प्रचण्डको शान्तिका लागि रोडम्याप सार्वजनिक

टाइम्स अफ इन्डियाका पत्रकारले पहिलो पटक प्रचण्डको प्रत्यक्ष अन्तर्वार्ता लिए
२०६२ भदौ २८, मंगलबार
जनयुध्दको १० वर्षपछि पहिलो पटक माअ‍ोवादी अध्यक्ष प्रचण्डलाई भेटेरै एक भारतीय पत्रकारले अन्तर्वार्ता लिन सफल भएका छन्। टाइम्स अफ इन्डियाको साइटमा आज राखिएको उक्त अन्तर्वार्ता कहाँ र कहिले लिइएको भन्ने प्रष्ट पारिएको छैन। तर १० किलोमिटर हिँडेर पुग्नुपर्ने जंगलले घेरिएको ठाउँ भनी भनिएको छ। उक्त कोठामा अन्तर्वार्ता दिने क्रममा प्रचण्डका साथ कुनै हतियार र गार्ड नभएको भनी समाचारमा लेखिएको छ। माअ‍ोवादी अध्यक्ष प्रचण्डले संविधान सभा, सबै पार्टी र नागरिक समाजसहितको अन्तरिम सरकार र लोकतान्त्रिक गणतन्त्रको तीन वटा मागलाई नेपालको शान्तिका लागि रोडम्यापका रुपमा प्रस्तुत गर्नुभएको छ।
भारतको टाइम्स अफ इन्डिया दैनिकका पत्रकार केशव प्रधानले प्रत्यक्ष भेटी लिनुभएको भनिएको अन्तर्वार्तामा आफूहरुको हतियारले शान्ति प्रक्रियामा बाधा नपुगोस् भन्नका लागि विश्वासको वातावरण बनाउन संयुक्त राष्ट्रसंघको संलग्नता चाहेको र विश्वासकै वातावरण बनाउन प्रमाणस्वरुप आफूहरुले एकपक्षीय युध्दविराम गरेको प्रचण्डले बताउनु भएको छ। यससम्बन्धी थप समाचार परेवा न्युजमा नेपालीमा हेर्न यहाँ क्लिक गर्नुहोला। टाइम्स अफ इन्डियाको मूल अन्तर्वार्ता अंग्रेजीमा यहाँ छ। तर यसमा विज्ञापन र ३ पेज खोल्नुपर्ने हुनाले सजिलोको लागि वेबचौतारीमा पनि जान सक्नुहुन्छ।