त्यो घटनामा कुनै षड्यन्त्र थिएनः डा. उपेन्द्र देवकोटा

१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो।

मैले ती तीन दिनमा जे देखेँ
-डा. उपेन्द्र देवकोटा-

आर्मीको केटोले मोटर हाँकेको ताल देख्दै मैले युवराजलाई ठूलै अनिष्ट भएछ भन्ने अनुभव गरिसकेको थिएँ। अस्पतालको ढोकैदेखि सैनिक कर्मचारीहरूको भागदौड देखिन्थ्यो। प्रस्ट थियो, मलाई यहाँ ल्याउनेहरू सीधै माथि युवराज भएका ठाउँमा लैजान चाहन्थे, तर बीचैमा अरूले तानेर ‘ट्रमा हल’ तिर लगे। कोही ‘यता डाक्टरसा’ब’ भन्दैथिए त कोही ‘माथि डाक्टरसा’ब’ भन्दैथिए।

त्यतिबेलासम्म मैले युवराजलाई गोलीको चोटपटक लागेको छ भन्ने कुरा मात्र थाहा पाएको थिएँ। मलाई हलतिर डोर्याउँदै सबैभन्दा पहिले देब्रेतिर एक बिरामी भएपट्टी लगियो। बिरामीको अनुहार पूरै फुङ्ग उडेको, कमीज, सुरुवाल र अलिअलि फुलेको कपाल रगतपच्छे भएको र घाँटीमा साईबाबाको लकेट झुण्डिएको थियो। बिरामीलाई एयर ब्यागको मद्दतले सास फेर्न सघाउन खोजिँदैथियो। मैले थाहा पाईन बिरामी को थियो, तर निर्जीव छ भन्ने कुराको भेउ टाढैबाट पाईसकेको थिएँ। मैले आँखा हेरेँ, नाडी छामे र भनेँ, “बितिसके।”

त्यसपछि डाक्टर खगेन्द्र श्रेष्ठले “बर्बादै भयो, कोही बाँकी छैनन्, सबैको संहार भएको छ” भन्दै मलाई हलको पल्लो छेउतिर लैजानुभयो। त्यहाँ सेतो तन्नाले ढाकिएको एउटा शव थियो। उहाँले तन्ना हटाउनुभयो र भन्नुभयो, “श्री ५ बडामहारानी सरकार !” बडामहारानीको टाउकोको माथिल्लो भाग क्षत-विक्षत भएको थियो। मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उहाँले मलाई भुइंमा भएको अर्को स्ट्रेचरतिर डोर्याउनुभयो र तन्ना हटाउँदै भन्नुभयो, “अधिराजकुमार निराजन सरकार ! र, यता अधिराजकुमारी शारदा !” मलाई यत्ति नै काफी भैसकेको थियो।

डाक्टर श्रेष्ठले फेरि अर्को स्ट्रेचर भएतिर लैजानुभयो, जहाँ एकजना बिरामीलाई पुनर्जीवन दिने प्रयास गरिँदैथियो, र भन्नुभयो, “अधिराजकुमारी श्रुति।” जीवित एकजना त देखेँ, तर बिरामीको अवस्था एकदम नाजुक थियो, मुटु मुश्किलले चलिरहेको थियो, नाडी चलेको थिएन, झट्ट हेर्दा कुनै बाहिरी चोटपटक देखिँदैनथ्यो, त्यसैले मैले भन्ठानेँ आन्तरिक रक्तस्राव वा फोक्सोको बाहिरी र भित्री पत्रबीच हावा भरिएर फोक्सोले काम नगरेको अवस्था हुनसक्छ। अधिराजकुमारीको टाउकोमा चोट थिएन र अरू डाक्टरहरूले हेरिराखेका थिए, त्यसैले डाक्टर श्रेष्ठले मलाई हतार-हतार साईबाबाको लकेट लगाएको उही मैले भित्र पस्ने बित्तिकै देखेको बिरामीतिर लैजानुभयो र भन्नुभयो, “श्री ५ महाराजाधिराज सरकार !”

मेरो लागि सबैभन्दा भारी क्षण त्यही थियो। म झसङ्ग भएँ सम्पूर्ण राजपरिवारको अन्त्य ! यतिबेलासम्म पनि मलाई के भएको हो भनेर कसैले भनेको थिएन, तर मैले यो सबै गोलीको चोटपटकले हो भन्ने बुझिसकेको थिएँ। म के अनुमान लगाउन थालेँ भनेँ, यो जसले गरेको भए पनि पूरै राजपरिवारलाई सिध्याउन खोजेको रहेछ। मेरो दिमागमा विभिन्न सम्भावनाका कुरा खेल्न थालेः सेनाले हो ? कि माओवादीले ? तर मैले कसैलाई सोधिनँ, राजाप्रति आफ्नो अन्तिम सम्मान प्रकट गरेँ र बाहिर निस्केँ।

मलाई तीन वर्षअघि काठमाडौँमा अन्तर्राष्ट्रिय न्यूरोर्सर्जिकल सम्मेलन हुँदा राजासँग भेटेको झझल्को आयोः उहाँ अति भद्र होइबक्सन्थ्यो र देशको लागि अत्यन्त चिन्ता गरिबक्सन्थ्यो। श्री ५ को निधन भएको कुरा स्वीकार गर्न निकै कठिन थियो। मेरो लागि मैले आफ्नै मातापितालाई गुमाए जस्तै ठूलो क्षति थियो त्यो।

त्यसपछि म माथिल्लो तलातिर लागेँ। सैनिक स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई अवस्था अनुसार प्राथमिकता दिएर राखेका थिए। अपरेसन गर्दा लगाउने हरियो लुगा फेरेर म अपरेसन थिएटरमा पसेँ। बाटोमा चारजना अरू घाइते बिरामीहरू थिए जसलाई मैले त्यतिबेला चिनिनँ। युवराजको टाउकोको दुवैतर्फ दुईवटा घाउ थिए, जसबाट रगत र गिदीका टुक्राहरू बाहिर निस्केको देखिन्थ्यो। युवराजलाई ‘अन्डरवेयर’ बाहेक सबै कपडा फुकालेर सुताईएको थियो। शरीरमा अरू घाउचोटहरू थिएनन्। छातीमा सास फेर्न सजिलो पार्ने ट्यूब हाल्ने र सलाईन पानी दिने काम भैसकेको थियो र यो सबै बडो कुशलतापूर्वक गरिएको थियो। मनिटरमा रक्तचाप र मुटुको चाल ठीकै देखिन्थ्यो- अधिकतम ११० र न्यूनतम ७० वा ८०। आँखाका नानी फैलिसकेका र अचल थिए, तर हातखुट्टा भने चलेका थिए। यसको अर्थ, मस्तिष्क अझै मरिसकेको थिएन। युवराज सास फेर्न प्रयास गरिबक्सँदै थियो भने स्वास्थ्यकर्मीहरू रबर ब्यागबाट हावा दिएर सास फेर्न सजिलो पारिदिँदै थिए।

त्यतिबेलाको मेरो मूल्याङ्कनमा युवराजको बेहोसीको अवस्था ‘ग्लास्गो कोमा स्कोर’ मा ४ थियो, ३ होईन जुन भनेको एकदमै न्यूनतम हो। तर बचाउने सम्भावना धेरै कम थियो। हामीले यथासम्भव राम्रो उपचारको प्रयास र कुनै चमत्कार नै हुनसक्ने मौका सिर्जना गर्नुपर्ने थियो। युवराजको उपचारमा एकदमै कुशल स्वास्थ्यकर्मीहरू संलग्न थिए। हामीले युवराजलाई कृत्रिम श्वास-प्रश्वास उपकरणमा राख्यौँ र अपरेसनको लागि चार पोका रगत जुटायौँ। हामीसँग सैनिक अस्पतालका न्यूरोर्सजन डाक्टर शर्मा हुनुहुन्थ्यो, वीर अस्पतालका प्लाष्टिक र्सजन डाक्टर जोशीलाई बोलाईयो र सौभाग्यवश, अपरेसन थिएटरका सहयोगीहरू पहिले मसँगै एभरेष्ट नर्सिङ होममा काम गरेका स्वास्थ्यकर्मीहरू थिए। उनीहरू मेरो काम गर्ने तरिकासँग परिचित भएकाले सजिलो भयो। तर अपरेसनमा हात हाल्नुअघि मैले न्यूरोर्सर्जिकल केसका अरू घाईतेहरू पनि छन् कि भनेर हेरेँ।

धीरेन्द्र होसमै हुनुहुन्थ्यो, तर उहाँ बढी स्वाँ-स्वाँ गरिरहनुभएको थियो। अधिराजकुमारी कोमलको छातीमा घाउ थियो, गोलीले धन्न मुटु भेटेको रहेनछ। कुमार गोरख पनि त्यहीँ हुनुहुन्थ्यो। केतकी चेष्टरको कुममा चोट लागेको थियो र उहाँ अलिअलि बोल्न सक्नुहुन्थ्यो। युवराजको देब्रे कानको ठीक पछाडि गोली छिरेको एक सेन्टिमिटर चौडा घाउ थियो। दाहिनेपट्टि कानभन्दा माथि चाहिँ अलि ठूलो गोली निस्केको घाउ थियो। त्यहाँ मैले बिरामीलाई राम्रो उपकरण र दक्ष जनशक्ति भएको वीर अस्पतालको न्यूरोर्सजरी सघन उपचार कक्ष (आईसीयू) मा लैजानु पर्छ कि भन्ने बारे निर्णय लिनुपर्ने भयो। तर स्थानान्तरणले विरामीको बाँच्ने झिनो आशा अझै कम गरिदिन सक्छ भन्ने मलाई लाग्यो। हामीले पछि एमआरआई गर्न बाधा नहोस् भनेर टाउकोमा धातुका टुक्राहरू छन् कि छैनन् थाहा पाउन युवराजको मष्तिष्कको एक्स-रे गर्यौँ। टाउकोमा धातु रहेनछ। भित्र धातु रहेको अवस्थामा एम्आरआई गर्नु ठूलो भूल हुन्थ्यो। हामीले देब्रेपट्टिको घाउ खोलेर ठूलो पार्यौँ, गिदीका मृत तन्तुहरू हटायौँ, घाउ सिलायौँ, बिरामीलाई अर्कोतिर फर्कायौँ र निर्धारित प्रक्रिया अनुसार, अपरेसन गर्दा काटिएको ठाउँमा हुने रक्तस्राव रोक्न काटेको भाग डामेर डढाउँदै जाने, हाडका टुक्राटुक्री हटाउने र पछि हुनसक्ने संक्रमणको उपचारका लागि मष्तिष्कको आवरणलाई अलिकति खुला राख्ने काम गर्यौँ।

त्यसपछि डाक्टर जोशीले छालाको बाहिरी पत्र मिलाईदिनुभयो। बल्ल मैले र्सजनको कोठामा जाने समय पाएँ। त्यहाँ गएर केही साथीहरूसँग कुरा गरेपछि मात्र थाहा भयोः तिनै युवराज, जसको भरखरै मैले अपरेसन गरेँ, बाट यो सबै भएको रहेछ। यो सुनेपछि मलाई एक हिसाबले व्यक्तिगत रूपमा केही राहत महसूस भयो। निश्चय नै, राजपरिवारको लागि यो भयङ्कर विपत्ति थियो, तर कुनै बाहिरी शक्तिको काम भईदिएको भए देशकै लागि झन् अनिष्टकर हुनसक्थ्यो। समय बितेको पत्तै पाएनछु, बाहिर उज्यालो हुन थालिसकेछ। हामीले एम्आरआई गर्यौँ। गोली मष्तिष्कको धेरै भागमा क्षति पुर्याई आन्तरिक रक्तस्राव समेत गराएर पार भएको रहेछ। यो सबै साह्रै नराम्रो लक्षण थियो। उपचारको योजना सुनिश्चित नै थियो- बिरामीलाई आईसीयूमा लैजाने, एन्टिबायोटिक जारी राख्ने, मष्तिष्कमा पर्ने चाप घटाउन कृत्रिम श्वास-प्रश्वास जारी राख्ने, टाउकोलाई ३० ड्रि्री कोणमा उठाईदिने।

यति गरेपछि डाक्टर श्रेष्ठ “हामी अब छुट्टिअ‍ौँ र भोलि बिहान दश बजे भेटौँ” भन्दै हुनुहुन्थ्यो, त्यत्तिकैमा अधिराजकुमार ज्ञानेन्द्र कुनै पनि बखत आईपुग्न सक्ने खबर आयो र पर्खेर बस्यौँ। अबको परिस्थिति सम्हाल्न कमसे कम राजपरिवारका एक जना त जीवितै छन् भन्ने खबरले सैनिक अस्पतालमा केही राहत अनुभव गराएको महसूस हुन्थ्यो। अधिराजकुमारको आगमन भयो। उहाँ सबै मृत र घाईतेहरूको छिटोछिटो निरीक्षण गर्दै माथि पुस्तकालयमा सवारी भयो र डाक्टर श्रेष्ठ र मलाई त्यहीँ बोलाईबक्स्यो। अधिराजकुमारले मलाई हेरेर सोधिबक्स्यो, “भन्नुस्, युवराजलाई कस्तो छ -” मैले बिना कुनै संशय स्थिति अवगत गराएँ, “टाउकोमा निधारको पछाडिपट्टि मष्तिष्क छेडिएको घाउ भएको अवस्था सामान्यतया घातक नै हुन्छ।” मैले युवराज अझै जीवित भए पनि बाँच्ने सम्भावना एकदमै क्षीण भएको बताएँ। अधिराजकुमार असाध्यै गम्भीर तर अविचलित होईबक्सन्थ्यो। उहाँलाई मैले संयमित, निर्णय क्षमता नगुमाएको र समयप्रति सजग पाएँ। उहाँहरूलाई जनतालाई के बताउने, सञ्चारमाध्यमलाई के जानकारी दिने भन्ने समस्या थियो। तर मैले के भन्नै पर्छ भने औषधोपचारको मामिलामा कुनै प्रकारको हस्तक्षेप भएन।

हामी बिहान दश बजे भेट्ने सल्लाह गरेर छुट्टियौँ। घर गएर नुहाईधुवाई सकेको मात्रै थिएँ अस्पतालबाट बिरामीको स्थितिको पुनः मूल्याङ्कनको लागि नौ बजे आईपुग्न फोन आयो। मैले अस्पताल फोन गरेँ र बिरामीलाई लठ्याउन दिईएका सबै औषधिहरू बन्द गर्न अह्राएँ। म त्यहाँ नौ बजे पुग्दा युवराजको अवस्थामा केही सुधार भएको थियो, उहाँ खुट्टा चलाउने, सास फेर्ने र खोक्ने प्रयत्न गरिबक्सँदै थियो। अवस्था त्यति राम्रो नभए पनि हिजो जत्तिकै थियो र हाम्रो अगाडि जोडतोडका साथ उपचार जारी राख्ने सिवाय अरू विकल्प थिएन। हामीले माथि यही खबर गर्यौँ, र मेरो विचारमा त्यसपछि राजा वीरेन्द्रको स्वर्गारोहण भएको र युवराज दीपेन्द्रलाई श्री ५ महाराजाधिराज तथा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक घोषणा गर्ने प्रक्रियाको सुरूआत भयो। आइतबार एकदमै धपेडीको दिन रह्यो। हामीले धीरेन्द्रलाई हेर्नुथियो र दिनभरि केही खान पाएका थिएनौँ। त्यही दिन साँझपखदेखि राजा दीपेन्द्रको अवस्था द्रुतगतिले खराब हुँदैगयो। स्वास्थ्यकर्मीहरूको बैठक बस्यो।

हामीले अधिराजकुमार ज्ञानेन्द्रलाई भेट्यौँ, बाँच्ने आशा शून्य रहेको अवगत गरायौँ र विकल्पहरू बतायौँ परिवारजनको पूर्ण सहमतिमा कृत्रिम श्वास-प्रश्वास उपकरण बन्द गर्ने, कि प्रकृतिको नियमअनुसार स्वाभाविक रूपमा मुटु चल्न नछाडेसम्म यथावत राख्ने। अधिराजकुमार ज्ञानेन्द्रद्वारा सबै कुरा सुनिबक्स्यो र हुकुम भयो, “म यसबारे मुमासँग सल्लाह गर्छु” उहाँ छिट्टै फर्किबक्स्यो र हुकुम भयो, “ठीक छ डाक्टर, प्राकृतिक रूपले मुटु चल्न नछाडेसम्म उपचार जारी राख्नुस्।” साथै भाइ (धीरेन्द्र) लाई बचाउन हरसम्भव प्रयास गर्न पनि हुकुम भयो।

सोमबार बिहान सबेरै राजा दीपेन्द्रको मुटु चल्न छाड्यो। कृत्रिम तरिकाबाट व्युँताउन गरिएको प्रयास पनि निष्फल रह्यो। उहाँलाई हामीले युवराजको रूपमा उपचार शुरु गरेका थियौँ र राजाको रूपमा गुमायौँ। त्यो घटनामा कुनै षड्यन्त्र थियो कि भनेर सोध्नुहुन्छ भने मैले भन्नै पर्छ, प्रत्यक्षतः थिएन। तर यो देशमा षडयन्त्र छ। त्यो षडयन्त्र हो, हाम्रा युवाहरूलाई लागू औषधको कुलतमा फँसाउने। राजपरिवार पनि यसबाट अछुतो रहेनछ। यो षडयन्त्र लागू पदार्थको धन्दा गर्ने माफियाको हो।

(नेपाली टाइम्स, अङ्ग्रेजी साप्ताहिक २२-२८ जून, 2001 मा प्रकाशित विवरणमा आधारित)

54 Comments

  1. Sayad, Asari nai partyak barsa Rajdarbar ko Hatya kanda ko bare parsana haru udhaudai garne ho bhane eak din awasya satya bahira aune chha ra sara Janta haru yo Andhayro Gupha ko rahasya bhata umakana paune chhan, Etihas,bachauna hamile tyo din jutera launai parcha kasai lai dosropan garera bhanda, Dr. deyokota ma khota dhekhanu ta dhunga ma dewata chaina bhannu jastai ho.Hatyra patta lagaunai parcha.Samaya dhilo chito matra ho tra satya eak din awasya bolne chha kunai na kunai rupma.Tra sarwapartham desh ma shanti ayos ra janta lai rahat milos tyo pachi tyo chan nawaula bhanaa sakidaina.

  2. मलाई यो अर्तिकल पतयाउन सारई गारो लाग्यो. साचो बोल्न सकिन्दैन भने अत् लीत बनायेर त नबोलनुस्. एक जाना मान्छे ले तेत्रो सबै मा गोलि चलये कसरि बिस्वास गर्ने. हुन सक्छ एउता गोलि चल्ला तेहि यौता गोलि ले के सबैलाई मारे त. यो हत्याकान्द नेपालिहरु को लगि सारैनै मन रुवाउने कुरा हो यस्लाई जोक सम्जेर जथाभाबि नलेखिदिन हुन अरु महान ब्यक्तिहरुलाई पनी अनुरोध गर्छु.

  3. WHERE IS KOMAL?????
    कोमल शाह कतागए ???, लेख मा कतै उल्लेख गरेको पाईएन /
    कोमल शाहलाई गोली कता लागेको थियो अनि कसरि बाचे , ग्यानेन्द्र त चिवन मा बाघ मार्दै थिए होला पारस शाह चै काता थिए त अनि कसरी बाॅचे????सबैलाई थाहा छ प्रश्न अनुत्तरित छ/

  4. षडयन्त्र थियो वा थिएन भनेर डा‌क्टर साब ले भनि राख्नु पर्दैन। यहाँ शाहि सत्ताको मन्त्री भएर नै सबैलाइ ज्ञानभै सकेको छ। अब के पुष्टि गर्नु हुन‌छ र डाक्टर साब।

    हुन त तपाइ कुशल डाक्टर हो डाक्टरको रूपमा तर पनि किन आफ्नो स्तर गिराउनु भो तपाइलाई नै थाहा होला।

  5. I could not believe how it all happened even after reading this article by Dr.Upendra.ALL NEPALESE KNOW THAT IT IS A BIG CONSPIRACY. Upendra got chance to become a minister coz he was involved in this matter.Someone who had bullent injury at head with leaking brain out,how could his BP be normal.He thought his Glasscow Coma scale was 4/15.Even a dead person has his or her coma Scale of 3/15.How could Paras survive from that incident?Dr.Saab thinks that this big conspirary was behind durg abuse,perhaps CANNABIS.I do not go along his comment.God is everywhere.Those who did sin,would be on the way to hell.I pray to God not to forgive those demons who took precious lives of Royal Family especially King Birendra.

  6. We all know, Rayamajhi commission was not even able to speak Gyanendra about the excess of his direct rule. If Gyanendra is stripped of his power as the Girija’s government claims, it should have been easy to interrogate Gyanedra, Paras and some of armies and more stories from people working in the palace, Gorakh and including Dr Uperndra. What is stopping the government to do that. Did Girija ever give any explanation, the masacre happened during during his PMship. Even the fabricated story about Dipendra is not consistent about his capability of that night. There is serious problem with level insult on people’s intelegency and moral bankcruscy of lot of peole who were diretly or indirectly associated with the palace masacre. I am sure the problem of eye witness fact is no less threat then now. Everybody’s mouth is shut. Neither Gorakhe nor Upendra can give their honest and free of fear version story. No body in Nepal can garantee security of their life. Even us whoever is putting so much about the masacre and believe Gyanendra did it we even can not speak openly in public and demand agaist Gyanendra in Nepal. So some people have duty to protect their life and family agaist a cold blooded, mercyless, crime maniac, will do anything to defend against his guilt. But united government can do that unless they are thretend by exernal forces including th armies.

  7. Anyway Dr. Devkota left behind Dr. Bhattarai atleast in one aspect ,i.e. he became minister earlier than Baburam by exercising the policy of apple polishing.Otherwise he never would be able to top the later one in his entire life.
    I think Mr. Sampati must be the deciple of Goeabels , who use to belief that “By repeating the same thing for many times you can prove the false into true “.

  8. i think this issue should not be discussed again n again. now we nepalese r nagarik of emerging Nepal not praja of raja’s n maharaja’s. but baa gave us flavour of democracy we should always remember that only as a history……………..

  9. जुन दिन नेपालमा राजतन्त्रको अन्त हुन्छ त्यसको भोलि पल्ट पक्का पनि यस राजदरबार हत्याकाण्डको बारेमा सत्यतथ्य लेख्नु होला अहिले लेखेर के फाइदा ?
    त्यसबेला त पक्कै पनि सत्य बोल्न चाहने र आफ्नै आँखाले केहि देख्ने पनि बाँचेकै होला ? अस्तु ‍‍‍‍‍

  10. Well, it is very nicely created story. That is why Dr. Devkota had been appointed as a health minister as “Baksis” from Mr Gyanendra bir Bikram isn’t it ?????
    Dipen

  11. This is not a real story, what Dr. Upendra is written that everybody knows. There is lot of differences between fact and reality. But what I can say 100%, Gyanendra is the real culprit. He only has made such a plan and sucssed

    Shiva B C
    Bangalore(India)

  12. Byakti ko kura tesari katna bhayena, bichar ho rakhna paincha. sahamat hunu nahunu beglai kura ho. sampati ji ko aphnai b4 ho. Dipendra mareko huna pani sakcha nahuna pani sakcha. tara Gyanendra chai sanka ko ghera ma matrai hoina mukhya sankaspad ho tesaile kernu ta parcha nai.
    Sabai bhanda thulo kuro kalo padartha khane le bau aama bhai bahini lai chai chinera marne ani kaki, bhai aadi lai chai chinera chhodne yo ta diusai raat parne kuro bhayena ra. lato le pani napatyaune kuro lai sacho ho bhanera hami lai Bhat le thangna ma sutayo. Hami jabarjasti suteu.
    Satya dagdaina asatya lukdaina. dhilo chado matrai ho. kotparba pani Jange le gareko ho bhanna ali samaya lagekai ho. Arko Daiman samser niklela yo Narayanhiti ko barema lekhna lai.
    teti bela sanka ko khichadi hami sabai pakaudai garau. nepal ma sajaya ta kasailai pani hudaina.

    Birkhe

  13. ग्राण्ड डिजाइनको हवाला दिने गिरीजा प्रसाद अहिले मुलुकका शक्तिशाली प्रधानमन्त्री छन् । दरवार हत्याकाण्डताका उनलाई आर्मीले घ्रोकाएर वाहिर निकालेको कुरासम्म वाहिर आएको थियो । गिरीजाबाबु देश र जनताप्रति साच्चै इमानदार छन् भने उनले पनि आफ्नो मुख खोल्नु पर्दछ उनको त्यसवेलाको अनुभव । जन निर्वाचित प्रधानमन्त्रीको नाताले उनको पालामा भएको त्यत्रो विभत्सकाण्डको जवाफदेयिता उनमा हुनु पर्दैन । माओवादी अरु वादी त के झुल वाहिरको लामखुट् थिए त्यतिखेर उनीहरुले के भने के भनेनन् भन्दा पनि वहालवाला प्रधानमन्त्रीले जवाफदेहिता महत्वपर्ुण्ा छ । तर विडम्वना जसले राजतन्त्रको लागि जीवन मरणको संर्घष्ा गर्छ उहि निर्मल निवासबाट संचालित -माओवादी) अनि जसले गणतन्त्रको लागि नारा लगाए वापत थुनिन्छ -गगन थापा) उ दरवारीया भनिने नेपाली काँगेसको अहिलेको र्सवाधिकार सम्पन्न श्री ८ गीरीजा प्रसादबाट त्यो आश गर्नु पशुपतीको साँडेको त्यो झर्ला र खाउला भनेको जस्तै हो ।

  14. this is all bull shit what Dr. upendra has told .everybody lost their life but Mr. gyanendra,Mr. Paras,yesto pani huncha? now gyanendra is planning to do another black friday to our country, as we all very know about his terrorist group who wants to terrorise the country more than what maoist has done in the past.I dont think that any goverment could able to take any severe action against him.
    May pashupatinath richly bless we all.

  15. Dr upendra devkota lai ke kura ko kami chha ra gyane ko pachhi lagnu paryo..??
    manchhe lai jati bhaye pani pugdaina bhanthe..thikai ho..!!
    upendra devkota..lai matrai ke bhanne….hamro girija pd koirala lai nai sodhyo bhane pani..hatiyar aanfai chalyo bhanchhan hola.!!
    ke aile ka mantri haru lai tha chhaina ra.reality..??
    gyane bishnu ka avtar hun..!!
    kasaile kei garna sakdainan tinlai..!!
    hamro desh ma kanoon pani chhaina..!!
    nepali le ma nepali bhanera gaurav garne tham chhaina..!!!
    nepali haru ko durvhagya ko pachhadi kasko haat chha..??
    samanti rajtantra..!!
    ani hamra neta haru pani kamm chhainan..!!
    kailei kei hune wala chhaina hamro desh ko.!!

  16. PAST ALREADY PAST..WE sould not blame Dr devkota.He is just a doctor and tried to give them the best treatment.But the questions is ..why all the members of the royal family died except MR gynendrs family? and why gynendra left the palace at that time?..so Dear nepali brothers and sisters …pls honestly think about..who did that ?..

  17. Who is this Sampaati?
    I do not want to spoil my words by abusing him but please could somebody close his snout?
    I am sorry that I had praised him somewhere. He is really a crazy frick.

  18. it is very hard to believe by the way that plot was constructed, and handled and reported from the Gyane side. We have no doubt about it that the killer is Gyane and company. For Mr. Upendra, Mr. Gyane can give him more than anybody in the country like the ministership in his cabinet as earlier. So it did not surprise me when I read it.

  19. it is very hard to believe by the way that plot constructed, and handled and reported from the Gyane side. We have no doubt about it that the killer is Gyane and company. For Mr. Upendra, Mr. Gyane can give him more than anybody in the country like the ministership in his cabinet. So it did not surprise me when I read it.

  20. राजदर्बार हत्याकान्ड अतिनै सक्षम योजना र कुसलतापुर्बक सम्पन्न गरेको छ । दर्बार र सम्पति अनि राजकिय सासन हत्याउने योजना पुर्णता अनि सफलता पुर्बक सम्पन्न भयको छ तर रास्ट्र हत्याउने र अधिनायक बन्ने योजना भने अलि खटपट भयको देखिन्छ र यो पुरानहुने र सफलता नपाउने कुरा पक्क छ किनकि यो जनता संङग प्रत्यक्ष सम्बन्ध छ ।
    डा उपेन्द्र देवकोटा को कुरा हरु प्रति मेरो कुनै प्रतिक्रिया य गुन्जाईस छैन र उहा यो सडयन्त्र मा सामेल छैन भन्नेकुरामा म बिस्वोस्थ छु। जहसम्म उहाको प्रतिक्रिया र कुराहरु छ म बुझ्छु त्यो उहाले गर्नै पर्ने र तेसो भन्नै पर्ने हुन्छ। मर्ने हरु संङ्गै मर्न सकिन्न अलिकति मत्रै साबधानि नदेखाउदा र तेतिबेला उहाले बिचार नपुर्‍यायको भय सायद उहापनि बिरेन्द्रको बंश संङ्संङ्गै पोलीईसकेको हुन्थ्यो होला। उहाले तेतिबेला बुद्दि पुर्याउदा अहिले उहा आफु पनि बाच्न र हजारौलाई बचाउद्दै हुनुहुन्छ। मर्ने ह रु संगसंङ्गै मर्नु भन्दा त बाचेर मन्त्रि हुनुनै राम्रो होइनर, त्यो अबस्था र परिबेशमा । त्यो पनि उपेन्द्र देवकोटालाइ धेरैकुरा थाहा नहुन सक्छ किनकि उहा यो सडयन्त्रको अन्त्य र तो पनि अस्पतालमा मात्र सहभागि, उपचारको क्रममामत्र हुनुहुन्छ। उपेन्द्रले जे गर्‍यो म भैदियको भय पनि तेहि गर्दथिय किनकि त्यो नै उपयुक्त र बुद्दिमत्त हुन्थ्यो त्यो परिस्थितिमा ।

  21. Nice to know from Dr.Upendra. Still It’s very hard to believe as mentioned. Those massacre was might preplanned by either Gyanendra or Prachanda. Pratu from Seoul

  22. Dr. Uprendra Devkota is telling true what he saw in hospital. It is obavious and ordinary things spoken by one doctor.
    But these all things were done by Gynendra. It is shameful to say/think that accident was done by Dipendra.

  23. dr,upendra devkota.shame on u n ur ridiculous story,nepalkese r innocent ,ignorent n illeterate ,but not mad to believe ur article which proves sill there r many educated fools who think story can b moulded in any shape.haaaaaaaaaaaaa,we r very shocked to hear ur so called true story that uve seen,u r mad ,i think u need to consult a nice dr to get rid of yr so called disease.

  24. साम्पाति, द्रिस्टि छ तर द्रिस्टि ग्यान चाहि छैन । अध्यायन छ तर गहनता र बिचारण चाहि छैन । जे होस् सबै कुरा गलत चाहि छैन तर धेरै बिचारण सहितको अध्यायन गर्नु अनि गहन द्रिस्टि सहितको बिस्लेशण को प्राक्टिस गर्नु आबश्याक देखिन्छ, आफ्नोलागि र सबैको लागि राम्रो हुन्छ । यो मेरो सल्लाह, अन्यथा नलिनु ल। बिचार र द्रिस्टि अलि पक्षपाति देखिन्छ यो कमेन्ट् मा मात्र होइन मैले पढन भ्यायको सबै मा ।
    अध्यायन र बिचार अलि दरिद्र तर अन्यको भन्दा प्रस्तुति राम्रै छ ।
    जे होस शुभ-कामना

  25. जे भय पनि हत्याकान्डको योजना धेरै कुसलता र सफलता पुर्बक ग रेको छ ।
    दर्बार हत्याय पनि आखिरमा देश हत्याउन चहि असफल् नै भयको मन्नु पर्छ ।
    बिचरो उपेन्द्र देवकोटा गरोस् पनि के, आफुलाई लागेको कुरा र देखेको सत्य बोल्योभने आफु र सबै चिलिम् हुने कुरामा संकै छैन अनि त्यो भन्दा यता बाट मन्त्रि सम्मत हुन पाइयो । तेस्तो अबस्थामा मर्नु भन्दा त मन्त्रि हुनुनै राम्रो होइनर? म भैदियको भय पनि त्यो अबस्थामा उपेन्द्रले जे गर्यो र जे भन्यो तेहि भन्थे हुला, हुला होइन भन्थे नै। तर उपेन्द्र देवकोटा यो सडयन्त्र सहभगि छैन भन्ने कुरामा म चाहि स्पस्ट छु।
    जे होस् नेपालको राजतन्त्रको अन्त्य बिरेन्द्रको बंशनाश संगै भयको कुरालाई सारा नेपालिले अत्मासाथ गरि डा भट्टराई ले भनेको जस्तै गणतन्त्रको सस्थागत गर्नु देश् र जनताको लागि अति आबश्याक र अत्युत्तम हुन्थ्यो तर केहि लालचि भ्रस्ट अनि बुख्याचा हरुको हर्कतले गर्दा देश यो गतिमा आयको छ ।
    अझै अबेर भै सकेको छैन ।

  26. hunata Gyanendra Thik hoina.

    tara pani nepali haru ali badi sanka garchhan kya… kam gardainan khali sanka matra …

    or positively herdainan. negetive soch ko habi 6…nepalma..

    ma lai ta uti bela pani Deependra le jasto lageko thiyo. Sathi vai lai vanda ..malai nai bekup banauthe…..!

  27. this is all bull-shit. He was sponsored to tell this story. There is obvious that this is Gyane’s intrigued plan. There are some innocent royal workers saying that they are definately sure that they saw prince Dipendra, in their eyes they were right but it was only face masce. It was revealed 2 years ago that these were made in US.

    It was a big plan, guys, all from Top to Bottom played to make that mascarr success. They were geared by Gyane!!

  28. Choice is open to all.
    Believe it or not!
    As far as my understanding goes, there is no point Dr. Upendra should tell lies.

    Definately, the hatred against Gyanendra compels us to believe on the conspiracy theory. And the whim of “Ganatantra” sunstantiates our assupmtion even more at this juncture. But should Gyanendra be blamed for the things happened that night and later with the helicopter crash? May be the “YES” answer provides us the sense of immense satisfaction for having the feel of our hypothetical assumption taking shape.But that doesn’t validate our theory either.

    But in contrary, how would we feel having lost entire family members and getting blame for it instead?
    What is taking so long for people like Gorakh and others injured that night to reveal the truth if truth is something else. Of course, ordinary citizens fear the monrachs but they were nobody but the royal family related members.

    Sampati,
    you are absolutely correct. People who didn’t regard Dipendra as an incarnation of lord Vishnu or some godly image;like, his school-mates, bodyguards and college-mates still confer that he was was nothing but a psychotic wacko.

    Probably, we get the best answers from Devyani, Gorakh or the bodyguards. Not from the Susare and Dhais, for god sake! (as mentioned by the great writer of the century, Abiral)

    Finally, the massacre seem to be ultimately benefiting the republicans of all kinds, isn’t it? I wonder, how on earth, the theory of conspiracy doesn’t work here, so as to blame others as well?

  29. Pathetic Dr Devkota! This story contradict with what he told in London when he visited right after the massacre. I respected him when he was a great professional but he didnt like what he was and instead decided to be Gyanendra’s ambasador and started fabricating stories which favor gyanendra, well he got paid back too for that but he lost the respect he earned from being a good doctor.
    therefore, dr saheb, if u read this, i urge u to be brave enough to tell the tru story, if u know any, and apolgize for the bullshit u gave.

  30. If Gyanedra can kill his brother, why Gorakh can’t tolerate murder of his wife – specially if Gyanedra has promised something special for shutting his mouth or threaten him. What kind of logic it is that one can not kill his wife or tolerate the murder? Who know Gorakh was part of the conspiracy?

    As the bhatata… report has nothing substantial other than “kalo padartha” his report, official until today, can’t be believed.

  31. भुत्रो षड्यन्त्र थिएन, बिरेन्द्रका सारा सन्तान मर्ने, ज्ञानेन्द्रका कसैलाई पनि केहि नहुने, यस्तो पनि हुन्छ??? अझै षड्यन्त्र थिएन भन्ने……

  32. this all is only about the timeline after the medication has started… we still dont know what really happened that night?
    kumar gorakh and other eye witness should publish the real story without hesitation…
    the people are eager to know all about the massacre.

  33. Dr Upendra may telling truth what he saw in the Hospital. He really does not know how the murder plot started in the palace that night. Who is that drug mafia he is talking about. I am not sure why he accepted the position fo minister. Looks like he did not have any political ambition. Why he did not continue with politics again. Everybody know gyanenra’s cold bloded attitute. How he will openly say? As one of the comment say that he was made sure that no body survive and no body will be in the sense to say anything. People were horrified with the power and cruelty of the plotter. I am sure even today nobody in Nepal can open their mouth. When it come Shruti’s husband, possibly he does not any other way rather than to look after his own life. I am sure within the palace politics there would be lot of people would prefer gyanendra over birendra. We all know in all relations people have different choices and alignment. Some of the people gave speech came in TV and they did not look like they were speaking their free mind. People were not interviewed immediately. Why so much time was required even to give the palace version of masacre. For the viewer it looked like it was rehersaled. Biggest thing people are not able to come to term that they way their dead bodies were treated after the incident. There was hateful expression and I have not seen anybody coming with enough good explanation of lack of physical evidence of the scene of the murder room. Why not Paras be questioned in front of some geniun journalist. He witnessed everything. He should not much problem answering much question based on what he saw. Why so many bad character issues came out suddently after agaist Dipendra after the masacre. Is Paras any better than Dipendra in terms of abuse of drug, alcohal and criminal activities. Why Paras vs Dipendra charaster are not published if Paras is any better than Dipendra. Why Palace is finding so difficult to convince the people that masacre of Birendra’s family has nothing to do with power grab it was a one freak accident. If it was an accident why did not they follow proper investigation procedure let the process find the actual culprit then to publish the story that looks like very much fabricated. Why the current government does not open their mouth and encourage the investigation. If gyanendra comes clean out of that I am sure chances of ceremonail king will increase.

  34. Gyanendra has his faults, in fact the whole Shah dynasty (except Prithvi Narayan for building the foundation of Nepal) is responsible for the current state of the country. Gyanendra is power hungry and incompetent to rule the country, so are his son and grandson. The only solution is to get rid of monarchy for once and at all. But saying that, let’s not blame Gyanendra for what appears he did not do. Gorakh and few others present at the fateful dinner are still alive. It has been six years, they would have told if Gyanendra had done it, there is nothing stopping them now. It is certainly not easy to keep that big secret for so many years. Also let’s stop saying Birendra and Dipendra (a drunk and addict) were good, it is Nepali habit to say good about someone after they die. The massacre is a big blot in our country’s history. I was overseas at that moment and I was not angry or sad but ashamed while answering questions from my non Nepali friends about the event. Saying that, the investigation could have been done properly, Dipendra’s death itself was suspicious. It is a big shame we continued to tolerate the monarchy after that night, we Nepalis love to talk but do nothing. Did we try to stop when Dipendra and Gyanendra were declared the King? Right after that night we should have strength to declare no more kings in Nepal. If ‘good’ prince Dipendra was capable of doing that, we should have realised the things to come later on by ‘bad’ Gyanendra and Paras. Since we could not do that, we should stop blaming Gyanendra for the massacre. He is neither better nor worse than Birendra, Mahendra or any other king. Our fight should not be against a person, it should be against the system and the system that has to be rooted out now is monarchy.

  35. Yo Sampati bahulayo ki k ho ?
    jhutho kura dohorayo bhane saancho hun6 bhanne socheko hola patmurkha le

  36. Dr. Devkota was rewarded because he was the one to prove that Deependra died of “missle wound”. The issue here is that all missle wounds need not happen due to suicide.

  37. I don’t believe on above writing.Dr upendra already prized from gyanendra.What type of gun which only kill selected person??I never believe.

  38. Ke socheko…………ke paye Dr. Devkota’s statment uffffff….. whatelse we can expect from others? Let’s wait !!!!

  39. This is really a horrific experience, Dr shared with us. I just felt like it happened in front of my eyes when i was reading..

    Is this Doctors statement to clean some culprit? or Is this based on reality?? If the mafia is the root, why no action has been taken yet??

  40. नित बाबु फेरी दर्शन है
    तिम्रो मालिक ज्ञानेको हाल के छ हाउ अहिले हँ।।
    अनि भोलि राम्रो क्लास लिनु है
    घोकेर भन्दा पनि बुझेर आउनु।
    फेरी दिपेन्द्रले नै मारेको हो भनेर घोक्यौ भने अनि तिमिलाई पागलखाना लगे नि हुन्छ।
    जय गणतन्त्र नेपाल

  41. धेरै नेपालीहरुको बिचारमा डा. उपेन्द्र देवकोटा पनि उनले चाहेर वा नचाहेर उक्त महासँहारको षडयन्त्रकारी कित्तामा देखिनपुगे. बहुतै खराब समयमा मन्त्री पनि बने.
    यदि त्यहा कुनै षडयन्त्र थिएन भने त राजा ज्ञानेन्द्र जस्ता Lucky मानिस धर्तीमा न पहिले थियो न कहिले हुनेछ. इतिहास यसरी नै लेखिने रहेछ. हाम्रो पुस्ता सम्मलाई त कुरो थाहा छ, त्यसपछि त जे लेखिएकोछ त्यही त हो नि सत्य.
    ज्येष्ठ १९ का सम्पूर्ण शिकारहरुमा मेरो हार्दीक श्रद्धाञ्जली.

  42. डाक्टर उपेन्द्र देब्कोटा रास्ट्रकै महत्वपुर्ण र सम्मानित डाक्टर हुनुहुन्छ, तेसैले केहि बोल्नु वा प्रकाशित गर्नुभन्दा पहिले धेरै सोचेर मात्र गर्नु हुन अनुरोध छ र यस बहुचर्चित(उमेशजिको)ब्लोगमा प्रकाशित तपाइको आर्टिकलमा केहि भुल भयेजस्तो लागेमा फेरि एकपटक सम्सोधन गर्नु होला, हाम्रो(सम्पुर्न रास्ट्र प्रेमि हरुको)शुभ-कामना!

  43. I DON’T REALLY BELIEVE THIS HOLE THINGS..N SURELY THE COUNTRY WON’T B IMPROVE ANYMORE IN ANY CONDITION COZ ,SOME PERSONS IN NEPAL WHOM WE RESPECT N BELEIVE..EVEN THEY R LIER,FRAUD N CAN SAY THIS STUPID N UNBELIEVABLE THINGS…LOOK ; HOW HE IS TRYING TO PISS IN OUR ( PUBLIC) EYES….ALTHOUGH HOW EASILY HE CAN SAY THAT ,THAT WAS DUE TO DRUG ADICTS.,HOW COME???IT’S REALLY FUNNY JOKE..ISN’T IT// FINALLY I DON’T WANT TO WRITE ANYMORE IN THIS MEANINGLESS STORY..
    KRIS SYDNEY

  44. यो दरबार हत्याकाण्ड जसले रचेको र फत्ते पारेको भए पनि , मैले दिपेन्द्रले नै यसो गरेको हैन भनेर कहिल्यै भन्न सकिन। पारस र ज्ञानेन्द्र जिउँदै रहेपनि मेरो बुझाइमा पारस र दिपेन्द्रमा त्यति ठूलो फरक थिएन । अझ दरबारलाई नजिकबाट बुझ्नेहरूले त दिपेन्द्रलाई पारसको गुरू नै भनी बुझ्ने गरेको पाइन्थ्यो। कुनै जमनामा बुढानिलकण्ठ स्कूलमा दिपेन्द्रलाई पढाउने मेरो एकजना साथीका नातेदार शिक्षकले , दरबार ह्त्याकाण्डको घटनाका बारेमा सुन्ने बित्तिकै ‘ लौ यो सब दिपेन्द्रको करतूत हो भनी’ भनेको कुरा मेरा साथिले सुनाउनुभएको थियो । पछि एकजना शमशेर थरका दरबार हत्याकाण्डको दिनको पार्टिमा सहभागी व्यक्ति ( जसलाई युधिष्ठिरको उपमा समेत दिइन्छ) ले बताए अनुसार दरबार हत्याकाण्डमा गोली दिपेन्द्रले नै चलाएको हो भनेर ठोकुवा गरे भने दिपेन्द्रको मृत्यू कसरी भयो भन्ने कुरामा भने आँफू निश्चित हुन नसकेको कुरा गरेको भन्ने कुरा मैले नेपलका एकजना वरिष्ट पत्रकारको मुखबाट सुनेको थिएँ।

    घटना घटेको यतिका वर्ष भयो र अब खोज अनुसन्धान आदि कुनै कुराले पनि प्रमाणका साथ फलानोले नै दरवार हत्याकाण्ड गरेको ठोकुवा गर्न सक्ने छैनन। ज्ञानेन्द्रका सबै परिवारका सदस्य बच्नु अनि सो हत्याकाण्डबाट बँचेकी प्रेक्षाको समेत रारातालमा हेलिकप्टर क्र्यास भई मृत्यू हुनुले सन्देहलाई विश्वासमा बदल्न मद्दत ग्दैन भन्न सकिन्न । तर पनि जिउँदा गोरख शमसेर जो श्रुतिका २ वटा चिनो छोरीहरू लिएर बाँचिरहेका छन , यदि दरबार हत्याकाण्डमा उनका ससुराली कूलको समूल अन्त्य र आफ्नी प्यारी श्रीमतिको हत्याका बारेमा कुनै गोप्य कुरा मनमा राखेर जीवित रहिरहेका छन भने बाहिर आएर त्यो गोपनियतालाई सार्वजनिक गर्न सक्नु पर्दथ्यो ।
    तर पनि दरबार हत्याकाण्डको घटना घटेको तत्काल कै हप्तामा कान्तिपुर पत्रिकामा बडा बडा लामा लेख छपाएर माओवादी नेता कामरेड भट्टराईले बिरेन्द्रको निकै सराहाना गरेका थिए । त्यति बेला पढेको संझदा माओवादीका कुरा सम्झेर मलाई हाँसो थाम्न गाह्रो भैरहेछ । ती लेख अनुसार अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादीहरूको भयानक षडयन्त्रमा राष्ट्रवादी राजा विरेन्द्रको हत्या गर्ने योजना गिरिजा र ज्ञानेन्द्रलाई मिलाएर गरिएको थियो । यो योजना कामरेड भट्टराईका अनुसार अमेरिकी साम्राज्यवादीहरूले भारतलाई उचालेर चीनलाई घेर्ने सामरिक नीति अनुरूप गरिएको थियो । त्यतिबेलाको दृष्य सम्झिँदा नेपालमा विरेन्द्रको वंश विनास नभएर कामरेड लेलिन वा माओ नै मरेका हुन कि जस्तो लाग्थ्यो । सबै थरि कामरेडहरूका टाउका चिल्ला र सपाट देखिन्थे, एउटा टुप्पीमात्र बाँकि । मैले कपाल फल्न मन नपराउँदा म ज्ञानेन्द्रको समर्तक हुन पुगेको थिएँ ।
    तर पनि राजा बनिसकेपछि सत्तामा निरंकूश कब्जा जमाउन ज्ञानेन्द्रले जुन आतुरता देखाए त्यही कुराले नेपालको राजतन्त्र अवसानको विन्दुमा आएको हो । वास्तवमा राजासंग मिलेर माओवादीले दललाई प्रतिवन्ध लगाएर माओवादीहरूलाई सरकार गटन गर्ने अवसरको माग र फिराद धेरै पटक गरेका हुन। यस्का लागि दरवारबाटै निष्कासित धिरेन्द्र, दामोदर शमशेर र शरदचन्द्र शाह, ऋषीकेश शाह आदि सूत्रधारहरूको भरसक प्रयोग भएकै हो र सो कुराको दावा माओवादी कामरेडहरूले पनि गरिरहेकै छन ।
    तर राजनिति सँधै सोझोबाटो नहिँड्ने भएर होला , आज नेपालको रजनीतिक नक्शा अलग खालको छ ।
    अरूको विश्वास गर्नुभन्दा उपेन्द्र देवकोटाको विश्वास गर्नु उचित छ , यत्ति हो ऊ ज्ञानेन्द्रको मन्त्री बनेको हो । माधव नेपालले प्रधानमन्त्रीमा दरखास्त हाल्न जान हुने , अनि धिरेन्द्रलाई राष्ट्रवादी मानेर किर्तन गर्न हुने र राजदरवारबाट संकेत आए हुन्थ्यो भनेर पर्खेर भद्रो हे्र्न सबैले हुने तर उपेन्द्र स्वास्थ्य मन्त्री खान जान नहुने पनि उचित हैन नि ।
    दरबार हत्याकाण्ड हत्याकाण्ड नै हो, अरू सब कुरा अडकल मात्र हुन ।
    अत: अतीतललाई बिर्सेर भविष्यको बाटो खनौँ । राम्रो बाटो हिँडे राम्रो लक्ष्यमा पुगिन्छ ।

  45. यो दरबार हत्याकाण्ड जसले रचेको र फत्ते पारेको भए पनि , मैले दिपेन्द्रले नै यसो गरेको हैन भनेर कहिल्यै भन्न सकिन। पारस र ज्ञानेन्द्र जिउँदै रहेपनि मेरो बुझाइमा पारस र दिपेन्द्रमा त्यति ठूलो फरक थिएन । अझ दरबारलाई नजिकबाट बुझ्नेहरूले त दिपेन्द्रलाई पारसको गुरू नै भनी बुझ्ने गरेको पाइन्थ्यो। कुनै जमनामा बुढानिलकण्ठ स्कूलमा दिपेन्द्रलाई पढाउने मेरो एकजना साथीका नातेदार शिक्षकले , दरबार ह्त्याकाण्डको घटनाका बारेमा सुन्ने बित्तिकै ‘ लौ यो सब दिपेन्द्रको करतूत हो भनी’ भनेको कुरा मेरा साथिले सुनाउनुभएको थियो । पछि एकजना शमशेर थरका दरबार हत्याकाण्डको दिनको पार्टिमा सहभागी व्यक्ति ( जसलाई युधिष्ठिरको उपमा समेत दिइन्छ) ले बताए अनुसार दरबार हत्याकाण्डमा गोली दिपेन्द्रले नै चलाएको हो भनेर ठोकुवा गरे भने दिपेन्द्रको मृत्यू कसरी भयो भन्ने कुरामा भने आँफू निश्चित हुन नसकेको कुरा गरेको भन्ने कुरा मैले नेपलका एकजना वरिष्ट पत्रकारको मुखबाट सुनेको थिएँ।

    घटना घटेको यतिका वर्ष भयो र अब खोज अनुसन्धान आदि कुनै कुराले पनि प्रमाणका साथ फलानोले नै दरवार हत्याकाण्ड गरेको ठोकुवा गर्न सक्ने छैनन। ज्ञानेन्द्रका सबै परिवारका सदस्य बच्नु अनि सो हत्याकाण्डबाट बँचेकी प्रेक्षाको समेत रारातालमा हेलिकप्टर क्र्यास भई मृत्यू हुनुले सन्देहलाई विश्वासमा बदल्न मद्दत ग्दैन भन्न सकिन्न । तर पनि जिउँदा गोरख शमसेर जो श्रुतिका २ वटा चिनो छोरीहरू लिएर बाँचिरहेका छन , यदि दरबार हत्याकाण्डमा उनका ससुराली कूलको समूल अन्त्य र आफ्नी प्यारी श्रीमतिको हत्याका बारेमा कुनै गोप्य कुरा मनमा राखेर जीवित रहिरहेका छन भने बाहिर आएर त्यो गोपनियतालाई सार्वजनिक गर्न सक्नु पर्दथ्यो ।
    तर पनि दरबार हत्याकाण्डको घटना घटेको तत्काल कै हप्तामा कान्तिपुर पत्रिकामा बडा बडा लामा लेख छपाएर माओवादी नेता कामरेड भट्टराईले बिरेन्द्रको निकै सराहाना गरेका थिए । त्यति बेला पढेको संझदा माओवादीका कुरा सम्झेर मलाई हाँसो थाम्न गाह्रो भैरहेछ । ती लेख अनुसार अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादीहरूको भयानक षडयन्त्रमा राष्ट्रवादी राजा विरेन्द्रको हत्या गर्ने योजना गिरिजा र ज्ञानेन्द्रलाई मिलाएर गरिएको थियो । यो योजना कामरेड भट्टराईका अनुसार अमेरिकी साम्राज्यवादीहरूले भारतलाई उचालेर चीनलाई घेर्ने सामरिक नीति अनुरूप गरिएको थियो । त्यतिबेलाको दृष्य सम्झिँदा नेपालमा विरेन्द्रको वंश विनास नभएर कामरेड लेलिन वा माओ नै मरेका हुन कि जस्तो लाग्थ्यो । सबै थरि कामरेडहरूका टाउका चिल्ला र सपाट देखिन्थे, एउटा टुप्पीमात्र बाँकि । मैले कपाल फल्न मन नपराउँदा म ज्ञानेन्द्रको समर्तक हुन पुगेको थिएँ ।
    तर पनि राजा बनिसकेपछि सत्तामा निरंकूश कब्जा जमाउन ज्ञानेन्द्रले जुन आतुरता देखाए त्यही कुराले नेपालको राजतन्त्र अवसानको विन्दुमा आएको हो । वास्तवमा राजासंग मिलेर माओवादीले दललाई प्रतिवन्ध लगाएर माओवादीहरूलाई सरकार गटन गर्ने अवसरको माग र फिराद धेरै पटक गरेका हुन। यस्का लागि दरवारबाटै निष्कासित धिरेन्द्र, दामोदर शमशेर र शरदचन्द्र शाह, ऋषीकेश शाह आदि सूत्रधारहरूको भरसक प्रयोग भएकै हो र सो कुराको दावा माओवादी कामरेडहरूले पनि गरिरहेकै छन ।
    तर राजनिति सँधै सोझोबाटो नहिँड्ने भएर होला , आज नेपालको रजनीतिक नक्शा अलग खालको छ ।
    अरूको विश्वास गर्नुभन्दा उपेन्द्र देवकोटाको विश्वास गर्नु उचित छ , यत्ति हो ऊ ज्ञानेन्द्रको मन्त्री बनेको हो । माधव नेपालले प्रधानमन्त्रीमा दरखास्त हाल्न जान हुने , अनि धिरेन्द्रलाई राष्ट्रवादी मानेर किर्तन गर्न हुने र राजदरवारबाट संकेत आए हुन्थ्यो भनेर पर्खेर भद्रो हे्र्न सबैले हुने तर उपेन्द्र स्वास्थ्य मन्त्री खान जान नहुने पनि उचित हैन नि ।
    दरबार हत्याकाण्ड हत्याकाण्ड नै हो, अरू सब कुरा अडकल मात्र हुन ।
    अत: अतीतललाई बिर्सेर भविष्यको बाटो खनौँ । राम्रो बाटो हिँडे राम्रो लक्ष्यमा पुगिन्छ ।

  46. यो दरबार हत्याकाण्ड जसले रचेको र फत्ते पारेको भए पनि , मैले दिपेन्द्रले नै यसो गरेको हैन भनेर कहिल्यै भन्न सकिन। पारस र ज्ञानेन्द्र जिउँदै रहेपनि मेरो बुझाइमा पारस र दिपेन्द्रमा त्यति ठूलो फरक थिएन । अझ दरबारलाई नजिकबाट बुझ्नेहरूले त दिपेन्द्रलाई पारसको गुरू नै भनी बुझ्ने गरेको पाइन्थ्यो। कुनै जमनामा बुढानिलकण्ठ स्कूलमा दिपेन्द्रलाई पढाउने मेरो एकजना साथीका नातेदार शिक्षकले , दरबार ह्त्याकाण्डको घटनाका बारेमा सुन्ने बित्तिकै ‘ लौ यो सब दिपेन्द्रको करतूत हो भनी’ भनेको कुरा मेरा साथिले सुनाउनुभएको थियो । पछि एकजना शमशेर थरका दरबार हत्याकाण्डको दिनको पार्टिमा सहभागी व्यक्ति ( जसलाई युधिष्ठिरको उपमा समेत दिइन्छ) ले बताए अनुसार दरबार हत्याकाण्डमा गोली दिपेन्द्रले नै चलाएको हो भनेर ठोकुवा गरे भने दिपेन्द्रको मृत्यू कसरी भयो भन्ने कुरामा भने आँफू निश्चित हुन नसकेको कुरा गरेको भन्ने कुरा मैले नेपलका एकजना वरिष्ट पत्रकारको मुखबाट सुनेको थिएँ।

    घटना घटेको यतिका वर्ष भयो र अब खोज अनुसन्धान आदि कुनै कुराले पनि प्रमाणका साथ फलानोले नै दरवार हत्याकाण्ड गरेको ठोकुवा गर्न सक्ने छैनन। ज्ञानेन्द्रका सबै परिवारका सदस्य बच्नु अनि सो हत्याकाण्डबाट बँचेकी प्रेक्षाको समेत रारातालमा हेलिकप्टर क्र्यास भई मृत्यू हुनुले सन्देहलाई विश्वासमा बदल्न मद्दत ग्दैन भन्न सकिन्न । तर पनि जिउँदा गोरख शमसेर जो श्रुतिका २ वटा चिनो छोरीहरू लिएर बाँचिरहेका छन , यदि दरबार हत्याकाण्डमा उनका ससुराली कूलको समूल अन्त्य र आफ्नी प्यारी श्रीमतिको हत्याका बारेमा कुनै गोप्य कुरा मनमा राखेर जीवित रहिरहेका छन भने बाहिर आएर त्यो गोपनियतालाई सार्वजनिक गर्न सक्नु पर्दथ्यो ।
    तर पनि दरबार हत्याकाण्डको घटना घटेको तत्काल कै हप्तामा कान्तिपुर पत्रिकामा बडा बडा लामा लेख छपाएर माओवादी नेता कामरेड भट्टराईले बिरेन्द्रको निकै सराहाना गरेका थिए । त्यति बेला पढेको संझदा माओवादीका कुरा सम्झेर मलाई हाँसो थाम्न गाह्रो भैरहेछ । ती लेख अनुसार अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादीहरूको भयानक षडयन्त्रमा राष्ट्रवादी राजा विरेन्द्रको हत्या गर्ने योजना गिरिजा र ज्ञानेन्द्रलाई मिलाएर गरिएको थियो । यो योजना कामरेड भट्टराईका अनुसार अमेरिकी साम्राज्यवादीहरूले भारतलाई उचालेर चीनलाई घेर्ने सामरिक नीति अनुरूप गरिएको थियो । त्यतिबेलाको दृष्य सम्झिँदा नेपालमा विरेन्द्रको वंश विनास नभएर कामरेड लेलिन वा माओ नै मरेका हुन कि जस्तो लाग्थ्यो । सबै थरि कामरेडहरूका टाउका चिल्ला र सपाट देखिन्थे, एउटा टुप्पीमात्र बाँकि । मैले कपाल फल्न मन नपराउँदा म ज्ञानेन्द्रको समर्तक हुन पुगेको थिएँ ।
    तर पनि राजा बनिसकेपछि सत्तामा निरंकूश कब्जा जमाउन ज्ञानेन्द्रले जुन आतुरता देखाए त्यही कुराले नेपालको राजतन्त्र अवसानको विन्दुमा आएको हो । वास्तवमा राजासंग मिलेर माओवादीले दललाई प्रतिवन्ध लगाएर माओवादीहरूलाई सरकार गटन गर्ने अवसरको माग र फिराद धेरै पटक गरेका हुन। यस्का लागि दरवारबाटै निष्कासित धिरेन्द्र, दामोदर शमशेर र शरदचन्द्र शाह, ऋषीकेश शाह आदि सूत्रधारहरूको भरसक प्रयोग भएकै हो र सो कुराको दावा माओवादी कामरेडहरूले पनि गरिरहेकै छन ।
    तर राजनिति सँधै सोझोबाटो नहिँड्ने भएर होला , आज नेपालको रजनीतिक नक्शा अलग खालको छ ।
    अरूको विश्वास गर्नुभन्दा उपेन्द्र देवकोटाको विश्वास गर्नु उचित छ , यत्ति हो ऊ ज्ञानेन्द्रको मन्त्री बनेको हो । माधव नेपालले प्रधानमन्त्रीमा दरखास्त हाल्न जान हुने , अनि धिरेन्द्रलाई राष्ट्रवादी मानेर किर्तन गर्न हुने र राजदरवारबाट संकेत आए हुन्थ्यो भनेर पर्खेर भद्रो हे्र्न सबैले हुने तर उपेन्द्र स्वास्थ्य मन्त्री खान जान नहुने पनि उचित हैन नि ।
    दरबार हत्याकाण्ड हत्याकाण्ड नै हो, अरू सब कुरा अडकल मात्र हुन ।
    अत: अतीतललाई बिर्सेर भविष्यको बाटो खनौँ । राम्रो बाटो हिँडे राम्रो लक्षयमा पुगिन्छ ।

  47. यो दरबार हत्याकाण्ड जसले रचेको र फत्ते पारेको भए पनि , मैले दिपेन्द्रले नै यसो गरेको हैन भनेर कहिल्यै भन्न सकिन। पारस र ज्ञानेन्द्र जिउँदै रहेपनि मेरो बुझाइमा पारस र दिपेन्द्रमा त्यति ठूलो फरक थिएन । अझ दरबारलाई नजिकबाट बुझ्नेहरूले त दिपेन्द्रलाई पारसको गुरू नै भनी बुझ्ने गरेको पाइन्थ्यो। कुनै जमनामा बुढानिलकण्ठ स्कूलमा दिपेन्द्रलाई पढाउने मेरो एकजना साथीका नातेदार शिक्षकले , दरबार ह्त्याकाण्डको घटनाका बारेमा सुन्ने बित्तिकै ‘ लौ यो सब दिपेन्द्रको करतूत हो भनी’ भनेको कुरा मेरा साथिले सुनाउनुभएको थियो । पछि एकजना शमशेर थरका दरबार हत्याकाण्डको दिनको पार्टिमा सहभागी व्यक्ति ( जसलाई युधिष्ठिरको उपमा समेत दिइन्छ) ले बताए अनुसार दरबार हत्याकाण्डमा गोली दिपेन्द्रले नै चलाएको हो भनेर ठोकुवा गरे भने दिपेन्द्रको मृत्यू कसरी भयो भन्ने कुरामा भने आँफू निश्चित हुन नसकेको कुरा गरेको भन्ने कुरा मैले नेपलका एकजना वरिष्ट पत्रकारको मुखबाट सुनेको थिएँ।

    घटना घटेको यतिका वर्ष भयो र अब खोज अनुसन्धान आदि कुनै कुराले पनि प्रमाणका साथ फलानोले नै दरवार हत्याकाण्ड गरेको ठोकुवा गर्न सक्ने छैनन। ज्ञानेन्द्रका सबै परिवारका सदस्य बच्नु अनि सो हत्याकाण्डबाट बँचेकी प्रेक्षाको समेत रारातालमा हेलिकप्टर क्र्यास भई मृत्यू हुनुले सन्देहलाई विश्वासमा बदल्न मद्दत ग्दैन भन्न सकिन्न । तर पनि जिउँदा गोरख शमसेर जो श्रुतिका २ वटा चिनो छोरीहरू लिएर बाँचिरहेका छन , यदि दरबार हत्याकाण्डमा उनका ससुराली कूलको समूल अन्त्य र आफ्नी प्यारी श्रीमतिको हत्याका बारेमा कुनै गोप्य कुरा मनमा राखेर जीवित रहिरहेका छन भने बाहिर आएर त्यो गोपनियतालाई सार्वजनिक गर्न सक्नु पर्दथ्यो ।
    तर पनि दरबार हत्याकाण्डको घटना घटेको तत्काल कै हप्तामा कान्तिपुर पत्रिकामा बडा बडा लामा लेख छपाएर माओवादी नेता कामरेड भट्टराईले बिरेन्द्रको निकै सराहाना गरेका थिए । त्यति बेला पढेको संझदा माओवादीका कुरा सम्झेर मलाई हाँसो थाम्न गाह्रो भैरहेछ । ती लेख अनुसार अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादीहरूको भयानक षडयन्त्रमा राष्ट्रवादी राजा विरेन्द्रको हत्या गर्ने योजना गिरिजा र ज्ञानेन्द्रलाई मिलाएर गरिएको थियो । यो योजना कामरेड भट्टराईका अनुसार अमेरिकी साम्राज्यवादीहरूले भारतलाई उचालेर चीनलाई घेर्ने सामरिक नीति अनुरूप गरिएको थियो । त्यतिबेलाको दृष्य सम्झिँदा नेपालमा विरेन्द्रको वंश विनास नभएर कामरेड लेलिन वा माओ नै मरेका हुन कि जस्तो लाग्थ्यो । सबै थरि कामरेडहरूका टाउका चिल्ला र सपाट देखिन्थे, एउटा टुप्पीमात्र बाँकि । मैले कपाल फल्न मन नपराउँदा म ज्ञानेन्द्रको समर्तक हुन पुगेको थिएँ ।
    तर पनि राजा बनिसकेपछि सत्तामा निरंकूश कब्जा जमाउन ज्ञानेन्द्रले जुन आतुरता देखाए त्यही कुराले नेपालको राजतन्त्र अवसानको विन्दुमा आएको हो । वास्तवमा राजासंग मिलेर माओवादीले दललाई प्रतिवन्ध लगाएर माओवादीहरूलाई सरकार गटन गर्ने अवसरको माग र फिराद धेरै पटक गरेका हुन। यस्का लागि दरवारबाटै निष्कासित धिरेन्द्र, दामोदर शमशेर र शरदचन्द्र शाह, ऋषीकेश शाह आदि सूत्रधारहरूको भरसक प्रयोग भएकै हो र सो कुराको दावा माओवादी कामरेडहरूले पनि गरिरहेकै छन ।
    तर राजनिति सँधै सोझोबाटो नहिँड्ने भएर होला , आज नेपालको रजनीतिक नक्शा अलग खालको छ ।
    अरूको विश्वास गर्नुभन्दा उपेन्द्र देवकोटाको विश्वास गर्नु उचित छ , यत्ति हो ऊ ज्ञानेन्द्रको मन्त्री बनेको हो । माधव नेपालले प्रधानमन्त्रीमा दरखास्त हाल्न जान हुने , अनि धिरेन्द्रलाई राष्ट्रवादी मानेर किर्तन गर्न हुने र राजदरवारबाट संकेत आए हुन्थ्यो भनेर पर्खेर भद्रो हे्र्न सबैले हुने तर उपेन्द्र स्वास्थ्य मन्त्री खान जान नहुने पनि उचित हैन नि ।
    दरबार हत्याकाण्ड हत्याकाण्ड नै हो, अरू सब कुरा अडकल मात्र हुन ।
    अत: अतीतललाई बिर्सेर भविष्यको बाटो खनौँ । राम्रो बाटो हिँडे राम्रो लक्षयमा पुगिन्छ ।

  48. यो दरबार हत्याकाण्ड जसले रचेको र फत्ते पारेको भए पनि , मैले दिपेन्द्रले नै यसो गरेको हैन भनेर कहिल्यै भन्न सकिन। पारस र ज्ञानेन्द्र जिउँदै रहेपनि मेरो बुझाइमा पारस र दिपेन्द्रमा त्यति ठूलो फरक थिएन । अझ दरबारलाई नजिकबाट बुझ्नेहरूले त दिपेन्द्रलाई पारसको गुरू नै भनी बुझ्ने गरेको पाइन्थ्यो। कुनै जमनामा बुढानिलकण्ठ स्कूलमा दिपेन्द्रलाई पढाउने मेरो एकजना साथीका नातेदार शिक्षकले , दरबार ह्त्याकाण्डको घटनाका बारेमा सुन्ने बित्तिकै ‘ लौ यो सब दिपेन्द्रको करतूत हो भनी’ भनेको कुरा मेरा साथिले सुनाउनुभएको थियो । पछि एकजना शमशेर थरका दरबार हत्याकाण्डको दिनको पार्टिमा सहभागी व्यक्ति ( जसलाई युधिष्ठिरको उपमा समेत दिइन्छ) ले बताए अनुसार दरबार हत्याकाण्डमा गोली दिपेन्द्रले नै चलाएको हो भनेर ठोकुवा गरे भने दिपेन्द्रको मृत्यू कसरी भयो भन्ने कुरामा भने आँफू निश्चित हुन नसकेको कुरा गरेको भन्ने कुरा मैले नेपलका एकजना वरिष्ट पत्रकारको मुखबाट सुनेको थिएँ।

    घटना घटेको यतिका वर्ष भयो र अब खोज अनुसन्धान आदि कुनै कुराले पनि प्रमाणका साथ फलानोले नै दरवार हत्याकाण्ड गरेको ठोकुवा गर्न सक्ने छैनन। ज्ञानेन्द्रका सबै परिवारका सदस्य बच्नु अनि सो हत्याकाण्डबाट बँचेकी प्रेक्षाको समेत रारातालमा हेलिकप्टर क्र्यास भई मृत्यू हुनुले सन्देहलाई विश्वासमा बदल्न मद्दत ग्दैन भन्न सकिन्न । तर पनि जिउँदा गोरख शमसेर जो श्रुतिका २ वटा चिनो छोरीहरू लिएर बाँचिरहेका छन , यदि दरबार हत्याकाण्डमा उनका ससुराली कूलको समूल अन्त्य र आफ्नी प्यारी श्रीमतिको हत्याका बारेमा कुनै गोप्य कुरा मनमा राखेर जीवित रहिरहेका छन भने बाहिर आएर त्यो गोपनियतालाई सार्वजनिक गर्न सक्नु पर्दथ्यो ।
    तर पनि दरबार हत्याकाण्डको घटना घटेको तत्काल कै हप्तामा कान्तिपुर पत्रिकामा बडा बडा लामा लेख छपाएर माओवादी नेता कामरेड भट्टराईले बिरेन्द्रको निकै सराहाना गरेका थिए । त्यति बेला पढेको संझदा माओवादीका कुरा सम्झेर मलाई हाँसो थाम्न गाह्रो भैरहेछ । ती लेख अनुसार अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादीहरूको भयानक षडयन्त्रमा राष्ट्रवादी राजा विरेन्द्रको हत्या गर्ने योजना गिरिजा र ज्ञानेन्द्रलाई मिलाएर गरिएको थियो । यो योजना कामरेड भट्टराईका अनुसार अमेरिकी साम्राज्यवादीहरूले भारतलाई उचालेर चीनलाई घेर्ने सामरिक नीति अनुरूप गरिएको थियो । त्यतिबेलाको दृष्य सम्झिँदा नेपालमा विरेन्द्रको वंश विनास नभएर कामरेड लेलिन वा माओ नै मरेका हुन कि जस्तो लाग्थ्यो । सबै थरि कामरेडहरूका टाउका चिल्ला र सपाट देखिन्थे, एउटा टुप्पीमात्र बाँकि । मैले कपाल फल्न मन नपराउँदा म ज्ञानेन्द्रको समर्तक हुन पुगेको थिएँ ।
    तर पनि राजा बनिसकेपछि सत्तामा निरंकूश कब्जा जमाउन ज्ञानेन्द्रले जुन आतुरता देखाए त्यही कुराले नेपालको राजतन्त्र अवसानको विन्दुमा आएको हो । वास्तवमा राजासंग मिलेर माओवादीले दललाई प्रतिवन्ध लगाएर माओवादीहरूलाई सरकार गटन गर्ने अवसरको माग र फिराद धेरै पटक गरेका हुन। यस्का लागि दरवारबाटै निष्कासित धिरेन्द्र, दामोदर शमशेर र शरदचन्द्र शाह, ऋषीकेश शाह आदि सूत्रधारहरूको भरसक प्रयोग भएकै हो र सो कुराको दावा माओवादी कामरेडहरूले पनि गरिरहेकै छन ।
    तर राजनिति सँधै सोझोबाटो नहिँड्ने भएर होला , आज नेपालको रजनीतिक नक्शा अलग खालको छ ।
    अरूको विश्वास गर्नुभन्दा उपेन्द्र देवकोटाको विश्वास गर्नु उचित छ , यत्ति हो ऊ ज्ञानेन्द्रको मन्त्री बनेको हो । माधव नेपालले प्रधानमन्त्रीमा दरखास्त हाल्न जान हुने , अनि धिरेन्द्रलाई राष्ट्रवादी मानेर किर्तन गर्न हुने र राजदरवारबाट संकेत आए हुन्थ्यो भनेर पर्खेर भद्रो हे्र्न सबैले हुने तर उपेन्द्र स्वास्थ्य मन्त्री खान जान नहुने पनि उचित हैन नि ।
    दरबार हत्याकाण्ड हत्याकाण्ड नै , अरू सब कुरा अडकल मात्र हुन ।
    अत: अतीतललाई बिर्सेर भविष्यको बाटो खनौँ । राम्रो बाटो हिँडे राम्रो लक्षयमा पुगिन्छ ।

  49. hey
    malai Dr, Devkota Ko bhanai mitho lagyo,, tara Biswas chhaina usko satyata ma,, kina ki,, devkota pani Raja gyanendra ko mantri mandal ka mantri hun. uni na marun jel raja kai bare bolchhan.

  50. Gyanendra was satisfied with the conditions of wounded royals that they will never wake up to tell the truth.

    Dr Upendra says there was no “sadayantra” behind this massacre but fails to explain how the bullet entered from left side of Dipendra’s head. May be he is still afraid of the mafia behind the massacre and therefore is trying to tell the truth in disguise.

Comments are closed.