व्यङ्ग्यः गुँदपाक बुलेटिन

वाणिज्य विभागले गुँदपाक भण्डारमा छापा मारेपछि आजभोलि सहर बजारमा जताततै गुँदपाककै चर्चा छ। त्यस्तै चर्चालाई व्यङ्ग्यको रुप दिएका छन् चिरञ्जीवी पौडेलले-

बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो

कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

अस्पतालको सैय्याबाट उनले भनिन्, ‘यो भन्दा त बरु गू नै कोच्याएको भए कम्तिमा अस्पताल त आउन पर्दैनथ्यो।’ प्रत्यक्षदर्शीहरुका अनुसार महिलाकी कान्छी छोरीको अनुहारमा पनि गुँदपाकका छिटाहरु परेको थियो। गुँदपाक ख्वाएर ज्यान मार्ने उद्योग गरेको भन्दै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका छन्। स्थानीय मानवअधिकारवादी संघ–संस्थाहरुले गुँदपाक र रसभरी खुवाउनेलाई कडाभन्दा कडा कारवाहीका लागि सरकारसमक्ष माग गरेका छन्।

गुँदपाक खाएर आत्महत्या

प्रेममा असफल भएपछि एक तेस्रोलिंगी युवतीले गुँदपाक खाएर आत्महत्या गरेकी छिन्। आफूजस्तै अर्की युवतीसित बिहे गर्न खोज्दा परिवारले अस्वीकार गरेपछि आत्महत्याको बाटो रोजेको उनले बताइन्।

उनको शव नजिकै एउटा सुसाइड नोट र गुँदपाकको खाली पोका भेटिएको प्रहरीले जनाएको छ। युवतीका ‘फादर’ भन्छन्, ‘मुसा मार्न भनेर घरमा एक प्याकेट गुँदपाक ल्याएको त ‘डटर’ले ‘मिडनाइट’मा कोप्ल्याक्क पारिछ। मेरो त ‘शिप’ नै डुब्यो।’ मृतक युवतीले भने स्वादिलो तथा चाँडो असर गर्ने भएकाले आफूले मृत्युका लागि गुँदपाक नै रोजेको सुसाइड नोटमा बताइन्।

विष व्यवसायीहरु मर्कामा

गुँदपाक लगायतका खाद्य वस्तुहरु विषाक्त रहेको पाइन थालेपछि असली विष उत्पादकहरु विस्थापित हुन थालेका छन्। उनीहरुले वाणिज्य विभागले गरिरहेको बजार अनुगमन तत्कालै रोक्न माग पनि गरेका छन्।

विष व्यवसायीहरुका अनुसार वाणिज्य विभागले अनुगमन थालेलगत्तै विषको बजार घट्न सुरु भएको हो। आत्महत्याका लागि मानिसहरुले ठूलो परिमाणमा विष उपभोग गर्ने गरेकोमा अहिले त्यसको ठाउँ गुँदपाक र मिष्ठान्नहरुले लिन थालेको छ। उपभोक्ताहरुले भने विष उत्पादकहरुकै कारण उनीहरुको बजार संकटमा परेको आरोप लगाएका छन्। विषमा अत्यधिक मिसावट हुने गरेकाले यसको प्रभावकारिता त्यति नरहेको उनीहरुको दावी छ।

अब एकैछिन कमर्सियल ब्रेक-

विज्ञापन

श्रीमती हैन यो मध्यरातमा के गर्न लाग्नुभएको?

श्रीमानः देखिनौ, झुण्डिएर आत्महत्या गर्न लागेको!

श्रीमतीः आत्महत्या गर्न पनि सिलिङमा झुण्डिरहनु पर्छ त? एक पाकेट गुँदपाक किनेर खाए त भइहाल्छ नि !

श्रीमान : ए हो र? अनि यो कहाँ पाइन्छ नि?

श्रीमतीः न्यूरोड गेटसँगै रहेको गुँदपाक भण्डारमा।

श्रीमानः महंगो पनि त होला?

श्रीमतीः गुणस्तरका लागि दुई–चार पैसाको मुख हेर्नु पनि त भएन नि!

श्रीमानः त्यो त हो। म भोलि नै न्यूरोडमा रहेको गुँदपाक भण्डारमा जान्छु।

दुवै : बालकदेखि बृद्धसम्मका लागि न्यूरोडको गुँदपाक।

बच्चा : यसको स्वाद पनि कत्ति मिठो छ!

(तपाईं पनि अकाल मृत्युको सपना साकार पार्न चाहनुहुन्छ भने न्यूरोडको गुँदपाक भण्डारमा सम्पर्क राख्नुहोला!)

यसका साथै आजको हाम्रो यो गुँदपाक बुलेटिनको समय यहीँ सकिएको छ। ताजा अपडेटका लागि हेर्दै गर्नुस् गुँदपाकभित्रको खबर….

34 Comments

  1. sabai नेता हरु लाई newroad को गुड पाक खुवाउनु पर्छा बरु मा पनि १ किलो गुद्पक किनी दिन्छु

  2. लोग्ने स्वास्नी को झगडा
    स्वास्नी: ल हेर आज पनि ढिला
    लोग्ने: आज अफिश मा काम थ्यो क्या
    स्वास्नी: होला होला रक्सी धोकेर आको छ
    लोग्ने: ल चुप लाग मैले रक्सी खाको हो……. गुधपाक खा हो र ….

  3. यसले नेपाल राष्ट्र लाई ठुलै घाटा भएको छ
    NUCLEAR BOMB बराबर को क्षति पुर्याउन सक्ने योग्य बस्तु निर्माण गर्ने प्लान्टहरु प्रारम्भिक अवस्था मै धरासायी बनाउनमा कुनै बिदेशी agency को हात हुनु पर्छ
    🙂

  4. गुद पाक यस्तो हितकारी रहेछ तेसो भए अहिले नै सबै मिलि गुद पाक खान सुरु गरौ न त होइन हो साथि हरु के सोचे को सुरु गर्ने होइन त

  5. त्यो जमरकटेलहरुलाई हस्पिटल भएको बेलामा यही गु प्याक कोच्यौनुपरने थियो ….

  6. नेपाली किसानहरुलाई खुशीको खबर … Organic र उच्च कृषि उत्पादनको लागि two in one विशेषता भएको, विषादी र मलको काम गर्ने गूदपाक ब्रान्डको प्रांगारिक उत्पादन सर्वत्र बजारमा उपलब्ध छ.

  7. बेपारीहरुलाई खुशीको खबर अन्दरस्तीय बेपार मेला (फेस्टिभल) यस मेला भाग लिन हुन को लागि सम्पूर्ण बेपारी बर्गलाई अनरोद गर्दाछु छिटो गर्नु होला शिर्ट शिमित छ सम्पर्क कार्यालय न्युरोड़ गेट संगैको कर्नर गुदपाक भण्डार स्टल राखन पौने उपदान सामग्रीहरु यसप्रकारको हुनुपर्ने छ (१) गुदपाक लगायत सम्पूर्ण मिठैहरु (२) रियल जुस टुबोर्ग बीर रुस्स्लन वोड़का (३) पुष्प डेरी बाट उत्पादन हुने सम्पूर्ण सामग्रीहरु (४)अनामनगरमा उत्पादनहुने B .M .C . काठको धुलोबाट बन्ने सम्पूर्ण मसलाहरु यसमा कुयाको सडेगलेको म्याद नागेकोलाई बिसेस प्राथमिकता दिने छ छिटो गर्नुहोला धन्यवाद (नेपाल रोग उत्पादन संघ )

  8. ओह्हो विदेशमा बस्ने कति नेपालीहरुले अरुको अगाडी आफुलाई के के न रास्टबादी देखाउन त्याही न्यु रोडको “गु-पाक”=पाकेको गु जस्तो देखिने लाइ झोलामा राखेर हिड्ने गर्थे हिजो बर्सौ सम्म नेता र हरु पुलिसलाइ किनेर बर्मलुट मचायाको रहेछा ! जे होस् कुका (कुहेको कांग्रेस ) र कुएमा (कुहेको एमालेले) कुहेको गु-पाक खुलायार बर्सौ सम्म राखेको रहेछ !

  9. श्रीमती : आज पनि हजुर ढिलै आउने हो ???
    श्रीमान : तिमि खाना खाउ , माईसंसार हेर अनि निदाउ , म ढिलै हुन्छु होला —
    श्रीमती : हुन्छ अब आज देखि जति ढिलो आए पनि आउनुस म अब देखि
    कहिल्यै रिसाउने छैन किन भने मैले ‘न्यु रोडको गुदपाक ‘ किनेर ल्याछु —–
    श्रीमान : ( हतार गर्दै मोबाईलमा कुरा गर्छ ) हेल्लो द्रोण जी ! आज पोकेर
    क्यान्सिल गरौ है ! कुरा के पर्यो भने मेरो वाईफले घरमा गुदपाक ल्यायो
    यार ! म त बडो फसादमा छु — मुड्डी छ यार ! झोकमा खाईदीन के बेर !
    ( त्यस पछी उ श्रीमती नेर पुग्छन )
    काली ! यस्तरी घुर्की लाउने मलाई ! ल म जान्न आज ! खोई देउ त्यो गुदपाक ?
    श्रीमती : सत्य हो ???!!! हजुर नजाने ?
    श्रीमान : हो , जान्न भन्या .
    श्रीमती : अँ ! गुदपाक फ्याल्दिएर् फेरी जाने होला नि !
    श्रीमान : जान्न बा जान्न , मैले फोन गरि सके , देउ त त्यो गुदपाक , खोई का’छ ?
    श्रीमती : आज त यसै झुटो बोले , हजुरलाई राति राति हिड्न बाट रोक्न ,
    भोलि त पक्का किनेर ल्याउछु , भोलि जानु भो भने म गुदपाक खाईदिन्छु —
    श्रीमतीलाई माया गर्ने श्रीमान पोकेर खेल्न नपाको झोकमा न्युरोडको गुदपाक
    पसलेलाई सराप्छ ” गुदपाक को सम्झना आओस सधै भरि तैले भात खाँदा ” —-

  10. आज अफिसमा बसिनसक्नु कुनचै मोराले गुँदपाक कुल्चिएर आएछ ।

    • The Best one!
      Rolled On the Floor, Laughing!
      Laughed So Much That Tears Rolled Down My Cheeks.
      Super-thumbs-up!

  11. गोप्य सुत्रका अनुसार एक दिन बाणिज्य बिभागका एक अधिकारी न्युरोडको गुदपाक पसलमा बजार अनुगमन गर्ने निहुमा चन्दा वासुली गर्न गएको र सो पसलेले चन्दा रकमको साथै १० किलो गुदपाक पनि दिएर पठाएको र सो गुदपाक खाए पछी सो अधिकारीको सपरिवार बिरामी परेको रिसमा उहाले बाणिज्य बिभागलाई काठमाडौँको गुदपाक माथि जेहाद छेड्न लागको …… हा हा हा….

  12. भर्खरै विकीलिक्स बाट प्राप्त समाचार अनुसार मेक्सिकोको क्यानकुनमा भ्याकेसन मनाई रहेका अमेरिकी राष्टपती बराक ओबामालाई नेपाल स्थित अमेरिकी राजदुतावासले एउटा गोप्य केवल पठाएको खुलासा भएको छ / विकीलिक्सका अनुसार अमेरिकाको विभिन्न राज्यहरुमा दिइने डेथ पेनाल्टीको लागी पर्योग गरिने लिथल इन्जेक्सन महँगो हुँदै गएकोले अमेरिकाको विभिन्न राज्यहरुले लिथल इन्जेक्सनको सट्टा अरु कुनै विकल्प खोज्न माथिल्लो सदनमा दबाब दिएको जानकारीमा आएको छ / सोही बमोजिम राष्टपती कार्यालयले तत्काल तेस्को विकल्प खोज्न आफना संसार भरिका दुतावासलाई पन्द्र दिने अल्टीमेटम दिएको र सोही बमोजिम नेपाल स्थित अमेरिकी राजदुतावासले लिथल इन्जेक्सनको सट्टा बरु नेपाल मै उत्पादन हुने र थोरै पैसामा पाहिने नेपाल मेड गु-प्याक (यो खैरेहरुलाई राम्रो संग गुँदपाक पनि भन्न आउँदैन) प्रयोग गर्न सकिन्छ कि भनेर केवलमा लेखिएको जानकारीमा आएको छ / विकीलिक्सका अनुसार नेपाल मेड गु-प्याक बारे बढी जानकारी लिन र एस्लाई अझै कसरी मास प्रोडक्सन गर्न सकिन्छ भन्ने बारे बिस्तृत जानकारीको लागि मल्ललाई राजदुतावासमा बोलाएको केवलमा जनाएको छ /

  13. नौलो सराप:-

    ं गुँदपाक खाएर मर्न नसकेको असती मोरा !
    ं गुंदपाक खाएर छेरेर मरेस !
    ं तेरो मुखमा गुंदपाक कोच्न सकिन भने म काठमाडौकै पानी खान्न!
    ं धेरै बढता नबोल, मुखमा गुंदपाक कोचिदिन्छु अनी थाहा पाउँछस!
    ं ठिकै भयो,हैजा लागेर मर्नुपर्ने गुँदपाक घिचेर मरेछ!
    ं तेरो सबै शाखा सन्तानलाई गुँदपाके रोगले भेट्टाओस !

  14. गजबको छ गुंदपाक बुलेटिन | धन्यबाद यो बुलेटिनको लागि |

    दुई जना आईमाईहरुको बिचमा झगडा सुरु भएछ | हाम्रो गाउँघरमा त्यहि त हो, सराप्ने चलन छ एकले अर्कोलाई | उनीहरु एक अर्कालाई यसरि सराप्न थालेछन :

    आईमाई “क”: तेरो मुखमा किरा परिहालोस |
    आईमाई “ख” : किरा परेर त के भयो र, मरिन्न क्यारे | बरु तेरो मुखमा चाहिं त्यो न्युरोडको तातो गुंदपाक परिहलोस |

  15. बिद्द्यार्थी निकाला
    ——————-
    १४ अक्टुबर ,टेक्सास लुबक ,आज बिहानै एक नेपालि बिद्द्यार्थी लाइ प्रहरीले डेरै बाट पक्रेको खबर छ | पक्राउ पर्नु कारण गुदपाक भएको प्रहरी स्रोत जनाउछ |
    निज ले आफ्नो बृद्द प्रोफेसर लाइ खुसि पार्न नेपाल को न्युरोड बाट गुदपाक ल्याइदिएको मा प्रोफेसर ले संकालागी गुदपाक जाच गर्दा अखाद्य साबित भएकोले प्रोफेसर ले सिधै प्रहरी मा खबर गरेका थिए , तेस्तै न्युवोर्क मा पनि एक बिद्द्यार्थी ले पी यच दि थेसिस तयार पार्न प्रोफेसर लाइ गुदपाक ख्वाएर चाकडी गर्न खोज्दा प्रोफेसर बिरामी भएका छन् | प्रहरी स्रोत का अनुसार फरार बिद्द्यार्ती नेपालि भएको अनुमान गरिएको छ |

    सुशील लाइ हैजा
    ———————
    २०४७ साल मा अखिल नेपालि स्वतन्त्र बिद्द्यार्थी युनियन का बिद्द्यार्थी हरुले ”येस्पाली को हैजा ,गिरिजालाई लैजा ” भनेर सरापेको मा ,हाल आएर कोइराला परिबार कै आर्का सदस्य सुशील कोइराला लाइ हैजा ले लान लागेको छ |
    कारण , चाटुकार कार्यकर्ता हरुले ल्याइदिएको गुदपाक खाएर एस्तो भएको बताइन्छ |

    मनमोहन बिरामी
    ———————
    नेपाल बाट चाकडीको लागि गएका एक दर्जन सभासद ले ल्याइदिएको गुदपाक खाएर भारत को प्रधान मन्त्रि मन मोहन बिरामी परेका छन् | अब आइन्दा चाकडीमा गुदपाक न लान भारतीय दुताबास ले बिज्ञप्ति जारि गरेको छ |
    आफुहरुले त् तराइको आम , सिताफल ख्वाएर नै मन मोहन लाइ खुसिपारेको अनुभबी नेपालि साज्नितिका हस्ती जय प्रकाश गुप्ता बताउनु हुन्छ |
    उता उपप्रधान मन्त्रि विजय गच्छेदार आफु चाकडी मा जादा खोलाको मछली लागेको ले आफुहरु मितब्यायी भएको दाबि गर्नु भयो |
    सम्बाददाता हरुको प्रश्न मा महिला सांसदहरु सुजाता ,र बिद्द्याले आफुहरुले चाकडी को अवसर पाए गुदपाक भन्दा बिशिस्ट चिज आफुसग रहेको दाबि पनि गर्नु भयो |
    कतै खिया लागेको छ कि भनेर युवा पत्रकार ले गरेको प्रतिप्रश्न मा , आफुलाई अजमाउन चुनौती दिदै याक्शन मै उत्रेकोले बिचरा पत्रकार भाग्दै हृशी धमलाको सरन मा पुगेका थिए |अनुभब बिना तेस्तो काम गर्नु न हुने भनि श्री धमला ले पत्रकार लाइ सुजाब दिनुभएको थियो र आफु चाही कहाछांन ति बुढी छादुल्ली हरु भन्दै तुरुन्त मोटरसाइकल स्टार्ट गर्नु भएको थियो |

    गुदपाक हाना हान
    ———————-
    कलिवुद का आधादर्जन हिरोनी हरु नेपाल चलचित्र संस्थान आगाडी अपह्रान्न गुदपाक हानाहान गरि खेलेको खबर छ , आजकाल वचा पाउन र गुदपाक हानाहान मै व्यस्त रहेको देखेर माइसंसार सम्बाददाता ले कतै फिल्म खेल्न न पाएर येसो गरेको हो कि भनेर सोध्दा आक्रोसित हिरोनी हरुले आफुहरुलाई हलिवुड बाट समेत अफर आइसकेकोले एस्तो जाबो कोइसन सोध्ने भनि गुद्पाक्ले हानिद्येका थिए |

    उर्दी जारि
    ———-
    एमालेका बरिस्ट नेता केपिसर्मा वोलीले अब आइन्दा गुदपाक लिएर चाकडी मा आउने एमाले कार्यकर्ता लाइ आफ्नो ढोका बाटै छिर्न न दिनु भन्ने उर्दी जारि गर्नुभएको छ |

  16. ओहो!!! यो गुद्पक त एस्तो अचम्मको पो रहेछ! न्यूरोडमा रहेको गुँदपाक भण्डार त बन्द भयो हैनर ??? लौ लौ मलाई भनिदिनुसन अरु काहा पाहिन्छ? मेरो गर्लफ्रेन्डको दाईलाई नखुवाई भएन!!! पोहोर दसैमा मेरो मासु खाने दात झर्नेगरि कुटेको थियो, त्यसको बदला त गुँदपाकले पो पुरा गर्ने रहेछ……….

  17. नेपाल स्थित भारतीय राजदुतावासले शुक्रवार साँझ अवेरगरि प्रकासित गरेको विज्ञप्ति अनुसार भारतीय संसदले भ्रस्टाचार विरुद्दको विधेयक पारित नगरेसम्म आमरण अनसनमा रहेका आन्ना हजारेले अन्तिम स्थितिमा चाहिं नेपालबाट गूंदपाक मगाएर अनसन पूर्ण गर्ने ……..!

  18. लेख साह्रै रमाईलो छ लेखकलाई धेरै धेरै धन्यवाद।
    ब्रेक पछिको समाचार यस्तो पनि हुन सक्छ।
    ढिलो गरि प्राप्त खबर अनुसार जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र हाम्रा पुर्बप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोईराला,मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई पनि बुढ्यौलीको कारण नभई कार्यकर्ता र चाकडीबाजहरुले उपहारस्वरुप ल्याईदिएको गुलियो गुदपाक खाएको कारण मृत्युवरण गर्न पुगेको थाहा हुन आएको छ। त्यसैगरी जननेता मदन भण्डारीको पनि दुर्घटनाको कारण नभई सोही गुदपाकले ज्यान लिएको आशंका छ।

  19. आज सत्रु को मुख हेरनी, खुवानी दिन को उपलक्ष्य मा मिठाई गुद्पक मा ५% छुट मा धमाधम बिक्रि भै रहेछ , अहिले आफ्नो प्रति , भाग सुरछित गर्नु होला , धन्यवाद .

  20. Breaking News
    भर्खरै प्राप्त ताजा समाचार अनुसार साउदी अरेबिया को सरकार ले मिर्त्यु दण्ड लाई सदाको लागि आफ्नो कानुन बाट हटाउने निर्णय गरेको छ ,यदि कसैले हत्या ,बलात्कार जस्ता जगन्य अपराध गरेको खण्डमा तत्काल नेपाल बाट आयातित गुदपाक खुवाइने छ /

    • भर्खरै हाम्रा लिबिया सम्बाददाता बाट प्राप्त समाचार अनुसार त्यहाँ आक्रमण गरिरहेको नेटो सैनिक प्रमुखले मुहम्मद गद्दाफी लाइ यथाशिघ्र जिउंदै पक्राउ गरेर उनलाई नेपालि गु-पाक र नेपालको टुबोर्ग बियर दिएर उनको इहलिला समाप्त गर्ने र ति बस्तु उपलब्ध गराउन आजै विदेश सचिवलाई नेपाल सरकार संग सम्पर्क गर्न आग्रह गर्ने बताएका छन् ! यता यस बारे राखिएको जिज्ञासामा यस आग्रहबाट नेपाल सरकार अत्यन्तै उत्साही भएको र आगामी दिनमा समुद्रापारी बाट ब्यापार बढनुको साथै सदनमा पनि बिभिन्न मन्त्रीहरुले उक्त गु-पाकको निश्चित शेयर आफु र आफ्ना सन्तानको लागि सरकारले उपलब्ध गराउनु पर्ने माग गरेका छन् !

      • यहि September १९-२३ मा न्युयोर्कमा हुन गइरहेको संयुक्त राष्ट्र संघको साधारण-सभामा नेपालबाट सहभागिता जनाउन आउने प्रतिनिधिहरूको झोलामा कोशेलीको रूपमा गुदपाक छ/छैन जांच गर्ने भएको छ / यदि फेला परेमा सो गुदपाक उसैलाई कोच्याई झोला Hudson River मा फ्याक्ने निर्णय गरेको छ !

  21. नयाबजार बाट प्राप्त समाचार अनुसार, प्रचण्ड ले बैद्यलाइ गुद्पक कोच्याएको खबर छ.. उनको अवस्था बारे गुद्पक साहुजी मास्के ले पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै छन् .. अन्त कतै नजानु होला ..

  22. OPENING SOON OPENING SOON
    FULL Hygienic Restaurant in New Road, Kathmandu
    यहाँको विशेसताहरु:
    टुकुचाको कन्चन पानीमा पखालिएको तरकारीको Veg. MOMO,
    बुढी भैंसीको बोसोमा पकाएको स्वदिस्ठ Samosa,
    बुढी भैंसीको आन्द्रा र भुँडीको किमा द्वारा तयार पारीएको रसिलो MoMo,
    मुसाको लिड र साङ्लोको जुगा Top Up गरिएको आकर्शक गूड्पाक,
    प्राक्रीतिक च्याउ (ढुसी) पलाएको स्वास्थ्यबर्धक मिठाइका परिकारहरु
    र साथमा
    लेदो युक्त एक बोतल मै नसा चढि बेहोस बनाउने Money Saver Beer ।।
    “प्रतिक्षा गर्नुहोस् लाभ उठाउनुस्”

    • यि दुइजना पक्कै New Road गूड्पाक ब्यापारीको आफन्त हुनुपर्छ ।

  23. साह्रै मर्म पर्ने गरि लेख्नु भएको रहेछ | अब यिनीहरुलाई कारवाही कति हुने हो हेर्न बाकी छ | यिनीलाई त ज्यान मार्ने भन्दा नि ठुलो सजाए दिनु पर्छ | साथै भविस्य मा नि कसैले यस्तो कुकृत्य गर्ने दुस्साहस नगरोस भन्ने हो भने यिनिहरुलाई जन्म कैद को साथै सर्वस्व हरण गर्नु पर्छ | नत्र त येत्रो वर्ष देखि हामीलाई लुटेको पैसा ले अर्को यस्तै काम गर्न थाली हाल्छन नि | १०/२० लाख जरिवाना भनेको त एक दिन को कमाई होला |

  24. कमर्सियल ब्रेक पछी अब फेरी समाचार :

    देशको निर्यात ब्यापार निरन्तर खस्किएर ब्यापार घाटा बढिरहेको बेलामा अब हाम्रो देशको निर्यात बढ्ने लगभग निश्चित भएको छ, हालैको अन्तराष्ट्रिय बजार सर्वेकक्षणले देखाए अनुसार अन्तरास्ट्रिय बजारमा नेपाली गु-पाकको माग दिनानु दिन आकासिदो छ / नेपाली गु-पाक एउटा उच्च स्तरको बिषादी भएको प्रमाणित भए पछी यसको उपयोग किटनासक औषधिको रुपमा व्यापक प्रयोग हुनु थालेको स्रोतले बताएको छ / यस्तो मागबाट नेपाली गु-पाक ब्यबशायीहरु निक्कै उत्साहित भएको छन्, /
    भविष्यमा यसको गुणस्तर बृद्दी गरिदै लगिने र “साइनाइड” विकल्पको रुपमा नेपाली गुपाकलाइ स्थापित गराउने तर्फ हाम्रो अर्जुन दृस्टी रहेको छ भनेर गु-पाक ब्यबसायीको केन्द्रिय महासचिवले आज पत्रकार सम्मेलनमा भन्नु भएको छ /

    जय नेपाल
    हिमाली

    • भर्खरै प्राप्त समाचार अनुसार “अलकाइदा” लगायतको बिभिन्न आतंकबादी समुहद्वारा “साइनाइड-ग्रेड ” को “नेपाली गु-पाक” को लागि अग्रिम अर्डर प्राप्त /

Comments are closed.