अडियो कमेन्ट

अडियो कमेन्ट
अब तपाईँ आफ्नै आवाजमा पनि कमेन्ट पठाउन सक्नुहुनेछ। त्यसका लागि सजिलो उपाय SayAndPost लाई ठानेका छौँ। किन गर्ने त अडियो कमेन्ट ?

– किन भने लेख्‍न भन्दा बोल्न सजिलो हुन्छ।
-कति मान्छे शुद्ध नेपाली भाषामा लेख्‍न सक्दैनन्।
-कतिपय मान्छे बोलीबाट अभिव्यक्त गर्ने कुरा लेखेर गर्न सक्दैनन्।
-कतिपय अवस्थामा लेखाइमा भन्दा बोली विश्वसनीय हुनसक्छ।

तर कम्प्युटरमा अडियो रेकर्ड गर्ने काम झन्झटपूर्ण हुन्छ। धेरै मान्छेले bitrates र kilohertz को कुरा बुझ्दैनन्। न निश्चित dll फाइलहरु इन्स्टल गर्ने प्रक्रिया नै बुझेका हुन्छन्। कति मजा हुने थियो यदि ब्लगमा कमेन्ट लेखे जस्तै सजिलोसँग बोलेर पनि कमेन्ट गर्न पाएको भए ! यस्तै सोच्दै इन्टरनेटमा डुल्दा एउटा मजाको प्रोग्राम भेट्टाएको छु- से एन्ड पोस्ट। यसबाट तपाईँ सजिलै आवाज रेकर्ड गरी कमेन्ट पठाउन सक्नुहुन्छ। त्यसका लागि के गर्नुपर्छ त ?

यो प्रक्रिया अपनाउनुस्-

1. सबैभन्दा पहिला यहाँ क्लिक गरी यो प्रोग्राम डाउनलोड गर्नुस् र इन्स्टल गर्नुस्।

२. SayAndPost प्रोग्राम खोल्नुस्। तपाईँले यस्तो देख्‍नसक्नुहुनेछ-

३. आफ्नो माइक तयार गर्नुस् र रातो बटन थिच्नुस् अनि बोल्न थाल्नुस्

४. रोक्नु परे यस्तो बटन थिच्नुस्

५. बोल्न सकिएपछि यस्तो बटन थिच्नुस्।

६. तपाईँको अडियो कमेन्ट रेकर्ड भइसक्यो। अब पोस्ट गर्नुअघि सुन्न चाहनुहुन्छ भने प्ले बटन थिच्नुस्।

७. अब गोलो संसार जस्तो बटन थिचेर तपाईँको अडियोलाई अपलोड गर्नुस्।

८. अपलोड सकिसकेपछि तपाईँले यस्तो सन्देश देख्‍नुहुनेछ-

OK थिचिदिनुस्।

९.अब तपाईँले HTML मा क्लिक गर्नुस्।

१०. अनि यस्तो लिङ्कलाई कपि गरी माइसंसारको कमेन्ट लेख्‍ने बाकसमा पेस्ट गर्नुस्।

११. अब तपाईँको अडियो कमेन्ट अरुले क्लिक गरी सुन्न सक्नेछन्। याद राख्‍नुस्, तर्कपूर्ण र रमाइलो कमेन्ट भए मात्र तपाईँको नाममा आएको कमेन्ट अरु पाठकहरुले सुन्नेछन्, नभए कसैले सुन्ने कष्ट गर्नेछैनन्। जथाभावी कमेन्ट गरिएको सुन्नुभएमा सोही कमेन्टमुनि रिपोर्ट गरिहाल्नुस्, त्यस्तो कमेन्ट लेखकलाई प्रतिबन्ध लगाइनेछ।

१२. अब गर्ने हैन त अडियो कमेन्ट पनि 🙂

4 Comments

  1. साथी हो, सय मा उनान्सय नेताहरु केन्द्रमा गयपछी कीन नालायक र भ्रस्ताचारी हुन्छन? तपाईंहरुलाई के लाग्छ? मैले त केही बुझ्न नै सकीन। तपाईंहरुको बिस्लेसन सुन्न मन लगेको छ, कृपया गरी लेख्नु होला है, Manoj

  2. ao uparastipati lai ta nepali jantala sadak ma layara jalauna parne aafno restya nepali vasa lie ny pakalauchha bhana yasta lai kasla manchha upa rastapati

Comments are closed.