माअ‍ोवादीको सीडी स्क्याण्डल



हजुर तपाईँहरुले जस्तै मैले पनि यो सीडी पहिलो पटक पाउँदा त्यस्तै केही दुर्लभ दृश्यहरु समेटिएको हुने आशा गरेको थिएँ।

तर जब सीडी हेरेँ, छक्क परेँ। किनभने त्यसमा सबै जेपीजी फाइल अर्थात् स्क्यान गरिएका फोटो फाइलहरु मात्र थिए। यतिका लागि के विघ्न हल्ला र स्क्याण्डल मच्चाएका होलान्, मलाई त नेपाली नेताहरुको पारा देखेर अचम्मै लाग्यो। तपाईँले अघि भिडियो क्लिपमा जे देख्नुभयो, त्यो ती फोटो फाइलका केही फोटोहरु समेटिएर तयार पारिएको स्लाइड सो मात्र थियो। त्यो सीडीमा त समाचारका कटिङहरुको फोटो बाहेक केही छँदैछैन।

तपाईँलाई म अझै विस्तृत रुपमा भन्छु है त-

सीडीको साइज-
71 mb

के छ ?
-63 वटा स्क्यान गरिएका फोटो फाइलहरु । ती मध्ये आठ वटा फाइल हस्तलिखित कागजका स्क्यान कपी हुन् र त्यसमा पनि समाचार शीर्षक र मितिबाहेक अरु उल्लेख छैन।

– scan0004.jpg देखि scan0069.jpg सम्मका अंकमा फाइल नेमहरु छन्।

– सबै कान्तिपुर दैनिकमा प्रकाशित समाचारका कटिङ हुन्।

मैले नबुझेका कुरा

-हैन, यस्ता कटिङ त जोकसैले पनि राख्न सक्छ नि। पारस कै नेतृत्वमा रहेको गुण्डा जमातले राख्यो भन्ने प्रमाण कहाँबाट पुष्टि हुन्छ त यो सीडीमा ?

-यो सीडी सेनाका ब्यारेकमा बाँडिएको छ भनी कसरी थाहा पाउने ? पक्कै पनि सबै समाचार माअ‍ोवादीको विरोधमा छन् र यसलाई ब्यारेकहरुमा बाँडेर सेनालाई उचाल्ने काम भइरहेको छ भने त्यो ज्यादै नराम्रो काम हो र भयङ्कर षड्यन्त्र हो। तर कामरेडहरु, ती कुराको पुष्टि यो सीडीले कसरी गर्‍यो भन्या ? बरु मेरो एक जना साथीले सीडी हेरेपछि प्वाक्क भनेको सटीक लाग्यो- यो त माअ‍ोवादीहरु आफैले आफ्नो विरोधमा छापिएका समाचारहरु कटिङ गरी राखेको गलत सीडी पो पर्‍यो कि के हो ? यो भन्दा बढी माअ‍ोवादी विरोधी समाचारका कटिङ वा कलेक्सनहरु त मेरो संसार कै पाठकहरुसित पनि होला नि, कि कसो ?

-मंगलबारको कान्तिपुरको पेज नम्बर ३ मा छापिएको एउटा समाचारमा सभामुख सुभाष नेम्वाङले ‘मैले पनि त्यो सीडीमा के छ हेरेको छैन, हेरेपछि राज्यव्यवस्था समितिको बैठक डाकेर के गर्नुपर्ने गरौँला’ भन्नुभएको रहेछ। ए बाबा, त्यति ठूलो स्क्याण्डल बनाउनु अघि कम्प्युटर अगाडि नै होला, सीडी हालेर हेर्न सक्नु हुन्न थियो ?

-अझै पनि छक्क परिरहेको छु, कहाँ छ प्रमाण ? प्रमाणसहितको सीडी रे-सञ्चारमाध्यमले त्यस्तै लेखेका थिए, कस्तो अचम्म बा !

पूरै सीडीलाई अपलोड गर्न मन लागेको थियो र गर्दै पनि थिएँ। तर नेपालको ढिला गतिको इन्टरनेटमा सार्‍है गार्‍हो हुने रहेछ। हेरौँ, अल्छि लागेर क्यान्सिल गर्छु बीचैमा कि भोलि बिहानसम्म अपलोड भइहाल्ला ! क्यान्सिल गर्ने संभावना बढी छ।

45 Comments

  1. Malai yo sabai dekhepachhi wakka lag chha, ahilepani maoists harulenai nepal ma chunab huna dieraheka chhainan,yesto sano kura lai pani issue banau chhan bhanne maile kahilepani socheko thiena, hey bhagawan nepal ma shanti kahile hunehola………..

  2. yo ta chunaba sanga darayara kasari chunaba lai para sarne, kunai upaya nalage hat-patida(chhito-chhito garda) atalliyara aafno khuttama aafai bancharo haneko ho. sayad kamredharulai tyo kura tetibela thaha bhayana yasale hamrai khuttama chpt lagchha bhanera.

  3. Masoists are following GOEBALS style that one JHUTH if repeated 100 times it comes as true. Such type of immature and childish activities hs been day per day downsizing thier political image and in the other hand Nepalese people have got the opportunity to understand Maoists in reality what they are.
    Now Prachanda has to justify the content of CD and his speech about so called ‘conspiracy of palace to kill American diplomats and pin the blame to Maoists’

  4. These terrorists are so scared rt. now they see their end coming in near future. I am sure once their arms are permanently locked up they would have to face justice from the people for slaying of 10000+ nepalis.. They are all illetrate masses of dumbs who cannot distinguish between what CD contains and that of slide shows. Oh god!! I feel ashamed to mention that they are telling people they gonna make Nepal S’pore or Swetzerland!!!! Crazy

  5. खुराफत ! हाम्रो गाउमा यस्तो काम त बराल साइला पो गर्थ्यो । पुगेछ कि कसो काठमाडौं । हाहाह्हह्हाहा !

  6. dear editor,
    the matter is not only what is present in the cd but who have been using it and for what purpose…of course the maoists have to prove that the cd was being utikised by the Paras and the gangs for fulfiling their ill intensions…another thing is that many of the things have to be worked out on ground reality analysing all the aspects on ground…in that case their are many hints as to the efforts of the royakists about what the Maoists have been crying out…always looking for solid proofs can at times be mortal…do you wait till somebody, aiming at you with a gun, really fires through your heart to gather the solid proof that he intends to kill you or prepare to avoid that…. ????
    so guys we’ve to learn to analyse things in a holistic approach lest you become the blinds commenting on the elephant…

  7. Afno angma bhaisi hideko dekhdaina arkako angma jumra vaneko ehi ho kya!
    MB le afno galti ra apradh ani byawahar kasto cha vanne praman po raicha.
    Nautanki Naya Nepal Abhiyan!

  8. देशमा के के हुन लगिरहेछ कोन्नि बुझ्नै नसकिने!यि पाझि नेता भनौदा हरु के भद्रो हेरेर बसिरहेका हुन कुन्नि?अनेक जाल ,प्रपन्ज,नाट्क हेर्ने हामि जनता दर्शक हौ र?सरकार बनाउने बनौने भन्दै हामि नेपालि जनतालाइ “आकाशको फल आखा तरि मर” भन्ने बनाउने हो?कस कसको के -के स्वार्थ मा हामि जहिले पनि किन रात न निन्द्र भोक न तिर्खा हुनुपर्ने?कहिले देसमा स्थायि र शुशासन ल्याउछौ ये पाजि हो?देश डुब्न लगि सक्यो ,किन गलबद्दि गरिराख्या?सक्दैनौ भने माओबादि वा राजालाइ नै सम्झाइ बुझाइ शाशन सम्हल्न देउ,अनि केहि नेता(जो ब्यक्तिगत स्वार्थ ले अघाको छैन) आफुहरु बनारश तिर लाग ,याहा जनताको आखामा धुलो राखेर सधै बिचलित बनाउन पाइदैन्!

  9. माओवादीहरुले नभयेर उमेशजीले जनतालाइ उल्लु बनाए जस्तो लाग्यो, माओवादीले पेश गरेको प्रमाण त्यो होइन, यति सजिलै कमेण्ट लेख्न हुदैन, धेरै प्रख्यात अनलाइन भयेकोले र उमेशजिले दरबारियालाइ प्रहार गरिरहने हुनाले उनलाइ बदनाम गराउन त्यो सिडि उपलब्ध गराय़ेको हुनसक्छ, उमेशजि तपईलाइ दरवारियाहरुले प्रयोग गर्दैछन है बझ्नु होला

  10. I read all above comments amd enjoy too, and i also feel that Maoist prepared this to celebrate april fool.

    I do not know to type in roman nepali and no need to publish my comment ,I just participate.

  11. उमेश जी तपाईले बेलैमा बुद्धि पु-याएर अनावश्यक बिधुत र टेलिफोनेको बिल बढाउने काम गर्नु भएन छ त्यसको लागि धन्यबाद ||||

    यत्रो हल्ला-खल्ला भएको सिडिमा के-के न प्रमाणहोला भन्ने कौतहलता मलाई पनि जागेकै हो अरुलाई जस्तै | तर फगत समाचारको कटिन्ग फाईल भन्दा त केहि पनि देखिएन | माओवादिको ११ वर्षे बदमाशि त हामिसबैले देखेकै,भोगेकै हो |त्यहि कुरा त्यसमा देख्दा कुनै अनौठो भएन | यतिका लगि किन प्रचार प्रसार | जिउदै आगो लगाएको,घाँटि रेटेको,लिंग छेदन गरेको,हातखुट्टा काटेको,मुटु झिकेको,भिरवाट लडाएको,वसमा यात्रुसहित आगोलगाएको,लुटेको,पिटेको,रुखमाथि मान्छे राखेर तारो हानेको,सर्बसाधारणको उठिवास लगाएको,मान्छेको मासु खाएको जस्ता सुन्दै रिस उठ्ने कृयाकलापको बारेमा पनि राखेको भए त्यो सिडि को बिक्रि राम्रो हुने थियो | झघन्य प्रकृतिको मानव हिंसाको जडवाट आएको माओवादिले आफ्नो चरित्र सुधार्न अझै निक्कै समय लाग्ला जस्तो उनिहरुकै व्यवहारले देखाईरहेको छ | अरुलाई दोष दिएर आफु पानि माथिको ओभानो बन्ने माओवादि प्रयत्न लाई खोलाले बगाईदिएको छ |
    सिडिमा देखिएको कुराहरु उनिहरुवाटै भएको घटनाको एक अंश हो र यो तितो सत्य पनि हो | यसमा षडयन्त्रको गन्ध छ जस्तो त मलाई लागेन | हाल माओवादिलाई दिउसै बर्बराउने रोग लागेको जस्तो छ | उपचार बेलैमा नभए यसले नराम्रो असर गर्ला जस्तो छ त्यसैले नेता महोदय उपचारका लागि कता हान्नि ने हो हान्निहालौ | बिर्सन खोजेको विगतलाई फेरि ब्युझाउने प्रयत्न नगर्दै बेशहोला,चुनाव आउन लागेको छ |

    धन्यबाद|||||||||||||||||||||||||||||

  12. Hi

    This is just a nonsense what they always think about people. Palace was misunderstanding the the situation so gyandra could not rule appropriately. He was playing a drama of public visit in different places misusing the poor people’s tax money in the name of understanding and realising the people’s problems. Now, they are regreting the consequences of the creative role of 21st century’s king. Thenafter, moist are substituting the royal’s same role and they think that people can not understand what these files are and how they can be created in these time of electronix. They might have thought that CD would make a big sense among the innocent and computer illiterate people and they would start to trust them. it is totally as a consequence of their misunderstanding about the genearal public.
    The context is clear, they do not have hearttouching agenda to go to the general public. We can see these by terai revolution where they almost had to run away. I can read another bad news to moists that tharus are splinting from them. People in the rural area wants to retaliate them againt brutal killing of their only active son only because that he did not agree to join them.
    So the propoganda of this CD is clear.

    Good luck to moists and may god give them right knowledge to play as a creative mainstream political party.

    wellwisher Trondheim, norway

  13. नखोक्नुस माओबादी कामरेड हो|कम्युनिज्मको बेइजत गर्ने पाखण्डिहरु हो…|कम्युनिज्मको १२ बर्षे युद्दमा गरेको गल्तिको भ्वाङलाइ टाल्न सक्नु हुन्न |जुन कुरा हावामा प्रचण्ड्ले बोलेको गल्तिलाइ फेरि अर्को गल्तिले पुष्टि गर्यो देशलाइ स्वर्ग बनाउछु भन्ने जन्तुहरु | के यहि सिडि हो ६० करोडमा लगानि गरेर बनाइएको षडयन्त्र| जे होस दुरदर्रशि मनोबिज्ञान मान्नै पर्छ| धन्यबाद कामरेडहरु…|

  14. यो सिडॅई ्हेरे पछइ त अचम्म नै लागयो, धन्यबाद माआबादि साथइ हरु तपाइ्हरु को प्रगति उल्लेख्ननिय छ .

  15. यो माओबादीले April 1st को लागि तयार पारेको सि डी हो । कुन चाही दरबारीयाले षडयन्त्र गरेर २० दिन अघि नै बजारमा ल्याइदिएछ । कमरेड साथि हो दरबारिया षडयन्त्र त यहाँ पो भएको छ त………….

    मु्र्ख जनता हरूलाई “अप्रिल फुल” बनाउन भनेर कस्तो मेहनत गरेको त सब भताभुन्ग भयो । त्यसैले कमरेड हो यसको बिरोधमा सडक जाम गर्ने होइन त ?

  16. हात्ती हात्ती आयो फुस्सा !!!
    नेताहरु बौलाए कि क्या हो?
    यस्ता कुराहरु आगामी भाद्र १२ गते बुधबार राख्दा राम्रो हुन्थ्यो|साइत हेरिरहन नपर्ला|

  17. Umesh ji,

    Nothing at all. Innocent nepalese are emotional that’s why Maoists’ are trying to take benefit from such rumors by using the innocent people’s feeling. They are not going to do anything good in the coming future. National Unity is important Umesh ji. there must be republican set up in Nepal but unity is important. Maoist’s are just trying to fill thier air in the mind of nepalese people.
    Raj
    USA

  18. Thanks for the blog. I appreciate the way you have tried to publish the truth of the scandal and show the reality of the issue.

    I personally thank the person who has taken the trouble in collecting the of news and archiving. Every citizen of Nepal has the right to view this CD. It should be actually played by National channels in a program show so that we all Nepalese know what dirty game these political parties have been playing to make Nepal another Sikim in the name of “Loktantra”.

    On the basis of your comments and content of the CD I personally think this is a big blow to the individuals and political organizations who have been blaming the monarchy for every failure of theirs.

  19. यो त अर्को अचम्मको पहाड हो | बनको बाघले खाओस नखाओस, मनको बाघले माओवादीलाइ खाइराछ | माओवादीका ज्यादतीका समाचारका कटिङहरु त त्याहॉ भन्दा म सङ्गनै बढि होलान्, के मैले प्रचन्डलाइ मार्न खोजेको हुला त ? हैन यि माओवदी भनाउदाहरुको सुद्धि कहिले आउनेहोला हॅ ?

  20. नाटक मात्र। भएपो प्रमाण ल्याउनु। आफु गल्ति गर्दै हिड्ने अरुलाई दोष, ति समाचार त सत्य होलाननि? आफ्ना नराम्रा समाचार बटुलेर के गर्न खोजेको हो बुझ्नै गाह्रो।

  21. Malai pani achamma lagyo. Yo ta pakkai pani maobadi le nai tayar gareko CD ho. yestai ho bhane maobadi ko haalat future ma behaal hune bho. Ke garne yo ta behaal ko kura ho.

  22. Yo ta wahiyat nai vayo…yasle ta rajabadi haru lai nai badhi faida dinchha…haina yasto sato khalko scandle kina garchhan iniharule? huna ta halla ra scandle le nai aahile ko rajniti ma mul taranga liyaeko chha…
    maobadi haru lai jimmewar rajnitik party ko hisab le bevahe garna ma agraha garchhu,…yasta khalka ketaketi pana le ganatantra badi kai kitta ma dhakka pugchha…

  23. What a big waste Umesh ji.

    You should have just wrote two words .. this CD is nothing but a “B— S—” … trust me all of the readers would have taken your word.

    This CD is nothing but a Propaganda Stunt of so called MAHAN MAOIST NETA Puspa Kama Dahal. What he has learned in last 11 years is nothing but such a lowely despicable tricks. Of course he is very very … very good as such an immoral, unethical and irresponsible stuffs and get applause from the crowd.

    I hope in coming days people will weigh him correctly.

    God bless all.

  24. hi,
    moist ko kehi kama chaina. janata pani chainaan tesai bhayera yo ho halla gareko ho.
    hernu hola election ma –they will loose the election.
    Moast do not want the election , that’s why they are creatingn all these problems.

  25. ha ha ha
    k ho yasto bakamfussay kura ma ta kunai thhulo kura ko meeting wa aru kunai tysto bhayankar thhulo sadyantra hola bhanay ko ta ufffffffff maobadi lai k bhayo yasto ………..bichhara agulto lay hanako kurur bijuli dekhhda tarsay jasto bhayo………..oi maobadi chhya nepaliu lai kina understimate gareko ………….janata dherai bathha chhan yasto kura lay timiharu ko khhili matra udaun 6……….thhutono bachhau hai………..natra dukhha paulau……….huna ta jasko jati budhhi 6 tyaslay tyati nai garnay ho………………..10 barsa ma swiss land hoina swaziland hola hahaha………………

  26. Maobadi ko asli rup heridaicha, Aba naya nepal pani dekhine cha, tara sabal khali kasto Nepal ho?
    Malai hijo aja kahile kahi tio guid book agadi lekheko ” old is gold” sahi lagna thaleko cha.
    Wine pani purano ramro.
    Exam ko question pani purano ramro.
    Whisky ta jhan purano ramro.
    Karmachari pani purano(Experience) ramro.
    Neta(Girija) pani purano ramro.
    ani kasari Naya Nepal ramro?

  27. As Bhupi Serchen said “Nepal hallai halla le bhareyeko desh ho..” 8 parties along with king everyone is ready to sell our country… not only king but leaders should be striped off their power and kicked out of the country specially Prachanda, Babu, Girja and Madhav… no need to mention about royal family cause it should have been done long time back anywway

  28. oh, yar this is age of information so nothing in that cd , just paper cutting. anyone can make such things- like any researcher can do this things for reaserach purpose. KINA YASTO HAUGUJI VAYAKO HO NEPALA? nothing , just propoganda. but like such propoganda is not benificial for maoist for themselves and of course not good for peace process itself.

    ss

  29. k ho yo manchelai pagal bananune ?
    yo bhanda badi ta ma sanga cha maobadiko sarkarko naramra kura haru bhayeko cd .yedi mr umesh publish garne bhaye baru mail pathaidiula.

Leave a Reply