असफलताको अर्को नाम

२०६२ साउन २३ आइतबार
धेरै भयो खाली राजनीतिक कुरामा मात्रै ब्लग गर्न थालेको। उद्‍घाटन ब्लगमा नै मैले भनेको थिएँ, म राजनीतिक विषयमा मात्र ब्लग गर्दिनँ। तर देशै राजनीतिले खाएको हुनाले यसैमा बढी ब्लग गर्न पुगेँ। अब म केही दिन अरु विषयमा पनि ब्लग गर्ने प्रयास गर्नेछु। आज एउटा एकदमै हल्का विषय छान्दैछु, असफलताको अर्को नाम। असफलता अर्थात् failure आज इन्टरनेट डुल्ने क्रममा एउटा अनौठो संयोगको बारेमा पत्ता लाग्यो। तपाईँ पनि हेर्नसक्नुहुन्छ त्यसलाई। तपाईँले अरु केही गर्नुपर्दैन, गुगलमा जानुस् र failure टाइप गरेर सर्च गर्नुस्। सर्च रिजल्टको नम्बर वनमा अर्थात् सबैभन्दा माथिको लिंक हेर्नुस् त……..कस्तो अचम्म!