काठमाडौँको अर्को परिचय

प्रदीप तिमल्सिना, सिडनी-

काठमाडौँ- नेपालको राजधानी। तर अस्ट्रेलियामा मैले देखेको काठमाडौँले भने यो परिचय बोकेको थिएन। आउनुस् म तपाईँलाई सुनाउँदैछु काठमाडौँको यो अर्को परिचय।

न्युज़िल्यान्डकी प्रतिष्ठित महिला ब्यवसायी जान क्यामेरूनको एकल लगानीमा एक दशक अघि खोलिएको रहेछ काठ्माण्डौं ग्रुप एन्ड कम्पनी। छोटै अवधिमा उपभोक्ताहरुको मन जितेर यसले प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीका रुपमा आफूलाई स्थापित गराइसकेको छ।


यसले पर्यटकीय यात्राका निम्ति चाहिने सामाग्रीहरु जुत्ता, चप्पल, टुम्लेट, ब्याग, लठ्ठी, घडी, टी-सर्ट,ट्राउजर, ज्याकेट, जम्पर, स्लीपिंग ब्याग आदि उत्पादन अनि बिक्री गर्दछ। काठमाडौँको अस्ट्रेलियामा ३५ वटा आउटलेटहरु छन भने अस्ट्रेलियाबाहिर न्युज़िल्याण्ड् र इंग्लैंडमा दर्जनौ आउटलेटहरु छन्।

विगत केही वर्षदेखि काठ्माडौँ ब्राण्ड्को ज्याकेट् लगाउँदै आएकी गैर आवासीय चिनिया पिनसुंगलाई मैले सोधेँ ”काठमाडौँ” को बारेमा था’छ ? उनले दिएको जवाफ लज्जास्पद थियो, ‘ तिब्बतको कुनै ठाउँ हो क्यारे…”

पिनलाई ”काठमाडौँ” को बारेमा खासै थाहा नभए पनि ब्राण्डले भने मोहनी लगाएको रहेछ। उनी अगाडी थप्छिन् ” जाडोको लागि काठमाडौँ ब्राण्ड भन्दा अरू कुनै कपडा नै छैन मेरो लागि काठमाडौँ बेस्ट हो।

त्यस्तै चिलीका लुइस रोमन ” काठमाडौँ” नाम को उच्चरण गर्ना साथ फलाक्न लागे ‘नेपालको राजधानी सुन्दर पहाडी सहर काठमाडौँलाई मैले नजिकबाट हेरेको छु। धेरै नै रमाइलो लाग्यो।’

अर्की अस्ट्रेलियन नागरिक सान्द्रा हेरिसनको काठमाडौँबारे अलि फरक राय छ ” बजारमा पाइने अरु ब्राण्डको तुलनामा निकै सस्तो अनि भरपर्दो विश्वसनीय नाम हो काठमाडौँ ”। लौ म त यिनले हाम्रो काठमाडौँको बारेमा केही बताउलिन् भनेको त ब्राण्डको पो निःशुल्क विज्ञापन गरिन् त।

काठमाडौँका ठिटाठिटीहरु छातिमा अमेरिका लेखेका लुगाहरु लगाएर हिँडेको देखिरहेको बानी, यहाँ काठमाडौँ लेखिरहेका सामान देख्दा त मनै आनन्द भयो।

82 Comments

  1. it is the best news for those who like to weare NY cap and New York printed T shirt .now you can wear Kathmandu, nepal, taplejung, kanchanjanga etc

  2. Here in Finland eve, the similar kind of brand is famous , esp. there are two famous brands that use the familiar names to our country. ‘Catmandu’ and ‘Everest’ are also famous for the similar accessories like ‘Kathmandu’. These are quite well know and respected brands in this Cold Scandinavia nation.

  3. kathmandu brand lagaune यो sydney मा कति छन्. sodhye do u know the meaning of kathmandu kasi kasi ले capital of नेपाल vanchan थाहा nahunelai samjau छु पनि sake सम्म तर they appreciate. Kathmandu brand is doing good in Australia and in New zealand for trekking stuff.

  4. काठमाडौँको परिचय मात्र भनेर के गर्नी, नेपाली ले नै गरेको कुरा पो राख्दा राम्रो हुन्छ होइन र?
    उत्तम लण्डन भन्नि ब्रान्ड लण्डन मा एक दाम चलेको छ..

  5. धेरै राम्रो |
    काठमाडौँ को बारेमा एस्तै केहि लेख्ने मैले पनि नसोचेको हैन तर प्रदीप जी ले लेख्नु भयो धेरै राम्रो | यो ब्रान्ड को स्टोर अनि समान देख्दा मन आनन्द हुन्छ | तर एउटा बैगुन चै छ है अलि महँगो नेपालीहरुको लागि |
    प्रज्ज्वल , पर्थ
    अस्ट्रेलिया

  6. We must think that we (every nepalese citizen) are a brand ambissidor of culture, religions of our country. Whenever we talk, chat face to face with other foreigners then we must relise that we r introducing our country, capital to them. So don’t show your loose character, weakness towards foreigners. We must promptly share or introuductions of our country, places n wat kind of people we are.
    So that everybody know about Nepal & Its places.

    One thing chinese are also mostly uneducated. So one chinese said because of his unilleterates, bad knowledges.

  7. यहा दक्षिणी क्यालिफोर्निया तिर (अरुतिर थाहा भयन) चाही Everest ब्रान्ड भा को स्कूल bag हरु थुप्रै देखेको छु/

  8. मलाई ऑस्ट्रेलिया माँ काठमांडू ब्रांड को जैकेट लगायेकी एउटी राम्री गोरी केटी ले कटा बात आएको तिमी भनेर सोध्दा मैले उसको जैकेट मा dekha udai kathmandu bata aayeko bhaNDA KO SAMAY SARAI KHUSI LAGEKO THIYO..

  9. Hang on guys! Atleast someone popularised our capital city when normally no one likes to keep the name of poor countries in their brands but this owner did a splendid job by popularising our country’s capital.What is the problem?Feel proud and atleast for god’s sake do not critisized.Learn to appreciate the good deeds of others.I have bit more information for the guys and girls who want to do shopping at KATHMANDU strore.Just enter and say this is my country’s capital, I bet they will greet U with charm.In addition, they might give you free membership card and gift voucher too.It happened to me while I entered the KATHMANDU store at oxford street in London.I told them that I’m from Nepal and feel pride by seeing the store and they instantly gave me membership card and 20 pound free gift voucher.With membership card, you can get discount in their shops anywhere in the world and now I’m in Australia and getting discount.Learn to appreciate and reap the benefit by getting discount for such a prestigeous and expensive brand.For quality guys, I’m sure you will love it.I bought a Dawn Jacket and one fleece jacket bit expensive but worth paying for.Mostly, Dawn jackets which we buy paying good money back in Nepal or elsewhere are of low quality and after wearing couple of days, feathers starts comming out and it is quite annoying but in case of KATHMANDU Dawn jacket , there is no such problem as I’m using for two years now and it is so light that u can sqeeze your dawn jacket into the small pocket which comes with the jacket.Don’t you think it is quite portable???And there are losts other things which I saw in England which goes through our name.One I saw was EVEREST WINDOWS in london.This company provides glazing on windows and is famous in England.We have very few things to feel pride in this world but when I see these things I really feel proud being a Nepali.Don’t you feel same??

    Cheers
    Himali
    Wollongong
    Australia

  10. ” Kathmandu” नाममा पसल खोल्दा र पसल खोलि सके पछी हुने फाइदा को केहि अम्स नेपाल सरकारलाई रोयाल्टि तिर्नु पर्ने होइन र?

  11. काठमाडौं नाम प्रगोग गरेर किन मक्ख पर्नु? नेपाल को ने उचारण गरेका छैन। इनी हरुले त बोरु नाम चोरेका हुन भन्न मिल्छ
    http://kathmandu.co.uk

  12. यो काठमाडौँ भन्ने बिदेशी को पसल इंगलैंड मा उहिले देखि छ, बेकार को गफ मा समय नाफल्नुस मित्र हरु | के के न देखे जस्तो, बिचारा लेखक जी |

  13. पोखरामा पनि होटेल सिड्नी छ | पियोर तीनपाने देखि CHIVAS सम्म पाइन्छ | भैसीको सुकुटी देखि बर्गर सम्म पाइन्छ ( अरु त नभनु , फेरी बिन्दबसिनीको पुजारी बाजे पनि पशुपति को पुजारी जस्तै गए भने ?) | जान क्यामेरूनको पसलमा नेपालको के पाउछ र ? तर, खुशी लाग्यो , एसले पर्यटन छेत्रमा अलिकति भने पनि टेवा पुग्थ्यो कि ? काठमाडौँ को नामैले पनि ||
    -घैंटे

  14. यहा रियाध मा पनि केहि समय पहिला काठमाडौँ खाना घर थियो तर आजकल भने
    समय छैन बथा जना पनि बन्धभयो या छैन थाहा भएन ,

    अस्ट्रेलिया को काठमाडौँ र नेपाल को काठमाडौँ मा त आकाश पाताल को फरक होला नि होइन ? कता नर्क जस्तो नेपाल को काठमाडौँ कता को अस्ट्रलिया को सानु घर को भितो काठमाडौँ !
    नर्क जस्तो काठमाडौँ नै हाम्रो ओरिजिनल काठमाडौँ , जय काठमाडौँ

    रियाध बाट
    दुर्गा खनाल
    साउदी अरेवीया

  15. यहाँ मुम्बई मा पनि सस्तो र बलियो Tiger brand को safety shoes को निकै प्रयोग हुदो रहेछा जुन Made in Nepal लेखिएको छ

  16. Shame on you guys!

    New Zelander is selling business on our capital name. In fact, They should be liable to pay on our name .. !

    I feel sorry to these guys here feeling pround of Seeing Kathmandu shops. There was a guy in London who worked in the floor of KTM store running a college.
    I won’t be surprised you guys will still feel great , an indian will open a ‘ nepal’ women sex club in Australia and you will still feel great .. !

    no comment !

  17. मैले पनि कोपन्हेगन मा यौटा युवती ले काठमाडौँ लेखेको झोला भिरेको देखेको थिए र मैले उनलाई मेरो ठाउँ को नाम भएको झोला कहाँ पाइस भनि सोध्दा उनले सो झोला अस्ट्रेलिया मा किनेको कुरा बताएकी थियिन.

  18. लण्डन मा पनि छ एउटा एकदम चल्ने काठमाडौँ भन्ने त्रेक्किंग पसल

    जेनिश

  19. काठमाडौं को नाम सबैतिर भयको राम्रो !हाम्रो नेपाल !!!हाम्रो काठमाडौं

  20. KATHMANDU is certainly one of the best city in the world.We love KATHMANDU. Its our pride.KATHMANDU rocks for sure.

  21. मलाई थाहा छ कसरि कम्पनी को नाम काठमाडौँ रहन गयो ल सुन्नुहोस newzealand का Admand hilari को छोरा kathmandu कम्पनी का मालिक हुन् जसले आफ्नो पिताले पहिलो पटक Sagarmatha आरोहन गरेको ले गर्दा उनकै बुबा को स्मरण का लागि australia मा kathmandu नामक compamy संचालन गरेका हुन्. हुनतः सगरमाथा काठमाडौँ मा छैन तर Hilari ले पहिलो पटक आफ्नो पाइला kathmandu मा राखेको कारण ले गर्दा नै kathmandu नाम को कम्पनी खोलेका हुन्.

  22. धेरै धेरै धन्यवाद हजुरलाई …नया र राम्रो इन्फोर्मेशन सहरे गर्नु भएको मा..

  23. सिंगापुर मा पनि छ भने मलाई जानकारी दिउन मलाई पनि किन्न मन लग्यो

  24. ma sadhai yeha t-shirt,bag,jutta haru kinchu.i am their regular customer since 2000.Quality and the brand name is the best..

  25. अति खुसी लाग्यो मलाई बाहिर देस मा नेपाल अनि नेपाली को राम्रो समाचार सुन्दा एक दम खुसि लाग्छ .मा पनि निहु दिली मा अध्हन गर्छु . यहाँ हाम्रो कलेज मा कलेज फस्ट हुने नेपाली धरान को बिधार्थे भएको था पहुदा राम्रो लागेको थेयो धन्यवाद .

  26. फोर्ड कार को मुस्तांग MUSTANG मोडेल पनि धेरै famous chha,
    japan

  27. australian FINANCIAL REVIEW vannae daily news paper ma KTAHMANDU store ra yesko owner ko baraema padhae ko thia….bastav ma uni lae hamro kathmandu sahar biswo ko ramra thau madhya 1 lagaeko lae so store ko nam kathmandu rakhaeko tes newspaper ma lekhiyako thio…yo padhaera malai sarai nai khusi lagoe….suru ma sydney ma aauda kathmandu vannae store dekhaera ma danga parthae ra nepali lae nai kholae ko store hola vannae thanae ko thia tara pachi sathiharu bata yes sambandi kura haru tha paya….tara pani malai khusi lagoe….kinae ki yo aahilae international brand ka rup ma bikasit vairahaeko cha….aafno desh ma nabanae pani bideshi haru lae kathmandu lekhae ko saman ko use garda man ma khusi lagcha….j vaya pani yeslae kathmandu vanae ko k ho ra kaha 6 vannae kura ko thori vaya pani prasar prasar garae ko ma dekchu….

  28. एक दम राम्रो लाग्यो मलाई नेपाल को हर चिज राम्रो लाग्छ .अनि नेपाल को बाहिर देस मा लोकप्रिय वयेको एक दम राम्रो हो. खुसि लाग्यो .

  29. साथीहरुले गलत बुझे जस्तो लाग्यो. यो ब्रान्ड संग काठमाडौँ नाम बाहेक हरु कुनै पनि सम्बन्ध नेपाल संग छैन . नत्र कम्पनीको वेब्सैट हेर्नु भए हुन्छ.

  30. जब मैले पहिलो चोटी देखे मलाई त लागेको थियो कोइ नेपाली ले काठमाडौँ नाम को कुनै स्टोर खोलेको रैछा भनेर तर पछी थाहा भयो यो एकदमै महँगो ब्रान्ड को स्टोर पो रैछा त्यो पनि काठमाडौँ नाम को|

  31. हो एस्तो सकारात्मक खबरहरु सुन्न पाउ मैले सधै !!!!!

  32. हाम्रो नेपालमा उद्पादन गरेको सामन एती नराम्रो छैन / म एक पटक भारतको राजधानी नया दिल्लीको एउटा निकै ठुलो रेडिमेड को दुकानमा सामन किन्न पसे / येसो हेरेको त तोवेल्हेंड मा मेरो आँखा पुग्यो अनि नियाली हेरेको त ”मेड इन नेपाल” लेखेको पो रहेछ ! त्यो तोवेल्हेंड इंडियाको तोवेल्हेंड भन्दा निकै राम्रो थियो / यो देखेर मलाई निक्कै गर्ब लागेको थियो /

  33. जान केमेरुन्लाई सम्मानार्थ नेपाली नागरिकता दिएपनि केहि फरक पर्दैन | हाम्रा दुतावासहरुले गर्न नसकेको काम तिनले गरेकी छिन |

  34. मलाई त धेरै खुसि लाग्यो भन्या / हाम्रो नेपालका आम नागरिक बिदेशी ब्रान्ड प्रति मोह जगाउछन तर बिदेशी हरुले हाम्रा उत्पादनहरु मन पराएर लगाउदै छन् / एस्तै सुधारात्मक खबरहरु पढ्न अनि सुन्न पाइयोस निकट भबिस्यमा पनि /

  35. मैले सुनेनुसार पहिलो सगरमाथा आरोही सर एड्मोंद हिलारी कि छोरी ले आफ्नो बुबाको प्यारो शहर काठमाडौँ को नाम बाट kathmandu ब्रान्डको outdoor स्टोर स्थापना गरेकी हुन् रे , मैले ७ घण्टा अघि सो पसल बाट १ जोर जुत्ता किनेको थीए, राम्रो, टिकाउ तर अलि महँगो सो ब्रान्ड का जाकेट घटिमा रु.१०५०० देखी रु.५९५०० सम्म र जुत्ताहरु रु. ७५०० – ३०००० सम्मका छन्
    अरु सामान हरु पनि एही दाजोमा छन्

  36. धेरै राम्रो न्युज सुन्न पाइयो है आज। अस्ट्रेलियाका प्रदीप तिमल्सिनालाई धन्यवाद।

  37. मलाई लाग्छ यो काठमाडौँ ब्रान्ड सर एड्मोंड हिलारी र उसको छोराहरु संग सम्बन्धित छ | एड्मोंड हिलारी र माथि उल्लेखित महिलाको कुनै नाता छ वा छैन यस बारेमा चै मलाई कुनै जानकारी छैन| स्मरण रहोस सर एड्मोंड हिलारी सगरमाथा अहरोहन गर्ने पहिलो बक्ति हून|

  38. धन्यवाद !

    येस्तै एउटा पसल यहाँ लण्डन मा पनि छ!

  39. धेरै नै मन पर्यो तपाई ले लेघनु भए को कुरा !!!

  40. जानकारीको लागि ध्न्यवाध ! जापानमा जाडो सुरुहुन थालेको छ यो जाडोमा
    काठमाडौँ जाकेट लगाउन मन लगेर आयो ! कसरि प्राप्त गर्न सकिन्छ होला ?

  41. त्यो कम्पनिको मालिकले कसरी र कुन अधारमा त्यो नामकंरण गरियो त्यो पनि खुलदुलि लाग्यो? हाम्रै नेपालको काठमाडौँ भनेर त होइनन होला।

  42. लौ प्रदिप जी जानकारीको लागि धन्यवाद नदिरहन सक्दैन…..

Comments are closed.