हुनेवाली सासुलाई खुला पत्र

आमा,
नमस्कार

म यहाँ आरामै छु। आशा छ यहाँलाइ पनि आरामै होला। केही दिन अघि राजधानीमा हाम्रो भेट भयो। यहाँलाइ भेटेर खुशी पनि लाग्यो। बिदेशबाट पढेर आएका इन्जीनीयर छोरालाइ बुहारी खोज्दै हुनुहुँदोरहेछ।

तर यहाँसँग त भेट भयो तर यहाँका छोरालाइ भने यहाँले भेटाउनुभएन। यहाँलाई मन परेपछि मात्र छोरालाइ बोलाउने र केटी देखाउने गर्नुहुन्छ भन्ने कुरा मैले सुनेकी थिएँ त्यस्तै भयो। यहाँलाइ मात्र भेटेर फर्कनुपर्‍यो।

इन्जीनीयर छोरा, कार्यालयमा काम गर्ने कामकाजी, पढेलेखेकी हजुर आफैं हुनुहुँदोरहेछ अनि हजुरका श्रीमान पनि इन्जीनियर भन्नुहुन्थ्यो।

पहिला नै हुनेवाली बुहारीलाइ तिमीले यो काम गर्न पाउंछयौ, यो काम गर्न पाउंदिनौ भनेर ब्रेन वास गरेपछि मात्र केटीले हुन्छ भने छोरालाइ देखाउने नत्र नदेखाउने हजुरको बिषेशता रहेछ।

आमा, परिस्थिति बदलिएको छ। यो आधुनिक जमानामा पनि छोरालाइ केटीसंग पहिला भेट नगराइकन र नदेखाइकन पहिला आफैं हेर्ने अनि मन परे छोरालाइ देखाउने नत्र नदेखाउने भन्ने जुन गरीराख्नुभएको छ नी , त्यो अलि मलाइ चित्त बुझेन।

हजुरको रोजाइ र छोराको रोजाइ उस्तै हुन्छ भन्ने के छ र? फेरी हजुरलाइ मन परेकी केटी नै छोराले मन पराउँछन भन्ने पनि के छ र? फेरी छोरालाइ मन परेकी पनि हजुरलाइ मन नपर्न सक्छीन नी, होइन र? कि मैले गलत भनें?

छोराको रोजाइलाइ प्राथमीकतामै नपार्ने र आफ्नो सजिलो मात्रै हेर्न खोज्ने जस्तो देखीने हजुरको यो कामप्रति ठुलो गुनासो छ मेरो।

हजुरले भेटमा भन्नुभएको कुरा सम्झीन्छु म। हजुरले भन्नुभएको थियो, “ ३ वटा नोकर चाकर थिए ति पनि भागे। दुइजना चोरेर भागे, १ जना यत्तीकै भाग्यो। घरमा काम गर्ने बुहारी चाहीएको छ। पढेलेखेकी, घरको मात्र काम गर्ने, पाहुनालाइ रिझाउने, घरपरीवारलाइ पकाइतुल्याइ गरेर खुवाउने। तर बाहीर अफिसमा काम भने गर्न पाइँदैन।

राजधानीको मुख्य बजार जस्तो ठाउँमा घर छ रे। बगैचा पनि ठूलो र फराकीलो छ रे। बगैंचामा अनेकथरी फलफुल छन रे।

हजुरकै भाषामा नोकरचाकर राखेपछि चोर्ने र भाग्ने भयो, त्यसैले भएका नोकर लाइ राम्रोसंग अह््राइ सिकाइ गरेर काममा लगाउने मान्छेको आवस्यकता छ घरमा।

घरमा आत्मनिर्भर बुहारी भन्दा पनि आफना जिवनका योजना, उद्देश्य मारेर घरधन्दाको काममा मात्र लागीरहने कामदार र अरु काम गर्ने घरका सहयोगीको नाइके आवस्यक परेको रहेछ जस्तो लाग्यो।

हजुर कामकाजी भएपछि सधैं घर भन्दा बाहीरको बाहीरै होला। घरको सारा काम बुहारीकै काँधमा त होला। अनि वुवा पनि इन्जीनियर भएपछि र छोरा पनि इन्जीनियर भएपछि सबैजना व्यस्त, बुहारीको काम भनेको तपाइले भनेका नोकरचाकरहरुसंग मिलेर काम गर्ने नोकरहरुको नाइके भएर होइन त?

हजुरले लगाएको साडी पनि कस्तो राम्रो थियो। महंगो होलाजस्तो। सुनले धपक्कै बल्नुभएको थियो। तर मेरो न गलामा सिक्री , न त कानमा, नाकमा नै गहना थिए।

राजधानीको ठाउँमा, तीन चारवटा नोकर राख्ने हैसियत भएको हजुरको परिवारसंग म के सुहाउँला र खै? व्यबहार र बोलीचाली नै मिल्दैन। यस्तोमा नाता जोडीसकेपछि व्यबहार पनी त्यही अनुसारको गर्नुपर्नेहोला। कसोगरी गर्ने हो खै?

हामीले नोकरचाकर कहिल्यै राखेनौं। सधैं आफ्नो काम आफैं नै गर्दै आएका छौं अहिलेसम्म। त्यसैले हजुरको परीवार र हाम्रो परिवारको सामाजीक हैसियत नै मिल्दैन। हामी मध्यमबर्गीय हौं र हजुरहरु उच्च्कोटीका घरानियाँ। आफुसंग स्टाटस मिल्दोसंग बिहे गर्नुपर्छ भनेर सायद त्यसैले भनिएको होला हामो समाजमा।

हजुरले घरमा काम गर्ने मान्छेलाई जसरी नोकर चाकर भनेर सम्बोधन गर्नुभयो , हो यही शब्दमै मेरो असहमति छ, आपत्ति छ। कामदार वा घरका सहयोगी भनेको भए पनि कमसेकम मलाइ त्यस्तो नराम्रो लाग्दैनथ्यो।

हजुरले मेरो पहिलो चरणको अन्तरर्वार्ता त लिनुभयो, अब दोश्रो चाहिँ फेरि कहिले हुने हो?

हाम्रो घरको ठेगाना लिनुभएको छ, अब वरीपरि छरछिमेकमा म कस्ती छु र कस्ती खाले हुँ भनेर बुझ्न आउने योजना पनि बुन्दै हुनुहुन्छ होला।

अँ, अस्ती अली साँझमा हाम्रो भेट भयो, चहकीलो उज्यालोमा त यहाँले मलाइ देख्नुभएकै छैन। त्यसो त अझै थुप्रै कुरा भने बाँकी नै छन।

आजकालका कतिपय केटाहरु आफनी जीवनसंगीनी आफूलाई आर्थिक हिसावले पनि सहयोगी होस भन्ने चाहन्छन रे।

र सायद हजुरका छोराले आफु सुहाउँदो, आफ्नो कामलाइ पनि सहयोग गर्ने र काँधमा काँध मिलाएर हिँड्न सक्ने खालकी पो चाहन्छन कि। तर यहाँले त छोरालाइ आफैं निर्णय गर्नै बन्देज लगाइदिनुभएको जस्तो देखीन्छ। किन आमा?

मानिसहरु महिला र पुरुष नभनी, कांधमा कांध मिलाएर काम गरेर आफनो देशलाइ कति माथि उठाएका छन, यो कुरा त छिपेको छैन नि हामीबाट होइन र आमा?

हजुरजस्तै सबै आमाहरुले यस्तै भन्ने हो भने के होला? एकातिर देशमा कानूनहरु महिला अधिकारको पक्षमा बन्ने कम बढेको पाइन्छ भने अर्कातिर हजुर जस्ता आमाहरु यस्ताखाले बन्देज लगाउंदै हुनुहुन्छ।

देशमा लोकतान्त्रिक व्यवस्था छ, गणतन्त्र आएको छ। तर तपाइँको कुरा गराइको श्ौली भने फेरीएको पाइन मैले।

हजुरहरुको बृद्ध अबस्था हुदैछ। अनि जिबन त छोराले बिताउने हो नि होइन र? अनि हजुरले छोराको सजिलो हेर्दै हुनुहुन्छ होइन की आफ्नो सजिलोका लागी बुहारी हेर्दै हुुनुहुन्छ जस्तो लाग्यो? नत्र भने अफिसमा काम गर्ने बुहारी खोजेको होइन,घर बाहीर अफिसमा काम गर्न पाइँदैन किन भन्नुभो? कमसेकम मेरो बिगतमा मैले अफीसमा काम गर्थें भन्ने कुरा थाहा पाएर पनि किन फेरी सबै काम चटक्क छोडन भनेर भन्नुभयो?

हजुरहरुको शेषपछि केहीगरी हजुरको छोरालाइ केही भयो भने मैले के गर्ने? त्यतीबेला, काम गर्नलाइ अनुभब हुँदैन, उमेर ढल्कीसकेको हुन्छ त्यो बेला। राजधानी जस्तो ठाउँमा एक पैसो आम्दानी नभएपछि भएको सम्पत्तीले मात्रै कति दिन थेग्ला र खै? बसी बसी खान थाल्यो र आम्दानी छैन भने त करोडौंको सम्पत्ती पनि सकीन बेर लाग्दैन होइन र आमा?

मलाइ लाग्छ, आफुले जानेको काम सबैले गर्नुपर्छ। सके त आफुले पढेअनुसारको काम गर्नुपर्छ होइन भने पनि यो महंगीमा परीवारलाइ अर्थोपार्जनमा सघाउने जिम्मेबारी बुहारीको पनि हुन्छ। आफ्नै लागी पनि बुहारीले काम गर्नुपर्छ। पढेको जानेको कुरा कमसेकम व्यबहारमा उतार्न सकियो भने न, पढेको पनि सार्थक हुन्छ होइन र?

मलाइ लागेको छ , म सायद हजुरको परिवारका लागी योग्य बुहारी होइन। म त्यस्तो भाग्यमानी पनि छैन कि बाहीर कामै नगरी घरमा आनन्दले बसेर तपाइँका घरमा काम गर्नेहरुलाइ काम गराएर मात्र खाउँ। मेरो मनले यसो गर्न मान्दैन आमा।

घरको काम ठ’लो समस्या होइन। बुहारी भएपछि घरको काम गर्न झन्झट पनि मान्नुहुँदैन र सहयोगी परीवार भयो भने जस्तै कामको चटारो भएका बेला पनि समस्या पर्दैन।

जानेको काम गरयो भने र सकृयतालाइ जारी राख्यो भने केही न केही अबस्य ह’न्छ। त्यसैले कृपया एकचोटी हुनेवाली बुहारीको रुचीतर्फ पनि बिचार गरीदीनुहोस।

मेरो वुवा आमाले यत्तिका समय खर्चेर पैसा सकेर स्नातकोत्तरसम्म मलाइ पढाउनुभएको यसै गर्नलाइ पक्कै होइन। आमा वावुको सपना साकार पारुँला, नाम राखुँला र समाजमा केही गरुँला भनेर हो, न की महलमा नोकर बनेर अथवा रानीजस्ती भएर बस्नलाइ।

तपाइँको प्रस्ताब मलाइ त चित्त वुझेन, मेरो आमावुवाले ठाडै अस्वीकार गर्नुहुनेछ। सधैं जिन्दगीमा केही गर्नुपर्छ भनेर हौसला दिइरहने मेरा साथीहरुले यो कुरा थाहा पाए भने के ठान्लान। मलाइ पढाउने गुरुहरुलाइ कस्तो लाग्ला?

हजुरले भन्नुभएको थियो। चिटीक्क परेर इज्जतमा बुहारी बसीदीए, र हेर्नेलाइ पनि राम्रो देखीइदिए हामीलाइ पुग्छ।

के बाहीर काम गर्नु इज्जत गुमाउनु हो?

आमा , बुहारी भनेको नोकर मात्र होइन, तपाइँको छोराकी जीवनसंगीनि पनि हो।

कहीँ यस्तो नहोस कि बाहीरी संसार केही थाहा नपाएर आफ्नै श्रीमती हो भन्न पनि तपाइंका छोरालाइ लाज नहोस , ज’न समस्या कतिपय जोडीहरुमा,दम्पत्तिमा अहिले देखीन्छ। त्यसैले आमा, बुहारीलाइ पनि आफुजस्तै कामकाजी बनाउन, र आफुजस्तै पोख्त बनाउन, हजुरको जस्तै छुट्टै खाले सामाजीक छबी बनाउन हजुरले बुहारीलाइ घरको मात्र होइन बाहीरको काममा पनि सघाउनुपर्छ। प्रेरणा दिनुपर्छ न की तिमीले यो गर्न पाउँदिनौ तिमिले यो छोड्नुपर्छ भन्ने।

आफ’ले जानेको कुरा समाजमा भन्न, अरुलाइ पनि बाटो देखाउन हज’रले बुहारीलाइ प्रेरणा दिनुपर्छ जस्तो लाग्छ मलाइ।

गरगहनाले सजिएर, राम्रा लुगा लगाएर , महलमा बसेर मात्र के गर्ने आमा, जब त्यो महलभित्र सुख चैन छैन भने? जब इच्छालाइ नै दमन गरीन्छ भने। की होइन आमा?

आमा, म आत्मनिर्भर बन्न चाहन्छु। काम गर्न चाहन्छ’। त्यसैले भैगो दुख नगर्नुहोस। हजुरका लागी म योग्य बुहारी होइन भन्ने हीसाबले मलाइ माफ गर्नुहोस। आत्मनिर्भर बन्न चाहने यो जमानामा हजुरले भनेजस्ती घरमै मात्र सिमीत भएर बस्ने ,पढालेखा बुहारी पाउन गाह्रै छ जस्तो लाग्छ, तर पनि के थाहा? भबिस्यको कुरा। तपाइँको छोराले चाहेजस्ती र छोरालाइ सुख दिने जिवनसंगीनी तपाइँका छोरालाइ मिलुन।

अलबिदा।

उही………..

सम्भावना

53 Comments

  1. जति बिकाश र चेतना को कुरा गरे पनि नेपाली समाज मा बुहारी को हैसयत नोकर पछिको दर्जा हो नोकर ले घर छोड्न सक्छन तर नारी सक्दैनन् नारी नै नारी का दुश्मन हुन् परिबर्तन हुन समय लाग्छ लेख संदर्विक छ.

  2. त्यो सासु आफु बाहिर काम गर्ने भएर उसलाई सबै कुरा थाहा रहेछ क्या. उसले पनि तेसै गरेकी होलि तेसैले हुनेवाला बुहारी लाई चैं बाहिर नपठाउने विचार गरेकी रहिछ. आखिर आफु जस्तो छ अरुलाई पनि मान्छेले तेस्तै देख्छ भन्थे होला त नि,

  3. छोरी दिने र बुहारी ल्याउने जस्ता तल्लो स्तरका सामाजिक धारणाको उन्मुलन गर्नु पर्छा. छोरा छोरीको कर्ताबे र अधिकार बराबर हुनु पर्छा. नत्र भने छोरीको दाइजो छोरा ले पाउने अन्सा जतिनै हुनु पर्छा. छोरी र बुहारी कहिलेइ पनि एउटी हुन सक्दैन. बुहारी भनेकी छोराकी जिबन संगिनी हो न कि सासुकी नोकर्नी. छोरी भनेकी आफ्नै सन्तान हो र जसको दाइत्वो र अधिकार हुनु पर्छा.

  4. महिला कि सत्रु महिला नै भन्ने कुरो को सप्रमाण लेख – धन्यबाद //

  5. कहानीको चुरोले मन छोयो| मन रोयो|
    यथार्थको चित्रण गरिएको रहेछ| कति जोइटिग्रेहरुलाई यो आफ्नै कहानी सरह लाग्यो होला|
    आफ्ना आमाबाबुले छोरोको कुभलो कैले चिताउदैनन, साँचो हो तर समयानुसारको बुहारी हेर्ने चलनमा पनि परिवर्तन आउँन नसके लाइफ फेल मात्र हैन, हेल हुन्छ है|
    आफ्नै नजिकैका साथिहरुको यो हाल र दैनिकी देखिरहेको छु| बिचरा भन्न बाहेक केही गर्न सकिंदैन| यस्तो स्थिति आउँन नदिन समयमै छोरा छोरीले आफ्ना आमा बाबुलाई मोटिभेट गर्न सक्नपर्छ| आफुलाई सम्भ्रान्त सम्झनेहरुले अरुको लाईफ स्वाहा पारिदिन्छन| यस्ती हुनेवाली सासुले आफ्नो छोरीलाई के कुन बाटोमा दोहोर्याउँदो होलान कल्पना गर्न गाह्रो छैन|
    सम्भावनाजी, यो हजुरको अन्तर्मनको कथा संग मिल्छ भने हजुरले दोस्रो अन्तर्वार्ताको प्रतीक्षा नगरेकै वेस| सोझै रिजेक्ट गरिदिनुहोला| सायद त्यो घरमा घुसको खेति निकै फस्टाएको होलान|
    यो संसार विशाल छ| मन

  6. नोकरमात्र हो र ! घरका ‘राजकुमार/राजकुमारी’हरूले आफ्नो बाजेसरह उमेरकालाई ‘तँ’ भनी सम्बोधन गर्छन् । हरेक व्यक्तिले आ-आफ्नो क्षमतानुसारको काम गर्छन्, तर यसको अर्थ आर्थिकरूपले वा अन्य कुनै कारणले आफूभन्दा तल पर्यो भन्दैमा कोही पनि हेपिनुहुन्न । वर्गीय भिन्नता खासमा यहाँनिर देखिन्छ ।

  7. धेरै राम्रो लेख छ आजको उच्च परिवारको मै हुँ भन्नेहरुले बुहारीमाथि गरेको ब्याबहारलाई जस्ताको तस्तै उतार्नुभएकोछ …हरेक आमा बाबा छोरा छोरी बुधरिले सबैलाई समान माया गरौ ….एकार्कामा माया बाध्न जान्ने हो भने हरेक घरका सुखी परिवार हुन्छन ……..

  8. सबैलाई आ-आफ्नो जिबन आ-आफ्नै तरिकाले जिउने अधिकार छ |
    खै के कमेन्ट गर्ने !!!

    • यो काल्पनिक नै भए पनि दुवै पात्र यी (लेख्ने र बुहारी खोज्ने) दुवै कागको फुल चोर्न सक्ने चलाख हुन् र यिनको भविष्य पाडो लाटो भएर दुध खान्छ काग बाठो भएर आची खान्छ भन्या जस्तो हुन्छ है ! मलाइ त यो बेहुलो चार्ल्स शोभराज अनि बुहारी निहिता अबिश्वास आमा चाहिं अत्यन्त जागरुक महिला ‘सुन्तली’ उर्फ सकुन्तला हो कि जस्तो लाग्यो है !

  9. इन्जिनियर केटो, भर्खर विदेशबाट आएको अनि त्यसमाथि पनि धनि घर ! बुहारी बनेर चैन गर्ने सपना रैछ ! त्यो सबै चकनाचुर भाको झोंकमा लेखिएको लेख हो यो.

  10. खै के कमेन्ट गरौ अहिले को जमाना अनुसार घरमा काम गर्ने मानिश पाउन सारै गारो छ तेसैले अहिले काम गर्ने को रुपमा बुहारी नाम को सम्पति घरमा भित्राउने चलन छ नेपाल मा.सम्भावना तिमीलाई पनि धेरै आराम गरेर बस्ने परिवार चाहियको जस्तो देखिन्छ

  11. सम्भावनाजी, भोलिको लागि दुईतीनवटा सुझाव
    १) विदेशबाट इन्जीनीयरीङ पढेर आको केटा छ भनेर कसैले कुरा ल्याउँदैमा हाम्फाल्दै नजानुस्।
    २) परिवारबाट बिहे गर्नैपर्ने प्रेसर छ भने पहिले केटालाई मात्र भेट्ने कुरा अघि सार्नुस्।
    ३) केटालाई भेट्नु अघि अनलाइन अथवा फोनमा चिनाजानी गर्नुस्। कुरा सुन्दै तोरीलाहुरे जस्तो लाग्यो भने किन टाइम वेस्ट गर्ने।
    ४) केटालाई तपाईंको भविष्यका योजनाहरु खुलस्त पार्नुस्। उसको मार्फत यो कुरा उसको परिवारमा पुगोस्।
    ५) केटालाई दुई तीन पटक भेटपछि बल्ल आफ्नो परिवारलाई साथ लिएर उसको परिवारलाई भेट्न जानुस्।
    ६) लास्टमा गएर मियाविवी राजी तो क्या करेगी माँ जी। 🙂

    • केटा नै भेट्न आउछ नि श्रीमती चाहिन्छ भने किन जानु यसको घर./ म त तेही भन्छु —-

  12. I am a very firm believer of Voltaire’s ”I may not agree with what you say but I will defend to the death your right to say it.” Here I do agree with most of what you said but I am wondering why would you start the letter with “आमा”.
    Is there a point to that?

    You disagree with everything she said then why start with such a misguided salutation?

  13. जमाना पनि कस्तो आयो बा! लव-लेटर, हुने वाला सासुलाइ? तेस्को साटो हुने-वाला दुलाहलाइ लेख्ने हो कि ? फेरी-आफ्नो जीवन साथी आफै खोज्ने, अथवा बाबु-आमाले खोजेको केटि आफ्नो लागि ठिक-बेठिक छुट्याउने (अन्तिम निर्णय) गर्न नसक्ने लाइ के ताकी राख्नु भाको हो, सम्भावना जी? हामी मर्या-छुम र ? अनि येत्रो महाभारत लेख्न-सक्ने खुबी भाकी तपाईले अहिले सम्म पनि आफु सुहाउने कोहि भेट्नु भएन?, र त्यो (तपैकी हुने-वाला सासु) संग उसको जोइटिन्ग्रे छोरो को पुकार गर्दै हुनुहुन्छ,

    अन्तमा, माथिका हरफ हरु कथा भित्रका प्रश्न मात्र हुन्, अन्त्यथा नलिनु होला,
    समग्रमा यो आधुनिक नेपाली समाज (बास्तवमा हुन नसकेको) लाइ गरिएको ब्यङ्ग निक्कै राम्रो छ, तर येस्मा एउटा पेशा (इन्जिनिरिंग) लाइ होच्याउन खोजिएको वा यो नै सब्रोतिक्र्ष्ट पेशा हो भनि चिनाउन खोजिएको मा बिसेस आपति!!!

  14. सम्भावना नानी,
    गन्थन त परिपक्क नै लाग्यो / प्रजातान्त्रिक, लोकतान्त्रिक तथा कुनी के जाति गणतान्त्रिक हो क्यारे…सबै भावले ओतप्रोत भएर लेखेको अग्रगामी नारी महत्वको पत्र रहेछ /
    पढुन्जेल अस्ति भर्खर कपाल स्ट्रेट गरेर आज कलर गरि फुर्तीका साथ् लेखेको लेख रहेछ;भन्ने कल्पना मनमा आइनै रह्यो /
    – हुनेवाला सासुको भएजति सबै अवगुण र समाजमा कथित सम्भ्रान्त देखिने सामन्ती व्यवहारको नालीबेली पर्दा पछाडिको पात्रलाई पस्कदै आफु ओभानो देखिने लेख्नु ठुलो कुरो होइन !
    – जीवनभरि आफ्नो बालबच्चाको पालनपोषण देखि शिक्षादीक्षा समेतमा बाबुआमाले ठुलो त्याग गरेको हुन्छ, त्यसैले बाबुआमाले परिवारको सधै भलो र राम्रो नै चाहन्छ / आफु सहित यौटै घरमा जीवन बिताउने भएपछी अभिभावकले आफुलाई समेत स्वीकार्य हुने बुहारी खोज्नु गलत होइन /
    – आमाले छोराको कहिल्यै गलत सोच्दैन/ आमा जननी हो, मातृवात्सल्य स्वार्थरहित हुन्छ भन्ने ममन लेखुन्जेल एक पल पनि आएको भए यस्तो लेखिदैन थियो होला..
    – ठिकै छ अरू त के भनौ..यस्तो आफ्नै पल्लुको महत्वमा धावा बोल्ने बुहारी मेरो आमालाइ पनि चाहिदैन !!!

  15. पांग न पुच्छर को लेख, आधुनिकीकरणका नाममा यस्ता गफ चुट्नेले एउटा निक्खर काला बाक्ला जुँगा भएको भुस्तिग्रे boyfriend खोजे भैगो नि त / यदि सम्भावनाजी ले आफुले भने जस्तो पढ्नु भाछ (बाबुआमा ले स्नातकोत्तर सम्म पढाई दिएको, जय होस्!!! लेखमा आत्मनिर्भरताको रौनक पनि थियो), जीवन बुझ्नु भा छ, आफ्नो उदेश्य के हो थाहा छ एवं जीवन लाई सफल, व्यवस्थित, मर्यादित र दाम्पत्यामय बनाउने हैसियत छ भने आफु लाई कस्तो केटा चाहिन्छ भन्ने पनि थाहा हुनु पर्ने हो र स्वतन्त्र रुपमा आफैले केटा खोज्न सक्नु पर्ने हो / आफ्नो खुबी अत्यन्त न्यून भएकाले हतोत्साहित मनास्तिथि मा लेखिएको लेख हो यो / नत्र एउटी सामन्ती बुढी आइमाई को मा मलाई तिम्रो छोरा देउ भन्दै धाउनु नपर्ने हो सम्भावनाजी /

  16. सम्भाबना जी मा धेरै कुराको सम्भाबना देखिन्छ है ,यता तिर हुने वाला सासु लाई सम्झाउने उता तिर त्यो हुने वाला पतिदेव ले यो लेख हेर्यो भने आफु तिर मन ढल्काउने /आहा क्या सटिक बिचार मलाई त एकदम् मन पर्यो तर एउटा कुरा ,त्यस्तो संग्कुचित सोचाई भयको सासु आमा को घर मा तपाइँ महिना दिन पनि टिक्न सक्नु हुन्न अनि आमा छोरा मा बिबाद हुन्छ त्यसपछि आमा एकतिर ,छोरा बुहारी एकतिर /साच्चै नै भन्नु पर्दा नेपालि समाज को बास्तबिकता हो यो /यो मेरो बिचार हो बाकि तपाई को बिचार…………./

  17. समयले धेरी फन्को मारी सक्यो |सासु ससुरा ,नातागोता,गुरु सब मतलबी दुनिया भै सक्यो |को ?कस्तो ? चिन्न नसक्ने छ |दुनिया तर पनि सुस्माज निर्माण गर्न
    समय अनुसार केटा र केटि मन मिले मात्र बिहा गर्ने हो| अनि छोरा छोरिको दुवै पछे अभिभावक को समजदार हुन्छ| बिहा हुन्छ अनि मात्र सासु भन्न मिल्छ जब बुहारी नै नहुने भए पछि !के को सासु ?|क्या गजब छ बा !!!! कस्तो केटि होला ? छोरा नै देखेको छैन ! हुनेवाला सासु रे ! ? लेख पड्दा कति सुसिल केटि होला !भन्ठाने त् लामो लेख पढे पछि त् बिहा नगर्ने रे ! |लोग्ने बिना सासु ?? सासूलाई नराम्रो छोरा गवार भन्नुछ भने ! सिदा भने भै हाल्यो नि |यति राम्रो लेखन जानेकोले ! भन्न के खोजेको ?? आफु चाही सत्यो सावित्री बने त् ?
    फुलको आखामा फुलै सग्नसार काडा को आखामा !!!!!!! आनीको गित याद आयो | अब कस्तो केटा चाहियो ? चपली मुविको को जस्तो हिरो चाहियो ? हुनेवाला सासु रे बिहा गर्ने होइन राज गर्ने बिचार छ कि क्या हो ?त्यसैले |आमाको आज्ञाकारी केटा होइन| ,आवारा केटा चाहियो ? मेरो बिचारमा बिहा भनेको गृहलक्ष्मी बनेर जाने हो |त्यसको मतलब दासी पनि होइन |
    घरको काम त् भए जति मिलेर गर्ने पर्यो |सासु नभए नि गर्ने पर्यो|
    आजभोली आमाबुवाले घरको काम गरौन्दैन | सस्कार भनेको सिकाइन्दैन् न त् सिक्छ धर्म सस्कृति सस्कार थाहा छैन |आधुनिक फेसन भन्दै समाज बिसग्न्गती बढ्दै गएको छ | |बेबिलोन रे !!! पवित्र धार्मिक इस्थल मठ मन्दिर ,पार्क रत्नपार्क जस्तो ठाउमा , भलाद्मी सब्य मानिस त् आखा खोलेर हिड्ने मुस्किल भैसक्यो || जता ततै त्यस्तै देख्छ |

  18. Miss “Sambhawana” has presented story in a very excellent way. And she tried to interlink social emotion, possession, position, property and traditional power structure on mother-in-law or daughter in law. The women who is looking for a girl for his son has excessive pride on his son’s and husband’s profession. Furthermore, his son got “American Degree”, a great transnational tag, counted as superior in Nepalese social hierarchy. The writer tries to explain how people treat their daughter in law in so called rich families. Love, marriage and relationship have emotional bond, monetary or professional success only fulfill material rapture, and in return they have psychological torture life long. I reiterate the statement which is popular in Nepal, ‘I would like eat 2 times a day, but I want you with me forever.” We need money to live, but we don’t have to leave our life to money. We get life at once, so No compromise at all. Wherever your heart feels comfortable, you have to knot your life. Get feelings from your heart rather from your mind. Then, it works. God bless.

  19. मध्यम बर्गीय परिवारमा बरु परिवर्तन आइसकेको छ, उच्च बर्गीय भनाउदाहरुमा चै अझै पनि यो प्रथा बिध्यमान नै रहिआएको महसूस गरेको छु

  20. मलाइ त राजनैतिक छेडछाड होलाकी जस्तोलागेको थियो सिर्सक हेरेर तर साच्चै समस्यामा पर्नुभएछ “हुनेवाली सासुको dimand ले” नितान्त व्यक्तिगत कुरा भएपनि आफ्ना बिचार सार्बजनिक गर्नुभएकोमा धन्याबाद किनकि यसले केहीमात्रामा भएपनि “हुनेवाला” पोइ, सासु, ससुराले आफ्नो दिमागको मुल्यांकन गर्नेछन
    अन्तमा तपाइको बिबाह एउटा समझदार परिवारमा होस् भन्ने सुभकामना तपाईलाई (के गर्ने मेरो छोरा सानै छ) येस्सो माइसंसार्ले पनि पहल गरिदिदा हुन्थियोकी? यो त सामाजिक कार्य हो नि बाबै, नत्र बिचारिले कोमल ओलीको गित गाउदै बस्नुपर्यो भने?

  21. To free women from mental and physical violence, they should not live with their in-laws, the joint family system should be eliminated where daughter-in-law are behaved as licensed servant…if she denies she will be accused of not being social and cultural. (Keeping in mind this is not in every case but 90% do exist)

  22. लेख अत्ति नै समयासान्दर्भिक छ, बास्तबमा महिलाहरुप्रति दमनको सुरुवात महिलाबाट नै हुन्छ, समारोहहरुमा महिला आयोग हक अधिकारको कुरा गरेर मात्र पुरुषसरह हुने हैन तेस्तै महिला दिबस, तिज जस्ता पर्बहरुमा जसरि अहिले अधिकारको नाममा कुसंस्कारले जड बसालेको छ यो त उही लोग्नेहरुले या पुरुषहरुले औसी पुर्नेमा नि रमाइलो गर्दै हिड्न हुने हामि चै के कम भनेर प्रतिस्पर्धामा उत्रिए जस्तै हो, हक अधिकार को नाममा पुरुषले जे गर्यो तेही गर्दै हिडेर महिलाको हक अधिकार बन्चित हुने हैन; उनीहरुले तेही गर्दा के बिग्रिरहेको छ र आफुले के गर्ने भन्ने कुरालाई आत्मसाथ गरेर अगाडी बढ्ने हो भने महिलाले नै देशलाई अगाडी नबधौला भन्न सकिन्न,
    देशमा बेरोजगारीले गर्दा पुरानो धारको सामाजिक कुरीतिलाई भुल्न नसक्दा समाजमा महिलाहरु बीच खालि गहना पति र सुन्दरतामा मात्त्र प्रतिस्पर्ध भैरहेको अवस्था छ, हिन्दि सिरियल हेरेर उनीहरुको उच्चा जिबनको परिकल्पना गर्दै पार्टी र राम्रो गरगहना र राम्रो कमाउने पति भएर मात्त्र महिला बिकाश हुने हैन
    अन्त्यमा जे भने पनि महिलाको बिकाशमा महिला नै बाधक भएको धेरै उदाहरण छ हाम्रो देशमा.
    सासुमाले बुहारीलाई छोरिसरह नमान्ने; बुहारीले ससुमालाई आमासरह

  23. जति सुकै सिक्षित भनिएता
    पनि अझै पनि
    हाम्रो समाजमा
    बुहारी प्रति हेरिने
    दृष्टिकोणमा
    सुधार आएको पाइदैन
    तर नेपाल देशै गरिब
    नेपालि जनता तेसै गरिब
    को छ यो देशमा धनि ?
    शोषक र सामन्ती
    अनि भ्याट र कर
    नतिरेका हरु होलान
    जे होस् लेख राम्रो छ
    कोटी कोटी धन्यवाद |

  24. आफ्नो आफ्नो कर्म, आफ्नो आफ्नो परिणाम. राम्रो काम गर्नुस, जिबन सुन्दर हुन्छ. धेरै बिहे, लोग्ने, स्वास्नी,सासु, आदि इत्यादी खुराफात सोचेर समय फाल्नु ठिक छैन. तपाईले तपाई अनुसारको केटा पाउनु हुन्छ. नमस्कार. 🙂

  25. तातो न भुत्लोको गन्थन ….. जीवन भर पुर्पुरो समातेर कुना बसी रुदै पछुताउनु पर्दा बल्ल थाहा हुन्छ…

    • कुन जमानाको मानिस हो तपाइँ राजजी? के धनि छन भन्दैमा चुपचाप जानु??? बिबाह हुन्न्की भनेर ??? डर छेरुवा

      • श्री माया जी तपाई जुन जमानामा हुनुहुन्छ मा पनि त्यहि जमानाको एउटा अंश हुँ / यहाँ र म जीउने जमानामा कुन पृथकता छैन/ केवल भिन्नता छ त यहाँको सोंचाई र मेरो भनाईमा / मेरो शब्दहरुले विवाहको कुरामा मनमा लड्डु फुटाउनेहरुको भविष्यको दुर्दशा चित्रण गर्न खोजिएको थियो / तर याहाँमा ” म गर्छु आगराको कुरा तँ गर्छस गाग्राको कुरा” भने जस्तै चरिथार्थ भयो/ धन्यवाद /

      • यो राज भन्ने बाबु अलि तोर्पे style को रहेछ|

  26. ओहो यो मैया संग त बिहा गरिन्न ल भन्दे मैले नि

  27. सम्भाबना जी हजुरमा धेरै सम्भाबना देख्न सकिन्छ ! तर के गर्नु आफ्नो त भै सक्यो !

  28. येस्ता नितान्त व्यक्तिगत कुरालाई स्थान दिएको मलाई त कत्ति पनि मन परेन. कति लाइ आफ्नो सासु – ससुरा मन पर्छ, कति लाइ मन पर्दैन, यो आफ्नो घरायेसी कुरा हो . येस्ता कुरा हरु परिवार भित्र अनि आफ्ना हितैसी साथि- संगी बीच मात्र ठिक हुन्छ . रास्ट्रीय स्तर को ब्लग मा येस्ता गुइये कुरा राखेर माइसंसारले आफ्नै खुट्टामा बन्चरो हान्ने काम अब देखि नगरोस , शुभकामना !!

    • उत्तम जी, यो व्यक्तिगत कुरा हैन. अहिले समाज मा देख्दै हुदै आएको कुरा हो. एस्ता सामाजिक कुरा ले राष्ट्रिय स्तर को ब्लग मा स्थान पाउनु पर्छ.

  29. मलाई त एकदम चित बुझ्यो.मेरो आमा पनि तेस्तै हुनुहुन्थियो. म कति भन्थ्ये मेरो बुवा आमा लै हामी ले अर्का को छोरी लाई बजारको साग किन्न गएको बेला जस्तो, जागिर खान अन्तरबार्ता दिन आएको जस्तो गर्नु हुन्न. हामी ले जो संग कुरा गर्दा पनि अर्को बय्क्ति को इजत गर्नु पर्छ/ तर मेरो बा आमा लाई कहाँ त्यो कुरा चित बुझ्नु, पछि त मेरो मेरै टोल को एक जना संग मन बस्यो, उसको र मेरो जात मिल्दैन्थियो तर मन मिल्यो भैहाल्यो नि. मैले त जिल्ला प्रसासन मा गएर कानुनी बिबाह गरे, खेल नै खत्तम. त्यहि भएर अहिले मलाई घर बाट निकाले आमा बुवा ले…तर मलाई त्यो कुरा को दुख त छैन, हामी दुवै जना डेरामा पनि खुसि छौ, दुवै जना काम गर्छौ एक अर्का लाई माया गर्छौ,, तर बुवा आमा को पनि एकदम माया लाग्छ, कति बुझाउन खोज छु बुझ्नै खोज नु हुन्न. बुवा त अलि मान्नु हुन्छ तर आमा नै मान्नु हुन्न. किन आइमाई नै आइमाई को सत्रु भएको होला अचम्म लाग्छ

    • तपाइको कुरामा 100 mark दिन लागेकी थिय तर अन्तिम हरफहरुले यो कुरा चाहि बनावटी हो जस्तो लाग्यो किनकि मेरो पनि चिनजानमा १ तेस्तै बिबाह भयो अब जे भयो भयो मन मिल्यो बच्चा बच्ची पनि भैसके तर बाबाको मन कहिलेइ फिरेन आमा लुकीलुकी भेटेर आउछिन तर बाबाले थाहा पाए घर निकाला, आमा भनेको आमा पो त सौतेनी आमा बाहेक आफ्नो आमा तेती निस्ठुरी हुन्नन् के?

  30. सम्भावना जी,तपाई लाई ति महिला को आचरण,बानी,बेहोरा मन न परेको येथार्थ मैले पाए येती हुदाँ हुदै तपाई ले सासु भन्ने सब्द उस लाई सम्बोधन गर्नु को कुनै तुक यहाँ छैन /तपाई को सोच अनि भावना अनुसार को सासु तपाई ले पाउनु भएन भन्ने कुरा प्रस्ट हुदा हुदै किन उसै को नाम मा खुला पत्र???मलाई मन परेन भनेर बिद्रोह गर्दा पो राम्रो त?यो त अति नै भएन र?के हामी समाचार को भोको भएर तपाई को बकमपुच्रे कुरा पनि आत्मसात गर्नु पर्ने हाम्रो कस्तो यो कर्म??मैसंसर ले पनि अब काम पयिनस बुहारी पोख्दै ,उठाउदै मै दिन बिताउन लागेको हो कि के हो??
    महोदय २ सब्द कसै ले लेखे भन्दै मा येस्ता लेख लाई हामी ले पद्नु नै पर्ने बद्यता को सिकार किन बनाउनु हुन्छ??तपाई को बजन काम होला महोदय…..

  31. ओहो यौटा कुरा थप्न बिर्शिये , साएद त्यो हुने वाला सासु महिला अधिकार्कर्कर्मी होला .

  32. सासुले छोरोलाई नोकरै बिहे गर्र्दे हुन्छ , किन छोरो को लागि बुहारी भन्दै खोज्दै हिड्ने ? छोरोको लागि नोकर बिहे गर्न चाहियो भने बेश हुन्थियो……………

  33. कुरो त आफ्नो ठाँउमा ठिकै होला। तर कोहि बुहारि हुन खोज्ने त फेरि पैले केटा सँग कुरा गर्दा मुख लेप्राउने तर पछि सासु ससुराको इतिहास थाहा पाएपछि हामि के कुरा अघि बढाउन सक्छौ भन्ने पनि हुन्छन है।

  34. सम्भावना जी तपाइको यो लेख मलाई ठिकै लग्यो, तर तपाईंपनि आफुलाई मनपर्ने जिबन साथी खोज्नुस न! जो तपाईं को कदम मा कदम मिलाओश , त्यो generation ले यो generation को कुरा बुज्दैनन क्या | आफुलाई मन परेको केटा सित बिहे गर्नुस परेको म बेहोरुला ! मन परे like ठोकुम त !

  35. ह्या सम्भावना जी खुरुक्क आफुले पनि आफुलाई मिल्ने जिबन साथी खोज्नुस न , के अरुको बारेमा लेख लेखि राः हो ! त्यो बुडी लाई गोलि मर्नुस आफ्नो मन मिल्ने साथी खोज्नुस तपाइलाई मेरो सुभकामना ! मन परे लिके ठोकुम त !

  36. होइन यति राम्रो बानी, वेबोवार भएको महिला बुहारी हुदा पनि यो साशु आमैलाई के भाको हो कुन्नि

  37. यो बेकार को गन्थन किन यहाँ पोस्ट गरेको होला..हुनेवाला सासु ले मलाई एस्तो बुहारी चाहिन्छ भन्न पनि नपाउने? आफुलाई चित्त नबुझे त्यहि हुनेवाली सासु लाई सुनाउनु नि..बेकार मा हामीलाई किन बोर गरेको होला..मेरो बिचारमा त्यो धनि परिवारमा बुहारी हुने सपना भताभुङ्ग भएकोले आलाप बिलाप गर्नु परेको होला..उडायो सपना सबै हुरी ले..के गर्नु र.. केहि छैन तेस्तै धनि परिवारको केटो अन्त पनि पाईन्छ होला नि..हरेश नहार्नु ल..

    • बोर नमन्नुस हजुर, यो त छोरालाई देखाउन पोस्ट गरेको हो/

  38. जय होस् जय …
    बहुत राम्रो .. कति पय छोरा हरु आमाले भनेको कुरा काट्न नसक्ने मैले पनि देखेको छु .. आमा आफ्नो ठाउमा, आफु आफ्नो ठाउमा भएर आजको युग मा चल्नु पर्छा जस्तो लाग्छा. आजका छोरि/बुहारी ले राम्रो संग बुझेका छन् पारिवारिक मान्यता … पहिले जस्तो ९ वर्ष / १० वर्ष मा आजकल बिवाह हुँदैन .. श्रीमान भन्ने थाहा नहुँदै आमा बनेर लाज र समाज बाट बच्न भाग्न पर्ने स्थिथि छैन आजकल ..

    आमाले पनि आफु बुहारी हुँदा कस्तो भोगेको, परिवारमा अफ्तेरो परेको सबै कुरा विचार गरेर कुरा लाइ सजिलै लिए सुख हुन्छा नत्र त बिहे पछी छोरो जति सुकै प्यारो भए पनि, घर छोडेर, नजिकै डेरा बसेको थुप्रै उदाहरण छन् …

    आजका कतिपय आमा चेतना भया …………….

  39. अहो कस्तो राम्रो लेख साह्रै मनछुने लेख, धन्यवाद एउटा ठट्टा, मेरो बुबा आमाले पनि तपाइं ले सोच्ने जस्तै बुहारी खोज्नु भाको छ 🙂

  40. सम्भावनाजी, उनको छोरोसंग अब बिहे नै यहाँले गर्नु हुन्न भने, ती महिला कसरी यहाँकी “हुनेवाली” सासु भइन ? “हुनलागेकी” पो होलिन त ??

  41. धनि घरको बुहारी बनेर दासी बन्नु भन्दा झुपडीमा बसेर स्वतन्त्र जीबन जिउनु नै उत्तम हो..सामाजिक मर्यादामा बसेर स्वतन्त्र जिबन यापन गर्नु नै जिबनको महत्व हुन्छ जसले पैसा र धन दौलतले मान्छेको जिबन यापनमा अंकुस लगाउन खोज्छ त्यो तानाशाह अथवा निरंकुस भन्दा फरक पर्दैन…राम्रो लाग्यो यो लेख एउटा बुज्रुक घरानिया घरको सासु भनौंदालाई पाठ हो यो

  42. अब गधा लाई धोएर गइ बन छ र ? तिमि हरु जस्ता ठुलो भनौदा को घर मा मलाई आउनु छैन, तेरो engineer छोरो लाई SLC फेल केटि खोज्नु मेरो आश नगर्नु भने भैगो नि, के को नाना भतिको तातो न चारो को चिठी लेख्नु पर्यो ????

  43. सम्भावना जी तपाइको यो लेख मलाई सार्है चित्त बुझ्यो | जति सुकै सिक्षित भनिएता पनि अझै पनि हाम्रो समाजमा बुहारी प्रति हेरिने दृष्टिकोणमा सुधार आएको पाइदैन | आफुले चाही जे गर्दा पनि हुने अरे अनि त्यहि कुरा आफ्नो बुहारीले गर्दा चाही सहन नसक्ने अरे …..त्यस्तो पनि कहिँ हुन्छ र ?

  44. बर्गीय चिन्तनमा आधारित लेखलाई सराहना र सम्मान गर्दै यस्ता अरु बढी नविन रचनाहरु पढ्न पाइयोस|

Comments are closed.