पशुपतिमा सन्ध्या आरति


बम विस्फोट र भ्रष्टाचारका ब्लगहरु पढेर दिक्क भइसक्नुभयो होला। त्यसैले आज अलि फरक ब्लग लिएर आएको छु। हिन्दुहरुको प्रमुख तीर्थस्थलमध्ये एक र विश्व सम्पदा सुचीमा समेत अंकित पशुपतिनाथ मन्दिरमा सन्ध्या आरति कसरी हुने गरेको छ, एउटा भिडियो ब्लग लिएर उपस्थित भएको छु। हेर्नुस्, पशुपतिको माहौल कस्तो हुन्छ सन्ध्या आरतीको बेला। ओम्‌कारा भजन गाउँदा र मन्त्रोच्चारण पनि कस्तो जुरुक जुरुक नचाउने खालको हुँदो रहेछ, भिडियो हेर्न भित्र आउनुस्।

भिडियो हेर्न तल क्लिक गर्नुस्-

41 Comments

  1. wow! what’s awesome bhajans, arati. really ti enchants core of heart. by listening this enchanting bhajans, arati my entire body gets energy peace and creativity attitude. lots of thanks to one who had uploaded video.

  2. धेरै धेरै धन्यबाद एस्तो राम्रो पशुपति नाथ को भजन राख्नुभएको मा|
    मनै प्रस्सन भयो |हे पशुपति नाथ हामी सबै को कल्याण गर्नु होला.|

  3. ओम नाम: शिवाय श्री पशुपतिनाथले सम्पूर्ण नेपाली जनताको रछ्या गरुन . जय भोले भण्डारी यो राम्रो सोच राम्रो बिचारको मा कदर गर्दै यो पशुपतिनाथको सन्ध्या आरती को पोस्ट लै स्वागत गर्दै धन्यवाद दिन चाहन्छु .

  4. सन्ध्या आरति रमाईलाे लाग्याे । धर्म सबैकाे भलाे र ज्ञान प्राप्तिकाे लागि हाेस । यसरिनै सबैकाे धर्म सस्कारहरूलाई पनि तपाईकाे मेडियाले बराबर ठाउ  दिने गर्नु भाे भने  बिबिधता र अनेकतामा एकताकाे सन्देश जाने थियाे हाेला । आशाछ सबैलाई समेट्नु हुनेछ । धन्यबाद !

  5. उमेश जी,

    धन्यबाद कृपया बिहान को भजन पनि सुन्न पाउ !

    नरेन्द्र खनाल
    किर्तिपुर -१९
    काठमाडौँ नेपाल

  6. राम्रो लग्यो धन्यवाद! कुनै दिन मौका मिलेमा बिहानी आरतिको पनि भिडियो राखी दिनु हुन अनुरोध गर्छु/

  7. वाह!!! शिव तान्डव श्तोत्र । रावनहरु ले राज गरेको देशमा यो श्तोत्र सुनेर भएपनि मन आन्नद आयो।

  8. श्री पशुपतिनाथ कि जय । श्री भोले बाबाकी जय ।। श्री नेपाल देशको जय ।।।

  9. ल है आजको दिन सुभ बित्ने भयो, बिहान उठेर नुहाई धुई गरएर येसो मेरो संसार खोल्याको त टयाक भजन सुन्न पाइयो. ज्ये सम्भो

  10. हे बाबा पशुपति
    अति भयो अति
    बिग्रियो सबको मति
    देशको भयो क्षति
    भ्रस्ट नेता जति
    समस्या कति कति
    बुद्धि देउ अलिकति…

  11. जय पशुपतिनाथ हामी सबैको
    कल्याणगर प्रभु

  12. जय पशुपतिनाथ, भगवान अाफ्नै “भेटीघाटि”को रक्षा गर, अाफ्नै नाममा रहेका गुठी जग्गाको रक्षा गर, नेपाली संस्कृतिको मैालिक परिचय शिब संस्कृतिको रक्षा गर । हाम्रो रक्षाकालागि बरू हामी अाफै ब्यबस्था गरैाला ।

  13. आहा कति आनन्ददायक भिडिओ, जय शिव शंकर कैलास्पति

  14. धन्यबाद सालोक्य जी आज बिहान बिहान laptop खोल्ने बित्तिकै आरति,भजन,पशुपतिनाथ आदि सु-सब्दहरु पढ्ने मौका पाइयो!सबै मिलेर प्राथना गरौ! पशुपतिनाथले सबै भ्रस्टचारीको बिनास गरुन सबैलाई सद बुद्धि दिउन जय बम भोले……..

  15. श्री पशुपतिनाथले हामी सब्बैको रक्षा गरुन

  16. हे प्रभू शिव शम्भू पशुपति नाथ ,अब तिम्रै एक मात्र सहारा/ भताभंग हुन् लागेको हाम्रो प्यारो जन्म भूमि नेपाललाई जोगाउ/

  17. मुरी मुरी धन्यबाद, पहिलो पल्ट पशुपति को आरति को दर्सन गराउनु भएकोमा !

    ओम नाम सिबाय !

    अरु राम्रा राम्रा भजन सुन्न मन लागे तलको लिंक क्लिक गरेर आनन्द प्राप्त गरौ !

    http://www.youtube.com/watch?v=Q4jZPPA0Lwk&feature=related

    http://www.youtube.com/watch?v=s0JDuoeGMRQ&feature=related

    सत्यम सिबं सुन्दरम !!!

  18. जय भोले बाबा पशुपतिनाथ सारा जगतको रछ्या गरुन/ बमबम भोले

  19. कहिले काही देउता लाइ पनि वाक्क लाग्दो हो ,कति चाकडी गर्न आउछ मान्छे हरु भनेर ,
    सधै ययूतई कुरा ,
    —–मेरो काम बनाई दिनुस
    —–म लाइ जाच मा पास गराई दिनुस
    —–त्यो ह्यान्ड सम केटा सग लब परोस
    ——बिदेस जान पावोस
    —–मन्त्रि मण्डल मा सामेल गरिदेउ
    —-राम्रो घडेरी
    —–तरुनी राम्री स्वास्नी
    —-राम्रो गाडी
    –राम्रो सारी
    —जब
    —??

  20. पशुपतिनाथ ले हामी सबै को रक्षा गरुन! जय जय जय भोले!

  21. धन्यवाद भिडिओ सेहरिंग को लागि!

    श्री पशुपतिनाथले हामी सबैलाई सदबुद्दी देउन !

  22. It is both meditation and medication. So, I have deep honor and respect to the place Pashupatinath. It is actually holy place of the world.
    जय शम्भो, ताण्डव नृत्य र आरती सोमबार साँझ को पशुपतिनाथ को गहना हुन्. नेपाल हुदा फुर्सद हुदा जान्थे आनन्द लिन.

    Krishana Gyanwali
    Texas, USA

  23. आराध्यदेव पशुपतिनाथले हामी सबैको कल्याण गरुन/

  24. हरेक देस बिदेस मा रहेका नेपाली हरु लाइ पशुपति नाथ ले रक्षा गरुन
    देस मा छिटो भन्दा छिटो सान्ति आओस यहि प्राथना गर्दछु जय पशुपति नाथ

  25. उमेश जी / आज बिहान मैले एस्तो राम्र्रो कुरा देखें/ मन सारै आनन्द भयो/ जय हो बाबा pashupathi नाथ को/

  26. जय पशुपति नाथ !!! कल्याण गर नेपाल मातृभूमिको !!!

  27. पशुपतिनाथ संसारको सबैभन्दा शक्तिशाली भगवान, मलाई पशुपतिनाथ माथि निकै विश्वास छ | पबित्र आत्माले केहि पनि माग्नुस, तपाइले जसरि पनि पाउनुहुनेछ | पशुपतिनाथले नेपाल र नेपाली को रक्षा गरुन|

  28. काम को थकावट नै मेटियो आज. नराम्रो र नमिठो खालको समाचार हेर्दा हेर्दा यो मन दिक्क थियो , आज को यो भजन ले यो साँझ शितल बनाइ दिएको छ.

  29. Salokya

    इमरान खान,तारुत आइल्याण्ड,साउदी अरबिया

    श्री पशुपतिनाथ,
    देउ नेपालीको साथ,,
    बढाउ सहयोगी हात,,,

    खबर नआओस,
    मरे,पड्कियो,
    हराय,लुटियो,,

    जय नेपाल आमाको

  30. धेरै दिन भएको थियो यस्तो पृथक खालको समाचार नहेरेको/मलाई एकदम गौरब को अनुभूति भैरहेको छ भजन किर्तन हेर्दा / साँची भन्ने हो भने खुशी र दिमाग एकदम फ्रेश भएको महसुस भैरहेको छ / धेरै धेरै धन्यवाद माइ संसार लाई /

  31. धन्यबाद उमेश जी! विडियो हेरेर रमाइलो लाग्यो! श्री पशुपतिनाथले हामी सब्बैको रक्षा गरुन|

Comments are closed.