नेपालन्युजको चलाखी

२०६२ असोज ६, बिहीबार
राजनीतिका कुरा लेख्दालेख्दा दिक्क भइयो। त्यसैले आज अलि फरक विषयमा लेख्ने जाँगर चलेको छ। कुरा नेपालन्युजको। इन्टरनेट चलाउन जान्ने नेपालीले नेपालन्युजमा लगइन गरेकै हुन्छ। अझ विदेशमा बस्ने नेपालीहरुले त दिनमा नै कयौं पटक लगइन गर्ने गर्छन्। त्यसो भए पनि अधिकांशलाई नेपालन्युजले गरिरहेको यो रमाइलो चलाखीका बारेमा ज्ञान छैन होला।

म तपाईँहरुलाई यसका बारेमा बताउँ है त। सबैभन्दा पहिले नेपालन्युजमा जानुस्। अनि Ctrl + A की सँगै थिचेर अल सेलेक्ट गर्नुस्। त्यसपछि पेज स्क्रोल गरेर सबैभन्दा तलपट्टी जानुस्। अब हेर्नुस्, weather को मुनि ट्र्याकरको लोगोको तलपट्टी केही अक्षर गिजीमिजी रुपमा देखिन्छ। अब त्यो ठाउँलाई माउसले सेलेक्ट गर्नुस् र कपी गरेर नोटप्याडमा पेस्ट गर्नुस्। तपाईँले यस्तो टेक्स्ट देख्न पाउनु हुनेछ

consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance. Charge cards, such as American Express, require the consumer to pay for all purchases at the end of the billing period. Consumers may also use bank cards to obtain short-term personal loans (including “cash advances” through automated teller machines). Credit card issuers receive revenue from fees paid by stores that accept their cards and by consumers that use the cards, and from interest charged consumers on unpaid balances. Diners Club became the first credit card company in 1950, when it issued a card allowing members to charge meals at 27 New York City restaurants. In 1958, Bank of America issued the BankAmericard (now Visa), the first bank credit card. In 1965, only 5 million cards were in circulation; by 1996, U.S. consumers had nearly 1.4 billion cards, which they used to charge $991 billion in goods annually. The growth of credit cards has had an enormous impact on the economy—changing buying habits by making it much easier for consumers to finance purchases and by lowering savings rates (because consumers do not need to save money for larger purchases). Oil companies, car makers, and retailers have also used the cards to market their goods and services, using credit as a way of encouraging consumers to buy. Concern has been voiced over widespread distribution of bank credit cards to consumers who may not be able to pay their bills; costly losses and theft of cards; inaccurate (and damaging) credit records; high interest rates on unpaid balances; and excessive encouragement of consumer debt that has cut savings in the United States. Technology advances have facilitated the use of credit cards. Merchants are now connected to banks by modem, so purchases are approved rapidly; on-line shopping on the Internet is possible with credit card payment. Credit card companies are also experimenting with smart cards that would act like a small computer, storing account and other information necessary for its use.

अब तपाईँलाई लाग्यो होला, यो ताल न सुरका टेक्स्ट कसरी आयो ? हो, यही त हो चलाखी।
वास्तवमा नेपालन्युजले केही अघिदेखि गुगलको एडसेन्स कार्यक्रमबाट विज्ञापन हालिरहेको छ। यो पे पर क्लिक विज्ञापन हो। अर्थात् भिजिटरहरुले जति बढी क्लिक गर्छन्, त्यति बढी पैसा गुगललाई र त्यसवापत कमिसन विज्ञापन राख्ने साइटले पाउँछ।

यस्तो विज्ञापनमा पनि विभिन्न कीवर्ड हुने गर्छ अर्थात् नेपालसम्बन्धी विज्ञापनले कम पैसा पाउने वा उठ्ने गर्छ भने मेसोथेलोमिया नामको दुर्लभ क्यान्सर रोगसम्बन्धी विज्ञापनले बढी पैसा उठ्ने गर्छ। बढी पैसा उठ्ने शब्दहरुको सूचिमा क्रेडिट कार्ड पनि पर्ने गर्छ। त्यसैले माथिको टेक्स्टमा क्रेडिट कार्डको बखान गरिएको हो।

नेपालन्युजले चलाखी चाहिँ केमा गर्‍यो भने नेपालसम्बन्धी समाचारमात्र राख्दा विज्ञापन नेपाल कै मात्र आउने भयो। (गुगलको एडसेन्स रोबोटले पेजमा जे टेक्स्ट छ, त्यहीसँग सम्बन्धित विज्ञापनमात्र डिस्प्ले गर्ने गर्छ) त्यसैले १ प्वाइन्टमा कसैले नदेखिने गरी असम्बन्धित टेक्स्ट लुकाएर राखेको हो।

गुगलको एग्रिमेन्ट हेर्ने हो भने त्यसो गर्न नपाइने प्रावधान छ। तर उसले यसमा त्यति ध्यान भने दिने गरेको छैन होला। त्यसैले अधिकांश साइटहरु यस्तै गर्ने गर्छन्। नेपालन्युजको भित्र पेजमा जानुभयो भने पनि तपाईँ यस्तै देख्नुहुन्छ।

यसबाट के बुझिन्छ त ?
एक, नेपालन्युजले बढी पैसा कमाउन यसो गरेको हो। वा,
दुई, नेपालन्युजले आफ्नो लगानी अरु विज्ञापनबाट उठाउन नसकेका कारण यसरी चलाखी गर्नुपरेको हो।

यदि दोस्रो कुरा सत्य हो भने ज्यादै दुःखको कुरा। किनभने नेपालको सबैभन्दा बढी चल्ने अनलाइन पत्रिकाले समेत विज्ञापनबाट खर्च जुटाउन सक्दैन भने नेपालको अनलाइन पत्रकारिताको भविष्य अझै पनि अन्धकारमा नै छ।

त्यसो त हामीले नेपालन्युजलाई एउटा कुरामा धन्यवाद पनि दिनुपर्छ कि यसले विज्ञापनको बोझबाट पाठकलाई मुक्त राखेको छ। अरु साइट, विशेष गरी भारतीय साइटहरुमा थामिनसक्नुका विज्ञापन हुने गर्छन् र समाचार पढ्नै मन नलाग्ने हुन्छ त्यसो हुँदा। त्यसो हुनुभन्दा त नदेखिने यस्ता विज्ञापन राखेर पाठकलाई सजिलो बनाएको नै राम्रो हो, हैन र ?

अनि अँ, तपाईँको पनि कुनै साइट छन् भने यसरी गुगलको विज्ञापन राखेर डलर कमाउन सकिन्छ। अर्को कुरा, मेरो साइटमा देखिने विज्ञापन चाहिँ मेरो आफ्नै नभएर यो साइट निःशुल्क होस्टिङ गर्ने ब्लगसमको हो।