युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

‘शिलाकी जवानी’ले सन्यासीलाई मार


घरबार, काम-धाम-दाम छाडेर सन्यासी जीवन अनुभव गर्न आएका केही सय मानिस जब आँखा चिम्म गरेर बहिर्मुखी हैन, अन्तर्मुखी बन्ने प्रयास गर्थे, कानमा ठोक्किन पुग्थ्यो- “शिला, शिलाकी जवानी…आइम टु सेक्सी फर यु, मैँ तेरे हात नआनी…”

लौ भो अब, कहाँ १० दिनसम्म ब्रह्मचर्यको पालना गर्ने कसम पहिलो दिनमा नै खाएकाहरु, कहाँ टु सेक्सीको कुरा…! धेरैजसो युवाहरु रहेको त्यो हलमा शिलाकी जवानीले धेरैलाई विकर्षित गर्न खोज्यो होला। पछि पो थाहा भयो, यो कुनै संयोग नभएर नियतवश नै गरिएको काम रहेछ।


बुढानिलकण्ठ मन्दिरबाट झण्डै आधा घण्टा पैदल हिँडेपछि पुगिने ठाउँ मुहानपानीमा रहेको विपश्यना ध्यान केन्द्र वरपर बस्ती बढेको छ। यसले ध्यान केन्द्रको एकान्तपनामा बाधा पुर्‍याएको छ। बाधा पुगेकोले केन्द्रले एउटा घर खरिद गरेको रहेछ। त्यही देखेर अर्को एउटा घरले पनि महँगोमा बेच्न त्यस्तो उपाय अपनाएको रहेछ। यो कुरा केन्द्र कै एक ट्रस्टीले पछि हामीसितको व्यक्तिगत कुराकानीमा बताएका थिए। त्यसैले त अन्तर्मनको गहिराइ नापिरहँदा शिलाकी जवानी अगाडि ल्याइन्थ्यो, बाहिरी संसारसित कुनै सम्पर्क गर्न नदिई आफैभित्रको संसारलाई नियाल्ने अभ्यास गराइरहँदा ‘सारा नेपाल समेटेर फलानो एफएम आयो…’ भन्दै चर्को स्वरमा एफएम बजाइन्थ्यो।

गत जनवरी १४ मा नेपाल विपश्यना केन्द्रमा १० दिने कोर्स गर्दाको अनुभव थियो त्यो। ठ्याक्कै दुई साताअघि पनि सुटुक्कै ३ दिने कोर्सका लागि साथी ऋषिसहित त्यहाँ पुगेको थिएँ। सय जनाभन्दा बढी विद्यार्थीहरुको हुलमा एक परिचित अनुहार पनि थिइन्- मनीषा कोइराला। काठमाडौँमा उनले आत्महत्याको प्रयास गरेको तर घाइते भएको अनि बेडरेस्टमा रहेको हल्ला चल्दै गर्दा उनी भने मेकअप नपोतिएको शान्त अनुहार र सरल पहिरनमा विपश्यनाका लागि आएकी थिइन्। पछिल्लो पटकको ध्यान शिविरमा पूजा गुरुङ थिइन्। हिरोइन झरना बज्राचार्य त नौ कक्षा पढ्दादेखि नै लगातार यसको अभ्यास गर्दैछिन्। यस पटक ‘शिलाकी जवानी’ले डिस्टर्ब गरेन। तर यो बीचमा दिनहुँको अभ्यास छुटेकोले १० दिनभन्दा निकै गाह्रो महसूस भयो यो ३ दिनको कोर्स।

१० दिन बाहिरी संसारसितको नाता तोडेर अन्तर्मुखी हुने कुरा सुन्दा अलि लामो लाग्न सक्छ। तर यस पटकको कोर्सपछि मेरो अनुभव- छोटो हुँदैमा ३ दिनको कोर्स सजिलो हुने रहेनछ, बरु १० दिनमा बिस्तारै अभ्यास गर्दै जाँदा धेरै उपलब्धि हुने रहेछ। तेस्रो दिन साँझ मौन भंग भएपछि एक स्वयंसेवी (जसलाई त्यहाँ धम्मसेवक भनिन्छ) ले पनि त्यस्तै अनुभव सुनाए- ‘तपाईँलाई कस्तो लाग्यो, मलाई त धेरै अघि एक पटक यस्तो तीन दिने शिविरमा बस्दा १० दिनभन्दा लामो लागेको थियो। त्यतिबेलादेखि तीन दिनको कोर्समा बसेको छैन।‘ त्यही भएर होला नयाँलाई एकै पटक ३ दिनको कोर्स गर्न दिइँदैन। नयाँले कम्तिमा १० दिनको कोर्स लिनै पर्छ।

राष्ट्रिय निकुञ्जसँगै जोडिएको ध्यान केन्द्रमा साउनको महिना भएकोले होला हामी बसेको चारै दिन पानी परेको पर्‍यै गर्‍यो। तीन दिनको कोर्स भए पनि एक दिन अघि दिउँसै त्यहाँ पुग्नुपर्छ र कोर्स सकिएको भोलिपल्ट बिहानैमात्र त्यहाँबाट हिँड्न पाइन्छ।

‘रोबोटको डिस्टर्ब’-
एक दिने कोर्स त निकै पटक गरिसकेको थिएँ तर यो तीन दिने कोर्सको अनुभव मैले गरेको थिइनँ। एउटा जिज्ञासा पनि थियो कस्तो हुने हो भन्ने। ध्यानका लागि धम्महल प्रवेश गर्नुअघिको ओरियन्टेसनमा भनियो- ‘यो गम्भीर शिविर कै अर्को रुप हो, त्यसैले दस दिने शिविरमा जस्तो बोली र हाउभाउले मात्रै हैन, मनैदेखि मौन बस्नुहोला। सिन सिनेरीतिर ध्यान नलगाई एकदमै अन्तर्मुखी बन्नुहोला।‘

‘लौ, यो त नयाँ कुरा आयो त..’ साथी ऋषिले भने। सँगै आएको भए पनि मौन भंग नहुनेमा हामी प्रतिवद्ध थियौँ। अघिल्लो १० दिने शिविरमा पनि सँगै बसिसकेका थियौँ। यस पटक त हलभित्र बस्ने सिट ठाउँ पनि सँगै परेछ। म सी टु, ऊ सी थ्री। तर बाहिरी वातावरणले कुनै समस्या गर्दै गरेन। गर्‍यो त मनभित्रको वातावरणले मात्रै।

ऋषिलाई पहिलो दिन ध्यान बस्दै गर्दा आँखा चिम्लेर बस्ने बित्तिकै ‘ट्रान्सफर्मरः डार्क अफ दि मून’ फिल्मका रोबोटहरु टाउकोबाट फुत्त फुत्त निस्केर डिस्टर्ब गरेछ। मलाई भने आँखा चिम्लेर श्वासमा मन लगाउँदै गर्दा बाक्लो बादलले सूर्यलाई छेके जस्तो अस्पष्ट विभिन्न कुराले छेके जस्तो भयो। दोस्रो दिनदेखि त्यस्तो त भएन, तर तीन दिनको शिविरका एक एक पल १० दिने शिविरको कोर्सभन्दा यति द्रुत गतिमा जान्थ्यो कि त्यसलाई पक्रन निकै गाह्रो हुन्थ्यो।

१० दिने शिविरमा चौथो दिन सिकाइने शरीरको यात्रा अर्थात् विपश्यना यसमा दोस्रो दिन बिहानै सिकाइन्थ्यो। पहिलो पटक यस्तो शरीरको यात्रा गर्दा गज्जबको अनुभव हुन्छ। तीन वर्षअघि सहायक आचार्य भीमवरसिंह थापाको शिविरमा मैले यस्तो अनुभव गरेको थिएँ। यसको विशेषता कस्तो भने, हरेक पटक फरक फरक अनुभव हुने। दोस्रो पटक धर्ममान नेवा र तेस्रो पटक नरबहादुर गुरुङको १० दिने शिविरमा बस्दा त्यही अनुभव फरक किसिमले भएको थियो। तीन दिने शिविरको अनुभव भने एक दिने शिविरको जस्तो सामान्य मात्र रह्यो। फरक यति थियो कि अघिल्लो दिन दिनभर आनापान ध्यान गरेका कारण मन एक दिने शिविरभन्दा अलि सूक्ष्म भएको थियो।

छैटौँ सातौँ दिनमा सिकाइने ‘सप्प लोको प्रकम्पितो’ अर्थात् सारा शरीरमा तरङ्ग नै तरङ्ग दोस्रो दिनको अपराह्नतिरै सिकाइने रहेछ। तेस्रो दिन त मैत्री दिवस अर्थात् मौन भंग हुने दिन भइहाल्यो। १० दिने शिविरको १० औँ दिन यहाँ तेस्रो दिन अपराह्न मै हुने रहेछ।

रिसोर्ट शैलीको ‘रिल्याक्स’-
विपश्यनाभन्दा धेरै तर्सने गर्छन्- त्यत्रो दिन नबोली बस्नुपर्छ। दिनभर खाली ध्यान गरेर बस्नुपर्छ, अरु केही गर्न पाइँदैन। नबुझेर हो त्यसो भन्ने गरेका। भगवान गौतम बुद्धले सिकाएको यो विद्या सिक्न पाउनु अहोभाग्यको कुरा हो। यहाँ दिनभर ध्यान गरेर मात्र बस्नुपर्ने कुरा साँचो हैन। प्रशस्तै आरामको समय पनि पाइन्छ। हामी जस्तो व्यस्त जीवन शैलि जिउनेहरुका लागि भने यो रिसोर्ट शैलीको रिल्याक्स पनि हो। रिसोर्ट शब्द मैले दुई परिप्रेक्ष्यमा प्रयोग गरेको हुँ। एक, डाँडाको मुन्तिर रहेको यो ध्यान केन्द्रको वातावरण यति रमणीय छ कि यहाँबाट फर्केपछि पनि सँधै तपाईँलाई यहाँको बसाइ स्मरणमा आइरहन्छ। दुई, रिसोर्ट कै जस्तो यहाँ निम्न वर्गकाहरु पुग्दैनन्। मध्यम र उच्च वर्गकाहरु त्यसमा पनि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, विदेशी, कर्मचारी, प्रशासक, ख्यातिप्राप्त व्यक्तिहरु यहाँ अक्सर भेटिन्छन्।

किन त ? महँगो भएकोले हो ? बिल्कुलै हैन। यो ठाउँमा तीन दिने शिविरका लागि आउनुस् वा दस दिने अथवा २० दिने नै किन नहोस्, बसेको, खाएको, पानीको, बत्तीको केही पनि शुल्क लाग्दैन- पाँच पैसा पनि। काठमाडौँको कार्यालय जमलदेखि ध्यान केन्द्रको गेटसम्म माइक्रो वा बसले सित्तैमा पुर्‍याउने व्यवस्था केन्द्रले गर्छ। बरु तपाईँले स्वेच्छाले शिविर सकिएपछि इच्छाएको ‘दान’ दिनसक्नुहुन्छ, त्यो पनि अनिवार्य छैन। शिविरमा नबसेकाले दान दिन खोजे त्यो पनि स्वीकारिँदैन।

फरक दैनिकी-
यहाँको दैनिकी फरक हुन्छ। बाहिर हुँदा दिनभर व्यस्त हुनेहरुले यहाँ निकै आराम पाउँछन्। टेलिफोनको त के कुरा, बाहिरी मानिससँगको त के कुरा, भित्रै आफूसँगै बस्ने ध्यानीसित पनि कुरा गर्न पाइँदैन। दोस्रो पटक १० दिने शिविरमा बस्दा त एक विदेशी युवती रोएकी थिइन्। ती रसियन युवती एक पटक फोन गर्न पाउँ न भन्दै गुरुसँग अनुनय विनय गर्दै थिइन्। तर गुरुले १० औँ दिन म आफै तिमीलाई फोन दिएर कुरा गर्न लगाउँछु, अहिले मनलाई बलियो पार भनेर सम्झाए। नभन्दै १० औँ दिन उनलाई फोन आवश्यकै भएन। ११ औँ दिनमा सबैले पाउने दिनमा नै फोन र आफ्ना सामान बोकेर उनी केन्द्रबाट हामीसँगै बाहिरिइन्।

बाहिरी जीवन शैलीबाट अलग बस्न पाइने हुँदा यहाँ बाहिरको टेन्सन केही हुँदैन। यहाँको दैनिकी पनि आरामदायी नै छ। बिहान ४ बजे उठ्नलाई घण्टी लाग्छ, तर ४३० बजे मात्रै हलमा पुगे हुन्छ। दुई घण्टा बिहानी ध्यान गरेपछि नास्ता गर्न पाइन्छ। त्यसपछि ८ बजेसम्म आराम गर्ने।

बिहान ८ देखि ९ बजेसम्म ध्यान गरेपछि पाँच मिनेटको विश्राम दिइन्छ। त्यसपछि ११ बजेसम्म फेरि ध्यान बस्ने। ११ बजेदेखि दिउँसो १ बजेसम्म फेरि आराम। यो बेला खाना दिइन्छ।

१ बजेदेखि सवा दुई बजेसम्म ध्यान बस्ने। त्यसपछि फेरि आराम। अनि साढे दुईदेखि साढे ३ सम्म फेरि ध्यान बस्ने। फेरि पाँच मिनेट विश्राम। विश्रामपछि फेरि ध्यान बसेपछि अपराह्न ५ बजे उठ्ने। ५ बजेदेखि ६ बजेसम्म चिया/कागती पानी पिउन विश्राम। ६ बजेदेखि ७ बजेसम्म अन्तिम एक घण्टा ध्यानमा बस्ने त्यसपछि केही समय विश्राम र प्रवचन। प्रवचनपछि भोलिपल्ट कस्तो किसिमले ध्यान गर्ने भनी निर्देशन दिइन्छ, त्यसपछि राति ९ बजे सुत्ने।

एउटा फरक अनुभव
ओशोले एउटा प्रवचनमा भनेका छन्- मान्छेको दिमाग जटिल काम गर्न अभ्यस्त हुन्छ, त्यसैले साधारण काम गर्न गाह्रो महसूस हुन्छ। विपश्यना त्यस्तै साधारण किसिमको ध्यान हो, श्वासलाई महसूस गरेर अन्तरमनको गहिराइमा पुग्ने। काम सजिलो तर गर्न गाह्रो। तर जो १० दिने ध्यान शिविरमा बस्छन्, उसले एउटा फरक किसिमको अनुभव पक्कै गरेर फर्कन्छ। यथाभूत ज्ञान दर्शन अर्थात् जे हो, त्यसको ज्ञान पाएर फर्कन्छन्। अत्ता हि अत्तनोनाथो अर्थात् ‘आफ्नो मालिक आफै’ ज्ञान पाउँछन्। नियमित अभ्यास गर्ने हो भने व्यवहारिक जीवनमा यसका धेरै फाइदा अनुभव हुँदै जान्छन्। कहिलेकाहीँ तपाईँलाई कारणै बिना वा अनेक कारण भएको तर खास कुनै कारण निश्चित नभई रिस उठ्ने, दिक्कलाग्ने हुनसक्छ। ठिक त्यसको विपरीत नियमित अभ्यास गर्दा कारणै बिना वा कारण निश्चित नभई पनि मनमा प्रसन्नता अनुभव हुने, कुनै समस्यालाई आत्तिएर नहेरी शान्त भएर त्यसको समाधान खोज्न अभिप्रेरित हुने, कसैले ईर्ष्या, डाहा गरेर जे भनेगरे पनि त्यसलाई ‘कूल’ भएर फेस गर्ने र ऊप्रति वैरभाव नभई मैत्रीभाव नै राख्‍ने…..

त्यसबाहेक १० दिन ध्यानमा बस्दा अरु कुरा नसोच भनेर भन्दा पनि आरामको समयमा वा ध्यानको समयमा नै पनि तपाईँ बाहिर गएपछि यस्तो गर्छु उस्तो गर्छु भन्ने अनेकन् योजना बनाउनु हुन्छ। पवित्र ठाउँमा मनमा उब्जिएका यस्ता योजना साँच्चिकै बाहिर आउँदा उत्साहप्रद हुन्छन्।

यस पटक तीन दिने शिविरबाट फर्कँदा मैले नियमित अभ्यास जारी राख्ने एउटा प्रेरणा लिएर फर्केको छु। मेरो व्यस्त जीवन शैलिमा यसलाई जारी राख्न गाह्रो त छ, तर मनमा एउटा अठोट पनि छ, सकेसम्म निरन्तर अभ्यास।

रुचि भएकाहरुका लागिः
अब अनलाइन आवेदन भर्ने सुविधा पनि छ। नेपालका लागि हेर्नुस् तरिका-

विदेशमा हो भने यहाँ क्लिक गर्नुस् सोही वेबसाइटबाट तपाईँले आवश्यक अन्य सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ।

यसबाहेक मलाई भगवान गौतम बुद्धले नै सिकाएको विपश्यनाको अर्को रुप ‘समग्र सजगता’को अभ्यास गर्ने मन छ। शंखमुलमा रहेको आईबीएमसी केन्द्रमा यसको शिविर हुन्छ भन्ने जानकारी पाएको छु, कुनै मित्रलाई यसबारे जानकारी वा अनुभव छ भने बाँड्नुहोला।

23 comments to ‘शिलाकी जवानी’ले सन्यासीलाई मार

  • आ'बिष'

    मेरो पनि मनोशंतिकोलागी ध्यान गर्न बिपसेना जाने ठुलो रहर थियो र अझै पनि छ तर कारणबस बिदेशमा आइयो . खै यहा त पैसा लाग्छ भंचन ध्यान गरेको पनि . अब नेपाल आउदा एकपटक जरुर जान्छु .

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Sishir Maharjan

    Thank you for the blog! It reminded the time I spent at Vipasyana 10 years back. And it felt great to know other friends experience too. For me also, 3rd day was very tough. Infact I was planning to escape out of there on 3rd day, but I thought to give one more try and I am happy I got succeeded on it.

    One more thing I want to share is, I went there cause of depressed from the then life, and when I came out, I found a new human being inside myself. I began to make myself happy first before making others happy. What I learnt is “To make others happy, you must be first happy” (makes like selfish but its the reality).

    Also, I agree with other friends that vipasyana is a scientific meditation discovered by Lord Budhha. It was my first time too where I gotta learn this almighty steps.

    I suggest everyone, once in your lifetime, you must go there and practice it. You will definitely feel its worth for your LIFETIME.

    At last, once again I want to thank for the blog. May this encourage millions of people to go through the meditation.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • राम्रो सामग्री प्रस्तुत गर्नुभएको मा लेखक महोदयलाई धन्यवाद दिन चाहान्छु.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bhumi

    तपाई संसार को धेरै जसो देसहरु मा यो ध्यान गर्न सक्नु हुन्छ, जानकारी को लागि http://www.dhamma.org मा हेर्न सक्नु हुन्छ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • अाज भन्दा १४ बर्ष अगाडि जर्नालिजमको डिप्लोमा गर्दैगर्दा रिपोर्टिङ पनि गर्छु, अन्धविश्वासी र अबैज्ञानिक कुराहरू भए त्यसको धज्जी उडाउँछु भनेर विपश्यना ध्यान गर्न गएको थिएँ म, तर जीवनको सबैभन्दा महत्वपूर्ण जीवन-विज्ञान सिकेर अत्यन्त हर्षित भएर त्यही मुहान पोखरी बाट म फर्केको मिठो संझना ममा ताजैछ ।
    विपश्यना विज्ञानको विध्यार्थीलाइ अत्यन्त मनपर्ने कारण चाही यस भित्रको बैज्ञानिकपक्ष नै हो, “बुध्दले मानिसलाइ दुखबाट छुटकारा पाउने उपाए वताएर संसारलाइ शान्तिको बाटो देखाए” भनेर हामीले धेरै पढीयो तर त्यो कसरी सम्भव रहेछ भन्ने कुरा मैले कतै पढन पाएको थिइन । त्यो कुराको प्रयोगात्मक र लाभदायक अभ्यास मैले विपश्यना मै सिकेँ ।
    बुध्द जन्मेको देशमा जन्मेको भनेर गैारव गर्न रूचाउने मान्छे एकपल्ट विपश्यनामा पुग्न जरूरीछ । विपश्यना ध्यानले जोगी होइन, ज्यादा प्रोडक्टिभ र ज्यादा इफिसेन्ट भएर काम गर्न सिकाउँछ, जसबाट प्रोफेसनल जीवन अझ प्रभावकारी हुन सक्दो रहेछ । जुन कुरा अन्य कुनै किताव पढेर, तालिम लिएर वा प्रवचन सुनेर सम्भव छैन ।
    सालोक्य जी, विपश्यना साँच्चीनै सुन्दर जीवनपथ हो । तपाइलाइ लाखलाख धन्यवाद म टक्राउँछु । यो तपाइको ब्लग पढेर धेरै जना मित्रहरूले अाफुलाइ दुखबाट मुक्त बनाउने बाटो पाउनु हुनेछ ।
    भवतु शब्ब मंगलम्…

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • विपस्सना ध्यान केन्द्र नेपाल मा मात्र नभएर बाहिर पनि छन्! http://www.dhamma.org मा गएर location पत्ता लगाउनु होला…

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ajeyandra

    यो अनुभव पढेर एक पटक ध्यान सीबिर मा जौउ जस्तो लग्यो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Kiran Maharjan

    बाहिर बसेाबास गर्नुहुने साथीहरूकेा लागि येा Link: http://www.dhamma.org/en/bycountry/ हेर्नुहेाला ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Official website of Nepal Vipassana Meditation Centers: http://www.np.dhamma.org/

    Course Schedule: http://www.np.dhamma.org/global_courses_schedule.htm

    Vipassana Meditation Centers in Nepal:-

    Kathmandu: http://www.np.dhamma.org/shringa/home.htm
    Kirtipur: http://www.np.dhamma.org/kitti/home.htm
    Lumbini: http://www.np.dhamma.org/Janani/home.htm
    Birgunj: http://www.np.dhamma.org/Tarai/home.htm
    Biratnagar: http://www.np.dhamma.org/Birata/home.htm
    Pokhara: http://www.dhamma.org/en/schedules/schpokhara.shtml

    May all being be liberated!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • धेरै भयो मैले पनि विपश्यना जाने कोशिस गरेको तर व्यस्त दैनिकीका कारण दश दिनको समय मिलाउनु निक्कै गाह्रो भै रहेको छ . व्यस्त जीवनबाट दश दिनको समय मिलाउन सफल साथीहरुलाई मेरो प्रश्न, तपाईहरु समय कसरि मिलाउनु हुन्छ हौ ?

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मेरो अनुभव सुनाउँ ? आँट्नु पर्छ १० दिन बस्छु भनी। सब कुरा आफै मिल्छ। १० दिन ध्यान बस्दा ब्लग खाली हुन नदिन दिनको ३ वटाको दरले ३० वटा ब्लग अग्रिम तयार पारेर पोस्ट गरेको सम्झन्छु म पहिलो पटक १० दिने शिविरमा जाँदा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम्रो कामको लागि आँट गरे भगवानले साथ् दिनु हुन्छ .
      दुर्गा जी ! जान्छु नै भनेर लागि पर्नुस त ! तपाई अबश्य त्यहा पुग्नु हुने छ .
      जान्छु नै भनेर त्यहा पुगेर १० दिने शिबिरमा सफलतापूर्बक ( सफलतापूर्बक
      किन भन्या भने गएको ३ दिन सम्म त खुबै गाह्रो भा’थ्यो मलाई पनि तर
      दृढ इछ्या शक्तिको कारण १० दिन पुरा गरेर ) ध्यान गरेकी थिए .
      जिबनमा कम्तिमा एक पल्ट पुग्नै पर्ने ठाउँ हो विपश्यना केन्द्र .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • मलाई ध्यानको महत्व राम्ररी थाहा छ . बेला बेलामा ओशो पनि जाने गरेकी छु . लुना जी तपाइको कुरालाई मैले मनन् गरें . सम्भवतः चाडै जान्छु .

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ब्रह्मचारी हुनु प्रकृतिको नियम विपरित हो ! ध्यान गर्नु चै एकदम फाइदाजनक कुरा हो ..दुवै आत्मज्ञान र स्वस्थ को लागि !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abinit gurung

      बर्ह्नाचार्य बिताउनु ठुलो कुरा होइन १० दिन को लागी, सधै को लागी पर्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Pantha

      ब्रम्हचारी हुनु प्रकृतिको नियेम बिपरित हो भने, परिवार नियोजन गर्नु पनि प्रकृतिको नियेम बिपरित हो/मलाई लाग्छा यी कुराहरु मान्छेको सोंच र ब्येक्तिगत स्वतन्त्रताका कुराहरु हुन् / त्येस्सरी त काम गरेर उत्पादक हुनु पर्ने मान्छे १० दिन सम्म हात बढेर बस्नु पनि प्रकृतिको नियेम बिपरित होला / समग्रमा ब्र्मचार्य र ध्यानमा आकाश-जमिनको फरक छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ananta

    I have attended three 10days courses and a 3 day coure in this center. I advise to all of the Nepalese and anybody (irrepective of their religion) to attend this course. It is not a religion (therefore don’t worry that you may have to change your religion) but it teaches ways to observes ownself (mind and body) in which sense its a science which i would rather say performs psychosurgery of your mind and body and at the same time you will come to know your own nature. Once you understand the essence of meditation you’ll understand the values of your religion. I have attended this course in other country as well but this center offers the best.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • नेपाल मै हुँदा धेरै पटक जान खोजेको थिए तर केहि साथीहरूले सकिदैन भनेर जसोतसो बटुलेको हिम्मत लुटिदियो… धन्यबाद उमेशजी ! अब चाही म नेपाल जाँदा अवस्यपनि विपस्यना जान्छु /

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Shree Basanta

    सके त आफ्नो कोठा एकान्तमा ध्यान गर्दा पनि मनले पाउने शान्ति त कम हुँदैन | आजकाल बिपस्यना फेसन जस्तो हुँदैछ | फलानो गयो तिलानो गयो मा पनि त्यहि थिए भन्दा अलि बुझक्कड देखिने | शान्ति खोज्ने काम त राम्रै हो जताततै अशान्तिले राज गरेको बेला | तर बिपस्यना पनि गर्दै जाने भोलिपल्ट देखि कुरामात्रमा सिमित राख्ने गर्नाले यसको महत्व बढ्न नसकेको हो कि ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • kedar

    सुनेको त धेरै थिए, अब त जाउ जाउ नै लागो, अब नेपाल आउदा अलिक लामै बस्ने गरेर आउनु पर्ला /

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Abinn

    उमेश जी, धेरै धेरै धन्यबाद.
    म सायद एक महिना को छुट्टी मा नेपाल जाँदै छु र पक्कै पनि यो ध्यान केन्द्र मा कम से कम एक दिन को ध्यान गर्ने छु. समय मिलेको खण्ड मा तीन दिन नभय एक दिन को चाही पक्का गर्ने छु. मेरो धेरै गोरे साथि हरु ले meditation को बारे मा सोधी रहन्छन सायद मैले एकचोटी गरेर आएपछि यिनीहरु लै पनि नेपाल को त्यो ठाउं recommend गर्न सजिलो हुन्छ. कृपया मलाई बताइदिनु हुन्छ कि तेहा कसरि सुरु गर्न सकिन्छ. मेरो मतलब पहिले नै apply गर्नु पर्छ कि जानासाथ् सुरु गर्न सकिन्छ. अनि हप्ता मा सातै दिन गर्न सकिन्छ कि कुनै specific दिन हुन्छ.
    फेरी पनि धन्यबाद information को लागि….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Bijaya

    उमेशजीले विपश्यना जाँदाको आफ्नो अनुभब राम्ररी प्रस्तुत गर्नुभयो| म जस्तो अनुभबहीनलाई पनि जाऊँ जाऊँ लागेर आयो| समय र परिस्थिति मिलेमा कुनै दिन अबस्य जाने प्रयत्न गर्ने छु|

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • bikram sharma

    मैले पनि धेरै पटक सुनेको छु तर जान पाएको छैन. हामि काठमाडौँ भन्दा टाडा का मान्छे हरु लाइ त्याको सम्पर्क फोन नम्बर भए आउन लाइ सजिलो हुन्थ्यो कि.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

eXTReMe Tracker