“यो सर्भाइभलको प्रश्न हो”

टाइममा राजाको अन्तर्वार्ता
२०६१ वैशाख ६, मंगलबार 1:51 am
king
टाइम म्यागेजिनमा राजा ज्ञानेन्द्रको अन्तर्वार्ताका मुख्य अंशमात्र प्रकाशित छन् । तर यसको वेबसाइटमा भने पत्रिकामा नछापिएका विस्तृत अंशसमेत समेटिएको छ । पाठकका लागि यहाँ त्यो विस्तृत अन्तर्वार्ताको भावानुवाद प्रस्तुत गरिएको छ । बाँकी
हतारमा गरिएको अनुवादमा कतिपय गल्ती हुनसक्नेमा पहिले नै माफी माग्दछु ।
वेबसाइटमा लेखिएको छः फेब्रुअरी १ को कदमपछि विदेशी प्रेससितको पहिलो अन्तर्वार्ताका लागि राजा ज्ञानेन्द्रले टाइमको दक्षिण एसिया प्रमुख एलेक्स पेरीसित नारायणहिटी राजदरबारस्थित आफ्नो कार्यालयमा भेटेका हुन् ।
टाइमः यो एउटा राम्रोसित सम्पन्न गरिएको टेकओभर थियो । यसका लागि तपाइँले योजना बनाउनु भएको थियो –
राजाः अरुहरुले पनि मलाई यसबारेमा सोधेका छन् । वास्तवमा यस बारेमा कुनै योजना बनाइएको थिएन । यो त मेरो विचारमा भाग्यमा लेखिएको थियो । त्यतिबेला मैले भेटेका धेरै नेपालीहरु जसमा देशका विभिन्न भागबाट आएका नागरिकहरु पनि छन्, को स्पष्ट रुपमा एउटै मात्र आशा देखिन्थ्यो, शान्ति । उनीहरुका लागि यो टेकओभर निश्चित निश्कर्षथियो । मैले धेरै सरकारहरुलाई यो सन्देश दिन खोजेको थिएँ कि यदि उनीहरुले जनताका आकांक्षा पूरा गर्न अर्समर्थ भए हामी सही दिशामा गइरहेका हुनेछैनौं । मेरो विचारमा फेब्रुअरी १ यी जनआकांक्षा पूर्ण हुननसक्नुको कारणबाट उत्पन्न बाध्यात्मक परिस्थिति हो ।
टाइमः अन्तराष्ट्रिय रुपमा भएका कडा विरोध नि –
ज्ञानेन्द्रः यो भन्नु उचित हुन्छ कि मैले जे योजना बनाइरहेको थिएँ त्यो जसलाई थाहा हुनुपथ्र्यो, पथ्र्यो र जसलाई थाहा हुनु पर्ने थिएन, थिएन । अचम्ममा पर्नु ठीक शब्द हैन । निराश हुनु, यो सही शब्द हो । किनकि फेब्रुअरी १ को कदमको उद्देश्य के थियो – मेरो विचारमा मैले राम्रोसित प्रष्ट पारिसकेको छु – आतंकवादविरुद्ध प्रजातन्त्रका लागि संघर्ष । अब हाम्रा मित्रहरुले आएर कि हामीलाई भन्नु पर्छ यो उद्देश्य बेठीक हो कि हामीलाई यो उद्देश्यप्राप्तिका लागि सहयोग गर्नुपर्छ ।
टाइमः जब तपाइँ प्रजातन्त्रका कुरा गर्नुहुन्छ तर तपाइँका कदम अप्रजातान्त्रिक हुन्छन् भने तपाइँको त्यस्तो वक्तव्यको स्वागत शंकापूर्ण नजरले गरिने कुरा तपाइँ बुझ्नुहुन्छ –
ज्ञानेन्द्रः मेरा लागि अविश्वास, शंका -स्केप्टिसिज्म) मन्द गतिको आत्महत्या सरह हो । यो आधा ज्ञानबाट व्यक्त गरिने प्रतिक्रिया हो । हो, हामी तरिकाका बारेमा विवाद गर्नसक्छौं । तर संविधानको धारा अनुसार चालिएको कदमलाई अप्रजातान्त्रिक भनी व्याख्या गर्न मिल्दैन । हो, हामी प्रश्न गर्न सक्छौं, यतिसम्म गर्नु आवश्यक थियो र – तर योभन्दा अलिकति मात्र कम कदम चालिएको भए त्यसले कुनै परिणाम दिने थिएन । हामीलाई अत्यावश्यक सहयोग रोक्ने हाम्रा केही मित्रहरुको निर्णयाट म उदास भएको छु । धेरै नेपालीहरुले हामीलाई आवश्यकता परेको समयमा वास्तविक मित्र को हुन् भने पहिचान गर्न सकिरहेका छन् । र, मैले के सुनिरहेको छु भने यो -सहयोग रोक्का) उनीहरुले प्रजातान्त्रिक शक्तिविरुद्ध प्रयोग हुने ठानी गरेका रहेछन् । मेरो विचारमा यो असन्तुलित विचार हो जुन निराधार छ । यो गलत ज्ञान हो र यस्तो अवस्थामा त्यस्तो विचारका लागि कुनै ठाउँ छैन ।
टाइमः के तपाइँ अब अन्यत्रबाट सहयोग माग्दै हुनुहुन्छ – चीन वा पाकिस्तानबाट –
ज्ञानेन्द्रः यो एउटा गलत धारणा हो, एउटा बेइज्जती । यी विकल्पहरु जहिले पनि उपलब्ध छन् तर हालका लागि यसमा सत्यता छैन । हामी पहिलेदेखि प्राप्त हुँदै आएका देशबाट नै महत्वपूर्ण सहयोग पाउने आशामा छौं ।
टाइमः गद्दी र तपाइँको जीवनसित एउटा ठूलो जोखिम उठाउनु भएको विचारमा तपाइँ सहमत हुनुहुन्छ –
ज्ञानेन्द्रः यो भर पर्छ जोखिम भनेर तपाइँले केलाई भन्नुभएको हो । म यसलाई यसरी हर्ेर्छर्ुुहाम्रो इतिहासमा धेरै पटक यस्ता घटना भएका छन्, जसमा राजतन्त्रले सँधै जनताको पक्ष लिएको छ र उनीहरुसितै जोखिम उठाएको छ । जनताको इच्छा, आकांक्षाका लागि यसो गरिएको हो । प्रजातन्त्रलाई जोगाउने प्रतिवद्धता राजाले जनतालाई गरेको हो र यो विश्वासलाई कसैले तोड्न सक्दैन ।
टाइमः तपाइँले आफ्नो घोषणामा माओवादीविरुद्ध आक्रामक कारबाहीको कुरा गर्नुभएको छ, हामी त्यसको अपेक्षा कहिले गर्नसक्छौं –
ज्ञानेन्द्र्रः के यो विवेकी हुन्छ र – के तपाइँ हामीलाई आक्रामक भएको देख्न चाहनुहुन्छ – मेरो विचारमा आक्रमणमात्रै गर्नु बुद्धिमतापूर्ण हुँदैन । गर्नुपर्ने कुराहरु धेरै छन्, जस्तै जनताको मन जित्नु । यस्तो अवस्थामा जनमत साथ हुनु जरुरी हुन्छ ।
टाइमः तपाइँले यो विजय गर्न नसकिने युद्धको संकेत गर्दै हुनुहुन्छ ।
ज्ञानेन्द्र्रः प्रश्न विजय गर्न सकिने वा नसकिने भन्ने हैन । प्रश्न टेमिंगको हो । शाही नेपाली सेना संविधानमा रहेको नियम र कानुन अर्न्तर्गत रहेको हुन्छ । यही समयमा राष्ट्रले आतंकवादलाई कुनै पनि हालतमा स्वीकार नगर्ने निर्णयगरेको छ । र, सेनाले त्यस अनुरुप कार्य गर्नेछ । तर यो देशमा निर्णयभइसकेको छ कि आतंकवादको प्रयोग स्वीकार्य हुँदैन र शाही नेपाली सेनाले यसका लागि के आवश्यक पर्छ, त्यो गर्छ । उनीहरुले शक्ति प्रयोग गर्नेछन्, समझदारी गर्नेछन्, सहकार्य गर्नेछन्, सहयोग गर्नेछन् । कानुनी शासनमा विश्वास गर्ने कुनै नेपाली नागरिकले पीडाबोध गर्नुपर्दैन । तर जसले कानुनी शासनमा विश्वास गर्दैन, जसले बहुमतको निर्णयस्वीकार गर्दैन, उनीहरुले पीडाबोध गर्नेछन् ।
टाइमः शाही नेपाली सेनाको मानव अधिकारसम्बन्धी रर्ेकर्डको बारेमा गम्भीर चासो व्यक्त गरिएका छन् नि ।
ज्ञानेन्द्र्रः गुआन्टानामो र इराकका बारेमा विचार गर्नुस् । हामी कहाँ त्यहाँ जस्तो खराब कुरा भएका छैनन् । केही दुर्घटना नभएका भनी मैले भन्न खोजेको हैन । छन् केही दुरुपयोगका घटना जुन अगाडि आएका छन् । तर त्यो दोषी पाइएको ठाउँमा कारबाही गरिएको हो । तपाइँले मलाई यो प्रश्न पहिला पनि एक पटक गर्नुभएको थियो र मैले तपाइँलाई यही जवाफ दिएको थिएँ, के यी प्रश्नहरु शाही नेपाली सेना सफल भइरहेकोले उठाइएका हुन् –
टाइमः कपिलवस्तुको बारेमा प्राप्त समाचारका बारेमा नि जहाँ भीडले ३० जनाको हत्या गरी सयौं घरमा आगो लगाएका थिए र उनीहरुलाई त्यसो गर्न शाही सेनाले प्रेरित गरेको थियो –
ज्ञानेन्द्रः यसमा हामी निकै प्रष्ट हुनुपर्छ । के नेपालमा आतंकवादविरुद्ध जनविद्रोह बढेको हो – पक्कै, यो सत्य हो । जनतालाई कसैले उठाउनु पर्दैन । अति भयो अति । यही हो ग्रामीण जनताले आतंकवादीहरुलाई दिएको प्रष्ट सन्देश । उनीहरु विद्रोह गरिरहेका छन् र म जनताको यो कदमलाई स्वागत गर्छु उनीहरुले आतंकवादीहरुलाई स्वागत नगरिने र उनीहरुको आक्रमण, धम्की र अपहरण नसहने सन्देश दिएका छन् । तर जब उनीहरु यसविरुद्ध उठ्छन् उनीहरुले उचित तरिका अपनाउनु पर्छ र कानुनी शासन अर्न्तर्गत रहेर गर्नुपर्छ । शाही सेना यस्तो घटनामा कुनै पनि किसिमले संलग्न भएको भन्ने कुरा बिल्कुल गलत हो । घटनास्थलमा उनीहरु घटनाको सूचना पाइसकेपछि मात्रै पुगेका हुन् । उनीहरु शान्ति स्थापना गर्न गएका हुन्, हिंसालाई भड्काउन हैन ।
टाइमः सेना साथमा लिएर शक्ति प्राप्त गर्नु, जसको ठूलो आलोचना भएको छ, यसले तपाइँलाई चिन्तित बनाउँदैन –
ज्ञानेन्द्रः मैले टेक ओभर गर्न सेनाको प्रयोग गरेको छु र –
टाइमः ठीक छ, सुरक्षा फौज भनौं न त ।
ज्ञानेन्द्रः जसमा नागरिकहरु समावेश छन् ।
टाइमः यसलाई यसरी राखौं होला, के तपाइँ सेनामाथि आफ्नो पूर्ण नियन्त्रण छ भन्ने महसूस गर्नुहुन्छ –
ज्ञानेन्द्रः म कुनै पनि कुरालाई नियन्त्रणमा राख्नेमा विश्वास गर्दिन । यदि सिस्टमले काम गर्ने हो भने त्यहाँ अनुशासन हुन्छ र यदि सिस्टमले काम नगर्ने हो भने त्यहाँ व्यक्तिगत हि्वम र फ्यान्सी हुन्छ । यदि तपाइँ लोयालिटी प्रतिवद्धताको कुरा गर्दैहुनुहुन्छ भने त्यो फरक विषय हो ।
टाइमः म तपाइँलाई के भन्न चाहँदैछु भने तपाइँले टेक ओभरका लागि सेनाको प्रयोग गर्नुभयो जसमाथि मानव अधिकार उल्लंघनका गम्भीर प्रश्न उठाइएका छन्
ज्ञानेन्द्रः के तपाइँ मलाई कू गरेको आरोप लगाउँदै हुनुहुन्छ – यो बिल्कुल कू हैन । संकटकालको घोषणा गरिएको छ । तपाइँ विवाद गर्नसक्नुहुन्छ यो घोषणा गर्न हुन्थ्यो कि हुने थिएन भनी तर जब यसको घोषणा हुन्छ, संवैधानिक प्रावधानले नै त्यस्ता धारा प्रयोग गर्न बाध्य बनाउँछ । र केही छुट अघि नै दिइसकिएको छ । त्यो एउटै मात्र आज्ञप्ति हो जुन मैले फेब्रुअरी १ पछि दिएको छु । मैले अरु के गर्न खोजेको छु र – हामीसित थुप्रै कानुन र नियमावलीहरु छन् । कुनै नयाँ कुरा गरिएको छैन ।
टाइमः विद्रोहीहरुसित एउटा कुरा तपाइँको समान धारणा छ, राजनीतिक पार्टीको क्रियाकलापप्रति निराशा । भन्नसक्नुहुन्छ किन –
ज्ञानेन्द्रः म अझै पनि निराश छु । मेरो विचारमा कुनै पनि बुद्धिमानी नागरिक निराश हुन्छ……….
क्रमशः
आज रात धेरै भइसकेको र म थाकिसकेको हुनाले बाँकी अनुवाद म भोलिका लागि छाड्दैछु ।