पत्रकार सम्मेलन गरेर निस्कँदैछन् ज्ञानेन्द्र

“हेर दुर्गा..” भनेर अन्तर्वार्ता दिने मात्र बानी रहेका ज्ञानेन्द्रले आज अपराह्न ५ बजेतिर पत्रकार सम्मेलन गर्दै आफ्नो मुख खोल्दैछन्। शासनकालमा एक पटक पनि पत्रकार सम्मेलन नगरेका ज्ञानेन्द्रले आज गर्ने पत्रकार सम्मेलनमा पनि सञ्चारकर्मीहरुले दोहोरो कुरा गर्न पाउने छैनन्। उनी एकोहोरो रुपमा बोल्नेछन्, आफ्नो कुरा राख्‍नेछन्, अनि बाहिरिनेछन्। अंग्रेजी प्रष्ट बोले पनि नेपाली बोल्दा अक्सर गल्ती गर्ने ज्ञानेन्द्र (शासन कालमा एकचोटी उनले भाषणमा प्रदूषणरहित भन्नुपर्ने ठाउँमा प्रदूषितरहित, प्रकारलाई परिकार भनेका थिए। सुन्नुस्) ले लिखित वक्तव्य नै पढ्ने अनुमान गरिएको छ।

वक्तव्यमा जनआकांक्षालाई सम्मान गर्ने बाहेक नयाँ कुरा केही आउने देखिएको छैन। सके माघ १९ तत्कालीन परिस्थितिमा ठीक थियो भन्ने जिद्दी पनि अन्तिम पटक गर्ने हुन् कि !

संविधान सभाको १५ दिने म्याद पूरा हुन लाग्दा उनी आज राति नारायणहिटीबाट डेरा सर्नेछन्। राति नौ बजे नागार्जुनमा भोज भएकोले त्यसअघि नै उनी त्यहाँ पुग्ने होलान्। उनले वक्तव्यलाई टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गर्न चाहेका भए पनि सामान्य नागरिक भइसकेका मान्छेले के हैसियतमा लाइभ कुरा गर्ने भन्दै अनुमति नदिइएको पनि सुनिन्छ। तर पनि रेकर्डेड भए पनि प्रसारण त होला नै।

यो पनि हेर्नुस् है !

पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिकका तर्फबाट घर र गाडी दिने विशेष कार्यक्रम

नेपाल सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबार दिएकोमा हाम्रो आपत्ति छ । उनले आवास नभएको भन्दै नागार्जुन मागेपछि सरकारले नागार्जुन उपलब्ध गराएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले नागरिकका तर्फबाट मैले उनलाई घर र गाडी उपलब्ध गराउने निर्णय गरेको छु । यसका लागि निम्न स्थान, मिति र समयमा पत्रकार सम्मेलन आयोजना गर्दैछु । उक्त कार्यक्रममा यहाँको प्रतिष्ठित संचारसंस्थाबाट प्रेस प्रतिनिधि पठाई सहयोग पुर्‍याइदिनहुन हार्दिक अनुरोध गर्दछौं । कार्यक्रमपछि पूर्व राजालाई हस्तान्तरण गर्ने भनिएको बुद्धनगरमा बनेको घर र गाडी पनि देखाइनेछ ।

आजै- १४५ बजे
नागरिकहरु

स्थानः नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौं
मितिः २०६५ जेठ २९ गते, बुधबार
समयः १४५ बजे

नवराज शर्मा
संयोजक

69 Comments

  1. Uhile NTV bata Gyane ko interview ayeko thiyo, adhirajkumar thiye uni. Mahendra Prakriti ko adakchya thiye kyare. Durganath Sharma le liyeko tyo interview ma “Hera Durga” vaneko yaad cha. Tei hola.

    Santosh

  2. Lah…aba hami sabai NETAA RA JANTAA Purba RAJA Gyanendra jastai GYANI bhai Unnati pargati tira lagau hai Sathi ho.

  3. लाटीजी धन्यवाद । तपाइकेा कुरा हेा जस्तेा लाग्येा । कि दुर्गा पेाखरेल लाइ हेा ?

  4. today is sad day for us who love monarchy ,but we have capacity to hold the pain to sacrifies our happiness for the shake of peace as our king is doing.he may not be the king for every nepali but he will always remains as king among us.
    LONG LIVE HIS MAJESTY KING GYANDERA….WE LOOKING TO READ BEAUTIFUL POEMS FROM YOU.

  5. उमेशजी ,म त आज पनि अस्तिको जस्तो लाईभ हेर्न पाईन्छ होला भनेर अफिसबाट टाईम मिलाएर हतार हतार माइसन्सार अन गरेको त लाईभ कास्ट नै रहेनछ । न्युज र जानकारीको लागि धरै धरै धन्यवाद।

  6. अपडेट ६:१२
    ज्ञानेन्द्र ले भनेका मुख्य मुख्य कुरा हरु
    आदणिय देश बासी हरु होइन दाजुभाइ तथादिदी बहिनी हरु
    महिले बिदेश मा सम्पत्ति जम्मा गरेको छैन
    दरबार हत्याकान्ड महिले गरेको होइन
    म नेपाल मै बस्छु
    म बाट अन्जान बाट भएको गल्ती लाई माफ गरिदिनुस् तर गल्ती गरेकै चाइना
    जय नेपाल

  7. पूर्व राजा ज्ञानेन्द्रले भखर पत्रकारसम्मेलनमा सम्बोधन गर्नु भएको छ।
    उहां ले राजहत्याकाण्डमा आफ्नो संलग्नता वा भुमिका भएको आरोप अस्विकार गर्नु भएको छ भने आफु नेपालमा नै बस्ने र आफ्नो
    बिदेशमा कुनै पनि सम्पत्ति नरहेको स्पस्ट पार्नु भएको छ। उहाले भन्नु भयो मेरो जे जती सम्पत्ति छ त्यो नेपालमा नै छ। पूर्व राजाले ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा धेरै जस्तो समय राजहत्याकाण्ड बारे नै बोल्नु भएको थियो। उहाले आफु र आफ्नो परिवार माथि राजहत्याकाण्डको आरोप लागेकोमा दुखेसो पनि ब्यक्त गर्नु भयो। धेरै नम्र देखिएका पूर्व राजा ज्ञानेन्द्रले सम्मेलनमा आउने सबै ब्यक्तिहरुलाई धन्यवाद दिदै बाहिरिनु भएको थियो भने उनले पत्रकारहरुको कुनै पनि जिज्ञासाको उत्तर दिनुभएन।

  8. ज्ञानेन्द्र ले अन्तमा पनि ढाटे यो सबैलाई थाहानै छ जे होस श्री पशुपतिनाथ ले कल्याण गरुन उसलाई र उसको परिवार लाई

  9. शर्माजी, तपाईंलाई राम्रो सँग थाहा छ कि ज्ञानेन्द्र ले लिन्दैन भनेर फेरी यो नौतन्की किन नि ००००० दिनै हो भने त्यो पैसा धर्मसाला र अनाथ आस्रम को लागि प्रस्ताब गर्दा राम्रो हुन्छ होला ०००००० कि हैन भने एस्तो नचाहिन्दो कुरा गरेर के गर्न खोजेको ००००० आफ्नो नाम सबैले चिनोस भन्ने छ ०००००० हृदय सफा भये कसैको तारिफ सुनिराख्नु पर्दैन ०००० त्यो आँफै देखिने कुरो हो ००००० दिनुस् हृदय ठुलो भये धर्मसाला र अनाथ आस्रममा अनी हुने छ तपाईको जय जय कार है त शर्मा जि ०००००००००

    काम पाउन्दैन क्या हो यार पुरै माइ संसार ब्लग को बेज्जत ०००००००००००००००००

    बिकल्प – दोहा – कतार

  10. Gyane just completed his press meet and decided to vacate Narayanhiti palace today. He also mentioned that he does not have any kind of involvement in the royal massacre- 2058 Jesth 19. He also added in his press meet that he does not have any kind of property outside the Nepal…hey guys if i tell you all here what will be left for Umesh ji……so wait for Umesh’s posting…

    N.S.

  11. je bho thikai bho ra je hunchha tyo pani thkai hunchha yo ta hunu nai thiyo sati le sarapeko desh hamro nepal ho tara gyane dai ko atiyachar le sima nagheko le aaja usle darbar chodnu pareyo bholi ka hamra kamred ra neta bhanuda haroo le atiyachar gare bhani unlai ke chhad na bhanni hun kunni

  12. It is quite good decision to give resident to ex-king. why people do not like to see history of Nepal. The foundation of modern Nepal was created by Prithvi Narahyan Shah. so their ancessotor should get minimum facility.
    if in house son is not good any way he should get something or hereditary property and so on. Why it is difficult to people only against with king.

  13. हे नागरिक समाजका हगुवा भनौद हरु, सक्छौ भने राम हरी श्रेष्ठ को हत्यारा पत्तलगाउ, उस्लाई कानून को काठघरामा उभ्याउ, आफुहरु लाई समाजका आगुआ भन्छौ तर त्यही समाजको एक निर्दोस को हत्या भयो तिमीहरु कुन दुलामा बास बसेका थियो । किन तिमीहरुबाट एक शब्द पनि तेस्को बारेमा बोलेनौ ? किन भागछौ त्यो माओवादी भन्ने शब्द सँग, किन भागछौ पर पर त्यो वाइ सी एल देखेर, किन बोल्दैनौ जनता पीडित जनताको आवाज? किन बोल्थ्यौ त तिमी, तिमीले त्यस्तो झिना मसिना घटना त देख्दैनौ नि त । केवल आफ्नो प्रचार गर्न मात्र न जनेका छौ । सक्छौ भने ल त ती माओवादी जस्ले राम हरी सँग अरुलाई पनि सम्हार गरेका छन तिनिहरुलाई पक्रन दबाब देऔ, जाउ माओवादी को पार्टी अफिस, जाउ शक्तिखोर सिबिर र धर्न देऔ । सक्छौ??? हेरुन त हामी जनसाधारण ले पनि नागरिक समाजको शक्ती? होइनभने छोड एस्त बकम्फुसे गफ र “Popular politics” र लाग आफ्नो काममा । माइ संसार का पाठक मित्रहरु कृपया नागरिक समाजलाई सशक्त र “People Centre” approach लिएर काम गर्न प्रेरित गरौ, न कि “Political Approach” लिएर । धन्यबाद !!!!

  14. उमेश जि राजा को पत्रकार सम्मेलन को लाईभ कस्त दिन मिल्दिन ? एदी मिल्छ भने प्ल्ज ट्राइ गर्नुस् न हामी पनि हेरौ

  15. Amitra’s and Jhakash bro’s comment is interesting. Really Girija is very dangerous to Nepalese People than Kings. In fact Girija killed many Nepalese people than King in the name of Kingdom. He has done every steps not to bring Republican. In last he is going to be He is controlled by India. This is very mistortune to all Nepalese having Girija like leader. God bless us all Nepali.

  16. Aryan जि; मेरो विचारमा दुर्गा भनेर “दुर्गानाथ शर्मा” लाई भन्न खोजिएको हो। उनी पहिले नेपाल टेलिभिजनका GM थिए। गल्ती भये sorry…………………………………

  17. नेपाली कांग्रेस र गिरिजा भन्दा त पूर्व राजा ज्ञानेद्रमा राष्ट्रप्रेम धेरै भएको पाइयो गिरिजालाई मर्नेबेलामा पनि राष्ट्रपती मोहले सत्ता र कुर्ची दुबै छोडन सकेको छैन जस्ले जनसमर्थन्को कुनै मन्यता नै राख्दैन यस्कुरालाई नागरिकसमाजको कुनै आपत्ति छैन तर जस्ले अफ्नो पुर्खौली अधिकार र रजगद्दी समेतको शाहज रुपमा त्याग गरी जनसमर्थनको कदर गरेर बिना रक्तपात नारायणहिटीबाट बहिरिनेक्रममा नाना थरिको नाटक गरेर जनतालाई भडkaaउने प्रयास मात्र भयिरकेको छ सहज रुपले जनसमर्थन्को पलना गर्ने ज्ञानेन्द्र र जनसmarthan अबहेलnaa गर्ने गिरिजा मध्धे कोसँग राष्ट्रभक्ती बढी रहेछ भन्ने कुरा यसै बाट पनि प्रस्त हुन्छ.

  18. दरबारको भुइँ खन्दा सुनै सुन
    २८-जेठ-२०६५,मंगलवार

    एघार पुस्तादेखिका राजाले प्रयोग गर्दै आएको हीरा, मोती, पन्ना र अति मूल्यवान् धातुजडित श्रीपेचको खोजी भइरहेका बेला नारायणहिटीबाट बहुमूल्य वस्तुहरू रातारात गायब पारिएका छन्। सुनसान रातको समय पारी पारस र हिमानी मिलेर ती सामान रातभर ओसार–पसार गरेका हुन्। यसरी ओसार्दा पारसको जोडीले नारायणहिटी राजदरबारभित्र जमिनमुनि राखिएको गाडधनलाई विशेष ध्यान दिएका थिए। राजदरबार स्रोतका अनुसार सो गाडधन पारसको जोडीले गतहप्ता अर्थात् जेठ २२ र २३ गते मध्यरात ओसारेका हुन्। यसका लागि बा.४च५६२४ र बा.४च५६२५ नम्बरका मिनिटाटाको प्रयोग गरिएको थियो। दरबारभित्र धेरै कमलाई मात्र गाडधनका बारेमा थाहा छ, त्यसमध्ये महेन्द्र मञ्जिल छाड्नै नमान्ने मुमाबडामहारानी रत्नलाई जानकारी छ भने केही अर्दलीले पनि यसको सुइँको पाएका छन्। नारायणहिटी राजदरबारको मुख्य भवन जहाँ टावर पनि छ, त्यसको भित्र जम्माजम्मी तीन खण्ड छन्। तीनमध्ये एउटा विशिष्ट पाहुना खण्ड, अर्को क्रेडेन्सियल र शपथग्रहणजस्ता औपचारिक कार्यक्रम हुने खण्ड र तेस्रो निजी खण्ड। यिनीहरूका बीचमा एउटा अन्नपूर्ण कक्ष पनि रहेको छ। अन्नपूर्ण कक्षको अन्डरग्राउन्डमा गाडधन राखिएको थियो। माथिपट्टिबाट मार्बलले छोपेर धेरै पहिलेदेखि नै राखिएको सो धन २०गते गत सोमबार राखी ११ बजे मार्बल उक्काएर निकाल्न सुरु गरिएको हो। हिमानी आफैँ उपस्थित भएर निकालिएको सो धन ओसार्न पारसले एस्कर्टिङ गरेका थिए। स्रोतका अनुसार चरीकोटतिर घर भएका विश्वासपात्र शाही अर्दली श्रीबहादुर बुढाथोकीलाई मात्र सहभागी गराएर अन्नपूर्णकक्षबाट निकाल्दै मिनिटाटामा लोड गरिएको थियो। गाडधनमा सबैभन्दा बढी सुन रहेको बताइन्छ। इँटाको आकारमा त्यहाँ पहिलादेखि नै सुन जम्मा गर्ने गरिएको थियो। पञ्चायतकाल र त्यसअघिदेखिकै सुन त्यहाँ राखिएको स्रोतले जनाएको छ। २० गते राति मात्र ओसार्न नसक्दा सो सुनसहितका बहुमूल्य धातुहरू २१ गते राति पनि अघिल्लै दिनको समय पारेर ओसारिएको हो। यो लटमा दरबारभित्रको मुख्य भवन आसपासका पोखरीमा राखिएका आकर्षक मूर्ति पनि लोड गरेर ओसारिएको छ। पारसको जोडीले जम्मा ६ पटकसम्म मिनिटाटामा अन्नपूर्णभित्रको गाडधन उत्तर ढोकातिरबाट ओसारेका थिए। यसक्रममा २० गते राति पारस केहीबेरसम्म होटल सांग्रिलाको छेउ लाजिम्पाटमा रोकिएका पनि थिए। यसको कारण गाडधन बोकिएका मिनिटाटा अकस्मात् नदेखिनु थियो। स्रोतका अनुसार भन्सारमा पक्राउ परेका देखि विदेश घुम्दा ओसारिएका अथाह सुन भएकाले पारस स्वयंले त्यसको एस्कर्टिङ गरेका थिए। तर, बाटामा गुड्दागुड्दै एउटा मिनिटाटामा समस्या आउँदा केहीबेर अलमल भएको थियो। निर्मल निवासमा सामान अनलोड गर्दा पनि सकेसम्म कसैले थाहा नपाओस् भन्नेमा निकै जोड दिइएको थियो। दरबारका नातेदारमध्ये केहीले सलले कम्मर बाँधेर सुन बोकेका थिए।
    यसैबीच, हिमानीले नारायाणहिटी दरबारका बत्ती सबै झिक्न लगाएकी छन्। त्यहाँ क्रिष्टलले बनेका बत्ती जडान गरिएका थिए। हिमानीले क्रिष्टलका बत्तीका ठाउँमा बजारबाट ल्याएर सामान्यखालका बत्ती जडान गर्न लगाएकी छन्। त्यसैगरी, बैठककक्षलगायतका दरबारका विभिन्न कोठामा जडान गरिएका २५ वटाजति महँगा माइक पनि झिकिएका छन् भने बगैंचामा राखिएका आकर्षक मूर्ति पनि त्यहाँबाट शाही परिवारले लगिसकेको छ। यस्ता सामान ओसार्न अवकाशप्राप्त कर्णेल दीपक रायमाझीका निजी ट्रक प्रयोग गरिएका थिए। ना.२ख३०३२ र ना.२ख२४७६ नम्बरका ती गाडी नेपाली सेनाको मुख्यालयले पूर्वराजाको सामान ओसार्न पठाएको हो। प्रायः सबैजसो सामान निर्मल निवास पुर्यााइएका छन् भने केही दरबारकै बाहिनीको स्क्वास कक्षमा पनि थुपारिएका छन्। त्यसैगरी, धीरेन्द्र पुत्रीहरू शिताष्मा, दिलासा र राजाका सबैथोकका सल्लाहकार तथा दरबार हत्याकाण्डका साक्षीमध्ये एक जर्नेल बिनोज बस्नेतको घरमा पनि केही सामान पुर्यााइएको सुरक्षास्रोतले जनाएको छ। जर्नेल बस्नेतले सेनाको गाडीका अलावा दरबारको मारुती गाडी पनि एकलौटि प्रयोग गर्दै आएका थिए। उनले दरबारभित्र खटिएका सैनिकमध्ये परेवा हेर्ने, गाई हेर्ने र ड्राइभरसमेत गरेर नौजना सिपाहीलाई नोकर बनाएर आफ्नो घरमा कज्याएका छन्।
    उता, सेनापति रुक्मांगद कटवालले ज्ञानेन्द्र शाह नागार्जुन सर्ने भएपछि प्रहरीको सुरक्षामा विश्वास नगरी दरबारभित्र खटिएका सेनाका एक मेजरलाई केही दिनअघि नागार्जुन एरियाको रेक्की गर्न गुप्तरूपले खटाएका छन्। यो टोलीले कहाँ कहाँ सुरक्षा राख्ने भन्नेबारे अध्ययन गरेको बुझिएको छ।
    साँझपरेपछि लुसुक्क
    लोकतान्त्रिक सरकारले अवकाश दिएका राजदरबारका सचिवहरू यतिबेला साँझ परेपछि लुसुक्क दरबारभित्र छिर्ने गरेका छन्। अरू कर्मचारी बिदा हुने बेलामा पूर्वप्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जन, प्रमुख सचिवहरू फणिराज पाठक, सूदन पोखरेल, शम्भु अधिकारी तथा वृद्ध पदाधिकारी शारदाप्रसाद प्रधान (कहिलेकाहीँ) र पूर्वसैनिक सचिव टीका धमला दरबारको बैठककक्षमा भेला हुने गरेका छन्। उनीहरूसँग पूर्वराजा ज्ञानेन्द्रको सल्लाह हुने गरेको बुझिएको छ।

    sabhar jana aastha

  19. राजन ब्रो एक पल्ट राम्रो सँग सोच गहिरिएर सोच ज्ञाने को ठाउमा गिरिजा भये क् गर्थ्यो होला? यो वाइ सि एल ले भनेको होइन सारा मान्छेले सोच्ने कुरा हो जो सँग सोच्ने सक्ती छ । अब तिमी जसतै अरुको पनि सोच्ने सक्ती स्मरण सक्ती नभये कस्को क् लाग्छ र ? मेरो भन्नु केही छैन ।

  20. राजाको भाषाण कतै एस्तो त हुँदैन ?

    प्यारा गन्तन्त्रबादी देशबासीहरु ,
    मैले कुरो बुझे ।
    मलाई हुनु धोका भो । गिरिजाले सेरेमोनिअलको आश देखाएर लोप्पा खोवायो ,
    बाबुरामले सस्कृतिकको आसा नपलाउदै भुल सुधार गरेर तुह्यो ।
    मैले कुरा बुझे । ठीक छ ठीक छ ।
    YCL ले सम्यता औपनाउद न त कु गर्न पाइयो
    न त राजाबदी कांग्रेस ले अस्ती पन्द्र गते गन्तन्त्र को हलो अड्काउन सके ।
    मैले कुरा बुझे अब जानु नौ उपयुक्त हुन्छ ।
    हिन माइली ।

  21. हामी हरु णेअपल भन्दा बहिर भयकोले प्लिज हामी हरु लाई लाईभ सो (पर्तक्ष्य ) पर्सारन देखौदिनु होल
    श्रीधर आचार्य अर्घाखाँची हाल नेपाल बहिर
    thanks for further information.

  22. ‘वाइ स्याल’ हरु गिरिजा भन्दा त बरु ज्ञानेन्द्र ठीक भन्न थालिसके । ज्ञानेन्द्रले पार्टी खोल्ने कुरा पनि छ । मलाई लाग्छ धेरै ‘वाइ स्याल’ हरु छिटटै नागार्जुनको जंगलतिर बसाइ सर्ने छन ।

  23. today ex king gyandra will leave from palace thats good news. plz try to see us live becoz we r in abroad so plz listen our request.

  24. Madhab Nepal will be president.
    There is no doubt we can draw our salary in IC in a few months/years.

  25. ज्ञाने संगै देश बाट पेट्रोलियम् पदार्थको समस्या समाधान गर्न एलेक्ट्रोनिक साइकल किने भयो, नत धुवा नत पेट्रोलियम् पदार्थ,हेर्दा नत साईकल जस्तो नत मोटर साईकल जस्तो देखिने , लाइसन पनि नचहिने पैइडल् पनि मर्नु नपर्ने एस् 7 घण्टा charge गरे पुग्ने। अब पैसा हुने ले एलेक्ट्रोनिक साइकल नहुने ले साईकल चढेर १ घण्टाको सम्मको बाटो जाने आउने नियम कनुन सरकारले बनाएर साईकल किन्न को लागि आधा पैसा तिरेर किन्न जनतलाई सल्लह दिय नत तेलको नत आन्दोलनको समस्या कि कसो???

  26. हन यसरी पनि कमेन्त लेख्न मिल्दो रहे६, अचम्मै वो बा मैले त प्रयास मात्रै गर्न खोजेको हो गिरिजा त्यतिसरो खराब चै छैनहोल हौ जे होस् नेपालमा केही चै राम्रै हुँदै छ तर नेता हरू को बुद्धी म चै किर परेको नै हो रहेछ आज लाई एती नै यो सफ्टवेर तयार पर्नेलाई धन्यवाद छ है

  27. 2,3,4,5,6,7 parti haru ho aaj bata gyanendra ko bahergaman pache aba janata harule temeharuko pache hunechan aba pane teme harule satta ko kam ma matra jhumera des and janatako surachha and bikash lai bhuleu bhane temeharuko pane ekden yahe janata le yasare nai bahergaman garne chhan khabardar.

  28. हेल्लो
    अस्तीको जस्तो आज पनि लाईभ गर्ने हैन राजाले दरबार छोडेको द्रिस्य

  29. jhakash bro को कुरा झकास मन पर्‍यो। गिरिजा देशको लागि ज्ञाने भन्दा पनी घातक छ। यो बुढोलाई कस्ले तह लगाउने?

  30. the day is by the horizon and not that far away.
    nepalese people i mean we all will say
    call him back to run the country
    as these leaders are evilmost than mr gyanendra.
    i bet guys

  31. ज्ञानेलाई सरकारले सुबिध दिने होइन कि बरु उस्को अनधिक्रित रुप्ले हत्यएको सम्पत्ती कब्जा गरेर देश्बिकासको कममा लगाउनु पर्छ

    त्यो ज्ञाने लाई न पुग्दो के पो थियो र ? बिन काम् मा नगरजुन दरबार दिएर जनता को हृदयमा आघात पुर्ययो यो सरकारले
    .

  32. aba diskoma kutai khane palo paras ko.
    tyaslai diskoma dekhe bhanew nihun khojera bhaye pani sabaile bhakurnu parchha.

  33. त्यो ज्ञाने लाई न पुग्दो के पो थियो र ? बिन काम् मा नगरजुन दरबार दिएर जनता को हृदयमा आघात पुर्ययो यो सरकारले
    .

    tyaslai ta gyane chor desh chhod bhandai julush lagera dhungale hanera nikalnu parthyo .

  34. त्यो ज्ञाने लाई न पुग्दो के पो थियो र ? बिन काम् मा नगरजुन दरबार दिएर जनता को हृदयमा आघात पुर्ययो यो सरकारले
    .

  35. ज्ञाने को ठाउमा गिरिजा भाको भए गिरिजाले ज्यान जाला छोड्ने थिएन । जनताले दिने कुर्सिमा जुका टासे झै टासी राको छ । ज्ञाने को त पुर्खा देखिको राज्दद्दी फेरिपनी कती सजीलएे छोडि दियो। हे गिर्जे ज्ञाने सँग सिक केही कुराहरु । ज्ञाने ले कमल चोर् तारानाथ चोर् को कुरा सुनेझै यो राजनबाबु अनुज्बाबु शिव जस्ता भरौटे हरुको कुरा नसुन्नु । बेलाइमा बुद्दी भया तथास्तु

  36. मैले पहिले पनि भनेको हुँ र अहिले पनि भन्दै छु गिरिजा भन्दा ज्ञाने देशको लागि धेरै राम्रो मान्छे हो । जती पनि ज्ञाने बाट गल्ती काम भए ति सबै भरौटे हरुले गर्दा भको हो ।

  37. Nepal dhwasta paarne ta yi Manav adhikar badi ra Nagarik Samaj haru hun jasle Nepal ko naam bechera dollar thuparne ani jat jati bhasha bhashi ko bich ma bikhandan garnaune haru hun.
    Yeti bighna bideshi hastakshep ma baachnu pareko yini gobar swath haru le garda ho.
    there is no point in insulting Maila Dai.
    Euta Raja phalera dash wata raja
    Delhi ka Billi Nepal ka Neta
    Nepali Janata Yeta Na Uta

    Bicharaaa Nepali haru

  38. ल ल ज्ञानेन्द्र बधाई छ नारायणहिटीमा भएको सारा सम्पत्ति पोको पारेर सानो दरबारमा हिंड्न लाग्दा बिचरा हामी नेपाली जनता कती खुशी? धिक्कार छ नेता हरु एउटा रित्तो भबनलाई राष्ट्रिय संघ्रलय घोषणागरेर के गर्न खोजेका होलान नारायणहिती भित्रक महतोपूर्ण सम्पत्ति को खोजी गर्न तिर हामी सबैको ध्यान जाओस
    मित्रहरु तपाईंहरुले पत्त्यौनु भएन? आउनुहोस् यो समाचार पनि पढिहलौ कि कसो?
    ……..पारस लाई सम्पत्ति अोसार्दै फुर्सद छैन…………

    एघार पुस्तादेखिका राजाले प्रयोग गर्दै आएको हीरा, मोती, पन्ना र अति मूल्यवान् धातुजडित श्रीपेचको खोजी भइरहेका बेला नारायणहिटीबाट बहुमूल्य वस्तुहरू रातारात गायब पारिएका छन्। सुनसान रातको समय पारी पारस र हिमानी मिलेर ती सामान रातभर ओसार–पसार गरेका हुन्। यसरी ओसार्दा पारसको जोडीले नारायणहिटी राजदरबारभित्र जमिनमुनि राखिएको गाडधनलाई विशेष ध्यान दिएका थिए। राजदरबार स्रोतका अनुसार सो गाडधन पारसको जोडीले गतहप्ता अर्थात् जेठ २२ र २३ गते मध्यरात ओसारेका हुन्। यसका लागि बा.४च५६२४ र बा.४च५६२५ नम्बरका मिनिटाटाको प्रयोग गरिएको थियो। दरबारभित्र धेरै कमलाई मात्र गाडधनका बारेमा थाहा छ, त्यसमध्ये महेन्द्र मञ्जिल छाड्नै नमान्ने मुमाबडामहारानी रत्नलाई जानकारी छ भने केही अर्दलीले पनि यसको सुइँको पाएका छन्। नारायणहिटी राजदरबारको मुख्य भवन जहाँ टावर पनि छ, त्यसको भित्र जम्माजम्मी तीन खण्ड छन्। तीनमध्ये एउटा विशिष्ट पाहुना खण्ड, अर्को क्रेडेन्सियल र शपथग्रहणजस्ता औपचारिक कार्यक्रम हुने खण्ड र तेस्रो निजी खण्ड। यिनीहरूका बीचमा एउटा अन्नपूर्ण कक्ष पनि रहेको छ। अन्नपूर्ण कक्षको अन्डरग्राउन्डमा गाडधन राखिएको थियो। माथिपट्टिबाट मार्बलले छोपेर धेरै पहिलेदेखि नै राखिएको सो धन २०गते गत सोमबार राखी ११ बजे मार्बल उक्काएर निकाल्न सुरु गरिएको हो। हिमानी आफैँ उपस्थित भएर निकालिएको सो धन ओसार्न पारसले एस्कर्टिङ गरेका थिए। स्रोतका अनुसार चरीकोटतिर घर भएका विश्वासपात्र शाही अर्दली श्रीबहादुर बुढाथोकीलाई मात्र सहभागी गराएर अन्नपूर्णकक्षबाट निकाल्दै मिनिटाटामा लोड गरिएको थियो। गाडधनमा सबैभन्दा बढी सुन रहेको बताइन्छ। इँटाको आकारमा त्यहाँ पहिलादेखि नै सुन जम्मा गर्ने गरिएको थियो। पञ्चायतकाल र त्यसअघिदेखिकै सुन त्यहाँ राखिएको स्रोतले जनाएको छ। २० गते राति मात्र ओसार्न नसक्दा सो सुनसहितका बहुमूल्य धातुहरू २१ गते राति पनि अघिल्लै दिनको समय पारेर ओसारिएको हो। यो लटमा दरबारभित्रको मुख्य भवन आसपासका पोखरीमा राखिएका आकर्षक मूर्ति पनि लोड गरेर ओसारिएको छ। पारसको जोडीले जम्मा ६ पटकसम्म मिनिटाटामा अन्नपूर्णभित्रको गाडधन उत्तर ढोकातिरबाट ओसारेका थिए। यसक्रममा २० गते राति पारस केहीबेरसम्म होटल सांग्रिलाको छेउ लाजिम्पाटमा रोकिएका पनि थिए। यसको कारण गाडधन बोकिएका मिनिटाटा अकस्मात् नदेखिनु थियो। स्रोतका अनुसार भन्सारमा पक्राउ परेका देखि विदेश घुम्दा ओसारिएका अथाह सुन भएकाले पारस स्वयंले त्यसको एस्कर्टिङ गरेका थिए। तर, बाटामा गुड्दागुड्दै एउटा मिनिटाटामा समस्या आउँदा केहीबेर अलमल भएको थियो। निर्मल निवासमा सामान अनलोड गर्दा पनि सकेसम्म कसैले थाहा नपाओस् भन्नेमा निकै जोड दिइएको थियो। दरबारका नातेदारमध्ये केहीले सलले कम्मर बाँधेर सुन बोकेका थिए।
    यसैबीच, हिमानीले नारायाणहिटी दरबारका बत्ती सबै झिक्न लगाएकी छन्। त्यहाँ क्रिष्टलले बनेका बत्ती जडान गरिएका थिए। हिमानीले क्रिष्टलका बत्तीका ठाउँमा बजारबाट ल्याएर सामान्यखालका बत्ती जडान गर्न लगाएकी छन्। त्यसैगरी, बैठककक्षलगायतका दरबारका विभिन्न कोठामा जडान गरिएका २५ वटाजति महँगा माइक पनि झिकिएका छन् भने बगैंचामा राखिएका आकर्षक मूर्ति पनि त्यहाँबाट शाही परिवारले लगिसकेको छ। यस्ता सामान ओसार्न अवकाशप्राप्त कर्णेल दीपक रायमाझीका निजी ट्रक प्रयोग गरिएका थिए। ना.२ख३०३२ र ना.२ख२४७६ नम्बरका ती गाडी नेपाली सेनाको मुख्यालयले पूर्वराजाको सामान ओसार्न पठाएको हो। प्रायः सबैजसो सामान निर्मल निवास पुर्यााइएका छन् भने केही दरबारकै बाहिनीको स्क्वास कक्षमा पनि थुपारिएका छन्। त्यसैगरी, धीरेन्द्र पुत्रीहरू शिताष्मा, दिलासा र राजाका सबैथोकका सल्लाहकार तथा दरबार हत्याकाण्डका साक्षीमध्ये एक जर्नेल बिनोज बस्नेतको घरमा पनि केही सामान पुर्यााइएको सुरक्षास्रोतले जनाएको छ। जर्नेल बस्नेतले सेनाको गाडीका अलावा दरबारको मारुती गाडी पनि एकलौटि प्रयोग गर्दै आएका थिए। उनले दरबारभित्र खटिएका सैनिकमध्ये परेवा हेर्ने, गाई हेर्ने र ड्राइभरसमेत गरेर नौजना सिपाहीलाई नोकर बनाएर आफ्नो घरमा कज्याएका छन्।
    उता, सेनापति रुक्मांगद कटवालले ज्ञानेन्द्र शाह नागार्जुन सर्ने भएपछि प्रहरीको सुरक्षामा विश्वास नगरी दरबारभित्र खटिएका सेनाका एक मेजरलाई केही दिनअघि नागार्जुन एरियाको रेक्की गर्न गुप्तरूपले खटाएका छन्। यो टोलीले कहाँ कहाँ सुरक्षा राख्ने भन्नेबारे अध्ययन गरेको बुझिएको छ।
    साँझपरेपछि लुसुक्क
    लोकतान्त्रिक सरकारले अवकाश दिएका राजदरबारका सचिवहरू यतिबेला साँझ परेपछि लुसुक्क दरबारभित्र छिर्ने गरेका छन्। अरू कर्मचारी बिदा हुने बेलामा पूर्वप्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जन, प्रमुख सचिवहरू फणिराज पाठक, सूदन पोखरेल, शम्भु अधिकारी तथा वृद्ध पदाधिकारी शारदाप्रसाद प्रधान (कहिलेकाहीँ) र पूर्वसैनिक सचिव टीका धमला दरबारको बैठककक्षमा भेला हुने गरेका छन्। उनीहरूसँग पूर्वराजा ज्ञानेन्द्रको सल्लाह हुने गरेको बुझिएको छ।

    सुर्यदीप
    दोहा

  39. हेललो नागरिक समाज
    हजुर हरूले यो पत्रकार सम्‍मेलन यसो रानीबन तिरै राख्‍नु भए अती
    उतम हुने थियो। जनवार हरु को भिडमा कुनै पनि कुराको दोहोरो
    सवाल उठ्‌दै-उठदैन। जे भन्‍न मन लाग्‍यो बोल्‍न पाइने। न कुनै
    छेकवार न कुनै रोकावट। हैन भने यो कस्‍तो? पत्रकार सम्‍मेलन।
    जब कि नागरिक सरह भइ सके का ज्ञानेन्‍द्र सँग दोहोरो सवाल
    राख्‍न नपाइने? कुकुर को पुच्‍छर झै बाङ्‌गो बाङ्‌गै तिमीहरू पनी।
    [doha] manoj/hemanta/man

  40. Jasle je bhane pani Gyanendra le sajilai 3 wota Darbar hat parihale kyare.Jati urliyera jo karaye pani ustai ho.Je hos Maila Dai batho chha ni.Amako Namma Narayanhiti liyo ama pachi u pharkera aunalai sajilo bato bhayo.Chhoralai Nirmal niwas tyo pani Darbar nai ta honi. Nagarjun ta Jhan Durbar nai bhai halyoni.Griha mantri ra Sanchar mantrile Durbar bhanyo bhane jantale hudaina bhanchha bhanera tyo ta simple Ghar bhanere bhani diye.kya gajab chha ba.
    Nagarik Samajle pani ghar dine re.tyo sanga ta 4wota.
    Ke ho testo, Garib jantaharu bagmatiko kinarma sukumbasi jiban bitauna parirakheko chha.Gharbar bihin janta ta Nepal ko kunakapchama kati chhan kati.
    Tetatira kasaile dhyan gaeko chha?Jun jogi aye pani kanai chireko.Aba ta naya sarkar aune bhayo. Garib jantako dukha bujlan, mathi matra naherera tala tira pani pharkera herlan bhaneko ta jhan khattam.Kasailai kasaile kursi futkaulan bhanne dar ta kasailai kursi hat parna paye hunthyo bhanne aas.
    Balla balla ako ganatantra pani phakrina napaudai oiliera jane bho.Kasaile ta teslai maljal dine koshish gara na hau.
    Girija babu chahi thotro luga chahidaina bhandai tehi thotro lugalai chhodna namanne.Ke ho testo?Tetro deshko Pradhan mantri jasto padlai thotro lugako sangya diyera Nepalko beijat garne kasto Nak chuchhe baje rahechha.Tetro ohada samhalera baseko manchheko bonle tarika tehi ho ta?Ali samjer bujera bolne koshis garnu paryo hau neta jyu haru ho.

  41. K Garna Khojnu Bhayeko Nawaraj Sharma Ji…. Honourd or Insult……? I M in Confused yar…? Whats the opinion of frenz…?

  42. राजतंत्र हत्यो गणतंत्र आयो….सब को लगी खुसी को कुरा हो.. अबा जनता तेहि हटी सकेको राजालाई मात्र गाली गर्न छोदेर ..गणतंत्र पछि का शासक हरु के गर्दैछां.. भनेर सोचेर तिनी हरु प्रति ध्यानाकर्सन हनु पर्यो किन की नेपाल को भाबिस्ये तिनीहरु हो अब .. भारतका राजदुत किन येस्तो तेस्तो बोल्यो भनेर चौतार्फी बिरोध छ.. तर याद गर्नुस हिजो जनताको सामु ठुलो ठुलो बोलनी प्रचंद्र ले यो कुरा आज किन गरेको छैन , तेहि राजदूत संग को भेतबर्ता मा छ ..येदी येस्तो हो बहने उ किन सहीद मन्चमा आएर भारत को बिरोध गर्दैना जनता को सामु आएर ..त्यों नकाचोरो नागरिक समाज लाई नाचाहिने ज्ञानेन्द्र लाई घर दिने रे… नचहिने कुरा मा जनतालाई अल मलाई राखेको छ इ भादूवाहरुले ????????? जनता लाई मुर्ख बनौने काम मात्र गर्नी हो??? को त्यों नाबराज सुबेदी भन्नी.. सक्छ भने त्यों घर कहि CHARITY मा देऊनल आज म मान्छु त्यों नकाचारो लाई पानी… ज्ञानेद्र लाई किन दिनु पर्यो र तेस्लाई त NEPAL GOVT ले ने दिएको छ नि … तेस्ता घर दिनु पर्नी थाऊँहरु धेरै छ नेपालमा ..सके देऊ न तेहा .. नागरिक नबराज जी….DHERAI MANCHE HARU LAI BHATKAUNE KAM MATRA NAGARU…

  43. From KOL:

    Gyanendra wants 400 army troops
    Leaving Narayanhiti today

    BY KIRAN CHAPAGIAN

    KATHMANDU, June 11 – Dethroned king Gyanendra has continued to push his list of demands from the government right up to the eve of his departure from Narayanhiti Palace.
    On Tuesday, the former king requested the government to provide him his existing “close protection” group for his security once he leaves the palace, a highly-placed government source told the Post. But the government has rejected the request outright.

    The “close protection” group comprises 400 specialized army personnel that have been responsible for the security of king inside Narayanhiti. The group is considered the most specialized force in the country, according to security sources.

    Knowledgeable sources said that former principal secretary to Gyanendra, Pashupati Bhakta Maharjan, passed on the ex-monarch’s request for specialized security to Prime Minister Girija Prasad Koirala on Tuesday.

    Maharjan met the prime minister at the latter’s residence at Baluwatar to inform the government that Gyanendra is leaving the palace on Wednesday.

    The prime minister, reacting strongly to the request, said that the government will not entertain any further requests. “If he continues making demands, the government will be compelled to revoke whatsoever privileges have been given to him,” the prime minister was quoting as warning the ex-king.

    Gyanendra will be provided only 75 security personnel, including 25 from the army under the command of a major, after he leaves the palace. But he complained to the government through his emissary that the security allocated to him is not enough.

    When asked about Gyanendra’s request for security, Home Minister Krishna Sitaula said, “As far as I know he has not made any request for security.”

    In a question as to the time of departure from the palace, Sitaula said it was not known as of lateTuesday evening.

    Govt to get crown today

    In the meantime, Gyanendra is handing over the crown and scepter to the government committee working on an inventory of properties inside the palace, on Wednesday.

    Sources said that the committee has already assembled a team of experts to check whether or not the crown to be handed over is genuine. The committee will accept the crown only after the experts certify that the crown is not a fake one.

    Meanwhile, the government has directed the committee to lock up the crown in a room inside the palace and seal the lock. Special security will look after the priceless jewel-studded crown.

    Initially, the government had decided to lock up the crown in the coffers of Nepal Rastra Bank. The home ministry had even ordered the Nepal Police and the Armed Police Force to make necessary security plans to escort the crown from the palace to Nepal Rastra Bank. Later in the evening, the government changed its mind.

    Army cover withdrawn from ex-royals

    The government on Tuesday withdrew the army security that was provided to six families of the former royals, including that of Shova Shahi, sister of Gyanendra.

    A home ministry source said that they would be provided police security, and that too only if they request the government for it.

    All the forces that have been providing security have been brought under Army Headquarters, according to Ramindra Chhetri, spokesperson of the Nepali Army. This was done as per a government decision of last week.

    Likewise, the “ADC group”, the core security circle responsible for Gyanendra’s security, has also been dissolved as per last week’s government decision, security sources said. The group comprises 16 ADCs (aides de camp) for Gyanendra.

    Security sources further said that the civil police will start guarding the palace along with the army from Wednesday.

    What Gyanendra is taking?

    Obeying the directive of the government committee, Gyanendra on Tuesday submitted a list of nine things that he is taking out with him on Wednesday. According to a palace source, the list includes kitchen utensils, things from his bedrooms and clothing, among other things.

    Unsatisfied with Gyanendra’s list, the committee on Tuesday directed palace officials to furnish a more specific list of the things that the ex-monarch is taking out with him.

    Yet another building likely for Ratna

    Ex-royal Ratna, who was permitted to stay on at Mahendra Manjil, is likely to get Trishul Sadan as well, as requested by Gyanendra on Monday.

    A knowledgeable source told the Post that the government faces a practical problem in separating Trishul Sadan from Mahendra Manjil as the two structures are adjacent to each other.

    “The government has no option now but to give her that building also as the two buildings cannot be separated,” said a knowledgeable source.

    But the government is likely to quietly allow Ratna to use Trishul Sadan without taking any formal decision as the move is sure to invite public protest

  44. अती नै मन छुने भनाइ हरु रहेछन। I didn’t hear this before. त्यस्तो नराम्रो सँग पनि भनेको रहेनछ त ! सबैलाइ तपाईं भनेर आदर पूर्वक नै सम्बोधन गरेको रहेछ । उस्ले भनेका धेरै कुरा जयज छन। हो ,उस्को खराब कार्य सैली ले उस्लाई यो मोड्मा पुर्यायो आज। तर, यहाँ उस्ले भनेका कुरा हरु जस्तै बिदेशी चल्खेल्को कुरा अहिले सबैका सामु छर्लङ भएका छन।

    प्रबासी

  45. प्यारा देशवासीहरु! मौसुफको इच्छा अनुसार हामी ठूलो दरवारबाट सानो दरवारतिर सवारी भइबक्सेका छौ तर त्यो धेरै दिनको लागि चाहि होइन । यति नेताहरुले गणतन्त्रलाई यस्तै गरिरहे भने एकदिन हामी गनतन्त्र लिएर फेरि आइबक्सिन्छ । पशुपतिनाथले नेताहरुको कल्याण गरुन् !

  46. ‘प्यारा देशबासीहरु!’
    आच्या ‘आदरणीय दाजुभाइ दिदी बहिनीहरु!’,
    आज हामी हाम्रा पुर्खाले कायम राखेको २४० बर्षको रितिथिती, परंपरा र शाह वंशीय धरोहरलाई सँधैको लागि यसै नारायणहिटी दरबारमा बिसर्जन गरी नगार्जुन दरबारमा डेरा सारीबक्सँदै छौँ,
    आच्या सर्दै छौँ।
    जयनेपाल! श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन!
    आच्या, ….

  47. आज को पत्रकार सम्मेलन भनेको त मर्ने बेला मा हरीयो काँक्रो भनको जस्ते हो, कसो

  48. नेपाल सरकार जब भी देता, देता छप्पर फाडके, (ज्ञानेलाई)
    नेपाल सरकार जब भी लेता लेता खप्पर फाडके….! (जनतासंग)

  49. मदिरा को नशा ले भन्दा,सत्ता को नशा ले मात लाग्यो |
    चक्रबर्ती बन्न खोज्दा ,निरंकुशता को बात लाग्यो |

    चल्न त गाड़ी चलेकई थ्यो, याक्सी लेटर माँ लात लाग्यो |
    मंजिल छिटो पुग्न खोज्दा ,राजतंत्र को अंत हात लाग्यो |

  50. ल ल देश चलाओ बवासोहरुहो,पछि फेरी राजा आउ देश बचाऊ भनेर नकचरो भेडा नेपाली हरु ले कहिले भन्न नपरोस, ल ल चोर नेताको नै भर पर

  51. साँच्चिकै नागरिक समाज हिजडाहरूको जमातझैं लाग्छ । मर्न लागेको बाघलाई तर्साउन खोज्दैछन् । साँच्चिकै विरोध गर्ने हो भने अब त्यो सूदको विरोध गर्नु नि ! त्यो पाखण्डी सूदसँग भारतीय कार्यक्रम अगाडि सँगै बसेर कत्ति न राम्रो काम गर्याजस्तो ठान्दा हुन् । थुक्क नागरिक समाजका अगुवा भनाउँदाहरू ! नेपाल आमाको काखमा नांगो नाच नाच्नेलाई पाता कस्नुको साटो सँगै चियापान गर्दै हिँड्ने ? लाज नभएका नकचराहरू, कतिसम्मका डरछेरूवाहरू रहेछन् छौ त !

  52. Don’t be so focused on a leaving ceremony of X-KING Gyanendra.
    He is just changing room just like a ordinary people of Nepal like us, DERA SARNE kam ta vayeko cha ni hoinara?

  53. कुनै पनि च्यानलले प्रत्यक्ष प्रसारण नगरेकोमा म खुसी छु किन भने गणतन्त्र आएको यो देशमा संचार माध्यमलाइ बोल्न नदिएर आफुमात्र बोल्न पाउँने ठाउँमा अझ कुनै पनि पत्रकार नगए हुन्छ को हो र त्यो।
    यो सरकार प्रति पनि कोध भएर र आउँछ किन दिने आम नागरिक सर भएको ज्ञानेन्द्रलाइ यो बंगला र नारायणहिटी। यो त जनताले दिएको जनादेशको खिलाफ भएनन र।

  54. प्यारा देशबासीहरु….. त पक्कै नभन्लान । उनलाई दरबार दिएको , सुरक्षाको लागी सेना र प्रहरीको ठुलै दस्ता दिएको अनि गाडीपनि दिएको कुरामा चैं सरकारको र सबै दलहरुको विरोध छ है मेरो पनि ।

    यसै संदर्भको यौटा गजल पनि छरिदिन मनलाग्यो । यस्लाई साभार नेपाली पोष्ट डट कम भने नि भो अथवा गजलकारको ब्लग भने नि भयो । गजलकार चैं दीपक जडित ।

    पाउमा राखेर दाम चढाए ।
    जुनाफमा फेरी नाम चढाए ।

    अधिकार काटेको ध्वाँस दिए ,
    भित्रभित्रै जुन घाम चढाए ।

    भने दरबार खाली गरायौं ,
    नागार्जुनको तामझाम् चढाए ।

    रोजगार खोज्ने जनतालाई ,
    सेवा – सुरक्षाको काम चढाए ।

    चढाउन केहि नपाउनेले ,
    परैबाट लालसलाम् चढाए ।

    गोप्य सम्झौता लेखेर आँखिर ,
    सुवर्ण ‘जडित’ खाम चढाए ।

  55. होइन एकोहोरो पत्रकार सम्मेलन भनेको कस्तो हो? त्यहा पत्रकार हरुले बोल्नै नपौने ? हिङ को भाडामा हिङ कहिलै सक्तैन भनेको सत्य रहेछ ।

  56. राजा आफ्नो कारनले पतन भये |यो जग जाहेर छ|भगबान ले कसैलाई क्ष्यमता दिन्छ्न कसैलाई दिदैनन | ,अब क्ष्यमता न भएको मानिस लाइ बोलाई बोलाई अपमान गर्नु यो नागरिक समाज भानाउदो हिजडा हरुले मात्र गर्न सक्छ |सामान्य मानिस पनी यती तल जादैन |
    असफल मानिस आफू असफल हुनू को पीडा बोध भैराहदा येस्तो नकाचारो क्रियाकलाप प्रदर्शित गर्ने नागरिक समाज लाइ पनी के भन्ने ?सकने भये देश माँ सुधारात्मक क्रियाकलाप गरोस,भारतीय राजदूत लाइ अनाबस्यक हस्ताक्ष्येप गारेबापत ययूता चिट्ठी सम्म पठावोस हिम्मत छ चोर्हरुको |भित्र भित्र पैसा खाई रहेको होला ???यिनी हरु झन डाका हुन?
    मेरो मूल आशय ज्ञानेन्द्र पतित छ यो उनको सासन काल देखि आहिले सम्म देखिसकियो,जनता ले बुझी सके अब नागरिक समाज ले यो बुझाई रहनु आबस्यक छैन?

  57. Finally we have to thank monarchy for their contribution from King prithivi Narayan shah dev till Gyanendra.

  58. ल ल उमेश जि! म त तपाईंले भिडियो कहिले upload गर्नुहुन्छ भनेर कुरेर बस्छु; अरुले त ज्ञानेको बक्तब्य पनि गिरिजाको भाषणजस्तै तोड्मोड गरेर देलान। अनी नबराज जि ले दिन लागेको घर र गाडीको पनि फोटो राख्नुस् ल?

  59. मेरो बिचार मा लाइव प्रसारण भन्दा रेकॉर्ड ने ठीक हुन्छ. बिचारा ज्ञानान्द्र,हुना ता किना ज्ञाने गयो भनेर खुसी हनु पारो,गिरिजा छदै छ नि श्री ६ वाला महाराज़..

  60. Thank you gyan bro, at least you are moving out from Narayan Hiti. तिमीलाइ त फाइदै भयो नि ! नारायणहिटी पनि सरकारको , नागार्जुन पनि सरकारको !! तिम्रो ठाँउ मात्रै सरेको त हो नी , राजा त राजै छौ ।

    (माफ गर्नुहोला म कुनै राजावादी होइन तर ८ दल, ७ दल, १३ दल, र मा‌ओवादीका कार्यले यस्तो भन्न बाध्य छु । )

  61. पूर्व राजा लाइ एक चोटि live पत्रकार सम्मेलन गर्न दियको भय पनि हुन्थो । हेर्नु हुन्थो नि के भन्थो ?

  62. बिना रक्तपात सहजपुर्ण बातावरणमा जनमत लाई सम्मन गर्नु नै धरै ठुलो उपलब्धी हो अहिलेको सन्दर्भमा ! हिजो कस्ले कती गर्‍यो भन्ने कुरो त अब आउने दिनमा हिसाव किताव हुँदै जाने कुरा हो र फर्काउन नसक्ने गरी गरेका अपराधहरु लाई माफि दिनु भन्दा अर्को उपाय पनि छैन। किनकी अबको समय भनेको टाउको को मुल्य तोक्ने र ज्यान को बादला ज्यान लिने होइन खाली एउटै कुरा हेर्नु छ माफि माग्नु पर्ने हरुले माफि माग्छन कि माग्दैनन। हामी निरिह हरु सधैं माफि दिन तैयार छौं। मनका घाऊ हरु त मनमै पाकी रहेका छन के गर्नु र?

Comments are closed.