यस्तो छ शैक्षिक नटवरलालको कर्तुत

श्रृति राई

गोपाल पौडेलसँग मेरो भेट दस वर्षअगाडि ‘हिमालयन एती (Himalayan Yeti, UK)’ को कार्यक्रम मा भएको थियो। त्यतिबेला म लन्डनको एक कलेजमा पढ्दै थिएँ। मलाई धेरैले भन्ने गर्थे गोपाल आफ्नो स्वार्थ र फाइदामा चल्ने मान्छे हो। धेरै वर्ष illegal बसेर रेस्टुरेन्टमा काम गरेर legal status (सायद उनको श्रीमतीको legal status ले होला) पाएपछि Ealing Broadway नजिकै, West London मा Boston College of London गोपाल पौडेलले खोलेका हुन्। यो लण्डनमा नेपालीले खोलेको पहिलो कलेज पनि हो जस्तो लाग्छ मलाई – अहिले त ७/८ ओटा नै छन्।

गोपाल दाइ ठगी कार्यमा संलग्न छन् भनेर मैले तेतीबेला बुझे जब मेरो १४ महिनाको कलेज पढाइपछि Student Visa सकियो र मैले उनलाई एउटा कलेजको संचालक अनि एक नेपालीको नाताले सोधेको थिएँ, ‘दाइ मेरो भिसा सकिन लाग्यो, के गर्ने होला? कुन University मा भर्ना गर्ने होला?’-


अनि उनले मलाई भने ‘अरुलाई ६ हजार पाउण्ड हो तिमीलाई चिनेको नाताले ४ हजार मा भर्ना गरिदिन्छु किन university जाने, काम गर पैसा कमाऊ’ तर पछि थाहा भयो कि उनको कलेजमा एक वर्षको फी ५००/६०० पाउण्ड रहेछ।

फेरि २००३ तिर होला, म नेपाल गएको बेला अचानक एउटा विज्ञापनमा आँखा अडियो, हेरेको त ‘sport admission and free seminar for UK’ भनेको रहेछ। त्यो कार्यक्रम पुतली सडकको Sharemarket Complex मा रहेको एउटा institute जुन Boston College of London, अर्थात् गोपाल पौडेलसँग आवद्ध थियो। एकजना साथी र म गयौँ के रहेछ सुनौ बुझौँ भनेर – १/२ जना सहभागीले सोधे हामी एमफिल/ पीएचडी गर्न खोजेको लण्डनमा कस्तो छ, कति पैसा लाग्छ भनेर।

गोपालको जबाफ थियो “MPhil/PhD को लागि २ जना supervisors चाहिन्छ, एकजना म बस्छु अर्को external खोजौंला मेरै college बाट हुन्छ तपाईं आफ्नै बन्धु पर्नु भएछ अरुलाई भए १०/१२ हजार वर्षको। तपाईं ६ हजार तिर्नुस् र एउटा proposal दिनुस म सब व्यवस्था गर्दिन्छु”। त्यो पनि नेपाल मा बसेर पढ्न पाइने उनको जिकिर थियो – धेरैलाई सो कुरा सही हो भन्ने लाग्यो होला। तर मेरो साथी र म भने पछाडि मरी मरी हाँस्यौँ – साएद ‘कोठे’ PhD को कुरा थियो होला त्यो जुन गोपालले गरेको यो नौटंकीबाट प्रस्ट हुन्छ।

गोपालले बोस्टन कलेजबाट राम्रै आम्दानी गरे, २/३ ओटा घर किने लण्डनमा – कलेज bankrupt भयो भने र पैसा असुले। अहिले Boston College जसलाई UK Border Agency ले Register of Sponsor को ‘बी’ ग्रेड राखको छ, उनकै ज्वाईं, नाम नभनु, (भट्टराई थरका)ले चलाई रहेका छन् । ‘B’ Grade sponsors college लाई quality को हिसाबले खासै राम्रो मानिन्न तर तिनीहरुले आफ्नो कार्यक्रम भने चलाउन पाउँछन्।

गोपालसँग २००५ पछि धेरै भेट हुने मौका मिलेन। एक कार्यक्रममा फेरि जम्काभेट भयो। अनि मैले उनको बारेमा केही जानकारी नभएको जस्तै गरी सोधेँ, “के छ दाइ नयाँ खबर? धेरै भयो लण्डनतिर देखिनु हुन्न नि”।

उनले आफ्नो तेजिलो आँखाले मलाई हेरेर भने “बैनी म पुरानै पेशातिर लागेको छु”। Gurkha Knight रेस्टुरेन्टको सञ्चालक रहेको एउटा कार्ड मेरो हातमा थमाउँदै उनले भने “आउनु है म work permit मिलाई दिउँला। मैले नयाँ रेस्टुरेन्ट खोलेको छु Worcester, Kempsey मा”।

केही समयपछि थाहा भयो रेस्टुरेन्ट त ठूलै खोलेका रहेछन् तर ग्राहक तान्नको लागि ‘only 18 and over’ को लागि भनेर छुट्याइएको area मा भने KamaSutra को Erotic फोटोहरु भित्ता भर टाँसिएको रहेछ जुन public complaint पछि रेस्टुरेन्टले हटाउन बाध्य भयो। यो कुरा Worcester local newspaper मा पनि आएको थियो।

त्यसपछि गोपालले Ireland मा कलेज खोलेर चलाएको खबर थाहा भयो। सायद UK बस्न उनले गरेका कर्तुतहरुले गाह्रो भयो होला उनलाई। उनी पनि यो घटनामा संलग्न थिए कि थिएनन् त्यो त थाहा भएन तर आज जसरी गोपालले नेपालमा उनको Virtual University को कुरा गरे, एकदमै हुबहु मेलखाने प्रकारको university Ireland मा भेटियो 2008 मा, Irish International University (IIU) भन्ने जसले Cambridge University को हल भाडामा लियो graduation award ceremony को लागि तर BBC को follow up पछि हतार हतार सो कार्यक्रम Oxford university सारियो तर त्यो IIU कहिँ कतै register भएको भेटिएन र सो नाम गरेको University लाई अहिले Oxford र Cambridge ले आफ्नो university complex भित्र कार्यक्रम गर्न प्रतिबन्ध लगाएका छन्। यहाँ हेर्नुस् http://news.bbc.co.uk/1/hi/education/7175730.stm

गोपाल Ireland हुँदा यो घटनामा संलग्न नभएको भए पनि उनलाई यो Irish International University (IIU) को कार्यले थप ठगी गर्न उक्साएको पक्कै हुनु पर्छ।

सायद गोपालले Ireland मा पनि राम्रो भबिस्य नदेखेर अन्त पलायन भएको हुनु पर्छ ठगी कामको खोजीमा। गोपाल कुन university गएको, कहिले PhD गरेको उनलाई चिन्ने कसैलाई थाहा छैन। उनी आफैसँग हुन्थे fake certificate हरु र नेपालबाट भर्खर UK आएकाहरुलाई ठगी गर्थे। जानकारहरु भन्छन् गोपालसँग UK university का सबै level का fake certificate हुन्थे र केही नेपालबाट Bachelors गरेकालाई certificate पनि बेचे, आफ्नो college मा पढाउन आऊ पैसा दिन्न तर work permit मिलाई दिन्छु पनि भन्ने गर्थे रे यिनी। कसैकसैलाई Boston college को teacher को जागिर पनि दिए रे work permit को लागि तर reality मा काम भने बाहिर रेस्टुरेन्टतिर पो गरेका पनि थिए रे नि कि कसो त गोपाल दाइ?? यो कुरा लामो छ म फेरि लेख्नेछु। तर गोपालको सञ्जाल धेरैतिर फैलिएको छ र ठगी कार्य पनि नेपालभित्र मात्र नभई अरु देशको सोझा विद्यार्थीसम्म पुग्ने कोशिश गर्दैछ। हेर्नुस् न, एउटा University को VC ले लेखेको एउटा international academic document verification बारेको अनुरोध:

gopal paudyal 28/05/2010
Dear Sir/madame,
i would like to apply on behalf of my university’s students legalization and veryfication service for their mark sheet and certificates।we are looking for a permanent company to veryfy and legalize them।we are also looking for a cheapest deal possible।our university is registered in belize central america and opened a virtual office in USA।We have also a branch office in nepal and most of our students are poor Asians who are graduate here in nepal।they want an apostille service that is why i am writing you for a big number of students apostille service ।If you are rady to work in this regards i will send all the documents by email and send me by post । please advise me what is the possiblity for next stape with co operation।please reply me soon।we are also looking for register 2 different non proffit organizations in USA।and also interested to register a degree granting post secondery distence lirning university

Read more: http://www।articlesbase.com/politics-articles/obtaining-an-apostille-or-embassy-legalization-online-307709.html#ixzz11A2Bqxlf

यो सब हाम्रो कमी कमजोरी गर्दा भएको। हाम्री बोल्दैनौ बस ठग्न दिन्छौं। नेपालभित्र हेर्नोस् न काला बजारी र ठगीका घटनाहरु। देश पाइयो तर गतिलो नेता पाइएन, देश र जनतालाई माया गर्ने, देश र जनताको भलो सोच्ने नेता भेट्नै गाह्रो भो। अब अरुले पुगेन चाहियो रे PhD नेताहरुलाई – Dr. लेख्न पाउछु भनेर होला। तर मह जोडी नफँसेको भए हुने। अबको दिनमा विचार गर्नु होला है।

66 Comments

  1. People like Gopal Poudel are everywhere in Europe, and news like this have come up before too. Some months ago there was news about Chiranjibi Dhakal and Rajaram Giri in the UK, and then of Shashi Poudyal and Sharada Baraily (in ther Netherlands); or in some cases Nepali got so pissed they even attacked these disguishting people like Shashi Poudyal’s brother getting beaten up in Belgium… It seems someone must do reasearch along side the government authorities of these respective countries, because in spite of news or physical actions, these crooks like Gopal Poudel continue to rob Nepali, whether they are at home or in foreign land, and the sad part of it that no news comes from any major Nepali media nor government officials. One should also ask whether they are also been bought by the people like Gopal because even with the fake honorary degree distibution by fake Greenford International University, no one spoke lound and clear.

  2. भनेको सुनेको मा धेरै समय खेर फाल्दा अलिक राम्रो हुँदैन की रितुजी,मा वकिल भनी निधारमा लेख्नु पर्ने होला नी रितु जी
    होला गोपाल भन्ने मान्छे फटाहा नै,धेरै देस घुमियो धेरै मान्छेको संगत गरियो,तर रितुजी हामी नेपालीमा जस्तो अरुको खुट्टा
    तान्ने प्रबिती अरु कुनै जाती छैन जस्तो मलाई लाग्छ,बिदेसमा हामी नेपाली सिङदरबार जत्रो घर सफा गर्छौ शाहुको तर ५ मिनेट
    मा सकिने आफ्नो रूम सफा गर्न मन पराउदैनउ र आँफै रूम फोहोर भयो भनी गाली गर्छौ अब त हामी आँफै सुध्रेनेकी रितुजी,
    धर्म थापाले ठगेको कुनै मान्छेको नाम दिन सक्नु हुन्छ तपाईं?तपाइ कस्को उक्साओटमा कस्को लागि धर्म थापाको ब्यजत गर्दै हुनुन्छ?

  3. Queensland College of London Kp Bhatta bhanna mancha ko ho. Yo pani Nepali student lai thagi garna natwarlal nai ho hai. hoseyar

  4. रितुजी हजुर लाई वोकिलको अर्थ थाहा रहेनछ भोली आतंककारी बिन लादेन कुनै वकिलको संपर्क मा आयो र म आतंककारी होइन भनी अदालत
    म मुदा लड्न चायो भने उ आतंककारी हो भन्ने थाहा पाये पनि वकिल को कर्तब्य भनेको उस्लाई बचाउनु हुन्छ के एस्मा वकिल लाई गलत भन्ने
    तपाईं आँफै भन्नु नेपालीलाई लण्डन मा पस्पोर्ट लिन के भनी मुद्धा हाल्ने कि भुटानी भन्नु पर्‍यो कि माओवादी भन्नु पर्‍यो खोरका बाख्रा गर्बवती बनाको भन्दा त मुदा दर्ता हुँदैन होला नी

    • जिन्दगीभरी कानुन को कुनै खास डिग्री नलिएको व्यक्तिलाई तपाइले वोकिल बनाइदिनु भयो अब के भन्नु dr धर्मराजको बारेमा/ my sansarma .उपलब्ध भाको अन्य कमेन्ट पनि पढ्नु भय तपाइलाई तपाइको वोकीलको बारेमा राम्रो जानकारी हुन्छ/

  5. त्यो गोपले को नामै हाउडे गोपाल हो गाउ घर मा अचेल पनि हाउडे गोपाल भने पछि काभ्रे जिल्ला को मण्डन भेग मा उस लै न चिन्ने कोहि पनि छैनन् किन कि उस को घर काभ्रे को महादेवस्थान २ धाईटार मा पर्छ / गाउ घर मा पनि पहिलेई देखि ठग र फटाइ गर्ने गर्थ्यो हो त्यो मान्छे /

  6. धन्न अस्ट्रेलिया मा चाही पसेको रहेनछ क्यारे ! तर यहाँ पनि तेस्ता फटाहाहरु प्रशस्त छन्, नाम अहिले पब्लिस नगरौ, तपैहरु आफै होसियार हुनुहोस l कोहीको त पत्रिकामा नाम पनि छापियको थियो त्यसैले साबधान!

  7. श्रुति को भनाइ सारै चित्त बुझ्यो | डाक्टर थापा पनि नक्कली हो भनि प्रस्ट गर्नु भयो | झुटो मुद्दा बनायर धर्मले ५०० पौण्ड लिने गरेको सबलाई थाहा छ नभयको अधिकार मा आफुलाई ओकिल हो भनि हिड्ने गरेको र होमे अफिस ले समात्न आउदा अयारलेंद मा भागेको पनि थाहा छ | दुवै डाक्टर एकै डिंग क मुला हुन् | धर्मे अब तेरो पाली छ नेपाली लै ठग्ने लिस्ट मा |

  8. सबै लेख ठीक नै होला आफ्नो ठाउँमा तर मलाई डाक्टर धर्म थापालाई लेखेको चाँही साह्रै मन परेन
    हुन त मैले धर्म थापालाई चिनेको धेरै भएको छैन तर कुन मान्छे कस्तो हो भन्ने थोरै भेटमा नै काफी हुन्छ
    छदम् भेसी रितुले भनेको जस्तो होइन जस्तो लाग्छ मलाई धर्म थापा जुन बेला खुर्सानी माइलो चिरिन्जिबी वाग्ले
    गोरखाबाट राजनीतिकको खोल ओडेर काठमाडौं झर्यो,त्यो बेलामा धर्म थापा अध्ययनको सिल्सिलामा लण्डन आउनु भयो
    आज राजनीतिकको खोल ओडेर भ्रस्टचारी वाग्ले कहाँ पुग्यो सिधा धर्म थापा कहाँ यो सबै प्लमिस्टिड मा बस्ने नेपाली
    लाई थाहा नै छ,३ बर्ष अगाडि रेस्टुरेन्टमा भाडा माज्न आएका हरु गाडी चडेर हिड्छन् आज धर्म थापा किन बाटो मा लुरुरु
    हिंड्नु परेको छ यो कुरा छदम्भेसी रितुले नी बुज्नु पर्ने,किनकी धर्म थापाले दाँया बाँया काम गरेन,५ बर्ष भाडा माज्नेहरुको सब थोक छ धर्म
    थापाको के छ? हुन त धर्म थापा आफु अलिक आँफै हलुको पनि भय जस्तो लाग्छ मलाई खोइ नयाँ स्टुडेन्टले बैंक अकाउन्ट खोल्न जाउन
    अन्कल भन्यो भने उहा बैक सम्म गैदिनु हुन्छ,धेरै नेपालीले यहाँ नयाँ आयको नेपाली चिन्दैनन यहाँ नाम चलेका नेपाली वोकिल भेट्न
    घण्टाको हिसाबले पाउन्ड तिर्नु पर्छ तर धर्म थापाको सेवा सधैं निसुल्क हुन्छ।
    हो लण्डन आउने सबै नेपालीको मन ब्रिटिश पास्पोर्ट लिने हुन्छ,आज सेर बहादुर देउबा लाई ब्रिटिश सरकारले नेपाली काग्रेस भनी
    पत्याको भये आज नेपाली राजनीतिकमा देउबा को उदय हुँदैन थियो लण्डनको कुनै ठाउँमा सेरेको रेस्टुरन्ट भन्ने फेमस हुन्थियो होला
    र कुनै नेपाली लाई पास्पोर्ट लिने बेलायत को कानुन बताइ दिनु के धर्म थापाको पाप हो ?

    • shyam k c ज्यु मलाई छद्मभेषी भान्नुभाकोमा धन्यबाद /तपाइलाई republic iraland को एउटा bank को बारेमा थाहा छकि छैनहोला/ त्यो बैंक मा कालोधन कुनै सोधखबर नगरी नै राखिन्छ/uk मा सम्पतिको विवरण र कर तिरे न तिरेको विवरण नभय ठुलो धनराशी राख्न बैंक ले मान्दैनन/ तपाई त बुद्दिमान हुनुहुन्छ तैसेले धैरे नखोलौ धर्म राज थापा लाई नै सोदन होला/ आनी मलाई धर्मराजको धन सम्पति संग गुनाशो होइन उसले गर्ने कार्यसँग बिरोध हो/ चिरिन्गीबी बाग्ले होस् या kp , ओली ,खुमबहादुर होस् या बामदेव गौतम,प्रचण्ड होस् या गच्छदार जसले पनि गलत गर्छ त्यो कुरा को बिरोध गर्नु पर्छ/ गोपाल पौड्याल को गुरु धर्मराज पनि गलत हुन् र दुवै को बिरोध हुनुपर्छ/

  9. नमस्ते ‘जो भएपनि’,

    छेरुवा ! आफ्नो नाम त लेख्नु भएन नि । अनि तपाईंले पनि Dr Poudel जालो बाट फाइदा उठाएको पक्कै हुनु पर्छ । एक जनाले सबै ठाउमा राम्रो काम गर्न सक्दैन तर गलत नियत प्रति अवाज अवस्य उठाउन सक्क्छ। तपाईंले के गर्नु भयो ठगि र भ्रटाचार रोक्न, र समाजमा नियम र कानुनलाइ कायम गराउने सम्बन्ध मा?

    गोपाल र Dr Thapa ले, (माथि ‘ऋतु’ ले भने जस्तै), धेरै नेपालीहरु संग UK मा asylum मिलाई दिन्छु भनेर पैसा असुले र कति जो अंग्रजीमा अलि कजोर थिए तिनीहरुको अन्तरबार्तामा translator को रुपमा आफैं जाने पनि गर्थे। फाइदा उठाउनेमा तपाईं पनि पर्नु भयो कि?

    कति सम्म भने London मा asylum को लागि application बुझाउने मान्छेहरु धेरै भएको र UK Home Office ले सो प्रक्रियामा अलि कडाई गरे पछी कतिलाई Dr Thapa र Dr Poudyal ले Liverpool,(North West UK) लगेको पनि धेरै लाई थाहा छ किनकि London भन्दा Liverpool मा अलि कम थियो रे asylum seekers को भिड – मैले नेपाली मात्रको कुरा गरिराखेकी छैन UK मा asylum खोज्ने देशका झनै धेरै हुन्थे रे । यो भन्दै गर्दा कति नेपालीहरु जसले asylum पाउनु भाको छ तपाईंहरुलाई दुख पनि लाग्न सक्छ तर मेरो अवाज गलत नियत, गलत नजिर, गलत आदत भएका व्यक्तिहरु प्रति लक्षित छ।

    र तपाईं ‘जे भए पनि’ जी तपाईं जस्ताले हो गोपाल हरुलाई उक्साएको?

  10. हार्दिक धन्यबाद श्रुति राइ तपाई ले लेख्नु वाए क कुरा हरु सत्य छ. मैले पनि धेरै सुनेको हु यो बोस्टन को बारे मा किनकि मैले पनि यो चोल्लागे को बारे मा अने देह्रै कुरा हरु राम्रो पिना. आब पनि एती कुरा ठ पाएर पनि नेपाली विद्यार्थी जानी जानी एई बोस्टन मा जन्चन वने मुर्खता हुने छ.

  11. यो गोपाल पौड्यालको घर नेपालमा काभ्रे जिल्ला हो /यसलाई बोस्टन college ऑफ लण्डन खोल्न पहिलो पटक सघाउने मान्छे dr .धर्म राज थापा हो/यो धर्मराज थापा pani फटाहा मान्छेहो /धर्मराज थापाले नेपालीहरु लाई नक्कली माओबादी बनाई uk को home office मा पठाउने statement बनाई दिन्थ्यो र पैसा लिने गर्थ्यो /यहि धर्मराज थापाले आफु जस्तै नक्कली dr को फुर्को लगाउने नशा गोपालमा सरे पछि गोपाल सबैलाई dr . बनाउदै हिडेको छ/. स्मरण रहोस धर्मराज थापा राजाको ज्ञानेको पालामा शिक्षा mantri बन्छु भन्दै कान्तिपुर लगायत थुप्रै पत्रिका मा लेख लेख्दै हिडेको थियो /

  12. यि भ्रस्टचारि देस बेचुवाहरुलाई साह्रै सुहाउने डिग्री दिने अर्को ठग गोपाल पौड्याललाइ धन्यबाद नदिदा त ठुलै अन्या होला नि ? शुरुमा नै लागेको थियो जनताका बैरी केपी र गच्छेदारलाइ विद्यावारिधि दिने संस्था पक्कै गतिलो छैन भनेर ! यि देस बेचुवाहरुलाइ बिध्यावारिधिको पोशाकमा हेर्दा डिग्रीको सहि मजाक भएको देखिन्थ्यो ! गाईजात्रालेपनि बिकराल रुप लियो ! अति भै सक्यो

  13. गोपले धिक्कार छ त लाई र तेरो जिन्दगि लाई नेपाली लाई ठग्न लाज लागे न

  14. रमेश खरेल जी तपाइ कता हुनुहुन्छ ? गोपाल पौडेललाई समात्न किन ढिला हुँदैछ ?

  15. He looks like getting inspired by Frank William Abagnale Jr. (The person who wrote the autobiography “Catch me if you can.”)

  16. ठीक कुरा के हो नबुझीकन त्यस्तो कार्यक्रममा मह जोडी जानु हुँदैनथ्यो / यसले मह जोडीको शाख केहि मात्रामा गुमाएको छ /

  17. यस घटना ले हामी स्वदेश अनि बिदेशमा रहने सबै नेपालीमा ठुलो चोट पुराएको छ/ मह जोडीले साँच्चै यस्तो काम अल्ली विचार पुराएर गरेको भए राम्रो हुन्थ्यो/ तर नगर्नु पर्ने गरिहाल्नु भएछ, अब यस्ता काम गर्दा भने विचार पुर्याएर गर्नुहोला/ तर अब एउटा काम कृपया तुरुन्त गरिहाल्नोस कि एउटा ब्यङ्ग यसैको बारेमा राम्रो बनाउनु होला जसले सबै नेपालीको आँखा खुलोस/ चिन्ता नालिनोस सबै नेपाली ले यो जोडीलाई यसपटक छ्यमा दिनेछ/ दोषीलाई भने कडा भन्दा कडा कारवाहीको माग समेत गर्दछौं/

  18. We are just angry that he made joke of our MAHA brother .. He is actually criminal and he needs punishment….

  19. उनि वेटर हुँदा याद आउछ उसले कोक ड्रिंक लेख्दा cock लेखेको अहिले सम याद छ | तेस्लाई cock भनेको कुखुराको भाले भनेर अहिले सम्म पनि याद छैन होला | तेस्लाई अंग्रेजी केहि आउदैन भनेपछि अंग्रेजी मा पत्र लेखन त परै जावोस \

    • Cock ले अरु मीनिंग पनि दिन्छ … offensive English मा यो पुरुष यौन अङ्ग पनि हुन्छ … पौड्याल जीले लेखेको COCK DRINK खैरेले पड्दा त उत्पात हाँस्यो होला … यो त पुरै अर्थ को अनर्थ भयो …

      येसता पातकीलाई अब SP रमेश खरेलले तह लागउने आशा गर्दछु … खरेल जीले यी फटाहाको निगरानी गरि रहेको समाचार आजै पढेको थिय …

  20. प्रतिक्रिया हरु पढ्दा अरु पनि थुप्रै नटवरलाल हरु रहे छन् . ठगि सकेपछी राम कहानी लेख्नु भन्दा, पहिले नै तेस्ता हरु को पर्दा फास गर्दा राम्रो होला. अहिले त मौका पनि छ, ल नडराई लेखि हाल्नुस त.

    महेश
    यु एस

  21. टेली सिरिएल हरु मा अरु बाट उल्लु बनाइएको देख्ने गरिन्थ्यो रिआल लाइफ मा पनि उल्लु हुन पुगेछन ,बिचरा मह जोडी

  22. यो चोर ले यो site बाट virtual education को लागि website किन्न खोज्या रहिछ …
    http://virtualschooling.wordpress.com/2008/09/07/dormant-virtual-school-for-sale-or-merger/

    अनि comment पनि गरय्चा कुकुर ले

    iam very much interested to buy a virtual high school with all the accreditation and edu domin name cheapest possible

    Comment by gopal paudyal — September 8, 2009 @ 3:41 am | Reply

  23. यो एउटा reflection मात्र हो ! ठग प्रबृत्ति सबै नेपालीमा छ यो बताबरान्ले जन्माएको हो ! हामीमा नैतिक शिक्छ्याको खडेरीनै छ!

  24. एउटा स्वाठ ले आफु भन्दा महास्वाठहरु भेला गरेर फर्जी certificate बाडयो त के बिरायो ???? तिर्खा लाग्यो पानी खाए मैले के बिराए??? भने जस्तै हो यो !!आफ्नो जीवनकाल मा पढ्न नसक्ने लाछी हरुका लागि यो भन्दा अर्को उत्तम उपाय के पो हुन् सक्छ र ????? अकुत सम्पति कमाए पछी उनीहरुलाई डाक्टर लेख्ने इच्छा जाग्नु कुनै नौलो कुरो हैन !!!!!

  25. Did some research about this ठग and found some infos on him:

    Boston College of London was founded in February 2000 by Dr. Gopal Paudyal, who is also director and principal…. the new College established by a Nepalese journalist…..a fully accredited UK campus for Saint Regis University of the U.S.A……. SRU never existed :]

    Looks like he got this idea about “virtual education” for a while:

    http://virtualschooling.wordpress.com/2008/09/07/dormant-virtual-school-for-sale-or-merger/ (Article for a virtual educational institute on sale)

    iam very much interested to buy a virtual high school with all the accreditation and edu domin name cheapest possible
    Comment by gopal paudyal — September 8, 2009

    • Saint regis university is closed by us government coz it was operated by American fraud ring from 1999 to 2005.Mr Pamesh bhattarai of boston college london who is Dr gopal poudel’s son in law has also got the degree from the same university and currently in Uk selling bogus degree for international student from all over the world. These people are very selfish,spineless creature who can do any thing to earn money.Many Nepali student in London have suffered from this crook.He has made many Nepali student homeless and many of them are over-stayer due to their visa being rejected.He gives very cheap and wrong advice to Nepali student and most of the students from his college is still suffering in London.I am sure that Nepali daju bhai will do the justice.This spineless creature should be eradicated from this society ASAP

  26. यो त एउटा प्रतिनिधि पात्र मात्र हो हामीले अहिले भर्खर देखेको आनी सुनेको एस्त कति छन् कति कुनामा लुकेर बसेका छन् तेस्को त कुनै लेखा जोखा नै छैन …तपैहरु खोज्दै मात्र जानुहोस कति भेत्नुहुन्छा…कन्सल्टेन्सी को नाममा करोडौ पैसा उठेर ठगि गर्ने लै सामान्य तारिखमा छोड्ने बाहेक के नै गर्न सक्यो र….यी सबै कुरा हेर्दा क लाग्छा जसले जे गर्दा पनि भएको छ यहाँ रोक्ने टोक्ने कोहि पनि छैन ……येस्ता टोपी लगाउन सिपालु हरुले आज जसरि मह लै टोपी लगाए भोलि रास्ट्रपति लाई पनि नलागौलन भन्न सकिन्न ….तेसैले जसरि जसलाई सहि तरिकाले हेर्नुहुन्छा तेसरी नै तेसलाई गलत तरिकाले पनि सोच्ने गर्नुहोस हेर्ने गर्नुहोस आनी जुन चै तपाइलाई अलि वैत भएको जस्तो लाग्छा तेतै तिर सोच्नुहोस …..टोपी लगाउनु अघि एकचोटी सोच्नुहोस ……है त ….

  27. मह ले सबै लै हसौचन तर गोपालजी ले मह लै हसाय/ गोपालजी ले नेता लै टोपी चै राम्रो संग दिनु/ भयछ/ हार्दिक बधाई छ गोपालजी

  28. गोपाल पौडेल बाट पिडित हुने सबै मिलेर तेस लै जुत्ता को माला लगाउने कार्यक्रम पनि राखौ अनि पुलिस र होमे ओफ्फिस लै पनि मेमो दिउ. र एस लै कुनै पनि नेपाली कार्यक्रम मा अब उप्रान्त औना नदिउ.

  29. सवै नेतालाई यस्तै डिग्री दिनु पर्ने हो तर मकै पिस्दा घुन परे झै मह जोडी पनि परेछन् .

  30. कम्जोर स्मरण सक्ति भएका नेपाली जनता ले यस्ता ठग गोपाल लाइ पहिले पनि बिर्सी सके, १० -१२ गोटा गोपाल दाई अरु जन्मनु पर्छ अनि बल्ल नेपाली जनता ले इंगलैंड र अमेरिका मा पनि आवाज उठाउने छन् भन्ने आशा गरौ.

  31. मलाई अचम्म के लग्यो भने उनि एक्लै ले मात्र यो कम मा लागेका छैन किनकि उनको छामता तेत्ति धेरै ठग्न सक्ने देखिन्न. unle lekheko देखेर हामी यो अनुमान लगुना सक्छौ.देस बाहिर क मात्र किन नि हाम्रा उनिवेर्सिटी मा त सबै प्रोफेस्सोर सब हरु लगभग लेगल माफिया जस्तै काम त गरिराखेका छन्. eniharuko भण्डाफोर हुने दिन कहिले aaula खै?

  32. गोपाल धरै नै जाली मान्छे हो भन्ने तथ्य लण्डन समाजलाई थाहा छ| उसको भयको शैक्षिक योग्यता सबै जाली हो| उसले कहिले पनि पढेको छैन लण्डन मा | अरुलाई झुक्कयारा रेस्टुरा लिनु उसको खुबी हो| यहाको सरकारलाई झुक्कयारा राजनीति सरनार्थी भयको र यहाँ डुबेर नेपालमा धन्दा सुरु गरेछन | मज्जसंगे नेताहरुलाई झुकाय छन् तर मह जोडीको नाम आउदा भने दुख लाग्यो

  33. धेरै धेरै धन्यबाद जानकारीको लागि | होसियार ! नेपालीहरु |
    चोर भ्रस्ट नेता लै दियको डाक्टर डिग्री तो ठिकै हो, तिनीहरुले पाउन लायक को डिग्री तेस्तै त हो नि, कहाँ सक्कली degree लायक को नेता छन् त तिनी?
    खुब राम्रो डिग्री भिदायीदियो कागको फुल चोर्ने ओलीलाई र कोईलिको फुल चोर्ने (सुत्केरी को औसधि खाने) बिजय गच्छेदारलाई| एकदम राम्रो लायक को डिग्री हो ओली र गच्छेदारलाई I ओली र गच्छेदारलाई त मज्जा नै भएको होला किन भने त्यो गोपालले मानार्थ डिग्री नदिएको भए यो जुनीमा उनीहरुले डिग्री पाउने थिएनन | धन्य धन्य एक गोपाल पौडेल एकदम लायक को डिग्री दियौ |

  34. साथी हरु होसियार अमेरिकामा पनि छन् है अरु ठग हरु बाल्टिमोर तिर हुनुहुन्छा भने होसियार ठगि हरु धेरै छन् …………..

    • pls बाल्तिमोरे तिर कोको हुन् बतैदिनुष न /मलाई कसै संग बोल्नापानी धेरै डर लाग्न थालेछ /सुतूक भनूश न ल

  35. श्रृतिजी थप जानकारीको लागि धन्यवाद तपाईंलाई!
    डाक्टर केपी ओली र डाक्टर बिजय कुमार गच्छेदारलाई मात्रै किन उपहास साथिहरु?गल्तित हाम्रा मह जोडीले पनित गरेका छन’नि होइन र?बरु सत्य कुरा के हो भने ओली र गच्छेदारलाई पौडेलको निजी जिन्दगीको बरेमा केहि पनि थाहा नभएकोले ठगिएका हुन सक्छन् तर मह जोडी चाही पौडेललाई धेरै पहिले देखि चिनेका,संगै बसेर पिएका खाएका साथी हुन।आदरणिर्य हरिबंश आचार्यका अनुसार यूके जाँदा चिनेका मान्छे हुन् रे पौडेल।डाक्टर उपाधीले बिभुषित भए पछि हरिबंशले नपढेरै भने पनि डाक्टर बन्न पाइयो भनेर मख्ख परेका रहेछन् भने मदन कृष्णले चाहि ४० बर्ष पछि मात्रै पाइयो भनेका छन।यस्को अर्थ हो उहाँहरुलाई पनि ठूलै महत्वाकांक्षाले गाँजेको छ।नत्रत ४०बर्ष पछि मात्रै पाइयो किन भन्थे र।त्यसैले होला सरकारले गरेको सानो सम्मानलाई तिरस्कार गर्ने तर डाक्टर उपाधि भने पछि चुईक्क नबोली हात थाप्ने काम गर्नु भयो।के थाहा महको पनि सोचाई र जीबन शैली परिवर्तनपो भएको हो कि?सत्य जहिले पनि तित्यो हुन्छ।

  36. श्रुति जी ले लेख्नु भएको कुरा सहि हो/ मैले यो मान्छे लाई न देखे पनि राम्रो संग चिन्छु यो मान्छे लाई/ मैले पनि Boston College of London मा ६ महिना जति पढे, college को teacher हरु नै college आउनु पर्दैन, काम गर मज्जा ले भन्न थाले, जब यो फटाहा हरुले चलाएको college हो, र यहाँ को certificate ले केहि पनि काम गर्दैन भन्ने थाहा पाए र मैले University जान खोज्दा, मलाई Univerisity को पढाई यहि हुन्छा भनेर हावा कुरा गर्न थाले, र त्यो बेला सम्म मैले गोपाल को ठगि को बारे मा राम्रो संग थाहा पाई सकेको थिये / अझै पनि Boston College of London गोपाल कै ज्वाई ले नै चलाई रहेको छन्, गोपाल भने संसार भरि college र University चलाएर सबै लाई ठग्दै हिडेको छ, श्रुति जी ले भने झैँ Boston College of London ले visa सकिन लागेको student लाई ठग्ने र blackmail गर्ने काम अझै पनि गर्दै छ, जसको सिकार धेरै student भै सके. यो गोपाल भन्ने चोर, डाका लाई समातेर जेल मा कोच्नु पर्छ/ ऐले गोपाल संगै काम गरेको अर्को मान्छे ले पनि london र Reading मा ग Queensland College of London चलाएर student लाई ठग्ने र धोका दिने काम गरि रहेको छ / यी मान्छेहरु नेपाल गएको बेला समातेर नांगै बनाएर सहर घुमाउनु पर्छा/ यो काम पक्कै पनि तिनी पिडित student हरु ले कुनै दिन गर्ने छन्/ गोपाल जस्ता धेरै मान्छे हरु England मा छन्, जो नेपाली लाई नै ठगेर मोज गर्दै छन्/

  37. नेपाल मा जतिपनि educational consultant छन् ति सबै भ्रस्ट र चोर हुन् तिनले राम्रा राम्रा सपना देखाएर नेपाली हरु लाई विदेश मा पढ्ने सपना बेचछन्/ गोपालजी जस्ता महान ठग को जन्म दाता यी consultant हरु हुन् /अब नेपालीहरु ले विदेश मा आएर पढ्ने सपन साकार गर्ने हो भने जुन मुलुक मा गएर पढ्ने हो त्यहिँ मुलुक को university को website मा गएर आफ्नो detail भर्ने अनि confirmation कुर्ने पाएमा पढ्ने आउने तरखर गर्यो भने यस्ता ठग बाट जोगिने र यिनलाई धनि बन्न बाट पनि रोक्न सकिन्छा/ गोपाल जस्ता सैयो मानिस हरु ले काठमाडौँ को गल्लि गल्लि मा educational consultant खोलेका छन् जसका नातेदार हरु विदेश मा बसोबश गर्छन तिनले ठुलो सपना देखाएर सोझा जनता लाई ठग्न छोड्दैनन / अनि यिनीहरु नेपाल मा पनि धनि विदेश मा पनि धनि हुन्छन/ यो रोक्न को लागि नेपालीहरु ले आफ्नो मानसिकता मा परिवर्तन लेराउन जरुरि छ /नत्र भने कुनै दिन गोपाल जस्ता ठग नेपालका ठुला ठुला हस्ती हरुलाई बेबकुफ बनौछन / यी देखि हाल्नु भयो पार्टी क ठुला ठुला नेता हरु सहित गनिएका इज्जत भएका कलाकार मदनकृष्ण र हरिबंश कसरि बेबकुफ भए /रातो टोपी र गाउँन लगाएर नाक फुरुङ्ग परेरेया हासेका छन् /यस्तो चाही भबिष्य मा नहोश / नेपालीहरुले आफु गरिब भएर यस्ता दलाल लाई धनि बनाई विदेश मा आई कुकुर ले नपाउने दुख किन पौने अनि पछी यिनलाई किन गाली गर्ने /

  38. फितलो कानुन को उपहास मात्त्र हो, तर नेपाली लाई सम्मान पाए मक्ख पर्ने बानी छ,,,,सम्मान भने पछि भुतुकै हुनेलाई तेही माथि बिदेशीको सम्मान
    खासै नौलो कुरा होइन नेपालमा
    यो नेपाल हो ….?
    जय नेपाल

    • २००५ तीर को कुरा हो, आफ्नो मास्टर डिग्री सिद्दिएको ले एसो आर्थिक अबस्था र अन्य परिस्थिति अनुकूल भए PHD गर्ने रहर लाग्यो. एक दिन कुनै प्रसंग माँ एक जना साथी ले डॉ. गोपाल पौडेल भन्ने ले प्रतिष्ठित यूनिभार्सिटी बाट केहि डिस्काउंट गराउन सक्दछ रे भन्ने सुने. आधा कुरा बिश्वास गर्दै गोपाल लाइ भेट्न पुगे, कोठा को नेम प्लेट माँ prof . डॉ. गोपाल पौड्याल भन्ने बोर्ड झुन्दिएको थियो, ढोका नक् गरेर भित्र पसे , डॉ. ले त मेरो फुर्सद माँ मलाई भेट्नु भन्न को लागी ” see me when i am empty ” भनेर उच्च स्तर को अंग्रेजी पो छाटे, अनि तिम्रो जस्तो PHD चाहिएन भंनेर फर्के. तेस्पछि धेरै पहिला गोपाल संग रेस्टुरेंट माँ काम गरेको पूर्ब का जर्जर उपनाम गरेको समीप राई भन्ने साथी लाइ भेटे, उनले के भने भने गोपाल को योग्यता एस एल सी मात्रै हो र उ west ealing को एउटा रेस्टुरेंट माँ किचन पोर्टर को काम गर्दाथ्यो रे. अनि नेपाल को “सत्य तथ्य” पत्रिका माँ छापिएको एउटा फोटो देखाए, जून फोटो मेडम तुसाड माँ रहेको मारग्रेट थ्य्च्चार को मैन को मूर्ति संग खिचिएको रहेछ र फोटो को तल एउटा क्याप्सन थियो, “भू पु प्रधानमंत्री संग गोपाल दाई”.

      • नेपाल माँ बसने साथी हरु ले सोध्नुस त त्यों ठग गोपाल पौडेल संग कुन बिषय माँ PHD गरेको भनेर? म संग एस्मा गरेको भनेर “nepali culture and television idealogy” लेखिएको फाइल देखाएको थियो र idealogy भनेको केहों भनेर सोद्दा धेरै बर्ष लन्दन बसेको ले idealogy को नेपाली अर्थ सम्झिन सकिन भनेको थियो.

  39. पौडेल बाजे येस्तई छन् साथे हो . बेलायत र अमेरिका मा पौडेलका हजुरबा हरु छन्, बेलायत मा त पौडेल मात्र होइनन कडेल, भट्ट, आचार्य, श्रेष्ठ नाम गरेका धेरै ठग हरु छन् नेपाल बाट आउने हरुले होस् गर्नुस नभए तपाई हरुको ग्राजुएसन को पनि तेही हाल हुन्छ.
    सबै को जय होस् .

  40. Ireland मा INFINITY नाम को COLLEGE खोलेका थिए यिनले. २००४ साल तिर नेपाल मा मार्केटिंग गर्न आउदा मा पनि पुगेको थिए, Course को बारे मा सोधेको, फर्मिंग मा काम गर्ने अन्सेर दिए , बर्समा १०-१५ लाख त केहि होइन, Visa चै गारो छ ८ लाख जति EXTRA लाग्छा मा उतै बाट मिलौचू भनेको थोयो.
    यो मान्छे चोर रहेछा भनेर मैले तेती बेला नै था पाएको

  41. गोपाल ले मदन ,हरि ,सुबास ,खड्ग ,विजय र अरु धेरै नेपालि लाइ उल्लु बनाएछ |
    तेसैले भनु राम्रो शिक्ष्या ,दिक्ष्या र सस्कार न पाएर गोपाल फटाह ,बदमास भएको रहेछ |
    अब बेलैमा न सुध्रे गोपाल जेल जान पनि सक्छ |ये गोफ्ले तेसो न गर बजिया ,गाउमा बा को इज्जत जाला |

  42. मह जोडी – हाहाहाहाहाहाहाहाहा
    मह जोडी – हाहाहाहाहाहाहाहाह
    मह जोडी – हाहाहाहाहाहाहाहा
    मह जोडी – हाहाहाहाहाहाहाह
    मह जोडी – हाहाहाहाहाहाह
    मह जोडी – हाहाहाहाहाह
    मह जोडी – हाहाहाह
    मह जोडी -हा

  43. धेरै धेरै धन्यबाद थप जानकारीको लागि | होसियार ! नेपालीहरु | महलाई त मुर्ख बनायो | कागको फुल चोर्ने ओलीलाई त मुर्ख बनायो | कोईलिको फुल चोर्ने बिजय गच्छेदारलाई त मुख बनायो | अरुलाई बनाउन कुनै आईतबार कुरिरहनु पर्दैन | तर ओली र गच्छेदारलाई त मज्जा नै भएको होला | किन भने त्यो गोपालले मानार्थ डिग्री नदिएको भए यो जुनीमा उनीहरुले डिग्री पाउने थिएनन | तर अलिकति कुरा फ़ुस्किईहाल्यो र मात्र हो | अब त ओली र गच्छेदारलाई पनि त्यो मानार्थ डिग्रीको मूल्य नहोला कि | धन्य एक नम्बर ठग गोपाल |

    • ओली र गच्छदार लै त उल्लु नै बनाएछन बिचरा कसो जुत्ताको माला पनि भेटटाएनछन् l

  44. २१ औं शताब्दीमा आएर पनि हाम्रो देश नेपालमा गा.बि.स. देखि प्रधानमंत्रीको अफिस लगायत कुनै पनि छेत्रमा पुर्बाधार रेकर्डहरु केहि पनि दुरुस्त राख्न सकेको छैन / जसले गर्दा स्वदेशका मन्त्री नेता कार्यकर्ता उच्चपदस्थ हाकिम कर्मचारीहरु, दलाल, तस्करी, भ्रष्टाचारीहरुले रातारात अफिसमा कागजात बदलेर लाखौं करोडौं कमाई राखेका छन् भने बिदेशी दलाल तस्करहरुले लुटपात मचाई राखेका छन् / यिनीहरुसंग यति मात्र रेकर्ड छ कि आफ्नो पार्टीको सरकार बन्यो बने कुनचाहिं नेता, कार्यकर्ता, कर्मचारीलाई कहाँ पठायो भने कति लेबी उठाउन सकिन्छ कति भ्रष्टाचार गर्न सकिन्छ / हाम्रो देशमा नेताहरुलाई देश र जनताको माया पटक्कै छैन / नेपालमा धेरैजसो मानिसहरुले ज्ञान, विचार, सिद्धान्तको लागि अध्ययन नभएर यिनीहरुको सिद्धान्त काठमादौं घर कसरी बनाउने, स्वास्नीलाई कसरी धपक्क गरगहनाले ढाक्ने, तिनपुस्तालाई पुग्नेगरी दलाली, भष्टाचार, तस्करी गरेर कमाउने अनि छोराछोरीहरुलाई राम्रो स्कुल कलेज विदेश कसरी पढ्न पठाउने मात्र ध्यान हुन्छ / यस्ता गोरुहरुलाई सजिलै सिट फसाउन गार्हो हुदैन / यीनीहरुको जमातले सुन्दर शान्त नेपाललाई यो अबस्थामा पुर्याएको हो / तर मह जोडी कसरी फसे ? महको प्रतिक्रिया चाडै नै आउँछ होला /

  45. गोपाल पौडेलले गाइजात्र सकिएको एक महिना पछी फेरी गाइजात्रा प्रहसन गर्न सफल भएछन/

  46. घरमा बसी बसी मानार्थ डाक्टर उपाधि हासिल गर्ने हरु शैछिक नटवर लाल देखि होशियार/

  47. ऋतु जी, गोपाल पौड्याल को कर्तुत को बारेमा जानकारी गराउनु भएकोमा धन्यवाद.
    तपैंको लेख पढेर मलाई पनि गोपाल पौड्यालको बारेमा केहि कुरा याद आयो.
    गोपाल पौड्याल जी करिब ४ ५ बर्ष अगाडी हंग कंग मा आउनु भएको थियो यहि बोस्टन कलेज अफ लण्डनको प्रचार प्रसारको लागि. उंहाले निकै सेमिनार हरु पनि गर्नु भएको थियो तर म उक्त सेमिनार मा जान सकिन. पछी बाट एकजना साथी संग उँहालाई पर्सनाल्ली भेट्ने समय मागेर भेट्न गइयो. भेट को क्रममा उंहा संग जे जति कुरा भए त्यति खेरै यो मान्छेले पिएचडी गरेको जस्तै लागेन र उसको कलेज पनि नेपाल बाट student भिसा मा मान्छे भित्र्याएर फी लिने र वोर्क परमिट मिलाई दिने जस्तो मात्र लाग्यो. कुरा गर्दाको क्रममा उंहा आफैंले सुरुमा यु के मा restaurant मा कम गरेको कुरा गर्नु हुन्थ्यो. पछिबाट गोपाल पौड्यालको बोस्टन कलेज अफ लन्डन blacklist मा पर्यो रे भन्ने सुनिएको थियो. अरु कुरा थाहा भएन.

  48. वास्तवमा यो गोपाल भन्ने प्रवृति हो येस्ता गोपाल हरु संसारको विभिन्न मुलुकमा छरिएर बसेका छन् ;यो लण्डनको गोपालको बारेमा पाठकलाई भ्रम उजागर गरिदिनु भएकोमा राइजिलाई धेरै धेरै धन्यबाद/

  49. त्यो गोपाल ठग को फोटोहरु कहिँ कसै संग छ कि हेर्न मान्न लग्यो तेस्को अनुहार

      • salokya जी:
        सालोक्य जी, हजुरले यो ठगीका बारेमा ब्लगको उपयोग गरेर हजारौ नेपाली बिद्यार्थीको भबिस्य बिग्रनबाट जोगाउनु भयो, तेस्तै हजारौ अबिभाबकलाइ लुटिनबाट बचाउनु भो ! mysansar मा भाग लिनेले यसबाट लाभ लिन सकियो…
        हामी सबै प्रयोकर्ताका तर्फबाट तपाइँलाइ धेरै-धेरै धन्यबाद छ!

  50. सबै चोर नेता हरु लाई डाक्टर बनाउने भयो || नेताहरु लाई येस्तई डिग्री दिनुपर्छ ||

  51. अरु त ठिकै हो, फटाहा ले फटाहा ठग्यो|
    तर मह जोडी प्रति साह्रो दुख लागेको छ|

    • मह मलाई पनि मनपर्ने कलाकार हो तर आन्तरिक कुरा मात्र गर्छ, देश लाई बिदेशी ले निल्न खोज्दा पनि चुँ सम्म बोल्दैन यी मह हरु पनि ………मलाई त मन पर्न छोड्यो यिनीहरु पनि…..

      • सनम जी
        म तपाई संग पूर्ण सहमत छू, धन्यबाद तपाई लाइ.
        मलाई पनी मह जोड़ी पहिला को जस्तो लाग्दें. कसरी ऋषि धमाल र शम्भू थापा संग उभिएर यिनी हरु ले जन आन्दोलन को प्रतिकार गरेका थिए र कठपुतली माकुने सरकार को ढाल बनेर राकेश सूद को एजेंडा लाइ बल पुर्याएका थिए. अनि त्यों आन्दोलन को प्रतिकार गारे बापत रुक्मागत कटुवाल जस्तै रास्त्र को सबै भन्दा ठुलो पदक को लागी सिफारिस भएका थिए, अनी त्यों सिफारिस गर्ने समिति को प्रमुख चाहि (डॉ.) बिजय गच्छेदार थियो. माकुने नाम को कठपुतली सरकार बनाउने राकेश सूद, तेस्लाई बचाउन प्रतिकार गर्ने मह जोड़ी, अनि तराई लाइ इंडिया माँ मिलाउने एजेंडा बोकेको बिजय गच्छेदार जो लैनचौर को इशारा बिना सास पनी फेर्न सकदेन, त्यों चाहि पदक सिफारिस समिति को हर्ताकर्ता अनि माह जोड़ी र रुक्मागत कटुवाल पदक को निम्ति सिफारिस के यी सबै संयोग मात्र हो?

        • महेश जी,
          नक्कली शैक्षिक प्रमाणपत्र लिने र दिने दुबैलाई नेपालको कानूनले त अपराधि ठहर्छ/ मूलिकी ऐनको कागज जांच महल बमोजीम डा. ओली, डा.गछ्छेदार, डा. रामेस्वोर थापा, डा.मह जोडी लगाएत दिने डा-प्रोफेसर गोपाल पौडेल सबैलाई कारबाही हुन्छ कि ? कि सुकिला डाक्टरहरु बाहेक अरुलाई मात्र कारबाही हुन्छ? हेरौ अख्तियारले, अदालतले क-कसलाई बचाउदो रेछ कसलाई जाक्दो रेछ/ सालोक्य जी follow up गर्नु होला र हामीलाई सूसुचित गर्नु होला/

  52. पीएचडी गरेका पौडेल बाको गाइ खाने बिद्द्याको बिजोग-

    veryfication
    veryfy
    rady
    stape
    looking for register
    non proffit
    distence
    lirning
    …….
    ए राता मकै 🙂

Comments are closed.