमा कार्यकुशलता र दक्षतामा वृद्धि हुँदैन। झन् जनताले पाउनुपर्ने सेवा र सुविधाहरू बजारीकरण भएर जनताले दुःख पाउन सक्छन्। तसर्थ कुन क्षेत्रलाई निजीकरण गर्ने हो र कुन क्षेत्र सरकार आफैँले सञ्चालन गर्ने हो, होसियारीपूर्वक र संवेदनशील भएर त्यसको निर्क्योल गर्नुपर्छ।

राज्यको शून्य स्थिति याने ‘भ्याकुम’मा कुनै पनि प्रशासन चल्दैन। जब राज्य कमजोर हुन्छ अनि राजनीतिकर्मी, प्रशासक र व्यापारीहरूका बीच एउटा अनैतिक सम्बन्धको गठबन्धन प्रारम्भ हुन्छ। त्यसैको फलस्वरूप विगतका दिनहरूमा हाम्रो राष्ट्रको सम्पूर्ण राजनीति एवम् संरचनाहरू लथालिङ्ग भए।

राज्य दह्रो भयो भने प्रशासन बलियो हुन्छ। अनि सोहीअनुसार सबै कुरा स्वतःस्फूर्त रूपले व्यवस्थित भएर आउँछन्।

हाल डुब्दै गइरहेको नेपाल वायुसेवा निगम र अन्य सरकारी प्रतिष्ठानहरूलाई निजीकरण गर्ने कुरा चलेको थियो। यस्ता संस्थानहरूलाई सरकारको नियन्त्रणमा राखेर निजी क्षेत्रको अगुवाईमा पनि सञ्चालन गर्न सकिन्छ। हिजोका दिनमा बैङ्कले जनतालाई शोषण गर्ने गर्थे, उद्यमीबाट पनि बैङ्कलाई ठग्ने काम भइरहेको हुन्थ्यो। सरकार बलियो भएपछि यस्ता आर्थिक विसङ्गतिहरूलाई नियन्त्रण गर्न सकिन्छ। भन्सार छल्नका लागि उद्यमी र व्यापारीहरूले भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा सिङ्गापुर र हङकङबाट पार्टपुर्जाहरू यहाँ ल्याएर ढिङ्ग्री र पेच मात्र कसी मेड इन नेपाल भन्दै नट्स बोल्टस कम्पनीहरू सञ्चालन गरिरहेका थिए। अब त्यस्ता अवाञ्छनीय उद्योगलाई निरुत्साहित गरी अत्यावश्यक उद्योगहरू खोल्न प्रोत्साहन दिनुपर्छ।

तीस वर्ष भयो हामीले कार्पेट बनाइरहेका छौँ। तर अहिलेसम्म हामी न्युजिल्यान्डबाट ऊन झिकाउँदै छौँ। भन्छौँ भेडापालनका निमित्त हिमाली क्षेत्र अति उत्तम छ, तैपनि हामीले यसको विकास गर्न सकेनौँ र कार्पेट निर्माणमा आवश्यक पर्ने ऊनमा समेत आत्मनिर्भर बन्न सकेनौँ। त्यस्तै, नेपालमा निजी क्षेत्रको प्रयासबाट दुग्धविकासक्षेत्रमा हामीले धेरै उन्नति गरिसकेका छौँ।

हिउँदमा गाईभैँसीले धेरै दूध दिन्छ भन्छौँ, तर दिनमा पचासौँ हजार लिटर दूध अहिले पनि खपत हुन सकिरहेको छैन। तर खै दूधबाट पाउडर बनाउने कारखाना खोल्न सकेका? के ‘मिल्क होलिडे’को अवधारणा ल्याएर देशमा दुग्धविकास हुन्छ? यो कस्तो अपरिपक्वतायुक्त विडम्बना?

राजनीतिक क्रान्ति ल्याएर लि क्वान युले मलेसियाबाट छुट्याएर सिङ्गापुर बनाए। तर सिङ्गापुर त्यस बेला मात्र सिङ्गापुर बन्यो जब उनले देशको औद्योगिक क्षेत्रमा आर्थिक क्रान्ति ल्याए। एकचोटि म एउटा टेलिभिजन कार्यक्रममा भारतका तत्कालीन अर्थमन्त्री पी. डी. चिदम्बरम्को भाषण हेर्दै थिएँ।

उद्यमीहरूको विशाल सभामा कालो फ्रेमको चस्मा लगाई मुसुमुसु हाँस्दै हिउँजस्तो सेतो धोती लगाएका चिदम्बरम्ले भने, ‘आज भारतको कूल औसत वार्षिक उत्पादन नौ प्रतिशत छ। भोलि दस होला, पर्सि एघार होला। तर यति मात्र हाम्रो लक्ष्य होइन। हाम्रो सपना विश्वको दसौँ स्थानमा पुग्नु हो।’ उनले उपस्थित उद्यमीहरूलाई जोड दिँदै भने, ‘तपाईँहरू जानुस्, संसारका ठूला–ठूला बहुराष्ट्रिय कम्पनीहरू किन्नुस्, बैङ्क ख्ाोल्नुस्, हलिउडलाई जित्नुस्, विदेशी सञ्चार–माध्यममा आधिपत्य जमाउनुस्। यसका लागि तपाईँहरूलाई सरकारले मद्दत गर्नेछ।’

चिदम्बरम्को त्यो उत्साहवर्द्धक आश्वासन सुनेर भारतीय उद्यमीहरूको छाती कति चौडा भयो होला, सजिलै अनुमान गर्न सकिन्छ। छिमेकी मुलुकका ती अर्थमन्त्रीको प्रभावशाली भाषण सुनेर म प्रभावित त भएँ, तर साथै मलाई अलिकति हीनताबोधले पनि सतायो — भारत आफ्ना नागरिकहरूलाई मालिक बनाउन सिकाइरहेको छ भने हामी आफ्ना युवाहरूलाई विदेशमा नोकर बनाउन पठाउँदैछौँ, जबकि हामी आÏनै देशमा रहेर उदाहरणीय र अनुकरणीय काम गर्ने उद्यमीहरूलाई बेवास्ता गर्दैछौँ। हाम्रो यस्तो कामले देशको आर्थिक विकास होला त? राजनीतिक क्रान्ति भइसकेको हुनाले अब नेपालमा आर्थिक क्रान्ति ल्याउनु अत्यावश्यक भइसकेको छ। ढीलो भयो भने प्राप्त गरेको राजनीतिक उपलब्धि पनि खेर जान सक्छ। अब हामीले आर्थिक र सामाजिक कार्यक्रमहरूलाई ‘आज’, ‘भोलि’ र ‘पर्सि’ के–के गर्ने हो, त्यसको बुँदागत रूपले यकिन गरी यथाशीघ्र कार्यान्वयन गर्नुपर्छ।

परिवर्तित राजनीतिक परिवेशमा अब सरकारले परम्परागत ढाँचाअनुसार पहिलेकै जस्तो राष्ट्रिय योजना आयोगका दस्तावेजहरू प्रकाशन गर्नुभन्दा बढी प्रतिफलमूलक कार्यगत योजनाहरू ल्याउनुपर्छ। दसवटा काम गर्न हजार पेजको मोटो प्रतिवेदन होइन, अब हजारवटा काम गर्न दस पेजको बुँदागत मार्गदर्शन तयार गर्नुपर्छ। के–के काम गर्नुपर्छ, हामी सबैलाई थाहा छ। अब लामो समयसम्म विषयवस्तुको भूमिका बाँध्ने र योजना–निर्माणका लागि मात्र अलमलिएर बस्ने बेला छैन।

एकताका ‘राष्ट्रिय योजना आयोग’का उपाध्यक्षले आग्रह गरेका हुनाले नवौँ पञ्चवर्षीय योजनाको खाका तयार पार्नका लागि म एउटा समितिको सदस्य बनेको थिएँ। पहिले त मैले खूब समय दिएँ, हप्ताको दुई–तीन दिनसम्म अफिस धाएँ र कहिलेकाहीँ समितिका सदस्यहरूलाई आफ्नै घरमा बोलाएर छलफलहरू पनि गरेँ। तर जतिसुकै छलफल गरे पनि घुमिफिरी त्यही कुरा — प्रतिवेदन मोटो पार्ने, भूमिका बाँध्ने। पछि त आफू सदस्य भएको समितिले तयार पारेको प्रतिवेदन पनि हेर्न मन लागेन। कहिलेकाहीँ मलाई लाग्छ — दसौँ हजार पेजको ‘पञ्च्’वर्षीय योजना’ कसले पढ्छ? पढ्ने फुर्सद कसलाई छ? जस–जसले जुन–जुन भाग तयार गरेका छन्, उनीहरूले त्यति मात्र पढ्छन् होला। सबैले सबै योजना त, मलाई लाग्छ, पढ्दै–पढ्दैनन्। ‘राष्ट्रिय योजना आयोग’का सदस्यहरूले पनि सबै योजनाका ती मोटा किताबहरू पढेका छैनन् होला।

मैले समय–समयमा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाको सदस्य भएर पनि काम गरेँ। खास गरी तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष र विश्व्ा संरक्षण कोषमा। त्यहाँ पनि त्यस्तै हुन्थ्यो। हरेक महिनामा के–के हो के–के, मोटा–मोटा दस्तावेजहरू घरमा पठाउँथे। मैले त कहिल्यै पनि पढिनँ। अलिअलि हेडलाइन पढेर त्यसका तार्किक कुराहरू मात्र अध्ययन गर्थेँ।

कहिलेकाहीँ त म रिसाउँथेँ पनि, र त्यस्ता मोटा–मोटा दस्तावेजहरू घरमा नपठाउन भन्थेँ। अझ मलाई रिस उठ्ने त केमा भने चाहिने–नचाहिने कुराहरू लामो–लामो पारी एकापट्टि मात्र प्रिन्ट गरेर स्पाइरल बाइन्डिङ गरी पठाउने गर्थे। कहिलेकाहीँ त मासिक प्रतिवेदनहरूमा पनि रङ्गीन फोटोकपी बनाएर किताबका रूपमा पठाइदिन्थे। कागजको नाश, छपाइ र मसलन्दमा अधिकतम खर्च। त्यसका लागि खर्च हुने पैसा कुनै ठोस नतिजामूलक कार्यक्रममा लगाइदिएको भए कति राम्रो हुन्थ्यो!

यस्तो ढोँगी बौद्धिक प्रदर्शनी नेपालमा भन्दा पनि विदेशी सङ्घ–संस्थाहरूमा धेरै प्रचलित रहेछ। मैले सुनेअनुसार नेपालमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू यसरी नै मोटा–मोटा दस्तावेज र प्रतिवेदनहरू छापेर नै बाँचिरहेका छन्। ती सङ्घ–संस्थाहरू विभिन्न देशहरूमा नेपालका लागि भनेर पैसा उठाउने गर्छन्। दातृसंस्थाहरूबाट पैसा उठाउनका लागि वास्तविक कामभन्दा देखावटी कामको आवश्यकता हुँदो रहेछ। त्यही कारणले होला उनीहरू त्यतिका रिपोर्टहरू तयार पार्ने गर्दा रहेछन्।

सभा–सम्मेलनहरूमा कार्यपत्र प्रस्तुत गर्ने बेलामा सधैँ लामो–लामो भूमिका बाँध्ने चलन छ। चाहे स्वदेशमा होस् चाहे विदेशमा, जुनसुकै विषयवस्तुको कार्यपत्र तयार पार्ने बेलामा भूमिका त बाँध्नैपर्ने, जस्तै, ‘नेपालको भूभागलाई तीन भागमा बाँड्न सकिन्छ — हिमाल, महाभारत र तराई, अनि हिमालमा यस्तो–यस्तो–यस्तो, मध्य भागमा यस्तो–यस्तो–यस्तो, तराईमा यस्तो–यस्तो–यस्तो।’ कार्यपत्रको विषयवस्तु जस्तोसुकै भए पनि हिन्दू र बौद्धधर्मको सम्मिश्रण, सांस्कृतिक विविधता आदिका बारेमा भूमिका बाँध्नैपर्ने। मैले त त्यस्तो कार्यपत्र लेख्न नै बन्द गरिसकेको छु। लेख्तालेख्ता र सुन्दासुन्दा दिक्क र वाक्क लागिसक्यो। त्यसैले म प्रतिवेदन लेखिहाल्नुपर्‍यो भने पनि अचेल त बुँदागत रूपमा १, २, ३ गर्दै प्रस्तुत गर्ने गर्छु। मलाई लाग्छ — यसो गर्दा सबैको ध्यान आकर्षित पार्न सजिलो हँुदो रहेछ। आफूले भन्नुपर्ने कुरा, गर्नु–गराउनुपर्ने कुरा बँुदागत रूपमा प्रस्तुत गर्दा पढ्ने मान्छेलाई पढ्न पनि सजिलो हुँदो रहेछ, गर्ने मानिसले पनि चाँडै आशय बुझ्दो रहेछ। भाषा र साहित्यको महŒव आफ्नो ठाउँमा छँदैछ, तर काम गर्न औपचारिक भाषा र शैलीको प्राथमिकता किन? खुरुखुरु काम गर्नका लागि त ‘यो–यो गर्ने, यो–यो नगर्ने’ भनेर काम गरे भइहाल्छ। लामो–लामो र आकर्षक भूमिका किन बाँध्ने? आवश्यकतालाई बुझेर स्रोतले भ्याएअनुसार काम गर्दै लगे त विकास भइहाल्छ!

देशविकासका लागि योजनाहरूको तर्जुमा गर्दा हामीले अखबार, रेडियो वा अन्य सञ्चारका माध्यमबाट विज्ञापन वा सूचना प्रवाह गरेर एउटा निर्देशिका वा क्राइटेरिया बनाउँदै कुन–कुन ठाउँमा, कुन–कुन गाउँमा के–के गर्नुपर्छ, के–के गर्न सकिन्छ भनी सुझाव एवम् प्रस्तावना गाउँस्तरबाटै सङ्कलन गर्ने, राम्रा–राम्रा सुझाव र प्रस्तावना पठाउनेहरूलाई सानोतिनो रकमसहितको पुरस्कारको व्यवस्था गर्ने र अन्तमा ग्रासरुट लेभलको अवधारणाका माध्यमबाट कार्ययोजना वा योजना तयार गर्दा ती सबैका नामहरू पनि स्रोतकर्ताका रूपमा उल्लेख गर्ने गर्नुपर्छ, ताकि तिनीहरूको पनि पहिचान मान्यताप्राप्त होस् र योगदानको कदर पनि होस्।

सहरवासीले गाउँघरको आवश्यकतालाई बुझ्नुभन्दा पनि गाउँघरका मानिसहरूबाट नै ती आवश्यकताहरूको पहिचान गर्नुपर्छ। यसरी योजना वा कार्यतालिकाहरू तयार गर्दा त्यसले बढी प्रतिफल दिन्छ। यस्तो प्रक्रियाबाट खर्च पनि कम हुन्छ र व्यावहारिक पनि हुन्छ। गाउँको व्यथा नबुझ्ने पढेलेखेका विज्ञहरूले आकर्षक र रङ्गीन किसिमले प्रतिवेदन तयार गर्न त सक्छन् होला, तर
त्यो प्रतिवेदन धरातलीय हुन सक्तैन र गाउँघरको मर्मलाई योजनामा प्रतिबिम्बित गराउन पनि सकिँदैन। मैले एकताका यही सन्दर्भमा विश्व बैङ्कका

जापानी मूलका एकजना निर्देशकसित कुरा गरेको थिएँ। सन् १९९८ ताका नगरपालिकाका लागि तयार पारेको ‘लौ न अब त केही गरौँ’ भन्ने पुस्तिका दिँदै उनकै घरमा गएर विदेशी वाइन खाई छलफल गरेको थिएँ। उनलाई त्यो किताबमा लेखिएका बुँदागत कुराहरू खूब मन परे र पछि ‘लौ न अब त केही गरौँ’ भन्ने नै शीर्षक राखेर विश्व बैङ्कले गाउँस्तरबाट व्यावहारिक परियोजनाहरू सङ्कलन गर्ने कार्यक्रम सञ्चालन गर्‍यो।

राष्ट्रिय योजनाका मोटा–मोटा प्रतिवेदनहरूलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने सन्दर्भमा मात्र मैले यी सानातिना कुराहरू गरेको हुँ। यी तपसिलका कुराहरू ग्रामीण जीवनका दैनिक क्रियाकलापहरूमा धेरै भर पर्छन्। गरिबी निवारणका कार्यक्रमका विज्ञहरूले दार्शनिक कुरा गरेर हुँदैन। गाउँलाई बुझ्ने व्यावहारिक परियोजनाहरूबाट मात्र यो सम्भव हुन्छ। तर राष्ट्रिय स्तरका विकास–परियोजनाहरूमा त विज्ञहरूले व्यावसायिक विवेक र आधिकारिक दक्षताको प्रयोग गर्नैपर्छ। यसका लागि सानोतिनो कुरो गर्नु हुँदैन। राष्ट्रिय हितका लागि आवश्यक पर्ने औद्योगिक नीति र योजनाहरू त्ार्जुमा गर्दा तपसिलका बुँदागत कुराहरू गरेर हुँदैन। यसका निमित्त सोच पनि ठूलै चाहिन्छ, अवधारणा पनि ठूलै हुनुपर्छ, कसले के भन्ला र कसले के गर्ला भन्ने सोचेर डराउनु पनि हुँदैन। कहिलेकाहीँ ठूलो–ठूलो काम गर्दा सानोतिनो मूल्य चुकाउनुपर्छ, अन्यथा ठूला–ठूला कामहरू गर्न सकिँदैन। राष्ट्रको सर्वाङ्गीण विकास–निर्माणका निमित्त जनस्तरबाट सानातिना समस्याहरू सुल्झाउनु जति आवश्यक छ, त्यति नै महŒवपूर्ण छ राष्ट्रिय स्तरबाट ठूला–ठूला परियोजनाहरू कार्यान्वयन गर्न पनि।

विकासका सम्पूर्ण संरचना निस्त्रि्कय भए भने जिम्मेवारी कसले बोक्ने? देशको प्रशासन अपाङ्ग भयो भने दोष कसलाई दिने? आर्थिक र सामाजिक विकासका लागि भनेर हामीले विगतका दिनहरूमा विभिन्न राजनीतिक प्रक्रियाहरू अपनायाँै। तर स्थिति सुध्रेन, झन् बिग्रियो। प्रचुर स्रोत र सम्भावना हँुदाहुँदै पनि देशले आर्थिक विकास गर्न सकेन। सकोस् पनि कसरी? लगानी गर्न चाहनेले पनि अन्योलपूर्ण परिस्थितिमा कुन मुटुले लगानी गर्ने? जुन बेलासम्म्ा देशमा उद्योगका क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना हुँदैन, रोजगारीको समस्या सरकारले जतिसुकै कोसिस गरे पनि सजिलै सुल्भि्कँदैन।

रोजगारीको समस्या र समाधानका उपायहरू अदृश्य व्यवस्थापनको जटिल सन्जालमा पनि जकडिएको हुन्छ। यिनलाई वैज्ञानिक अर्थशास्त्रको नीतिले

मात्र सुल्झाउन सकिँदैन, धरातलीय व्यावहारिक पक्षलाई पनि हामीले ध्यान दिनैपर्छ। औद्योगिक र व्यापारिक संस्थान र प्रतिष्ठानहरूमा जागिरमा राख्ने र निकाल्ने नीति हायर एन्ड फायर लचिलो भएन भने विकासका सम्भावनाहरूको गाँठो कहिलेकाहीँ फुक्न सक्तैन। पहिले–पहिले उद्यमीहरूकहाँ कोही जागिर माग्न गयो भने सजिलै दिन्थ्ो काम राम्रो गरेन भने निकाल्न सकिन्छ भनेर। तर एकचोटि जागिरमा राखेपछि निकाल्न नहुने अवस्था आएपछि उनीहरूले चाहिनेभन्दा बढी कामदारहरू राख्तैनन्।

अहिले अर्को एउटा विडम्बना के देखिएको छ भने नराम्रो कामदारलाई निकाल्न नसकिने तर राम्रो कर्मचारीलाई बाँधेर राख्न नसकिने।

यसो हुँदा थुप्रै औद्योगिक एवम् व्यापारिक संस्थानहरू आजकाल एउटा प्रशिक्षण केन्द्रका रूपमा विकसित भएका छन्। सिकारुहरूलाई काम त सिकाइन्छ, तर सिपालु भएपछि उनीहरू या त विदेश जाने तर्खर गर्छन्, या बढी तलब दिने ठूलो ठाउँमा जागिर खान खोज्छन्। धेरै तलब दिएर राख्ने हो भने व्यापारिक क्षमताले भ्याउँदैन, नराख्ने हो भने उद्योग चौपट हुने भयो। कथंकदाचित बढी तलब दिएर कामदारलाई राखिहालियो भने पनि सो व्यापारिक संस्थानबाट उत्पादन हुने वस्तुको भाउ बढाउनुपर्ने हुन्छ, जसले गर्दा अन्तमा उपभोक्ताहरूलाई नै मार पर्ने हुन्छ। तसर्थ सरकार र निजी क्षेत्र, त्यस्तै व्यवस्थापन र मजदुरबीचको सम्बन्ध यदि समझदारीपूर्ण र इमानदार भएन भने देशको आर्थिक स्थितिमा सुधार आउन सक्तैन।

मालिक र मजदुरबीच असम्ाझदारी त भइरहन सक्छ, तर विरोधका प्रक्रियाहरू अनेक किसिमले सञ्चालन गर्न सकिन्छ। नेपालमा कुनै पनि संस्थान र प्रतिष्ठानहरूमा व्यवस्थापन पक्षको विरोध गर्नुपर्‍यो भने ताला लगाउनेे, हडताल गर्ने, काम नगर्ने आदि–इत्यादि गरेर उत्पादन नै खतम पारी मजदुर, मालिक, समाज र राष्ट्रसमेतको विकासलाई अप्ठ्यारो पारिन्छ। तर कुनैकुनै देशको औद्योगिक क्षेत्रमा त विरोध गर्ने प्रक्रिया पनि गजबको रहेछ। एकताका जापानको एउटा ठूलो उद्योगमा मालिक र मजदुरबीच ठूलो वादविवाद चलेछ रे। रिसाएका मजदुरहरूले व्यवस्थापनलाई कसरी अप्ठ्यारो पार्ने भनेर सोचेछन्। उद्योगको उत्पादनलाई बन्द गराइदियो भने कम्पनीले बीमा संस्थानसित क्षतिपूर्ति पाउन सक्ने हुँदा उनीहरूले कम्पनीलाई दुःख दिन आवश्यकताभन्दा
धेरै उत्पादन वृद्धि गरिदिएछन्, यसले व्यवस्थापनलाई बजार–व्यवस्थापन गर्न धौधौ परेछ र मजदुरसँग सम्झौता गर्न बाध्य भएछ। कस्तो सकारात्मक विरोध!

कुनै पनि उद्योग–व्यवसाय उद्यमीको सत्प्रयास र मिहिनेतले मात्र सफल हँुदैन, सफल हुनका निमित्त सो उद्योगमा कार्यरत कर्मचारीहरूको सम्पूर्ण संलग्नता र सहभागिताको आवश्यकता हुन्छ। चितवनको सौराहास्थित हाम्रो एउटा जङ्गल लजमा माधव गौतम भन्ने मेनेजर छन् जो पहिले बेलायतस्थित भारतीय मूलका नागरिक कान्ति कालिदास भन्ने व्यक्तिको ट्राभल एजेन्सीमा काम गर्थे। कान्ति कालिदासकी छोरी ‘बेन्ड लाइक बेकम’ भन्ने सफल फिल्ममा कलाकार थिइन्। कालिदासको ट्राभल एजेन्सी बन्द भएपछि माधवलाई हामीले जागिर दियौँ। माधव सधैँ मुसुमुसु हाँसिरहने अत्यन्त मिलनसार व्यक्ति भएका हुँदा उनले लज निकै राम्ररी चलाइरहेका छन्।

लजमा कोठा नपुगेको हुँदा अरू थप दसवटा कोठा थप्न जङ्गलको वातावरणसित सुहाउँदो एउटा लङ् हाउसको नक्सा तयार पार्न लगाएँ। नक्साअनुसार निर्माणकार्य थालनी गर्न माधवलाई निर्देशन दिएँ। उनले निर्माणकार्य सुरु गरे। छाना छाउने बेला माधवले चितवनबाट टेलिफोन गरेर मलाई भने, ‘सर, एउटा कुरा हजुरलाई सोधूँ–सोधूँ जस्तो लागिरहेको छ, रिसाउनुहुन्न भने एउटा सानो सुझाव दिन चाहन्छु।’

बडो शिष्टताका साथ माधवले भने, ‘भवन एकदम राम्रो बनेको छ, तर इन्जिनियरले डिजाइन गरेको दुई तह भएको छाना अलि सुहाएन जस्तो छ। यदि छानालाई स्थानीय थारूवान घरको जस्तो बनाएर त्यसमाथि खपेटा राख्यो भने धेरै सुहाउथ्यो कि?’

मैले भनेँ, ‘भयो भयो माधव, डिजाइन चेन्ज नगर। इन्जिनियरले बनाइसकेको नक्सामा कहाँ हेरफेर गरिरहने? फेरि खर्च पनि बढी पर्ला।’

उनले अलि हिचकिचाएर फेरि भने, ‘यहाँका सिकर्मी, डकर्मी र ट्रस्ट बनाउनेहरूसित सोध्दा पैसा धेरै पर्दैन भनेका छन् सर!’

पहिले मैले माधवको सुझाव मानिनँ र इन्जिनियरको डिजाइनअनुसार नै बनाउन निर्देशन दिएँ। भोलिपल्ट बिहान आठ बजे फेरि माधवले मलाई टेलिफोन गरेर भने, ‘सर, म त रातभरि सुत्नै सकिनँ। यतिका पैसा खर्च गरेर राम्रो घर बनायौँ, छाना राम्रो भएन भने सबै मिहिनेत खेर जान्छ। एकचोटि हजुरले सोच्नुस्।’

उनले फेरि जोड दिएर भने, ‘थारू शैलीको छाना पर्यटकहरूले धेरै रुचाउँछन् र होटलको स्वरूप पनि भव्य देखिन्छ। एकचोटि हजुरले जसरी भए पनि विचार गर्नुस्।’

एकछिन त माधवले ढिपी गरेको देखेर अलि रिस पनि उठ्यो किन जान्ने भएर आफूलाई थाहा नभएको कुरामा जिद्दी गरिरहेको भन्ने कुराले। अलि झर्केर मैले भनेँ, ‘पर्दैन–पर्दैन माधव, नक्साअनुसार नै बनाउनू।’

चिया खाँदा–खाँदै माधवको सुझावले मेरो दिमागलाई घचघच्यायो। एउटा स्टाफले मेरो प्रोजेक्टका लागि रातभर नसुतीकन विचार गरे, दिमाग लगाए र सपना हेरे। योभन्दा ठूलो कुरा मेरा लागि के हुन सक्छ? माधवको स्वतःस्फूर्त चिन्ता र उत्सुकता देखेर म प्रभावित भएँ र तुरुन्तै चितवनमा टेलिफोन गरेर उनलाई भनेँ, ‘माधव, आइ एम भेरी सरी, ल तिमीलाई जस्तो लाग्छ त्यस्तै गर। आजै म इन्जिनियरलाई भनेर तिमीले भनेजस्तै नक्सा कोर्न लगाउँछु। होटलको लागि तिमीले यति सपना हेरेकोमा धन्यवाद!’

माधवले केही बोलेनन्। हेला–हेलो भनेर सम्बोधन गरेपछि बल्ल उनले उत्तर दिए, ‘हजुर, म सुन्दैछुँ। ‘किन नबोलेको’ भनेपछि उनले विस्तारै भने, ‘हजुरले मेरो कुरा सुनिदिनुभएकोमा धेरै खुसी लाग्यो सर, थ्यांक युँ

माधवको सन्तुष्टि देखेर म पनि खुसी भएँ। वास्तवमा इन्जिनियर चितवन गएकै थिएनन्। उनले त जग्गाअनुसार मात्र नक्सा कोरेका थिए। इन्जिनियर प्राविधिक रूपले जतिसुकै सफल भए पनि माधवजस्ता इमान्ादार र स्वप्निल कर्मचारीको सपनाको तुलनामा उनको प्राविधिक ज्ञानको कुनै महŒव हुँदैन। कुनै पनि उद्योग–व्यापारमा यदि माधवजस्ता स्वप्नदर्शी, सिर्जनशील र कर्तव्यपरायण मान्छे छन् भने उनीहरूलाई विश्वास गर्नुपर्छ। यस्ता कर्मचारीहरू व्ाास्तवमा उद्योगका अन्नदाता हुन्ा् र यस्ता कटिबद्ध र प्रतिबद्ध कर्मचारीहरू भएसम्म उद्योग फेल खाँदैन।

लुम्बिनीको हाम्रो अर्काे एउटा होटलमा पनि माधवजस्तै एउटा अत्यन्त मिलनसार, मिहिनेती मेनेजर छन्। उनको नाम सुरज गुरुङ हो। साँच्चै
भन्ने हो भने म सुरजलाई आफ्नो छोराजस्तो व्यवहार गर्छु। उनकै जिम्मामा त्यो होटल सञ्चालन भइरहेको छ। आजभन्दा दस वर्षपहिले सुरज होटलको लन्ड्रीमा इस्त्री गर्ने काम गर्थे र मेरा छोरा सुनीलले उनलाई हाउस किपिङ्मा

काम गर्न दिएका थिए। छोटो समयमै उनी मुख्य हाउस किपर भए र पछि लुम्बिनीको तीनतारे होटलका मेनेजरसमेत बने।

म दिल्लीमा स्वास्थ्य–उपचार गर्न जाँदा सुरज पनि मसित गएका थिए। उनले मसँग अस्पतालमा सुत्नेदेखि लिएर मलाई डाक्टरकहाँ लैजाने, औषधि किन्न जानेे र ≈िवल चियरमा राखेर अस्पतालको कोठा–कोठामा जँचाउन लैजाने गरेका थिए। शल्यक्रियापश्चात् जब म अस्पतालको खाटमा सुतिरहन्थँे, राति एघार–बाह्र बजे विस्तारै उठेर मेरो पाइतालामुनि आफ्ना दुइटा बूढीऔँलाले थिचिदिन्थ्ो। म ‘पर्दैन–पर्दैन’ भन्थेँ, उनी साज गरि नै रहन्थ्ोे। एउटा होटलको मेनेजर पदमा पुगिसकेका व्यक्तिले मलाई त्यो सेवा दिनुपर्ने आवश्यकता नै थिएन। उनले मलाई होटलको मालिक भनेर होइन, आफ्नो बाबु सम्झेर माया गरेका थिए। सायद त्यो सेवा गर्दा उनलाई पनि आनन्दको अनुभूति भयो होला।

अस्पतालमा बसेको बेला सुरजले मलाई आफ्ना पुराना–पुराना कुराहरू सुनाएर हँसाउने गथर््ाे। उनले धेरै पढेका छैनन्। उनका बाबु तत्कालीन आर. एन. ए. सी. मा चालकको काम गथर््ाे। स्कुलमा पढ्दा आफूभन्दा धनाढ्य परिवारकी सम्झना नामकी केटीसित सुरजको प्रेम भएछ। केटीको दाजु डाक्टर रहेछ र बहिनीले तल्लो स्तरको केटो मन पराएको देखेर दाजुले बहिनीलाई स्कुलै पठाउन छोडेछ। पछि सुरजले सम्झनालाई उडाएर लगेछन् र इन्द्रचोकको राखीबजारबाट २० रुपियाँको रातो पोतेको माला किनेर गुहेश्वरी मन्दिरमा गई गन्धर्वविवाह गरेछन्। केटीको परिवारले पुलिस लगाएर सुरजलाई हनुमानढोकामा थुनेपछि खोरमा पुलिसले ‘हे बदमास, केटी भगाएर लिएर जानु हुन्छ?’ भन्दै गाली गर्दा उनले टाउको कन्याउँदै भनेछन्, ‘के गर्ने हजुर, यो ज्यानले मान्दै मानेन, मायाप्रीति बसेपछि के गर्ने? मैले त केटी उडाएर लिएर गएको हुँ, हजुरहरूले जे गर्नुछ गर्नुस्।’

थानाका पुलिसहरू गललल हाँसेर सुरजको टाउकोमा विस्तारै प्याट्ट हानेछन् र ‘ल, अब केटी नभगाउनू’ भन्दै राति नै उनलाई घर फर्काइदिएछन्। पछि सम्झना पनि आफ्नो घरबाट भागेर सुरजकै डेरामा गइछन्। अहिलेसम्म सम्झनालाई माइतीले घर भिœयाएको छैन।

सुरजको कथा सुनेर मलाई हाँस्न पनि मन लाग्यो, माया पनि लाग्यो। दिल्लीबाट फर्कनासाथ सबैभन्दा पहिले मैले दुई तोला सुनको एउटा सानो नेक्लेस बनाएँ र मेरो परिवार र होटलका स्टाफहरूको उपस्थितिमा होटलकै मन्दिरको प्राङ्गणमा सुरज र स्ाम्झनाको पुनर्विवाहको आयोजना गरी त्यो

नेक्लेस सुरजको हातबाट सम्झनालाई लगाउन दिएँ। खूब रमाइलो लाग्यो त्यो बेला।

माधव र सुरजजस्तै काठमाडौँ गेस्टहाउसमा पनि एउटा लायक मेनेजर थिए। उनको नाम थियो दिनेश शाक्य। उनीसित एउटा गजबको गुण थियो। होटलका पाहुनाहरू जतिसुकै रिसाएर आए पनि क्षणभरमै उनी हाँसी–हाँसी फकाउन सक्थे। दिनेशको त्यो खुबी देखेर एउटा पर्यटकले उनलाई अमेरिकामा काम मिलाइदिएछ। अमेरिका जानेे बेलामा दिनेश मसित स्वीकृति माग्न आएका थिए। उनलाई बाहिर पठाउन मन लागेको त थिएन, तैपनि उनको उज्ज्वल भविष्यका लागि विदेशमा जान मैले सक्दो सहयोग गरेँ।

यसपालि मेरी छोरीलाई अमेरिकाको कलेजमा पुर्‍याउन जाँदा दिनेशले म अमेरिका आएको खबर सुनेछन् र खोजतलास गर्दा मलाई भेट्टाइहाले। म न्युजर्सीमा रहेको ससुरालीमा बसिरहेको थिएँ। दिनेशले टेलिफोन गरेर जसरी भए पनि न्युजर्सीस्थित उनको रेस्टुरेन्टमा खान आउन बोलाए। मेरो ससुरालीबाट उनी बसेको एडिसन सहरमा तीस्ा मिनेट गाडी चढेर जानुपर्थ्याे। साँझ पाँच बजे म उनको रेस्टुरेन्टमा पुगेँ। उनले त्यहाँ वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठसहित अरू नेपालीहरूलाई पनि बोलाएका थिए। अचेल उनी त्यहाँ एउटा हटब्रेडमा मेनेजर भएर काम गर्छन्। हालसालै मात्र उनले एकजना प्रवासी नेपालीसित साझेदारीमा नयाँ रेस्टुरेन्ट पनि खोलेका रहेछन्। सात वर्ष भएको थियो मैले उनलाई नभेटेको। उनी चाहिनेभन्दा बढी मोटाइसकेका रहेछन्। तर उनको हँसिलो स्वभाव जस्ताको तस्तै रहेछ।

खाना खाइसकेपछि उपस्थित सबै पाहुनाहरूका अगाडि उनले काठमाडौँ गेस्टहाउसमा सिकेको अनुभव, ज्ञान र मैले उनलाई गरेकोे सहयोगका बारे खुलेर प्रशंसा गर्दै गहभरि आँसु राखेर जब उनले मलाई ढोग्न खोजे, म अत्यन्त भाववि≈वल भएँ, आँखा रसाउन थाले। उनको प्रगति देखेर मलाई ठूलो सुखको अनुभूति भयो। अहिले उनको आफ्नो सानो घर छ, रेस्टुरेन्ट छ, राम्रै आम्दानी छ।

हुन त अमेरिकामा नेपालीहरूले आर्थिक प्रगति नगरेका होइनन्। राम्रा– राम्रा घर बनाएका छन्, महँगा–महँगा गाडी किनेका छन्। तर अलिकति पैसा कमाएपछि उनीहरू आफ्नो समुदायबाट अलग बस्न खोज्छन्। दिनेश त्यस्ता छैनन्। उनी अमेरिकामा बस्ने असहाय नेपालीहरूलाई यथासम्भव मद्दत गर्न खोज्छन्। म रेस्टुरेन्टमा हुँदाहुँदै उनलाई आठ–दसजनाले टेलिफोन गरे र उनको

सहयोग, मद्दत र सल्लाह लिन खोजे। पार्टी सकिँदा झन्डै रातिको दस बजिसकेको थियो, त्यही बेला न्युयोर्कबाट दिनेशलाई एउटा टेलिफोन आयो। त्यहाँ बस्ने एउटा नेपालीलाई मद्दत गर्न उनी राति ११ बजे एडिसनबाट न्युयोर्क पुगे।

विदेशमा धेरैले त्यसो गर्दैनन्। त्यहाँ मानिसहरू एक्लै बाँच्न खोज्छन्। विदेशमा ज्यान बलियो भएसम्म त एक्लै मोज गर्न खोज्छन्, तर उनीहरू के बिर्सन्छन् भने जब समय बित्छ र शरीर निर्बल भएर जान्छ, अनि आफ्नो समाज र समुदायको आवश्यकता पर्छ। स्वजातिको सहयोगविना विदेशमा लामो समयसम्म सुखी जीवन बिताउन सकिँदैन। एकले अर्कालाई मद्दत गर्ने भएका हुँदा नै यहुदी र मारवाडी समुदायहरूले संसारमा जहाँ गए पनि प्रगति गर्न सकेका हुन् भन्ने तथ्य प्रवासी नेपालीहरूले बिर्सनु हुँदैन।

दिनेशजस्तै काठमाडौँ गेस्टहाउसमा काम गर्ने मेनेजरहरू नरेन्द्र सुवाल र पदम शाक्य अहिले अमेरिका र अस्टे्रलियामा इज्जतका साथ काम गरिरहेका छन्। उनीहरू अहिलेसम्म वर्षको एक–दुईचोटि मलाई टेलिफोन गरेर भलाकुसारी गर्छन् र सधैँ उनीहरूको घरमा आउन आमन्त्रण दिन्छन्। भगवान्को आशीर्वादले माधव, सुरज, दिनेशजस्ता सहयोगी स्टाफहरू प्ााउनु ठूलो सौभाग्यको कुरा हो। अहिले पनि उनीहरू जस्तै कटिबद्ध, प्रतिबद्ध अन्य थुप्रैथुप्रै मिहिनेती र इमान्ादार स्टाफहरू छन् जसको योगदानबाट हाम्रो होटल–व्यवसाय राम्ररी चलिरहेको छ। यस्ता निष्ठावान् स्टाफहरूलाई को मूर्ख उद्यमीले छोड्न चाहन्छ? उनीहरूजस्ता इमान्ादार कर्मचारीको जागिरको सुरक्षाका लागि कुनै श्रमऐन जस्ता कानुनको आवश्यकता छैन। मनभित्रको माया, श्रद्धा र विवेक नै हाम्रो आत्मीय सम्बन्धको चोखो नाता हो। रगतको नाताले मात्र परिवार हँुदैन, माया र श्रद्धाले पनि हुन्छ र यो नै व्यवस्थापन र कर्मचारीको सबैभन्दा बलियो सम्बन्ध हो।

चाहे मालिक र मजदुर होउन््, चाहे समाजका विभिन्न विकासका साझेदारहरू होउन्, मानव–अधिकार र देशविकासका कुराहरू नङ र मासुजस्तै जोडिएका हुन्छन्। यी दुवैका निमित्त उपयुक्त नीति ल्याउनैपर्छ। यसमा कुनै द्विविधा छैन। तर चुनौती के हो भने यसको प्रतिपादन इमानदारीपूर्वक भइरहेको छ कि छैन, त्यसको हामीले विवेकपूर्ण अनुगमन गरिरहनुपर्छ।

एकचोटि पेट्रोल नभएको कारण बसबाट म बनेपा जाँदै थिएँ। बसभित्र महँगो जिन्स पाइन्ट लगाएका एकजना भाइ महँगै मोबाइलमा झन्डै १०–१५ मिनेटसम्म गफ गरिरहेका थिए। बनेपामा बसबाट उत्रने बेलामा उनले
विद्यार्थीको परिचयपत्र देखाई सहुलियतमा पैसा तिरे। त्यही बेला एकजना बूढा मान्छेले बनेपासम्मको भाडा ३७ रुपियाँ नभएर ३५ रुपियाँ तिरी २ रुपियाँ छुट दिन विनम्र अनुरोध गरे। तर कन्डक्टरले मान्दै मानेनन्।

विद्यार्थीहरूलाई जस्तै वरिष्ठ नागरिकहरू (कभलष्यच अष्तष्शभल० लाई पनि यस्तै किसिमको छुट दिइएको भए कति राम्रो हुन्थ्यो! वास्तवमा नीतिनिर्माताहरूले नागरिकलाई सहुलियत पुगोस् र उद्योग–व्यवसाय पनि फस्टाओस् भनी नीतिनिर्माण गरेका हुन्छन्। तर त्यसको कार्यान्वयन सही ठाउँमा सही तरिकाले भइरहेको हुँदैन। जुन उद्देश्यका निमित्त नीति ल्याइएको हो, यदि त्यो नै सही तरिकाले लागू भएन भने त्यसले देशलाई र नागरिकलाई के फाइदा पुर्‍याउला!

यस्ता व्यावहारिक समस्याहरू हाम्रो समाजमा प्रशस्तै छन्। यी समस्याहरूका कारणले गर्दा आर्थिक र औद्योगिक क्षेत्रमा धेरै चुनौतीहरू आइरहेका छन्। कुनियतका केही व्यापारी र उद्यमीहरूका कारणले सम्पूर्ण उद्योग र व्यापारक्षेत्र प्रभावित भएको छ। नेपालमा सबै उद्यमी र व्यापारीहरू बैङ्कलाई ठग्ने खालका म्ाात्र हुँदैनन्। कतिपय उद्यमीहरू त्ान, मन, धन र मन, वचन, कर्मले उद्योग गर्न चाहन्छन्, सञ्चालन गर्न चाहन्छन् र विकास गर्न चाहन्छन्। उनीहरूसित सपना छ, योजना छ र आशा र विश्वास पनि छ।

तर अन्योल राजनीतिक हुरीबतासमा विश्वासिलो परिस्थिति र स्थिति सिर्जना नभएसम्म सपना र आकाङ्क्षा हुँदाहँुदै पनि उनीहरूले उद्योगको विकास गर्ने आँट गर्दैनन्। विकास बहुपक्षीय प्रयासको प्रतिफल हो। ‘यसो भए त्यसो हुन्छ, त्यसो भए यसो हुन्छ’ भन्ने काल्पनिक फर्मुलाबाट विकास हुँदैन। यसका लागि त वातावरण चाहिन्छ, एउटा आशावादी र सकारात्मक वातावरण।

इतिहास निर्माण हुने क्रममा क्रान्ति र आन्दोलन आमूल परिवर्तनका निमित्त कहिलेकाहीँ आवश्यक हुन्छ, यद्यपि आन्दोलनको तलतलमा देश सधैँ मात्तिरहनु हुँदैन। विगत दस–पन्ध्र वर्षदेखि राजनीतिक आन्दोलनका नाममा हामीले विकासलाई बिर्स्याैँ। अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित

भइसकेको छ। यस्तो अवसरमा यदि हामीले निहित व्यक्तिगत वा दलगत स्वार्थमा नफसी मिलेर देश विकास गर्ने हो भने सायद हामीले देशमा एउटा ऐतिहासिक फड्को मार्न सक्छौँ। अब नेपाललाई ‘दुई ढुङ्गाबीचको (बिचरो) तरुल’का रूपमा मात्र लिनु हुँदैन। नेपाल त अब दुई स्वर्गबीचको एउटा पुल भइसकेको छ, हीरा र सुन जोख्ने तराजुको एउटा काँटा ९ँगअिचग्क० पनि बनिसकेको छ। एसियाकै माझमा विश्वका महान् शक्तिशाली र अथर््ासम्पन्न दुई राष्ट्रहरूका बीचमा अवस्थित हिमाल नै बोकेको नेपाललाई कसरी ‘बिचरो तरुल’का रूपमा लिने? ल्हासासम्म रेल आइपुगिसक्यो, दक्षिणमा रक्सौलसम्म। अब ८०–८५ किलोमिटरको चौडा बाटो बनाउनासाथ सारा एसियाको राजमार्ग जोड्ने केन्द्रका रूपमा नेपाल विकसित भयो भने हुनेलाई कटौैती गरेर नहुनेलाई पोसाउनुपर्ने आवश्यकता छैन, नहुनेहरूलाई उकास्नका निमित्त धेरै ठूलो कसरत पनि गर्नुपर्दैन।

भविष्य हाम्रो सुनौलो छ। देशभित्र सुनको खानी छ, मात्र ढुकुटी खोल्न साँचो चाहिएको छ। यसका लागि हामीमा अनुकूल सोच चाहिन्छ। शङ्का, उपशङ्का र रागद्वेषबाट टाढा रही विश्वासको वातावरण सिर्जना गर्नुपर्छ। पक्ष र विपक्ष मिलेर आर्थिक, सामाजिक र राजनीतिक समस्याहरू सुल्झाउँदै जानुपर्छ। सैद्धान्तिक वा राजनीतिक वादविवादमा अल्भि्कएर हामीले अब पनि समय खेर फाल्नु हुँदैन। सीमित स्रोतबाट असीमित माग पूरा गर्नुपर्ने देशमा पक्ष र प्रतिपक्षबीच सधैँ वादविवाद भई नै रहन्छ। दुवैको लक्ष्य आखिर देशविकास नै गर्ने हो भने सत्ताको प्रतिस्पर्द्धा किन? हारालुछ किन? के एकले अर्कालाई साथ दिएर यो देशलाई माथि उचाल्न सकिँदैन र?

विकासकार्यको थालनी गर्दा राजनीतिक उतारचढावमा सधैँ ‘पर्ख र हेर’ को नीति अपनाउन सकिँदैन। एकताका विश्व बैङ्कको गोष्ठीमा एकजना वरिष्ठ योजनाविद्ले आफ्नो अवधारणापत्र पेस गर्दै २५ वर्षपश्चात् नेपालले प्राप्त गर्न सक्ने उपलब्धिका उज्याला पक्षहरूलाई तथ्याङ्कका माध्यमबाट प्रस्तुत गरेका थिए।

मैले भनेँ, ‘म अहिले ६० वर्ष नाघिसकेको छु। २५ वर्ष पर्खने समय मसँग छैन। म मर्नुभन्दा पहिले मेरो देश राम्रो भएको हेर्न चाहन्छु। यो मेरो जन्मसिद्ध अधिकार हो।’ नेपाललाई विकास गर्न २५ वर्ष कुर्नुपर्दैन। चाहना गर्‍यो भने पाँच–दस वर्षभित्र नै यो सानो मुलुकलाई शान्तिपूर्वक बस्न योग्य बासस्थानका रूपमा विकसित गर्न सकिन्छ। हामीसित स्रोत, साधन, सम्भावना सबै छन् र हाम्रा छिमेकीहरू समृद्धशाली बन्दै गइरहेका छन्। विकासका अल्याख ढुकुटीहरू हाम्रा दायाँ–बायाँ सर्वत्र छन्। विकासका यी ढुकुटीहरूको साँचो पनि हामीसितै छ। बस्, हामीले त्यो साँचो घुमाउनु मात्र परेको छ।

राजनीतिक क्रान्तिपछि आर्थिक वा आर्थिक क्रान्तिपछि राजनीतिक! यो त कुखुरा पहिले कि फुल पहिले भनेजस्तै हो। देशविकासका लागि राजनीतिक मुद्दा मात्र होइन, सामाजिक, आर्थिक, शैक्षिक एवम् प्रशासनिक शुद्धीकरणलाई पनि प्राथमिकता दिनुपर्छ। राजनीतिको धारलाई स्थिर बनाउने हो भने अन्य अत्यावश्यक पूर्वाधारहरूमा पनि दिगो विकास गर्नु जरुरी छ। इटलीमा कैयौँपटक प्रधानमन्त्री परिवर्तन हुन्छ। जापानमा पक्ष–प्रतिपक्षको उतारचढाव भइरहन्छ। तर न त त्यहाँ प्रशासनमा परिवर्तन हुन्छ, न त सामाजिक संरचनामा। त्यहाँ आर्थिक विकासका क्रमहरू कहिल्यै रोकिँदैनन्। धेरै टाढाको कुरो के गरौँ, कतिपय सार्क मुलुकहरूमा पनि अत्यन्त तरल र सम्वेदनशील राजनीतिक उतारचढावका बाबजुद पनि देशविकासको संयन्त्रमा फरक पर्दैन। त्यहाँ परिपक्व प्रशासनिक प्रक्रियाअन्तर्गत राज्यलाई स्वतःस्फूर्त रूपले सञ्चालन गरिएको हुन्छ। एउटा सरकार आउने या जाने प्रक्रियामा प्रशासन ठप्प भएर बस्तैन।

विकासोन्मुख अपूर्ण मानव–समाजमा यस्तो कुनै पनि राज्यव्यवस्था छैन, जसले यो अपूर्ण संसारमा जादुको छडीबाट आर्थिक क्रान्ति ल्याउन सकोस्। जोड–घटाउको, लेनदेनको आर्थिक अङ्कगणितबाट मात्र देशमा आर्थिक क्रान्ति आउँदैन। केही जग्गा र केही धनसम्पत्ति केही विपन्न व्यक्तिहरूलाई वितरण गरिँदैमा गरिबी–निवारणको समस्या सुल्भि्कँदैन। नेपालमा कसको कति नै जग्गा छ र? के उनीहरूको जग्गा वितरण गर्दैमा सबैलाई पुग्दो हुन्छ? फेरि नेपालमा कोसित कति नै पैसा छ र? के त्यो पैसा सबैलाई बाँड्दैमा देश सम्मृद्धशाली हुन्ा सक्छ र? आर्थिक क्रान्ति भौतिक पूँजीबाट होइन, बुद्धि र विवेकबाट हुने हो। त्यसैले स्रोत र साधनलाई प्रक्रियामा समायोजन गरी बलियो र व्यावहारिक आर्थिक नीति ल्याउनुपर्छ। हामी सबैलाई थाहा छ नेपालको आर्थिक क्रान्तिको ऊर्जा पानी, पर्यटन र कृषिमा छ। तर राष्ट्रका ती अल्याख स्रोत र साधनका ऊर्जाबाट कनेक्सन मिलाउने हो भने हामी सजिलै विकासको बत्ती बाल्न सक्छौँ।

माओवादी पार्टीले त्यस्तो बत्ती बालेर दस वर्षभित्र आर्थिक क्रान्ति ल्याउँछौँ भनेर भाषण गर्दा पहिले तालुमा आलु फलाइरहेका केही नेता, अर्थविद्, योजनाकार र बुद्धिजीवीहरू चकित परे। माओवादीको यो कथनमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन। दस वर्षको छोटो अवधिभित्र माओवादीले कसरी राजनीतिक सफलता हासिल गर्‍यो, वास्तवमा त्यो पो हो अचम्मको विषय। तीन दशकसम्म प्रचण्ड र माओवादीहरू भूमिगत भएर राजनीति गरिरहे। लौरोको आडमा लामो छिरबिरे दारी भएको चिउँडो राखेर थकाइ मारिरहेका भूमिगत प्रचण्डको तस्बिर अहिलेसम्म हाम्रो नजरबाट हटेको छैन। को हो त्यो अकल्पनीय आकाङ्क्षा बोकी हिँड्ने वनवासी? प्रचण्डको जिन्दगी एउटा दन्त्यकथाजस्तो लाग्थ्यो। जब प्रचण्ड र बाबुराम दिल्ली गए, हिन्दूस्थानका सबैभन्दा छुच्चा सञ्चारकर्मी करण थापर र पूर्वप्रधानमन्त्री आई. के. गुजराल समेतले प्रचण्डको तारिफ गरे। त्यो बेला एउटा नेपालीको हैसियतले मनमा एक किसिमको गौरवको अनुभूति भयो।

बेलायतबाट प्रकाशन हुने ‘द इन्डिपेन्डेन्ट’ पत्रिकाको ३०/०६/२००८ को अङ्कमा ‘We are trying our best to understand democracy’ भन्ने लेख
छापिएको थियो। त्यसमा लेखक Raymond Whitaker ले प्रचण्डसँग लिइएको अन्तर्वार्तासमेत प्रकाशित गर्दै प्रचण्डको आर्थिक नीति ‘Socialism come after capitalism’ लाई उल्लेख गरिएको थियो। सो लेख पढेपछि मैले प्रचण्ड र सिङ्गापुरका लि क्वान युमा धेरै फरक देखिनँ। लि क्वान यु पनि एकताका कट्टर वामपन्थी थिए। उनी जब सिङ्गापुरका प्रधानमन्त्री भए, उनले क्यापिटलिजमका माध्यमबाट सिङ्गापुरलाई संसारको एउटा विकसित मुलुक बनाए। लि क्वान युको सफलता एउटै सत्यमा आधारित छ, त्यो हो देशका सबैलाई धनी बनाउने हो भने पहिले देश धनी बन्नुपर्छ। अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधामन्त्री हुनुभएको छ। उहाँले एकचोटि लि. क्वान. युको …Towards the First World’ भन्ने किताब पढ्नैपर्छ।

नेपालमा मात्र होइन, सारा दक्षिण एसियाकै एउटा कटु राजनीतिक विडम्बना के हो भने सरकार पक्षले जतिसुकै राम्रो काम गर्न खोजे पनि त्यसलाई सैद्धान्तिक एवम् प्राविधिक खिचोला र विघ्नबाधा तेर्स्याएर सरकारको कामलाई कार्यान्वयन गर्न दिइँदैन। प्रचण्डको प्रगतिशील आर्थिक अवधारणालाई अब माओवादीका कट्टर कम्युनिस्ट समूहबाट होइन, खुल्ला अर्थनीति अवलम्बन गर्ने खाँटी डेमोक्य्राटहरूले समेत ‘अब हेर–हेर, माओवादीले क्यापिटलिजमको विचारधारा ल्याएर आफ्नो राजनीतिक सिद्धान्तबाट विमुख हुन खोज्यो’ भनी विहारी शैलीको लडाउ, भत्काउ याने Bihari syndrome नीति अपनाएर आलोचना गर्न बेर छैन।

माओवादीका प्रचण्ड र बाबुरामहरू, मलाई लाग्छ, वैज्ञानिक एवम् व्यावहारिक राजनीतिज्ञहरू हुन्। उनीहरू अबको दस वर्षभित्र आर्थिक क्रान्ति ल्याउँछौँ भनिरहेका छन्। यसमा हामीले कुनै शङ्का गर्नुपर्ने आवश्यकता छैन।
विकासका अथाह सम्भावनाहरू हामीलाई पर्खेर बसिरहेका छन्, तर ती सम्भावनाहरूलाई यसअघि पहिचान गर्न मात्र सकिएको थिएन। सुनौलो भविष्यको ‘अल्हादिन ल्याम्प’ हाम्रो प्रकृति र संस्कृतिको ढुकुटीभित्र कहीँ लुकेर बसिरहेको छ। एकचोटि कुनै एक बुद्धिमान्, विवेकशील, इमानदार, कटिबद्ध र प्रतिबद्ध नेताले त्यो ‘अल्हादिन ल्याम्प’ खोजेर त्यसको जादुको स्वीचलाई दबाउन जान्यो भने, ‘कहो आका! क्या हुक्म है?’ भन्दै लामा–लामा जुँगा मुसारेर हाम्रो आर्थिक क्रान्तिको जिन हाम्रा सामु हाम्रो सेवा गर्न उपस्थित हुनेछ।

यसै सन्दर्भमा एउटा कथा उल्लेख गर्न मन लागेको छ। कुनै देशमा एउटा ग्वाला थियो, खूब मिहिनेती र खूब इमानदार। घरमा दूध दिने छ–सातवटा भैँसी पालेर आफ्नो जीविकोपार्जन गर्ने मात्र होइन, बचेखुचेको पैसाबाट ऊ अन्य सामाजिक र धार्मिक कार्यहरू पनि गर्थ्याे। बिहान ६ बजे उठेर आफ्ना भैँसीहरूलाई नदीमा लगी नुवाइधुवाइ गराउँथ्यो, अनि आँगनको सफा गोठमा बाँधेर पौष्टिकतायुक्त दाना र हरिया घाँसहरू ख्ाुवाउँथ्यो। ग्वालाले आफ्नो परिवार मात्र होइन, गाउँका थुप्रै मानिसहरूलाई पनि जागिर खुवाएर दूध उत्पादन गर्ने एउटा उद्योगै सञ्चालन गरेको थियो। कामदारहरू र आफ्ना सबै परिवार मिलेर भैँसीहरूको स्याहारसुसार गर्दथे। त्यो ग्वाला दिनहुँ आफ्नो घर मात्र होइन, भैँसीको गोठमा पनि पानी छर्कदै एकदम सफासुग्घर गर्थ्याे। रमाइलो वातावरणका कारण ग्वालाको घर, आँगन र गोठ अत्यन्त आनन्ददायी थियो। भैँसीलाई सधैँ आफ्नै बालबच्चालाई जस्तै गरी स्याहारसुसार गर्दा भैँसीले पनि बढीभन्दा बढी गुणस्तरीय दूध दिन्थ्यो। यसरी आएको दूध आफ्ना बालबच्चाहरूलाई र काम गर्ने मानिसहरूका परिवारलाई समेत पुग्थ्यो। बढी भएको दूध ग्वालाले गाउँ–सहरमा बेच्न लान्थ्यो। आम्दानी पनि राम्रै थियो। त्यो आम्दानीले बच्चाहरूलाई राम्रो शिक्षा प्रदान गर्न र अन्य आवश्यक खर्च गर्न सजिलै पुग्थ्यो।

एक दिन त्यस देशका प्रधानमन्त्री आफ्ना कार्यकर्ताहरूका साथ त्यही गाउँमा पुगे। हिँड्दाहिँड्दा प्रधानमन्त्री र उनका कार्यकर्ताहरू सबै थाकिसकेका थिए। ग्वालाको घरअगाडि रहेको वरपीपलको एउटा चौतारीमा उनीहरू बसे। उनीहरूले ठीक अगाडि ग्वालाको दुईतले रहरलाग्दो पिँढी र रूखैरूखले भरिएको

बगैँचा देखे। बरन्डाभरि सुकेका मकै र राता खुर्सानी झुन्ड्याइएका थिए। पिँढीमा रातो माटोले पोतिएको थियो। अनि त्यसको ठीक अगाडि एकदम सफा गोठ र ह्ष्टपुष्ट भैँसीहरू मजाले कुँडो खाइरहेका थिए। प्रधानमन्त्री ग्वालाको रहरलाग्दो घर र पिँढी देखेर तगारो खोलेर भित्र पसे। ग्वालाले प्रधानमन्त्री भित्र पसेको देखेर आफ्नो पिँढीमा चकटी बिछ्याई उनको स्वागत गर्‍यो। प्रधानमन्त्री भोकाएको पाएर ग्वालाले आफूसित भएको मीठो र बाक्लो दूध खान दियो। दूध अति मीठो थियो। प्रधानमन्त्री दूधको तारिफ नगरी बस्न सकेनन्, ‘कति मीठो पौष्टिक दूध!’

प्रधानमन्त्री असल खालका मानिस थिए। उनको मनमा आयो — यो दूध मैले सबै जनतालाई खुवाउन पाए कस्तो राम्रो होला! प्रधानमन्त्रीले ग्वालासित भएको सबै मीठो र पौष्टिक दूध घैँटामा राखेर गाउँका सबै जनतालाई बाँड्न लगे। जनताले पनि प्रधानमन्त्रीको जयजयकार गर्दै रमाई–रमाई दूध पिए। जनताले स्वाद लिई–लिई त्यो ग्वालाको मीठो दूध खाएको दखेेर प्रधानमन्त्री दङ्ग परे र भोलिपल्ट पनि आफ्ना कार्यकर्ताहरू प्ाठाएर ग्वालाको घरको दूध लिन पठाए। ग्वाला दङ्ग पर्‍यो – ओहो! प्रधानमन्त्रीले त मेरो दूध कति मन पराएछन्! खुसी भएर उसले आफ्नो भएभरको दूध प्रधानमन्त्रीकहाँ पठायो।

दुई–तीन दिनपछि फेरि प्रधानमन्त्रीले ग्वालाकहाँ दूध लिन पठाए। एकचोटि होइन, दुईचोटि होइन, बारम्बार प्रधानमन्त्रीले दूध लिन पठाएको देखेर ग्वाला दिक्क भयो। देशका प्रधानमन्त्रीलाई केही भन्न पनि सकेन र नदिई बस्न पनि भएन। ग्वालालाई ठूलो आपत् पर्‍यो। यति मिहिनेत गरेर, भैँसीहरूको स्याहारसुसार गरेर बढीभन्दा बढी गुणस्तरीय दूध भैँसीबाट दुहुने, तर सबै दूध गाउँका सबै जनतालाई दिने गर्दा उसलाई ठूलो मर्का पर्न थाल्यो। उता प्रधानमन्त्रीको मनसाय पनि राम्रै थियो — एकजना भएको मान्छेसित लिएर नभएका आफ्ना जनतालाई दूध वितरण गरिदिने।

दूध दिँदादिँदा ग्वालाको अवस्था झन्–झन् बिग्रँदै गयो। श्रमअनुसारको फल प्राप्त नहुँदा उसमा मिहिनेत गर्ने इच्छा नै जागेन। भैँसीलाई नुहाउन र स्याहारसुसार गर्न पनि सकेन। बिस्तारै भैँसीहरू कम हुँदै गए। त्यसले गर्दा कामदारहरूलाई काम दिन सकेन। गोठको अवस्था दयनीय हुँदै गयो। गोबर त्यसै फ्याँकिएको हुन्थ्यो। हुँदाहुँदा फोहोरमैलाले गर्दा गोठभित्र मात्र होइन, बाहिर पनि दुर्गन्धित हुन पुग्यो। भैँसीका जीउभरि झिँगा भन्किरहन्थे। भैँसीले दूध दिने

क्रम पनि बिस्तारै कम हँुदै गयो। केही महिनापछि भैँसी पनि खान नपाएर बिरामी भयो र अन्त्यमा मरि पनि हाल्यो। भैँसीको दुर्दशा देखेर ग्वालाको मन रोयो। परिवारमा पनि पहिलेजस्तो आनन्दपूर्ण वातावरण रहेन। पहिले दूध बेचेर कमाएको पैसाले धर्मकर्म पनि गर्न पाउँथ्यो। अब न त बेच्नका लागि दूध नै थियो, न त पैसा नै। तैपनि आफ्नो दयनीय हालत उसले प्रधानमन्त्रीलाई सुनाउन सकेन र प्रधानमन्त्रीले पनि त्यो ग्वालाको वेदना बुझ्न सकेनन्।

पछि जब प्रधानमन्त्रीले मागेजति दूध ग्वालाले दिन सकेन, रिसले चुर भएर ‘मैले दूध माग्दा पनि नदिएको’ भन्दै प्रधानमन्त्री आफैँ ग्वालाको घरमा
पुगे। पहिलेजस्तै प्रधानमन्त्रीले वरपीपलमुनिको चौतारामा बसेर केही क्षण आराम गरे। तर ग्वालाको घरमा उराठलाग्दो वातावरण देखेर प्रधानमन्त्रीको मनमा अलि चिन्ता जाग्यो। बरन्डामा न त सुकेको मकै नै थियो, न त राता खुर्सानी झुन्डिएका नै थिए। घरको आँगन सुनसान थियो। गोठको दुर्गन्धित हावाले गर्दा चौतारीमा बसेका प्रधानमन्त्रीले नाकसमेत थुन्नुपर्‍यो। पहिले गोठमा छ–सातवटा भैँसीहरू थिए। अहिले अस्थिपञ्जरजस्तै दुब्ला–पातला दुईवटा भैँसीहरू क्वाँ–क्वाँ कराइरहेका थिए। ग्वालाको फोहोर घर देखेर प्रधानमन्त्री घरभित्र पसेनन् र कार्यकर्तालाई भनेर ग्वालालाई चौतारीमा बोलाए। दुब्लो, पातलो, च्यातिएको लुगा लगाएको ग्वाला दुई हात जोडेर प्रधानमन्त्रीको खुट्टैमा ढोग्न पुग्यो। उसले भन्यो, ‘हजुर! अहिले मैले दूध दिन सकिनँ, माफ पाऊँ। मैले जति सकेँ, त्यति दूध हजुरलाई पठाएको हुँ। मेरा भैँसीहरू मरे, आम्दानी पनि भएन। पहिलेजति काम पनि गर्न सकिनँ। आम्दानी नभएपछि मैले नयाँ भैँसी किन्न सकिनँ र गोठमा सरसफाई पनि गर्न सकिनँ।’

प्रधानमन्त्रीको इच्छा थियो आफ्ना जनतालाई दूधैदूधले नुहाइदिने। तर जनतालाई दूधले नुहाइदिनका निमित्त दूध पनि त हुनुपर्‍यो नि! अन्तमा प्रधानमन्त्रीका आँखा खुले, ‘ओहो! मैले त भूल पो गरेको रहेछु। सारा जनतालाई दूधले नुहाइदिने मेरो सपना तब मात्र साकार हुन्ोछ, जब म त्यति नै दूध उत्पादन गराउन सक्नेछु। दूध जबर्जस्ती उत्पादन गर्न सक्ने चीज होइन रहेछ। प्रशस्त दूध उत्पादन गर्नका निमित्त मिहिनेत, माया, प्यार सद्भावना, उत्साह, उमङ्ग सबै चाहिँदा रहेछन्।’

यो कुरो बुझेपछि प्रधानमन्त्रीले भएभरका ग्वालाहरूलाई बोलाएर बढीभन्दा बढी दूध कसरी उत्पादन गर्न सकिन्छ भन्ने योजना बनाए। कहाँ–कहाँ कुन–कुन क्षेत्रमा गाई, भैँसी, बाख्राहरू च्ारिचरन गर्न–गराउन सकिन्छ, त्यहाँको वातावरणलाई कसरी संरक्षण गर्न सकिन्छ, दूध–उत्पादनका निमित्त ग्वालाहरूलाई के–के कुराहरू उपलब्ध गराउन सकिन्छ, उत्पादन गरेको दूधलाई कसरी गाउँघरमा पुर्‍याउन सकिन्छ, दूध बढी उत्पादन भयो भने दूधबाट कसरी नकुहिने र नबिग्रने बटर, चीज र पाउडरदूधजस्ता वस्तुहरू उत्पादन गर्न सकिन्छ आदि–इत्यादि कुराहरूबारे छलफल गरे। त्यसपछि त्यहीअनुसार काम गरी ग्वालाहरूलाई आवश्यक सहुलियत प्रदान गरे र बढी दूध र दूधका अन्य वस्तुहरू उत्पादन गरी जनतामा वितरण गरे।यसरी ग्वालाहरू र प्रधानमन्त्रीको आपसी समझदारीबाट दूध–उत्पादनमा क्रान्ति आयो र साँच्चै त्यो देशका जनताले दूध मात्र होइन, दूधबाट बन्ने सबै चीजहरू उत्पादन गरेर अर्काे देशमा समेत बेच्न पाए। अनि ग्वालाहरूको मात्र होइन, सम्पूर्ण देशकै आर्थिक समुन्नतिसमेत हुन पुग्यो र त्यो देशमा सधैँ सुखमय वातावरण छायो। सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला।

1512 Total View 9 Today View

7 comments to पुस्तक अंशः खोज (भाग ७)

  • Birkhe

    हामी Dual Identity Syndrome आँफैलाई भूत देख्ने रोगबाट पीडित रहेसम्म ………. गाह्रो छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Madhu Madhurya

    कर्ण दाइको लेख सार्है रमाइलो / घतलाग्दो छ – पढ्दै जाँदा वहा सफल चिन्तक -लेखक हो कि भन्ने छाप पर्छ नै , जब वहाले लेख्नु भयो : ” ..माओवादीका प्रचण्ड र बाबुरामहरू, मलाई लाग्छ, वैज्ञानिक एवम् व्यावहारिक राजनीतिज्ञहरू हुन्। उनीहरू अबको दस वर्षभित्र आर्थिक क्रान्ति ल्याउँछौँ भनिरहेका छन्। यसमा हामीले कुनै शङ्का गर्नुपर्ने आवश्यकता छैन।….” वहा देशको चिना हेर्ने ज्योतिषी पनि हुनु हुन्छ कि जस्तो लाग्यो ! वहाको भविष्य-वाणी सफल होस् ,,,,

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • Ramu Basyal

    कर्ण जी हजुर माहान हुनुहुन्छ वास्तबमा नै अनुसरण गर्नु उत्तम छ

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 2

  • Sagar Sigdel

    we need more Karna Sakya in Nepali literature.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 2

  • तुयू भाजु उदास

    यस कथाको प्रधानमन्त्री लाई जस्तै हाम्रा मन्त्रीहरुको दिमागमा पनि अबेला नहुँदै घाम लागोस भन्ने कामना गर्दै कर्णजी लाइ एउटा सुझाव – यो पुस्तक प्रमुख पार्टीका नेताहरु र यो समय सत्तासीन मन्त्रीहरुको हातमा पनि पुर्याउने प्रयास गरेमा अरु राम्रो नतीजा हासिल हुन्छ कि – व्यवहारमा नै , विपनामा नै !!

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 5

  • कति राम्रो लेख

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 2

    • LB Thapa

      मैले यो अनलाइन साइट प्राय नबिराइ पढ्ने गर्छुँ । बिगत केहिँ समयदेखि कर्ण सरको पुस्तक अनलाइनमा पढ्दै आएको छुँ मलाइ अत्यन्तै खुसी लागेको छ । साथै अस्तिभरखर पब्लिस्ड भएको पुस्तक कलम पनि पढ्न पाए ठिक हुने थियो भन्ने लाग्या हो । म प्युठान जिल्लामा भएको हुनाले त्यो पुस्तक टिभि र रेडियोमा बिज्ञापन मात्र सुनियो तर जिल्लामा पुस्तक उपलब्ध हुन सकेन । धेरै कोशिष गर्दा पनि पाइएन । यदि राख्न मिल्ने भए यसै गरी राखिदिनुभए म जस्ता अनलाइनका पाठक आभारि हुने थियौँ की ।

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2