तपाईँ पहिलेको जन्ममा के हुनुहुन्थ्यो ?

२०६२ जेठ २४ मंगलबार
तपाईँ पहिलेको जन्ममा के हुनुहुन्थ्यो ? कहाँ जन्मनु भएको थियो ? तपाईँलाई थाहा छ ? आज एउटा साइट भेटेँ जहाँ यी प्रश्नका उत्तर भेटिए । म पहिलेको जन्ममा लेखक, नाटककार वा छ्या भन्नै लाज लाग्छ अन्तिम संस्कार कार्यको व्यवस्था मिलाउने मान्छे रहेछु । मेरो जन्म ९०० सालमा हालको इजिप्ट देश छेउछाउ भएको रे । म क्रुर चरित्रको थिएँ रे ।
तपाईँलाई पनि आफ्नो पुरानो जन्मका बारेमा थाहा पाउन मन छ भने यहाँ क्लिक गर्नुस् । त्यहाँ तपाईँको जन्ममिति इस्वी संवत‍मा राख्नुस् र हेर्नुस् आफ्नो पुरानो जन्मका कुरा । तपाईँलाई विक्रम संवतमा मात्र जन्ममिति थाहा छ भने यो साइटमा गई इस्वी संवतमा परिवर्तन गर्नसक्नुहुन्छ । आफ्नो पूर्वजन्मका बारेमा मलाई पनि बताउनुस् है त ।