मेरो Tweet

  • RT @RajeshGurung2: गोलढुंगा र धर्मस्थलीको सीमाबाट मलखाल्डोमा लुकाइराखेको एसएलआर, थ्री नट थ्री, म्यागनम, इफल आदिमा प्रयोग हुने ३ सय २ राउण्ड…
  • Wow~ Flickr ले त क्रान्ति नै गर्‍यो नि 1 TB स्पेस फ्रि दिएर। अब फूल रेजोल्युसनको फोटो ढुक्कैसँग अपलोड गरिन्छ t.co/w0hYADkpOb
  • @KC_Prasanna @arpan_shrestha ..and just now, i got new PIN from Butwal. Its a long story, will write blog on it. Thanks for your help.

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

यस्तो हुँदो रहेछ ‘मृत्यु उत्सव’


बत्ती नभएकोले ल्यापटप चार्ज नहुने र इन्टरनेट पनि राम्रोसँग नटिप्ने हुनाले यहाँ देखिएको तामाङ मृत्यु संस्कार ‘घेवा’ मा देखिएका दृश्यहरुको वर्णन र फोटो अनि भिडियो विस्तृत अपलोड गर्न सकिने अवस्था छैन। माथि देखिएको फोटो घेवाको मुख्य दिन अर्थात् दोस्रो दिन दिउँसो नाच्नेहरुको हो। घेवा घरभन्दा माथि गई उनीहरुले मेकअप गर्दा रहेछन्। त्यहीँ मेरो क्यामेराका लागि उनीहरुले फोटो सेसन गरेका। त्यही रात एक बजेदेखि बिहान उज्यालो नभएसम्म लामाहरु र मुकुन्डो लगाएकाहरु नाच्दा रहेछन्। दिउँसोको नाच रमाइलो हुने रहेछ। मान्छेहरुलाई हँसाइ हँसाइ कायल पार्ने रहेछन्। बारीको कान्लामा बसेर हेर्ने गाउँलेहरु पनि टन्नै हुँदा रहेछन्। सबैको अनुहारमा मुस्कान। पहिलो पटक देखेँ यस्तो ‘मृत्यु-उत्सव’, रमाइलो लाग्यो।


रातभर बीचमा आगो बालेर चारैतिर नाच हुन्छ। त्यसमध्येका एक पात्र।

यसैसँग सम्बन्धित ब्लगहरु
‘मरिसकेपछि पाल्नुपर्ने’ अनौठो चलन
‘लालमाईको पोइ’ हिँड्यो घेवा हेर्न

15 comments to यस्तो हुँदो रहेछ ‘मृत्यु उत्सव’

  • Dig Bahadur Tamang

    सलोक्यजिलाई पुन धन्यवाद, बहु \ उहाँ ले दोरोम्बा पुगेर लाल माम (बज्यै)को क्रिया (घेवालाई) नजिकबाट अबलोकन गर्नु भएर बिस्तृत जानकारी दिनु भयो र अरुको सक्रिती को बारे बेवास्ता गर्नेलाई राम्रो संग ज्ञान दिलाउनु भो | मानिस जन्मे पछि ढिलो य चांडो मर्नु पर्छ | कसैले हरियो बाँसमा संख फेकर पाँच वटा पिण्ड दिएर दहसंकर गर्छन काँही खाल्डो खनेर मृत सरिर लै राख्ने चलन छ | मैले पहिले पनि भनि सङ्के पुन अबगत गर्न चाहन्छु | दिंसो नाच्नेलाई लामा भासमा लाखे नभनेर ज्युन्ग्मा भन्छन, त्यो रमाइलोका लागि न नाचेर लामाको शास्त्र नाचेको हुन्छ | राती नाचेको लै Rhabnai भन्ने चलन छ | यो बिषयमा बढी जान्न चाहनु हुञ्छ भने कृपये बुक ओफ \death र बुक ओफ फुवा पढ्नु होला |
    तामांग हरुको मृत sasnkar धेरै सभ्यत पूर्ण छ | धेरै पश्चिमी देशका Bidwon हरुले अनुशन्धान गरि सकेका छन् | एकले अरुको संक्रिती संस्कार लै आदर गरेर हेर्नु नै सद्भाव हो | मानिस जन्मिदै कुनै ठुलो सानु भेयेर जन्मेको हुँदैन | हामी मानव भएर जन्मे पछि मानविय दृष्टिले हेर्ने गर्नुपर्छ | पुन उमेश्ज्योलाई धन्यवाद |

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 1

  • अनुराधा पौडेल

    लालमायाको पोइले देको खबर साह्रै मन छुने रैछ । मृत्यू उत्सबमा पनि हाँसो !!

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • Being of that culture, It’s called MASHAN NAACH these figures represent spirits and they are manipulated by Lama (Priest). Actually it’s comic ritual demonstration to console agrieved family and relatives. That’s final day to all rituals of death.

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • pakhreli chyangba

    कुरा चित्त बुज्दो छ, जुन तस्बिरमा देखिन्छ दिउसो नाच्नेलाई लाखे भनिन्छ र राती नाच्नेलाई भक्फो भनिन्छ ..

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

    • Ramesh babu

      गलत ! नेवार समुदाय को येस्तै भेष भूसा सहितको न्रित्ये लाइ मात्र लाखे भक्कु भनिन्छ यो तामांग समुदायको घेवा मा गर्ने भूत न्रित्येहो !

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 7

  • मृत्यु शास्वोत सत्य हो | मृत्यु पश्चात स्वोकाकुल भएका परिवारजन हरु लाइ कसरि सहजी कारण र शन्तोन दिने भन्ने आ आफ्नो जात जति बिशेष को परम्परा हो | मृत्यु संस्कार लाइ समेत चाहड को रुपमा रमाइलो गरि मनाइने घ्यवा प्रथा बिस्तारै -२ लोप हुन लाग्दा ज्यादै दुख : लाग्छ | चार ४ जात छ्त्तिश ३६ बर्ण तथा अनेक जात जातिमा मा फुलेका संस्कार र संस्कृति लाइ मास्न बिदेशी तात्तो हरुले आँखा गडदा र नेपालीहरु अर्काको लोभ र लालचमा फसि धर्मपरिवर्तन गर्न पुग्दा यस्तो महत्तो पूर्ण संस्कृति संकट मा पर्न थालेको छ | बाहुन छेत्री हरु पैसा र विदेश भ्रमणको लोभमा र बहुसंखेक तामांग ,र लिम्बु हरु रोग र भोक निवारण हुन्छ भन्ने आशमा र सानातिना इस्कुल ,धारा खानेपानी चर्वी बनाइदिएको भरमा धर्म परिवर्तन गर्ने गरेको पाइन्छ | यसको अर्थ हो राज्यले समान रुपमा सबै वर्ग लाइ निउनतम मानवीय आधारभूत आबश्यकता जस्तै ( आर्थिक ,सामाजिक ,धार्मिक ) र राजनैतिक चेतना पुर्याउन नसकेकै कारण यस्तो हुन गएको हो | त्यसैले राज्यले ति क्षेत्र हरुमा जति सक्दो ध्यान पुरयाओश |

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 0

    • cRIS

      हामी कहिले काही नसोची बोल्ने गर्दछौ, अनि त्यसपछि नसोची नै लहै लहैमा नै कर्तुत गर्न पनि पुग्छु| कर्तव्यबोध गर्न त परे जावस, दोषको ‘निमित्त नायक’ आफु बाहेक वरीपरीबाटै चुन्ने काम पनि, कुनै हीनताबोध नगरी जोडतोडका साथ् गरीहाल्छौ| फरक भनेको यति नै हो!

      अहिले संघियताको कुरो निस्किएको पनि यस्तै कुराहरुले गर्दा हो| यस्ता संस्कृति हेरेर हामी गर्ब गर्छौ, रमाईलो मान्छौ तर यस्ता संस्कृतिहरु नै जोगाउनु पर्छ, सम्मानित बनाउन पर्छ भनि संघियताको कुरा आउदा चाहि, धारे हात लगाउछौ! पहिलेको राज्य व्यवस्थाले यस्तै संस्कृतिहरुलाई लोपोउन्मुख बनाएर, “एक भाषा एक भेष” नीति ल्याएका थिए| धेरै मासिए पनि अलि अलि कुना-काप्चा तिर यसरी बचाईराखेका छन| यस्ता राम्रो लाग्छन भने, यसलाई जगेर्ना गर्न तिर लागु न??

      अनिल शाह जस्तो rhetoric भाषणमा चाही संस्कृतीलाई अगाडी राखेर पर्यटन ब्यबसाय गर्ने भन्ने तर संघियताको कुराको चाही बिरोध गर्दा, अलिक self-contradictory कुरो भएन र?? बिचार पुर्याउन आवस्वक छ|

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • अनौठो !

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • Lalit Narayan

    मृत्यु भएकोमा उत्सव मनाएको हैन, मृत्यु पछि शोकाकुल परिवारको मन बहलाउनको लागि नाचगान, रमाइलो गरेको जस्तो लाग्यो l यदि यसो हो भने यो संस्कार एकदम बैज्ञानिक लाग्यो मलाई, अरु साथीहरुलाई कस्तो लाग्यो?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 66 Thumb down 5

  • yangi tamang,milan,italy

    उमेश जी तामाङ सस्कार को घेवा बारेमा जानकारी दिनु भय्को मा धेरै धेरै धन्यवाद। मम को आत्मा ले शान्ती पाओस ।

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 0

  • स्वयम्भु सौरभ उपासक

    नेपालको यस तामांग संस्कृतिबाट प्रेरित भएर नै ओशो रजनीश र आर्य – समाजीहरुले पनि ‘मृत्यु उत्सव ‘ को पक्षमा विशद व्याख्या र वकालत गरेको पढ्न पाइन्छ. फोटोको लागी धन्यवाद !

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 5

  • Ramesh Tamang

    मैले देखेको पहिले व्यक्ति हो तपाई .. जसले तामांग जातिको घेवा नाच परम्परालाई सबै सामु पुराउने प्रयास गर्नु भयो ,, हामी तामांग त जन्मे देखि नै रमाइलो गर्दै नाच्दै ठिक छ यस्तो प्रति कसैको ध्यान हुन्न जेहोस तपाइले यती काम गर्नु भयो सारै खुशी लग्यो video हेर्न पए अझ आभारी हुनेछ ..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 86 Thumb down 5

  • Shiva

    तामांग समाझको संस्कार येही हो मरे पनि बाँचे पनि रमाइलो गर्छ तर अब हेर्नुस गाऊ गाउमा क्रिस्चेन बनिसकेको छ यो तामांग समजःको लागि घातक हुन सक्छ! येति राम्रो संस्कार हरु लोप् उन्मुख छ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 144 Thumb down 2

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker