राजदरबार प्रवेश गर्न लागेकी सुन्दरी

२०६२ कात्तिक ११, शुक्रबार
यो हप्ताको जनआस्था साप्ताहिकले प्रमुख समाचारमा लेखेको राजदरबार प्रवेश गर्न लागेकी सुन्दरी भनेकी यिनी नै हुन्। सन् २००० मा मिस अमेरिका बनेकी यी सुन्दरीको नाम हिथर रेनी फ्रेञ्च हो। राष्ट्रिय राजनीतिक दलहरु मात्रै होइन अन्तर्राष्ट्रिय समुदायबाट पनि आलोचना र असहयोग पाएपछि एक्लिंदै गएको सरकारले अब अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार्न एकजना विदेशी सुन्दरीको सहयोग लिने भएको छ । सन् २००० मा मिस अमेरिका बनेकी सुन्दरी हेदर रेनी फ्रेञ्च आफ्ना श्रीमान् केन्टुकी राज्यका पूर्व लेफि्टनेन्ट गभर्नर स्टिथ हेन्रीलाई साथमा लिएर डिसेम्बरको पहिलो हप्ता मरिचमानसिंहको निमन्त्रणामा नेपाल आउंदैछिन्।

सुन्दरी फ्रेञ्चका पति स्टिभ अमेरिकी राष्ट्रपति जर्ज बुशको विरोधी डेमोक्रेटिक पार्टीका प्रभावशाली मानिन्छन् । उनी आगामी निर्वाचनमा डेमोक्र्याटका तर्फबाट सिनेटमा समेत उठ्दैछन्…..

जनआस्थाको पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुस्।