टाइममा नेपालको आवरण कथा

२०६१ वैशाख ६, मंगलबार 1:58 am

विश्वप्रसिद्ध टाइम म्यागेजिनको यस हप्ताको अंकमा नेपालसम्बन्धी लेखलाई आवरण कथा वा कभर स्टोरीको रुपमा प्रस्तुत गरिएको छ । टाइमको मुखपृष्ठमा एक माओवादी विद्रोहीको तस्बिर सहित रेबल नेसन शीर्षक दिइएको छ । आवरण कथा टाइमका दक्षिण एसिया ब्युरो प्रमुख एलेक्स पेरीले लेखेका हुन् । यसमा राजा ज्ञानेन्द्र, माओवादी अध्यक्ष प्रचण्डका विशेष अन्तवार्ता र समाचार विश्लेषण प्रस्तुत गरिएका छन् । समाचार विश्लेषणको शीर्षक गनिङ फर नेपाल, हिमाली अधिराज्यलाई विभाजित गर्ने रक्तपातपूर्ण गृहयुद्धका सम्बन्धमा टाइमको विशेष रिपोर्ट दिइएको छ । हरेक पृष्ठमा ब्लडी कन्ट्रीः नेपाल भनी उपशीर्षक पनि दिइएको छ ।