मेरो बारेमा केही प्रश्न र जवाफ
म को हुँ ?
म सालोक्य हुँ। नागरिकतामा मेरो नाम उमेश छ। सालोक्य भनेको मैले आफैले न्वारन गरेको नाम हो।
सालोक्यको अर्थ के हो ?
सालोक्य ना० [सं०]
आराध्य ईश्वरको लोकमा सदा रहन पाइने मुक्ति; मुक्तिको एक प्रकार। स्रोतः नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान,कमलादी,काठमाडौं। संस्करण: सातौं
म कहाँ बस्छु ?
म अहिले नेपालको राजधानी काठमाडौंमा बस्छु।
म के गर्छु ?
म पहिले सिटी टाइम्स नामको पत्रिकामा सम्पादक थिएँ। मैले नयाँ सडक राष्ट्रिय दैनिकमा उपसम्पादक, स्पेसटाइम राष्ट्रिय दैनिकमा पनि उप-सम्पादकको रुपमा काम गरेँ। त्यस्तै च्यानल नेपाल टेलिभिजनमा पनि काम गरेँ। च्यानल नेपालको जागिर चयट भएपछि भने मैले फूल टाइम ब्लगिङ गरेँ। केही समय मैले शायद नेपाल कै पहिलो व्यावसायिक ब्लगर बन्ने कोशिश गरेँ। यसबाहेक म परेवा अनलाइनसित पनि सम्वध्द छु। थिएँ। दुःखको कुरा, हामीले परेवालाई निरन्तरता दिन सकेनौँ।
अपडेटः सन् २००७ देखि सन् २००८ सम्म म एभिन्युज टेलिभिजनमा Sr. Correspondent/Producer का रुपमा कार्यरत थिएँ। हाल म नेपाल रिपब्लिक मिडियामा Sr. Correspondent का रुपमा जागिरे छु। Nagariknews.com अनलाइनमा म काम गर्छु।
कति पढ्नुभएको छ ?
मैले आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेको छु। स्नातक गरेको झण्डै ८ वर्षपछि मैले स्नातकोत्तर पढाइ सुरु गरेको थिएँ। त्यतिबेला नेपालमा पत्रकारितामा स्नातकोत्तर पढाइ हुँदैन थियो।
म कति वर्षको भएँ ?
मेरो जन्म २०३३ सालमा भएको हो। कति वर्षको भएँ भनेर हिसाब चाहिँ तपाईँ आफै गर्नुस्।
ब्लग किन गरेको ?
आफ्ना भावनाहरु साटन र केही फरक देखाउने इच्छाका कारण मैले ब्लग गर्न थालेको हुँ।
के छ विशेषता यो ब्लगको ?
यो युनिकोड नेपालीमा सञ्चालन भएको विश्वकै पहिलो ब्लग हो। त्यसैगरी अडियो र भिडियो ब्लगलाई नेपालमा सुरु गर्ने पहिलो ब्लग यही हो।
ब्लगको ठेगाना कुन हो ?
ब्लगको आधिकारिक ठेगाना www.merosansar.com.np र www.mysansar.com हो।
ब्लग कहिलेदेखि थालेको ?
२००५ को अप्रिलदेखि मैले ब्लग थालेको हुँ। पुराना ब्लगहरु यहाँ गएर हेर्न सकिन्छ।
कुनै पार्टीसित आवध्द हो ?
हैन।
कुन पार्टी मनपर्छ ?
अरु सामान्य नेपाली जस्तै म पनि नेताहरुको भ्रष्टाचार र हिंसाबाट आजित मान्छे हुँ। तर नेताहरुलाई गाली गर्दैमा देशको समस्या समाधान हुँदैन भन्ने मेरो मान्यता छ।
के यो समाचार साइट हो ?
हैन, यो समाचार साइट हैन। यो ब्लग साइट हो।
यसका सामाग्री एकपक्षीय हुन्छन् ?
यसमा कुनै पक्ष विपक्ष भन्ने कुरा नै हुँदैन। ब्लग साइट भनेको आफूलाई मनपर्ने कुरा, आफूले देखेको, भोगेको आफूलाई प्रभाव पर्ने कुरा लेख्ने ठाउँ हो। त्यसैले ब्लग लेख्नेको धारणा यसमा हुन्छ। निष्पक्ष समाचार खोज्न तपाईँले समाचार साइटहरुमा जानु पर्ने हुन्छ। यसमा ब्लगरका भावना, विचार हुन्छन्।
तपाईँको विचार मलाई मन परेन भने ?
यो साइटमा रहेका कुनै पनि सामाग्री तपाईँलाई मन परेन भने साइट नहेर्नु नै उत्तम हुन्छ। कसैलाई पनि जबर्जस्ती यो साइट हेर्न बाध्य गरिँदैन।
तपाईँको साइटको गोपनीयताको नीति के ?
असामान्य परिस्थिति (ज्यानको धम्की, अश्लील शब्दको प्रयोग आदि) मा बाहेक प्रयोगकर्ताको नाम, ईमेल र आईपी ठेगानालाई संभव भएसम्म गोप्य राखिनेछ। कसैको ईमेलको गलत प्रयोग गरिने छैन। तर असामान्य परिस्थितिमा त्यस्ता प्रयोगकर्ताको आईपी र ईमेल ठेगाना सार्वजनिक गर्नेदेखि लिएर कानुनी कारबाहीका लागि समेत उपलब्ध गराइन सक्नेछ।
ब्लगका लागि कसैको सहयोग ?
प्राविधिक सम्पूर्ण काम साथी प्रमेय भण्डारीले हेर्नुभएको छ। पाठकहरुले ब्लग पठाएर, कमेन्ट गरेर सहयोग गर्नुभएको छ।
अरु सहयोग अनियमित रुपमा प्राप्त हुने चन्दा, साइटमा रहेका विज्ञापनमा हुने क्लिकबाट जुट्ने गरेको छ।
तपाईँलाई कसरी सम्पर्क गर्ने ?
इमेलमा सम्पर्क गर्नका लागि salokya @ gmail . com
MSN मा salokya @ hotmail . com
Yahoo मा salokya @ yahoo . com
SMS का लागि मोबाइलमा 9841-317265
ब्लग/समाचार/प्रेस विज्ञप्ति/फोटो पठाउनका लागि के गर्ने ?
blog@mysansar.com
फोटो पठाउन pic@mysansar.com
शनिबार साहित्य पठाउन story@mysansar.com
चिठी पठाउनका लागि
पोस्ट बक्स नं 9011
काठमाडौँ, नेपाल



