शाहको पुस्तक ‘मैले देखेको दरबार’ र ‘भटट प्रतिवेदन’ उस्तै

दरबारमा दुई जना राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट भई काम गरेका पूर्व सैनिक सचिव विवेक शाहको पुस्तक “मैले देखेको दरबार” अहिले चर्चामा छ। आम मानिसको चासो यसले हत्याकान्डका विषयमा केही नयाँ खुलासा गर्छ कि भन्ने हो। यदि त्यस्तै सोचेर किताब किन्नुभएको भए तपाईँलाई यो किन्न खर्चेको आफ्नो नौ सय रुप‍ैयाँको माया लाग्न सक्छ। किनभने हत्याकान्डका विषयमा यो पुस्तकको सार ‘भटट प्रतिवेदन’ अर्थात् ज्ञानेन्द्रले तत्कालीन प्रधानन्यायाधीश र सभामुखको सदस्यतामा बनाएको उच्चस्तरीय छानबिन प्रतिवेदनलाई सही प्रमाणित गर्नु मात्रै हो।

जेठ १९ को जुन रात दरबारमा गोली चल्दै थियो, त्यतिबेला लेखक शाह दरबारबाट निकै टाढा नयाँ बजारमा आफ्ना साथीहरुसँग रक्सी खाँदै थिए। पुस्तकको पेज १९ मा लेखिएको छ- ‘…हामी ड्रिङ्कस गरिरहेका थियौँ।’ रक्सी खाइरहेकै बेला दरबारबाट खोजी भयो भनी घरमा फोन आएपछि दरबारमा फोन गर्दा बल्ल उनले दरबारभित्र फायरिङ भयो रे भन्ने थाहा पाएका थिए। मृत्यु भएको कुरा त सैनिक अस्पताल, छाउनीमा शव देखेपछि मात्रै थाहा भएको रहेछ उनलाई। गोली चल्दा घटनास्थलबाट निकै टाढा ड्रिङ्कसमा मस्त व्यक्तिले हत्याकान्डका विषयमा कसरी नयाँ कुरा दिनसक्ने आशा गर्नुभएको तपाईँले ?

यो आशा गर्नु नै बेकार छ। उनले हत्याकान्डका विषयमा जति कुरा थाहा पाए, ती सबै अरुका मुखबाट सुनेका हुन्। जुन कुरा तपाईँले पनि अहिलेसम्म सुन्दै आउनु भएको छ। भटट प्रतिवेदन (प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोग सदस्य तारानाथ रानाभाटले भटट शब्द उच्चारण गर्दै हान्दिम भनी दीपेन्द्रले चलाएको भनिएको बन्दूक पत्रकारतिर तेर्स्याएको कारण यो कान्डलाई भटट कान्ड पनि भनिन्छ। रानाभाटको चर्तिकला हेर्ने भए यहाँ क्लिक गर्नुस्) मा प्रत्यक्षदर्शीहरुको बयानमा पनि त्यही कुरा छ।

शाहले पेज ५४ मा लेखेका छन्- घटनास्थलको वास्तविकता त्यही हो। अर्थात् भटट प्रतिवेदनले जस्तो देखाएको छ, त्यही हो। घटनाका बेला उनी प्रत्यक्षदर्शी नभएकोले घटना हुनुको कारण बारे उनले अनेक थरि अनुमान लगाएका छन्, जस्तो कि तपाईँले पनि लगाउनु हुन्छ। फरक यति हो, उनले दरबारलाई नजिकबाट देखेका कारण उनको अनुमान हाम्रो अनुमानभन्दा फरक हुनसक्छ।

घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने उनी बताउँछन् पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ?

पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।

उनले ठहर गरे सरह पुस्तकमा भनेका छन् कि दायाँ हातले स्वचालित मेसिनगनले फायर गरेर अन्त्यमा देब्रे हातले देब्रे कञ्चटमा गोली हानी दीपेन्द्रले आत्महत्या नै गरेका हुन्। ‘उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ’ (पेज ३८)

दीपेन्द्रको रामकहानी
दीपेन्द्रलाई दोषी ठहर गर्न सहायक हुने गरी उनले पुस्तकमा तत्कालीन युवराजका विभिन्न प्रसंग लेखेका छन्। आमाबाबु भएर पनि माया नपाएर टुहुरो जस्तो भएको दीपेन्द्र, सानैदेखि जिद्दी स्वभावका मात्र प्रसंग यसमा छैनन्, झण्डै झण्डै युधीर थापाको उपन्यासको प्लट जस्तो लाग्ने गरी दीपेन्द्रको यौनलोलुप प्रवृत्तिको पनि बयान गरिएको छ।

दीपेन्द्र सार्वजनिक रुपमा जस्तो देखिन्छन्, भित्र त्यस्तो नभएको उनको कथन छ। दीपेन्द्रको परपीडक प्रवृत्तिको बयानका लागि एक शीर्षक नै छुट्याएका छन् उनले। ठूलो मान्छेलाई मुक्का हानेर लडाएर छटपट गर्दा हाँस्ने, गुलेली हानेर परेवा झार्ने, नमरे तडपाउने, जिउँदो मुसा समातेर पुच्छरमा आगो लगाउने घटनाको बयान पुस्तकमा छ।

त्यसैगरी केटीका मामिलामा साह्रै कमजोर प्रमाणित गर्न पुस्तकमा दीपेन्द्रले सुरुमा सुप्रिया शाहसँग अफेयर चलाएको, ७ क्लासदेखि नै उनलाई लभलेटर लेख्‍ने गरेको, बेलायतमा पढ्न गएदेखि देव्यानीसँग पनि अफेयर चलेको, त्यसपछि दुवै जनासँग एकै पटक अफेयर चलाएको, बेलायत मै हुँदा एक जापानी केटीसँग पनि अफेयर चलेको, ती जापानीसँग पनि विवाह गर्छु भने फकाउने गरेको प्रसंगसहित पेज ४७ मा उनले लेखेका छन्- बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरुका मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो। यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो। बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्‍न पनि उनले भ्याएका छन्।

भारतको हात ?
उनले हत्याकान्डका पछाडि भारतको हात हुनसक्ने भनी लगाएको अनुमान सर्वसाधारणले ज्ञानेन्द्र पारसको हात हुनसक्ने भनी लगाएको अनुमान जस्तो मात्रै हो। पुस्तक पढ्दा त्यस्तै देखिन्छ। बरु केही नयाँ रहस्य यस क्रममा खोलिएका छन् जस्तो कि हतियार कारखाना नेपाल मै खोलेर एसेम्बल हतियार दक्षिण एसियामा बेच्ने वीरेन्द्रको योजना, माओवादी समस्या समाधानका लागि वीरेन्द्रले बनाएको विशेष योजना। भारतको हात हुनसक्ने अनुमान जस्तै अर्को एउटा अनुमान पनि उनले गरेका छन्। वीरेन्द्र र ऐश्वर्य तन्त्रमन्त्रमा धेरै विश्वास गर्थे रे। तान्त्रिक प्रयोगको उल्टो परिणामस्वरुप हत्याकान्ड भएको त हैन ? उनले यस्तो अनुमान पनि गरेका छन्।

हत्याकान्डको विषयमा मूलतः यिनै कुरा पुस्तकमा छन्। त्यसबाहेक उनको पुस्तकको अधिकांश भाग उनको डायरीले ओगटेको छ, जुन इतिहासप्रति रुचि राख्‍नेहरुका लागि राम्रो छ। रुचि नराख्‍नेलाई यो वाक्कलाग्दो हुन्छ। किनभने प्रसंग र सन्दर्भ बिना के भनेको हो बुझ्न पनि गाह्रो हुन्छ केहीलाई। केही प्रसंगहरु ‘नेपाली विकिलिक्स’ जस्ता छन्। आगामी दिनमा म त्यस्ता केही विषय लेख्‍नेछु।

यो पनि हेर्नुस्-

(यस्ता फोटोहरु समावेश भएको भए ९ सय पर्ने पुस्तक अलि संग्रहणीय हुन्थ्यो कि)

65 Comments

  1. यो हत्याकाण्डका असली खलनायकहरुको आफुलाई चोखो देखाउनाका लागि रचिएको नाटक को एउटा पाटो मात्रै हो भन्ने लाग्छ / कुन गोटी कति बेला कहाँ चल्ने भन्ने तिनीहरुलाई राम्रै संग थाहा छ / सजिलोसंग छोडेको बागडोर सजिलैसंग, अझ मुखमै ल्याएर राखिदिउन भन्ने बृहत अनि दिर्घकालिन योजनामा गम्भीर र ब्यस्त छन् भन्ने कुरा सबैले बुझ्नु जरुरि छ/

  2. मरेका राजपरिवार को झुत्तो कुरो लेखेर पैसा कमाउने वहाना , नेपाल मा जे गरेपनि हुन्छ

  3. बिबेक शाहले संचिनै रहस्य खोल्न लगेछन भन्ठानेको त घुमिफिरी उही चाकरी बुझाउने र यताबाट उताबाट पैसै बजाउन पो खोजेका रहेछन | बिस्तृत अधेयन गरी जनता समू उक्त पुस्तकको साराम्स बताउनु भयकोमा धन्यवाद | बास्तबमा यस्ता बकम्फुसे हरुले हजारौ सफाई पेसगरी वास्तविक हत्यारा लाइ जोगाउन खोज्नु त्यो भन्दा मुर्खता केहिहुने छैन | उनको छपाइको रकम शालामी सहित मिलिसकेकै होला ? तेस्तो पुस्तक देखाइ जनतालाई झुक्यौला भन्ने नठाने हुन्छ |

  4. दीपेन्द्रले चलाएको गोलि आफुलाई आफैले गोलि हान्दा त टाउको को पछाडी पट्टि kasari गोलि लागो ? यो समाचार त्यति खेरी तु रस्सियन tv हरुले देको थिओ. यसमा सबै student अचाम्म्वित थिएउ त्यहिँ भएर दीपेम्द्रले आफुले गोलि चलाएको होइन भन्ने विश्वास गर्न सकिन छ समाचार हरुले पछि कन्चटमा गोलि हानेको भनि समाचार बदलि गरेका हुन् .

  5. हावा कुरा गरेर बुजक्कड़ नाबौनौ वास्तविक हत्त्यारा दिपेन्द्र नै हो

    • तपाइले देखनु भयको थियो?के आफैले आफ्नै अछादी कनचदमा गोली हान्न सकिन्छ? कि तपाईलाई पनि १-२ बित्ता ( गाठ) मिल्यो र यो बाहियात खबर प्रचार गरेको? / त्यो समैमा एउटा डाक्टर ( जसले कपाल खोरेको थियो) खुबै भुकेको थियो अहिले उसको पेट भर्यो होलार चुप छ / यो बाबा र छोरा पर्लोग चाडो जानुपर्छ अनि मात्र थाहा हुन्छ /

  6. how come only one person likes dipendra bir bikram shah deva on facebook and 7000 person likes gyane. Thats sad.

  7. यो सब बिबेक शाहा चर्चा आउनको लागि गरेको जस्तो लागेको थिई मलाइ त अनि पैसा कमाउन पनि हो कि न कि सत्य अहिले नेपालमा कसैले बोल्दैन .

  8. अरु कुरा त तेस्तै हुन् है साथी …… अनमिन गए लगत्तै भारतिया विदेश सचिब आउदै… ल यसपाली चाही देशमा केहि होला जस्तो छ है

  9. यो “उपन्यास” लाइ घाममा सुकाइदिए हुन्छ | ज्ञानेको कन्पति मा घोडा राखेर सोध्यो भने मात्र तुरुक्क भिजाएर खुरुक्क “हामीले र हाम्रा छोराहजुरले गरिबक्सेकहौं” भन्नेछ | अरु भन्या तेस्तै हो

  10. विवेक शाहले निर्दयी भनेर प्रस्तुत गरेको दीपेन्द्रको बर्णन सोह्रै आना झुठो हो | मेरो भाइ दीपेन्द्रका सहपाठी थिए | हामीलाई दीपेन्द्रको बारेमा कहिल्यै नराम्रो कुरो भाइले सुनाएन त! उपद्रो र उदण्ड भए त बुढानिलकण्ठ स्कुलमा पनि सहपाठीहरुलाई ragging गर्न सक्थे| त्यस्तो कुरो त्यतिका बर्ष संगै पढने उनको सहपाठीहरुले अन्त नभने पनि आफ्नो घरमा त चुहाइहाल्छ नि! घुमाइ फिराइ दीपेन्द्रलाई जतिसुकै दोषी सावित गर्न खोजेपनि नेपालीहरुले पत्याउन्दैन् हौ | अब नेपालीलाई बिश्वास दिलाउने हो भने दिपेन्द्र आफैं बिउतेर मैले मारेको भन्नु पर्यो | किताबबाट दरवारिया र राजनीतिका झेलझालहरु जरुर थाह पाइएला|

    • राजपरिवार, मदन भण्डारी,मास्ने र नेपाल को कहिले भलो हुन् नदिने,india हो

  11. यसमा कुनै सन्देह छैन कि यो किताब ज्ञाने दाई ले लेखेर बिबेक भाइ को नाम मात्रै राखेको हो. अहिले सम्म हाम्रो इतिहास मा कुन चाहि सैनिक ले किताब लेखेको छ? यो सबै माहिला दाई को चाल हो कि अहिले जनता हरु राजनीतिक पार्टी हरु बाट वाक्क दिक्क प्याक्क न्याक भाको बेलामा येसो अलि अलि भनेनी मन जित्न सकिन्छ भनेर गरेको असफल प्रयास हो. कुनै पनि नेपाली ले कहिले पनि बिर्सन सक्दैनन् कि त्यो बिरेन्द्र को बंस सत्यनास गर्ने त्यो अधर्मी राक्षस ज्ञाने र पारसे हुन्. My pride; my motherland ; Nepal

  12. अब यो बिसय देख्यो कि एलर्जी हुन्छ | अब हामीलाई येस्ता सोसक ,सामन्ती मरे भनेर जिन्दगि भरि रोएरै बस्ने?? कि सधै यिनकै नाम जपेर बस्ने ?
    मानिस को आफ्नै बा ,आमा ,परिबार का मान्छे त् मर्छ , यिनीहरु पनि मरे |
    मर्न लाइ कुनै कारण चाहिछ ,कोइ काल आएर मर्छ ,कोइलाई कसैले मारिदिन्छ |
    अब देशले येस्ता न चाहिने कुरामा आल्झिनु हुन्न| सके सबै सोसक ,सामन्ती ,बदमास नेता हरु मारिदिनु पर्छ | यिनीहरु देश को जुम्रा हुन् |
    रगत चुस्छान| बरु एउटा मोरेर पोल्ने बेलामा ,अर्को २ ,४ जना पनि बोनस मा
    सिध्यैदियेर पोले नेपाल आमा ले मुक्ति पाउछिन|

  13. यो पुस्तकको नाम / भट ट ट तारानाथ /आफ्नो हात जगनाथ / राखेको भए कति राम्रो सुहाउने थियो /

  14. किताब निक्लेर जे जस्तो भय पनि ब्यापार चै निकै राम्रो सँग हुने भयो। जर्साब् ले जुक्ती राम्रो निकालेका हुन । यत्रो बर्ष पछी किन दरबार को सम्झना भयो कुन्नी ? सबै सक्तिसालि कै पछी लाग्ने त हो नि, अब माओवादी को पछी लागे कतै मन्त्री हुन सकिन्छ कि ?

  15. सत्य यो छ कि तितो
    जिउंदोले मर्नेको बोल्दैन/
    इतिहास बनावटी आगो
    यसले साँच्चै पोल्दैन/

    बोलोस् नबोलोस् कसैले
    सत्य आफै छ बोलेको/
    गोलि चलाउने मखुण्डो
    दिपेंद्रेलाइ त हो मात्र पोलेको/

    सात वटा पड्के बन्दुक
    भटट पार्ने चैं एउटइ/
    बच्चाले समेत नमान्ला
    बोले पनि देउतई/

    कराईसक्यो हिजै पाप
    धुरीबाट कुर्ली कुर्ली
    फुट्यो आश भो वनबास
    एक्कासि जनशागर उर्ली/

    देख्नु पर्यो आज कस्तो
    आँखा छली छली/
    साँढे बस्ने टांडमा
    कुत्ताको ढलीमलि/
    अनि,
    मरौ जस्तै लाग्छ
    मुटु जली जली!
    कठै, मुटु जली जली//

  16. यो सबै ज्ञानेको चालहो / यसले जे लेखेपनि जे भनेपनि ज्ञानेले सत्ता गुमायो क्यारे ह हा हा हा,,,,,,,/ यताबाट हुन्छकी -उताबाट हुन्छकी कसरी हुन्छ, कहिले मन्दिर गएको जस्तो गरेर,कहिले छोरालाई मन्दिर पठाएर त कहिले हिमानी तर्स बनाएर,इंडिया धाएर कसरी हुन्छ जनतालाई मुर्ख बनाएर फेरी गद्दीमा बसुला भनेको होलास तर ज्ञाने २१ औ सताब्दीको जनतालाई के सोचेछ्स? अनि यो खैचुवा नेता हरुपनित राजबादी होइनन / बरु चुपलागेर अतितको गल्ती स्वीकारेर
    नागार्जुन मै तेलिभिजेन् हेर्नुस बरु हुन्छभने गीत गाउनुस : मलाई नसोध काहा दुख्छ…………. स्वास्थेलाइ फाइदा हुन्छ / उही तपाइको सुभचिन्तक

  17. १. यो भटटले पनि जगै हँसायो
    बिचरा भाट लाइ भट्टीमै पुर्यायो//
    बिशब्रिक्षे पीपलपाते “माधे” शकुनी चालले उम्क्यो
    फसिगो मुर्ख “तारे”, विचराको ढाड़ नै सेकायो//
    खलनायेक बकुल्लो ज्ञाने, आफु त चिप्ल्यो
    अरु धुर्तहरु धेरैलाई धुलै चटायो//

    २. निस्क्यो अर्को झिंगो, खुब बजार ततायो
    ठुलो स्वरले भुक्ने, जब झितुवा वनतिर ला’यो//
    थियो त गुदी केहि, किन सम्म आज चुप
    रातो सिंउर देखाउन, भालेले टाउको ठड्यायो
    ताई न तुइ सित, बेमौसमी बाजा बजायो//
    ***हुँदा न खाँदा को तुँइं- तुँइं;
    हावा न सावाको फुँइं- फुँइं
    जव गो ब्वाँसो खोरमा
    तब खैरे को कुंइं- कुंइं

    • यो पैसाको करामत हो /केहि होइन यो जसले विश्वास गर्छ त्यो मान्छे गोरु हो / यो कुनै हालतमा पनि होइन पैसाले छापेको किताप मात्र हो / तर सत्यतामा आधारित कुनै हालतमा हुने सक्दैन …हुने सक्दैन /

  18. साचो र सत्य लेख लेखना सक्दैन भने किन येसरी दुख गरि गरि किताब लेखना पर्यो?एस्तो लेख लेखना सक्ने मान्छेलई २.4 करोड बिना लेख्ने कुरै भएन/

  19. यो रहस्यमय घटना अहिले खुल्दैन। यो खुल्न अब केही समय पर्खनुपर्छ।
    जबसम्म ज्ञानेन्द्र र पारसको मृत्यु हुँदैन तब सम्म यो घटना रहस्यमय नै हुन्छ।
    पहिले ज्ञाने मरे पनि खुल्दैन किनकी मुख्या अभियुक्त पारस त जिँउदै हुन्छ नी।

    फेरी अहिलेको समयमा जो साक्षीहरुले सत्यकुरा लेख्यो भने त्यसको अर्को दिननै त्यो व्यक्तिको हत्या भईहाल्छ। त्यसकारण अहिले ज्ञाने र पारस भईन्जेल जो जसले जे लेखे पनि आखिरमा गएर दिपेन्द्रलाई नै दोष थोपरिदिन्छ।

    पछि तिनीहरुको शेषपछि अनि सत्यतथ्य सबै आफै खुल्दै जान्छ। र सबैको अन्तिम निस्कर्ष हुन्छ मुख्य योजनाकार हुन तत्कालिन श्री ५ ज्ञाने र हत्यारा हुन पारस अर्थात गोलिबन्दुक विक्रमा शाह।

    ईतिहास बोल्छ तर समय लाग्नेछ।

    “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

    • क्या दिनु भयो पानथरे जी ,,, सलुत /
      यिनीहरु मोर्नु पर्यो र जनतातन्त्र आउनु पर्यो /

      धान्नेबाद साचो लेखनु भएकोमा /

      मोनह जर्मनी बात

  20. यो किताब पढ्नु बेकार छ; यो किताब ज्ञानेन्द्रे ले खेको हो; किताब मा प्रस्ट विसंगति मात्र छ, एकै चोटी भारत् ले पनि र दिपेन्द्र को असन्तुलित मानसिकता ले पनि कसरि कारण को स्थान पाउन सक्छ?
    बिरेन्द्र को बंश नाश गर्ने माइला कपटी ज्ञानेन्द्रे नै हुन् भन्ने मा शंका गर्नु सुर्य चन्द्र मा बिश्वास नगर्नु जस्तै हो; घाम जत्ति कै प्रस्ट छ यो ज्ञानेन्द्रे ले गरेको कुकृत्य हो

  21. Hi, these days plastic surgery is everywhere can B done with in few hours if some1 is ready to sponsor Paras Saha can B made with in few hours. e.g. Michael Jaction which was very very long time ago, watch this movie ‘Face off’ 1997′ played by Nicolas Cage & John Travolta and match with these 2 scenario what happen & the rumours coming out every body knows who did it this book is published by them as well so it’s all bull shit.

  22. हजार शेस नाग भएका जिब्राहरूले त प्रस्ट बोल्न नसक्या कुरा ( हजार शेस नाग भनेर हाम्रा नेतालाई भन्या मैले – त्यो बेला के के आयोग भयो अनि पछी गणतन्त्र
    आयो , कसले छेक्या छ र दरबार हत्या काण्ड सम्बन्धि खोजतलास गर्न ? जनताले ??? यदि जनताले छेक्या छैनन् भने फेरी कसको डर ? या कसले खोजिदेला भन्ने भर ??? ) यी जाबा हिजोका दरबारी पालेले के नै बोल्न सक्थे र !!!???
    जे होस् शिछित रहेछन , बुढेस कालमा नाम ( किताब लेखे पछी दुनियाले नाम त सुनिहल्छ नि ) पनि दाम पनि कमाउने भए | उसो त यिनलाई यै किताबको दाम संग उसै महत्व नरहेको पनि भन्न सकिन्न किन भने किताबको मूल्य ९०० रहेछ
    जुन सस्तो मूल्य चै होइन अन्य नेपाली पुस्तकहरुको मूल्यको अनुपातमा |

    तर पनि धेरै नै नेपाली जनताको लागि यो किताबको मूल्य महत्वपूर्ण हुने छैन तिनको हिर्दयामा बसेको राजसस्था र बिरेन्द्र राजा प्रतिको मायाको आगाडी |
    तिनले किताब किन्ने नै छन् | उसो त कुनै पनि दृस्टी कोणले किताब पढ्नु राम्रो नै हुने छ नेपालको इतिहास सम्बन्धि केहि भने पनि जानकारी होला |

    बरु यी बिबेक शाहले आफ्नो बिबेक राखेर यो पुस्तक बाट आएको आम्दानी शतप्रतिशत रुपमा कुनै उपलब्धि मूलक कार्य या मानबिय सहयोगको लागि खर्च
    गरिदिए त्यो चै खासा ( गज्जब ) हुने थियो |
    आगे बुद्दिमान लेखक जी को मर्जी —

  23. दरबार हत्या काण्ड पछी साधारण जनमानशमा परेको पूर्व राजा ज्ञानेन्द्र र उनका मतियारहरु नै बास्तविक हत्त्यारा हुन् भन्ने प्रभावलाई हटाउन जनता सामू प्रस्तुत गरियको प्रतिबेदन जस्तो देखिन्छ !
    जबसम्म बैज्ञानिक ढंगबाट छानबिन हुँदैन तब सम्म कटु सत्य जनता माझ आउने छैन ! बिस्तारै यो काण्ड पनि जनमानसबाट हरायर जाने छ ! अनि बिबेक शाहले जस्तै पुस्तक लेखेर लेखको संख्या बढाउने लेखक कोलागि मसलाको रुपमा रहने छ !

  24. सालोक्य जीको कुरामा सहमत छु/ बिबेक शाहको कुराहरु यक आपसमा बाझिएको छ र कसै गरेर पनि दीपेन्द्रले नै हत्या गरेको भनि प्रमाणित गर्न प्रमाण होईन तर्क प्रस्तुत गरेकोछ/ यकातिर बिरेन्द्र भारत बिरोधि भएको कुरा गर्दै भारत तिर ईसारा पनि गर्ने अर्को तिर दीपेन्द्रले मारेको पनि भन्ने, दिपेंद्र्लेनै मारेको थियो त् बिरेन्द्र भारत बिरोधि भएको नभएको हत्या पुर्ब भारतीय दुताबासले दरवार भित्रको सैनिक ब्यबस्थापन को कुरा बुझेको किन लेखे?

    दिपेन्द्र उदण्ड हुन् बा होईनन भनि बुझ्न बुधानिल्कंथ को बोर्दिन्ग्मा उसका गुरुहरु सिट बुझे हुन्छ/ दरवार हत्याकाण्डमा राजिब शाहीको कुराहरुले राजीवलाई पनि संखाको को घेरामा पार्छ/ तेस्तै आमा बुबा र उसको प्रिये बहिनि भाई मार्ने दीपेन्द्रले के पारस लाई ” दादा” भनेको भरमा न मार्लान र? रादर्वार भित्र सम्पूर्ण राजपरिवार मारिंदा समेत चुप लागि बस्ने सैनिकहरु कुन कुन हो? त्यो दिन दरवारमा खटिएको सैनिकहरु पुरानै कहिले र कसले नियुक्त गरेको हो? सरकारी आयोग र सरकार चलाउने राजदरवार तथा प्रधान मन्त्रीको कुरा फरक भएकोमा कसको कुरा सत्य हो?

    सत्य कुरा अझै लुकईयेकै छ/ मलाई लाग्छ ज्ञानेन्द्र आफै हत्याकाण्डमा सामेल नभए पनि उसलाई बास्तविकता थाह छ तर राजा बन्न पाउने अबशर गुमाउन नचाहेर चुप बसेको जस्तो लाग्छ/ मुर्ख हुन् ज्ञानेन्द्र, उसलाई किन राजा बनाईन्दै छ भनेर उसले बुझ्ने सकेन/ हत्याकाण्डको बास्तविकता लुकाउन र राजतन्त्र उन्मुलनको काममा तेतिबेला बिरेन्द्र राजा मारिएको जनतालाई सुम्सुम्याउँ मात्रै उसलाई गद्दीमा मात्र तस्विर जस्तै राखेको हो भनि उसले बुझ्न सकेन/ तेती बेला ज्ञानेन्द्रले होईन बिरेन्द्र मारेको बास्तविकता सार्वजनिक नभए सम्म म राजा पनि बन्दिन भनेको भए, सायद जनताले नै ज्ञानेन्द्रलाई गद्दीमा राख्थे होला/ तेतिबेला नेपाली जनतामा राजभक्ति उम्लियेकै थियो/

    राजतन्त्र उन्मुलन भएको सहि भनि मान्दा मान्दै पनि बीरेन्द्रलाई खराव राजा भन्न सकिंदैन/ बिरेन्द्र मारिएको घटना गिरिजाको अधुरो स्पस्टिकरण नै स्पस्ट छ/ त्यो एउटा ग्राण्ड डिजाईन नै हो/ सत्य तथ्य गिरिजाले उसको आत्म कथा मा लेखेर गएको छ भनि चक्र प्रसाद बास्तोलाले पोलेको छ/ कता लुकायो गिरिजाको आत्म कथा?

  25. पैसा कमाउने उद्देस्यले किताब लेखेको भन्नु त मुर्खता नै हुन्छ, यी पनि छोटे राजा हुँ भन्न रुचाउने मान्छे हुन् / दरवारको सेवा गरि बिरे, ज्ञाने,दिपेन्द्र र पारसहरुको तलुवा चाट्नेहरुले दिएको बयानको जनताले के बिस्वास गर्नु / फेरी अर्को स्याल करायो,अब केहि समय पछी फेरी अर्को कराउँछ…….नेपाली जनता सुन्दै जान्छ /

    सन्ध्या, बेल्जियम

  26. बेकार को बहस किन गर्नु ? दिपेन्द्र ले नै मारेको हो , अहिले गणतन्त्र आइसक्यो , ज्ञानन्द्र पनि बन बास मा छ, कहिँ कतै बाट पनि पारस ले मरेको भन्ने बैज्ञानिक अधार छैन, दिपेन्द्र पनि कुनै राम्रो केटो होइन, जो सानै देखि, अरु लै तद्पेको धेखेरा आनन्द लिने मान्छे हो भन्ने कुनै संका छैन, बिभिन्न दुर्गुन्ले युक्त दिपेन्द्र ले नै मारेको हो सबै लाइ, यसको अर्थ पारस र ज्ञानन्द्र राम्रो मान्छे हो भन्न खोजेको होइन, म रक्तकुण्ड भन्दा यो किताब प्रति बढी बिसवोस्थ छु , किन भने येस्मा धेरै बिस्वसिलो आधार हरु छन् ,

  27. तपाईहरु ले यो समाचार हेर्नु भो
    ;;भारतद्वारा नेपाली सेनालाई सैन्य सहयोगको तयारी ;;
    http://www.ekantipur.com/np/2067/10/3/full-story/323666/
    एउटा जाबो इन्डियन पत्रिकाले स्रोत नखुलाई लेखेको कुरा , नेपाल को प्रमुख मिडियाले भारत को झन्डा सहित को बिसेस समाचार छाप्छ, भने के यो बिज्ञापन को चाप्लुसी हैन र
    ,

  28. दरबार हत्याकाण्ड समाधान हुन नसक्ने रहस्य जस्तो हुदै गएको छ । बास्तवमा मैले देखेको दरबार मा केही नयाँ कुरा त पक्कै छन तर हामी जनताको उत्सुकता मेटाउन भने सकेको छैन । राज परिबारलाई कस्ले मार् यो र किन भन्ने प्रश्न अझै प्रश्ट हुन सकेको छैन । सधै ज्ञानेन्दलेनै घटना घटाएको हो भन्ने नेताहरुले अहिले आफु सर्बे सर्बा हुदा बिशेषज्ञ टोलि झिकाएर किन छानबिन नगरेको होला । अहिले अनुसन्धान गर्न के ले छेकेको छ र ? कितावमा भने जस्तै बाहिर बाट नकाव लगाएर गएर घटना घटाउन सक्ने जुन कुरा उल्लेख गरिएको छ । के यो सम्भव छ त ? फेरी त्यतिका सुरक्षा घेरा भित्र अरुले गएर गोलि चलाउनु भनेको आश्चर्यको कुरा हो भनेर आफैले भनेका छन । अरुले घटना घटाएको भए भित्र धेरै व्यक्तिको ज्यान जान्थ्यो धेरै सैनिकहरु मारिन्थे तर त्यसो भएको छैन परिवारका सदस्य बाहेक अरु कोही पनि मरेका छैनन् । यसले झन रहस्य थपेको छ । यो कितावले धेरै रहस्यहरुको पर्दाफास गर्ला भन्ने सोचेको त यो त खाली पैसा र नाम कमाउने तरिका मात्र हो कि जस्तो पो लाग्यो है । आफुले देख्दै नदेखेको खालि सुनेका कुरालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ यहाँ यसलाई सत्य घटनामा आधारीत उपन्यास बनाएको भए राम्रो हुने थियो होला

  29. रबार हत्याकाण्ड समाधान हुन नसक्ने रहस्य जस्तो हुदै गएको छ । बास्तवमा मैले देखेको दरबार मा केही नयाँ कुरा त पक्कै छन तर हामी जनताको उत्सुकता मेटाउन भने सकेको छैन । राज परिबारलाई कस्ले मार् यो र किन भन्ने प्रश्न अझै प्रश्ट हुन सकेको छैन । सधै ज्ञानेन्दलेनै घटना घटाएको हो भन्ने नेताहरुले अहिले आफु सर्बे सर्बा हुदा बिशेषज्ञ टोलि झिकाएर किन छानबिन नगरेको होला । अहिले अनुसन्धान गर्न के ले छेकेको छ र ? कितावमा भने जस्तै बाहिर बाट नकाव लगाएर गएर घटना घटाउन सक्ने जुन कुरा उल्लेख गरिएको छ । के यो सम्भव छ त ? फेरी त्यतिका सुरक्षा घेरा भित्र अरुले गएर गोलि चलाउनु भनेको आश्चर्यको कुरा हो भनेर आफैले भनेका छन । अरुले घटना घटाएको भए भित्र धेरै व्यक्तिको ज्यान जान्थ्यो धेरै सैनिकहरु मारिन्थे तर त्यसो भएको छैन परिवारका सदस्य बाहेक अरु कोही पनि मरेका छैनन् । यसले झन रहस्य थपेको छ । यो कितावले धेरै रहस्यहरुको पर्दाफास गर्ला भन्ने सोचेको त यो त खाली पैसा र नाम कमाउने तरिका मात्र हो कि जस्तो पो लाग्यो है । आफुले देख्दै नदेखेको खालि सुनेका कुरालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ यहाँ यसलाई सत्य घटनामा आधारीत उपन्यास बनाएको भए राम्रो हुने थियो होला

  30. नेपाल लै कसरि इंडिया ले सिकिमी कारण गर्न को लागि माहोबधि नाम को पाल्तु कुकुर राखेको छ भने कुरा यो किताब बाट छर्लंग हुन्छा. नेपाल को सार्भभौम रकच्या गर्न को लागि संबैधानिक राजतन्त्र र प्रजातन्त्र अनिवार्य छ.

  31. यो त एस किताबको नराम्रो पाटो हरुको बयान भयो , तर कहिँ संबेदनसिल कुरा हरु पनि त उजागर गरेको छ नि यो किताबले. तर एदी तेस्तो संबेदनसिल कुरा हरु नि अनुमानको भरमा लेखेको हो भने , चटपटे बनाउने दाजुलाइ दिए हुन्छ यो किताब

  32. मैले पनि पुस्तक पढे तर जुन अनुत्तरित प्रस्नहरु त्यो हत्याकाण्ड वरिपरी घुमेका छन् तिनीहरुको कुनै जवाफ छैन ! पुस्तक उमेश जीले भने जस्तै हामीले सुन्दैगरेका कुराहरुनै पुस्तकमा राखिएका छन् कुनै नया कुरो मैले पनि भेटिन पुस्तक दरवार हत्याकाण्डमा सुनिएका बिभिन्न कहानिहरुको संकलन जस्तै लाग्यो !

  33. मैले देखेको दरबारका लेखकको अन्तरबार्ता र मोटामोटि बुझदा सारा नेपालीले पहिले नै देखिसकेको र अडकल गरिसकेको संभाबना भन्दा फरक छ जस्तो लागेन।चर्चामा आउने र दाम कमाउने मात्र लझ्य बुझिन्छ।

  34. बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्‍न पनि उनले भ्याएका छन्।

    केय बकबास कसरि एउटा मान्छे २ घण्टा सम्म होटेल को लिफ्ट मा बस्छ तो पनि बेलग्रेड मा common गफ लेक्नु पनि आली जाने र लेक्नु पो

    • होइन यो पुस्तक को मूल्य को कुरा होइन. यो लेख सिधै इंडिया लै चोख्याउने गरि इंडिया को अगेंट ले लेखे जस्तो छ. मेरो प्रस्न१. देवयानी लै किन पक्डेर बयान लिन नसको लाछी नेपाल सरकार ले? प्रश्न २. देब्यनी निर्दोष भय किन रातारात धटना हुने बित्तिकै देश बाहिर भागेकी? देवयानी ले इंडिया को केंदिर्य मिनिस्टर अर्जुन सिंह को नाती संग बेहे गरि लाविश लिफे बितौन्दै छिन. थुक्क नेपाल क नेता हरु उनको बिहे नेपाल मा भोज मा माओबादी कै नेताहरु पनि किन भोज खान गायक?
      त्यति बेला नेपाल आउँदा उनलाई समातेर जाकेको भय पक्कै कुरा खुल्थ्यो. उनि इंडिया को RAW को अगेंट हो. अनि बिरेन्द्र को हत्या हुन मा स्पस्ट रुपले सोनिया गान्धी को हाट छ किनभने राजिव घद्नी को हत्या मा ऐस्वोर्य ले तमिल लाई पैसा दियको भनी पनि कुरा त आयकै हो नि.
      नेपाल को कानुन आनुसार त हत्या गर्नेलाई र गर्न उक्साउने लाई पनि दण्ड दिनु पर्छा तर देवयानी लाई किन समात्ने आन्त नै गर्न नसकेको?
      माओबादी को सरकर हुँदा पनि प्रचण्ड ले किन एउटा आयोग बनायर छैंबिं गर्न नसकेको?
      जनता लाई चेतना भय यी माओबादी प्रचण्ड आफै इंडिया कै अगेंट हो. उनलाई जन्म दिने, हुर्काउने, पालन पोषण गर्ने सबै इंडिया नै हो त्यसैले इद्निया को बिरोध गरेको पनि सबै preplan नै हो. जनता होशियार.
      कुनै सच्चा राष्ट्र बादी नेपाली भय, देवयानी लाई नेपाल ल्यायर बयान लिने र कारबाही गर्ने आवाज उठाउनु पर्छा, आन्त गर्नु पर्छा. के नेपाल सरकार ले यो गर्न सक्छा? सक्दै यी लाछी नेता हरु लाज पचायारा भोज खान पो जान्छन नि.

      दरबार हत्या काण्ड को यदि सन्चै छैन बिन गर्ने हो भने देवयानी लाई लाई नेपाल लाई सुपुर्दगी गर्न इद्निया लाई भन्न सक्नु पर्छा. इंडिया नेपाल संग वर गर्न तत्पर हुन्छा तर यो गर्दैन. तर के गर्ने china पनि एउटा धोकबाज मित्र बाहेक केहि होइएन. नेपाल लाई आप्ठेरो परेको बेला उ तमाशा हेरेर नै बस्ने छ. मात्र तिब्बत मा अप्ठेरो पर्यो भने मात्र नेपाल को नेता हहुलाई चिना घुमयारा खुसि पर्ने हो अनि मतलब साध्य गर्ने हो. अनि यूरोपान राष्ट्र अ खसी नै छ किनभने अब नेपाल मा च्रिस्तियन धर्म खुलेआम प्रचार गर्न पयकै छ.

  35. कसै संग भटट प्रतिबेदन छ वने लिंक पाउन .
    पारसले मस्क लागको मान्छे छिराउन के गर्यो होला र ,
    नाबोलिकाना गोलि हाने नक्कली दिपेन्द्र हुन् भन्ने मा कुनै संका छैन, तर पारसको मात्रै बुद्धि ले त काम पक्कै गरेको होइन नि .
    ति भटट प्रतिबेदन मा केहि कुरा छाना, पारस पनि तेस्को योजनाकार भन्न को लागि .

  36. सलोक्येजी , हुन त धेरैले तपैले लेखेको कुरामा सहि थाप्छन नै , अनि ज्ञानेन्द्र लगाएत पारस अनि बिबेक शाहको पनि राम्रै संग दोलो काडिन्छ ! तर येहा उल्लेख गर्ने पर्ने केहि तथ्येहरु छन् :

    १) सधै ज्ञानेन्द्रले नै घटना घटाएको हो भन्नेहरुले किन अहिलेसम्म बैज्ञानिक अनुसन्धान गरेका छैनन् त ? कुन प्रजातान्त्रिक भनिने सरकारले एस्लाई गम्भिरतापुर्बक लिएको छ ? ऋतिक रोशनले भन्दै नभनेको कुरामा देसै ठप्प पर्ने हामी नेपाली अझ भनौ बिध्यार्थीहरुले कहिले राजदरबार घटनाको अनुसन्धान गर्नु पर्छ भनेर दबाबपूर्ण आन्दोलन गरेका छौ ?
    २) गोलि दीपेन्द्रले चलाएको होइन भन्ने के परमाण छ ?
    ३) कुन पत्रकार अनि पत्रिकाले राम्रो संग अनुसन्धान गरेर लेखेका छन्?
    ४) रक्तकुण्ड लगाएत पैसाको भेल छोप्न लेखिएका अन्य किताबहरुमा कत्तिको सत्येता छ ? तेस्लाई मापन गर्ने कसी के हो ?
    ५) आम मानसमा रहेको संका उपसंका कत्तिको तथ्येपूर्ण छ ? के हामीले कहिल्यै पनि तटस्थ ढंगले यो बिसयेमा सोचेका छौ ?

    मेरो प्रतिक्रियाको उद्धेस्ये राजदरबार हत्याकाण्डको बिशयेमा कसैलाई राम्रो मान्ने र कसैलाई नराम्रो मान्ने होइन, मैले पनि अन्य नेपालीले जस्तै सो घटनाको तथ्येपुर्ण तरिकाले अनुसन्धान हुनुपर्छ भन्दछु . तपैंको लेख पनि त कुनै तथ्यपूर्ण नभएर लहलहैमा लेखिएको जस्तो छ होइन र ? मलाई त एसले कता कता नोन-professionalism को झल्को दियो है . sorry for that !

    • गुरु जी, सबुत्को लागि रहेको त्रिभुवन सदन किन ज्ञानेले भत्कायो त हतारले ? त्यहाँ को कहाँ कसरि भित्र जाने नया बाटाहरु पो बानाका थिए कि ? संका गर्ने धेरै ठाउँ छन् ज्ञाने र पारस माथि, तर हिम्मत कसैले गरेनन, तेही मौकाको फाइदा उठाएर ज्ञानेले भवन हतारले भत्काए |

      • मित्र दरबार भित्र का प्राय सदस्य हरु लै यो घटना कसले घटायो भन्ने राम्रो थाहा हुनसक्छ……अब तेस्को दोष (एदी भारत ले घटाएको हो भने ) कसरि लगाउन सक्छ? अब आफ्नो सबै प्रियजन हरु को बिनाश भएको झजल्को दिलाउने त्यो त्रिभुवन सदन ढालेको पनि हुन सक्छ………तपाई हामी भएको भए पनि हाम्रो सारा परिवार मारिएको थलो आफ्नो मुटु दुख्ने गरि राख्ने थियिनौ होला…………सत्य तथ्य बिना ज्ञानेन्द्र लाई दोष लगाउने आधार के ??

        राजा हुनु बाहेक उनको हत्याकाण्ड पछि को motive के त ?? सामान्यता शाह बंसिय राजा हरुको आयु लामो छैन / अब एक हद मा मर्ने उमेर मा पुगेका ज्ञानेन्द्र ले बुढेस काल मा राजा हुने महत्वाकंछा कसरि पलायो होला ??? अनि १७ औ सताब्दी मा जस्तो सदयंत्र गरेर भाई ले दाई मारेर राजा हुन सक्ने समय हैन यो……

        • मित्र , यो तपाई को तर्कको लागि तर्क हो | तेस्तो सबै आफैले सम्पूर्ण अधिकार लिएका राजाले दुख भए ति बस्नु पर्थियो र ? आफुनै निवासमा बसेर पनि काम गर्न सक्थियो, त्यो सदनलाई अझ अनुसन्धान को लागि भए पनि राख्नै पर्ने थियो, तेसैले कुरा प्रस्ट छ पछी अनुसन्धान bhayer dosi bannu parla bhaner nai hatarma bhatkako हो |

  37. मैले पनि उहिल्यै भन्या हुँ; अरुको कुरालाई आधार बनाएर लेखिएको यो पुस्तकको वास्तवमा कुनै सार छैन । सार नै खोज्ने हो भने यो लेखको शीर्षक नै पर्याप्त छ । जसले दीपेन्द्रलाई दोषी देखाउँछ, तिनीहरूको नियतमा केही खोट छ भन्ने जानेहुन्छ ।

  38. सोलाक्य जी को भनाही संग सहमत हुन सकिएन, मैले पनि यो पुस्तक किनेर पढे मलाही चै पैसा खेर गए जस्तो लागेन, उनले आफु घटना हुदा नभएको कुरा पहिले पनि भनेका थिए, येस्मा अनुठो मान्नु पर्ने केहि छैन, बरु उनले भारतले नेपाली राजनीतिमा गरेको हस्तक्षेप, कर्मचारी को बायो दाता मागेको कुरा, माओबादीले ले तत्कालिन राजा लाही भेट्न चेको र भारत को चक्रता मा मोबदिलाही भारतले तालिम दिएको कुरा, लगाएत धेरै छिपेर रहेका बिसयालाही उजागर गरेका छन्, तेश को लागि उनि धन्याबाद का पात्रछाना , धेरै कुरा उनले बहाना नसकेका होलान तैपनि जति भने तेश्ले तत्कालिन दरबार को बारेमा र नेपाली राजनीति को बारेमा बुझ्न चै मधता मिलेकै छ/ जहाँ सम्म दरबार हत्ताया काण्ड को कुरा छ येस्मा फेरी छानबिन को जरुरि छ, जसले गर्दा नेपाली जनताले सत्य कुरा थाहा पाहुन/

  39. ज्ञानेले कति पैसा दिएर लेख्न लगाए कुन्नि ??????? विश्वमै यत्रो आर्थिक मन्धि भएको बेला लेखकको त माला माल नि !!!!!!!!!!!!!!!!!!!!!!!!!

  40. मेरो गोरु को बार्है टक्का… कसैले कसैलाई केहि भन्नु पर्दैन, नेपाली जनता ले नबुझेका होइनन | सत्य बोल्ने साहस कसैमा छैनं सब कुरा छर्लंग छ | जसले राजदरबार सिध्याए शाह जस्ता लाइ के बाकि राक्थियो होला | मरेका मान्छे मा दोसारोपण गरेर सत्यता लाइ लुकाउने प्रयास मात्र हो |

  41. यस्तै हो नारायणहिटी दरबार लाई फोटो मा मात्र र दरबार को पर्खाल मात्र देखेको मान्छेले लेखेको पुस्तक लाई सत्य ठान्ने अनि जसले दरबार भोगेको छ देखेको छ उसले लेखेको चाहि झुटो भन्ने खोइ के हो के हो / जे भएपनि हामी लाइ तात्तो न छारो / हाम्रो केहि हुने होइन १ राजा गयो हज्जारौ राजा आयो /

  42. यस्तै हो नारायणहिटी दरबार लाई फोटो मा मात्र र दरबार को पर्खाल मात्र देखेको मान्छेले लेखेको पुस्तक लाई सत्य ठान्ने अनि जसले दरबार भोगेको छ देखेको छ उसले लेखेको चाहि झुटो भन्ने खोइ के हो के हो , कालो चस्मा लगायर हेर्दा कालो नै देखिन्छ नि / जे भएपनि हामी लाई तात्तो न छारो /

  43. पैसा सबैलाई चाहीन्छ, तर नेपाली ले नेपालीलाई झुक्क्याएर हैन, सायद यस्ता मौकामा चौका हान्ने बजारमा थुप्रै भेट्टीन्छन् होला,हामी आफैले पनि सोच्न सक्ने सानो कुरा के छ भने येदिकसैले देखेको हुन्थ्यो वा नजिक बाट जानेको हुन्थ्यो त आज सम्म ऊ यस संसारमा बचिरहन्थ्यो? के देखने सबै बाचिरहेछंन? के ऊ बाहेक अरु सबै बेबकूफ छन् होला त? बिरेन्द्र मर्नु नेपालको दुर्भाग्ग्य हैनर?, दाजुको लासमा उक्लियर गद्दीमा चड्नु ज्ञानेन्द्रको दुर्भाग्य हैनर? अहिलेको नेपाल नेपालीको दुर्भाग्य हैनर? त्यस्तै नेपालीको दुर्भाग्य कहाँ बाट भित्रियेकोछ के हामी लाई थाहा छैनर? कसैले भनीरहनु पर्छर?फेरी पनि झुठ नै किन नहोस मेहनतको लागि मेरो तर्फ बाट लेखकलाई धेरै धेरै सुभकामना,

  44. यो हत्याकाण्डका असली खलनायकहरुको आफुलाई चोखो देखाउनाका लागि रचिएको नाटक को एउटा पाटो मात्रै हो भन्ने लाग्छ / कुन गोटी कति बेला कहाँ चल्ने भन्ने तिनीहरुलाई राम्रै संग थाहा छ / सजिलोसंग छोडेको बागडोर सजिलैसंग, अझ मुखमै ल्याएर राखिदिउन भन्ने बृहत अनि दिर्घकालिन योजनामा गम्भीर र ब्यस्त छन् भन्ने कुरा सबैले बुझ्नु जरुरि छ/

  45. यो पुस्तक भित्र लुकेका केहि स्वार्थहरू:
    १.पुर्व राजपरिवारको पुन गद्दी पाउने निहित स्वार्थलाई टेवा पुर्याउन हत्याकाण्डको दोषीलाइ पर्दावित्रै लुकाएर दीपेन्द्रलाईनै हत्याकाण्डको दोषीको पगरी गुथाएको…
    २. सस्तो चर्चा पाउने सजिलो साधन..
    ३. पैसा बटुल्ने सजिलो कडी (नत्र एती सानो किताबलाइ ९०० रुपिया धेरै नै हो…)
    ४. प्रविन गुरुङ काण्डमा पारशलाइ दोषी देखाएजस्तो गरेर ठुलो घटनामा पूर्णत : निर्दोष देखाएको…
    ५. समग्रमा भ ट ट प्रतिबेदन लाइ लालमोहर लगाएको …..!

  46. एसो कुरा बुझ्दा यो किताब पनि तारानाथ रानाभाटले प्रतिबेदन बुझाउने बेलामा गरेको चर्तीकला सँग लगभग मिल्न आउछ। रानाभाटले भटट भनेर दिपेन्द्रलाई दोष लगाएर खुबै नाम कमाएको छु भन्ने ठानी रहेको छ तर तेस्को बिपरित नत कुनै नेपाली हरुलाई त्यो प्रतिबेदन नै चित्त बुझेको छ नत रानाभाटले देखाएको नाटक नै, मिल्ने भए सबै मिलेर रानाभाटलाई सिस्नो पानी लगाउथे तर के गर्ने जनताको हातमा केहि पनि अधिकार छैन।
    त्यस्तै गरि यो किताब निकाल्नु को अर्थ पनि आफुलाई जनता बीच चर्चित बनाउने उदेस्य नै एउटा हो। अनुमान गरेको भरमा एस्तो तरिकाले कसैले किताब निकाल्न मिल्दैन, मरेको मान्छेलाई दोष लगायो भने उसले पनि केहि बोल्दैन र जिउदै भएको व्यक्तिहरु पनि खुशी हुने भएकोले गर्दा यो किताब निकालेको हो। जनतालाई दरबार हत्या काण्डको सत्य तथ्य थाहा दिनको लागि होइन।

    मानौ दीपेन्द्रले हत्या गरेरे तर
    १. हत्या गर्ने मान्छेले आफ्नो परिवारको मात्रै हत्या गर्छ?
    २. ल ठिकै छ रिस उठेको व्यक्तिको हत्या गर्यो तर किन बहिनिको,भाइको हत्या नि सबैको हत्या गर्ने के तेस्तो कुरा भए छ त ?
    ३. दीपेन्द्रले हत्या गरेको देखेको भन्ने पनि धेरै छन् रे तर किन कसैले नरोकेको नि?

    एस्तै एस्तै प्रस्नहरु धेरै छन् तर जबाफ दिने कोहि छैन। खोइ हामीले चै यो प्रस्न को जबाफ पाउने आसै नगरे पनि हुने भयो।

  47. हालका दिनहरुमा धमिलिदै गएको राजनैतिक पानी मा माछा मार्ने प्रयास मा बुनिएको एक बिशाल जालो को एउटा पाटो हो यो पुस्तक!

  48. वास्तवमा विवेक शाहले ‘सस्तो लोकप्रियता’ का लागि लेखिएको रक्तकुण्ड जस्तै ‘उपन्यास’ हो।हावादारी गफ लेखेर आफ्नो आङ्गको छारो आफैले उडाएका छन्।एउटा उदाहरण लिउँ-
    बेलग्रेडको एउटा होटलमा स्थानीय युवतीसँग लिफ्टमा साँढे दुइ घण्टा बिताएर दिपेन्द्र हाँस्तै आइबक्सेको भनेर सैनिक सचिव जस्तो ब्यक्तिले कति विश्वासिलो गफ हाँकेको छ।कहीं त्यत्रो समय लिफ्टमा कसैले बिताउँछ?।फेरि लिफ्टबाट साँढे दुइ घण्टा ननिक्ले पछि दीपेन्द्रको सुरक्षामा खटिएको विवेक शाहले सोधिखोजी गर्नु पर्दैन?।अलिकति पनि कलमको धर्म निभाउँन नजान्ने मान्छेले कलम चलाउँनु इमान्दारितालाई तिलाञ्जली दिनु हो।यस्तो
    मान्छेले लेखेको किताब पढ्नु नै मूर्ख हुनु हो;त्यसमाथि किनेर पढ्नु त झन् महामूर्ख भने पनि हुन्छ।

  49. यी सबै राजनीति मात्र होइनन बिजिनेस पनि भैसकेका छन् ,
    यसो एउटा महत्तोपूर्ण बिषय बस्तुलाई छुवाउने मात्र हुन् ,
    नेपाली सोझा लाई ठगि खान विभिन्न बाटा मात्र हुन् ,
    कोहि कसैले ठिक र सत्य ल्याउने होइनन् ,
    जहाँ गए नि कानै चिरेका भनेजही हुन् ,
    कमाउने बाटा मात्रा सबका हुन् ,
    जे…….जे…..भए…..नि ,
    सबैले कुरा भुझुन्……..
    कसैले अब नकिनुन् ,

    राजदरबार हत्या-काण्ड बाट बिचिप्त………..दोहा, कतार बाट……

  50. !!!!!!!!

    वैह्यात लेखक…यो मान्छे ज्ञाने को पट्टु जसले उसलाई बचाउन लेखेको किताब जस्तो लाग्छ. यो शाहा हरु को नाटक को एउटा अन्स हो. एउटा शाह ले अर्को शाह लाइ ब्याकिंग. .गैसक्यो तिमि हरु को दिन. कुकुर को पनि दिन आउछ भन्छ तिनी हरु को पनि आयो अब गयो. न सोचे हुन्छ तिमि हरु लाइ फेरी कहिले नारायणहिटी खोलि देला भनेर ..तिमि हरु को रक्सि र बँदेल ज्युनार गर्ने दिन हरु गयो.

  51. यो पुस्तक समग्रमा अहिलेको राजनैतिक तरलताको फाइदा लिन खास हत्यारा लाई सफाई दिएर जनता माझ ब्रिगीएको पूर्व राजपरिवार को छबिमा सहानुभूति मिलोस् भन्ने कुन्सित मनसायले कपोलकल्पित र भ्रामक रुपमा तयार एक निबन्ध संग्रह शिवाय केहि होइन रहेछ ….

  52. अब मरेर गइ सकेको र जसको परिवार समेत सखाप भैसकेको छ उसलाई जे दोस लगाए पनि हुन्छ / फेरी उक्त पुस्तक का लेखक घटना स्थलमा उपस्थित भएका पनि रहेनछन् /
    ल दिपेन्द्र ले नै चलायो रे . तर रक्सि ले ढल मल भएको मान्छे ले कसरि ऐस्वोर्य लाइ लखेटी बाहिर बगैचा मा मार्यो?
    मेरो बिचारमा आम जनता अझै पनि दिपेन्द्र ले गरेको भन्ने कुरा मान्न तयार छैनन् /

    • राजेन्द्र जी
      दिपेन्द्र कहाँ मारिएको थियो? दरवार भित्र बा नागार्जुनको जंगलमा यो कुरा बुझ्न चाहे नागार्जुनको जनता मरेको छैन/ मेरो यौटै प्रश्न ” राजदरवार हत्या काण्ड भएको बेला दरवारमा सर सफाई गर्न कार्यरत यक जना पोदेलाई १७ वडाको पोडे टोलको उसको पसलमै आएर गोलि ठोकी मार्ने कुन भासा बोल्ने दिपेन्द्र हो? पोडे टोलमा बुझे हुन्छ/ दरवार काण्डमा बचेका रु पनि कसरि मारिए?

      यो सबै कुरा सम्झे मात्र पनि जुन दीपेन्द्रले राजदरवार हत्या काण्ड गरेको थियो त्यो दिपेन्द्र अझै मरेको छैन भनि स्पस्ट हुन्छ / कतै त्यो दिपेन्द्र हाम्रै माझ अझै छ बा सिमा पारि कुनै शिविरमा छ?

      भारत बिरोधि दिपेंद्र्कै कुरा किन; बिरेन्द्र त् राजा थिए/ तर जमिम शाह नि त्यो त् राजा थिएनन् मात्र थर शाह थियो रउसको बुबा बिरेन्द्रको दरवारको डाक्टर थिए/ के तेसैले मारेको हो?

      भारत बिरोधि गद्दीमा बस्न नपाउने प्रधान मन्त्रीको कुर्सीमा बस्न नपाउने र सडकमा बस्न नपाउने/ के ई कुराहरुले केहि संकेत गर्दै छैन?

      जमिम शाहले भारत बिरोधको नाममा तेतिबेला भारतीय हवाई जहाज अपहरण गरेकोमा आफ्नो संलग्नता लुकाएर नेपाल माथि दोस लादेकोमा बिरोध गरेको थियो र नेपालको संचार प्रणालीलाई पनि जी ति भी जस्तै भू उपग्रहको माध्यम बात प्रशारण गर्न खोजेर बिस्व लाई नेपालको सत्य तथ्य प्रशारण गर्न खोजेको थियो/

      कुरा स्पस्ट छ नेपालको बास्तविकता बिस्व्ले जान्न नसकुन र नेपालमा बिस्व समुदाय समेत को उपस्थित नहुन भनि चाहने हरु दरवार हत्या काण्डमा संलग्न छन्/ समयको अन्तरालमा स्पस्ट हुनेनै छ / तेतिन्जेल अहिले फट्याईं गर्ने कुनै नमरुन/ राजदरवार हत्या काण्ड गर्नेहरुको आँट यमराज बात होईन नेपाली जनता बात हुनु पर्छ/

  53. ताई न तूइ टाउको दुखेको दबाई नाइटा मुनि लाई, मर्ने मरे मार्ने नि मरे जिउदा को नि गयो गद्दी बेकार को गलफत्ती भन्ने हामी लाई लाईराछ…..

Comments are closed.