यस्तो छ हनुमानढोकामा भेटिएको खजाना


सोमबार हनुमानढोका दरबारभित्र जीर्ण अवस्थाको गद्दी बैठक र मसानचोक बीचमा मर्मत गर्दै थिए कर्मचारीहरु। बन्द अवस्थाका दुई बाकस र छरपस्ट अवस्थामा अर्को एक बाकस फेला पर्‍यो। के रहेछ भनेर हेर्दा खुल्ला बाकसभित्र सुनचाँदी, पुराना मुद्रा र मूर्ति फेला पर्‍यो। खुल्ला बाकसमा तीन किलो सुन, ८० किलो चाँदी र त्यति नै पुराना सिक्का थिए। बन्द दुई बाकस खोलिएको छैन। तर खुला बाकसका सम्पति गुठी संस्थानको हुने कि पुरातत्व विभागको हुने भन्ने विवाद सुरु भएको छ। एउटा उच्चस्तरीय छानबिन समितिले त्यसको टुंगो लगाउँदैछ। के के भेटिएको थियो त त्यहाँ, हेर्न भित्र आउनुस्।


थप फोटोहरु तलको भिडियोमा हेर्नुस्-

48 Comments

  1. होइन यो खजाना गुठिलाई के खान दिने हो भनेको हो के ? म त कुरै बुझ्दिन,गुठि ले फेरी बाकस मा थन्काएर राख्ने त होला कि बेचेर खाने दाउ हो? अनि त्यो बाकी दुइटा बाकस नखोलेको भनेर हल्ला फैलाउने अनि पछि दुइटा बाकस त खालि रहेछ भन्न लाई हो जस्तो छ, बाक्सा खोल्न सकिएन रे..सेना ले खोल्न नसक्ने कस्तो बाक्सा रहेछ बा ! त्यो ऐतिहासिक महत्व का बस्तुहरु लाई तत्काल सार्वजनिक गरेर संग्रालय म सुरक्षित राख्नु पर्छ..त्यो कुनै गुठि सुथी को सम्पत्ति होइन, हामी जनता को सम्पत्त्ति हो.विचार पुगोस…जय देश..

  2. उमेसजी तथा media का साथीहरु,
    यो कुरो अधुरै सेलाउदै जादैछ जस्तो लागिरहेछ| कृपया सम्बन्धित निकायहरुलाई झक्झकाउन नछाड्नु होला, यस बारेमा| अरु दुइ बाकसका बारेमा पनि खोजि-नीति गर्नु होला| ति बाकसमा ईतिहासलाई ताल्चा लगाईएको हुनसक्छ| निरन्तर खोजखबर होस् तपाईंहरुबाट|

    साथै, उक्त बाकसहरु स-कुसल फेला पार्ने कामदारहरुलाई, राज्य र जनताको तर्फबाट “इनाम” दिलाईदिनु होला| यस कुरोले ता कि भबिस्यमा पनि अरुलाई अझ उत्प्रेरित गरोस| media को ठोस भूमिका शुरु गरौ साथी हो!

  3. पारस ले थाहा पाउला है!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    • ति समान तेतिकै हराएर नजावोस नि ? सामान लूतियला नि ?

  4. ल अब कौनो दरो मोटाउने भो ,अब कसको कसको त्यो बाकसमा आखा पुगी सक्यो !
    अब तेही बाकस को करणले अब देशमा र अन्तरिक राजनीतिक पार्टीमा उथल -पुथल र साथै हाना थाप र संसदमा हानाहान ,काटा-काट हुने अवस्था आउना सक्छ !
    भारतले त्यो बख्सामा हाम्रो पनि अधिकार छ भन्न सक्छ !
    पुजारी हरुले हाम्रो बक्शा हो भनेर देश भरिका पुजारीले सडक आन्दोलन गर्न सक्छन ..
    ” अमदारे माइलो” ले यो बक्शा मेरो हजुर बाबा ,जिजु बाबाले मलाई दुख पर्दा यो बेचेर आफ्नो बेबहार मिलाउनु भनेर छोडेर गएका हुन् भनेर अदालतमा त्यो बक्शा सहि सलामत वापस बुझी पाऊ भनेर मुद्दा ठोक्ने अवस्था आउना सक्छ !
    देशका सबै भन्दा ठुला चोर ,फटाहा डाका ,नमक-हराम प्रचण्ड ,माकुने ,सुसिले र खनालेले पनि त्यो खजाना मा पक्कै आखा लगाएकै हुनु पर्छ !
    अखिरमा त्यो बक्शा मा भएको खरखजाना भागबण्डा लगाउदा लगाउदा नेपाल सरकारको हातमा त्यो बाकसमा भएको ताला ( ताल्चा ) समेत हाता पर्ने छैन !
    देशनै लुटेर खाई सके अब जाबो त्यो बाकस को के कुरो !!

  5. हाम्रा पुर्खा को रगत पसिना को कमै बाट मदिर मा चधयाको यी गरगहना हरु र पछी राणाहरुले लुटेर जम्मा गरेको हो. यो जनताको सम्पति हो र पछि सम्म हेर्न सक्ने गरि मिउजिममा राख्नु पर्छा. खबरदार नेता को सम्पति नबनोस.

  6. यस सामग्री लाई नारायणहिटी संग्रालाए मा राख्नु पर्छ जुन आम जनताले इतिहासकालिन सामग्रीलाई नजिक वाट निहालना सकुन .

  7. यी चिजहरु तत्कालिन राजामहाराजाहरु भन्दा पनि पहिलेको हुनु पर्छ! यी चिजहरुलाई अध्येन गरि संग्रहलाये मा राख्नु पर्छ! बरु ति चिजहरु हेरे बापत सुल्क तिर्न लगाउदा राष्ट्र को ढुकुटीमा जान्छ! राष्ट्र को आय जनताको हो!
    सन्दुक ठुलो छ तर ति चिजहरु पिंधमा छन् ? भनिन्छ देबी देवतालाई चढाएको गर गहना लिंदा बंसा नास हुन्छ भन्छन, कोहि डराए होलान कोहिले भाजाये होलान!

  8. एकादेशका भनेर अब इतिहास मा मात्र पडन पाइने नेपालका राजामहाराजाहरु ले, यो नेपाली जनताको रगत र पसिना चुसेर राखिएको नेपालि जनता को यो सम्पति मा चोर र लुटेराहरुको नजर नपरोस र यसको रास्ट्रको नाममा रास्ट्रिय अभिलेखालयको पुरातत्वो बिभाग को मातहत मा राखिनु पर्छ !! हरि खत्री , दोलखा

  9. अरु त ठिकै हो तर यो नेपाल को नेता ठग चोर नेता को आखा मा मनमा गाडी सको होला यो पनि बेची खान्चन डाका हरुले राम्रो संग जोगाऊ देश को सम्पति……

  10. यसलाई पुरातत्व विभागले पूर्ण, निस्पक्ष अध्धयन गर्न पाउनु पर्छ, तर सहि र इमान्दार पूर्ण रिपोर्ट जनता सामु लाउने सर्तमा| त्यसपछि यसलाई गुथीकै मातहतमा भएपनि, रास्ट्रीय संग्राहलयमा पूर्ण विवरण र पुरातात्विक विभागको रिपोर्ट संगै खुलेआम उपलब्ध गराई राखिनु पर्छ| कसैलाई उत्सुकता भए सजिलै यसलाई भेटेर, हेरेर अध्ययन गर्न/गरिन पावस| अबको समयमा पनि धाक-छोप, ईतिहास बंगाउने ई कर्तुत तिर नलागुन, सम्बन्धित निकाय र कर्तब्यनीष्ठ अधिकारीहरु|

  11. खुलेको बकस को त कुरा भयो, तर नखोलेको बकस मा चाही के छ l त्यो चाही नखोली त्यतिकै लुकाएर राख्ने अनि मानिसहरु ले बिर्सिये पछि त्यतिकै बिर्साई नै दिने हो के संधैलाई, नत्र त्यसलाई पनि खोलेर जनताको सामुने खुलाउनु पर्छ l

    • यो अमुल्य चिज यो देशको माहा चोर हरुको हातमा नपोरोश ……येही छ भगुवान पशुपतिनाथ सग प्राथना हामी सबै नेपालीहरुको ……अब हामी नेपाली जनताहरु जागौ है चुप नबसौ …..!!!!!!

  12. हाम्रा नेपाली खेलाडी हरुलाई जोर्डन मा खेल्न पैसाको अभाव भएको हुदा येही भेटिएको गहना बेचेर दिए भैएगो नि !

  13. त्यहाँका कतिपय कर्मचारीलाई त आंफ्नो हातमा खजना नपरेकोले आज सम्म निद्रा पनि परेको छैन होला !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  14. नेपाल मा ३ किलो सुन पाय पछी सुनको भाउ कम गर्नु पर्छ / / / किन कि यो सुन पक्कै पनि बेचेर खाने होलान किन ग्राक मर्कामा पर्ने बेच्ने वाला नै मर्का मा पर्नु पर्यो नि कि कसो

  15. बिस्वसिलो र सुरक्छित ठाउ पाउनै गारो यो बहुमुल्य सम्पतिको लागि यो नक्कली तन्त्रमा , यतिबेला कति राजामाहाराजा को आँखा गाडी सक्यो होला .कति देसिबिदेसी ब्यापारी चुदुरबुदुर भैसके होलान , बिचार निर्जिप्तलाई के थाहा ……….

  16. हेर्नुस नेताजिउ र भ्रस्टचारी जीउहरु देख्नुभयो त इमान्दारिता, सिक्नुस येहाहरुले पनि.

  17. गुठि संस्थान, पुरातत्व विभाग वा म्युजियम जाहाँ राखे पनि नेपाली विज्ञहरु मात्रै बसेर किनारा लाउनु ! मेरो कामना चाहिँ कथीत भारतीय दलालहरुलाई भने न गुहारियोस !

  18. गुठि संस्थान, पुरातत्व विभाग वा म्युजियम जहाँ राखे पनि नेपाली विज्ञहरु मात्रै बसेर किनारा लगाउनु ! भारतलाई चाहिँ न गुहार्नु नि !

  19. अब एसो गरम हो सर, सबै सुन चाँदी जोखम र सबै नेपाली लाई भाग लगाम / की कसो ? होइन भने कुन चाहिँको पोल्टामा पुग्न बेर छैन हो..!

    • तृतीय नेत्र बन्द गरेकै उत्तम !!

  20. मेरो बिर्चार मा त्यो समान संग्रालय मा राख्नु पर६

  21. दुख क साथ् भन्नु पर्दै छ , झगडा को बिऊ भेत्तियेछ

  22. के हाम्रो देशमा बिश्वशिलो गुठि संस्थान र पुरातत्वो बिभाग छन् र ? जहाँ एस्त अमुल्य चिजको सुरक्ष्य हुन सक्छा !

    गिद्ध क जस्ता आखा लागिसकेका होलान, धन्येब्बाद

  23. It should be kept in museum. It is really difficult to trust Nepali people now a days because they are ready to do everything.

  24. करोडौको सुन-चादी अनि पुरातात्विक महत्वको अनमोल गरगहनाहरु प्राप्त गरेर पनि आफै नहडप्ने ति सोझा-सिधा ज्यामीहरु अनि इमान्दार कर्मचारीहरुलाई गतिलो पुरस्कारको ब्यबस्था गरिनु पर्छ /
    नियम-कानूनमा त्येस्तो व्यवस्था छैन भने पनि अबिलम्ब कानून तर्जुमा गरिनु पर्छ / अपराध गर्दा दण्डको जति महत्व हुन्छ असल कामको लागि पुरस्कारको पनि त्यति नै महत्व हुन्छ /

    जय नेपाल
    हिमाली

  25. अब यो सामान कसको जिम्मा लगाउने भन्ने पो पीर लाग्यो त न यहाँ का कर्मचारी न नेता न पुलिश,कसको बिस्वास गर्ने सब का सब चोर छन!

  26. यो इमान्दारिताको प्रतिक हो तेसैले यो मन्त्रि देखि तल्लो तहको कर्मचारीले समेत मनन गर्दा देश को सम्मान हुनेकुरामा दुइमत chhaina

  27. १०० % लिच्छबिकालीन। हिन्दुहरुले कुनै बौद्ध बिहार र गुम्बाहरुबाट चोरेर ल्याए तत्कालिन शासकहरुले लुकाई राखेको जस्तो लाग्यो, मलाई त। सामान हेर्दा सत प्रतिसत बौद्ध हरुको कर्मकाण्डमा प्रयोग गर्ने देखिन्छ।
    नत्र त्यत्रो हजारौ पशु बलि दिने पापी स्थानमा कसरी शान्त र अहिंसको प्रतिक बौद्ध सामाग्रिहरु फेला पर्यो? यो गम्भिर बिषय हुन सक्छ।

  28. जे जति भेटिएको सामान हरु अति नै महत्तोपूर्ण चिज हो | यो सब सामानहरु बर्सको एक दिन जनताले देखन पाउने हुनु पर्चा जस्तै भोटो जात्रामा भोटो देखाए जस्तै ,कुमारी जात्रा,मा , या दसैको बेला तलेजुमा एउटा निश्चित,दिन, ठाउ तोकेर हरेक वर्षमा सर्बसाधारणले देखन पाउने हुनु पर्छ | जस्तो लाग्छ |नत्र भने त् के पायो ? कसले लियो के थाहा ?यस्तो त् कति कति सुन्यो | सरकारलाई जिम्मा दिने त् दुधको साथि बिरालो भने जस्तै हो | सम्बन्धित गुठि सस्थां र जनताले एक आपसमा मिलेर सुर्चित गर्नु पर्ला जस्तो लाग्छ |
    पहिला मल्ल कालिनको ट्रक का ट्रक तरवाल हातहतियार U S A वसारे प्रहरी हरु खटेर जनताको केहि लागेंन ,त्यस्तो नहोस भन्न चाहेको मात्र हो |

  29. *उक्त खजाना कहिले कसले गाडेको किन होला ?
    – हनुमानढोका दरबार भित्रको गद्धी बैठक भनेपछि यो मल्ल कालिन राजाहरूले १२औ देखि १८औ शताब्दी बिचको युद्धकालिन समयमा सुरक्षाको दृष्टिकोणले गाडेको हुनुपर्दछ /
    *उक्त धन कसको हो ?
    पुराना राजाहरू जनताको र देशको विकाश भन्दापनि आफु शक्तिशाली र समृद्धिशाली हुने तर्फ केन्द्रित रहन्थ्ये / जनतासंग भने काम र कर मात्र लिन्थ्ये, यसर्थ उक्त धन जनताको हो /अब सो धनलाई जनताको र देशको हितमा प्रयोग गर्नु पर्दछ /
    *कसरी गर्ने ?
    पशुपति वा अन्य कुनै बृद्धाश्रमको स्वामित्वमा एउटा श-शुल्क संग्रहालय स्थापना गरेर सोमा सुरक्षित राख्ने / उठेको रकम सेवामा लगाउने /

  30. पुरातात्विक महत्वका बस्तुहरु लाई पगालेर राष्ट्र बेंक्मा जम्मा गर्नु पर्छा भन्ने तपाइको तर्क मलाइ चै ठिक लागेन, सरि!
    बरु त्यसलाई संग्रहालयमा राख्ने व्यवस्था गर्नु पर्ला!!!

  31. अचम्म क भयो र? जीरा फेला न परेको छ,,,,अब खानी हात्ती हरु कति कति,,,,१ ओटा कालो हात्ती बल्ल ढाका गयको छ,,,,अर्की थारो जर्मनी हात्ती को डर तेतेकै छ….फेरी जंगल का ठुला बडा हात्ती का श्रीमती हरु ले पनि आखा लगायका नै होलान,,,,कति छ यसको आयु ? बरा ,,,अब टुक्रा टुक्रा होला,,पुलिश,,प्रशासन,,नेता,,विदेश,,,…………….

  32. पैला आर्मी ले बन्दुक भेट्यो आनी लगेर अमेरिका लै बेच्यो नगद सबै जर्साब साब- साब हरु को खजाना मा अब यो भेट्यो यो नि बिस्तारै …..निजि हुन्छा हुन्छ …..पैला हल्ला त शान्त होस् …..अनि छदै छ नि…….अनि थाहा हुन्छ कसको पेवा भनेर……….shishir

  33. यो नया नेपाल बनाउने शुब संकेत ठानेर सबै सहमतिका साथ अगाडी बढेमा राम्रो हुनेछ |

  34. प्रभुको लिला अपार! धन्न गैडाको खाग बोक्नेहरुले फेला परेनछन् !

  35. पुराना सामानहरु भेटिए खुसि लाग्यो तर अब फेरी बिबादमा समान बिदेसीलाई जिम्मा लगाएर चुप लागेर बस्नेहुन्की भन्ने पो डर ६त ,,, मेरो विचार मा पुराना र इतिहास संग जोडियोको कारण यो समान पुरातत्वो को जिम्मा लगाउनु पर६ या संग्रालयमा राख्नु पर६

  36. यो बाकश मेरो हो, फलानो संस्थाको हो, भन्दै अब फेरी नेपाल बन्द गर्छन कि भने डर लाग्यो मलाई !

  37. भेटिएको खजाना इमान्दारिता पुर्बक सार्बजनिक गरिएकोमा धन्यवाद … भेटिएको जति सबै एकमुस्ठ सरकारी खजानामा सामेल गरि राष्ट्र बैंक मार्फत देस को आर्थिक विकासको लागि मूद्रा व्यवस्थामा लगानी गर्नुपर्छ. संस्थान वा विभागको भए भोका स्याल ले लुछाचुडी गर्ने सिनो हुनजानेछ.

  38. कडा सुरक्ष्या बीच मिउजिम मै राख्नु पर्छ ,नत्र कर्मचारी मिलेर सुन को ठाउमा पित्ताल राखेर राखेर खाइदिन्छन् | कर्मचारी मात्र के मन्त्रि ले पाएपनि छोड दैन|

  39. कसो नागरिकका हातमा परेछन ति बाकसहरु,भगवानको कृपाले! यदि कुनै नेता या मन्त्रीको उद्घाटन या शिलान्याशको बेलामा त्यो भेटिएको भए?! बिचारा ति खन्ने मान्छे समेतको ज्यान धरापमा हुन्थ्यो होला?बचायौ प्रभु,बचायौ तीनलाई!….. हुन त अब पनि तिनकै र्यालमा पर्न के बेर र? झगडा त सुरु भैसकेछ!

  40. आब त्यो सुन पनि त ठुला ठालु ले नै हजम पार्ने त होला नि !

  41. खै कति ओटा बाकश भेटिएको हो,कति ओटा देखाए नि.
    नेपाल को माटो माटो मा सुन भेतींछा खोज्दै जाउ

  42. पहिले अनुसन्धान गर्नु पर्छ कि कति बर्ष पुरानो ।।। कसको पाला हो ।।। एसको पूर्ण बिवरण सहित राष्ट्रियकारण गरेर संग्रालयमा राखिनु पर्छ ।।। तेसैले यो न सम्पति गुठी संस्थानको न पुरातत्व विभागको यो राष्ट्रको हो ।।। जय देश

Comments are closed.