“हामी सामन्ती निरंकुशतालाई अन्त्य गर्न खोज्दैछौं”

टाइम म्यागेजिनमा माओवादी नेता प्रचण्डको अन्तर्वार्ता
२०६१ वैशाख ६, मंगलबार 1:44 am

टाइममा प्रकाशित माओवादी नेता प्रचण्डको छोटो अन्तर्वार्ताको विस्तृत अंश इन्टरनेट संस्करणमा राखिएको छ । त्यसको भावानुवाद ।
नोटः अंग्रेजी त्यति राम्रोसित नजान्नेहरुका लागि इन्टरनेट र संभवतः बजारमा पनि उपलब्ध हुने टाइम पत्रिकाको म्याटरको यो नेपाली अनुवाद मात्र हो । यसमा उल्लेख गरिएका विचारसित मेरो र्समर्थन भएकोले यो अनुवाद गरिएको भन्ने भ्रममा नपर्नु होला । राजनीतिसित गोरु बेचेको साइनो नभएको हुनाले कतिपय शब्दको नेपाली अनुवाद अन्यथा पनि भएको हुनसक्छ, सच्याएर पढिदिनुहोला ।
माओवादी नेता प्रचण्डले टाइमसित भेट्न अस्वीकार गरे तर एक स्वतन्त्र पत्रकारलाई पहिलो पटक हस्ताक्षर र मितिसहितको पत्रमा दक्षिण एसिया ब्युरो प्रमुख एलेक्स पेरीले सोधेका प्रश्नहरुको मध्यपश्चिम नेपालको पहाडी विद्रोही नियन्त्रित इलाकामा जवाफ दिए । प्रचण्डको जवाफमा उनको लोकेसनका बारेमा केही खुलाइएको छैन ।
टाइमः तपाइँहरुको क्रान्ति अहिले कहाँ पुगेको छ –
प्रचण्डः जनताको महान जनयुद्ध अन्तिम चरणमा पुगेको छ । जब हाम्रो पार्टी सन् १९९६ मा जनयुद्ध सुरु गरेको थियो, हामीसँग एउटै पनि आधुनिक हतियार तथा कुनै प्रशिक्षित सशस्त्र समूह थिएन । मात्र आइडियोलोजिकल, राजनीतिक र सैनिक लाइन र एउटा योजना थियो । त्यो योजनामा हामीले तीन वटा रणनैतिक चरणको योजना बनाएका थियौं, रणनैतिक प्रतिरक्षा, रणनैतिक सन्तुलन र रणनैतिक आक्रमण । अहिले हामीसित सशक्त जनमुक्ति सेना छ, हामीले थुप्रै ग्रामीण बेसहरुलाई स्वतन्त्र पारेका छौं र ग्रामीण इलाकामा हाम्रो राजनीतिक शक्ति बढाउँदैछौं । हामीलाई जनता र अन्तिम विजयमा विश्वास छ । यद्यपि हामी निश्चित समयसीमा भने अनुमान गर्न सक्दैनौं । हामीले अघि नै शाही नेपाली सेनालाई प्रतिरक्षात्मक पोजिसनमा धकेलिसकेका छौं र उनीहरुलाई राजधानी, जिल्ला सदरमुकाम र उनीहरुको ब्यारेकमा सीमित पारिसकेका छौं । यो अन्तिम चरणका लागि हाम्रो रणनीति सहरी व्रि्रोहलाई फ्युज गर्नु हो ।
टाइमः शक्ति आफ्नो हातमा लिएर राजा ज्ञानेन्द्रले रणनैतिक गल्ती गरेको तपाइँ सोच्नुहुन्छ – के तपाइँको विचारमा जनतासामु राजनीतिक पार्टी असफल भएको राजाको निश्कर्षठीक हो –
प्रचण्डः अहिले नेपालमा ठूलो राजनैतिक संकट छ । राजा ज्ञानेन्द्र नेपाली जनताको प्रजातान्त्रिक आकांक्षालाई दबाउन आतंकको शासन गर्दैछन् । मेरो विचारमा राजा सही हैनन् किनभने यो प्रमाणित भइसकेको छ कि राजाले यो षड्यन्त्र सामन्ती सैनिक तानाशाही स्थापना गर्न गरेका हुन् । अर्कोतर्फ हाम्रो पार्टीलाई संसदीय पार्टीलाई सामन्ती निरंकुशताको विरुद्ध उनीहरुको दोधारे नीतिका लागि दोष दिने पूरा अधिकार छ । हामीले क्रान्तिकारी विकल्पको प्रतिनिधित्व गरेका छौं । हामीले सामन्तीविरोधी, साम्राज्यवादविरोधी प्रजातान्त्रिक संघर्षको नेतृत्व गरेका छौं । हामी सामन्ती निरंकुशतालाई अन्त्य गर्न खोज्दैछौं । यो सामन्ती निरंकुशताविरुद्ध जनताको प्रजातन्त्रको लडाइँ हो । र हामी विश्वास गछौंं जनता इतिहास लेख्ने वास्तविक तत्व हुन् । उनीहरुले कहिले पनि यस्तो किसिमको सामन्ती निरंकुशताको अगाडि आत्मर्समर्पण गर्ने छैनन् ।
टाइमः यो बढ्दो द्वन्द्वका कारण झन् बढी मान्छे मारिने भए, हैन –
प्रचण्डः शाही नेपाली सेनाले जनताविरुद्ध आतंक र हिंसाको नयाँ शासन गर्न खोेजेका छन् । उनीहरुले निशस्त्र र निर्दोषको हत्या गरेका छन् । शाही सेनाका हेलिकप्टरहरुले घर र निशस्त्र जनतामाथि बमवारी गर्न थालिसकेका छन् । …युद्धमा केही मानिस मर्नु स्वभाविक हो । हामी जनताको बलिदानलाई कम पार्न सक्दो गरिरहेका छौं ।
टाइमः मानव अधिकार समूहहरुले तपाइँ र शाही नेपाली सेनालाई क्रूरता, यातना र हत्याको आरोप लगाएका छन् । यस्ता आरोप र बालसैनिकको प्रयोगका बारेमा तपाइँको जवाफ के छ –
प्रचण्डः हामी जनताको मुक्तिका लागि र शाही सेना आरएनए जनताविरुद्ध लडिरहेको छ । यी दर्ुइको तुलना हुनसक्दैन । हजारौं बेपत्ता, हजारौं घरमा आगजनी, लुटपाट, हजारौं बलात्कार, हजारौं यातना र हत्याका घटनाः यी उनीहरुका ओपन सेक्रेट हुन् । यसै समयमा जनमुक्ति सेना पीएलएले सयौं आरएनए र पुलिसलाई बन्दी बनाएको छ, मानवीय व्यवहार गरेको छ, युद्धबन्दीको रुपमा व्यवहार गरेको छ र मुक्त गरिएको छ । र हामी गाउँका घर छाडी भाग्ने नेपालीहरुको संख्याप्रति गम्भीर छौं । हामी उनीहरुलाई घर र्फकन आह्वान गर्र्छौं र सुरक्षा प्रदान गर्ने बताइरहेका छौं । कतिपय फर्किका पनि छन् ।
हामी युद्धमा भएकोले म गल्ती हुँदै भएको छैन भन्न सक्दिन । तर जब हामी गल्ती देख्छौं, त्यसलाई सच्याउने प्रयास गर्र्छौं । हम विश्वभरका जनता र प्रजातान्त्रिक संस्थाहरुलाई आरएनएको पीत प्रोपागान्डाबाट भ्रमित नहुन अपील गर्न चाहन्छु । जनसेनामा बालबालिकाको प्रयोगका बारेमा गरिएको प्रोपागान्डा चाखलाग्दो छ । हामी १८ वर्षुनिकालाई सेनामा लिँदैनौं । तर एउटा के कुरा कमेन्टेटरहरुले बिर्सन्छन् भने हाम्रा शहीदहरुका हजारौं अनाथ छन् । हाम्रो पार्टी स्वभाविक रुपमा उनीहरुको खानपान, शिक्षा र प्रशिक्षणको जिम्मा लिन्छ । हामी उनीहरुलाई युद्धमा प्रयोग गर्दैनौं तर शिक्षा र बाल संगठनको अनुशासनमा राख्छौं । जब हामी गरीब दुःखी बालबालिकाहरुको हेरविचार गर्र्छौं तब कसैले कसरी खमेर रुजका कुरासित समानान्तरण रेखा खिच्न सक्छन् –
टाइमः विदेशीहरुका लागि नेपालको युद्ध राजा र कम्युनिस्ट सेनाबीचको युद्ध हो । यसो हर्ेदा यो पुरानो समयको कुरा झैं लाग्छ । के नेपाल अझै पनि पछिल्लो शताब्दीको लडाइँ लडिरहेछ –
प्रचण्डः यो निकै चाखलाग्दो प्रश्न हो । पहिलो, हाम्रो पार्टी कहिले पनि डगमेटिज्म वा संशोधनवादीको प्रतिनिधित्व गर्दैन । हामी हाम्रै विज्ञानको रक्षा, प्रयोग र विकास राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थितिमा गर्न खोज्दैछौं । हामी बाहिरकाहरुले कल्पना गर्ने भन्दा फरक छौं । ……हाम्रो जनयुद्ध २१ औं शताब्दीको युद्ध हो । हाम्रो पार्टी निरंकुश राजतन्त्रकाविरुद्धमात्र संघर्ष गरिरहेको छैन, धेरै राष्ट्रहरुले यो काम पछिल्लो शताब्दीमा सम्पन्न गरिसकेका छन् । हाम्रो पार्टी साम्राज्यवादविरोधी विश्वको एक महाशक्ति अमेरिकाले प्रतिनिधित्व गर्ने कथित प्रजातन्त्रको हिप्पोक्रेसीविरुद्ध पनि संघर्ष गरिरहेको छ । सबैलाई थाहा छ, यी प्रजातान्त्रिक राष्ट्रहरु नेपाली जनताको प्रजातान्त्रिक मागको र्समर्थन गर्दैनन् ।
टाइमः विदेशबाट पनि तपाइँहरुलाई र्समर्थन छ –
प्रचण्डः अन्तराष्ट्रिय समुदायले राजाको सामन्ती, निरंकुश चरित्र र माओवादीहरुको प्रजातान्त्रिक चरित्र बुझ्नु जरुरी छ । चीनको सत्तारुढ वर्गले नयाँ महाशक्ति बन्ने सपना देख्दैछ, जुन माओ त्सेतुङको पथको सीधै विरुद्ध हो । चीन नेपालमा माओ र्फकन्छ भन्ने डरमा छ । तर यहाँ अन्य शक्तिहरु छन् जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो संयुक्त राष्ट्रसंघ वा अन्तराष्ट्रिय मध्यस्थताको र्समर्थन गर्छन् । हामीसित निकै मित्र र संगठनहरु छन् जससित हाम्रो नियमित सर्म्पर्क हुन्छ तर प्राविधिक कारणले म त्यसलाई उल्लेख गर्न सक्दिनन् ।
टाइमः किन तपाइँ यतिविघ्न लुकेर हिँड्नु हुन्छ ।
प्रचण्डः केही गम्भीर प्राविधिक कठिनाइका कारण म तपाइँसित आमनेसामने भेट अर्समर्थ छु । म आशा गर्छुनिकट भविष्यमा यसो हुनेछ । तर म मेरा जनताबाट लुकेर हिँडेको छैन । म खुला छु र उनीहरुसित नियमित अन्तक्रिर्या गर्छु अन्यथा मैले कसरी यो जीवन र मृत्युको संघर्षको काम गर्न सक्छु र –