मसानघाटमा रातभर दरबारका मान्छेले के गरेछन्?

२०६२ साउन १४ शुक्रबार
काठमाडौंको शोभा भगवतिस्थित मसानघाटमा गएको हप्ता दरबारका शाह र राणा परिवारका धेरै मान्छे भेला भएर रातभर कुन्नि के पो गरेछन् रे। चारैतिर सेनाको कडा पहरा राखिएकाले के गरिएको हो भन्ने कुरा प्रष्टसित थाहा हुन गार्‍हो पर्ने नै भयो। बाँकी

नेपालभाषाको दैनिक सन्ध्या टाइम्सले हिजोको अंकमा भने राणा र शाह परिवारका अधिकांश मान्छे भेला भएकोले राजाको नाममा वा दरबारले होम गराएको हुनुपर्ने अनुमान गरेको छ।

गएको बुधबार साँझ ७ बजे सुरु भएको उक्त होम भोलिपल्ट बिहान ५ बजेसम्म जारी भएको उल्लेख गर्दै पत्रिकाले त्यहाँ राजा स्वयं उपस्थित भएर होम गराएको हल्ला पनि सुनिएको उल्लेख गरेको छ।

होम गर्दा केकस्ता विधि अपनाइयो भन्ने थाहा हुन नसके पनि दुई बोराजति खुर्सानीसमेत यज्ञकुण्डमा जलाइएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ।

नेपालमा ठूलठूला धार्मिक अनुष्ठान मसानमा गर्ने चलन छ। शोभा भगवती पनि मसान क्षेत्रमा नै पर्ने गर्छ।