Design by: Nischaltiwari.com.np

May 10, 2008

कोट

Filed under: समाचार र विचार — Administrator @ 4:07 pm

-सुषमा मानन्धर-
मेरो नाम सुराज हो। तपाई सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुवाले आफनो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्‍यो। मेरा नजिककाहरु मलाई “सु” भन्छन्। कहिलेकाहीँ त उनीहरुले यसरी बोलाउँदा केटाकेटीका लागि लघुशंकाको अर्थ लागेर हाँसो उठ्छ। मान्छे म भावुक छु र हाल सत्ताइसको भएँ। बी.ए.पास छु। मेरो घर काठमाडौंमा हो। हाल पेशाले टयाक्सी चालक भए पनि म आफूलाई ड्राइभर भन्न रुचाउन्न। यो मेरो केही समयको लागि गरिने काम मात्र हो। मलाई पढेर अझै धेरै गर्नु छ। स्नातक भएर पनि किन टयाक्सी चलाइस् भनी साथीहरु भन्छन् तर जागिर खानु सजिलो कहाँ छ र ? उसमाथि अहिले भनसुन नहुने कुनै ठाउँ नै छैन। चाकरी गर्दै हिंड्नु मेरो वशको कुरा हैन। शिक्षित बेरोजगारहरुको लाममा उभिनु भन्दा यो टयाक्सी चलाउनु कुन नराम्रो हो र ? भएको अलिकति पूंजीले टयाक्सी किनें। ड्राइभर राख्यो उसैलाई तलब दिनुपर्छ। त्यसैले अरु ड्राइभर राख्नुभन्दा आफै गाडी हांक्नु निको ठानें। फेरि आफैले चलाउने हुँदा अरु ड्राइभरले जस्तो समय र रकममा पाबन्द रहनु पनि परेन। मनमौजी तालको छु, मुड भएको दिन बिहानै टयाक्सी हाँक्छु, नभए दिनभरि पनि चलाउंदिन। घरमा सानो सुखी परिवार छ। आमा घरै बस्नुहुन्छ। बहिनी अझै स्कूल पढ्दै छिन्। चञ्चले स्वभावकी बहिनी, बहिनी भन्दा बढी साथी जस्ती छिन्। हरबखत मसँग जिस्किरहन्छिन्। म उसलाई औधी माया गर्छु। (more…)

नेपालको गणतन्त्र दिवस- जेठ १२ देखि १५ भित्र

Filed under: समाचार र विचार — Administrator @ 12:26 am

प्रतीक्षाको घडी सकिँदैछ। नेपालमा शाहवंशको अन्त्यको विधिवत् घोषणा हुने दिन अर्थात् नेपाल गणराज्यको गणतन्त्र दिवस जेठ १२ गतेदेखि १५ गतेभित्र अर्थात् मे २५ देखि २८ भित्रको कुनै पनि दिन हुने निश्चित भएको छ। यी चार दिन मध्ये कुन दिनलाई नेपालको गणतन्त्र दिवसका रुपमा भावी दिनमा अंकित गर्ने भन्ने निर्णय चाहिँ वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्ने भएका छन्।

संविधान सभाको निर्वाचन सम्पन्न भएपछि सात दलको शुक्रबार बसेको पहिलो बैठकले संविधान सभाको पहिलो बैठक जेठ १२ देखि १५ गतेभित्र गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको हो। अन्तरिम संविधान अनुसार नेपालमा गणतन्त्र घोषणाको कार्यान्वयन संविधान सभाको पहिलो बैठकले गर्नेछ। (more…)

एमालेको पनि एक सिट धरापमा

Filed under: समाचार र विचार — Administrator @ 12:02 am

संविधान सभाको पहिलो बैठकमा एमालेका प्रत्यक्षबाट निर्वाचित ३३ जना सभासद्हरु हुनु पर्ने भए पनि ३२ जना मात्र उपस्थित हुन पाउने भएका छन्। सिन्धुली १ बाट निर्वाचित भएको घोषणा गरिएका विषमलाल अधिकारीले राजतन्त्रको फैसला गर्ने ऐतिहासिक तथा महत्त्वपूर्ण संविधान सभाको पहिलो बैठकमा सहभागी हुन पाउने छैनन्। संविधान सभा अदालतले उनलाई मतगणनामा भएको अनियमिततासम्बन्धी मुद्दामा विपक्षीको जवाफ नआएसम्म शपथ ग्रहण नगर्न र नगराउन अन्तरकालीन आदेश दिएपछि एमालेको एक सिट धरापमा परेको हो।

यसअघि पनि महोत्तरीबाट विजयी घोषित फोरम उम्मेदवार शरदसिंह भण्डारीको नाम पनि विजयी उम्मेदवारको अन्तिम सूचिमा समावेश नगर्न संविधान सभा अदालतले अन्तरकालीन आदेश दिइसकेको छ। (more…)

May 9, 2008

अब कति दिन बाँकी ?

Filed under: समाचार र विचार — Administrator @ 3:16 am


संविधान सभाको निर्वाचनमा भोट खसाएपछि नङमा लगाइएको यो चिह्न अहिले यति माथि पुगिसकेको छ। यो चिह्न नङबाट पूरै हट्दासम्म नारायणहिटीबाट राजा पनि हट्लान त ? (more…)

संविधान सभामा कसको प्रतिनिधित्व कति ?

Filed under: समाचार र विचार — Administrator @ 1:49 am

(more…)

यी हुन् संविधान बनाउनेहरु

Filed under: समाचार र विचार — Administrator @ 12:06 am

हाम्रो देशको संविधान कसले बनाउँदैछन् त ? आउनुस्, संविधान बनाउनेहरुको नाम हेरौँ। सबैभन्दा पहिला निर्वाचन आयोगले बिहीबार विजयी घोषणा गरेका समानुपातिक उम्मेदवारको सूचि हेरौँ-

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत विजयी उम्मेदवारको नामावली
माअ‍ोवादी
1. लीलादेवी मेहता
2. जुब्बा सोरेन
3. ललिताकुमारी साह
4. सुनीताकुमारी महतो
5. प्रमिलादेवी यादव
6. बुधनिदेवी महतो
7. ज्वालाकुमारी साह
8. इन्द्रमती यादव
9. लक्ष्मीकुमारी चौधरी
10. सुकदैया चौधरी थारु (more…)

May 8, 2008

अब २१ दिनभित्र बस्नुपर्नेछ संविधानसभाको बैठक

Filed under: समाचार र विचार — Administrator @ 3:55 pm

निर्वाचन सम्पन्न भएको झण्डै एक महिनापछि आज निर्वाचन आयोगले सम्पूर्ण परिणामको घोषणा गरेको छ। आज समानुपातिकतर्फका उम्मेदवारहरु विजय भएको घोषणा गरेपछि निर्वाचनको चरण समाप्त भएको हो। अब संवैधानिक व्यवस्था अनुसार २१ दिनभित्र संविधान सभाको पहिलो बैठक बस्नु पर्नेछ। र, तपाईँहरुलाई थाहा छँदैछ पहिलो बैठकमा के गर्ने भनिएको छ। अर्थात् अब यही मे महिनाको अन्तसम्ममा अ‍ौपचारिक रुपमा नेपालमा शाहवंशको शासनको अन्त्य हुनेछ। (more…)

हामीले पाएर के गर्‍यौँ : नपाउनेहरुबाट सिकौँ

Filed under: समाचार र विचार — Administrator @ 12:47 pm

-राजेश राई-

“जात भएर होइन जाति भएर बाचौँ” पहाडकी रानी दार्जिलिङका हरेक बस्तीहरु अनि हरेक व्यक्तिहरुको आवाज हो यो। गोर्खाल्याण्डको माग गर्दै सन् १९८६ मा भएको रक्तपातपूर्ण आन्दोलनपश्चात् स्वायत्त परिषद्को नाममा “दार्जिलिङ गोर्खा पार्वत्य परिषद” पाए पछि अन्त्य भएको उक्त आन्दोलन आज फेरि ब्युँतिएको छ। तत्कालिन आन्दोलनका नायक सुवास घिसिङको नेतृत्वमा रहेको दागोपापले जनताका समस्याहरुमा ध्यान नदिई बंगाल सरकारको इशारामा काम गर्न थालेपछि, सम्पूर्ण गोर्खालीहरुमा नैराश्य अनि असन्तोषको भावना सिर्जना भएको थियो। तर घिसिङको दादागिरीसामु सबै निरीह मूकदर्शक भएर बस्नु सिवाय अन्य उपाय थिएन। यसै बीच छैठौ अनुसूचीको माध्यमबाट गोर्खालीहरुलाई आदिवासी र अन्य जाति भनेर छुट्याउने प्रयास समेत गरियो।

यता, गत वर्षको इण्डियन आइडलमा फाइनल चरणमा प्रशान्त तामाङको प्रवेशपछि उत्साहित बनेका नेपालीभाषी एकजुट भए। तर घिसिङ्ग नेतृत्वले देखाएको प्रशान्तप्रतिको बेवास्ता प्रति स्थानीय जनता आक्रोशित बनेका बेला प्रशान्त फ्यान क्लबका अध्यक्ष समेत रहेका विमल गुरुङले “गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)” नामक राजनैतिक पार्टीको स्थापना गरी छेडिएको शान्तिपूर्ण गोर्खाल्याण्ड आन्दोलनले घिसिङलाई मात्र पदमुक्त गरेन, बंगाल सरकारलाई पनि एकपटक सोच्न बाध्य बनाएको छ। प्रायः हरेक घरमा फहरिएको हरियो, सेतो र पहेलो रंग मिश्रित गोजमुमोको झण्डाले रंगिएका दार्जिलिङका बस्ती र सडकमा गुड्ने गाडीहरु अनि दिनहुँ निस्कने र्‍यालीहरुले गोर्खाल्याण्डको आन्दोलनलाई सँगै देखिने कंचनजंघाको शिखरमा पुर्‍याउने निश्चित प्रायः नै छ। (more…)

May 7, 2008

अब तपाईँको पालोः सभासदहरुलाई तलब कति ?

Filed under: समाचार र विचार — Administrator @ 12:48 am

सहमतिका नाममा नेपालीलाई आर्थिक भार पर्ने गरी ६०१ जनाको जम्बो संविधान सभा बनाएर दलहरुले जात्रा देखाएकै थिए। आखिर दलहरुले ह्विप जारी गर्ने हो भने ६०१ जना भए पनि उही हो, ६१ जना भए पनि उही हो भनेर सही कुरा राख्‍दा सुन्ने कोही भएनन्। अझ त्यतिले भएन भनेर हत्त न पत्त यी नेताहरुले संविधान सभाका सदस्यहरुलाई अहिले कै अन्तरिम संसदका सदस्यले जति पाउने सुविधा र भत्ता पाउने (अर्थात् प्रति महिना ४० हजारभन्दा बढी) निर्णय ठोकिहालेछन्। अन्तरिम संसदका ३३० जनालाई त यो रकम धान्न नसक्ने गरी बढी भयो भनिएको बेला झण्डै दोब्बरलाई त्यति रकमले पाल्नुपर्ने बोझ आइलागेको छ। तपाईँको विचारमा संविधान सभाका सभासदहरुको तलब सुविधा कति हुँदा ठीक होला ? अब तपाईँको पालो, आफ्नो विचार राख्‍नुस्। (more…)

काम छैन, काज छैन, खाने बेलामा लाज छैन

Filed under: समाचार र विचार — Administrator @ 12:38 am

नेपाली जनताको छ दशक लामो व्यग्र प्रतिक्षापछि मुलुकमा भर्खरै संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनका परिणामहरु आउनेक्रम जारी नै रहँदा गत आइतबार मन्त्रिपरिषद्को बैठक बस्यो। ऐतिहासिक निर्वाचन पछिको पहिलो सो बैठकका एजेन्डा र प्राथमिकता के हुन सक्छन् ?

सहजै अनुमान लगाउन सकिन्छ- नयाँ नेपालको खाका, राष्ट्रिय सहमतिका आधार, आउने दिनको राजनीतिक व्यवस्थापनसम्बन्धी गृहकार्यको तयारी निर्वाचनपछिको देशको शान्ति सुरक्षा, अकासिँदो महँगी नियन्त्रण, पेट्रोलियम पदार्थको सहज आपूर्ति, लामो समयदेखि अभाव रहेका निर्माण सामग्रीको सहज आपूर्ति, आवासीय विद्यालयहरुमा सुरु भएको चरम व्यापारको नियन्त्रण लगायतका यस्तै कयौँ जनजीविकाका विषय।

तर तपाइँले यी अत्यावश्यक र समसामायिक विषयले मन्त्रिपरिषद्को प्राथमिकता पाए होलान भनेर अनुमान लगाउनुभयो भने यो बिल्कुलै गलत सिद्ध हुनेछ। किनभने त्यसदिनको मन्त्रिपरिषद्को एजेन्डा बनेको छ संविधानसभा सदस्यले खाने सुविधा र भत्ताको। (more…)

Next Page »
* ************* ************

Powered by WordPress