मनोज गजुरेलको पाताल अनुभव-१

पृथ्वी गोलो छ र यो गोलो पृथ्वीको जुन भागमा हामी बस्छौँ, त्यसको ठ्याक्कैमुनि अमेरिका पर्छ। त्यसैले त यता दिन हुँदा उता रात पर्छ। धर्मग्रन्थहरुमा मुनिको लोकलाई पाताल भनिन्छ। अमेरिका त्यो अर्थमा पाताल हो। भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज गजुरेल माइसंसारका पाठकलाई आफ्नो पाताल अनुभव सुनाउँदैछन्।


‘यसभित्र गतिला सामाग्री छैनन्, कृपया च्यात्ने र फोड्ने काम नगर्नुहोला’– नेपाल एयरपोर्टका कर्मचारीका हजुरमा मनोज गजुरेलको नम्र निवेदन।

साम्राज्यवाद मोह

अमेरिकालाई साम्राज्यवादी भन्ने कम्युनिष्ट पार्टीका थुपै पूर्व नेता तथा कार्यकर्ताहरु अमेरिकामा भेटिन्छन्। उनीहरु ‘साम्राज्यवादको ढाडमा टेकेर टाउकामा हिर्काउन’ हैन– सम्पन्न, सफल र सहज जीवन बाँच्न अमेरिका पसेको बताउँछन्। के छ त त्यस्तो अमेरिकामा? केन्टकीमा बस्ने मालेका पूर्व कार्यकर्ता प्रीति सागर खत्रीको विचार मननीय छ– ‘अमेरिकाको अनुदान, सहयोग र समर्थनमा चल्ने नेपाली नेताहरुले ‘जसको जौ खाने, उसैको जुंगा मुड्ने’ काम छोड्नुपर्छ, हाम्रा कमरेडहरुलाई चेतना भया।’ केन्टकीभरी वामदेव गौतमले भनेको कुराको चर्चा छ–’हामीले भनेको समाजवाद त यहाँ उहिल्यै आई सकेको रहेछ।’ बाँकी बिश्लेषण गर्ने काम पूँजीवाद र मार्क्सवादका पण्डितहरुको हो ।’

नक्कली नेपाल

फ्लोरिडाका केशव पोख्रेल र हरि अधिकारीसँगको डिज्नी टुर अविस्मरणीय रह्यो। डिज्नील्याण्डको ‘मिनी नेपाल’का थोत्रा घरहरु, पुराना मन्दिरहरु, भत्किएका देवालयहरु– यसरी नेपालको हुबहु नक्कल गरिएको सानो नेपालले संसारभरबाट आउने पर्यटकहरुलाई गज्जबले तानिरहेको छ। काली गण्डकीको र्‍याफ्टिंग, भक्तपुरका पुराना घरहरु अनि सगरमाथाको टुप्पोसम्म रेल चढेर जाँदाको आनन्दानुभूति अहो! पैसा, प्रविधि र विवेकको प्रयोगबाट निर्मित यो ‘नक्कली नेपाल’ले लाखौंलाई लोभ्याएको देख्दा यस्तो लाग्छ– देश शान्त हुँदो हो त सक्कली नेपाल घुम्न छोडेर नक्कली नेपालको पछि को लाग्थ्यो?

‘आइडिया भए गरिबीबाट पनि कमाउन सकिन्छ’– फ्लोरिडा डिजनील्याण्डमा नमुना नेपालको नमुना मन्दिर नियाल्दै पर्यटकहरु।

अण्डरग्राडहरुको दुखेसो

‘अण्डरग्राडहरु’का लागि सोचेजस्तो छैन अमेरिका। ‘समर’को काम गरेर वर्षभरीका लागि कलेजको शुल्क तिर्न हम्मे हम्मे परेका कुरा धेरै मुखबाट सुन्न पाइन्छ। काठमाण्डौमा ‘कन्सल्टेन्सीको दोकान’ खोलेर बसेका ‘दोकाने’हरुले सुख, सुविधा र वैभवको सपनामात्रै नबाँडेर त्यहाँ आइपर्ने समस्या, संघर्ष र समाधानको बारेमा पनि ‘कन्सल्ट’ गराइदिनु पर्छ भन्ने कुरा कसले बुझाई दिने हो कुन्नि? बोष्टनका उत्तमबाबु श्रेष्ट भन्छन्– ‘नत्र ग्राजुएसन गर्न गएको छोरो कलेजको फिसले थिचेर घाइते भयो’ भन्ने बेला हुन्छ।’

शतप्रतिशत शुद्ध नेपाली

भर्जिनियाको एउटा हिन्दु मन्दिरमा एकजना नेपाली मित्रले भने–’कलाकार महाशय, हाम्री जहान हजुरसँग छायाँ लिन चाहन्छिन्।’ म फोटो खिच्न तयार भएँ। फेरि भने–’महासय, यहाँ प्रकाशको पहुँच रहेन,बाहिर गएर लिनु पर्‍यो छायाँ।’ शुरुमा त कति ठट्टा गर्न सकेको होला भन्ठान्दै थिऐं–तर कुराकानीका क्रममा थाहा भयो, धनकुटाका यी थापाजीको सिद्धान्त रहेछ– ‘शतप्रतिशत अंग्रेजी नै र शतप्रतिशत नेपाली नै बोल्नुपर्छ– मिसमास भाषा मुर्दावाद।’
‘अमेरिकामा यो संभव छ र सर?’ उनी बोले–’सर हैन, महासय भन्नोस्।’ उनले थपे–’दुई घण्टाको नेपाली कुराकानीमा एउटा अंग्रेजी घुसेछ भने प्रति शब्द पचास डलर दण्ड पनि तिर्छु, तपाईं तयार?’ मैले आँट गर्न सकिनँ– ‘भैगो, सरी।’ थापाजी जंगिए–’सरी हैन, माफ पाउँ भन्नोस्।’


‘हामी एक्लो छैनौं–हाम्रोजस्तो अरुको पनि रहेछ झण्डा’– ओहायो राज्यको झण्डापनि झण्डै झण्डै नेपालकोजस्तै रहेछ।

‘रोएको रोयै छ–सुखी छैन मन।’

धेरै कलाकारले अमेरिकालाई कर्म क्षेत्र हैन, ‘डलर क्षेत्र’ मात्र बनाएकाछन्। मलाई लाग्छ– देश छोड्नु प्रतिभा पलायन हैन, आफ्नो प्रतिभा अनुसारको काम नपाउनुचाहिँ साँच्चैको ‘प्रतिभा पलायन’ हो। नेपालमा स्थापित नेपाली कलाकारहरुको मनमा के होला? शिकागोमा कार्यरत लोक गायक भगवान भण्डारीको विचार मन छुने खालको छ– ‘हामी सुखी त हौंला, तर खुशी कहिल्यै हुन सकिंदैन। सुख भौतिक हो, खुशी मानसिक। भौतिक सुखले मात्रै मानिसको मन शान्त र समृद्ध हुँदैन।’

नजिकका आफन्त भारतीय

अमेरिकामा एउटा भनाई प्रचलित छ–’जहाँ पटेल, त्यहाँ मोटेल।’ गुजरातका मूलभूमि भएका भारतीय पटेलहरु मोटेल, रेष्टुरेण्ट तथा ग्यांस स्टेशन व्यवसायमा सक्रिय छन्। नेपालका छिमेकी भारतीयहरु भएजस्तै अमेरिकामा पनि नेपालीका सरल र सहज रोजगारदाता भारतीयहरु नै मानिन्छन्। उनीहरु पनि नेपालीलाई विश्वासिलो र असल काम गर्ने ठान्दा हुन्। बोस्टनका शुशील दहाल सोध्छन्– ‘हाम्रा भारतीय र पाकिस्तानीहरु नै अरुभन्दा नजिकका आफन्त रहेको थाहा पाएर पनि हामी किन उनीहरुलाई देखी सहँदैनौं? मैले भनें–’भारतप्रतिको नेपाली आक्रोश भारतीय जनताप्रति नभएर नेपाललाई सधैं आफ्नो इसारामा नचाउन खोज्ने भारतीय राज्यसत्ताप्रति मात्रै हो। कि कसो?’

अमेरिकी राष्ट्रपति पप्पु सिंह

क्यालिफोर्नियाको लस एञ्जलसमा बस्ने समीप पौडेल नेपाल आएको बेला साथीहरुले जिस्काउँछन् रे– ‘तिमी अमेरिका कि पटनाबाट आएको?’ समीपको अनुभव छ– भाषा, संस्कृतिका कारणले भारतीयहरुसँग काम गर्न त सजिलो हुन्छ, तर अंग्रेजीभन्दा हिन्दी धेरै बोलिने हुनाले लस एञ्जलसमा छु कि गोरखपुरमा–कन्फ्यूज हुन्छु।’ लुजियाना राज्यका गर्भनर बाबी जिन्दल छन्, न्यू जर्सीमा को गर्भनर बन्ने भन्ने निर्क्यौल भारतीय मूलका अमेरिकी नागरिकको भोटका आधारमा हुन्छ। न्यूयोर्कको ज्याक्सन हाइटमा वरपर पान थुकेर बनेका अमूर्त चित्रहरुको रमाइलो हेर्न पाइन्छ। इन्डोनेसियन र केन्याली बाबु आमाको अश्वेत सन्तान बाराक ओबामा राष्ट्रपति हुने देशमा कुनै दिन गुजरातका पटेल वा पञ्जाबका पप्पु सिंह राष्ट्रपति हुँदैनन् भन्ने पनि छैन, लगे रहो मुन्ना भाइ।

मैले हैन, हामीले

ओहायोकी लियन ओबामाकी फ्यान हुन्। उनको विचार सुन्नोस्–’हामीले ‘नेटिभ अमेरिकन’माथि गलत गर्‍यौँ। हामीले इराक युद्ध छेड्यौं, यसमा हामीलाई घाटा छ। अन्य देशमाथिको हाम्रो आक्रामक नीति हाम्रै लागि घाटाजनक छ।’ वाक्यमा ‘हामी’ शब्द उच्चारण गर्ने यस्ता अमेरिकी नागरिकबाट हामीले पनि सिक्नुपर्छ– राम्रा कुराको जस आफू लिने अनि नराम्रोको दोष अरुमाथि थोपर्ने नेपाली पारा हामीले सुधार्नैपर्छ। सामूहिक जिम्मेवारीबोधको बानी यसरी बसालौं कि–’हामीले राणा शासनको प्रयोग गर्यौं, जुन १०४ वर्षपछि गलत रहेछ भन्ने पुष्टि भयो। हामी कोसी र महाकाली सम्झौतामा नराम्ररी फँस्यौं, हाम्रो त्यो निर्णयले हामीलाई अहिलेसम्म दुःख दिइरहेको छ। हामीले जनयुद्धको नाममा हिंसात्मक बाटो रोज्नु पनि ठीक थियो वा थिएन, अब मूल्यांकन गर्ने बेला भएको छ। अहिले हामी पार्टी पद्धतीको नाममा निर्माण वा ध्वंस, कस्तो पाटो हिँडिरहेका छौं, हामी आफैंले विश्लेषण गर्नु पर्दछ।’ मलाई लाग्छ–जबसम्म गुण र दोषको सामूहिक जिम्मेवारी लिंदैनौं, तबसम्म जसले सत्ता चलाएपनि, जुन ब्यवस्था आएपनि उन्नत नेपाल असम्भव छ।

सुपरस्टार स्थानीय

बेला बेलामा नेपालबाट कलाकारहरु कार्यक्रमका लागि अमेरिका गई रहन्छौं। कार्यक्रमको विज्ञापन हुन्छ–’नेपालका चर्चित कलाकार फलानाकाको जोडदार प्रस्तुति तथा स्थानीय कलाकारहरु पनि।’ स्थानीय कलाकाहरु हुन्छन्–सरोज खनाल, प्रेमराजा महत, रतन सुवेदी, सपनाश्री, कर्णदासजस्ता अग्रज कलाकारहरु। र प्रमुख कलाकार हुन्छन्–नेपालबाट त्यहाँ पुगेका नयाँ कलाकार। ती अग्रज कलाकारहरु ‘स्थानीय कलाकार’मा रुपान्तरित हुनु मलाई चाहीँ नमज्जा लाग्यो। हिजो उनीहरु अग्रज थिए, आज पनि अग्रज छन् र भोलि पनि सम्मानित रहने, मान्ने र भन्ने गरे कसो होला?

क्रमशः

‘धर्ती हाम्रो घर, आकास हाम्रो छाना–छानामुनि बरोबरी, हामी सबै जना’–फ्लोरिडाको मायामी बीचमा मनोजको मोडलिङ मुद्रा।

44 Comments

  1. तपाई को हसाउने कलाको हामीहरुले सम्मान गर्नु पर्छ .तपाइले देशको नाम राखनु भयकोमा

  2. अति राम्रो –तर उहाकै भिडियो रचना भए सुन्दरीमा सुसम्बन्ध हुन्थ्यो कि ? पिदाली अनुहारमा घिरौले नाक अनि र्याली बोलि —क्या मजा आउथ्यो ..मेरो त मनमा र्याली आयो मनोज ब्रो …सुभकामना

  3. मनोजजिले अमेरिकाको हरेक ठाउको साथै हरेक ब्यक्तिको बिचार सँग आफ्नो अनुभव मिलाएर अती नै सरल र प्रभावकारी तरिकाले यो लेख प्रस्तुत गर्नु भयो त्यसको लागि धन्यवाद।

  4. जे गर जसो गर जता सुखै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो.

  5. मनोज दाइको लेख पढेर खुसी लाग्यो / बास्तब्मा कुरा १००% ठीक हो/ बिकाश भनेको चेतना र समय रहेछ र येसको लगि समय लाग्छ आतिएर कही हुदैन/

  6. कुनै बेला बैज्ञानिक हरु ले पृथिबी रोटि जस्तै समथर छ भन्थे / पछि फेरी तेही बैज्ञानिश हरु के पृथिबी रोटि जस्तो हैन बल जस्तो गोलो छ भनेर भने र आज हामी पृथिबी गोलो छ भनेर भन्दै छौ / कुनै बेला ५ वटा गह्र भानिथ्यो , पछि त्यो ७ वटा पुग्यो , अनि मैले इसकुल पर्दा ९ वटा गह्र छ भनेर पढायो तर आज ११ वटा छ भनेर भन्छ/ ल भनुष मनोज जी, अब तपाई कसरि पृथिबी गोलो छ भनेर भन्न सक्नु हुन्छ ? यी बैज्ञानिश हरु को कुरा को कुनै विश्वास छैन / जर्या ले कुरा गरे जस्तै फरक फरक कुरा गर्छन / बरु भनुष तपाई ले पिलेंन मा बसेर हेर्द पृथिबी कस्तो लग्यो ???????

  7. हामी त स्वर्ग मा बस्ता रहेछौ, तर सबै जना किन पताल्नै जाना खोजेका होलान?

    • पाताल र स्वोर्ग शब्द प्रयोग गरेको र उदाहरण दिएको नमिले पछी त नेपाल स्वर्ग त्यसै भयो नि साथी उता अमेरिका बाट हेर्दा त फेरी नेपाल पातला भैगो नि / उदाहरण दिने बेला धर्म ग्रन्थ को भाव पनि बुज्नु पर्छा

    • को आकाश, को पाताल भन्ने सबालमा मलाइ नौ कक्षामा भूगोलमा पढेको
      Antipode (एन्टीपोड अर्थात् उल्टे पैताला) भन्ने शब्द याद आयो!
      नेपाल र संयुक्त राज्य अमेरिका दुवै उत्तरी गोलार्धमा छन्! त्यसैले नेपाल र
      अमेरिका एक अर्काका एन्टीपोड चाही होइनन!

      ग्लोबमा हेर्दा, २ टा देश एन्टीपोड हुनकोलागि एक देशमा उभिएका मान्छेका पैताला अर्को देशमा उभिएका मान्छेका पैताला तिर फर्किएको हुनु पर्दछ|

      काठमाडौँ- अक्षांश : 27° उत्तर; देशान्तर 85° पूर्व
      नुवाकोट 28° उत्तर; देशान्तर 83° पूर्व
      Miami Beach फ्लोरिडा 25° North 80° West
      Tampa फ्लोरिडा 27° North 82° वेस्ट

      यदि काठमाडौँबाट सिधै तेर्सो (parallel to the equator) सुरुंग बनाएर निस्कने हो
      भने अमेरिकाको दक्षिणी भाग (जहाँ मनोजजी उभिनु भएको छ तस्बिरमा) को आसपास
      पुगिन्छ!

      तर ठाडो ( पृथ्वीको केन्द्र बाट हुदै) सुरुंग खनेर पृथ्वीको केन्द्र हुदै निस्कने हो
      भने अमेरिका न भै दक्षिणी गोलार्धको कुनै राष्ट्र मा पुगिन्छ!

      त्यसैले अमेरिकालाई तल्तिरको होइन पाल्तिरको या पछाडिको भन्दा
      उपयुक्त होला जस्तो लाग्छ है भूगोलको भाषामा!

      • तल्लारे न भनेर पल्लारे भन्दा ठीक होला हगी?

  8. लेखाई र भाषा त राम्रो लाग्यो[ तर खोईए म पनि अमेरिका गएको त हो तर त्यस्तो के हि लग्येंन [ कुरा हामी ठिक हो हाम्रो पनि देस मा सान्ति भएको भए ;’आमेरीक नै हाम्रो देस नेपाल हुने थियो ] धनि मा पनि कम छै नै ‘

  9. मनोज दाई लाई लागेका कुराहरु त ठिकै हुन् , खासमा जहाँ गए पनि नेपाललाई नै सम्झिने बानी ज्यादै प्रसंसनीय छ, यथार्थमा देशभक्ति भनेकै यहि त होला , नेताले बुझ्नुपर्ने कुरा अरुले बुझेर के गर्नु ????????दामभक्ति +नेताभक्ति र आफुभक्ति बाहेक अरु के भक्ति छ र नेपालमा ?? आफ्नो देश नै विदेश हुन लागेको देख्दा के के के गरूँ जस्तो हुन्छ !! मनोज दाईको लेखहरु पढेपछि अलिक राहत हुन्छ तर नेतालाई झन् रिस उठ्ला !!!!

  10. प्रकाश जी, तपाईले खेल्नु भएको कुरा सहि हो तर, के अमेरिकामा समग्र देशलाई त्यसरी प्रस्तुत गर्न मिल्छ र ? के नेपालमा अमेरिकालाई त्यसरी नै प्रस्तुत गर्दा कुनै अमेरिकी नागरिकलाई बरदास हुन्छ ? ठिक त्यसैगरी, यो नक्कली नेपाल कुनै पनि नेपाली नागरिकलाई बरदास छैन । हो, हामीलाई प्रशंसा गर्ने मित्र भन्दा आलोचना गर्ने शत्रु नै राम्रो हुन्छ । तर, कुनै पनि मुलुकको मामलामा यो कुरा सहय छैन ।

  11. गजुरेल दाजुको तस्बिर हेर्दा कुनै नेपाली फिल्मको हिरो नदीको किनारमा सुरिलो गीतको धुनमा मख्ख परे झैँ लाग्यो,अनि beach मा पनि office को ड्रेस मा ?तपाई पछाडिको कुइरेनी हरुले केहि त भने होला /,

  12. ल एंड ओर्देर भए सबै देश अमेरिका बन्न सक्छ

  13. अमेरिका भन्दा नेपाल धनि छ राम्रो छ/ सहजै पत्याउन सकिने कुरा होयिन तर यसलाई एउटा नेपाललाई माया गर्ने मन र मस्तिस्कलाई मनन गरेर हेर्नुस त् तपाईं आफै भन्नु हुने छ हो हाम्रो नेपाल संसारको सबै भन्दा राम्रो धनि मुलुक हो भनेर/

    म हाल अमेरिका मै छुन/ अमेरिका को गरिब नेपालको गरिब सिट तुलना गर्नुस अमेरिकाको गरिब गरिब नेपाली भन्दा कङ्गाल छन्/ धनिहरुको बीच तुलना हुने सकिंदैन/ अमेरिकामा गरिब र निम्न मध्यम बर्गहरु को जिबन कति कस्टकर छ भनि अमेरिका बसेकोले मात्रै बुझ्छ/

    मित्रहरु नेपाली माटोमा महिमा जति गाए पनि कम हुन्छ/ यदि अमेरिकामा सरकार धनि नभई दिएको भए, त्याहाँको नेताहरु पनि हामि कहांकै नेताहरु जस्तो भई दिएको भए सायद आधा अमेरिकी जनता अर्को हप्ता सम्म बाच्न सक्ने हुँदैन/

    हामीलाई हाम्रो सरकारले होयिन हाम्रो माटोले हामीलाई पालि रहेकोछ/ सरकारको उपस्थिति समेत नभएको नेपालको कति पाए जिल्लाहरुमा आज सम्म पनि नेपाली हाँस्दै बाची रहेको छ/ अब भन्नुस के नेपाल अमेरिका भन्दा कम धनि छ? आज हामि अमेरिकाले दानमा दिएको मकै खानु पर्ने भएको छ/ किन के नेपालको माटोले नेपालीलाई दुई छाक खान पुग्ने अन्न उब्जाऊंन नसकेर हो?

    हाम्रो नेपालको माटो जति मलिलो माटो दुनियाको कुन मुलुकमा छ? अमेरिका बस्दै आएको नेपालीले देख्नु भएकै हुनु पर्छ अमेरिकामा माटो त्याहाँको सरकारले उब्जाउ बनाउनु पर्छ भनेर/ केहि महिना तेतिकै राखेमा अमेरिकाको माटो कुहेर जान्छ केहि उब्जाऊं सक्दैन/ हाम्रो माटोलाई मात्र पानि र मेहनत चाहिन्छ/ मेहनत गर्न अझै सक्छ नेपालीले/ जल श्रोतमा बिस्वोमा दोश्रो धनि नेपालीले खेति गर्न चाहिने पानि आफनै नदीहरु बात नेपालीले पाउन सक्दैनन्/ जल श्रोतमा बिस्वोमा दोश्रो धनि तर बिस्वोमा पानीमा धनि मुलुक नेपाली सिट आफ्नै देसको नदीहरुको पानीमा आफ्नो अधिकार छैन/ कोशी गण्डकी महाकाली नदीको पानीमा नेपाली हक भई दिएको भए हाम्रो माटोले हामीलाई अहिले पनि चाहेकै जति अन्न उब्जाई दिने थियो/

    मलाई आज सम्म मनमा एउटा कुरा खात्किरहंछ/ सायद आजीवन खटिने रहनेछ/ एक ताका जापान बात जापानमा नेपाली ईटा बताई घर बनाउन नेपाली ईटा किन्न केहि जापनिझारू नेपाल आएको थियो/ तिनीहरुले हामीले खेत बात मलोलो माटो निकाल्दै ईटा बनाउंदै गरेको देखेर बडो दुखित भए/ यौटा ईटा बनाउन पुग्ने मलिलो माटो बन्न प्रकृतिले पनि हजारौं साल लिन्छ/ माटो यसरि निकाल्दै गएमा माटो सकिए पछी कसरि अन्न उब्जाउन्छौ भनि सोधे? आज तेलको धनि देस अरब मा तेल छ तर माटो छैन/ तेल सिद्धिए पछी त्याहाँको नागरिकहरुको के हाल हुन्छ? हामीले हाम्रो माटो माथि हराएक किसिमले घाट गर्दैछौं/ समय रहँदै मा सचेत हुनु जरुरि छ/

    म अमेरिकाको परमाणु बम भन्दा हाम्रै खुकुरी को धारलाई मान्छु/ नेपालीको खुकुरीको ईतिहास मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकी परमाणु बम बात मारिएको लाखौँ निर्दोषको रगतको दाग लागेको छैन/ हाम्रो खुकुरी बिस्वमा आक्रमण र आतंककारी बात विदेशको जनताको स्वाभिमान समेत बचाउँदै आएको मान बात बिभुसित छ/ अमेरिका महान छ तर उसको महानता लाखौँ निर्दोसको रगतले भिजेको छ/ बिर गोर्खालीको खुकुरीमा मात्र हत्यारा र लुटेराको रगतको लागेकोछ/

    बिदेस बात अमेरिकामा बस्नेहरुमा १०० मा ९९ जना आफुलाई कङ्गाल महसुस गर्दै बाच्दै गर्छन/ यो महिना त् तर्यो अब अर्को महिना……./ यस्त्दै सोच्दै धनि बन्ने सपना देख्दै बस्छन/ तर यो सोच्दैन कि अमेरिकामा धनिहरु पनि बुढौती लागे पछी यक्लिएर वृद्धाश्रम मा मृत्यु कुर्दै बस्नु पर्छ/ हामि कहाँ जस्तो नाति नातिनी खेलाएर बाजे बज्यै भनेर सम्मानका साथ् बस्ने भाग्य उनीहरुको छैन/ त् भन्नुस के नेपाल कम धनि छ?

  14. पाताल त अस्ट्रेलिया तिर पो हुनु पर्ने जस्तो छ.. अमेरिका त माथि नै छ नि |

  15. सबै टोपीक ठिक छन् त्यो लगेज मा लेखेको त अति संदर्विक छ!

  16. मनोज जी,आँखा बन्द गरि, दुईहात फैलाएर खुब गजब संग अमेरिकाको हावा तान्नु भएको छ, ल नढाँटी भन्नुहोस तपाईलाई कुन हावा मिठो लाग्यो अमेरिकन कि नेपाली? हे. हे. हे. हे.।

  17. के हो माइनोज भतीज
    अमेरिकी अनुभव त गज्जब रहेछा त / ल ल अरु अरु अनुभव पनि पस्किदै गर्नु है /
    उही तिम्रो काका
    बोस्टन बाट /

  18. तर, लाज पचेकाहरूसँग कसको के लाग्छ ;नेपाली बुद्धिजीवि समाजको चेत फर्कियोस् बेलैमा/लोकतन्त्रतर्फ छैन, गणतन्त्रतर्फ छैन । त्यसको सेवा दक्षिणपन्थतर्फ}{छ, निरंकुशतन्त्रतर्फ}{छ, सांस्कृतिया आनुष्ठानिक राजतन्त्रतर्फ}{छ । माओवादी पार्टी नेपाली भाकामा भन्ने हो भने लोकतान्त्रिक गणतन्त्रको ऐँजेरू हो । जति सुझाव दिए पनि बुद्धिको घैँटामा घाम लाग्ने रहेनछ आखिर ………………………………………………………………

  19. “म होइन हामी ” वाला चर्चा चाही सारै मन पर्यो …दोष हामी सबै नेपालीले मिलेर लिनु सक्नु पर्छ ..बाउ बाजे भन्दा पहिले देखाएको बहादुरी लाई हामी अझै “हामी नेपाली बहादुर हुन्छौ ” भनेर गर्व गर्छौ तर हाम्रै पालामा भएका महाकाली, कोशी , १५ बर्से हिंसा , तोडफोड , भ्रस्टाचार आदिमा भने आफु लाइ अलग राखेर “उसले” गरेको भन्छौ..मनोजजी ले यो चाही एकदम सकारात्मक कुरो उठाउनु भो…साधुबाद

  20. मनोजजीको प्रश्तुति राम्रो छ!
    त्यत्रो अमेरिकाको अनुभवलाई संक्षेपमा, सहज र सकारात्मक ढंगले प्रश्तुत गर्न वहाँलाई पक्कै पनि केहि टाइम, मेहनत लागे होला- परालबाट दाना छुट्टयादा जस्तो! त्यसैले गजुरेलजीलाई धन्यवाद!

    तर कलाकार, पत्रकारहरुले ( पवनकली, जिरे खुर्सानी, मनोजजी, आदि) विदेश तिरको यात्रानुभव पस्किदा विदेशीहरुले बिकाश कसरी गरे र तिनीहरुबाट हामीले के सिको गरेर नेपालमा लागु गर्न सक्छौ, नेपालमै रोजगारी श्रीजना गर्न सक्छौ भन्ने कुरालाई बढी जोड दिनु राम्रो होला जस्तो लाग्छ! टुकी, लालटिन, मैनबत्ति बालेर किताब पढ्न बसेका स्कूले र कलेज लेबलका हाम्रा बालबालिका र किसोर, किसोरीहरुको मनस्थिति खस्कने होइन हौसला दिने संदेशहरु सम्प्रेशन गर्दा राम्रो होला!

    मेरो आफ्नै भतिजलाई स्नातक उत्तीर्ण गरेर मात्र विदेश एप्लाई गर्लास भनेको मरिगए सुनेन! “ऐले भिसा दि रा छ रे, जो पनि विदेश गैराछन, म मात्रै नेपालमा….मलाई यहाँ बसेर किताबमा दिमागै लागेन” पो भन्छ बा! चार बर्षे महँगो ब्याचलर्स डिग्री पार्ट टाइम काम गरेर कहाँबाट तिर्न सक्नु? ! अनि गएन पढाई अनि सृजनशील दिमाग गोलखाडी:(

    त्यस्तै सानो तिनो कुटेखेलो गरेर आफ्नै गाउ ठाउमा डुकु भात जुटाई रहेकाहरुलाई पनि घर जग्गा समेत बेच बिखन गरेर विदेश जाने रोग सल्काई दिने संदेशहरुलाई पनि निरुत्साहित पार्नु पर्यो! विदेशको पीडा पनि बुझ्नु पर्यो! जाने नै भए त्यो सारा पीडा बुझेर मात्र!

  21. मनोज जी तपाईंले आफ्नो लेखमा लेख्नु भयको एक कुरा ले गलत जानकारी दियको छ I त्यो हो अमेरिकी प्रेसिडेन्ट बराक ओबामाको बारेमा I बराक ओबामाका बाबु केन्याली अश्वेत र आमा अमेरिकी गोरी हुन्
    तपाईं ले लेख्नु भएको इन्डोनेसियाली र केन्याका अभिभावक बाट जन्मियका भन्ने कुरा गलत हो बराक ओबामाको हकमा I ओबामाका बाबु आमाका बिचमा खटपट सुरु भय पछी उनका बाबु हार्वर्ड तिर पढ्न गय , उनकी आमाले पनि हवाई बिश्वोबिध्यालय मै पढ्ने इन्डोनेसियाली नागरिक संग बिहे गरिन र इन्डोनेसियाली सौतेनी बाबुबाट एक छोरी ओबमाकी बहिनि जन्मिन I ओबामा पनि इन्डोनेसियाली बाबु र आफ्नी आमा संगै इन्डोनेसिया तिर लागे I त्यहाँ ओबामा र आमा चार बर्ष बसे , इन्डोनेसियाली बाबु र आमाका बिचमा पनि खटपट झगडा सुरु हुन थाल्यो , तेश पछी ओबामाकी आमा ओबामा लाई लियर अमेरिका हवाई फर्किन , कुरा येही हो , ओबामा हैन उनकी बहिनि इन्डोनेसियाली बाट जन्मियकी हुन् , ओबामा का बाबु केन्याली र आमा अमेरिकन गोरी हुन् / केहि लेख्दा हावा मा लेख्नु भन्दा बुझेर लेख्नु राम्रो /

  22. मनोज जी को लेख मा पर्यर्ताकिये (tourist ) को हो बास्तबिकता त्यो भन्दा पनि darlgdo छ / एरपोर्ट को कुरा चाही नगरु / मदन कृष्ण र हरिबंसा ले ब ख गो ला नाटक पछि भन्सार मा चेकक गरेको सम्झना औछा /लाज नभाको बेसर्मी जमात बडी रहेको छ / नेता हरु समेत तेसै जमात मा आउछ / संसार जति घुमे पनि सिच्या नलिने लै के गर्ने / मानसिकतानै मेहनत नगरी ठग्ने ,लुट्ने र सोम शर्मा को जस्तो सपना देख्ने हरु को जमात बडी रहेको छ / US ,क्यानाडा मा नेपाली लै कम दिने इन्डियन र पाकिस्तानी नै हुन् /सत् प्रतिसत ठिक लेक्नु भयो /येह ब्लुए कोलोर को खेल छ / काले हरु पनि हामी लै अलि नजिक नै ठंचन /

    मलाई येहो को बास्तबिकता बारे लामो लेखना मन छ कसरि तपाइको मा पठाउने इमेल पाउन add .

  23. lady & gentleman,
    whatever it is,
    Wherever it is,
    Whenever it is Truth is truth
    INDIAN are the own who giving 65% jobs to nepali directly or indirectly.
    Either in gulf or in Europe.

    we know already abt Gulf, After reading this articles, we come ot know
    about the America and Europe also.

    this is real and unacceptable bitter truth for nepaliiiiiiiiiiiiii……….

    MIND iT!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    • why is this unacceptable..?? Shouldnt we be rather thanking them..? Most nepali in US and Canada either work illegaly (students aren’t allowed to work) or work hourly jobs…So Indians and other desis who own gas stations and stores hire nepalis too…whats wrong with that..? its not that they own nepalis..we work for them..they pay us money..as simple as that…we should rather thank them…

    • राज जी/
      भारतियेहरुलाई नेपालीलाई काम दिए त् भन्नु भयो तर यो भनाईमा सत्यता भन्दा बढी तपाईंमा हिनता को बोध बढी भएको देखायो/ भारतियेले काम नदिएको खण्डमा के नेपालीले कहीं कतै अन्त काम गर्ने नसक्ने हो त्?

      भारतियेहरुले काम दिएको नेपालीहरु कस्तो छन्? कुन परिस्थितिमा नेपालीहरुले भारतियेहरुको ग्यास स्टेसन, होटेल मोटेल र ग्रोसरी स्टोरहरुमा किन काम गर्दै छन् तेस्को आधारहरुलाई हेर्नु भएकोछ?

      भारतीय र नेपालीको बिचमा एक धर्म र एक संस्कारको नातालाई बिचार नगर्ने र नेपालीलाई भारतियेले मन पराएको भन्नु भन्दा पत्याएकोले हो भन्ने कुरालाई अलग राख्ने हो भने नेपालीले भारतियेहरुको काम पाई आएकोमा उनीहरुकै स्वार्थ बढी छ/

      बिदेशमा न्युनतम ज्याला तोकिएको छ/ त्यो ज्याला भन्दा कम दरमा अरु काम गर्न राजि हुँदैनन्/ तर गैर कानुनि रुपमा बिदेशिएका र पढ्न खर्च पुराउन अप्ठ्यारो समएमा पनि काम गर्न राजि भएका हरु सरकारले तोकेको न्युनतम ज्याला भन्दा कम ज्यालामा पनि काम गर्न राजि हुन्छन/ यसबाट फाईदा काम पाउनेलाई भन्दा काम दिनेलाई बढी फाईदा हुन्छ/ भारतियेहरु फाईदा हुने काम गर्न गराउन माहिर छन्, यो कुरा त् हामीले नेपालमै देख्दै आएको कुराहो/

      नेपालीहरुलाई भारतियेहरुले काम दिंदै आएको अर्को आधार नेपालीहरुमा भएको ईमान्दारिता पनि हो/ नेपालीहरु कस्ती परिस्थितिमा पनि नुनको सोझो गर्छन/ विदेशीले अधिकार बढी खोज्छन कानुन र नियेमको कुरा बढी गर्छन जुन कुरा आम भारतीय व्यापारीले मन पराउन्दैनन!!!!! नेपालीले यो कुरामा कमै चासो राख्छन/ तेसैले पनि नेपालीहरुलाई पत्याएको हो/

      काम पाएको नेपालीको गर्ज मात्रै टर्छ उ तेतिकैमा दंग हुन्छ र तपाईं ले भने जस्तै भारतियेले हामीलाई मदत गर्यो भन्छ/ उता काम झन्झट नगर्ने कम दाममा काम इमान्दारिताका साथ काम गर्ने गर्ने नेपालीलाई काम दिने भारतीय ब्यापारी पनि दंग नै हुन्छ बढी कमाउन पाएकोमा/ यो कुरा एक मा दुवै हातले तालि बज्दै गरेको मात्रै प्रमाणित हुन्छ “अहशान गरेको प्रमाणित हुँदैन/

  24. समुद्रमा मोति पनि हुन्छ …किरा फट्यांग्रा पनि हुन्छ……के लिनी…..तपाईको विचार

  25. अमेरिका सबभन्दा धनि र शक्तिशाली देश हो बनेर उहिले बाजेको पाला सुनेको पढेको हो / जुन देशमा सम्पूर्ण जनता अनुशासित र कानूनी राज हुन्छ त्यो देश स्वर्ग हुन्छ / अमेरिकनहरू कस्ता हुन्छन भन्ने कुरा थाहा पाउनु जरुरी छ / यिनीहरु ९९ प्रतिशत साह्रै सोझा, भलाद्मी, अनुशासित, सहयोगी, अरुलाई दुख: दिने, अप्ठ्यारो पार्ने काम कहिले गर्दैन / देश र जनता कानूनले चलाउछ भनेर त्यहाँका ५-६ कछामा पढ्ने केटाकेटीहरुलाई थाहा छ /
    जबसम्म हाम्रो देशमा जात-भात, उँच-नीच, शिछित-अशिछितको भेदभाब र मुलुकमा भ्रष्टाचारी नेता, कार्यकर्ता, दलाल, तस्करीहरुको राज हुन्छ नेपाली जनताले कहिले पनि शान्तिको सास फेर्न पाउदैन /

    • “जबसम्म हाम्रो देशमा जात-भात, उँच-नीच, शिछित-अशिछितको भेदभाब र मुलुकमा भ्रष्टाचारी नेता, कार्यकर्ता, दलाल, तस्करीहरुको राज हुन्छ नेपाली जनताले कहिले पनि शान्तिको सास फेर्न पाउदैन !”

      एकदम सहि ! अमेरिकी जनता धेरै सभ्य छन ! प्रजातन्त्रको ओठे भक्ति मात्र होइन कि आफ्नो अधिकार र कर्तब्य दुवैको पालाना बराबर गर्छन !

      मलाइ सबै भन्दा हाँस उठ्ने चाँही नेपालका काइते नेता र कार्यकर्ताहरुले अमेरिकाको नाम धसेर प्रजातन्त्रको “टाला-टुली-बटुली” गर्दा हुन्छ !

  26. निकै राम्रो लेख, मनोज जी.
    अब फ्लोरिडा कै ‘beach’ मा गैसकेपछि तेस्तो फर्मल लुगा चाहिं किन नि ? येसो सरिरको छाला लाइ घाम मा तेर्स्यौंदा कसो होला ?

  27. मनोज दाई धन्यवाद तपाइले दियको बोराको कार्टुनको सब्दले एअरपोर्ट कार्मचारीलाई केहि असर गर्छकी त

  28. नेपाल airport मा त एस्तो जोला/बोरा बितर गु र सिस्नु भनेर लेखे छ भने पनि खोलेर हेर्छन किन कि देशको security लागि होइन आफ्नो खल्डीको लागि?

  29. Manoj दै ! bhasha bhanne kura ta मिसमास भै हाल्छ , tie लै k भन्ने ? beer लाई बीएर नै सुहाउछ किन कि …. तर आफ्नो भाषालाई सकेसम्म शुद्ध पाराले बोल्ने कोसिस गर्नुपर्छ , इमान्दार हुनु ढूलो कुरा हो , कसै कसैले नेपाली भाषाको ठेकेदार मै मात्र हुँ भनेर अरुलाई अगाडी बढ्न नदिने गर्छन जसले गर्दा नेपाली भाषीहरुले आजसम्म नेपाली बोल्न र सिकाउन आंट गर्दैनन् . अनुकरण लाई गलत नसंझौँ र सच्चा भावनाले सेवा गरे सबको उन्नति हुन्छ र आफुलाई शान्त मिल्छ . शान्ति नै अन्तिम लक्ष्य हो .

  30. आफ्नै देशमा हुदा हे अमेरिका, जापान, अस्ट्रेलिया, अलि नभय हे पोल्याण्ड, स्पेन, नर्वे, अझै नभय गल्फ कन्ट्री, तेही पनी नभय हे मेरा भारत! अनि त्यहाँ पुगेपछि –“मलाई नेपालको धेरै माया छ, यहाँ त दुख छ, न-आउनु हैन”: सच्चा देश-भक्तिहरु !!!

    • त्यो त अब ह्याँ हुदा त्याँ को कुरा थापौदैन अनि थाँ नभा कुरो कसरि भनोस त! अब त्याँ गयसी त्याँ को कुरोनि थापौछ ह्याँ को कुरोनी थापौछ अनि भंछनि त!
      त्यै पनि अम्रिका पाताल त त्यो सत्ययुगमा थ्यो यो कलियुगमा त त्यो स्वोर्ग हो हामि भन्दा माथि छ, बिस्वास नलागे हेरो त उडेर जानुपर्छ! अब तल भे उडेर जान्छ?
      पहिलेपो हामि माथिथ्यौ तिनारु तल थियो अनि डुंगामा वा अनेक गरि हिडेर धुन्धुरो छिर्दै जानुपर्थ्यो अहिलेता तिनारु माथिच तेसैले उडेर जानुपर्छ!
      होइनत?

  31. नेपाल एयरपोर्टका कर्मचारीको हात चिलायो होला भित्र के के छ की भनेर

  32. मनोज दाई लाई धन्यवाद अमेरिका को राम्रा र नराम्रो कुरा गरेको मा मान्छे ले जे भय पनि कुरा गर्दा सत्य कुरा गर्नु पर्छ/

  33. यो मनोज दाईलाई हाम्रो ‘ज्ञाने दाई’ ले कस्तो दारा किटेको होला ! एक्लै कतै फेला पारो भने त ‘ज्ञाने दाई’ ले हाम्रो मनोज दाईलाई के गेर्तियो होला |

    ^_^

  34. ‘मनोज गजुरेलको पाताल अनुभव-१’ यसमा पढ्दा राम्रै लाग्यो । अमेरिकाको खुब चर्चा गरेको पाइन्छ जुन सकारात्मक कुरा हो । हो, मान्छे जहां जान्छ त्यहांका राम्रा कुरा अरुलाई सेयर गर्छ किन भने यसबाट मान्छेले पाठ सिकोस् भनेर । यसमो वर्णग गरेका साम्राज्यवाद मोह, नक्कली नेपाल, अण्डरग्राडहरुको दुखेसो, शतप्रतिशत शुद्ध नेपाली, ‘रोएको रोयै छ-सुखी छैन मन’, अमेरिकी राष्ट्रपति पप्पु सिंह, मैले हैन, हामीले यी सव शिर्षकहरुमा अमेरिकाको अनुभव व्यख्या गरेको छ । जुन एउटा सव शिर्षक भन्दा सबैलाई सकारात्मक ढंगबाट लिन सकिन्छ ।
    तर, नक्कली नेपाल सव शिर्षकको व्यख्या अलि सोहाएन कि गजुरेल जी ? प्रकाशित फोटो हेर्दा खेरी आम नेपालीको बेइज्जत गरेको जस्तो लाग्छ । हो हामी नेपाली गरिब छौं भन्दैमा राष्ट्रियतासंग जोडेको विषयलाई यसरी एउटा टुटे फुटेको घर बनाएर अरु देशहरुलाई यो नक्कली नेपाली हो भन्न मिल्छ र ? यसबाट बाहिरका पर्यटकहरुई के छाप्प पर्छ ? तपाई यसलाई सकारात्मक ढंगबाट व्यख्या गर्नु भएको छ तर, यसका नकारात्मक बुंदाहरु यी होइन र ?

    • सुभक जी नमस्कार
      आरुले नेपालमा जे देखे तेही प्रस्तुत गरे | नेपालमा राम्रो घर हरु भयको भय देखि राम्रै महलहरुको तस्बिर हरु हुन्थियो होला | आफ्नो कट्टु च्यातियर कसैले तेरो नदेखिने चिज देखियो भनेर देखौन्छ भने तेस्लाई पहिले सम्हाल्ने अनि सके राम्रो कट्टु किन्ने न सके कमसेकम तेस्लाई टालेर त लागौना सक्छौ नि होइन र ? मलाई त त्यो फोटोले मेरो घरको हुबहु नक्कल गरेर प्रस्तुत गरे जस्तो लागो कि नेपालीहरु साचिकै नालायक छन् हेर आफ्नो घर बनाउन छोडेर अर्को ले मरो घर बनाइदियन भन्छन \ यो तस्बिर को अमुर्त भब लै भुझेरा सबैले अब देसको बारेमा सोच्ने बेला आयको हो कि ? “प्रसंशा गर्ने मित्र भन्दा आलोचना गर्ने सत्रु ले सहिमर्घा मा लौन्छा गरे के |”

Comments are closed.