गणतन्त्र प्रस्ताव बहुमतले पारित

अपडेट (७:५८) काँग्रेसले विपक्षमा मतदान गरे पनि माअ‍ोवादीको समानुपातिकको प्रस्ताव बहुमतले पारित भएको घोषणा भएको छ। यसअघि नै एमालेको ‘अविलम्ब ठोस प्रक्रिया पूरा गरेर’ लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने प्रस्ताव बहुमतले पास भएको घोषणा भएको छ। र यो सँगै विशेष अधिवेशनको २५ दिन लामो ‘नाटक’ आज सकिएको छ। नाटक यस कारण कि यसबाट न गणतन्त्र आउँछ न समानुपातिक निर्वाचन प्रणाली नै लागू हुन्छ। त्यसो गर्न त अन्तरिम संविधान संशोधन गर्नुपर्छ। अनि त्यसका लागि दुई तिहाई बहुमत आवश्यक पर्छ। २५ दिनसम्म वार्ता, बैठक, मिल्यो मिल्यो, मिलेन, जस्ता अन्यौलको फाइदा के ? यसैका लागि संविधान सभाको निर्वाचन स्थगित गरिएको थियो। तर के पायौँ त हामीले ? हात लाग्यो शून्य ! ल बधाई छ।
अपडेट (७:५७) राप्रपाका पशुपतिशमशेर राणाले आफ्नो पार्टीले पाँच वर्षअघि नै समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने निर्णय गरेको भन्दै क्रान्तिकारी कुरा पो गरे। माअ‍ोवादीको समानुपातिक प्रणालीको प्रस्तावमा राप्रपाले पनि समर्थन गरेको छ।
अपडेट (७:४९) पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा माअ‍ोवादीको मूल प्रस्तावमाथि मतदान प्रक्रिया सुरु भएको छ। एमाले र माअ‍ोवादीबीच गणतन्त्रको प्रस्ताव एमालेको मान्ने र समानुपातिक तर्फ माअ‍ोवादीको मान्ने सहमति भएको रहेछ।
अपडेट (७:३९) अब पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा एमालेको संशोधन प्रस्तावमाथि मतदान प्रक्रिया सुरु भएको छ। एमालेले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएको छ।
अपडेट (७:३६) पूर्ण समानुपातिकले देश विखण्डन हुने भन्दै जनमोर्चाका डिलाराम आचार्यले मिश्रित प्रणाली राख्नुपर्ने संशोधन प्रस्ताव फिर्ता नलिने बताए। त्यस प्रस्तावमा काँग्रेसले तटस्थ बस्ने बतायो। संशोधन बहुमतले अस्वीकृत भयो।
अपडेट (७:३४) गणतन्त्रको प्रस्ताव त एमालेको पास भयो तर अब माअ‍ोवादीको पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव माथि मतदान प्रक्रिया सुरु भएको छ। नेमकिपाको संशोधन प्रस्ताव असफल भएको छ।
अपडेट (७:२८) एमालेको गणतन्त्रलाई ‘अविलम्ब ठोस प्रक्रिया पूरा गरेर’ लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने प्रस्ताव बहुमतले पास भएको घोषणा भएको छ। संशोधन प्रस्ताव पास भएकोले मूल प्रस्तावमा मतदान गर्नु नपर्ने सभामुखले जानकारी दिए।
अपडेट (७:२१) काँग्रेसका महेश आचार्यले माअ‍ोवादीले मूल प्रस्ताव फिर्ता लिइसकेपछि संशोधन प्रस्तावमा किन मतदान भनेर गम्भीर प्रश्न उठाए। सभामुखले मूल प्रस्ताव फिर्ता हुने हो कि हैन भनेर सोध्ने बेला नै भएको छैन भनेर स्पष्ट गरे। अनि संसदमा नियमापत्तिको कुरा उठ्यो।
अपडेट (७:१२) नेकपा एकीकृतका परि थापाले मुखले मात्र गणतन्त्रवादी हो कि मन मष्तिश्कबाट पनि गणतन्त्रवादी हो हेर्न यो प्रस्ताव ल्याइएको बताए। पार्टीले एमालेको प्रस्तावमा सहमति जनाउने भएको छ।
अपडेट (६:५६) सातै पार्टी गणतन्त्रवादी भए गणतन्त्रको पक्षमा यो संसदमा मत विभाजन किन भनी लिलामणी पोखरेलको प्रश्न।
अपडेट (६:४८) प्रस्तावका सम्बन्धमा नेपाली काँग्रेसको धारणा महेश आचार्यले राख्दैछन्। गणतन्त्र बन्दूकको नालबाट हैन जनताको मतबाट आउनु पर्छ भन्ने आचार्यको कथन। काँग्रेसले समर्थन नगर्ने भएको छ एमालेको प्रस्ताव।
अपडेट (६:४६) माअ‍ोवादीका कृष्णबहादुर महराले आफ्नो अडान कायम राख्दै आफ्नो मूल प्रस्ताव फिर्ता लिने र एमालेको प्रस्तावमा समर्थन जनाउने बताए। यसको अर्थ माअ‍ोवादीले गणतन्त्रको माग छाडेको छ।
अपडेट (६:३८) अब एमालेको गणतन्त्रको संयुक्त संशोधन प्रस्तावमाथि विचार हुँदैछ। प्रस्तावकर्ता एमालेका रघुजी पन्तले प्रस्ताव फिर्ता नलिने बताए।
अपडेट (६:३५) नेमकिपाका सुनील प्रजापतिको समाजवादी गणतन्त्रको घोषणा गर्ने संशोधन प्रस्ताव ध्वनि मतले अस्वीकृत भएको छ। यसअघि प्रधानमन्त्रीले आफू सात दलको प्रधानमन्त्री भएकोले मत विभाजनमा भाग नलिने जानकारी दिए। प्रधानमन्त्रीले गणतन्त्रलाई कसैले रोक्न नसक्ने पनि बताए। प्रधानमन्त्रीले भने- देश गणतन्त्रमय भइसकेको छ। अब भरिएको गाग्रोमा पानी थप्दा पोखिनु बाहेक केही हुँदैन। विदेशीहरुले समेत राजदूतहरुको अ‍ोहोदाको प्रमाणपत्र राजालाई नबुझाएर गणतन्त्र स्वीकार गरिसकेको छ। त्यसैगरी सदभावनाले पनि मत विभाजनमा भाग नलिने जानकारी दिएको छ।
अपडेट (६:२५) अन्तत: केही गरी पनि सात दल एक हुनै सकेनन्। र, संसदमा मतदान हुने नै भएको छ। अहिले संसदमा बसिरहेको बैठकले माअ‍ोवादीको गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव र त्यसको संशोधन प्रस्तावको बारेमा मतदान हुँदैछ। सात दलका नेताहरुले संसदमा मत विभाजन भए पनि एकतामा कुनै असर नपर्ने बताएका छन्।

78 Comments

  1. To Mr. Bidya Nath Ghimire,
    Thank you for appreciating my comment and “sayari”.
    Read all my comments regarding Proportionate Election system. Hopefully that you clerify more.

    Pusp Prasad Luintel,
    Boston, MA, USA

  2. नया चुनाव प्रणालीको ढाचा निर्वाण गर्ने कार्य जटिल छ
    =======================================

    समानुपातिक प्रतिनिधित्वको प्रणाली समाबेशी ठहराईने हुदा आज धेरै मुलुकहरूले यसलाई अपनाएका छन/ तर, यस प्रणालीमा पनि जोखिम तथा कमजोरीहरू छन/ ऊदाहरणका लागि ,यस्तो प्रणाली भएको देशहरूमा धर्म, जाति ,छेत्र आदिको आधारमा थुप्रै दलहरू खुलेका हुनसक्छन/ केही देशहरूले निर्वाचन छेत्र र सम्सद बीच राम्रो सम्बन्ध बिकसित गर्न जो दुबै प्रणालीका राम्रा पक्छ हरूको समिश्रण गरेर मिश्रित निर्वाचन प्रणालीको बिकास गरेका छन/ तर एऊटा कुरा निश्चित छ.- नया चुनाव प्रणालीको ढाचा निर्माण गर्ने कार्य जटिल छ/ नेपाली जनताका आवश्यकता प्रतिविम्वित हुने नया चुनाव प्रणाली निर्वाण गर्न अथक प्रयास र समयको आवश्यकता पर्ने छ/

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  3. सुन्दा त धेरै खुशि लग्यो. तर बिवास भने लगेको च्हैन.

    Shyam tamang
    U.S.A

  4. मुख ले मात्र भन्ने हो भने जे – तन्त्र पनि आन्च्ह्. कुरै बात मात्र काम हुने देस मा सबै जना सहमति मा नअयेसम्म केहि हुने वाल चैन.

  5. Yes PR voting system is good but it also help KING because if his supporter gets 33% of the vote which is very likely according to Nepalnews.com poll then we cann’t have republic country.

  6. म गणतन्त्रबादी हु | अहिले को अबस्थामा नेपालमा गणतन्त्रको पुर्णॅ आबस्यक्ता छ | हामि सबै नेपालीले यो बुझ्नुपर्छ,देश बीदेश जहा भएपनी हामिले आ-आफ्नो ठाउबाट आ-आफ्नो कर्तब्य पुरा गरौ | यहि देश को चाहना हो|
    बिष्णु दहाल(छेत्रि)
    कतार्,

  7. I know that Maoist again will publish new Next purpos to obstacle government and … because past said that….

  8. यो सबै कुराहरु र कमेन्टहरु पढदा नेपालिहरुको जुट बिचको फुट कहिले अन्त हुने र अरुको कुरा लाइ सम्मान गर्न नसक्ने रुग्ण मानसिकता कहिले बिकास हुने भनि अत्यास लागेर आयो /

  9. यस्तो कुराको के अर्थ, संसद र सत्तामा बसेर नै जनता र पत्रकार वा कसैलाई खसी बजारबाट लतारेर लगेको खसी झैँ लगेर मार्न पाइन्छ भने देशमा कुन सासनतन्त्र भएर के फरक परने वाला छ र ?

  10. छिटो भन्दा छिटो नेपालि जनताले राहतको सास पेरुन .

  11. रुद्र खनाल,
    आफु नि? कि जान्छौ खुशिबु दरबार तिर? गयौ भने सोध है बिरेन्द्र शाहलाई कहाँ पुरेको?

  12. हेल्लो नरेश Naresh
    भन्ने ब्याक्ति,
    तिमिले आफै आफ्नो परिचय दियका छौ, धन्यबाद/ तिमि जस्ता सुस्त मनस्थिति भयका,मन्डले अनउहार बोकेका हरु लाइ यो समचार पचेन जस्तो छ, बिचारा, !! तिमि पनि शितल निवाश्तिरै गयर पुल खेल्दै दिमाग को उपचार तिर ध्यान देउ ल/ देशको बरेमा ज्यादा नसोच, बाकि रहेको दिमाग ले पुर्ण रुपले कामै गर्न छाड्ला है/

  13. प्रचण्डको राजनैतिक खुबिलाइ चाहि म सम्मान गर्दछु /

  14. बाम हरु को बुद्धि पनि बाम भएको खुलासा भयो | गणतन्त्रको घोशणा हुनै पर्ने भनेर सम्बिधान सभाको चुनाब सार्यो, अहिले फुस्सा | कम्सेकम सम्बिधानसभाको चुनाब हुने भएर गणतन्त्र त आउथ्यो | राजाबादि कम्युनिस्टहरु, जहिले राजाको आयु लम्ब्याउन खोज्ने | यो एमाले त हुतिहारा पार्टि हो, को सग के कुरा को सग के कुरा गर्छ्, अहिले माकुने लै प्रधानमन्त्रि बनाइदिन्छु भन्यो भने तेल्ले एमाले पनि छोड्छ | चुनाब भए हारिने डर्, अहिले खाको भत्ता गुम्ने डर , फेरि चुनाब को मिति घोसणा गर्यो भने अर्को अड्को थाप्छ् | अब गणतन्त्रमा जाने प्रक्रिया अबिलम्ब थाल्ने रे, सम्बिधान सभा भन्दा उत्तम प्रक्रिया के छ? फटाहाहरु जनतालाइ झुक़्क्याउन खोज्ने | कम्युनिस्टहरु सचा हौ भने एउटै एकिक्रित नेपाल कम्युनिस्ट पार्टि बनेर देखाओत्, अनि तिमिहरुसचा हुनेछौ | ग़िरिजाले राजिनामा दियो भने, यि कम्युनिस्ट हरु आफैमा कुटाकुट गर्छन | पहिले पनि त्यो खड्क ओलि र अमिक शेरचनले को सिनियर भनेर गाइजात्रा देखाकै हुन |

  15. खै Rocky, पुर्ण लिम्बु कता गए हँ?
    बिरेन्द्र शाहको हत्याको समाचारमा पनि केहि कमेण्ट छैन| के हो अरु बेला त खुब माओबादीको समर्थनमा कमेण्ट लेख्थे त |

    कि प्रचण्ड जस्तै मौन बसेका हुन्? कि पार्टिले बोल्न दिएन ?

  16. उमेस चोर्
    त पनि ता मओबदि त होस नी. खुसि भैस होला नि मुलाको साग्.

  17. heraula bame harule khulkyaeko
    sansar democretic maya hundai chha yini harulai mao bannu parne ra afnu bichar arulai jabarjasti lagu garnu parne

  18. nepali congress lae bidhan bata gantantra hataya pani,congessi haruko maaan bata hataeko rahaenachha bhane kura pramnit bhayako chha.Congress ko yo bani hataena banae next “ku” 100% hunchha.Yojanaharu bandai chhan.Prahari n sainik sangathan practically palace parti loyal chhan.Mantri haru vharam ma chhan.Sher ji pani sabai aphno niyantranma bhayako kura garthaiya tara ku bhayako najabandama parepachhi thaha bhayo.ye sab lajlae bhaeyaka hun.Yo naeta haruko distri bharam ho.Darbariya haru ‘rat raya agrakha palauchha’ bhanera suitable situation ko pratichhayama chhan.”Ku” kunai pani samayama bhayama yaschaeyama parnupaedaina.Importanat security post n position ma yuniharuka biswash patra la’e rakhie sakiyako chha.taeisailae ma sabai laktantrik mitra haru la’e sacheyat parna chahanchhu.

  19. नेपालि कन्ग्रेस का नेताहरु पुन: एकपटक नागियका छन, उनिहरु को पुजिपति पार्टि ले गरिब नेपालि जनता माथि लामो समय सम्म शासन गरेको छ तर उक्त पर्टिले केहि सिमित टाठा-बाठाहरु,नतेदारहरु,को बाहेक कुनै पनि सर्बसाधारण नेपलि को , जन्जतिको, भलो गरेको छैन/ जुनसुकै हालतमा नेपालि कान्ग्रेस राजाबादि हो र यो पार्टि बाट हरेक गणतन्त्र बादिहरु ले आगामि सम्बिधानसभाको चुनाब को समयमा यिनिहरुलाइ लोप्पा खुवाउनु जरुरि छ/ नेपाल लाइ सन्सार् कै गरिब , अबिकसित देशको रुपमा चिनाउने काम यिनिहरु द्वारा नै भयको हो र यदि आगामि चुनबमा पनि यिनि हरु को चाल यस्तै थियो / ता पनि यिनिहरु साम,दाम,दण्ड र गुण्डागर्दि को भरमा चुनाब जितेर पुन; नेपाल र नेपालि माथि सिमित ब्याक्तिहरुले,सिमित परिवार ले राज गर्न सक्छन तसर्थ हामिहरु समय मै सचेत हुनु जरुरि छ /
    रुद्र खनाल

  20. This is nothing but Gaijatra…they should make guts to go to the people through election instead of deciding whatever they like…

  21. Nepal maa ganatantra aeni loktantra aeni nepali haru lai chadatanra le kahilai pani chhad dai na jasto lagcha

  22. उमेश जि मलाइ त यो नेता हरु नै मन पर्दैन किनकि यो सबै नेताहरुलाई आउत् गरेर नया युवा हरु लाई दिनु रम्रो हो/
    अनि माओवादि त झनै काम नलग्ने हो माओवादि हरु देश को दुस्मन हो

  23. एउटै बर्ष धेरै गाईजात्रा, मलाई त तेस्तै लाग्यो है!!!

  24. “गणतन्त्र घोषणा गर्ने कांग्रेस-एमालेको प्रस्ताव अस्वीकार गरेर माओवादी-एमालेले गणतन्त्र घोषणाका प्रक्रिया सुरु गर्ने भन्ने अति कमजोर र काइते प्रस्ताव पारित गरेका छन् । एसरि माओबादि पुन: एकपटक राज्तन्त्र बचाउने खेल खेलेको देखियो/ अब गणतन्त्रकै विषयमा पनि माओवादीको निष्ठामा प्रश्न किन नउठाउने साथि हो ?

  25. Now, Nepalese people must know king and all political party leaders that they have no vision and goal to improve daily life of Nepalese people and most importantly they can not eshblish the peace the people need in Nepal. Girija, Gyanedra, makune and Prachanda are all fully incacitated personality to run the country and they have no common sense to understand people spiration.They all making complex situation to undermine Neapli people’s rights. I can tell now that until these political equation stay as it is nothing will happen for another 100 years in Nepal. Party laeaders and their cadres are termite for Nepalese future they will eat this country one day. So Nepal need some young leadership with new parties to abolish this old fashion dirty politics in order to maintain peace progress and prosperity of nepali people.come on do something, it is possible.

  26. the current political solution to reach the destination of all political parties in nepal is to negotiate all parties each other including the royal power too by keeping peace talks,under the roof of everest.if not majority of people may compell the existing power to bring the previous nepal back (i.e better than now).

    bimal

  27. I am 100% agree with Mr.Binod Kumar Prajuli Jhapa because base of my knowladge that only his expretion may expel the fect…………………………

  28. उमेश जि धेरै धेरै धन्यवाद, हो अब सबै कम्युनिस्ट हरु एक हुनु पर्दछ,

  29. आदर्श, सामान्य र असामान्य तीनै अबस्थामा शासनको नेत्रित्व वर्गवाट जनताले अवस्था सङ मिल्दो शासकीय छमताको अपेक्छा राखेका हुनछन/ नेत्रित्व वर्गमा त्यो छमताको अभाव भएको निष्कर्षमा ऊनिहरू पुगेमा शासनको नेत्रित्व परिवर्तन गर्छन जनताले/त्यो नै प्रजातन्त्रकोसब भन्दा ठूलो शक्ति र मौलिक चरित्र पनि हो/नेतामा आत्मविशिष्टताको या आफु ‘मसिहा’ [ऊद्धारक] भएको दम्भ छ/नेताहरू आफ्नो सामर्थ्यवारे अति आश्वस्त देखिन्छन, जसको कुनै बस्तुनिष्ट आधार छैन/
    सम्सदको निर्णयले एऊटा विवाद र भोली ठूलो रखुला आकार लिने बहस जन्माईसकेको छ/ राज सम्स्था राजाको निजी सम्स्था मात्र हो या जनताको पनि/

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  30. I saw several post from USA supporting maiost. I didnot understand they are in USA and supporting them. Rather they should leave USA and either go to cuba or north korea. They are enjoying democracy here in USA and supporting dictatorship in motherland.
    God bless these idiots.

    Navin Kumar jha
    Newyork USA

  31. What the hell is this? So many brothers and sisters in this posting are so unaware about what has been passed in Parliament. And for cheap popularity Umesh Jee has also displayed the news title in unveiled way. Nothing has changed,its still the same. This is another tactics to deceive nepalese people. Sad part is we are so much bound to party politics and rumour that we never think by ourselves. This easily we can not get republican Nepal, and believe me republicanism will not bring any peace and prosperity in Nepal or Nepal’s poor. Instead, it will further aggravate the controversies and fights between the extremists. Without bloodshed nothing is going to come out. Not a single party is doing for nationa and people. Without integration of all political forces and King, We can not breath peacefully. Thank you.
    Surya

  32. I am bit passimistic that making republic won’t changed normal people life. Extream left and right arefighting for power.

    Mostly all poor countries have republican status however, situation is getting worse due to so called race based politics, that what would happen in Nepal.
    Unless we see our leaders attitude changed progressively no thing will happen. I see monarchy should remain in Nepal as a symbol of unity having no political power like in UK and Thailand. Girija or Makune or Prachanda as a President can not be seen as a unity symbol

  33. अन्त: नेपल को प्रजातन्त्रि अभ्यास का क्रम मा छिमेकी पकिस्थान मा आतन्ककारी दमन का नाम मा तानाशाह उदयको शुभ मुहुर्तमा नेपाल मा कम्मुनिस्ट अतिबद को बिजारोपन को प्रयास् भयको छ…..गिरज प्रदसाद कोइराला को प्रजातन्त्रिक उदारता नभयेको भय प्रचन्ड जन्गल् मै हुनेथिय अनि मकुने दरबारमा प्रधानमन्त्रि का लगि दर्खास्त हलिराखेका हुने थिय…आखेरी जनमत को कदर नजान्ने भयेर होला प्रचन्ड् को भाषामा धरौटी फिर्ता हुने हैसियत नभयेका सन्सद मा कम्मुनिस्ट हरुले जनता को सर्भौमीता लाई कुन्थित गर्ने प्रयश गरेका छन्……..डाडा परी को पकिस्तानी कदम लाई टेडो आखा ले हेर्ने महरा ले आफ्नै दैलो मा भयेको बिरेन्द्र साहा को कत्लेआम को उच्चारन् नगर्नु ले उनि भित्र कुन्थित कम्मुनिस्ट अतिबाद को प्रस्ट झल्को दिन्छ…..यो २१औ शताब्दि हो भन्ने हेक्का नेपली कम्मुनिस्ट हरु ले अझै बुझेका रहेनछन्…..

  34. येस्तो पाराले गणतन्त्र त होइन फेरि एकपटक “ग़्यानेतन्त्र” चै जरुर आ उला जस्तो छ्!

  35. मलाई अचम्म चाहिँ के लागेको छ भने यहाँ कतिपय साथीहरुले बामहरु मिलेर गजब गरे, गणतन्त्र पास गरे भनेर दंग पर्नु भएको छ। तर कुरो को चुरो के हो भने बामहरुको ‘ठोस प्रक्रिया पुरा गरेर गणतन्त्रमा जाने’ भन्ने कुरो बामेहरुको सधैँ भरि गरिरहेको गफका आधारमा जनताको आँखामा छारो हाल्नु बाहेक केही होइन। यी बामेहरुको ठोस प्रक्रिया भनेको के हो? कहिले पुरा हुन्छ त्यो ठोस प्रक्रिया?

    बरु काँग्रेसले भनेको गणतन्त्र घोषणा अहिल्यै गर्ने तर चुनाव पछि कार्यान्वनन गर्ने भनेको भए गणतन्त्र तर्फको ठोस प्रक्रिया हुन्थेन? यी बामेहरुले फेरी एकपल्ट गणतन्त्र ल्याउने नाममा गणतन्त्रलाई झन पर धकेलेका छन। कुरा बुझौँ साथी हो!

  36. यो सब एमालेको घटिया राजनिति र माओबादिको उग्रबादि-उदन्डताको फल हो/ अब “हातमा आएको माछा फुत्काएर सर्पको दुलामा हात्” भने जस्तै भएन र? हो उमेश जि तपाइले भने जस्तै एसैको लागि एत्रो नाटक रचिए, सम्बिधान सभा धृरापमा पारियो, बधाइ छ्, सुन्य हात पारेका हामि नेपालिलाइ/

  37. My support goes to the two comments by Pusp Prasad Luitel, Bostan, USA. Specially the first one with the Hindi or Urdu Poem.And the second comment which says that it is a political resoluton which do not have legal force. Thank you.
    [email protected]
    Detroit,USA.

    Detroit,USA.

  38. सम्विधान सभा निर्वाचन शासन कब्जा गर्ने निर्वाचन हैन/देशको मूल कानून सम्विधान लेख्ने प्रतिनिधिहरूको चयन हो/ सम्विधानमा सबैको अपनत्व स्थापना गर्न यसको गठन यथासक्य बढीको सहभागिता गराऊनु जरूरी हुन्छ/
    यसको लागि समानुपाति निर्वाचन प्रणाली सबै भन्दा ऊपयुक्त विधि हो/पुरै समानुपातिक गरिएकोले ७२ जातजातीलाई प्रतिनिधित्व गराऊन सकिन्छ/
    समानुपातिक प्रतिनिधत्व अथवा [PR] प्रणालीको ढाचा कुनै राजनीतिक दलले प्राप्त गरेको मतको प्रतिशत अनुरूप अरू दलको प्रतिनिधिलाई सम्सदमा सुनिश्चित गरिएको हुन्छ/चुनावमा सबै भन्दा धेरै प्रतिशत मत ल्याऊने ऊम्मेदवार विययी हुने प्रणालीमा एक राजनीतिक दलले देशभरबाट ४९ प्रतिशत मत प्राप्त गरेपनि सम्सदमा एक सिट पनि प्राप्त नगर्न सक्छ तर समानुपातिक प्रतिनिधित्व[PR] प्रणाली अन्तर्गत यसरी प्राप्त मतको अनुपातमा ऊक्त दलले सम्सदमा ४९ प्रतिशत सिट हासिल गर्न सकछ/ ‘समानुपातिक प्रतिनिधित्व’को समस्या भनेको यो प्रणाली जटिल हुनु हो/ यसलाई जति निष्पक्छ बनाऊन खोजियो यो ऊतिनै जटिल बन्छ/ यो प्रणालीले रजनीतिक दलहरूलाई अत्यधिक शक्ति प्रदान गर्द छ र यो पद्धति अनुरूप एक निर्वाचन छेत्रमा एक भन्द बढी साम्सदहरूको बाहुल्य रहन्छ जसले साम्सद निर्वाचन छेत्रबीचको सम्बन्धमा ह्रास ल्याऊन सक्छ/ चुनावमा सबैभन्दा बढी मत ल्याउने ऊम्मेदवार विजयी हुने पद्धतिको दाजोमा यस्तो प्रणाली अन्तर्गत निर्वाचन छेत्र ब्रीहत हुन्छ/ यो प्रणालीमा, चुनाव लड्ने ऊम्मेदवारको चयन गर्ने राजनीतिक दलहरूको ठूलो नियन्त्रण हुने हुदा यसले दलहरूको शक्ति अत्यधिक ब्रिद्धि गर्न सक्द छ/तर यो पद्धतिको फायदाहरू पनि छन-जस्तो कि यस्तो प्रणाली भएको देशमा राजनीतिक दलहरूले ठूलो सङख्यामा महिला एवम अन्य अल्पसङख्यक समूहको प्रतिनिधित्व हरूलाई पनि चूनावको निम्ति छनौट गर्न सक्द छन/

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  39. आफुले दर्ता गरेको प्रस्ताबमा मतदान नगरी अन्य पार्टिको सँमसोधनमा मत जाएर गर्नु भनेको माओबादिको द्रीष्ट्रीकोण प्र्ष्ट नहुनु हो/ के गर्छन यस्ताले राजनिनिति खै? दुइ हप्ता अगाडी कुरा दुइ पछाडी नै सँसोधनमा जानु पर्ने कारण के हो? भिजनको कमी,
    कान्ग्रेसबाट देशले छलाङ मार्ने आशा नगरे पनि हुन्छ तर अब
    दहिचिउरे र सर्पको काचुले फेरे जस्ता दुइ दुइ हप्तामा अडान फेर्ने पार्टी भन्दा गीरीजाको अडानले नेपालि सर्बसाधारणमा लोक्प्रियाता पाउने निस्चीत छ जुन देसबिकासका लागी घातक छ तेसैले माओबादी र कान्ग्रेश दुबैको बिक्लपमा जुझारु युबाहरुले तत्कालै नया पार्टी खोल्नु आबस्यक छ
    नेपालि जनता प्रक्रिया भन्दा पनि नतिजा हेर्न चाहन्छन दुइ हपता पनि अडान लिन नसक्ने र आफ्नो प्रस्ताबलाइ ल्त्याइ अर्काको प्र्सताबमा मत जाएर गर्ने ह्रुरु बाट देशबिकास र नेपालको राजनितिको के आश गर्ने खै?

  40. I really appreciate the result after election. Now the rule congress is going to be end forever. I am sure all the communists of Nepal will be united to say bye bye to Congress and its blood sucking rule.Now Nepal will get rid of slavery of congress. This is a good signal of Communism in Nepal.

  41. अब के हुन्छ| चुनाब कहिले हुने हो| It would be nice if someone could tell us what will happen next. When will they decide on the date of election?

  42. The nepali people know who is the real political party in nepal and who love the country… the nepali congress made big mistake and the nepali people know the drama of congress and I believe they “ll loose the election because they love king

  43. बिसेस अधिबेशन ले जो कुर जनता लै देखायो; त्यो त पहिला नै जनता लाइ थह भको कुरा हो नि ; हैन र.कम्निस्ट एक जग्गा कान्ग्रे अरको जग्गा; सम्बिधान मा के चेन्ज हुन्च्ह; नो थिन्ग्; then what is this all draama;just waist of money of country.
    पाहा खोदा चुवा निक्ला……हैन त..
    नैति दबाब रे; कस्मा च्ह नैतिकता;………….

  44. बाम दल ले अब चै केहि गर्लान कि नत्र कान्ग्रेस ले त यो देस लाइ बाउ को बिर्ता भन्दा केहि सोचेको हैन जे होस बाम दल को येकता कालान्तर सम्म होस र नेपाल आमा ले सदाको लागि कान्ग्रेस को दासत्व बाट मुक्ति पाउन रोग भोग र अभाब ले पिल्सि रहेका भोका नान्गा गरिब का झुपडि मा राहात पुग्ने खाल्को नया बिहानिमा नया उमन्गका साथ नया किरण च्हर्दै गरिब का आगनि हरुमा ग़णतन्त्र को घाम झुल्कियोस र नेपालि जनता हरु ले राज्तन्त्र को कालो बादल सदा को लागि बिलय होस येहि च्ह दिपावलि को सुभकामना सुभभवना बिनोद कुमार पराजुली झापा कोहवरा (हाल क़तार)

  45. Any constitution amendment to be approved, it needs two third majority, which is not possible with out the support of Nepali congress.
    This is a political resolution do not have legal force.

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  46. उमेश जि,नमस्कार राजा ग़येण्द्र लाइ नेपाल छोडेर ळन्डन मा आउन Bristh Airline मा booking को लागि special oder भयेको छ रे,before 30 December nepal King and royal families are leaving for London. २५ करोण्र को घर पनि ready छ रे from steel owner Mr.Mital.Paras is going to sing/buy a home in London city.Please Kindly request call in British Airways HQ for details.Thank you.

    Ramesh Velasco
    Air France

  47. एमाले नै रहेच आकिर सबै भन्दा थिक
    エマレ おめでとう。

  48. यो मतदान ले कहि असर नपरे पनि जनताको माझमा काङ्ग्रेस को कालोसत्य बाहिर निस्केको छ र उ पुर्ण रुपले नाङ्गिएको छ !
    अबका दिनमा नेपालि काङ्ग्रेसको घमन्ण झर्ने निस्चय छ ! अन्योल भने कायम रहने जस्तो छ ! गणतन्त्र तत्काल लागु गरि जनआन्दोलन का दोशिहरु लाइ करबाहि नगरेसम्म दन्णहिनता कायम हुने हुदा यथास्थिति बादि लाइ पछाडि पार्न सम्पुर्ण जनता मा मेरो अनुरोध छ!

  49. आजको सँसद्को बैठक पनि हेरियो टिभीमा,,रमाइलो हुदो रैछ,,देश गणतन्त्रमय बनेको छ,,एक जना माननियले भन्नु भए जस्तै हामीलाई गणतन्त्रमयको मय चाहिएको छैन,,,गणतन्त्र चाहिएको छ . I loved it…

  50. राम्रो लग्यो बाम्पन्थि पार्टि हरु एक भको मा खुसि लग्यो र कान्ग्रेस का केहि नेता हरु सासद भबन मा सभामुख ले गणतन्त्र को पक्ष मा भोटिन्ग मा हुन्छ वा हुदैन भन्न लाउनु भको मा कोइ सयद ४-५ जना ले त हुन्न भने र धेरै हासो लागेको थियो आखिर केहि लागेन बिचरा हरु को हुन नि हो अब त केहि हुन पर्छ देस मा जहिले नि जन्ता को आखा मा छारो हल्ने काम मत्र गरे र हुन्न कन्ग्रेस सधै सत्ता र आफ्नो पार्टि र आफ्नो पेट मात्र देख्न्ने पार्टि भए को छ यो सबै ले देखेकै छौ कान्ग्रेस को हात मा देस चलेको धेरै साल भयो तर खोइ जन्ता को चाहाना को काम गरे को छैन सधै जन्ता लाइ झुलाउन मात्र जाने को छ / खोइ अब त आखा खोल्छ को कतै आझै नि मिस्रित चुनाब गरेर पहिला जस्तै धेरै भोट नपाए नि सत्ता हात पार्ने चाल खतम हुने भो राम्रो देस र जन्ता को चाहाना आनुसार काम गरे मत्र हो अब पहिला जस्तै देस नदि सिमाना बेच्दै खायो भने पत्ता साफ हुन्छ!इतिहास मै !! जे होस आज एउटा कुरा मा जन्ता को जित भयो!!

  51. कहि नभयेको जात्रा हान्डिगाउमा भनेको यहि होला, ए बबुराहरु हो सर्बसम्मत्बाट बनेको अन्तरिम सम्बिधान ठुलो हो कि बहुमत, त्यो पनि पच्चिस पच्चिस दिन्का नाटकबट अनेक तिक्ड्म गरेर बनाएको बहुमत ठुलो हो र. अब झन ठूलो सन्कट परेनर, सर्बसम्मतबाट बनेको अन्तरिम सम्बिधान्लाई मानेर जानेकि सामान्य बहुमत्लाई मानेर जाने, अनेक बखेडा निकाल्न सिपालु माओबादीलाई झनै सजिलो बनाउने काम एमालेले के गरेको होला प्रभु, हाम्रा माकुने दाइलाई प्र.म. कहिल्लै खान नलेख्ने एस्तै एस्तै भएर होला, कि कसो हो कुन्नि .

  52. जम्हुरियत है एक तर्जे हुकुमत,
    जिस मे बन्दो को गिना जाता तौला नही जाता/

    पूर्ण समानुपातिक निर्वाचन प्रणाली कुनै पनि एऊटा दललाई निर्णायक रूपमा सम्विधान सभामा आऊन न दिनका लागि अगाडी ल्याएको हुन पर्द छ/
    प्रजातन्त्रलाई नाप्न,जनसहभगिता, प्रतिनिधिमूलकता, जवाफ देहिता,आधिकारिकता, परदर्शिता, सम्वेदनशीलता, र एकवद्धता जस्ता राज्य र समाजका चरित्रलाई पहुच, नागरिक र राजनीतिक अधिकार, आर्थिक र सामाजिक, अधिकार स्वतन्त्र र निष्पक्छ चुनाव,राजनीतिक दलहरूमा प्रजातान्त्रिक नियम र परिपाटीको सम्सक्रिति या त्यसको अभाव, सरकारको प्रभावकारिता तथा जवाफदेहिता , सेना, प्रहरीमाथि गैर सैनिक नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण, स्वतन्त्र सन्चारजगत, राजनीतिक, सहभागिता, राजकीय सम्वेदनशीलता तथा विकेन्द्रीकरण जस्ता नीति र कार्यक्रमको कार्यान्वयन जस्ता विषयलाई अन्य ऊपयुक्त गराऊन ठहर हुनु पर्द छ/

  53. के साच्चिकै गरिब नेपालि जनता ले सोचे जस्तो सघिय ग््त्रन्त्र आयेको हो? यो कुरा सात दलका ह्ववल्दारहरुलाइ थाहा होला.

  54. *********** बधाई नेपालीको जितलाई ************

    ल बधाई छ मलाई, मेरो देश लाई , मेरो सारा नेपाली दाजुभाई, दिदि बहिनी, आमा बुबालाई अनि मेरो ससारलाई, सारा नेपालीको जितलाई

    लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद जिन्दाबाद

    श्याम कुमार श्रेष्ठ

  55. उमेश जि,
    धेरै धेरै धन्यबाद है live coverage को लागि/ज़े होस सामान्य बहुमतले भए पनि गणतन्त्र को प्रस्ताब सन्सद बाट पास हुनु पनि सकारात्मक नै हो है/य़स को लागि १/२ बाहेक सबै बामपन्थि शक्तिहरु बधाई का पात्र ६न्/ यस्ले देशलाई गणतन्त्र तीर १ पाईला भएपनि अगाडि लगेको ६. नेपाल कन्ग्रेस ले पनि आफ्नो कित्ता कता पट्टी हो भन्ने प्रस्ट परिदियो/अब देश मा सान्चिकै ध्रुबिकरण शुरु हुने६ भन्ने मलाई लागेको ६/

    क़मल
    ओहायो
    अमेरिका

  56. खै कहिले आउने हो गणतन्त्र?यसरि त गणतन्त्र आउदैन त?यो त सबै नाटक़ हो/बिस्वास न गर्नु होला.

  57. यो कस्तो खालकोखेलहो मैले बुझ्नैसकिन,यीनिहरुत सँसदभवनलाई त,जुवारि खेल्ने |ठाउँसन्झन्छनकि के हो,आफ्नो अडानहरु कसैलेपनि फिर्तानगर्नेभए केको पक्षमा मतदान गरिराखेको होला?नसक्ने पर्यो यि नेताहरु सँग,जे होस,अलिक छिटै नयाँसहमति निकालिदिय हुँनेथियो|

  58. उमेस जि मतदानको परिणाम पनि अपडेट गर्नुहोला है\

  59. जो जस्ले जस्को प्रस्ताब मा सहमति भए पनि गणतन्त्र मा सहमति हुन्पर्छ्

  60. माओबादि हरुले ने.क.पा.(एमाले) को प्रस्ताब मा शहमति जनायेको मा मलाई एक्दम खुशिलागेको छ्ह.

Comments are closed.