सोचेजस्तो छैन अमेरिका

-निल खड्का-

‘म पनि अमेरिका आउँदैछु है’

लामो समयदेखि अमेरिकामै रहेका र फेसबूकमार्फत् परिचित युवा साहित्यकार बासु ढकाललाई दुई वर्षअघि मैले यसो भनिरहँदा उनको जवाफ थियो–‘त्यसो भए तपाईंलाई हार्दिक समवेदना !’

त्यसबेला उनको जवाफ सुनेर मेरो मन अमिलिएको थियो । अहिले ठान्दैछु, त्यसबेला उनले ठीकै भनेका रहेछन् । अमेरिकामा श्रम गरेर बाँचिरहेका जो सुकैसँग नेपालमा रहेकाहरूले अमेरिका आउने चासो प्रकट गरे ‘नआए हुन्छ’ भन्ने आसयसहित अधिकांशको जवाफ हुन्छ–‘सोचेजस्तो छैन अमेरिका ।’ अमेरिकामा रहेकाहरूले यसो भनिरहँदा नेपालमा रहेकाहरूको चित्त कुँढिन सक्छ । अनि मनमा लाग्न सक्छ– ‘आफूचाहिँ गयो, हामीलाई चाहिँ त्यस्तो भन्छ ।’ तर, यथार्थ त्यही हो–‘सोचेजस्तो छैन अमेरिका ।’

दुई वर्षअघि डीभी परेर आएका रिपब्लिका दैनिकका सञ्चारकर्मी दिनेश कार्कीलाई एक दिन सोधें–‘दिनेशजी कस्तो लाग्दैछ अमेरिका ?’ उनले कति सजिलै जवाफ दिएका थिए–‘बेलाबेलामा यो डीभी मैलाई चाहिँ किन परेको होला भन्ने लागिरहन्छ ।’

एउटा भनाइ नै छ, खोइ कहाँको हो (मैले बिर्सें) पेँडा खाए पनि नखाए पनि पछुताउँछन् रे मान्छेहरू । हो, त्यही पेँडा जस्तै हो, अमेरिका । आएकाहरू पनि पछुताउँछन्, आउन नपाएकाहरू पनि पछुताउँछन् ।

अमेरिका, धेरैका लागि सपनाको संसार, जिन्दगीको लक्ष्य । त्यसैले एक पटक पुग्न पाए जिन्दगीको सबैभन्दा ठूलो धोको पूरा भएको मानसिकता बोक्नेहरू धेरै छन्, नेपालमा । गगनचुम्बी भवन, फराकिला सडक, चिल्ला गाडी । झट्ट हेर्दा स्वभाविकै पनि हो । तर, बाहिरबाट देखेजस्तो छैन अमेरिका । किनकि कठोर संघर्षको अर्को नाम हो–अमेरिका । दुःखको सागर हो–अमेरिका । म दाबीका साथ भन्न सक्छु, कुनै नेपालीले पनि ‘म अमेरिकामा अत्यन्तै आनन्दको जीवन बिताइरहेको छु । र, दुःख नगरी सुखसयलसँग बाँचिरहेको छु’ भन्न सक्तैन । सबैका संघर्षका आफ्नै कथा ब्यथा छन् । जो सुकैलाई भेटे पनि जवाफ आउँछ, दुःख त कति गरियो कति ?
पैसा कमाउने मात्र लक्ष्य बोक्ने र ‘जे काम, जसरी पनि गर्न तयार’ हुनेहरूका लागि केही हदसम्म अमेरिका ठीकै होला । तर, ‘जे काम, जसरी पनि गर्छु’ भन्नु र गर्नसक्नुमा भिन्नता छ । अझ नेपालमा थोरै पैसा अनि पैसाभन्दा बढी मान, सम्मान र प्रतिष्ठा आर्जन गरेकाहरूका लागि त अमेरिका झनै असहज छ । कि त पैसालाई नै सबैथोक ठानेर नेपालमा कमाएको मान, सम्मान र प्रतिष्ठा चटक्कै भूल्न र स्वाभिमान झुकाएरै भए पनि ‘जे काम, जसरी पनि गर्न’ तयार हुनुप¥यो । तर, त्यसका लागि पनि मन मान्नुप¥यो । नेपालमा कमाएको मान, सम्मान र प्रतिष्ठा अनि अमेरिकामा आफूले गर्नु परिरहेको तल्लोस्तरको काम । तुलना गर्दा मनलाई मनाएर काम गर्न सहज भने छैन ।

प्रश्न उठ्न सक्छ, त्यसो भए अमेरिका पुगेका त्यत्रा नेपाली कसरी टिकेका छन् त ? हो, अमेरिका आउनेमा सबै तहका नेपाली छन् । सामान्य साक्षर सर्वसाधारणदेखि डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, व्यापारी, कलाकार सबै छन् । तर, नेपालमा अपनाएको पेसाअनुसार अमेरिकामा पनि डाक्टर, इन्जिनियर, वकिलकै रूपमा काम गर्नेहरू एकदम थोरै छन् । त्यस कामले मात्र जीविकोपार्जन सम्भव छैन । त्यसैले आफ्नो पेसालाई ‘पार्ट टाइम’ का रूपमा अपनाएर अन्य काम गर्न बाध्य छन् । बाहिर जतिसुकै हाइफाइको जीवनशैली र मोजमस्तीमा रहेझैं देखाए पनि दिनरात नभनी जुनसुकै समयमा काम गरेर भए पनि तोकिएको घण्टा गुजार्नुको विकल्प छैन । त्यसैले अधिकांशको अवस्था उही हो, विभिन्न कम्पनी, पेट्रोल पम्प (अमेरिकामा ग्यास स्टेसन भनिन्छ) रेस्टुरेन्ट, खाजाघरहरू, स्टोरआदिमा घण्टा गुजार्ने काम । फलानो ग्यास स्टेसनमा फलानो सिफ्टमा काम गर्ने फलानो मान्छे पहिला नेपालमा सीडीओ थियो । फलानो रेस्टुरेन्टमा काम गर्ने फलानो त नेपालमा फलानो मन्त्रालयमा उपसचिव थियो । फलानो त सांसद् हो पहिलाको । यस्ता धेरै भेटिन्छन् अमेरिकामा । यद्यपि, विभिन्न विश्वविद्यालय, सरकारी कार्यालय, बैंकलगायतका क्षेत्रमा पनि नेपालीहरू उच्च ओहोदामा नरहेका होइनन् । तर, अत्यन्तै नगण्य । उनीहरुलाई हेरेर मात्र आमनेपालीको अवस्था बुझ्न सकिन्न ।

पढ्न आउने विद्यार्थीहरूका लागि अमेरिका राम्रो अवसर हो । पढाइ सकेपछि उच्चस्तरको रोजगारी पाएर उच्चस्तरकै जीवनयापन गरिरहेकाहरू पनि नभएका होइनन् । तर, पढ्दै काम गर्नेहरूका लागि त्यति सहज छैन । काम गर्दागर्दै पढाइ बीचैमा छाडेकाहरू पनि प्रसस्तै भेटिन्छन् । किन त ? किनकि अमेरिका आएको ऋण तिर्न र पैसा कमाउन पढाइ बीचैमा छाडेर पैसा कमाउनेतिर केन्द्रित हुनु उनीहरूको बाध्यता पनि हो । प्रश्न उठ्न सक्छ, त्यसो भए लाखौं रूपैयाँ खर्च गरेर नेपालीहरू अमेरिका आउन किन मरिहत्ते गर्छन् त ? मलाई सोध्ने हो भने एक शब्दमा जवाफ दिन्छु,–‘नबुझेर’ । के के न ठानेर लाखौं रूपैयाँ खर्च गरेर अमेरिका आइसकेपछि पैसा उठाउनैप¥यो । घर फर्किन पनि अमेरिकाबाट आएको हो भन्ने त देखाउनै प¥यो । अनि संघर्ष गरेर बस्न बाध्य हुन्छन् उनीहरू ।

डीभी परेर तीन वर्षअघि अमेरिका आएका एमालेका एक युवा नेतालाई सोधेको थिएँ–‘पैसा पनि धेरै कमाइसक्नु भयो होला, अब घर किन्ने होला नि ?’ बाहिरबाट हेर्दा अत्यन्तै सुखसयल र ऐश आरामको जिन्दगी बिताइरहेझैं देखिने उनले भने–‘पाँच वर्ष जसोतसो बस्ने हो, त्यसपछि फर्किने । यस्तो ‘जाबो’ ठाउँमा पनि कोही बस्छ ?’ उनी त एक प्रतिनिधि पात्र मात्र हुन् ।

वर्षौदेखि गैरकानुनी रूपमा बसेका कतिपय चाहिँ ‘ग्रिन कार्ड’ पाउन सके बरु नेपाल फर्किन्थेँ अनि बेलाबेलामा आउने जाने गर्थें भन्ने मानसिकतामा देखिन्छन् । ग्रिनकार्ड मात्र भएकाहरू पाँच वर्ष बस्न सके नागरिकता पाइन्थ्यो भन्ने आशामा देखिन्छन् । नागरिकता पनि भएका र घरबार पनि जोडिसकेकाहरू भने जीवनको उत्तराद्र्धलाई कसरी समायोजन गर्ने भन्ने चिन्तामा देखिन्छन् ।

दशकौंदेखि अमेरिकामै रहेका र अमेरिकालाई नै स्थायी बासस्थान बनाएकाहरूको पनि जीवन खासै सन्तोषजनक छैन । मन हरपल जन्मभूमितिरै छ । अहिले घरबार जोडेरै बसे पनि जीवनको उत्तराद्र्धमा त जन्मभूमिमै फर्किनुपर्छ भन्ने मानसिकता बोकेर बस्नेहरू प्रसस्तै छन् । तर, अनेकौं बाध्यताले जेलिएका छन् । १० वर्ष, २० वर्ष, ३० वर्ष वा यस्तै कुनै निश्चित अवधिभित्र तिरिसक्ने गरी ऋणमा घर लिएका छन् । तोकिएको अवधि पूरा भई घरको स्वामित्व पूर्ण रूपमा आफ्नो नभएसम्म चटक्कै छाड्न मिलेन । त्यसैले घरको ऋण चुक्ता भइसकोस् बरु पछि बेचेर नेपाल फर्कौला भन्ने मानसिकता बोक्नेहरू धेरै भेटिन्छन् । तर, यतै जन्मिएका र यतैको संस्कारमा हुर्किएका आफ्ना सन्तानलाई यतै छाडेर बूढेसकालमा बूढाबूढी मात्र नेपाल फर्किनुपर्ने बाध्यता पनि देखिन्छ धेरैमा ।

हो, अमेरिकामा रहेका अधिकांश नेपाली भविष्यमा स्वदेशमै फर्किएर रमाउन चाहन्छन् । नौजवान युवाहरू ‘४÷५ वर्ष घुँडा धसेर काम गर्ने हो, त्यसबेलासम्म झन्डै ५०÷६० लाख रूपैयाँ भइहाल्छ । त्यसपछि नेपालमै केही गरेर बस्ने’ भन्ने मानसिकतामा देखिन्छन् । जीवनका उर्जाशील समय अमेरिकामै बिताएका अधिकांशको मानसिकता पनि यस्तै पाइन्छ । ‘हातगोडा चलुञ्जेल काम गर्ने, नसक्ने भएपछि नेपालमै फर्किने’ मानसिकता बोक्नेहरू प्रसस्तै भेटिन्छन् । डीभी परेर आएका कतिपय समेत यस्तो मानसिकतामा रहेको प्रसस्तै भेट्न सकन्छि ।

त्यसो त अमेरिकामा प्रसस्तै पैसा कमाएर यतै ठूला–ठूला व्यापार व्यवसाय गरेर बसेका नेपालीहरू पनि प्रसस्तै छन् । तर, उनीहरूको पनि मनमा सन्तोष भने देख्न सकिन्न ।

वास्तवमै अमेरिका स्वार्थीहरूको संसार हो । स्वार्थी यस अर्थमा कि, विभिन्न देशका बासिन्दा आ–आफ्ना अनेकौं स्वार्थ पूरा गर्न अमेरिका आएका छन् । त्यसैले सबै आ–आफ्ना स्वार्थ पूरा गर्न तल्लीन रहन्छन् । कसैलाई कसैसँग मतलब छैन । न त राजनीतिसँग मतलब हुन्छ । न त विश्व घटनाक्रमसँग नै । घरहरू प्रसस्तै छन् । तर, छिमेकी छैनन् । अनेक पेसा, व्यवसाय र क्षेत्रका मान्छे छन् । तर, समाज छैन । एउटै परिवारका सदस्यबीच पनि आत्मीयता र भावनात्मक सम्बन्ध टाढिँदै गएको छ । अर्थात् समाजमा घुलमिल भएर बस्न रुचाउने र मान्छेलाई सामाजिक प्राणी ठान्ने नेपालीहरूलाई अमेरिकाले एकलकाटे जीवन जिउन सिकाइरहेको छ ।

152 Comments

  1. देशको सबै होनहार व्यक्तिहरु बिदेशमा गएर उनीहरुलाई धनि बनाइराखेका छन् / कालान्तरमा गएर हामीले यस्को मूल्य अवश्य चुकाउनु पर्नेछ / सबै हाम्रो बाध्यता हो जस्तो लाग्छ मलाई त / जो जहाँ गएपनि नेपाललाई नभुलौ / जय देश / जय जनता /

  2. यो संसार सबैको हो l सक्नेले संसार टेकेर-देखेर-भेटेर-खेपेर-लेखेर-गरेर-भोगेर…. स्वकीयताले जीवनलाई उन्मुक्त गर्नू ! यो प्रकृति सबै जीव-जगतको निमित्त आफैंमा पूर्ण छ l मान्छेलाई मात्र किन अपुग छ ? उपयोगिता र सदुपयोगको सिद्धान्तले बौद्धिकता र श्रमलाई चलाउनू र जीवनलाई उन्नयन पार्नू !-बस !

  3. लेख ज्यादै सान्दर्भिक छ./ बास्तव मै यो अमेरिका मा रहेका नेपाली मात्र होइन प्राय सबै देश का आप्रबासी हरु को साझा समस्या हो/. तर आफ्नो देश को राजनीतिक अस्तव्यस्ततामा केहि गरेर खाने वातावारण नभएको हुनाले अमेरिका सोचे जस्तो नहुदा नहुदै पनि धेरै नेपाली को सपना को संसार बनिरहेको छ. /

  4. wसबै को लेख पडन त सकियाना तर सार मा कुरा के हो मा आफुले नै बुझ्न सकिएको छैन र भुमरी मा परि रहेको अनुमान गर्दै छु /
    साचै भन्नु पर्दा माथि साथी हरु ले भने जस्तै दुख गरि पद्नु पर्छ राम्रो पद मा काम पाउछ पैसा प्रसस्त हुन्छ /
    अमेरिका मा पानी बत्ति स्वस्थ सिच्छा सबैको राम्रो बेवोस्था छ /
    अवसर को प्रचुरता छ
    जिन्दगि राम्रो आनन्द संग बितौना सकिन्छ
    मेहनत गर्ने लाई पूजा गरिन्छ इत्यादी तर हरेक को आफ्नो आफ्नो सोचाई हुन्छ र दृस्टी हुन्छ भगवान सिदार्थ ले राजमहल छोडी नजानु भएको भय आज बुद्ध प्राप्ति गरि पुजनीय हुने थियन होला ,सीता माता ले राम संग बनबास नजानु भएको भय रामायण हुने थियन होला तेस्तै हरेक ले आफ्नो जन्म थलो छोडेर जाने भएको भय अहिले सम्म संसार को रुप अर्कै हुने थियो होला ,अमेरिका को के कुरा नेपाल कै दुर्गम जिल्ला को कुनै मान्छे किन अबसर को लागि सहर प्रबेस गर्दैन त?अमेरिका कै कति नागरिक नेपाल मा बसेका छन् /कसलाई के मनपर्छ कसलाई के येही नै संसार को रिति हो / आफ्नो नभय सम्म प्राप्त गर्ने रहर हुन्छ र प्राप्ति भए पछि त्यो मन पर्दैन /
    अमेरिका ,मा सबै कुरा छ पनि र छैन पनि मेरो बुजाई मा / नेपाल मा जन्मेर १८ वर्ष बिताई यता आएका अनि नेपाल मा कुनै काम गर्न नपाएर नसकेर यता आका लाई त स्वोर्ग नै भयो भने नेपाल मा ३० वर्ष बिताएका लाई चाई समाज ,रीतिस्थिति , चाड बाड,अनि आफु हुर्केको परिस्थि ले पक्कै नरमाइलो बनाउछ भलै एस्तो भौतिक सुख सुबिधा ले कुनै मन जित्न सक्दैन /
    अन्त मा अमेरिका र बिदेस बसेका जति सबै ले आफ्नो दुख गरेका फोटो हरु सबै लुकाएर केहि राम्रो राम्रो फोटो हरु facebook मा राखेका हुनाले पक्कै पनि बिदेस भनेको साँची रमाइलो स्वोर्ग दुख गर्नु नपर्ने आनन्द को ठाउँ हो भन्ने भान पर्न गएको जस्तो लागेको छ

  5. …best insight of life in America, thats what it is an that is the way i am living now…..it is not because i wanted but because i acquired from the situation my life threw me at……

  6. Yea… I am happy and satisfied with american society, you can requist me if u wanna know if i am getting free edu. And medical or not? Hey mr. Sangam and ramesh I will be more than happy to give you the info. Ok. America is great….don’t think that u can survive with cheating and playing politics like in Nepal. Of. Ourse you have to work hard to get something which may not be good like u guys but for those who like to be honest and work hard will surely change their life..in this place

  7. हाय !
    मेरो अमेरिकन ड्रीम
    भदौमा आँखा फुटेको म गोरु
    जता हेर्यो उतै हरियै हरियो देख्छु
    म जिंदगी हाड घोटेर
    फोक्सो फुकाई फुकाई
    रगत सुकाई सुकाई
    दिन रातहरूमा र
    रात दिनहरुमा रूपांतर गर्दैछु/

    प्लास्टिकका क्रेडिट कार्डहरु संग जिंदगी साटेर
    सपनाका महल ठडयाउन तल्लीन म
    यही जन्मको सहज ऋण तीर्न
    ओवर टाइम गर्दै छु
    र प्रत्येक दिन अलि अलि मर्दै छु/

    हाय मेरो अमेरिकन ड्रीम
    हरिया पातहरु बटुल्दै
    हरियो पत्तो हात लाउने धुनमा
    मेरो कपाल फुल्यो मन फुलेको छैन/

    थुकक जिंदगी!
    कहिले त फर्किएर जाऊं जाऊं लाग्छ !
    गएर के गर्नु र ?
    देश आक्रांत छ बिभाजित मनहरुमा
    फेरि भोलि पल्ट यतै फर्किएर आऊं आऊं लाग्छ /
    …………………………………………………

    शब्दार्थ -हरियै हरियो/हरियो पात =डलरै डलर
    हरियो पत्तो=ग्रीनकार्ड
    सहज ऋण =अमेरिकामा ऋण लिन सजिलो छ सहज छ
    तर तिर्न भने गोरु जोतिए झैँ जोतिनु पर्छ /
    पुनश्च:यो कविता Los Angeles को ANA सम्भेलनमा
    बाचन गरी सकेको पुरानै हो तर पनि यहाँ राख्ने जमर्को गरें है /

  8. हो नि , निल जी तपाइको कुरा मलाई एकदमै मन पर्यो यसरी नेपाली युवा जगत मा अलिकति मन फर्कन सक्छ आफ्नो मातृभूमि प्रति माया जाग्थ्यो कि मलाई तपाइको लेख सारै मन पर्यो है . हामी सबै नेपाली युवा हरु मिलेर पनि हाम्रो सानो नेपाललाई अमेरिका बनाउन सक्छौ है एकपटक फर्केर हेर्नु है हाम्रो नेपाललाई आफ्नो देशलाई घिर्ना गरि जाने
    विदेशमा तर सोचे जस्तो छैन अमेरिका, अस्ट्रेलिया,जापान,क्यानाडा,लण्डन,कोरिया यी देश भन्दा राम्रो बनाउन सक्छौ हाम्रो देश नेपल्नालाई हात मा हात मिलाउन को लागि अनि बन्छ हाम्रो सुन्दर देश नेपाल
    केशव थापा , अर्घाखाँची नेपाल

  9. मलाई यो लेख माथि देखी पढ्दै आउँदै निक्कै राम्रो लाग्यो। हो त अमेरिका मा बस्नु भनेको एत्ती काठइन रहेछ त भन्ने पनि भो। लेख निक्कै सान्दर्भिक लागिरहेको थियो। तर अन्तिम हरफ ले भने अली च्वास्स पर्‍यो यो मन लाई। हैन लेखक जि स्वार्थ भन्ने शब्द आँफैमा नकारत्मक छ हैन र? राम्रो उदेस्स्य बोकेर बिदेसिनु मा सबैले स्वार्थ देख्चन भने संसार भरी का सब मनिष हरु जो बिदेश पसेक चन स्वार्थी रहेछं हैनत? किन कुनै सपना बोकेर त्यो सपना पुरा गर्न संघर्स गर्नु भनेको स्वार्थ हो? ज्ञान कमाउने सपना, धनी बन्ने सपना, जीवन मा नयाँ अनुभब गर्ने सपना, अरु भन्दा ब्यग्लाई बन्ने सपना, यो सपना कसरी स्वार्थ हुन गयो? अली सहि शब्द को खोजी हुन पर्‍यो जस्तो लाग्छ मलाई। मान्छे जन्मदै चेतन सिल प्रानी हो भन्दै पढदै आएक चौ हामीले। एही चेत्न को मुल स्रोत नै ज्ञान अनी अनुभब मा देखिन्छ। ज्ञान कमौनु कुनै स्वार्थ पन हैन। पैसा कमाउनु कुनै स्वार्थ पन हैन। बरु जनता लाई अद लगाएर कुर्सी माथि बस्नु अनी देश लाई औ जनतलाई दिएको वचन पुर नगरनु स्वार्थ हो। आफ्नो काम बनाउन अरुलाई प्रयोग गर्नु अनी दु:ख दिनु स्वार्थ हो तर डुब्न लगेको जीवन लाई जिन तीन किनर लगाउन खोज्नु, गहिरै नपन खोज्नु अनी नौलो अनुभब गर्न खोज्नु त्यो स्वार्थ हैन।

    कुरा सहि हो अज्ञानता मनिषको सब भन्दा ठुलो सत्रु हो अनी तेही अज्ञानता को कम्जोरीबाट फाईदै लिने थुप्रै अरु “स्वार्थी” हरु चाइ जुगा हरु हुन। जो अरु को दु:ख अनी बाद्भ्यता द्वारा फाईदा लिन खोज्चन। म त भन्छु ज्ञान कै कमी भयका हरु मात्रा नभै तल्लो भन्दा तल्लो काम गरेर आफ्नो नेपाल मा भएक परिवार का पेट भर्ने अनी राजनीतिग्या हरु को सुख सयल को लागि नेपाल मा dollor अनी euro भित्र्याउने हरु नै महान छन्। बरु हामी बिदेश पसेका अनी केही सपना देखेका हरु को सट्टा ति पाखन्डी मन्त्री हरुलाई “स्वर्थी” भन्न सक्न पर्‍यो अनी कठालो समायेर लौ हाम्रो नेपाल लाई पनि अमेरिका जस्ताइ बना अनी हामी सबै आफ्नै देश मा बस्ने छऔ भन्न पर्‍यो taaki । भोली हाम्रा सन्तान ले हामीले झै दु:ख झेल्न नपरुन। आफ्नो सन्स्क्रिती भुल्न नपरोस अनी “स्वार्थी” को कालो तिलक निधार मा बोकी हिंड्न नपरोस।

  10. हा हा हा! कमेन्ट पढेर हाँस उठ्यो! अमेरिकामा बस्ने नेपालीहरुलाई अमेरिकाको कत्ति माया हो?
    मलाइ चाहि यो लेख सार्है चित्त बुझ्यो, निलजी तपाइँलाइ धेरै धेरै धन्यबाद!
    कमेन्ट पढदा यो लेखको गलत अर्थ लगाइएको जस्तो लाग्यो – एक पल्ट नेपालमा बस्ने नेपाली भएर यो लेख पढ्ने हो कि?
    अमेरिकामा पाइने सुबिदा,पैसा,अवसर, स्वतन्त्रता,आदिको बयान यो लेखमा पाइदैन, किन भने नेपालीका लागि ति सबै सुन्य हुन् , जब:
    (अन्तिम हरफ)
    वास्तवमै अमेरिका स्वार्थीहरूको संसार हो । स्वार्थी यस अर्थमा कि, विभिन्न देशका बासिन्दा आ–आफ्ना अनेकौं स्वार्थ पूरा गर्न अमेरिका आएका छन् । त्यसैले सबै आ–आफ्ना स्वार्थ पूरा गर्न तल्लीन रहन्छन् । कसैलाई कसैसँग मतलब छैन । न त राजनीतिसँग मतलब हुन्छ । न त विश्व घटनाक्रमसँग नै । घरहरू प्रसस्तै छन् । तर, छिमेकी छैनन् । अनेक पेसा, व्यवसाय र क्षेत्रका मान्छे छन् । तर, समाज छैन । एउटै परिवारका सदस्यबीच पनि आत्मीयता र भावनात्मक सम्बन्ध टाढिँदै गएको छ । अर्थात् समाजमा घुलमिल भएर बस्न रुचाउने र मान्छेलाई सामाजिक प्राणी ठान्ने नेपालीहरूलाई अमेरिकाले एकलकाटे जीवन जिउन सिकाइरहेको छ ।

  11. We all have to think that wherever you go; you should have at least one skill which is really helpful while u guys are surviving for living. I am really disappointed because some of American servant (Nepali) is talking about the Gulf country; those crazy said America is better than Gulf haaa what the hell u guys are talking about??? I am here in gulf since 5 year and working as an Information technology engineer, I am really satisfied here , cause tax free salary, I have my own car, I am not paying any single amount for living, medical free every 6m air ticket for Nepal, so tell me if you have good skill which is the best place ???/? but I am totally agreed with all, including me we all are missing our family.

  12. काग लै बेल पाक्यो हर्स न बिस्मात भनेको यहिता हो नि | you have to grab the opportunity and opportunity and times never comes to knock you door so
    संग्रस भनेको नै त जीवन को एउता पाटो हो, तपाई को पर्त्रकरितामा लगाम लगयेरा खोज पत्रकारिता गरेको भए, dv संग खेल्न सिकेको भए सायद तपैले तेस्तो america बुज्नु हुन्थेन होला| पाकेको फल किनेर खाने बनि परेका लै बिरुवा कसरि हुर्काउनु पर्छा के थाहा होइन र ?

  13. दिवाकर जी सन् फ्रान्सिस्को
    सहि कुरा गर्नु भो… मलाई पनि अमेरिका त कत्ति पनि मन पर्दैन हरेक चाड आउदा हामी श्रीमान श्रीमती बसेर रुन६औ नेपाल सम्झेर आफन्त सम्झेर तर पनि मलाई एक किसिम को सान्ति र आनन्द छ यहाँ …..निल जी क कुरा पनि ठिक छन् र दिवाकर जी को पनि दरेमारे मा बचेको छ जीवन यहाँ

  14. नजान्नेलाई त ठिकै हो तर यस्तो जानी जानी किन अमेरीका जान मरिहत्ते गर्नु पर्‍यो त ?

  15. नीलजी ! तपाइको भोगाई र भोगाईको ओकल्याई यथार्थको धरातलमा उभियर पनि अडिक रहन धर्मराइ रहेको छ /
    मित्र नील, अरूको उदाहरण के दिनु, आफैबाट शुरु गर्छु ; – सोचे जस्तो न त म आफै छु, न मेरो अनुहार छ, न मेरो जिउडाल छ, न मेरो हाउभाउ छ..अन्य यस्तै यस्तै !! अनि अमेरिका कसरि सोचे जस्तो होस् त ??
    – सोचे जस्तो त; न मेरो श्रीमती छिन, न मेरो छोराहरू छन्, न मेरो बाबुआमा हुनुहुन्छ, न मेरो गाउ छ, न मेरो देश छ ! अनि कसरि अरूले सिर्जना गरेको अमेरिका मैले सोचे जस्तो होस् त ??
    – यो संसारमा सोचे जस्तो केहि छैन / चन्द्रमामा पनि दाग छ, मयुरको पनि खुट्टामा श्राप छ, खानीमा पनि राप छ, कमलको फूलको वरिपरी पनि धाप छ; कसरि अमेरिका सोचे जस्तो होस् त ??
    भन्ने पर्दा; अमेरिकामा जे छ त्यो संसारमा कहिँ कतै छैन.. अमेरिका बियर हो तितो हुदा पनि मिठो छ, खैनी हो टर्रो हुँदा पनि स्वाद छ / अब आफै बुझ्नुस, चाहे सुपारी होस् या पान.. यो खाउन्जेलको सान हो /

  16. तपाइले भन्नु भएको ठिकै हो . तर म अझ्है यही देश मा बस्न रुचौछु,किनभने १२ घण्टा काम गरेर आए पछी म शान्ति संग बस्न सक्छु ,मलाई मेरो बच्चा हरु अपहरण होलान भन्ने डर हुदैन ,मलाई कुनै गुन्डा संग darauna पर्दैन,बजार बाट किनेर ल्याएको juise मा किरा खानु पर्दैन,छोरी ले एउटा खेलौना मागी भने तुरुन्त किन्दिना सक्छु,एउटा घुसिया कर्मचारी ले ठुलो खसी किनेर ल्यायो भनेर आफु ले थुक घुतु घुतु निलेर बस्न पर्दैन,एउटा dsp आफु संगै बस्न आयो भनेर घर बेचेर भांग्नु पर्दैन,एउटा मन्त्रि को साला ले आएर धम्क्यौदा रोएर बस्नु पर्दैन,यस्ता धेरै कुरा छन् अहिले काम मा जानु हतार भो पछी लेखुला

  17. its all up to you friends…. केहि अवसर नपाएका म जस्तोलाइ यो ठाउँमा आएर केहि गर्न पाएर दुइ चार पैसा हात पार्दा खुसि लाग्छ | नेपालमै खाइ रहेको जागिर छोडेर वा समृद्ध पदमा बसेर इज्जत साथ् काम गरि रहेकाहरुले यहाँ दिनको १२ घण्टा वा जतिनै घण्टा भए पनि अर्काको अधिनमा घोतिनु पर्दा गार्हो नै हुन्छ | अन्धाले हाती छामेको जस्तो हो अमेरिका…

  18. कर्मभूमिमा कर्म/दुख नगरे कसरि खान, प्रगति गर्न सकिन्छ त मित्र…. यहि दुख गरेर नै त अमेरिका ऐले अमेरिका हो नि…

  19. धोका खुल्ला छ फर्किनको लागि No one will say you must stay. I think the person has nothing to do better than write these kind of atricle.
    Before you blame to some one you have to show what kind of skill you have and what can I contribute to get some.

  20. America is like a mirror. You will get what you want to see. I have been living in US since 2007 and I have gone through all kinds of shits. From Dishwasher to very good job in one of the biggest company in the world. People need to learn how to struggle first before coming to US and You can’t compete with the US citizen with the degree which you got from Nepal. You need to study or you need to be super talented. I have seen lot of people complaining about US life and compare it with life of Nepal. Well, if you really miss nepal you can always go back. There is big “EXIT” sign for you always. But People always hesitate to go back when they are shown “EXIT” sign because they want to go back with some money and don’t do anything to improve their skill.

    Remember, America is indeed a land of opportunity but it is a land of opportunity for the who wants to grab it struggle. You should always remember that america was built with talented immigrants and it expects the same thing from you(talents).

  21. निलजी,
    छातीभरी नेपालको माया बोकेर लेख्नुभएको लेखका लागि धन्यवाद । देशप्रेमले ओतप्रोत शब्द चयन, चोटिला बाक्य, सरल र सलल बगेको हरफ । शाब्दिक रुपमा लेख मिठो लाग्यो । तर लेखको गहिराइमा पुगेपछि भने लेखका बारेमा केही नलेखि रहन सकिँन । मैले बुझेको अमेरिका अर्थात USA- U Start Again अमेरिका आइपुग्ने हरेकले नयाँ जीवनको शुरुवात गर्नुपर्छ । खुवाइपियाइ, उठाइ बसाइ मात्र होइन पूरै जीवनशैली हरेकले परिवर्तन गर्नपर्छ ।
    अमेरिका जीवनशैली, विकास, विज्ञानप्रविधि र अवसरहरुको नमुना थलो हो । हरेक नागरिकको आत्मासम्मान र स्वभिमान छ अमेरिकामा । चाहे कुटनैतिक व्यक्तित्वहरु हुन्, चाहे डिभी परेर आएकाहरु वा मे_िक्सकोको सीमाना तरेर गैरकानूनी रुपमा अमेरिका छिरेकाहरु हुन् ।
    निलजी,
    तपाइँको स्वभिमान र देशप्रेम देखेर मलाई चाँहि हाँस उठ्यो । तपाइँ यस्तो बाटो हिँडिरहनुभएको छ, जुन बाटोको कुनै गन्तब्य छैन । तपाइँ अमेरिका केका लागि आउनुभएको र कसरी आउनुभएको भन्ने त त्यो तपाइँको नितान्त व्यक्तिगत कुरा हो तर तपाइँले आफू नेपालमा मानसम्मान भएको र केही छवी भएको भनी चित्रण गर्न खोज्नुभएको छ । मैले बुझेसम्म तपाइँ नेपालमा एउटा पत्रकार हुनुहुन्थ्यो । छँदाखाँदाको पत्रकारिता छाडेर किन अमेरिका हान्निनुभयो त्यसको बारेमा पनि केही लेख्नुभएको भए राम्रो हुन्थ्यो ।
    यदि तपाइँ आफूलाई सच्चा स्वभिमानी नेपालीका रुपमा प्रस्तुत गर्न चाहनुहुन्छ भने यहाँ बसेर “यो कुहिरेहरुले रातदिन गरेर बनाएको देशलाई” गाली गरेर नबस्नुस्, जानुस् नेपाल र प्रस्तुत गर्नुस आफूलाइ अमेरिकाबाट पनि फर्किएर आएको देशका लागि केही गर्न भनेर ।
    “स्वभिमानु” र “देशप्रेम” धेरै गहन शब्दहरु हुन् । स्वभिमानी र देशभक्त गफ र कुराले मात्रै होइन काम र व्यवहारले हुन्छ ।
    अमेरिकामा जन्मिने र यहाँ आउने हरेक मानिसहरुको शुरुवात संघर्षबाट शुरु हुन्छ । अन्ततः सफलता प्राप्त हुँदै जान्छ । राष्ट्रपति ओबामाको “बायोग्राफी” नियाल्ने हो भने उनी हाइस्कूल सकेपछि “डङकीन डुनट” (अमेरिकाको प्रख्यात खाजाघर) मा साधारण कामदारको रुपमा काम गर्थे । अनि विदेशमन्त्री हिलारी क्लिन्टन “बेबी सिस्टर” (धाइआमा/सुसारे) का रुपमा काम गर्थिन् । आज उनीहरुको यो उचाइ छ ।
    अमेरिका आइपुग्ने हरेकले शुरुवातमा भाँडा माझ्ने, लुगा धुने, घर सफा गर्नेलगायतका कामहरु गर्छन् । सायद तपाइँले यहीँ खाले कामलाई “जे काम जसरी पनि गर्नु तयार” हुनेहरु भन्नुभएको होला ।
    अमेरिका आइपुग्ने हरेक मानिसको निश्चित समयअवधिको निश्चित लक्ष्य हुनु पर्दछ अन्यता कुहिरोको कागजस्तै हुन्छ ।
    अमेरिका आइपुग्ने र आउनेहरुका लागि केवल मात्र दूईवटा विकल्पहरु छन् । एउटा १०/१५ वा २० बर्षको लक्ष्य राखेर व्यापार व्यवसाय गर्नुपर्यो र सकेसम्म धेरै पैसा कमाउनुपर्यो (हामीजस्ता गरिव मुलुकका मानिसहरुका लागि) अनि स्वदेश फर्किएर आत्मासम्मानका साथ जीवनशैली जीउँदै अमेरिकामा सिकेको ज्ञान, सीप र दक्षताको लागु गर्नुपर्यो । दोस्रो शुरुवातको केही समय पैसाको मुख नहेरी शिक्षा हाँसिल गर्नुपर्यो यानिकी डिग्री वा उच्च शिक्षा । अनि माथिल्लो तहको काम गर्नुपर्यो । निश्चित समयपछि देश फर्किनु पर्यो र आफ्नो प्राज्ञिक क्षमता, दक्षता र सिप देशको विकासमा लगाउनुपर्यो । यि दुवै गर्न नसक्नेहरु तपाइँजस्तै अर्काको देशलाई गाली गर्यो बस्यो बाहेक अरु केही गर्न सक्दैनन् । अन्ततः १२ बर्ष रामायण पढ्यो “सीता कसको जोई?” “हनुमानको ।”

    • ममताजी तपाइको लेखको आशय… शब्द सार्थकता…लेखको निचोड इत्यादि सबै वास्तविकतामा दर्हिएको छ / कमेन्ट लेख्नु त तपाइको जस्तो !!
      मूल लेखलाइ सटिक र सार्थक मुख फर्काउनु भएको छ, धन्यबाद !!

    • यति उच्चस्तरको प्रतिक्रिया माइसंसारमा अहिलेसम्म पढेको थिन | ममताजीको बौद्धिकतालाइ अन्तस्करणदेखि नै प्रसंशा गर्न चाहन्छु |

  22. सोचेजस्तो छैन अमेरिका!!!!!!
    दशकौंदेखि अमेरिकामै रहेका र अमेरिकालाई नै स्थायी बासस्थान बनाएकाहरूको पनि जीवन खासै सन्तोषजनक छैन । मन हरपल जन्मभूमितिरै छ । अहिले घरबार जोडेरै बसे पनि जीवनको उत्तराद्र्धमा त जन्मभूमिमै फर्किनुपर्छ भन्ने मानसिकता बोकेर बस्नेहरू प्रसस्तै छन् ।/////////
    सत्यतामा आधारित लेख बहुद मन पराए… अमेरिकमा हाल पुगी सकेको धेरैलाई यो लेख मन नपरेको देखियो .|||..तर यो लेख अमेरिका बासिलाई मात्र हैन संसारमा छरिएका सबै नेपालीको जिबनमा आधारित लेख देखिन्छ||अमेरिकामा मात्र हैन स्वदेश छाडी संसारका कुना कुनामा विदेशिएका सबैलाई सुख भन्दा दुख नै बढी छन्….भौतिक सम्पति जोड्न सके पनि अहिलेलाई सुख सयल डलरको बिटा हातमा भए पनि नाक बाट सिंगान चुइने बेलामा आफ्नो जन्म भुमि सम्झने धेरै हुने छन….

  23. कुरा सहि हो| चाहेरै पनि कति मान्छेहरु जीवनको उत्तरार्द्दमा अमेरिकामा बस्न सक्ला जस्तो लाग्दैन मलाइ| यो देशमा रीटायर्मेंट निक्कै महँगो छ| अन्तिम शास चले सम्मन काम गर्ने भए सक्ला नभए नेपाल फर्किने को संख्या निकै हुन्छ, चाहे त्यो ग्रीन कार्ड होस् या अमेरिकी नागरिक|

  24. यो लेखको सार संछेप भनेको अमेरिका मात्र होइन संसारको जुनसुकै मुलुकमा जानको लागि त्यो मानिस संग बल, बुद्धी, शिप, शिछ्या (सम्बन्धित देशको) भएमा मात्र बिदेशमा जानुस नत्र भने कुकुर नपाएको दु:ख पाउँछ है /

  25. यहाँ धेरै मित्रहरुको विचार र भावना बुझियो र सबैको कुरा हरु आ आफ्नै ठाउमा ठिक छन्. हामी गरिब देशका नागरिकले बेहोर्नु पर्ने नियति नै येही हो. देशमा रोजगार र उज्ज्वल भबिस्य नदेखेर नै प्राय हामी सबै बिदेशिएका छौ. बिदेशी भूमिमा जति सुकै भौतिक आनन्द र शुख सयल पाए पनि आफ्नो भनेको आफ्नै ठाउँ हुन्छ. महिनामा लाखौ रुपिया कमाए पनि घरमा बृद्ध बाबु आमा अनि परिवारलाई छोडेको खिन्नता त रहन्छ नै. त्यो बाहेक पनि हाम्रो जस्तो एशियाको कुना बाट अर्कै ग्रह गए जस्तो पश्चिमी देशमा घुलमिल र संस्कृतिक रुपमा अलगिएको महसुस हुने ब्यबहारिक कठिनाई पनि छ दै छ. देश को स्थितिलाई हेर्दा र परिवार साथि भाइ को कुरा छोड्ने हो भने बस्न लागि त स्वर्ग नै भने पनि फरक पर्दैन. खै हाम्रो देश एस्तो कहिले बन्ला र कुन्नि ?

  26. मित्रले DV भन्या डोको भरी भन्ने बुज्नुभा होला | डोको भरी सुख कमाउनुको लागि ता डोको भरी दु:ख नाझेली के हुन्थ्यो होला हैन त | यो त गाँउबाट सहर पस्दाको को कष्ट र सानो सहरबाट ठुलो सहरमा आफ्नो पहिचानको संघर्ष मात्र हो | बिना कष्ट र संघर्ष राम्रो प्रतिफल कहाँ पाइन्छ हैन र |

  27. अर्काको चाकडी गरेर खान पल्केकाहरुलाई जहाँ गए पनि गार्हो हुन्छ/पाखुरीको पौरखले बाच्न चाहने नेपालीलाई,इमान्दारीका साथ कम गर्न रुचाउने नेपालीलाई अमेरिका, जापान, बेलायेट, जहाँ गएपनि स्वोर्ग छ चोर, दलाल ,फटाहाहरुलाई त नेपाल नै ठिक छ नि किन जानु पर्यो विदेश/ लुटको धनमा मोज नगरेर

  28. अमेरिका नरक हो l लोग्नेको जागिर छैन् l छोरी धोति संग रंग मस्ती l म चाही धोतीको पसलमा काम गरेर ७०० डलर प्रति महिनाको तलबले कसरि घर चलाउने ?

    • मैयाजी छोरी त कमसेकम मस्ती मै रहेछ..कमसेकम दुखमा रहिनछिन !
      – अनि अमेरिकाको कुन ठाउँमा हुनुहुन्छ जहाँ ७०० रुपैया महिनाको कमाइ हुन्छ ?? यहाँ त स्टोरमा काम गर्दा ७.२५ न्यूनतम पारिश्रमिक छ, कम्तिमा ४० घण्टा त दिन्छ / पार्लर जान्नु भाको छ भने १५००-२५०० सम्म कमाइराको छ त / बेबी सिट गरे पनि २००० जति त हुन्छ /
      – तपाइको श्रीमानले काम नपाको कि नगरेको ??
      तपाइले अलि अनावश्यक लेख्नुभयो / साँचै दुखी छ भने न्यूयोर्क आउनुस तपाईलाई १५०० देखि २००० सम्मको काम खोज्दिने जिम्मा मेरो / रूम शेयर गरेर बस्नुस ५००मा खाना लाउन घुम्न सबै पुग्छ /

  29. यो २१ औं शताब्दी अनि सूचना प्रविधिको भरपुर युग – अर्को अमेरिका चन्द्रमा या मंगल ग्रह तिर भए कुरो ठिकै हो | नत्र भावना परस्त मष्तिस्कले सोच्नु भएन धेरै | बरु ठण्डा र खुल्ला दिमागले पूर्व तयारी अनि योजनाका साथ् सोच्नु पर्यो | समुद्रमा पानी छ तर आफ्नो भाँडो अनुसार मात्र झिक्न सकिएला | भाँडो सानो छ भने धेरै चोटी झिक्दा कष्ट भो भन्न भएन | चुइने भाँडो छ या भाँडै नभए समुद्रलाई दोष दिनु भएन |

  30. “सोंचे जस्तो हुन्न जिबन, सम्झे जस्तो हुन्न जिबन, जस्तो भोग्यो तेस्तै हुन्छ, खोजे जस्तो हुन्न जिबन”………… तारादेवी को यो गीत जति सदाबहार छ तेतिनै बेबाहारिक पनि होला नि

  31. एकजना मेरो साथी अमेरिका गएर ७ बर्ष बिताएर अहिले नेपाल फर्किएको छ | के कति कमाइस तेहा भनेर भनेको त बिचरा मलाई पो उल्टै ऋण माग्छा बा ,खै मलाई त तेस्तो लागेकै थिएन पक्का दरो पैसा कमाएर फर्केको होला भनेको त ,तेस्तै हो भने त अमेरिका गएर नि के फाइदा?

  32. If you take advantage of everything America has to offer, there’s nothing you can’t accomplish. ~Geraldine Ferraro
    I can understand the frustration of the writer but i do not agree with what he has expressed. Since november 2008 many people in united states are disappointed with the economy but still it is not impossible to earn a living. What i’ve seen so far, there is no such thing as impossible here. Keep in mind, your kid can be the President of the United States. Just believe in your dreams and do hard work coz dedication and hard work pays off good in America. Negative thinking comes easily and uninvited, try to overcome it and keep the good spirit and see what you will achieve in united states. I’m happily living with my wife and two kids 8 & 1 in United States since 2007. I’m glad we won EDV.

  33. मेरा प्यारा नेपाली साथी भाई हरु,
    मलाई यो लेख अनि प्रतिक्रिया हरु पढेर येती मात्रै भन्न मन लागेको छ कि, विदेश मा बस्ने नेपाली हरुले बुझेका, जानेका भोगेका कुरा हरु लाई किन नेपाल मा सुरुवात नगर्ने, युवा जेनेरेशन को नाताले आफ्नै देश मा गइ राम्रो काम को सुरुवात किन नगर्ने? अमेरिका वा अस्ट्रेलिया राम्रो छ भन्दैमा हामीले विलाशी को जीवन गुजार्नु भन्दा, आफ्नै देश का नागरिक हरुको दुख को लाठि बन्न सकौ भन्ने मेरो अनुरोध छ /

  34. साथिहरु मलाइ त डि. वि. परेर अमेरिका जानेहरुलाइ दुःख छ भनेको सुन्दा त हासो लागेर पो आयो ठिक छ अमेरिकामा दुःख छ भने आउनुस त नेपाल किन दुःख गरेर अमेरिकामा बस्नु हुन्छ । मलाइत लाग्छ न्यूरोड, बानेश्वर, कोटेश्वर यस्तै यस्तै शहरमा बस्ने लाइ मात्र अमेरिका पुगेपछि दुःख हुने हो किनकी वहाहरुलाइ यहा पनि दुःख नगरी खान पुग्ने सम्पति थियो अव अमेरिकामा त काम नगरि माम नपाइने अनि नेपालमा वहाहरुले वर को सिन्को पर नपुरयाइ खान लाउन पुग्ने अनि दुःख त भयो नि तर हामी जस्तो दुर्गम गाउमा बस्ने ४ आना पनि जग्गा नभएको जागीर पनि नपाएको तर हातमा मजाको वल भएको मान्छे अमेरिका पुग्न पाए सायद दुःख हुदैन थियो होला ।
    दशै तिहार मनाउन उ सँग हजार उ सँग पाँचसय माग्नु पर्ने यहा सम्मकी जावो सराद्धे गर्न समेत अर्कासँग ऋण लिनुपर्ने मान्छेलाइ डि.वि परेर अमेरिका पुग्न पाए कसरी दुःख हुन्छ मैले त वुझिन ।

    • कहाँ तेस्तै हो ? भारत जानलाई त भिसा लाग्दैन नि .

  35. यो लेखमा लेखकले अमेरिका जानुभन्दा अगाडि के सोचेका थिए त्यो पनि उल्लेख हुनु पर्थ्यो। शायद उहाँले अमेरिकालाई पनि नेपालजस्तो गफ चुटेर,चाकरी चाप्लुसी गरेर खान पाईन्छ भन्ठान्नुभएको थियो या त त्यहा जानेबित्तिकै जिवनस्तरमा एकाएक चमत्कार हुन्छ भन्ठान्नुभयो त्यसको जवाफ त लेखकसँगै होला। मलाई भने यतिसम्म थाहा छ कि कर्मठ,लगनशील,आफ्नो बाहुबलले मिहिनेत गरेर खाने र सिमित महत्वाकांक्षा राख्नेहरुलाई संसारको जुनसुकै कुनामा गएपनि कष्ट पर्दैन अरुको लागि नेपाल जति राम्रो अरु हुन सक्दैन।

  36. अमेरिका अहिलेको विश्वको शक्तिसाली राष्ट्र हो , त्यसैले पनि १ पल्ट पुगी घुम्नु राम्रै होला. मन लागे बस्नु नलागे आफ्नै प्यारो देश नेपाल आउन कसले रोक्न सक्छ र .
    कौशल भट्टराई
    सम्पादक नया विमर्श साप्ताहिक

    • थोडै यो सरकारी वा दात्री संस्थाको खर्चमा घुम्न गएको हो र मन नलागे फर्केर आउने? काठमान्डौ बाट बसमा चढेर लखनउ गएको जस्तो सम्झनु भएन| ऋण लाग्ने कुरो लेखेको साप्ताहिकका सम्पादकज्यूले किन पढ्नु भएन?

    • सन्तोष जी,
      uae is better than america, I am working here since 8 years, i feel its better than usa. No tention for work….get a salry more than 3 lakh + all the facility from company like bothway tickect to nepal, housing allowance, allowance for child education,leave salary, car allowance, family allowance etc and weekly 2 days weekends off and duty 8 hours only. We have many americans working with us and they also feel same …….uae and here life is better than usa. so, before you write something think twice……………

      • Raja I am with u, I have been working here in gulf since 4yr and I fell really lucky that god bought me here. people has to think wherever they go they should have at least one skill, which is really helpful for them. I am working here in gulf as an information technology engineer and I got everything whatever I want in my life, So far I agreed USA is better place to learn and study but not for those worker who has holding their master degree from Nepali university (TU), so before u wrote something think Santos G????? There are many people and country better than you and far better than USA.

  37. For those who are skilled, educated, patient, honest and hard-working, no place on this planet is hostile.
    And those who fall under another category, struggles to meet their ends even on their own soil.

  38. मुटुभन्दा पनि प्यारो, माटो नेपालको,
    कुनै ठाँउ हुँदै हुन्न, साटो नेपालको ।

    कसै गरी नभुल्नु है, जन्मिएको ठाउँ,
    खाली खुट्टा दौडिएको, बाटो नेपालको ।

    जान्नेबुझ्ने आफ्ना सारा, देशै छोडी जाँदा,
    छाती पिटीपिटी रुन्छ, लाटो नेपालको ।

    जस्तै स्वर्ग भेटे पनि, भरिंदैन मन,
    भुली कहाँ भुलिन्छ र आँटो नेपालको ।

    छियाछिया भा’छिन आमा, देह दुखेको छ,
    तिमी आई मेट्नु पर्छ टाटो नेपालको ।

    • दुखमा पनि कवितै लेख्न पर्याछ कसै कसैलाई |

  39. पेडा होइन लड्डु हो निल जी ”बनारस को लड्डु खाए पनि पछुताउँछ नखाए पनि पछुताउँछ” भन्छन नि ठ्याक्कै त्यस्तै हुदो रहेछ र अमेरिका ? मैले त नेपालमा येत्रो बर्ष काम गर्दा पनि एक सुको बचाउन नसकेपछि सोच्दै थिए अब एक पटक DV भरुं ……

  40. खै म त पछुताएको छैन । पढ्ने मान्छेलाई स्वर्ग सरहै छ भने नपढ्ने अनि नेपालमा जस्तै हाकिम भएर टेबुल कुर्सीमा काम गर्ने सपना देख्नेलाई त नर्क भइहाल्यो नि । मलाई त अमेरिकाप्रति केहि गुनासो छैन । राम्रो पढ्छु, काम पनि त्यति गर्दिन, पढ्ने मान्छे, र फुर्तिलो युवकलाई सजिलो छ ।

  41. लेखक जस्तै कोहि एकजनाले पनि अमेरिका को ब्याख्या गर्नु भनेको अन्धाहरु ले हात्ती छामेर कस्तो छ भनेर बयान गरेको जस्तै हो मेरो बिचार मा. बिशाल पेट छाम्नेको, सूड़ छाम्नेको, खुट्टा छाम्नेको र पुच्छर छाम्ने को सबै को बयान फरक फरक हुन्छ, तेसरी नै अमेरिका को बयान र अनुभव पनि.

  42. मोतिचूरको लड्डु खाए पनि पछुताउने नखाए पनि पछुताउने……………

  43. आफु नमरी स्वोर्ग देखिन्न भन्ने उखान १०० % ठिक हो

  44. नेपालमा भनसुन गरेर खान,लाउन र बस्न पल्केकाहरुलाई अमेरिका सोचेजस्तो हुने कुरै भएन | पाखुरी बजाउने र बौद्विक शिप भएका नेपालीहरु अमेरिकामा शानको जिन्दगी बांचिरेका छन् | विदेश आएपछि देश दुख्ने कुरा त स्वाभाविकै कुरो हो| अमेरिका आएर जो काम गर्दैन, त्यो परिचय बिहिन हुनपुग्छ र सडकमा मिल्काइन्छ आफ्नै आफन्त र साथिभाइहरुबाट! यहाँ श्रम पुज्य छ |

  45. मेरै मन भित्रको कुरा बाहिर निकाल्नु भो!!! धरै धन्यवाद ! नेपाल अहिले नै फर्कने मन भय, भोलि फर्कन सकिन्छ तर फर्केपछि के गर्ने त ?

  46. यसमा अलि सहमत हुन सकिएन साथी……………..किनकि नेपाल मा नाम र दाम भएका हरु त्यति धेरै छैनन्, उनीहरुले यहाँ आएर त्यस्तो सोच्नु स्वबभिकै होला तर त्यो भनेको माथिल्लो ५-१०% मात्र होलान बाकी ९०% मध्धे पनि आधा नै मध्यम स्तरका भए पनि बाकी आधा चाही निम्न स्तरका नै होलान जसको नेपाल मा केहि पनि छैन र घर गुजारा गर्न गाह्रो भै राको हुन सक्छा तर तिनी हरु ले नेपाल मै केहि गरेर जीवन यापन गर्छु भन्ने कुरा पुरा गर्न लै साह्रै नै धोउ धोउ हुन्छा किन कि प्रसस्त अवसर हरु हुदैन कसरि काम गर्ने र तलब/ज्याला मा त्यो महंगी मा कति जना लाइ पाल्ने तर अमेरिका मा अवसर पनि प्रसस्त छ र त्यसरी कमाएर बचेको पैसा ले नेपाल मा गुजारा गर्न र केहि सम्पति जोड्न लाइ मद्दत हुन्छा ………….सबै को लागि त्यति ले सन्तोष नहोला तर धेरै का लागि चाही सकारात्मक नै बुझेको छु मैले………..यहाँ आफ्नो सिप र कला अनि पढाई अनुसार को योग्यता अनुसार को काम गर्न पुन सक्छन कानुनी रुप मा बस्न पाउने हरु ले…….

  47. यिनी ले अमेरिकामा रुखमा डलर फल्छ अनि डोको भरि टिप्न पाइन्छ भन्ठानेका होलान अनि कहाँ हुन्छ त सोचे जस्तो

  48. सोचे जस्तो छैन अमेरिका भन्ने सम्बन्ध मा नेपाल बाट हेरिने पहिलो कुरा चाही के हो भने – अमेरिकामा बस्नेहरु को काम नै डलर टिप्ने हो भन्ने सोचाई हो. पैसा कमाउन गारो छ. कमैएको पैसा रहदैन – दैनिक जीवन धान्न पैसा तिर्नु पर्ने ठाउँ सय वोटा हुन्छ. अर्को कुरा उमेर मा भर पर्छ . आधा जीवन नेपाल मा बिताएका हरुलाई नेपालमा भएका परिवारजन को सम्झनाले सताउन्छा . घरमा बुढा बुढी भैसकेका आमा बाबु हरु हुहुने हरु लाइ झन गारो छ . भन्न त कमेन्ट गर्नु हुने मित्र हरुले नेपाल फर्के भै हाल्छ नि भन्नु हुन्छ तर त्यो तेती सजिलो भने छैन.

  49. नमस्ते,

    माथि को लेख पढेर मलाई धेरै हाँसो उठ्यो. किन भने यो लेख मा पद र मान को कुरा धेरी छ अनि यो अमेरिका मा छैन भन्ने लेखेअको छ, जुन गलत हो. अमेरिका मा हरेक इमान्दार काम गर्ने को लागि एअक्दम मान छ जून नेपाल मा ठुला मान्छे बाहेक आरु को लागि छैन अनि ठुला भनौद हरु गरिब लै सोसर्ण गरेर मानिश को पनि स्थान नदियरा ठुला पल्तियाका छन्. त्यस्ता मान्छे को लागि अमेरिका होइन.
    पक्कि पनि यो मान्छे आल्छी होला. आल्छी को लागि अमेरिका होइन. मान सम्मान त मानिसह आफु ले दिय पछि पौने कुरा हो. आत्मा बाट दिनु पर्छ.
    dha

    मलाई अमेरिका धेरै राम्रो लाग्छ. काम गरेर खान को लागि यहाँ मर्न पर्दैन . सायद नेपाल मा पद को भरमा बशेर खान पायर होला अमेरिका नराम्रो लागेको
    . नराम्रो लागे नेपाल जान बाटो खुल्ला छ. पाखुरा बजायारा खान मन नभय ठगेर खान नेपाल जाँदा हुन्छा. अमेरिका त स्वर्ग हो जाँगर गर्ने को लागि. पद को भर मा ठग गर्ने हरु लै नेपाल मा पनि ठाउँ हुन हुँदैन. मान सम्मान बसी बसी खाने लै होइन.

  50. किन छैन भनेजस्तो अमेरिका ?
    नेपालमा सिन्को नभाच्ने बा-आमा को सम्पत्तिमा राज गर्ने र सुक्को नकमाउने को लागि अमेरिकाले राम्रो पाठ सिकाउछ/ तपाई को छोरा-छोरी बिग्रिए भने सपार्ने ठाउँ हो अमेरिका /
    तर !!!!
    नेपालमै आफ्नो खुट्टामा उभिएको आफ्नो खर्च उठाउन सक्ने र ४-६ जना सदस्य को परिवार पालन सक्ने आँट भएको स्वाभिमानी नेपालीका लागि भने “अमेरिका” अमेरिका जस्तो छैन /
    यहाँ जति ठुलो पदमा बसेर काम गरे पनि तपाई को मन खाली-खाली भएको महसुश हुन्छ/ नेपाल मा भएका बृद्ध आमा-बुवा (गाउँ-ठाउं) को सम्झनाले सताउँछ , नेपाली माटो को वासना को तल्तली लाग्छ, अमेरिकन नागरिकता पाए पनि दोश्रो दर्जाको नागरिक भएको महशुस हुन्छ, मन भीत्र बाट कता-कता आफुलाई धिक्कार लागेको हुन्छ. यहाँ जीवन सुखी हुन् सक्छ तर खुशी हुन सक्दैन जब सम्म तपैले आफ्नो आत्मा लाई मार्नु हुन्न.
    मरेको आत्मा लिएर रमौना सकिन्छ यहाँ तर एउटा रोबोट को रुपमा.

  51. लेख पढे तर पुरा पढ्न सकिन. उही पुरानो अमेरिका मा बस्ने नेपाली को कथा. तेही रोधन तेही पिडा को कथा. अब कुरा यसरी बुझौ. हामी नेपाली अमेरिका आएर पनि तेही मनस्थिति मा हुन्छौ . यो काम राम्रो त्यो काम नराम्रो. तपैले आएर पनि अहिले सम्म काम सबै समान हो भनेर बुझ्न सक्नु भएको रहेन छ. यहाँ आएर सिकेर नेपाल गएर सिकाउने कुरा त कता हो कता. अरु त केहि होइन म तपाइलाई एउटा कुरा चाही भन्छु नेपाल मा यहाँ बाट गएर तपैले अरुलाई काम सबै बराबर हो भनेर मात्रै ५ जनालाई सिकौन सक्नु भयो भने पनि त्यो धेरै ठुलो उपलब्धि हुन्छ . म पनि अमेरिका मा बिगत ४ वर्ष देखि बस्दै छु. हामी नेपालमा बाउ बाजेको तालुमा खेलेर खाई राखेकोहरुलाई नेपाल मा जस्तो परिवार को सपोर्ट त छैन तर मैले आफैले आफैलाई कसरि आत्मा बिस्वासी बनाउने भन्ने येही आएर सिके. यहाँ तपाई कुनै व्यापार गर्छु भन्नुस न कसैलाई घूस खुवानु पर्छ, न त केहि आज को आजै सुरु गर्नुस. तपाई लै एउटा काम मन परेन छोडिदिनुस अर्को सुरु गर्नुस. आत्मनिर्भर र आत्मबिस्वासी बन्नुस. दिमाग खेलौनुस कम्प्लेन गर्न छोड्नुस. मैले पनि धेरै नेपाली हरु देखेको छु यहाँ ७/११ मा काम गर्ने………….ग्यास station मा काम गर्ने हरु ……….बिचारहरुलाई भाषा को कारण ले धेरै दुख भएको छ. भाषा बनाउनुस अंग्रेजी सिनेमा हेर्नुस अंग्रेजी गाना सुन्नुस अरु ले बोलेको ध्यान दिनुस अनि राम्रो काम खोज्न नाछोड्नुस. यो एस्तो ठाउँ हो जहाँ तपाई जहिले पनि केहि न केहि सिक्न पाउनु हुन्छ . तर हामी नेपालीलाइ के छ भने घोकेर डिग्री पास गरे पछि सिक्ने कुरै सकियो संसार मा जस्तो छ. र अर्को कुरा अब तपाई संग दुइटा विकल्प छ या त रुन छोड्नुस या नेपाल फर्किनुस. यो नेपाल मा बसेर अमेरिका को बारेमा पढ्ने हरुलाई दोधारमा नपर्नुहोस. अनि नेपालमा बसेर यो लेख पढ्ने हरुलाई चाही हिम्मत छ आफैमा केहि गर्ने बिना अरुको support भने अमेरिका आउनुहोस नत्र भने तपाई पनि हाम्रो लेखक जस्तो रुनु पर्ने हुन्छ . धन्यवाद.

  52. सबै को कमेन्ट पढेर हासो पनि लाग्यो
    अमेरिका मा सिस्टम छ नेपाल मा सोचेर आयको भन्दा धेरै गर्न सकिन्छ यहाँ

  53. वास्तविक ठिक कुरा हो ! अमेरिका मात्र हैन सबै देशरुमा एस्तै

    समसस्य छ सोचे जस्तो भने जस्तो सजिलो छैन नेपालमा
    बस्ने र हुने आफन्त हो

  54. मा त क भन्छु भने बिदेसमा हामीले चोचेको जस्तो कै पनि हुदैन हामीले मिहेनत र अनुसासन भन्ने कुरा छे जेहोस बिदेस मा सिके जस्तो लग्यो.धन्यवाद

  55. खै भन्नेले भन्दै गर्छन लेखनेले लेख्दै गर्छन तर अहिले सम्म डीभी परेर गएकाहरु नेपाल फर्किएका देखिएको छैन क्यारे | के बुझ्ने के नबुझ्ने, आफुलाई कहिलेइ डीभिले साथ् दिएन तेसैले दुख या सुख सबै नेपालमै भोगी रहेको छु |

  56. I am not totally agree with you. I have been in New York for 4 years doing work and study, i like the life in here because it treats everybody equally. I have a green card so college gives me full financial aid for education, free medical service… , in nepal there has to be force to do anything, everybody back there are experts on politics, cheating and corrupting take place. America is a good place for those who really want to be honest and work hard…, non of the country in the world has this strong rules and regulations as it has.

    • चार चार वर्षा अमेरिका बसेर पनि अंग्रेजी त नेपाल बाट लागेको भन्दा बढेन छ | तर तपाइले भन्न खोजेको कुरो चाही बुझिन्छा है, राम्रै लग्यो कुरो |

    • Free medical service in USA!!! Can you please elaborate it? You might get loan if you have Green Card but college/university gives financial aid to anyone deserving regardless of their citizenship.

      “non of the country in the world has this strong rules and regulations as it has.”– What is your source? Do you think the people who reads your post are foolish that they will believe what ever you write!!!

      This is the age of information and people knows many things about other country. So try to respect the knowledge of the readers’ of your comment by not writing rubbish. Believe me, USA is not one of the best place to live in the world. There are many countries better than the USA. Google to find.

    • तुलसाजी किन झुटो कुरा गर्नु हुन्छ ? मैले जहिले पनि तपाइको आखामा आशु देखेको छु, तपाई कसरि भन्नु हुन्छ यहाँ जीवन खुशी छ भनेर / मेहनत गर्ने लाई के नेपाल मा छैन र ?

  57. सबै कुरा को राम्रा नराम्रा पछ हरु जहाँ पनि हुन्छन. चाहे सोर्ग वा नर्क, नेपाल अमेरिका वा जुन सुकैए देश …. तैसतिए हो ..

  58. बिहान जुरुक्क उठेर चोकमा चिया र चुरोट तान्दै बकम्फुसे गफ दिन पाईन्छ होला भनेर सोच्ने को लागि त अमेरिका सोचेजस्तो भएन होला , तर मैले त सोचेभन्दा धेरै कुरा पाए र सिके अमेरिकामा /मानब अधिकार ,सुरक्छा बेबस्था ,अनि सोचे भन्दा धरै सहयोगी भावना /
    हामी आफ्नै घरसंग जोडिएको घरमा जडिया श्रीमान ले ८ महिना को पेट बोकेकी नारीलाई लछारपछार गरेको हेरेर भन्छौ , त्यो उसको घरभित्रको समस्या हो , तर एस्तो यहाँ हुन्न /रुपया छ गरिब घरकी छोरी बुहारीमाथि हातपात गर्यो भोलि पल्ट पुलिस संग मिल्यो छुट्यो , एस्तो हुन्न अमेरिकामा / २ घण्टा मा अप्रेसन नगरे ज्यान जान्छ अप्रेसन को लागि रु ५०,००० लाग्छ , बिचरो गरिब पैसा जम्मा गर्न नसकेर मर्छ , एस्तो हुन्न अमेरिकामा , यहाँ त हस्पिटलमा जोसुकै मान्छे गएपनि बिरामीलाई पैसाको कुरा भन्दा ज्यान बचाउने तिर जोड दिइन्छ चाए त्यो इलिगल नै किन नहोस / अर्काको महलमा ढुंगा हान्नु भन्दा आफ्नो झुपडी लाई महल बनाउने तिर लाग्यो भनेमात्र नया नेपाल सम्भब छ /

  59. नेपालमा डी भी पर्ने बित्तिकै तपाईको भाउ ह्वात्तै बढ्यो, साथीभाइ आफन्त छिमेकीले गर्ने ब्यबहारमा आकाश जमिनको अन्तर भयो, सधै कुकुरको जस्तो ब्यबहार गर्ने हाकिमले हामीलाई नभुल्नुहोला भन्दै लत्रेको स्वरमा झुकेर बोल्यो, जहाँ गयो त्यही तपाईंको हाईहाई भयो, मान्छेहरु एकाएक तपाईको सामु आफुलाई भुसुना ठान्न थाले अनि तपाईलाई लाग्यो -त्यसो भए अमेरिकामा पनि जहाजबाट उत्रन पाको छैन खैरेले च्याप्पै समातेर मलाई भन्ने छ Sir, this is your apartment, this is the key of your BMW, and we are very very glad to have you as a CEO of this company. हो यस्तै सोचेर आउनुभएको भए सोचे जस्तो अमेरिका हुने कुरै भएन| सोचे जस्तो छैन अमेरिका भन्ने कुरा कसले के सोचेर आको थियो भन्नेमा भर पर्छ|

    ” डीभी परेर तीन वर्षअघि अमेरिका आएका एमालेका एक युवा नेतालाई सोधेको थिएँ–‘पैसा पनि धेरै कमाइसक्नु भयो होला, अब घर किन्ने होला नि ?’ बाहिरबाट हेर्दा अत्यन्तै सुखसयल र ऐश आरामको जिन्दगी बिताइरहेझैं देखिने उनले भने–‘पाँच वर्ष जसोतसो बस्ने हो, त्यसपछि फर्किने । यस्तो ‘जाबो’ ठाउँमा पनि कोही बस्छ ?”

    यो कुरा एकदम सत्य हो त्यस्ता नेपालका युवा नेतालाई अमेरिका साच्चिकै नर्क नै हो| बिचरा कसरी बिताए होला ३ बर्ष, एकदिन टायर बाल्न नपाई ……

  60. आमेरिकामा आउने रहर सबैको हुन्छ तर यहा आउन रहर मात्र हो यहाँको डलरको लोभले न पैसा नि बच्छ न नेपालको लागि टेवा नि पुग्छ त्यसैले अमेरिकाले जिन्दगीलाइ छोटो बनाउछ र शरीरमा भएको कपडा खस्दै जान्छ अनि नेपाली मात्री भाषा बिर्सदैजान्छ थुक्क अमेरिका जय !जय !! नेपाल !!!

  61. साचै अमेरिका सोचे जस्तो हुदैन भन्ने कुरा यहि आएर थाहा हुन्छ / म विगत ३ वर्षदेखि अमेरिकामा छु तर नेपालबाट सोचे जस्तो रहेन छ अमेरिका / सुरुमा अमेरिका नआउदा यस्तो… त्यस्तो….. भन्ने सोच्ने गर्थे तर यथार्थ कुरा यहि आएर मात्र बुझिन्छ /

  62. साचै अमेरिका सोचे जस्तो चाही छैन , म विगत ३ वर्षदेखि अमेरिकामा छु / नेपालमा हुदा अमेरिका गएपछी यो होला त्यो होला भन्ने सोच्थे ….. तर त्यति सजिलो छैन यहाँको जीवन ….

  63. हो, सोचे जस्तो छैन अमेरिका बरु सोचे भन्दा धेरै राम्रो हुन सक्छ | तर सोच्दाखेरी मन परस्त मष्तिस्कले सोच्नु भएन | स्वतन्त्र र परिपक्क दिमागले सोच्नु पर्यो | बिशेष सिप, दिमाग र दक्षता भएका हरुकोलागी अमेरिका उर्भर भुमि हो | यो एक समुद्र हो जहाँबाट भाँडो अनुसारको पानी झिक्न सकिन्छ | जव सम्म हामी सानो भाँडो अथवा खाली हात लिएर धेरै पानी झिक्ने सपना या भ्रमले मुक्त हुँदैनौं तवसम्म विश्व कुनै कुनामा गए पनि चित्त बुझ्न सक्दैन | तर ७ कक्षा अनुतिर्ण (गोपाल किराँती) जस्ताको मन्त्रि बन्ने सपनाका लागी नेपाल जस्तो उर्भर भुमि कुन होला र ?
    होला, अमेरिका धेरै प्रवासीहरुका लागी कष्टकर तर २ छाक ‘मिसावट’ रहित मिठो मसिनो खानकै लागी भने काफी नै छ | अमेरिका बसाइका क्रममा दू:ख त मलाई पनि लागेको छ, अझ इर्ष्याले जल्छु पनि कहिलेकाहीं मेरो प्यारो जन्मभूमिसँग यसको तुलना गरेर | आदर्शवान् जवाफ त मसँग पनि छ तर व्यवहारिक रुपमा नेपालमा केहि गर्नका लागि तिनै २ कौडीको नेता गिरीको गुलामी गर्नु पर्छ | अनि संगत गुनाको फल र समाजको खोक्रो आडम्वर ढाक्न अझ के-के हो के-के …….. भो कुरै नगरौं ….आदर्शले पेट भरिन्न …. गफै त हो |

  64. अन्तिमको हरफ चै सारै मिठो लग्यो मलाई चै…. मैले देखे को अमेरिका तेही हो

  65. साथी हो,,,कतार जानु मलेसिया साथी हो दुबई जानु. अमरेका. अस्तेर्लिया गयर नेपाल लाई के फाइदा उतई कमायो उतई खर्चा गर्यो. साथी हो जानु कतार. दुबई कसेकम नेपाल को लागि राम्रो हुन्छ.

  66. हो केहि वर्ष देखि म पनि यही देशमा रहेको कारण यो लेख म आफैले भोगी रहेको यथार्थ संग मिल्छ ता पनि शुद्द अमेरिकी हरुबाट सिक्नु पर्ने अनुसासन ,इमान्दारिता र मेहिनती चरित्र को ठिक बिपरित आफु हुनुका साथै जन्म भूमिको माटोको मूल्य बिदेशमा हुँदा अमुल्य भएको कारण एस्तो भएको हो जस्तो लाग्छ मलाई /

  67. I like a way how an article like this is presented in mysansar.com. There is always a similar situation everywhere including in our own county like when a person comes to Kathmandu from a village he has the same dream like mentioned in an article above and wants to go back to a village after sometime if some kind of frustration comes in between.
    Let me say something here-If you want to come to America. Try to get a professional degree and work only 40 hours per week at least $15- $20.00 an hr. In 2-5 years you will get 3-4 wks of vacation time, 6-7 paid Holidays in a year-buy a new car in 1-2 years and house in 4-5 years. You will be all set-Live with the American dream that you thought before you came here.
    Yes- not everyone can get a professional degree so they go to work in a restaurant/ gas station which are cheap paid jobs without any required profession and so need to put lots of hour to achieve their survival point. So please do a hard work to get some degree and get a suitable job and be happy.
    America is the only best place so far in the world-so if you can work hard to get a degree and work hard to maintain it- join us here.

  68. बसेर कम नै नगरी पैसा कमौना र खान खोज्ने हरु को लगी होइन अमेरिका.बाऊ आमा को पैसा उदौना बानि लागेको लै दुख हुन्छ यहाँ नत्र भनी काम मा नै सुख खोज्ने हरु देखेको छु मैले.

  69. The topic is relevant and informative. However, I feel myself the article lacks many aspects about the reality of USA (such as many positive aspects of the US such as rule of law including the aspects social justice, social security, fair work evaluation, appreciation of good work etc.). I am living in USA for last 11 years.
    I think, the definition and degree of “happiness/satisfaction” depends on individual ‘s perception. I see a major flaw in part of those people either who do not do enough research about the social structure and life style of America before they come here or who do have a high expectation from this land before knowing the reality. Although there has been a high migration rate from Nepal to USA after late 90’s, it is unfortunate that people do not have much awareness about post-migration life, challenges and oppurtunites after they settle in America. The frustration/depression begins after they experience a big difference between their expectaton and achievement. So I wold like to suggest people to clearly define their purpose and goal (expectation) before they decide to leave for America and do enough research and analysis whether they can achieve the thing (expected goal) after they land here. And alternatively be prepared what you would do if you do not achieve what you expected. You cannot blame others because of your mistakes. One of the biggest weaknesses in Nepalis (including me) is that we shy to learn things and we have fear of rejection/failure (we shy to say “I don’t know” and listen to others – and do not have patient to learn from others). Like “No one is perfect”, there is “No one perfectly happy” in this world. It is intuitive that the degree of happiness varies. But the question is that “Are we trying to search happiness with external materials (e.g., expensive SUV, beach house, multi-million dollar business) or with internal peace/happiness?” If you we seek satisfaction/happiness of the first kind (external) it is unlimited/endless and if we seek the second type of happiness then we have to define our expectations and limits. Of course, America is not good for those who spent major part of their lives in Nepali politics (where less constructive and more destructive thoughts occur in minds), who used to do jobs/trades that made them millionaire overnight with illegal money, and for those who do have health problems etc. But for those who seek the future basically through higher education (which is the best here — and most expensive and less job-predictive due to the peak recession at present) and school education for their kids, it could be one of the best choices. Once they are here, they have to work hard, no bribes, no cheating and so on. So, please try to assess practically before you come here and work honestly after you are here (even though you are/will be affiliated with some Nepali organization/s work honestly since the truth will reveal someday and the U.S. rule/law will track you sooner or later). And finally, I think it will be wise to contribute something to Nepal sooner or later (sooner is better) in unselfish manner and it would be the best to return Nepal and use your skills, knowledge, resources etc. make Nepal better place to live.

  70. मलाई त अमिरिका ठिक लाग्छ किनकि अमरिकामा ३ दिन काम गरे १ मैन्ना खान पुग्छ नेपाल मा ३ मैना काम गरे १ मैना खान पुग्दैन दुख त गर्न पर्छ तेई दुख नगरेअर त नेपाल मा दुख पाको होनी ………….

    • यस्तै कुराले त् गम खान्छ हामी नेपालीमा|

      प्रनिशाजी, तीन दिन काम गरेर एक मैना खान पुग्ने कस्तो काम हो? कि अमेरिकामा तीन दिन काम गरेर नेपालमा महिना दिन खान पुग्छ भन्नु भएको हो कि?
      मेहनत र इमान्दारीले कमाएको खर्च पनि त्यही अनुसार गर्नपर्छ|

    • ओहो ३ दिन काम गरेर १ महिना खान पुग्छ र भनेको अमेरिकामा ? एकदम सस्तो ठाउँ रहछ. बाकी रहको २७ दिन पनि काम गर्यो भने त अज्ज़ १ बर्स काम गयो भनेता ओहो ..अमरेकामा बाचन १ महिनाको ९०० डलर ३ दिनको ९०० डलर अनि बर्सको????????? ओह नेपालीमा हिसाब गर्यो भनेता कल्कुतर पागल हुन्छ ..हा हा हाहा ………….

  71. I wrote a similar article a while ago, and below is the comment from one of my Nigerian friends.

    Despite all of the struggles, hardships and gnashing of teeth in the USA, it is still has to be one of the best countries in the world to live in. The things we consider basic necessities in the USA, e.g. constant water and electricity is a luxury that only the rich can afford in Nigeria. If you’re seriously injured, without a dime in your pocket, and you walk into any emergency room in the USA. They are obligated to & will provide you the medical care you need. That’s why the poor in America go to the ER for anything ranging from cough to sore throat to headaches to the real emergencies. If for some reason the hospital refuses to care for you, they are held liable and can face criminal charges for that. If you’re in the same situation, and you walk into an emergency room in Nigeria, you’ll bleed to death. If one of the doctors or nurses decides to be nice and take care of you, they will be reprimanded by the hospital.The jobless rate in America is about 11% i think, and everyone is wailing and crying. Obama is doing everything he can to fix it. While the jobless rate in my country is probably over 40% and has been that way for years. Leaders get elected, they embezzle funds, they leave, while the citizens continue to wallow in poverty and desperation. If you’re getting robbed, or your father is having a heart attack you call 911 and they’re there in minutes. Well try that in Nigeria and get the biggest shock of your life when you realize that the police and the thieves are one and the same. And the ambulance doesn’t have any gas in it. One of the things that amazes me the most about America is the polls. That the politicians actually care what the people think about them, baffles me beyond anything. All the above and much, much, much, much more are the reasons why people struggle to get into the USA. There’s a story of a Nigerian guy who in his desperation to come to America sneaked into the hanger in an airport and hid himself under the plane. Well, when the plane took off, the wheels folded in and killed the guy. I have been searching for a job since february so I feel your pain, but the attraction people in developing countries have to America is not unfounded. America is definitely one big dichotomy… even that is an understatement.

  72. अमेरिका भनेको ढ्यांग्रो हो, टाढा बजायो भने त्यसको आवाज मिठो सुनिन्छ, त्यही आवाज नजिक आउँदा झर्को लाग्छ| अमेरिका आउन चाहनेलाई मा केवल दुइटा सल्लाह दिन चाहान्छु : १. शिप र बौद्विकरुपले चुस्त र दुरुस्त भएर आउनु पर्यो| २ कि बलिष्ठ पाखुरी लिएर आउनु पर्यो| कोरा शिक्षा – डबल एम ए त के, ट्रिबल एम ए ले पनि यहाँ केहि लछारपाटो लाग्दैन| बरु सिकर्मी र डकर्मी भयो भने तिनको पो भाउ हुन्छ | ठगेर र काम चोरेर खाउँला भनेर त सोच्दै नसोचे हुन्छ | पेट्रोल पम्पमा चोरेर खान पाइन्छ भनेर यदि कुनै अमेरिकीबासीले तपाइंलाई मुख मिठ्यायो भने त्यस्तो चोर बुद्विको लहलहैमा लागेर अमेरिका नआउनुहोला| नेपालमा चन्दा मागेर खान पल्केका परजिवीहरुलाइ अमेरिकी grocery store काम लगाउन पाए क्या मज्जा हुन्थ्यो| अमेरिका मिहिनेती, श्रमजीवी, इमान्दार, उधमशील र कर्त्ताब्यपरायण व्यक्तिहरुकोलागि उत्तमस्थल हो भने, परजीवी, ठग, कामचोर, अल्छे, सुकुलगुण्डा, हुतिहारा र चन्देहरुले चाहिं यहाँ कुकुरले नपाएको दुख पाउँछ| पश्चिमतिरका एकजना साधारण साक्षर गुरुङ भाइले घर-निर्माण कम्पनीमा निरन्तर ५ बर्ष जति काम गरेर काठमाडुमा भव्य घर बनाएका छन्| अठोट, हिम्मत र मिहिनेत गरेको खण्डमा अमेरिकामा बसेका प्रत्येक नेपालीले गुरुङ भाइले गरेजस्तो नसक्ने कुरै छैन | तर हाम्राहरु पैसा थोरै भएपनि कुर्सीमै बस्ने काम खोज्छन| माथिल्लो लेभलको कुर्सीमा बस्नेहरुले त राम्रै भेट्टाउन्छन्, तर तल्लो लेभलको कुर्सीमा बस्नेले घन्टाको १०, १२ $ सिवाय भेट्टाउन्दैन, जबकी ती गुरुङ भाइ पाखुरी बजारेर घन्टाको २० $ बनाउन्छन्| अझ चीनबाट आउँदा भुटिभांग केहि नलिई आएका एक चिनियाँ दम्पतीले लोग्ने स्वास्नी दुवै मरुन्जेल खटेर ६ बर्षभित्रमा न्युयोर्कमै घर किने| कोरियाली र चिनियालीहरुको अगाडी त हामी नेपाली महा-अल्छेमा गनिन्छौं| तसर्थ मा सबैलाई अमेरिका नआउनुस भन्दिन, आउनुहोस, अमेरिकीहरुलाई पनि मात गर्ने बुद्वी लिएर आउनुहोस, या गगनचुम्बी भवनसंग जुध्ने बल लिएर आउनुहोस| फिष्टे र कोरा शिक्षा मात्र लिएर आउनु भयो भने भारतीय र कोरियनले उनीहरुको रेष्टुरेन्ट र ग्रोसरी स्टोरमा दलेर ल्याएर पठाउँछ |

  73. यहि अबस्थामा त नेपाल भन्दा अमेरिका ठिकै होला तर अलिकति केहि सुद्रिने हो भने चाहिं नेपाल नै ठिक हुन्छ है, त्यसैले अमेरिका जान paaeyana भनेर या आउन नहुने रहेछ भनेर पछुताउनु भन्दा पनि जता पनि ustai हो je गरि rakhiya ko छ tyahi काम, जता काम गरि rakheko छ उत्ती गरि राखे फरक नपर्ला . मानिस हो, je छ त्यसमा सन्तुस्ट हुन त कहाँ सक्छ र!!

  74. मेहनत गर्नेलाई मात्र हो अमेरिका|
    नेपालमा गफ लडाएर एक वर्ष आधा समय यो विदा र त्यो विदा लिने घाम तपुवा कमर्चारी र त्यस्तो प्रबित्ति भएकोलाई हैन| अमेरिकामा वाच्न मेहनत गर्नपर्छ, मेहनत| कि हुनपर्यो शीप नत्र भने मेहनत गर्ने लगनशीलता| नेपालमा अधिकृत भएर पियनलाई काम अह्राउने संस्कार अम्रिका जान अघि यही छाड्न पर्छ| अमेरिकामा कसैले घोक्राएर लाने हैन, आफ्नो च्वायासले जाने हो| अमेरिका जान अघि त्यँहाको स्थितिको बारेमा सबै सुचना उपलब्ध छन्|
    हाम्रा नेपालमा अयोग्य, असक्षम र अल्छे व्यक्तिहरुले जताततै नाता गोता र जातको प्रभावमा पद ओगटेका हुन्छन| उनीहरुको प्रभावकारिता कामको दक्षतामा भन्दा उनी को हुन् र कसलाई चिनेका छन् र चिप्लो घस्न कति माहिर छन् त्यही योग्यताले अरुलाई पिटेर खाईरहेका हुन्छन| समुद्रपारको देशमा वसोवास गर्ने मनसायले गएपछि आफुलाई पनि त्यही अनुरुप मानसिक तयार पारेर जान्पर्छ| कुइएको कार्य संस्कार र सोचलाई नेपालमै तिलान्जली दिन नसक्नु ठुलो कमजोरी हो| श्रमको महत्व बुझ्ने मर्यादाको कदर र सही मुल्यांकन गर्न परम्पराको प्रसंशा गर्न सक्नुपर्छ|

    अमेरिका पुग्न साथ सबै नेपाली बराबर हुन् आउँछ, केवल शीप, मेहनत र योग्यताको भरमा बराबर गणना हुन्छ| यो जात र उ जात अनि त्यो फलानाको छोरो र छोरी भनेर लाममा अघि बस्न दिईदैन| कानुन र न्यायको नजरमा पनि सबै बराबर ठहरिन्छ| वास्तवमा हाम्रो नेपालको गणतन्त्रको लक्ष्य पनि त्यही हो र यो अझ पुरा हुनसकेको छैन|
    नेपालमा गफ हाँकेर र अरुको मेहनतमा आफ्नो मोज गर्नेलाई अमेरिका पुगेर त्यहाको अनुभव नमिठो सपना हुनसक्छ| अरब, कोरिया र जापान आदि देशमा हाम्रा नेपालीले मेहनत गरेर कमाई गरेका छन्| अधिकतर नेपालका काम गर्ने र गरिखाने जति अरब, कोरिया आदि मुलुकमा जान्छन र धेरैजसो मुखैले र सुखैले खाउँ बसु भन्नेहरु अमेरिका जान चाहन्छन| हालको आर्थिक मन्दीले रोजगारी पहिले भन्दा गाह्रो भएको होला तर मेरो आफ्नै विचारमा अन्य मुलुकहरुको तुलनामा मेहनत गर्नेका लागि अमेरिका स्वर्ग हो| विशेष गरी यंग जेनेरसनको लागि अवसरको पराकाष्ठा हो अमेरिका|

    • मनजीले पारी भित्तैमा पुग्नेगरी भन्नुभयो, मेरो मनै हल्का भयो |

    • मन सोल्टी तपाईंको हरेक शब्दहरुमा गहनता छ ! नेपालमा धर्मको आधारबाट, भाषाका आधारबाट ,जातिको आधार बाट ,चिप्लो र चाप्लुसी को आधार बाट फाइदा पुगेका वर्गका लागि अमेरिका सोचेको जस्तो पक्कै नहोला, तर हामी जस्ता कुनै आधार नभएका मान्छे हरुको लागि त जहाँ गए पनि परिश्रम,नैतिक र इमान्दार नभई हुँदैन !हाम्रो लागि कानुनमा बराबर नभएको देश कहिँ पनि ठिक छैन! बरु यही देश नै ठिक होला!

  75. तपाइको लेख पढेर खुसि पनि लग्यो दुख पनि लाग्यो किनकि नाच्न नजान्ने हरु सधैं आगन टेढो नै देख्छन . यहानिर के बुझ्नु जरुरि छ भने आजको कुनै पनि बिकसित मुलुकहरु त्यतिकै विकास भएका होइनन . उनीहरुको पनि कहाली लाग्दो इतिहास थियो र त्यतिकै संघर्ष पूर्ण समाज र जीवन छ. तर हाम्रा मित्रले भन्नु भए झैँ मानसम्मानले बचेका तपाईं जस्तो नेपालीलाई अलि पचेन होला . कतै तपाईं पनि नेताहरुको आशिर्वाद पाएर …आफ्नो मेहनतको कमै खानलाई अप्ठेरो परेको त होइन.. . तपाइले कति डाक्टर, इन्जिनिएर, ..भन्नु भयो ..कति qualified होलान त उहांहरु .. धेरै जसो त पैसा र सोर्स फोर्सले भएका होलान नि .. नत्र त … गल्ति भए माफ गर्नुहोला …नत्र काम गरेर आज यो संसारमा को सानो भएको छ र? भर्खरै दिवंगत हुनुभएका apple कम्पनीको सस्थापक Steve Jobs को नै उदाहरण लिने हो भने सबै प्रस्ट हुनुपर्ने हो ..यति मात्रै भन्न चाहान्छु कि हाम्रो देश अधिकांश गफ चुटेर खाने हरुको हो न कि मेहनत गरेर ….तपाईं पनि एकचोटी मेहनतको कमाई खाएर त हेर्नुस अनि यस्तो निरास भएर गनगन गर्नु पर्ने ठाउँ नै छैन नि ….कि कसो मेरा सबै आशाबादी एबम परि श्रमि मित्रहरू? त्यसैले मित्र के भन्न चाहान्छु भने लेखहरु सके सम्म optimistic लेखौ न कि pessimistic .. भनेर मैले तपाइको लेख्ने अधिकार खोस्न चाहेको चाही अवस्य होइन.. तर अन्त मा के भन्न चाहान्छु भने USA , UK , अस्ट्रेलिया… यी देशहरु भनेका गर्न सक्नेलाई अवसर भएको देशहरु हुन…मेहनत गर्दैमा अवस्य पनि आफ्नो स्वाभिमान गुम्दैना होला जस्तो लाग्छ .. मेहनत वा दु:ख गर्दैमा कस्तो खाले स्वाभिमान जाने कुरा गर्नु भएको हो यो पंक्तिकारलाई बुझाइदिनु भएमा आभारी हुने थिएँ . त्यत्तिकै मनको बह पोखाउनु भएको हो भने त लेख रमाइलै छ . भन्दै एउटा सानो कथा पनि सुनाउन मन लाग्यो … कुरा दुइ वटा मुसाहरुको हो.. खानेकुराको खोजि गर्दै दुइ वटै बिर्को नभएको दहीको ठेकी भित्र खस्न पुगेछन .. अनि एउटाले चाहि एक दुइ चोटी उफ्री हेरेछ ठेकी बाट बाहिर निस्कनालाई अनि हार मानेर त्यहि डुबेर आत्मा हत्या गरेछ तर अर्को चाँही संघर्शील रहेछा .. दहि भित्र पौडी खेलेर उफ्री उफ्री दहीलाई नौनी को डल्लो पारेछ अनि त्यहि नौनी मा टेकेर फुत्त बाहिर उफ्रेछ … त्यसैले आफुलाई कुन मुसा बनाउने हो त्यो त मित्र हो आफ्नै रोजाई होइन र ? बस भातृत्वको भाव मा सकारात्मक सोच राखौ भनेर लेखिएका हरफहरु हुन् अन्यथा अर्थ नलाग्ला . ‘बसुदैब कुटुम्बकम’

  76. यो डिभि भनेको पनि बाढिको खोलाले ल्याएको कम्बल जस्तो पो लाग्यो हौ ! यहि सन्दर्भको एक लघु कथा ।

    गाउँको छेउबाट एउटा ठुलो नदी बगेको थियो। सधैं झैं वर्षायामको झरिमा ठुलो बाढि आयो। अक्सर बाढिले नदीको माथिल्लो भेगका पुरै गाउँ बगाउँथ्यो। नदी सतह देखि निकै उच्च ठाउँमा गाउँ भएका नदीको पुछारतिरका गाउँलेहरुलाई भने नदिको बाढि फाईदाजनक हुन्थ्यो। कारण, बाढिले बगाएर ल्याएका किसिम किसिमका उपयोगि सामान छोप्न पाईने भएका ले। त्यो सालको बाढिमा पनि गाउँका पौडिबाज युवाहरू तँ छाड र मछाड गर्दै कट्टुमात्रको भेषमा जाडोले अलि अलि काम्दै नदी किनारमा लाम लागे।

    नदीको विचमा कुनै उपयोगि लाग्ने चिज देखिने बित्तिकै पौडिबाज युवाहरु नदीमा हामफालि हाल्थे, र सबैभन्दा पहिले पुग्नेले बाढिको माल हात पार्थ्यो। त्यस्तैमा परबाट एउटा कालो कम्बल जस्तो चिज देखियो। ए..ए…कम्बल आयो कम्बल भन्ने हल्ला संगै सबै पौडिबाज युवाहरु नदीमा हामफालि हाले। सबैले सकेसम्मको बल र सिप लगायर पौडन थाले। एकै छिनमा एक पौडिबाजले अरुलाई उछिन्यो। अरुले हरेस खाँदै रित्तो हात नदी किनार तिर फर्के। किनारमा उत्रे पछि यो टोलिका पौडिबाज बाढिको कम्बल हात पार्न नसकेकोमा पछुताउन थाले। “ओहो यो त कम्बल को बिटो जस्तोपो छ त, पक्कै एक दर्जन कम्बल होलान”, “हिजो सल्लेरि बजारको मोटे साहुको पुरै कपडा पसल बगायो भन्ने खबर आएको थियो, मोटे साहु त जापानी कम्बलको डिलर नै हो नि त, हेर यो त पक्कै जापानी कम्बलकै बिटो हो, थुक्क कस्तो भाग्यले साथ दिएन हे यसचोटि, वीच बाटै फर्कनु पर्यो”- हरुवा पौडिबाज हरुका यस्तै गन्थनका साथ थकथकाउँदै थिए। अझ कोहि त एक अर्कालाई पौडने सिलसिलामा बाटो छेकेको या अल्झाएको आरोप लगाउन थाले। कोहि भने सबै भन्दा पहिले आफुले देखेर कम्बल..कम्बल..भनेर कराएको हुनाले मालको केहि अंश आफुले पनि पाउनु पर्ने दाबि तेर्स्याउँदै थिए।

    उता सबैलाई उछिनेर “कम्बल” तिर पौडिंदै गरेको युबाका आफन्त जनहरु भने खुसि र उत्सुकता मिश्रित भावमा हरुवा पौडिबाजहरुलाई सान्त्वाना दिंदै थिए, “के गर्छौ, भाग्यमा लेखेको मात्र पाईन्छ क्या, धैर्य गरन हो, बाढि सकिएको त छैन नि, के थाहा तिम्रो भागमा अझ किमती चिज पो पर्ने हो कि?

    यसै बिच बिजेता पौडिबाजले “कम्बल” समात्यो। आफन्तजनहरुले खुसि प्रकट गर्दै एक राउण्ड तालि बजाए। सबैमा कम्बलको बिटो खोलेर मालको लेखा जोखा गर्ने उत्सुकता र बेचैनि देखिन्थ्यो।

    तर बिजेता पौडिबाज “कम्बल” समातेर नदी किनार तिर पौडनुको साटो नदी संगै तल तल बग्दै थियो। आफन्तजनहरु पनि हातको ईसाराले चाँडै पौडेर किनार तिर आउ भन्दै किनार किनार तल तल सर्दै थिए।

    पौडिबाजको व्यथा भने बेग्लै थियो। कम्बल भनेर बेगले पौडिंदै छोप्न गएको चिज कम्बल थिएन, त्यो त बाढिले बगाउँदै ल्याएको अजङ्गको भालु पो थियो। बिजेतापौडिबाजले भालुको कम्पट समातेको छ, छाडौं भालुले कोपरि हाल्छ, भालुको कम्पट समात्दै नदी संगै बग्नु को बिकल्प छैन उ संग।

    किनारका हरुवा पौडिबाजहरु र बिजेताका आफन्तजनहरुका लागि भने त्यो “जापानी कम्बलको बिटो” नै थियो।

    यसो कुरो बुज्दै जाँदा त यो डीभि भन्ने जिनिस पनि यस्तै बाढिको “जापानी कम्बलको बिटो” जस्तै पो लाग्यो हौ !!!

  77. हामी विदेश मा बस्ने सबै नेपाली हरुको कहानी उस्तै हो साथी. तर यो तितो सत्य पढेर मेरो मन सारै दुखि भयो..मा अस्ट्रेलिया मा बस्ने नेपाली ठिटो हु र यहाँ को हाम्रो कहानी पनि ठ्याक्कै उस्तै छ. के गर्नु हाम्रो बद्यता नै यस्तै छ..

  78. हामीले मन पराएपनी-नपराएपनी अमेरिका बिश्वोको सबैभन्दा धनी, बिकसित, र बलवान राष्ट्र हो, अर्कोतर्फ हाम्रो पुन्टे नेपाल हाम्रालागी जतिनै प्यारो भएपनी निकै गरीब, अनी बिकास मा धेरै पछाडि छ। यस्अर्थमा यि दुई देशबिच तुलना गर्नु तेती सान्दर्भिक देख्दिन म। हामीले अमेरिकासँग नेपालको तुलना गरेर बस्नुभन्दा अमेरिका लाई हेरेर धेरै कुर सिक्दा फाईदा हुन्छ ( जस्तो कि शान्ती सुरक्षा, customer सर्भिस, आफ्नो कारणले अरुलाई दु:ख नहोस् भनेर सोच्ने बानी, आदी यित्यादी
    केहि राम्रो- नराम्रो पक्ष्य सबै समाज मा हुन्छ, अमेरिकामा पनि पक्कै छ.
    नेपालीले अमेरिकामा दुख पाउनु को पछाडी मैले देखेका केहि कारणहरु:
    १. हाम्रो अंग्रेजी तेती प्रभावकारी हुदैन
    २. नेपालमा चै मेरो बैंक मा लाख-करोड छ भनेर झुटो कागज देखायो अनि अमेरिकामा आएपछि चै ८०-१०० घण्टा काम गर्यो खानबस्न अनि क्याम्पस लाइ तिर्दै ठिक्क , की काम पायियेना भनेर रोयो.
    ३. हामी कुनै बिशेष शिप, कला अथवा त्रेनिंग लिएर आएका हुदैनौ. जे होगा देखाजाएगा भनेर अमेरिका आउछौ

    अमेरिका हामीले सोचेजस्तो नहुनु कतै हाम्रै कमजोरी पो हो की त ?

    • “अमेरिका बिश्वोको सबैभन्दा धनी” रे/ कसरि? उसको त्यो १४ हज्जार बिल्लियन (१४ त्रिल्लियन) डलर ऋण बिर्सनु भयो, कि थाहा नै छैन/ उसले बर्षको १६० बिल्लियन डलर त ब्याज मात्र तिरेर बसी रहेको छ त्यो ऋणको/ ऋणको details हेर्न चाहनु हुन्छ भने तलको लिंक visit गर्नुहोस्:
      http://en.wikipedia.org/wiki/United_States_public_debt

  79. हामी विदेश मा बस्ने सबै नेपाली हरुको कहानी उस्तै हो साथी. तर यो तितो सत्य पढेर मेरो मन सारै दुखि भयो..मा अस्ट्रेलिया मा बस्ने नेपाली ठिटो हु र यहाँ को हाम्रो कहानी पनि ठ्याक्कै उस्तै छ. के गर्नु हाम्रो बद्यता नै यस्तै छ..

  80. निल जी ,
    नमस्कार है
    तपाइको लेख पढी रहदा खै कता हराएछु ,आखा बाट आशु झरी सकेछन \ अमेरिका मात्र होइन जिबन नै सोचे जस्तो नहुने रहेछ जस्तो अनुभब मलाइ लागिरहेको छ \ दोधार मा जिउन बाध्य यो जिन्दगि कतिखेर कहा ढल्ने हो थाहा छैन तर पनि जे हुन्छ राम्रो को लागि नै हुन्छ भन्ने इस्लामिक भनाइ लाइ सत्य मान्ने हो भने जिबन आफनै घर ,परिबार ,समाज ,रास्ट्र बीच पनि सोचे जस्तो भैराखेको छैन र हुदैन पनि \ हो आफ्नो घर ,परिबार ,समाज ,रास्ट्र बीच जस्तो भित्रि आनन्द ,खुसि र शान्ति अन्त नपाइने रहेछ तर पनि यो जिन्दगि आफ्नो लागि मात्र होइन अरुको लागि पनि हो भन्ने बुझाइ बुझ्ने हरुको लागि गर्ब गर्ने ठाउ बन्दो रहेछ \ आफ्नो घर ,परिबार ,समाज ,रास्ट्र छोड्दा जति मन रुन्छ त्यति नै रास्ट्र र समाज लाइ सहयोग गर्न नसके पनि आफ्नो परिबार ,आफन्त लाइ सहयोग गर्न सक्ने आधार बिदेशी कमाईले पुराउन सकेको मेरो स्थिति प्रति म गर्वित छु भलै ति आफ्ना हरु सम्झेर रुन किन नपरोस \ आफु बिरामी हुदा म युरिक एसिडको बिरामी नेपालमा छदा युरिक एसिड बढेर सात दिन सम्म आफ्नै कोठामा हलचल नगरी बसेको बेला पनि रोएको छु त्यो रुवाइ रोगको थिएँन शोक को थियो हरदिन साथमा रहने परिबार ,आफन्त ,साथीभाई ,छरछिमेकी आफ्नै जिन्दगि बिताउन मा मग्न थिए केहिलाइ बाहेक धेरै लाइ मेरो हालचाल बुझ्ने र अनुहार हेर्ने र देखाउने समय र मन पनि थिएँन \ हो त्यहा निर मैले जिन्दगि बुझेको थिए म रोएको थिए \ हेर्नुस त जिबन कस्तो रहेछ ! संसार कस्तो रहेछ !यस्तो भोगाई भए पनि आफ्नो तर्फ बाट गर्नु पर्ने सहयोग मैले छाडेको छैन \घर ,परिबार ,आफन्त सम्झेर रोएकै छु ,साथीभाई ,समाज र देश सम्झी तड्पिएको नै छु \ आफ्नो लागि मात्र होइन अरुको लागि पनि जिउन सिके कुनै पनि घर ,परिबार ,समाज ,रास्ट्र त्यो देशको नागरिक को लागि सुख र शान्तिले बाच्ने ठाउ बन्न सक्छ \
    निल जी तपाइको लेख यथार्थपरक र बुझ्नै पर्ने खालको छ \ खुसि लाग्यो \

  81. I read your post and wanted to tell you that this is your personal story. I can tell you that I am living my dream life in here. If you want to contact me let me know. You are responsible to make your life miserable not USA itself.

    • I am also living in USA more than 6yrs.what he write its true.we can’t say that one of you were living good life in America was a dream for every one but most of the Nepalese are in vulnerable condition and living like labor(kulli) i have seen almost American Nepalese in many state.Those who like to come America they must have to think 100 times who are good position in Nepal and those who are labor class in Nepal they are always welcome and don’t think anything else just come going to gulf countries is better than coming America but only in climate .Its a bitter truth.and i am a labor class in Nepal .so USA is a heaven for me and like me

    • “I can tell you that I am living my dream life in here.”

      then, -अर्काको अनि अर्काले बनाइदिएको देशमा- living a dream life in America or elswhere is anymore worth telling with any sense, or anyway!
      Sorry!

      • ”I can tell you that I am living my dream life in here.”
        Yes you can ofcourse ”tell” that you are living your dream life in US but you are not living. People like you can only “tell” but aren’t doing.
        Its like the CA members ”tell” they are working hard for constitution.
        लौजा अमेरिकाको नोकर ले उसलाई मात्र अंग्रेजी आउछ भन्ठान्या होला!

  82. म छात्रवृति पाएर जर्मनी आएको थिए . यहाँ बाट फर्किएर नेपाल को सरकारी अधिकृत स्तर कै जागिर मा फर्किने सोचाई बनाएर यहाँ बाट फर्के. तर के पाए मैले? सोर्स फोर्स न भएको ले न त म लाई हाजिर गराउन माने न त जागिर बाट निकाल्न नै .अनि सुरु भयो singhdarbar को चकर काट्ने दिन. यसरि नै बिते ६ महिना त्यसपछि दिक्क लागेर फर्किए जर्मनी . यहाँ आए देखि न त कसैको चाकरी गर्नु परेको छ न त कसैको चाप्लुसी. आफ्नो मेहनत ले आज म यहाँ जे गर्दै छु त्यसमा सन्तुस्ट छु.
    यहाँ आउने पत्रकार र engineer हरु पनि छ. न त् भाषा जान्द छ न त यहाँ को समाज म़ा integrate हुन सके को छ अनि dipression को सिकार भएको छ. कहिले नेपाल जस्तै यहाँ पनि गफ चुट्ने ठाउँ खोज छ त कहिले ढुकुटी खेलेर मन बहलाऊ छ अनि जर्मनी र जर्मन लै गाली गर्छन अनि भारतीय र पाकिस्तानी को पसलमा काम गर्छन. यसतै छ विदेश म़ा .
    नेपाल बाट विदेश जाने हरेक ले केहि कुरा बुझ्ने आबस्यक हुन्छा
    १. संसार को कुनै पनि ठाउँ जाँदा नेपाल को चौतारा जस्तो गफ र तास खेल्न पैदैना
    २. कम भनेको खराब हुँदैन जे गरे पनि काम हो मेहनत हो .
    ३. अरु देश म़ा समाज नै छैन भन्ने ले एक पटक आफु लै नियाले हेर्नु पर्छा समाज हरेक ठाउँ म़ा छ . हामीले आफुलाई समाज म़ा ढल्न सक्यो भने समाज ले हामीलाई स्वीकार गर्छा
    ४. विदेश गएको एक वर्षा सम्म दुख हुन्छा भनेर ढुक्क भए हुंछा. त्यसपछि पनि दुख भए नेपाल फर्किए हुंछा. तर पहिलो वर्षा एक दमै दुख गरेका हरु frustration भएर नेपाल फर्केको म लाई था छैन
    At last but not least ” Respect yourself and then you will be respected” Accept language, culture and tradition of others and then they will accept you.

  83. म यो लेख प्रति सकारात्मक छु…सुरुमा हरेक कुरामा संघर्ष गरनै पर्छ…यो सत्य हो कि सोचे जस्तो अमेरिका छैन..जे चाहिन्छ त्यो अबश्य पनि हुन्छ भन्ने छैन…तर संघर्ष गरे पछी राम्रो कमाउने ठाउमा पुगे पछी नेपाली दाजु-भाइहरु किन त्यति रमाउने हराउने गर्छन?

  84. विदेशमा गाह्रो छ गाह्रो छ भन्नेहरु प्रसस्तै भेटिनछन् . तर मलाई लाग्दैन कि कुनै पनि कुरा सजिलै प्राप्त गर्न सकिन्छ वा बिना कुनै मूल्य. हामी हाम्रो देशको माया र परिवार समाज लै छोडेर बिदेशिएकाहरु ले केहि बुझ्ने जान्ने मौका पाएका छौ. धेरै थोरै आर्थिकोपर्जनको मौका पनि यिनै बिदेशी भूमिले दिएको छ. नेपाल हुदा चिया भट्टी र पसल मा जम्मा भएर हुने नहुने गफ चुट्ने र बरालिएर हिड्ने युवाहरु बिदेशमा पढाई संग संगै संघर्ष गर्न पनि सकेका छन्.. केहि लाई छोडेर प्रायले प्रगति उन्नति नै गरेका छन् जुन नेपालम सम्भब छैन. तेसैले लेखकले भन्नु भए जस्तो नकारात्मक पछहरु हुदा हुदै पनि मलाई नेपालीको उन्नति प्रगति को अगाडी ति गौंड नै लाग्छन. तर अन्तिममा यो भन्न चाहन्छु कि हामी नेपाली सधै बिदेशीको गुलामी मात्रै गर्ने होइन आफ्नै देशमा बिकाश पनि गर्न अग्रसर हौ.एस मार्गमा नेपाल सरकार नेता अनि जनता हरु लाग्न सकुन सुभकामना.

  85. दुःखको सागर हो–अमेरिका । म दाबीका साथ भन्न सक्छु, कुनै नेपालीले पनि ‘म अमेरिकामा अत्यन्तै आनन्दको जीवन बिताइरहेको छु । र, दुःख नगरी सुखसयलसँग बाँचिरहेको छु’ भन्न सक्तैन । सबैका संघर्षका आफ्नै कथा ब्यथा छन् । जो सुकैलाई भेटे पनि जवाफ आउँछ, दुःख त कति गरियो कति ?- these are the reason for the development of the country. i agree we need emotional stuff aswell but no country or people of the country can prosper without these hard labor. i think instead of remorse, we should learn to create culture like america where hard working is must.

  86. ए नेपालीले अमेरिकामा गएर हाकिम हुन् खोजेको होला के सिकेको छ नेपालीले नेपालमा चक्ली चुक्ली भ्रस्टाचार, मान? मर्यादा ! मलाई लाज लाग्यो घिन लागेर पनि छि: भन्न मन लाग्यो मान्छे भएर मान्छे द्वारा जड मुर्ति झैँ पुजिने परम्परामा हुर्केकलाई गार्है हुन्छ स्वाभाविकै हो तथापी गुनासो बिल्कुल वाहियात र बेकम्मा छ |माम जुट्न लाई काम जरुर छ, नाम जुट्न लाई दाम जरुर छ र दाम भनेको खोस्टा रुपिया मात्र हैन जसमा कुनै आन्तरिक सक्ति छ हिम्मत छ र चेस्टा सद्भाक्ति छ स्वदेश प्रति उसलाई न नाम संग वास्ता छ न दाम संग एउटा बिकराल भिडमा आफन्तको बीच एक्लो भै बिशाल भवन ठद्यायर नाकको टुप्पो लामो भयको सोच्नेले यो दुर्दशाको भोग्नु १ र १ जोड्दा २ नै हो

  87. कुरो सिधा छ-पैसाको निम्ति जीवन दिंदा पश्चिमा दुनिया यो युगको स्वर्ग नै हो—तर जीवनका निम्ति पैसा भन्ने हिसाबले हेर्दा यो दुनिया धेरै फरक छ—नेपालको हिसाबले सोच्दा यो दुनियाभन्दा हामि झन्डै ३- ४ सताब्दीले पछाडी छौं जसलाई यदि गतिमा मापन गर्ने हो भने—साइकल र मोटरसाइकल संगै दौडे झैं हो—जसमा मोटरसाइकल संग साइकलले टिक्न गाह्रो हुनु स्वभाविक नै हो/बिज्ञान र प्रविधिको हिसाबले हामि यो दुनियाभन्दा कति पछाडी छौं भन्ने कुरा भने यहाँ आएपछि मात्र थाहा हुन्छ-जुन एक प्रकारको सक नै हुन्छ हामीलाई!!!!

  88. तेसो त संसारको कुनै कुना पनि सुख छैन सबै ठाउँ मा दुख गर्नु पर्छ तेयो भन्ने कुरा मात्र हो अमेरिका मा दुख छ भनेर नेपाल मै त काम गरेर खानु दुख हुन्छ तेती हो आफन्त नाता गोता साथी भाई हुदैनन् नेपाल जस्तो नेपाल आफ्नो देश जस्तो माया त पकै हुन्छ तर एसको अर्थ यो होइन कि नेपाल मा दुख छैन अमेरिका लगायत संसार का ध्र्रै देश छन् जुन सोचे जस्तो छैन र तेस्मा दुख छ भनेर नेपाल मा नि कम दुख छ तेसैले त आज नेपाली हरु दैनिक विदेश तेर पलायन हुन्छन चाहे काम गर्नलाई होस् चाहे बस्नलाई चाहाहे पढ्नलाई होस्.

  89. म पनि सहमत छु, अमेरिका सोचे जस्तो छैन / टाढा को चौर हरियो देखिन्छ भनेको तेसैले होला !!

  90. नेपाल फर्केर केहि गरौ न त भनेर नेपाल फिरियो / अब केहि गर्नु पर्यो भनेर व्यापार थालियो /व्यापार गर्दा सरकारी कार्यालय लाइ समान दिने भईयो समान पनि दियियो अब पैसा लिने बेला भो पैसा कहिले दिएन ३ वर्षा मा ३० जना कर्मचारी फेरियो सम्बन्धित बिभाग को हाकिम देखि सचिब हुदै मन्त्रि प्रधानमन्त्री सम्म पुगियो भएन जिन्दगि भरि कमाएको पैसा सरकारी कर्मचारी क कारण ले डुब्यो / सबैले भन्थे अलि अलि दिएर मिला नत्र पछी दुख पाउछ्स आफु लाइ कसरि कसलाई कुन तरिका ले दिने भन्ने नै थाहा थिएन १ दिन दिनु पर्यो भनेर भान्जा लाइ लिएर गएको थिए कानुन देखि सार्है डर लाग्यो बीच बाटो बाट फर्किए /
    मलाई पछुतो छैन किन कि मैले दिएको समान नेपाल सरकार ले काम मा लगाएको छ घुस्याहा ले त खान पाएन मलाई गौरब छ मेरो लगानी एउटा सिस्टम मा गएको छ तर अब नेपाल मा लगानी गर्न चाही कसैलाई सुझाब दिन्न / मेरा नातेदार चाही सात पुस्ता सम्म कोहि सरकारी कर्मचरी नहोउन है ////

  91. साथीहरु तेत्रो लाखौ लाख पैसा तिरेर अमेरिका जानु भन्दा अब नजिकैको चाइना बसको टिकेट काटेर जाँदा राम्रो होला / काम गर्न लाज नमान्ने हो भने हाम्रै आफ्नै देश नेपालमा प्रचुर कामहरु छन् /

  92. अमेरिका होइन कुनैपनि बिकसित रास्ट मा काम बिना नै पैसा खोज्नु भनेको ठग नेपाली हरुलाई एउटा गतिलो education हो मित्रहरु | नेपाल मा बसेर दलाली गरेर ठगेर अर्काको पसिना चुसेर बसेकाहरु ले मात्र काम गरेर खानु भनेको कति गारो रहेछ भनेर बल्ल बुझ्नेछ |
    के अमेरिका तेसै बनेको हो ?
    के जापान जस्ता मुलुक गफै गफ गरेर बनेको हो ?

    अनि दिन भरि परिश्रम गरेर बाच्नु जस्तो स्वाबिमान पूर्ण जिन्दगि राम्रो कि ? ठगेर चुसेर बस्ने जिन्दगि राम्रो ?
    परिश्रम भनेको के हो बुझ्नको लागि अल्छी हरु लाइ अमेरिका अरब जापान तिर पठाउनै पर्छ सिक्नै पर्छ भनेर यो मनुस्य ले पहिला देखि भन्दै आएको हो | तेसैले म त भन्छु सोचेभन्दा धेरै कुरा सिक्न सकिन्छ अमेरिकामा | परिश्रमी बन्नु नै ठुलो कुरा हो जिन्दगीमा चेतना भया मित्र | त्यो कुरा सिकेर नेपालमा फर्कनु भो भने तपाइले जिन्दगी म़ा सबैभन्दा ठूलो उपहार लिएर गएको बुझ्नु होला | मेरो तेही छ सुभकामना |

  93. लन्डन पनि येस्तई छ…!!! नर्क को जीवन बिताउनु पर्छा…. आइहालियो फर्केर जान पनि सकिदैन बस्न पनि मान छैन… नमारी नर्क देख्न को लागि लण्डन आए हुन्छ….!!!

  94. एकदमै सत्य कहानी अमेरिका को !! नील खड्का जी लाइ धन्यबाध !! म पनि अलाबामाबाट टेक्सास आउदा दुख पाएर १५ दिन गुरुद्वारा मन्दिरमा बसेको हिजै जस्तो लाग्छ| तर येहा आएपछि आफ्नो देश, आफन्त, दुख सुख र जीवन भनेको के हो भन्ने बुझिन्छ| दुखमा पनि नआत्तिईकन संगर्ष गर्न सिकिन्छ | उच्चशिक्ष्या हासिल गर्न अनि केहि धन कमाउन अमेरिका राम्रो ठाउँ भएपनि येसका आफ्नै नराम्रो पाटोहरु पनि छन् | कुनैपनि पेशाप्रतिको सम्मान अनि काम आनुसारको कमाई, शान्ति सुरक्ष्या, सबैलाई लाग्ने कानुन, आनुशासन येहाको राम्रो पक्ष्य हो भने आफ्नो आफन्तबाट टाडा हुनु , दुखमा एक्लै हुनु, रातदिन नभनी खट्टिनुपर्ने पिडा आफ्नै ठाउमा छ |

  95. यो कथामा एउटा पात्रले मलाई नै डिभी किन परेको होला भन्ने सम्बात उचित लागेन डिभी पर्दैमा अमेरिका आउनै पर्छा भन्ने पनि छैन र अमेरिका आई सकेपछी नेपाल फर्किन नपाउने पनि होइन वहालाई तेस्तो लागेको भए नेपाल फर्के भै हल्योनी किन अमेरिकामा बसी राख्नु नि. अनि अर्को कुरा अमेरिकामा पैसाको बोट छ म बोटमा पैसा टिपेर बोरामा हाल्छु भनेर कसैले सोचेको छ भने हो यो सोचे जस्तो छैन होइन भने दुख गर्नु पर्छ सबै खाले कामलाई समान रुपले हेरिन्छ यंह. नेपालमा जसरि घुमेर खान भने पईन्ना. दुख गर्नेको लागि नराम्रो छैन यहाँ. यदि तपाई संग क्षमता छ भने यहाँ थुपरै अवसरहरु पनि छन् यदि आफु संग क्षमता छैन भने पनि दुख गरेर महिनाको १,२ लाख कमाउन कुनै आईतबार छैन. तपाई दुख गर्न सक्नु हुन्न भने चै गारो नै हुन्छ यहाको जिन्दगि

  96. आनन्द र भौतिक सुख एक जस्तो लागे नि एनि हरु फरक छन् / The other side of field is always green. Nepal bata america ramro dhekinccha ani america ayepacchi nepal nahi thik….. Present ma ramro garne लाही chahi future ko पिर . अमेरिका अमेरिका जस्तो र नेपाल नेपाल जस्तो नही छ केवल फरक छ त कर्ण शाक्य ले भनेको जस्तो हाम्रो सोच /
    Great article Nil Ji for the one who’s planning to come to America as an immigrant. America is a country of hard working immigrants.

  97. मेरो बिचार मा कस्लाई अमेरिका वा यूरोपे जानु पर्ने !
    १.पढना मा एक्दमै राम्रो र मेहनती छौ,
    २.नेपाल मा जागीर छायेना , व्हाएको पनी एक्दमै थोरे पैसा छ.
    ३. आफुलाई पैसा नै सबै थोक थन्नेअ मानिस .
    मेरो बिचार मा कस्लाई अमेरिका वा यूरोपे न जानु पर्ने !
    १.नेपाल मा ठीक -ठीकै जागीर या बिज़नस भएका मानिस.
    २. आफुलाई अब अरु अचल समपती जोड्नु नपर्नेअ , पुरखा कई अली हुने -खाने ..
    ३. धेरै महत्वा कान्च्ची नहुने मानिस .
    ४. आफ्नो देस लाई अली धेरै माया गर्नेया मानिस.

  98. सधै जस्तै मैले यस पाली पनि DV lottery नभर्ने निर्णय गरे, यो पाली चाही भरु-भरु जस्तो लागेको थियो, हिजो मात्रै फोटो खिच्न गएको ४ ओटा फोटो स्टुडियोले फर्काइदियो यहाँ त कसैले पनि नभर्दो रहेछ ,सायद मुस्लिम country भयर भर्न दिदैन होला मलेशिया लाइ ,दु:ख पाउनलाइ एस्तो झन्झट कसले पो गरोस . जय अमेरिका तिमि खुशी रहनु त्यहाँ , म त यही खुशी छु .

  99. सोचे जस्तो त यो संसारमा के नै पुग्छ र ! तर भन्छन नि फुल को आँखामा फुलै संसार काँडाको आँखामा कांदै संसार-मपनि विदेश आएको ६ महिना सम्म रोएर बिताए अनि १० लाख ऋण त तिरौना भोलिपल्टै फर्किहाल्छु एस्तो चुतिया देश म एक बस्दिन २ बस्दिन भन्थे तर आज १,२ गर्दै ५ वर्ष बित्यो यहाँ म जो नेपालमा एकछाक राम्रोसंग खान समस्या थियो/मासु खान दसैँ कुर्नु पर्थियो,स्याउ खान पाहुना को मुख ताक्नु पर्थियो,दसैँ मनाउना लिएको ऋण तिर्न खान राखेको धान बेच्नुपर्थियो तर आज ति सब मेरालागि सपना जस्ता भए र मनोबैज्ञानिकरुपमा मेरो समाज र परिवार मप्रति सकारात्मक र खुसि छ!
    तर म के काम गर्छु त्यो अरुलाई भन्ने मिल्दैन तर यहाँ ८०% नेपालीले गर्ने काम नै गरिराछु !मेरो विचारमा २५-३० बर्षका प्रत्येक नेपाली कम्तिमा पनि ५ बर्षकोलागि विदेश जानैपर्छ जीवन संघर्ष हो भन्ने सिक्नका लागि,देश बनाउने भिजन बतुल्नको लागि !नेपालको आर्थिक बृदिदर किन बढ्यो ?हामीले दिनरात रगत र पसिना अनि मुटु संग साटेको पैसा त नेपाल पथाइरछौनि ! जे होस् लेखकको भावना मरमस्पर्शी चाही ६!

  100. खासमा नेपालीहरु विदेशमा पैसा फल्ने रुख छ र गय पछि टप्पक टिप्ने हो भन्ने छ नत्र भने श्रम गरि खान् जीउन के के टन टन ?

    • नमस्कार गोदार सर,
      भाउज्यु अनि भाईहरुलाई कस्तो छ? रवि र रीना दुवै जना मेरो सम्पर्क मै छन्. कान्छो भाइ अलि बढी मोटो भएछ. तौल कम गर्नु पर्ने रहेछ. मेरो आफ्नो पनि त्यस्तै नै छ.
      म अष्ट्रिया आएको झन्डै 8 वर्ष पुग्न लाग्यो, त्यस अघि काठमाडौंमा 4 वर्ष बसेर अकाउन्टिंग गरेको थिएँ. यो बिदेशी धर्तीमा जहाँ गए पनि झन्डा-झन्डै उस्तै हो रहेछा सर. नघोटीई नहुने.
      तपाईंको सुनाउनुस् के कस्तो छ? पढाउँदै हुनुहुन्छ कि छाड्नु भयो? अनि रामाज्ञा सर कता हुनुहुन्छ? ओम सर र माणिकलाल सर बित्नुभएछ. साह्रै नरमाईलो लाग्यो. पुष्पलता म्याडम नि दिल्ली तिर Health Check-Up गराउन जानु भएको रहेछ. समय धेरै फेरीईसकेछ र धेरै कुरालाई फेरेछ.

      धेरै खुशी लाग्यो सरसँग एक छिन गफिन पाउँदा. Keep in touch.

  101. धेरथोरमात्र हो, दु:ख-सुख त जहाँ गए पनि उस्तै हो । तर सामाजिक प्राणी भएको नाताले असामाजिक रहन-सहनमा आफ्नो जीवन बिताउन किन जानु बित्थामा ? आफ्नै देश ठीक ! पढ्न वा कमाइका लागि जानु्सम्म ठीकै हो, तर आफ्नो पहिचानै गुम्ने ईडीभी भरी-भरी किन जानु अरुका देशमा ?

  102. लेख रमाइलो छ, बरु कति अमेरिका मा बस्ने नेपाली आफ्नो जन्मभूमि फर्के त ? त्यो पनि कतै बाट जानकारी पाउन पाए हुन्थ्यो कि ?

  103. वाइयात कुरा हो यो!!!!!! अमेरिकामा दुख मात्र हुन्छा भनेर.. नेपालमा गफ लगाएर खायको जस्तो त कहाँ हुन्छा त! दुख त गर्नु परिहाल्यो नि……पैसा पनि चाहिने अनि दुख पनि भो भन्ने? येहाको मान्छे ले पनि हामीले भन्दा बडी दुख गरेको छन. खोइ मलाई त ठिकै लागिरहेको छ अमेरिका बसाई….. बरु कहिले कहिँ साथीभाई र देश को सम्झना ले चाही नरमाइलो लाग्छा …….आफ्नो जस्तो खुबी छ त्येही अनुसार कम अनि पैसा पाउने त हो नि.. के त्यो नेपाल को CDO अनि को को लाई CDO जस्तै काम चाहियो भनेको????????/

  104. वाइयात कुरा हो यो!!!!!! अमेरिकामा दुख मात्र हुन्छा भनेर.. नेपालमा गफ लगाएर खायको जस्तो त कहाँ हुन्छा त! दुख त गर्नु परिहाल्यो नि……पैसा पनि चाहिने अनि दुख पनि भो भन्ने? येहाको मान्छे ले पनि हामीले भन्दा बादी दुख गरेको छन. खोइ मलाई त ठिकै लागिरहेको छ अमेरिका बसाई….. बरु कहिले कहिँ साथीभाई र देश को सम्झना ले चाही नरमाइलो लाग्छा …….आफ्नो जस्तो खुबी छ त्येही अनुसार कम अनि पैसा पाउने त हो नि.. के त्यो नेपाल को CDO अनि को को लाई CDO जस्तै काम चाहियो भनेको????????/

  105. म अमेरिका आयको ४बर्श पुरा भै ५ बर्ष लागयो,२वटा स्टेट मुभ भैसके,तर अझेई पनि ९० प्रतिसद अमेरिका को जनजीबन,सामाजिक, आर्थिक अवस्था प्रति संतुस्ती हुन् सकेको छेइन,आउने समय मा हुनेपनि छेइन / हो साचेई सोचे जस्तो छेइन अमेरिका ,आफ्नो स्वाभिमान,चरम दुखको सास्ती,मन परे पनि नपरे पनि बाटामा हिड्ने लाई मुसुक्क हासे जस्तो हाई गर्देई हिड्नु पर्ने ,बडी खोक्रो आडम्बर ,देखासिकी,आदि आदि क़ा ब्यक्त नेइ गर्न नसकिने खालको दल दल मा फसिने,भासिने ,तितो सत्य भयको ठाउँ हो अमेरिका/
    ,

  106. बिहान जुरुक्क उठेर चोकमा चिया र चुरोट तान्दै बकम्फुसे गफ दिन पाईन्छ होला भनेर सोच्ने को लागि त अमेरिका सोचेजस्तो भएन होला , तर मैले त सोचेभन्दा धेरै कुरा पाए र सिके अमेरिकामा /मानब अधिकार ,सुरक्छा बेबस्था ,अनि सोचे भन्दा धरै सहयोगी भावना /
    हामी आफ्नै घरसंग जोडिएको घरमा जडिया श्रीमान ले ८ महिना को पेट बोकेकी नारीलाई लछारपछार गरेको हेरेर भन्छौ , त्यो उसको घरभित्रको समस्या हो , तर एस्तो यहाँ हुन्न /रुपया छ गरिब घरकी छोरी बुहारीमाथि हातपात गर्यो भोलि पल्ट पुलिस संग मिल्यो छुट्यो , एस्तो हुन्न अमेरिकामा / २ घण्टा मा अप्रेसन नगरे ज्यान जान्छ अप्रेसन को लागि रु ५०,००० लाग्छ , बिचरो गरिब पैसा जम्मा गर्न नसकेर मर्छ , एस्तो हुन्न अमेरिकामा , यहाँ त हस्पिटलमा जोसुकै मान्छे गएपनि बिरामीलाई पैसाको कुरा भन्दा ज्यान बचाउने तिर जोड दिइन्छ चाए त्यो इलिगल नै किन नहोस / अर्काको महलमा ढुंगा हान्नु भन्दा आफ्नो झुपडी लाई महल बनाउने तिर लाग्यो भनेमात्र नया नेपाल सम्भब छ /

  107. वास्तव मा हो अमेरिका; सतही रुपमा सोचे जस्तो छैन,अनि सत्य हो अमेरिका; परिश्रम गर्ने हरुलाइ राम्रो स्थल; नेपाल मै काम गर्न अल्छि गर्ने हरुलाई DV परे परेर आए पछी काग लाइ वेल पाके को जस्तो स्वाद न विस्वाद को होला; तर एसो फर्केर हेरौं त् काखीमा बच्चा च्यापेर दिन भरि नांग्लोमा सुपारी, छुर्पी वेच्ने हरु लाइ त्यो DV परेर अमेरिका आउन पाए को भय…..???
    लेखक ज्यु ! आफ्नो अमेरिका को आगमन् लाइ सकारात्मक रुप ले सोच्नुस त कति आनन्द दिन्छ तपाइँको मन ले??
    Its your own life ; just think ; your positive thinking about anything , is heaven ;; and your negative thinking , pushing you depression , is hell . it depends on you that ” you wanna live in hell or heaven ”.

  108. गर्न सक्ने हरुको लागि स्वर्ग छ…नसक्ने हरुको लागि नर्क…फरक त्यत्ति हो….

  109. अमेरिका पढ्न को लागि मात्र आउने ,पढाइ सकेर आफ्नै देश फर्कने सोच चै उत्तम हो जस्तो लाग्छ | याहा आयो ,पढी सक्यो ,वचा पायो ,अनि बाचालाई पनि यहि पढाउने रहर ,हाइ वे मा ७० माइल पर आवोर मा गाडी चलाउने रहर ,मोल टोल र मिसाबत बिनाको सफा खाने रहर , अमेरिका बात १०० डलर मात्र घर पठाइदिए लग बाग आठ हजार हुने ,घर का मान्छे को पनि रहर पुरैदिने रहर |समग्र मा अमेरिका आएपछि मानिस यसरि नै सनै सनै फस्दै जान्छ |
    तेस उसले अमेरिका पनि आउने ,नेपाल सग पनि सम्बन्द बनाइराख्ने ,यहा कमाएको पैसा देस मा लगानी गर्ने ,घर ,परिबार समाजलाई सक्दो सहयोग गर्ने यो एउटा बाटो हो |यो नै एक मात्र बाटो हैन |आफ्नै देश मा केहि गरौ भनेर गर्नेहरु लाइ राजनीतिक सम्रक्ष्याँन चाहियो ,पुलिस प्रसासन को सहयोग चाहियो जुन पाउन अलि गारो छ नेपालमा तेसैले पनि पलायन बादी सोच आउदो रहेछ एक थरीलाई |

  110. अमेरिका होस् या बेलायत, अस्ट्रेलिया होस् या जापान बिकसित देश जहाँ गए पनि उही हो,,, बिहान उठेर चिया पसलमा गएर निस्कर्ष बिहिन राजनैतिक गफ लडाउन पाइदैन,,, दिउसो आँपको रुखको फेद मुनि बसेर दहरमारा खेल्न पाइदैन,,, अनि बेलुकी कान्छीको भट्टी छिर्न पाइदैन,,, अनि हामीलाई लाग्दो हो त्यहा समाज भएन,,,ति बिकशित देशका मान्छेहरु पनि हामी जसरी नै बसेका भए आज हामी पनि तिनीहरुको देश जान मरिहत्ते गर्ने थिएनौ,,,अमेरिकनहरुले दिन रात मेहनत गरे र त् आजको अमेरिका बनाए,,,हामी काम गर्न लाज मान्छौ र त् हामी विश्वकै धनि देशको सुचीमा उल्टो गिन्तीमा अगाडि तिर छौ,,,,,हाम्रै देश पनि बिकशित हुने हो भने परिवारका अर्को सदस्यसंग भेट्न मुस्किल हुन्छ, समाजको कुरै छोडौ,,,काठमाडौँकै हेरौ न, पल्लो कोठामा को बस्छ, के था??, पल्लो घरको त् कुरै छोडौ?? यो यथार्थ जहाँ गए पनि उही हो,,, जबसम्म हामी आफै बदलिदैनौ, दुख गर्न डराउछौ अनि अमेरिकामा पैसा फल्छ भन्ने सपना देख्न थाल्छौ,,,तब सम्म अमेरिका हामी जस्ता दरिद्र मानसिकता भएकाहरुलाई सपनै भै रहन्छ त्यसैले जहाँ गए पनि काम नगरी केही हुदैन, त्यो कर्म आफ्नै देशमा गर्नुस त्यो धेरै जाती हुन्छ तर काम गर्न लाज मान्ने हातहरुलाई माझी औलाको सलाम

  111. वास्तव मा नेपाली हरुलाई अलिकति बढी दुख गर्नु पर्यो कि ज्यान जाला जस्तो गर्छ तेसैले त नेपाल अमेरिका जस्तो हुन सकेन. अनि नेपाल मा बसेर अमेरिका को सपना देख्छ.

  112. अमेरिकामा धनीगरिबबीचको खाडल- गोपीचन्द्र कार्की
    नेपालमा बसेर अमेरिकाबारे हामीले सोचेको धेरै कुरा सत्य नहुन सक्छ। अमेरिका धनी देश भएकाले त्यहाँ बस्ने सबै जना सम्पन्न र धनी होलान्, गरिब कोही छैनन्, माग्ने कोही छैनन्, सबैसँग गाडी होलान्, सबैका अग्लाअग्ला घर होलान् चोरीचकारी नहोला वा सर्वत्र शान्ति होला भन्ने लाग्न सक्छ। अमेरिका पुगेर हेर्दा भने त्यस्तो भेटिन्न। धनी, गरिबबीच खाडल अझ ठूलो छ। कानुन र न्याय-निसाफप्रति भने अधिकांशको विश्वास छ।

    अमेरिका पुगेपछि सुरुका दिनमा देखेका दृश्य पत्याउनै नसकिने रहेछन्। म बसेको एरिजोना राज्यको टुसान्ट महानगरको डाउनटाउन (व्यापारिक बस्ती) बसपार्कमा बस कुरेर बस्दा कति मानिस बस चढ्न पैसा भएन भन्दै एक क्वार्टर (एक सुका) माग्दै हिँड्ने युवा र प्रौढहरु सधैँजसो देखिन्छन्। बसपार्क वा अन्यत्र रहेका फोहोर फाल्ने बाकसमा कोकका सिसी, क्यानमा रहेको झोल वा अरुले खाएर फालेका खानेकुरा झिकेर खाएको पनि देखिन्छ। कृपया, एउटा चुरोट पाऊँ भन्दै चुरोट माग्नेहरु पनि थुप्रै देखिन्छन्। अरुले खाएर फालेका लामा, छोटा चुरोटहरु टिपेर धक नमानी आनन्दले सल्काएर तानेको पनि देखिन्छ। अझ चुरोट अम्मलीहरुले फालिएका ठुटा चुरोट सुर्ती झारेर पेपरमा रोल गरेर खाएको पनि देखिन्छ। अमेरिकामा पेपरमा सुर्ती भरेर चुरोट बनाएर खाने चलन पनि निकै छ। थोरै पैसा हुनेहरुले गार्बेज बक्सामा अरुले प्रयोग गरी फालेको कपमा फाउन्टेन ड्रिङ्क, पेप्सी, कोक आदि भरेर खानेहरु पनि देखिन्छन्। स्टोरकै कपमा फाउन्टेन ड्रिंक खाँदा र आफ्नो कपमा रिफिल गरेर मात्र खाँदा पैसा निकै कम लाग्ने भएकोले पनि यसो गर्छन्।

    एक दिनको कुरो हो। म आफैँ बेलुकाको सिफ्ट सकाउनुअघि स्टोरभित्रको फोहोर फाल्न गएको थिएँ। दुवै हातमा ठूला प्लाष्टिक ब्याग लिएर स्टोरबाहिर अलि पर रहेको कन्टेनरमा फाल्न खोज्दा कन्टेनरभित्र बसेको मानिस चिच्यायो। त्यो बेला मेरो सातो गएको थियो। साँझको सुनसान र सुरुका दिनमा त्यस्तो हुँदा म झसंग भएको थिएँ। कन्टेनरभित्र कोही रहेछ भन्ने थाहा पाएपछि यसो हेरेको त, नेपालमा केटाकेटी कन्टेनरभित्र फोहोर खोज्न बसेझैँ पाको मानिस बसेको देखेँ। उसले त्यहाँ फालिएको केक, मासुका टुक्रा बटुलेको देखेँ। त्यस्तो देख्दा त्यो दिन मलाई अचम्मै लाग्यो। पछिपछि यस्ता दृश्यहरु पटकपटक देख्न पाइएको थियो।

    अरुसँग पैसा माग्दै हिँड्ने, घर नभएर पार्क र सडकछाप जीवन बिताउनेलाई होमलेस भनिन्छ। कसैलाई पनि माग्ने भनिदोरहेनछ। ‘माग्ने’ शब्द निकै मानिँदोरहेछ। स्टोरबाहिर वा वरपर यसो छेकिएर स्टोरबाट फर्कनेहरुसँग वा ग्यास हाल्न आउनेहरुसँग चानचुन पैसा पाऊँ भन्दै हात पसारिरहेका हुन्छन्। त्यसरी मागेको पैसाले कोक बियर किनेर खान्छन्। यहाँ स्टोर म्यानेजर वा मालिकको स्वीकृतिबिना कसैले पनि स्टोरअगाडि वा उसको एरियाभित्र बसेर पैसा माग्न पाइँदैन। त्यसरी मागेको देखे तुरुन्त पुलिसलाई खबर गरिन्छ। पुलिसले उसलाई ग्राहकसँग पैसा नमाग्न चेतावनी दिन्छ। स्टोर एरियाभित्र टेक्नै नपाइने गरी चेतावनी पनि दिनसक्छ। नमाने स्टोरबाहिर मागेबापत पुलिसले जेलसमेत हाल्नसक्छ। यस्तो घटना मेरै स्टोरमा पनि भएको थियो। व्यवसाय गर्नेहरुलाई राज्यले धेरै हदसम्म सुरक्षा र ग्यारेन्टी दिएजस्तो लाग्छ। यस्ता काम गर्नेमा बढी काला जाति नै देखिन्छन्।
    विभिन्न संस्थाले सहयोग उठाउन काउन्टरअगाडि राखिदिएको बाकसमा मानिसहरुले सामान किनेर बेचेको चानचुन पैसा हालेर सहयोग पनि गर्छन्। त्यस्तो बाकस कुन सट्कामा उठाएर लगेको घटना म आफैँले भोगेको छु। प्रायः सबै स्टोरको काउन्टरमा एउटा कचौराजस्तो भाँडो हुन्छ। त्यसमा सामान किन्दा आएको चानचुन पैसा धेरैजसोलेे त्यसैमा राखिदिन्छन्। अर्को व्यक्तिलाई आवश्यक पर्दा, चानचुन पैसा नपुग्दा त्यहीँबाट झिकेर तिर्ने प्रचलन सामान्य मानिन्छ।

    संसारलाई हैकम चलाउने अमेरिकामा नागरिकको यस्तो दिनचर्या देख्दा अचम्म लाग्नु स्वाभाविकै हो। होमलेसले खुला आकाशमै जीवन व्यतीत गर्छन्। दिनभरि त यिनले (बिहान ६ बजेबाट बेलुका १० बजेसम्म बस्न पाइने) पार्कहरुका सियालमा बिताउँछन्। रात परेपछि उनीहरु सडकका पुलमुनि, सान्ता क्रुज रिभरको पुलमुनि, रुखका ‰याङहरुमा वा मानिसले झट्ट नदेख्ने ठाउँहरुमा बसेर रात बिताउँछन्। साँझ परेपछि चराचुरुंगी बासस्थान फर्केझैँ यहाँ बुढाबुढी, बयस्क यस्तै स्थान खोज्दै कुम्लो पिठ्युँमा बोकेर हिँडेका देखिन्छन्। ओछ्याउने वा ओढ्ने रग, कम्बल भने प्रायःले बोकेका हुन्छन्। कतिपयले विभिन्न स्टोरका ग्रोसरी कार्ट (स्टोरबाट सामान किन्दा घर, कोठासम्म पुर्‍याउने गाडी ) मा खाने सुत्ने सामान राखेर गुडाउँदै हिँड्छन्। कतिचाहिँ साइकलमै ओढ्ने ओच्छ्याउने, झिटीगुन्टा बोकेर डुलिरहेका देखिन्छन्। ज्यादा गर्मी र ज्यादै ठन्डीको समय होमलेसहरु स्टोरमा आएको देखिएन। यसबारे बु‰दा त्यस्तो बेला तिनीहरुलाई सेनाले लगेर तिनको खानपानको व्यवस्था गरेको अखबारमा पढ्न पाइएको थियो।

    होमलेसहरु म भोकै छु, खान देऊ, बचाऊ, चोरेर खानुभन्दा मागेर खानू राम्रो, लेखिएका प्लेकार्डमा हातले लेखेर पुलिसको आँखा छल्दै ट्राफिक लाइट रहेको चौबाटोमा रोकिएका गाडीवालासँग पैसा मागिरहेका देखिन्छन्।

    म बसेको अपार्टमेन्टको पूर्वतर्फ सान्ताक्रुज नदी छ। त्यसैको बगलमा सेन्ट मेरिज रोडको देब्रेतर्फ भारतीयले सञ्चालन गरेको सेल (ग्यास, प्रोपिन आदि बेच्ने ) स्टोर छ। एक जना नेपाली दाजु गोविन्द श्रेष्ठ त्यहाँ काम गर्नुहुन्थ्यो। बेलुका अर्को नेपाली साथीले काम गर्थे। म फुर्सद हुँदा प्रायः बिहान त्यहाँ पुग्थँे। त्यहाँ जाँदा सान्ताक्रुजको पुल पार गरेर जानुपर्छ। मूलबाटोबाट पार्कतिर जाने बाटोको छेवैमा रहेको मानिस बस्न हुने गरी बनाइएको पर्खालमा एक जना सेतै फुलेकी बुढीआमाले केही रात बिताएको देख्छु। बिहान घामसँगै उठेर तिनी आफ्ना पोका पन्तराबाट काइँयो निकालेर कपाल कोरिरहेकी हुन्थिन्। यस्तै अरु कतिले खोलाका तीर र पुलमुनि रात बिताएको देखिन्थ्यो। बिहान हुनासाथ कति चाहिँ पार्कका शितल छहारीमुनि आएर पल्टेका देखिन्थे। मेरी आमासमान बुढीले सडकको छेउमा पर्खालमाथि रात बिताएका दृश्य देख्दा मन दुख्थ्यो। आँखा रसिला हुन्थे। यो देख्दा भने बुढाबुढीको जिन्दगी थोरै भए पनि नेपालमै राम्रो जस्तो लाग्थ्यो।

    अमेरिकामा बुढाबुढीको जिन्दगी नेपाली बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि भन्ने नेपाली उखानसँग मिल्दोजुल्दो छ। अमेरिकामा बुढाबुढीले प्रायः एक्लो जीवन बिताइरहेका देखिन्छन्। १८ वर्ष पुगेपछि बाबुआमासँगै बस्नुलाई लाछीपन मानिन्छ। तिनीहरु १८ वर्ष पुगेपछि आफैँ काम खोज्दै छुट्टिएरै बस्न रुचाउँछन्। ब्वाइफ्रेन्ड, गर्लफ्रेन्डसाथ अलग्गै बस्न रुचाउँछन्। विशेष समयमा मात्र भेटघाट हुने गर्छ वा नजिक भए बाबु खुवाउने बेला र आमा खुवाउने बेलामा भने भेटघाट गर्छन्।

    हामीसँगै स्टोरमा काम गर्ने अन्दाजी ६२ वर्ष पार गरिसकेकी क्यारोल बुढी काममा अनुभवी थिइन्। सुरुका दिनमा सँगै काम गर्ने सिफ्ट पर्दा तिनीबाट निकै काम सिक्न पाइएको थियो। नेपालीलाई असाध्यै माया गर्थिन्। खाजा सधैँ बाँडेर खान्थिन्। यसरी बाँडेर खाने चलन अरुमा देखिन्न। तिनको एउटै मात्र छोरो थियो। ऊ आमासँग नबसी त्यही सहरको अर्को ठाउँमा बस्थ्यो। आमा भने अपार्टमेन्टको भाडा तिर्न गाह्रो हुने भएकोले आफूजस्तै अर्को साथी खोजेर एउटा कोठामा बस्थिन्। उनीहरु यस्तै संस्कारमा हुर्केकाले होला, छोरा त्यसरी बसेकोमा त्यति चिन्ता भने गर्दिनथिन्। आफ्नै खुट्टामा उभिएर कसैको सहाराको आशा नगरी बाँच्ने चलन यहाँ देखिन्छ। मभन्दा पुराना साथीले उनलाई हाम्रो देशका रीतिरिवाजबारे धेरै कुरा भनेका रहेछन्। त्यसैले उनी नेपालीको ‘एक पति एक पत्नी र हजुरबादेखि नातिसम्म एउटै घरमा बस्ने चलन राम्रो’ भन्थिन्।

    नेपाल र अमेरिकाको एउटा कुरा भने ठ्याक्कै उल्टो पाएँ। हामीकहाँ ससाना उमेरका केटाकेटी सहरमा ज्यादा बरालिएर मगन्ते, बेसहारा भएर सडक र गल्लीमा जीवन बिताइरहेका देखिन्छन्। त्यसको ठीक उल्टो अमेरिकामा प्रायः बुढा वा अधबैँसेहरु मात्र सडकछाप जिन्दगी बिताइरहेका देखिन्छन्। केटाकेटी १८ वर्ष नपुगुन्जेल अभिभावकले लालनपालन, शिक्षादीक्षा दिने जिम्मेवारी अभिभावकको हुने भएकाले केटाकेटीहरु सडकछाप जिन्दगी बिताएको देखिँदैन। घरबारविहीन बुढाबुढी प्रायः बिहान ग्रोसरी कार्ट गुडाउँदै वा प्लाष्टिकका ठूला ब्याग बोकेर बियर र कोकका क्यान कन्टेनरबाट फलामे सुइराले बटुल्दै हिँडेका देखिन्छन्। कतिले चाहिँ देशअनुसारको भेष भनेझैँ निसान गाडी लिएर यस्ता सामान स्टोरबाहिर रहेका गार्बेज बक्सहरुबाट प्लाष्टिक बोतल, गोल्डेन ट्वाक कागज आदि बटुल्दै गाडीमा तह लगाई मिलाएर राख्दै हिँडेका पनि देखिन्थे। (लेखक अमेरिकाको एरिजोनामा दुई वर्ष काम गरेर फर्केका हुन्।) साभारः नागरिक http://bit.ly/sLPSTf

    • नमस्कार गोपाल जी,
      अमेरिकी जीवनशैलीको विहंगम दृश्य देखाएकोमा धन्यवाद. तस्वीरको अर्को र धेरै थाहा नपाईएको पाटो उदाङ्गो पारिदिनु भएकोमा धन्यवाद.

  113. अमेरिका को बारेमा भन्ने हो भने अन्धाहरुले हात्ती छामेको कथा जस्तै हो .

  114. अमेरिकामा खुराफात हुदैन.
    काम गर्यो, पढ्यो, खायो, सकेको सहयोग गर्यो. संसार हेर्यो. तेही हो.

  115. हिजो जस्तो लाग्छ नेपाल छोड्यको तर नेपाल जान मन भए पनि जान सक्या छैन
    यो बिदेशमा कै छैन हामी बिदेश्य पनि नेपाली साथी तपाई विदेश आउन न मर्नु या कै छैन

  116. अत्यन्तै समसामयिक लेख। सोचेजस्तो छैन अमेरिका…..युरोप, अस्ट्रेलिया- अनि साच्चै कहिलैइ सोचेजस्तो हुदैन पराया भूमि।

  117. सोचेजस्तो सबै भैदिने भए त कुरै अर्को हुन्थ्यो नि….मिहिनेत गरेर खानेलाई राम्रै छ नि यता…कानून, सुरक्षा अनि शान्ति सुब्यबस्था भएको ठाउँ हो यो…पक्कै पनि घर परिवार अनि छरछिमेक को अनुपस्थितिको आभास त हुन्छ नै…..तर त्यो त येत्रो सात समुन्द्र पारि नौलो देश मा आका छौं…

  118. हाल म पनि अमेरिका म नै छु ,मेरो नजरले देखे अनुसार अमेरिका साचै सोचे जस्तो रहेन छ \

  119. “अमेरिका पनि सोचे जस्तै रहेछ” भन्नुको लागि २-४ कुरो दिमागमा घुसाउनु पर्छ :

    २-४ कुरो:

    १. जहा नै गए पनि ” काम अनुसारको मात्र ज्याला पाइन्छ ” भनेर बुझ्ने हो भने अमेरिका, जापान, बेलायत, कोरिया सबै नै सोचेको जस्तै छ /

    २. नेपालमा दिनभरी भारी बोकेको ३०० रुपैया पाइन्छ भने त्येही भारी दिनभरी बिदेशमा बोक्दा पनि ३०० रुपैया मात्र नै पाइन्छ (३०० डलर होइन) /

    ३. दिनभरी भारी बोकेको ३०० डलर नै कमाउनु त् त्येही अनुपातमा भारीको बजन पनि बढाउनु पर्ने हुन्छ /

    जय नेपाल
    हिमाली

      • ,,,,,,,धरोधर्म,,,,ढाटेको होइन,
        लौ कुरो यसरि बुझौ न

        # साबिक अनुसारको (नेपालमा जति नै) भारि बोकेको ५-६ डलर
        +
        # maximun capacity अनुसारको extra भारीको अरु १५-२० डलर
        +
        # ७-८ घन्टाको सट्टा १२-१४ घण्टा काम गरेको थप २०-२५ डलर
        +
        # घर परिवार छोडेर विदेश पुगे बापत परदेश भत्ता २०-२५ डलर
        +
        # बिश्वबिध्यलाय्को डिग्री बाकशमा थन्क्याएर हात-पाउ बजारेको थप २०-२५ डलर
        +
        # दुर्गन्धित-सुगन्धित केहि नभनी फटाफट भारि बोकेको अरु २०-२५ डलर
        +
        #सुरक्षित-जोखिमपूर्ण आदि इत्यादि भनेर आना-कानी नगरे बापत अरु २०-२५ डलर
        +
        ,,,,,,,,,,,,,,
        +
        ,,,,,,,,,,,,,,,
        +
        # आदि इत्यादि

        हिमाली

  120. तपैकै लेख बाट “…वास्तवमै अमेरिका स्वार्थीहरूको संसार हो । स्वार्थी यस अर्थमा कि, विभिन्न देशका बासिन्दा आ–आफ्ना अनेकौं स्वार्थ पूरा गर्न अमेरिका आएका छन् । त्यसैले सबै आ–आफ्ना स्वार्थ पूरा गर्न तल्लीन रहन्छन् । कसैलाई कसैसँग मतलब छैन । न त राजनीतिसँग मतलब हुन्छ । न त विश्व घटनाक्रमसँग नै । घरहरू प्रसस्तै छन् । तर, छिमेकी छैनन् । अनेक पेसा, व्यवसाय र क्षेत्रका मान्छे छन् । तर, समाज छैन । एउटै परिवारका सदस्यबीच पनि आत्मीयता र भावनात्मक सम्बन्ध टाढिँदै गएको छ …” | एकदम सहि | तर “नमरी स्वर्ग देखिदैन” मित्र, कि कसो |

    फेरी धेरैले अघायेपछिका झुसिला डकार भन्छन नि | जबाफ दिनै गाह्रो | भर्खरैको सन्तोष पन्तको हिजोआजको कुरा सिरियलमा नेपाली हरुले अमेरिकालाई कसरि हेर्छन भन्ने थियो , राम्रै लागेको थियो|

  121. साच्चै हो अरु देश मा नि यस्तै नै छ तर यस्तो मान्छेहरु देश मा के हि गरु भनेर देश तिर फर्केको खोइ त? सबैलाई देशको माया मन मा मात्र भयो कसैले पनि हामी यो गरु भनेर अभ्यास गरेन अनि देश फेरी फटाहा र फोहोरी मान्छेको भरमा चल्नु पुग्छ .२/४ जना बाबुराम हुनु भयर मात्र भयान अलि धेरैले त्यस्तै सोची मात्र दिया पुग्छ…. अब यस्तो सोच्ने मात्र हैन देशमा कम गर्न शुरु गरौ न त हुन्न?

  122. अमेरिका मा नेपाली लाई मात्र हैन सबै लाई गार्है छ/ कहाँ नेपाल मा जस्तो गफ गरेको भरमा खान पाइन्छ र ? राम्रो कुरा यो हो कि सानै काम भए पनि कसैले कसैलाई नेपाल मा जस्तो हेप्ने गर्दैन / यहाँ संघर्ष त अवस्य छ तर आफ्नो पेशा प्रति सम्मान र काम प्रति को लगाब पनि तेत्तिकै छ /

Comments are closed.