कर्फ‌्यु तोड्दै भनियो- शाही घोषणा धोका हो

INS photo service vol 16
असनमा गोली चलेपछि घाइतेलाई उध्दार गर्दै। फोटोः सागर (बाँकी थप फोटो भित्र)

मैले हिजो नै लेखिसकेको थिएँ- आज मानिसहरु नारायणहिटीतर्फ अघि बढ्ने छन् भनेर र चर्को दमन हुने अनुमान पनि गरेको थिएँ। भयो त्यस्तै नै। हिजो १६ लाख जनताले कर्फ्यु तोडेर चक्रपथमा मार्च गर्दा पनि यो राजालाई केही छोएन। त्यसैले नकचरो सरकारले आज पनि मध्यान्ह १२ बजेदेखि राति ८ बजेसम्म कर्फ्यु लगाउने काम गर्‍यो। प्रधानमन्त्रीको टेण्डर खोलेर पासो फ्याँक्ने राजालाई आज जनताले र दलले गतिलै जवाफ फर्काएका छन्। सात दलले आज साहसिक निर्णय गरेको छ- संसद पुनर्स्थापनाका लागि २४ घण्टे अल्टिमेटम दिएर। सात दलले खुट्टा कमाउला कि जस्तो भइसकेको थियो। अमेरिकी राजदूतदेखि ईयुका राजदूतहरुसम्म पुगेका थिए सात दलका नेताहरुलाई सम्झाउन। तर यो आन्दोलन जन आन्दोलन हो। सात दलको आन्दोलन हैन। सात दलले त कल्पना पनि गरेका थिएनन्, यति मान्छे सडकमा उत्रिन्छन् भनेर। त्यसैले जनदबाबले नै उनीहरुलाई राजाको प्रस्ताव अस्वीकार गर्न लगाएको हो।

INS photo service vol 16
असनमा गोली चलेपछि भएको भागदौडमा छुटेका जुत्ताहरु।

अब पनि कोही नेता सत्ताको मोहमा फँस्यो भने उनीहरुलाई जनताले नै ठीक पार्नेछ। यो प्रष्ट भइसकेको छ। शाही घोषणाको लगत्तै नै र आज बिहान सबेरैदेखि नै ठाउँठाउँमा जुलुस निस्किएका थिए- नेताहरु होसियार, ज्ञाने चोरले झुक्याउला, शाही घोषणा धोका हो, नासो हैन पासो हो, हाम्रो आन्दोलन जारी छ भन्दै। नेताहरुले पनि जनताको भावना अनुसार नै अगाडि बढ्ने निर्णय गरे।

INS photo service vol 16

अझै पनि झुक्याउँछु भनी ठान्ने राजालाई जनताको शक्ति देखाउन आज नारायणहिटी दरबारनजिकैबाट जुलुस जान निकै जरुरी थियो। तर नकचरो सरकारले १२ बजेदेखि ८ बजेसम्म कर्फ्यु लगाइहाल्यो। म बसेको ठाउँतिर त्यति कर्फ्यु तोड्नेहरु पनि छैनन्। त्यसैले आज पनि घरैमा निराश बस्नुपर्ने भयो भनेर सोच्दै थिएँ र विभिन्न स्रोतबाट प्राप्त समाचारलाई तत्काल ब्लगमा अपडेट गर्दै बसेको थिएँ।

INS photo service vol 16

दिउँसो एकाएक स्थिति बदलियो। लाख‍ौंका जुलुस ठाउँठाउँबाट निस्किएर एकीकृत भई हिजो त चक्रपथमा मात्रै घुमेका थिए, आज त मुख्य सहरमा नै प्रवेश गर्‍यो। मानव सागर नै अगाडि बढेका कारण सुरक्षाकर्मीहरु त्यसलाई रोक्न पूर्णतया असमर्थ बनेका थिए। भक्तपुरबाट आएको जुलुस सिंहदरबार हुँदै पुतलिसडकतर्फ जान खोज्दा रोकियो र त्रिपुरेश्वरतर्फ मोडियो। त्रिपुरेश्वरमा पनि शान्तिपूर्ण नै अगाडि बढेको भए रत्नपार्कसम्म नै पुग्न सकिन्थ्यो होला। तर त्यहाँ केही आन्दोलनकारीहरुले राजाका कथित महावाणीहरु लेखिएका होर्डिङ बोर्डहरुलाई ध्वस्त पार्ने काम गर्‍यो।

जुलुसको निगरानी हेलिकप्टरबाट भइरहेको थियो। एउटा सेतो हेलिकप्टर त्रिपुरेश्वरबाट जानेबित्तिकै अकस्मात् चेतावनी पनि नदिई गोली चलाउन थालियो। कति घाइते भए, कति मरे लेखाजोखा छैन। घाइतेहरुलाई सेनाले गाडीमा राखेर बेपत्ता बनाउँथ्यो। त्रिपुरेश्वरमा महिला, बालबालिकाहरु भागदौडमा बढी किच्चिएका थिए।
INS photo service vol 16
उता, गोंगबुबाट निस्किएको लाख‍ौंको जुलुस ठमेलबाट अगाडि बढ्यो। ठमेल नारायणहिटी दरबारबाट निकै नजिकै ठाउँ हो। राजाले पक्कै पनि त्यहाँसम्म प्रदर्शनकारी पुगिसकेको सुने होलान्। भोटाहिटी-असनमा पनि गोली हानियो, लाठी हानियो। त्यहाँ पनि कयौं घाइते भए।

म यी सब कुरा थाहा पाएर छटपट हुँदै बसेको थिएँ। कीर्तिपुरबाट आउने जुलुस रत्नपार्क जाने कार्यक्रम बिहानै थाहा पाइसकेको थिएँ। त्यो जुलुस हाम्रै घरबाहिर भएर जान्छ भन्ने लागेको थियो र त्यसै जुलुससितै आज त म पनि कर्फ्युको अवज्ञा गर्छु भन्ने सोच्दै थिएँ। अचानक बाहिर कोलाहलको आवाज आयो। यसो झ्यालबाट हेर्छु त हजारौंको मानवसागर कर्फ्यु तोड्दै कुद्‍दै आइरहेका। हतार-हतार आफ्नो क्यामेरा लिएँ, भ्वाइस रेकर्डर लिएँ र जुत्ता लगाउँदा समय लाग्ने भएकोले चप्पल नै लगाएर बाहिर कुदेँ।

INS photo service vol 16

अहो…ऐतिहासिक दृश्य। हजारौंको भीड कलंकीबाट आइरहेको। मान्छे नै मान्छे जताततै। बाबाबा…..!!! त्यसपछि म पनि उनीहरुको साथमा लागेर अगाडि बढेँ। साथमा भाइ पनि थियो। उसले नै भिडियो ब्लगमा देखिने मैले बोलिरहेको दृश्य खिचेर सहयोग गरिदिएको हो।

मलाई गौरव लागिरहेको थियो कि म यस ऐतिहासिक दृश्यको साक्षी बन्दैछु। हिजोको चक्रपथमा मानव सागर प्रत्यक्ष हेर्न नपाउँदा भने निकै दुःख लागेको थियो। सोल्टीमोडदेखि कालिमाटी तरकारी बजारसम्म आन्दोलनकारी नै आन्दोलनकारी थिए। कर्फ्यु भन्ने शब्दलाई नै उपहास गर्ने गरी। महिला, बालबालिका, वृध्दवृध्दा, युवायुवति सबै थिए त्यो जनसागरमा। उनीहरुमध्ये धेरैले चर्का नारा लगाइरहेका थिए। केही भने गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ गीत गाउँदै नाचिरहेका थिए।
INS photo service vol 16

त्यो मानवसागरलाई कालिमाटी तरकारी बजारअगाडि सुरक्षाकर्मीले रोकेर राखे। अगाडि प्रहरी थियो। पछाडि सेना थिए- सशस्त्र सेना। जुलुस शान्तिपूर्ण थियो। मुठभेड गर्ने उसको मूड थिएन। बरु नारा लगाउँदै थिए- आर्मी पुलिस दाजुभाइ, सहयोग गरौं हामीलाई। एउटा ट्रक आयो र त्यसबाट केही सैनिकहरु झरे। अनि झरे सेनाको कमाण्ड गरिरहेका अधिकारी पनि। म चिन्दिनँ उनलाई। तर उनले निकै सं‍यम अपनाएका थिए। हात समेत जोरेर हाँस्दै आन्दोलनकारीसित हात पनि मिलाउँदै उनले निकै अनुनय विनय गरे, हामीलाई अप्ठ्यारो पार्ने काम नगरिदिनुस्। केहीले त्यसो भए हामी यहीँ धर्ना बस्छौं भन्दा उनले हुन्छ बस्नुस् भने। तर भीड कहाँ मान्थ्यो र धर्ना बस्न। पछाडि मानवसागरमा मान्छे थपिएको थपियै थिए।

सेनाका ती अधिकारीले बल्खुतिर जानुस् बरु भनेर प्रस्ताव पनि राखे। तर अहँ मानेनन्। आर्मी-पुलिस दाजुभाइ, सहयोग गरौं हामीलाई भन्ने करुण नारा घन्काउँदै रहे उनीहरुले। केहीले भने शान्ति ल्याउनु पर्‍यो भने। केहीले तपाईँहरुको ज्यान बचाउनलाई हामी गोली खान तयार छौं भनेर सुरक्षाकर्मीहरुलाई करुण कुरा सुनाए। सुरक्षाकर्मीहरु पनि मुठभेड गर्ने मूडमा पटक्कै थिएन। उनीहरुलाई पनि मनमा नारा लगाउँ जस्तो भइरहेको होला, तर ड्युटीमा बसेका कारण मलीन अनुहार, अन्यमनस्क भावमा बन्दूक बोकेका थिए।
INS photo service vol 16

भीडले मान्दै नमानेपछि र निकै शान्तिपूर्ण रुपमा करुण पुकार गरिरहेपछि सेनाका ती अधिकारीले प्रहरीलाई पछाडि हटन लगाए। त्यसअघि प्रहरीका एक अधिकारीले पनि प्रदर्शनकारीहरुसित हात जोडेर अनुरोध गरेका थिए अगाडि नबढिदिनुस् भनी। प्रहरी पछाडि हटेको देख्दा मलाई अब के गर्न लागेको होला जस्तो लागेको थियो। प्रहरीपछाडि हटेपछि उनले सेनालाई पनि पछाडि हटन भने। बिस्तारै सेनाका जवानहरु हात हल्लाउँदै पछाडि सरे। सेना महेन्द्रको शालिक भएको ठाउँतिर छेउ लागेर बस्यो। अनि खुल्ला बाटोमा आन्दोलनकारीहरु विजयी भावमा कुदे।

यो एक पाटो मात्रै थियो सुरक्षाकर्मीको। ती सेनाका अधिकारीको त स्वयं प्रदर्शनकारीले पनि प्रशंसा गरेका थिए। उनीहरुले मलाई भन्दै थिए- उहाँको अनुहार राम्रोसँग खिचेर राख्नुस् है। भोलिपर्सि लोकतन्त्र आउँदा काम लाग्छ भनेर। तर यो जुलसको पछिल्लो भागलाई भने कलंकीमा नै रोकेर सुरक्षाकर्मीले दमन गरेछ। गोली, लाठी, अश्रुग्यास बर्साउँदा दर्जनौं घाइते भएछन्।
INS photo service vol 16

तर कालिमाटीमा भने सेनाको घेरा तोड्दै आन्दोलनकारीहरु अगाडि बढे। टेकुमा पुग्दा मैले एक जना आन्दोलनकारीको हातमा ए फोर कागजमा छापिएका केही कुरा पढ्दै गरेको देखेँ। पूर्ण क्रान्ति केका लागि हो कि के हो त्यस्तै शीर्षक थियो र तलपट्टी हेर्दा माअ‍ोवादीको उपत्यका ब्युरोको वक्तव्य रहेछ। मैले त्यो वक्तव्यको पूरा बेहोरा हेर्न त पाइनँ, तर त्यो भीडमा निकै जनासँग त्यो वक्तव्य रहेछ जस्तो लाग्यो।

जुलुस कतातिर जान्छ भन्ने कसैलाई थाहा थिएन। पछि लाग्दै गयौं हामी पनि। बाटोमा निकै पटक कलंकीबाट एम्बुलेन्सहरु अस्पतालतर्फ लगिँदै थिए। आन्दोलनकारीहरु बाटो भरी रहेका कारण एम्बुलेन्सलाई जान गार्‍हो भइरहेको थियो। तर आन्दोलनकारीहरुले एम्बुलेन्सको साइरन सुन्ने बित्तिकै बाटो छाडिदिन्थे। कुनै एम्बुलेन्सले भने माइकिङसमेत गरिरहेको हुन्थ्यो- साथीहरु, हामी कलंकीबाट घाइते लिएर आइरहेका छौं, कृपया बाटो खुला गरिदिनुहोला भन्ने व्यहोराको।
INS photo service vol 16
टेकु पुग्दा चाहिँ अब फर्किउँ कि क्या हो जस्तो लागिसकेको थियो मलाई। तर ऐतिहासिक जुलुसको एक भाग हुनुको गौरव खेर पठाउन मन लागिरहेको थिएन मलाई। त्यसैले अगाडि नै बढेँ। एकजना आन्दोलनकारीसित कुरा गर्दा उनले टुँडिखेलतर्फ जाने हो भनेर भनेका थिए। तर हामी त्रिपुरेश्वरतर्फ आइपुग्दा देख्यौं त्यहाँ ५ ट्रक सेना एउटा बख्तरबन्द गाडीले छेकेको रहेछ बाटो। अगाडि भने जनपथ प्रहरी थिए। त्यसको पछाडि सशस्त्र थिए। हजारौंको मास भए पनि त्यो सार्‍है शान्तिपूर्ण थियो। उसको मुठभेड गर्ने कुनै मूड थिएन। त्यसैले त्रिपुरेश्वरबाट सुन्धारातर्फ नलागी जुलुस सीधै थापाथलीतर्फ लाग्यो।

INS photo service vol 16

यो त्यही त्रिपुरेश्वर थियो जहाँ केही बेरअघि मात्रै अन्धाधुन्ध गोली चलाइएको थियो र सयौं घाइते भएका थिए। त्यसको रुप अझै त्यहाँ देखिन्थ्यो। मान्छेका चप्पल, जुत्ता, महिलाहरुका जुत्ता पनि त्यहाँ छरपस्ट देखिन्थे। प्रहरी र सेनाले कर्फ्यु तोडेर आएको भए पनि केही गरिरहेको थिएन। उनीहरुको काम राजदरबारनजिकैका संवेदनशील स्थानमा जुलुसलाई पस्नबाट रोक्नु मात्र जस्तो देखिन्थ्यो। त्यसैले उनीहरु चुपचाप हेरिरहेका थिए।

त्रिपुरेश्वरतिर पुग्दा पानी पर्न थाल्यो। अ‍ोत लाग्ने विचार थियो तर लागिएन। प्रहरी र सेना पनि अ‍ोत लाग्दै थिए।

INS photo service vol 16

जुलुस अझै अगाडि बढ्दै माइतिघरतर्फ मोडियो। सेनाको भद्रकालीमा रहेको ब्यारेक र सिंहदरबारतर्फ जाने बाटोमा निकै ठूलो सुरक्षा घेरा थियो। सिंहदरबारतिर जाने ठाउँमा बख्तरबन्द गाडीहरु निकै थिए। यहाँ पनि अगाडि जनपथ, पछाडि सशस्त्र र सबैभन्दा पछाडि चाहिँ सेना देखिन्थे।

बबरमहलसम्म पुग्दा भने निकै पानी पर्न थाल्यो साथमा असिना पनि। क्यामेराको ब्याट्री त डाउन नै भयो। खिच्न पाइएन त्यसपछिका कुरा। अनि अडियो भए पनि लिउँ भनेर लिन थालेँ। त्यो पनि पानीले भिजेर छुट्टी। बबरमहलबाट माथितिर रहेका राजाका कथित महावाणीहरु ध्वस्त पारिएका थिए। मानिसहरु त्यही ध्वस्त पारिएको महावाणीमा एक लात हान्दै उनीहरुको भाषामा ‘ज्ञाने चोर’ प्रति आफ्नो आक्रोश पोख्दै थिए। असिना पानीले छेक्दैन, हाम्रो आन्दोलन रोकिँदैन भन्ने नयाँ नारा पनि बनाए उनीहरुले पानीले निथ्रुक्कै भिजेपछि।

असिना पानी निकै परेपछि भने एक ठाउँमा अ‍ोत लाग्न बसे आन्दोलनकारीहरु। तर फेरि यस्तो पानीले रोकिनु हुन्न भनेर भने केहीले अनि सबै फेरि रुझेर नै हिँडन थाले। नयाँ बानेश्वरमा पुगेपछि प्रहरीले हस्तक्षेप गर्‍यो। प्रहरीले लाठी, अश्रुग्यास र गोलीसमेत चलायो। हामी भाग्यौं। त्यहाँ के पत्रकार, के प्रदर्शनकारी – गोलीले देख्दैन क्यारे कसैलाई। ज्यान जोगाउन भाग्नै पर्‍यो।

INS photo service vol 16

हामी भागेर बबरमहल पुग्यौं। अब यहाँ हामी कस्तो असमञ्जस स्थितिमा आइपुग्यौं भने न फर्कनु, न अघि जानु। फर्क्यो भने कर्फ्युमा हिँडिस् भनेर गोली ठोकिदेला भन्ने डर, अगाडि बढ्यो गोली चलिरहेको छ। माससहित फर्कन पाए पनि हुन्थ्यो तर सबै तितरबितर भइसके। धन्न कलंकी हिँड्ने केही मान्छे भेटिए तर उनीहरु मध्ये पनि केही बाटैमा हराए। त्यसपछि भाइ, म र एक जना कलंकीका आन्दोलनकारी दाइ मात्रै भयौं।

निथ्रुक्कै भिजिएको थियो। पानी अझै दर्केर परिरहेको थियो। अनि हामी खोला छेउछेउ हिँडिरहेका थियौं। बाग्मती नदीको त्यो फोहोर बाटो भएर हामी लाग्यौं अगाडितिर। थापाथलीको पुलमुन्तिर अघिको मासबाट तितरबितर भएका केही महिलासहितका आन्दोलनकारी रहेछन्। उनीहरुमध्ये केही कीर्तिपुर, केही बल्खु र केही वाफल जानेहरु रहेछन्। अनि हामी उनीहरुसितै मिसियौं।

INS photo service vol 16

अब हामीलाई एउटा दोधार भयो। त्रिपुरेश्वरतिरबाट खोलैखोला जाने बाटो पनि थियो तर त्यहाँको बाटो सार्‍है फोहोर र कताबाट जाने भन्ने यकिन थिएन। अब जानु पर्ने भयो थापाथली पुल पारी सानेपा हुँदै टेकु निस्केर त्यहाँबाट कुलेश्वर जाने। त्यसका लागि थापाथली पुलमा जानु पर्ने थियो। तर पुल वरपर सुरक्षा व्यवस्था कडा थियो। अघि ती दिदीहरुलाई त थर्काए रे- फर्कनुस् भनेर। तर हामी भने ज्यानको बाजी लगाएरै भए पनि त्यहीँबाट जाने निधो गर्‍यौं। अचम्मको कुरा ! सबैभन्दा अगाडि म थिएँ। म बिस्तारै अगाडि बढ्दै थिएँ। पछाडि उनीहरु आउँदै थिए। प्रहरीले केही गरेन। पुलको पाटनतिरको छेउमा केही सेना पनि थिए, उनीहरुले पनि केही गरेनन्। अनि हामी फेरि बाग्मती छेउछाउ हुँदै हिलो फोहर बाटो हुँदै अगाडि बढ्यौं।

त्यहीँ मैले एफएम सुन्दा थाहा पाएँ कि सात दलले २४ घण्टे अल्टिमेटम दिएछ संसद पुनर्स्थापना गर्ने नभए आफैले गरी समानान्तर सरकार बनाउने भनी। त्यहाँबाट हामी राममन्दिर हुँदै सानेपा पुल अनि कुलेश्वर हुँदै काठमाडौं क्याम्पस हुँदै कालिमाटी निस्क्यौं। सरकारले मोबाइल बन्द गरेछ। मोबाइलले निकै सजिलो बनाएको थियो मलाई आन्दोलनको गतिविधि जान्नका लागि अनि एसएमएसहरु पनि राजाको विरोधमा मजा-मजाका आउँथे।

INS photo service vol 16

त्यत्रो बाटो रुझेर र हिँडेर आउँदा निकै थकाई लाग्यो र एकछिन सुतेँ। पछि टिभीमा आन्दोलनका दृश्य हेरेँ। ज्यादै निर्मम दमन भएको रहेछ आज।

यतिविघ्न हुँदा पनि राजा गलेका छैनन्। उनले पहिले नै भनेका हुन् म दाइ जस्तो हैन भनेर। यो राजा त कि मारिन्छ कि भाग्छ जस्तो छ। आफूले आफैलाई अझै पनि खुब ठूला ठानेका होलान् उनले। देशभरका जनताले थुकिसक्दा पनि उनको अहं कायमै छ। एउटा व्यक्तिको हठले गर्दा सिङ्गो देश डुबिरहेको छ, जलिरहेको छ। आएका छन् ब्लगमा पनि केही कमेन्टहरु जनआन्दोलन भाग दुई हैन, सिक्किम भाग २ हो रे। हैन यस्ता मण्डलेहरुलाई लाज पनि लाग्दैन कि के हो, किन आउँछन् लोकतन्त्रवादी ब्लग हेर्नका लागि ?


(सबै फोटोः सागर श्रेष्ठ)

पुराना अपडेटहरु
अपडेट (राति 1145) भिडियो युट्युब र अर्को डाउनलोड गर्न मिल्ने ठाउँमा पनि गरी दुई ठाउँमा अपलोड गरिदिएको छु। अपलोड सकिनेबित्तिकै तपाईँहरुले हेर्न पाउनु हुनेछ। अब म माथि फोटो फिचरसहितको आफ्नो अनुभव लेख्न गइरहेको छ।
अपडेट (राति 1126) भिडियो एडिटिङ सकियो र अब एन्कोडिङ हुँदैछ। ५ मिनेटको हाइलाइट्स मात्र राख्ने विचार गरेको भए पनि दृश्यहरु सबै तपाईँहरुलाई देखाउँ जस्तो गरी हतार भएकोले छान्दाछान्दा ७ मिनेटभन्दा लामो बन्यो। अब त्यसलाई अपलोड गर्नेछु एकै छिनमा। तपाईँहरुलाई थाहै छ नेपालको इन्टरनेटको गति। त्यसैले अझै प्रतीक्षा गर्नुपर्ने हुन्छ। अब भने म आफ्ना अनुभव तपाईँहरुसित साट्न थाल्नेछु। उता अपलोड हुँदै गर्छ, यता म तपाईँहरुसित आफ्नो अनुभव साट्दै गर्छु।

अपडेट (राति 1026) भिडियोको प्रतीक्षामा बस्ने पाठकहरुका लागि यो सानो अपडेट गरेको हुँ। भिडियोको समय धेरै भएको हुनाले म हाइलाइट ५ मिनेटको मात्र सुरुमा राखेर त्यसपछि क्रमशः पूर्ण भिडियो ब्लग राख्ने विचारमा छु। अझै केही समय लाग्न सक्छ। यस बीचमा भिडियो अपलोड हुँदै गर्दा म आजको अनुभव तपाईँसँग बाँड्ने छु। एकैछिन म भिडियो अपलोड गर्नतर्फ लाग्छु है त !

62 Comments

  1. उमेश् दाइ नमस्ते
    धेरै धेरै धन्यबाद
    ताजा समाचार प्रकासित
    गरेको मा

    मुकेश गौतम
    देल्हि
    India

  2. Now all should welcome the courages action taken by Nepal king, and the leaders of all political parties must realise their past mistakes and look forward for the betterment of Nepa and Nepali.

  3. Sat Dal should form a parelal government as soon as possible which will bring a new wave among the people in Nepal who are actively involved in Loktantrik movement.

    Raj

  4. भू।पु। प्रधान सेनापति शचित शम्सेर ज।व।रा।ले बि।बि।सि।नेपाली सेवामा काठमाण्डौं महानगरपालिकालाई नेपाल भन्नेकोमा निजलाई काठमाण्डौंवाहेकको क्षेत्रवाट उठाइएको राजश्ववाट ती भू।पु। सेनापतिले हालसम्म कसरी निवृतिभरण खाएको हो तथा उनलाई नेपालको क्षेत्र कहाँसम्म छ भन्ने ज्ञात छ कि छैन स्पष्ट जवाफ दिनु पर्यो ।

  5. umesh ji a lot of thanks for news
    yasari hami bidesh ma basne nepaliharuko lagi news update gharer dhairai sewa gharnu bhayako chha yasako lagi a lot of thaks
    nepalase people
    dubai

  6. maile sabbai padhey…ekdum bistaar maa lekheko…jyaadai ekdum nai mann paryo.

    saathi salokya, best of luck….ma butwal maa chu tara pani….ktm ko harek kuraa thaha paauna sajil bhayeko cha…maile ta yehaa sabbai lai ..www.mysansar.com hera bhanera bhaneko chuh. ani chinaa ko s aathi haru lai pani same kuraa bhaneko chuh.

    mitra …dhanya baad hai…harek sabda sabda ko nimti. ekdum karnapriya style maa lekheko chau. malai ta mero school ko nepali teacher ko yaad aayo.

    timro lekhai ekdum raamro cha.

    and ofcourse..ma pani bhanchu……..

    loktantra..jantantra….
    nepali janta ko..moolmantra..!!

    ma nepali….xeric.

  7. To the King of Nepal from a patriot
    How long shall we shed blood in sand? How many times shall we be martyrs in vain? 2007, 2017, 2046 and now 2063.
    History should not repeat itself as it has in our past. Not this time. To my friends who faced bullets and canons with their bare chest, I salute you. To my people who are more powerful than a murderer king who attacks from the behind, hats off to you. To the foreign powers that misunderstand the meaning of this revolution, I beseech you to learn what the people want before making a proposition or a false observation.
    To the so-called head of nation who open fires on innocent civilians, I spit on your face.
    Oh King! You unite us, against yourself, against tyranny and treachery you stand for. Gyanendra! You should wait for our trial in the court of the people. Beware! Beware oh criminal royalties, beware Paras! Paras! We have not forgotten the unfinished songs of Prabin Gurung whom you killed. We have not forgiven you and your father’s betrayals and stomping on our aching chests. Beware! King for the royal family massacre is only afresh in every drop of blood that is shed in this war against you.
    We won’t line up to take tika from you in Dashain. We want to line up to see you in shackles and to give you one punch and one kick from all 27 million of us. We want you to ask for mercy from all the widows, childless mothers and fathers, and bereft lovers. Those walls of your den cannot save you from our enthusiasm, determination for justice and unified defiance. Beware!
    If you do not know how to tie your shoes, learn now if you wish to run and hide. If you are brave to face the results of your own injustice, come forth. Hey Gyanendra, oh how your name makes a fool of the world knowledge itself, for you lack any ounce of wisdom a human mind can contain. We do not need a Dhritarastra or Duryodhana for the deterioration of Nepal in 21st century.
    We are on the right path. We are on the path of truth and justice. We are on the path of victory. No more shall we shed our innocent blood in vain. Each droplet will give rise to thousand defiant soldiers.

  8. “The demonstrations turned violent in several places in Kathmandu and its suburb Patan. In some instances, groups of young men
    destroyed public and private property, attempted to set fire to government buildings, and attacked police with stones and bottles. Police initially exercised restraint, but by the third and fourth day of the protests police fired indiscriminately into crowds or at specific curfew violators. At least 16 people were killed, including several innocent bystanders.”

    Sounds like a paragraph from yesterday’s newspaper? WRONG. This is from the 1993 Nepal Human Rights Report. Girija at the helm, communists on the streets. So protesters are fired upon in “democracies” too, right? Or, as the SPA obsessively says about everything, wat it the palace’s ploy?

  9. pics lai tapai ko web page bata nai sidhai
    copy garna milne banaunu paryo
    kun-kun photo copy garne ho tyaslai kasari tapaile chinera pathaidinu huncha arthat sabai photo haru lai hamile kasari namakaran garera yo -yo photo photo malai mail garideu vanera vanne

    sabai photo ta copy garna man lageko hudaina ni tyasaile sidhai copy garne banaya dekhi hamilai pani sajilo hunthyo tapailai pani mail gari rakhnu jhanjat hudaina thiyo
    yas barema ak patak sochnu hola UMESH G

  10. hi umesh ji

    Your hard work really appericiated by neplease society .

    it’s our daily routine tom surf ur website once a day at least really sad to the situation that nepal facing nowadays but same time really keeping our finger crossed for the best outcome

    loktantric ganatantra jindabad

    lots of thanx to neplease people

    we respect their deeds and courage still far to go

    tahnx u very much

    expecting continuation of ur good work

    plz keep it up

    anjan and all ireland family

  11. vedeo black here
    umeshdai tapaiko sahasik karyako prasamsa garchhu
    agrim kamana sahit
    kamal
    qatar
    loktantra jindavad
    hamro andolan jari chha

  12. Loktantra Jindabad. Umesh Ji, you are doing great job. We have been watching your website every hour for updates.
    Tapai haru ko saath physically navaye pani, computer agadi daro mutthi badhera haath uchaldai bhandai chhau. LOKTANTRA JINDABAD.

    Thanks.Umesh ji keep it up

  13. Dear Umeshjee
    Thank you so much.You are doing a very speacial job.You have made a very big contribution to the nepalese revolution.thanks again.thanks to your brother as well.

    from hongkong

  14. The biggest problem in Nepal is nothing else, but mentality like Lila Raj Dahal, Athens Ohio USA has shown above.

  15. Umesh Ji Tapai lai dhari dhari dhanebad.. Tapai aafnu jan ko baji lagaya ra bhaya pani samachar haru upload gardai hunu huncha … Tesko lagi hami jasto des bahira basne haru lai dhari nai sahayog pugeko cha..
    once agen thanks a lot.. great job

  16. तपाईं हरु जो जे भए पनि तपाईंहरुले गरेको काम सराहनिय छ । हामी तपाईं प्रती गौरवान्वित छौ । एस्तो सहसी काम जारी रहोस् पूर्ण प्रजातन्त्र को वहाँली नहुन्जे सम्म । गणतन्त्र जिन्दवद्!!! -dbasnet-usa

  17. You are great…whatever you do, save your ass.We cannot live without you now. I cannot explain how much you are helping us who cannot be on this revolution.
    Please please, save yourself, take sleep whenever you can and keep on updating this blog.
    Don’t take unnecssary risk… I love you

  18. हैन उमेश जी कसले हो यो जन आन्दोलनलाई सिक्किम आन्दोलन भनेको? त्यसलाई चिनि राखौँ है, पुर्ण लोकतन्त्र आउने बित्तिकै ठिक पार्नु पर्छ। एउटा कुरा के भने सच्चित शमशेर जस्ता मन्डलेलाई अब चाहिँ देशमा रहिरहन दिनु हुँदैन, खोजि खोजि निर्मुल पार्नु पर्छ, नत्र फेरि पनि कुनै दिन तिनिहरुले टाउको उठाउने प्रयाश गरिरहन्छन्। आज समेत मा काठमान्डु बाहिरका माओबादिले पठयेकाले आन्दोलन गरेको भनेर भन्दै थियो त्यो मन्डले, अझै गलेको रहेनछ पाजि

  19. तियो लाखौं को जन समुन्द्र जस्ले निरन्कुस् सासक को अगाडि आफ्नो ज्यान को बजी राखे र देश लाई निरन्कुस्ता को जन्जिर बाट मुक्त गराउन को लागि गरेको निरन्तर प्रयास लाई म मेरो हृदय बाट नै समान गर्छु

    नबिन चन्द्र भण्डारी
    जर्मनी
    फ्रन्क्फुर्त

  20. Dear Police and Army Men:

    This is your crucial time to choose Raban and Ram. Your cool thinking would turn the fate of yours, your future generation and the Nepalese people at large. Please take the side of Andolankari. Give up your arm or showed your arm towards Narayanhiti instead of Janaandolankari. Hurry UP !!!.

    Thanks,

  21. Hip HIP Hurray !!!
    Janahandolan Jindabad

    Go head for Fight to finish. Please use some negotiator to to convince police and army to take their side so that there would not be much casulties.

  22. Thank you Umesh ji hami bidesh ma baesra pani tapai ko sahash purna sathai athak parisarm ko fallsworup, parate6ya nepal ko bartaman paristhiti dekhna ra sunna pauda tapai parti ati avar byakta garda6au. Tapailai yo tapai ko kadam ma harbhakhat bhagawan le sathati karadau nepali haru ko atmaball milne 6a! Ra tapailai nepalko itihash le kahilei birsine 6aina, feri pani herat bata nai dhnaybad ra subhakaman, and plzz keep it going on thank you.

    Subhchintak
    Channd lama, Om Kc, Pralad Kc, Radha Subba Suman Rai

  23. Thank you dear Aumesh ji for all informations, I clik many times several advertise links for you…..
    Go ahead waiting the Video…
    Then after you better sleep,don’t you? you have another long day tomorrow….

  24. खै त उमेस जि भिडियो अपडेट गर्नु भएको।
    निन्द्रा मा हुनु होला अहिले।
    सहयोग चाहि नगर्ने भिडियो मात्र हेर्न खोज्ने भन्नु होला ठिकै छ कुरा सत्य नै हो् ।भोलि निन्द्रा ले छोड्ने बितिकै त्यो काम पहिले है
    तपाइ लाइ माया गरिरहने
    राम,फ्लोरिडा अमेरिका

  25. Its fascinating to see the spirits of people in the streets (most of whom doesnt give a damn about the parties)and lets hope some of the young people in the streets are able to lead the nation with certain vision of development for peaceful Nepal, after the king is kicked out!

  26. Great job, Umesh bhai. You are not sleeping yet. I also do not sleep at night to watch you.

    Dilli

  27. Hamile parkhana na Kamana garna bahek k garna sakchhaura? Tapaile sarhai ramro garnu bhayako chha hamilai chhito chhito upload garer naya khabar pathayar. Sutnu pani sutnu yar! Baru sakinchha bhane kohi mitralai upload garna agraha pani garne garnus.

    Dherai Dherai Dhanyabad Tapailai! Tapaiko Usko ani Mero Manokamana (Hamro, GANATANTIK LOKTANTA KO) Chhitai ra Sajilai Pura Hos!!!!!!

  28. launa o umesh dai
    attyaya nabhannu hola aajako hitlist herna atur bhayakole garda ali chhito hali dinus la
    tapako prasamsak
    kamal nirdos

  29. Umeshji,

    1st of all thanks a lot for your hard work and commitment. Your job is highly commendable.

    2ndly, could you tell us the best way to financially help the injured protestors? looks like the money is not reaching outside of the valley. I am wondering if there are any instiitutions especially helping victims outside the valley.

  30. pls jatisak chhito photo daunload garnuhos ani aaj ko khabar pura lekhnu hunuhun anurodh garchhu thanks

  31. ABA AAUNCHA KHEL KO MAJAA YES MA TEEN GOLEE CHA TEEN ZINDAGEE( GYANU,MAO,SAT DAL)ABA JANATA LAY YES LAI GHUMAIDEYO… .GOLEE KAHAN CHA ZINDAGEE KAHAN KASAILA PANEE THAHA CHAINA .

    AREE GYANU TERO KAY HUNCHA-“JANATA MAILA TA SWISS CHOCLATE KHANCHUU” YO TA MARDAINA
    TA MAO BHAI TIMRO KISMAT- “AREE GOLEE KHANEE YA KHILAUNAEE”

    BHANA TIMROO KAY HUNCHA SAT DAAL- “DHERAI CHOTEE GHUSH KHAYEEYOO AJAI PANEE GHUSH NAI KHANEE HOO”

    HA HA SABAI BACHHECHAN JANATA HO HERDAI JAU

Comments are closed.