काठमाडौंकी पूर्णिमा मिस नेपाल हङकङ


काठमाडौंकी १९ वर्षीया सुन्दरी पूर्णिमा गुरुङ (तस्वीरमा) हङकङमा आयोजित मिस नेपाल हङकङ उपाधि जित्न सफल भएकी छिन्। आइतबार राति अबेरसम्म भएको मिस नेपाल हङकङ २००५ मा धरानकी दीपा विश्वकर्मा फस्ट रनरअप र काठमाडौंकी अर्की सुन्दरी सुनिता थापाले भने क्रमशः फस्ट र सेकेण्ड रनर अपको उपाधि जितिन्।
जम्मा दश सुन्दरीले भाग लिएको यो प्रतियोगितामा कसैले पनि खाली हात घर फर्कनु परेन। हङकङमा नेपाली सुन्दरीहरुबीच सौन्दर्य प्रतियोगितमा भएको यो चौथौ अवसर हो। तर पछिल्लो चार वर्षसम्म यो प्रतियोगिता हुन सकेको थिएन।

काठमाडौंको युनाइटेड एकेडेमीमा १० + २ पास गरेर हङकङ आएकी पूर्णिमा हाल त्यहाँको एक व्यापारिक कम्पनीमा एकाउण्टेन्टको रुपमा कार्यरत छिन्। हङकङमा नेपालीहरुको उल्लेख्य संख्या रहेको छ। नेपालबाहिर नेपाली युवतीहरुबीच सौन्दर्य प्रतियोगिता पनि हङकङबाहेक अन्यत्र भएको समाचार आउने गरेको छैन।

यो पनि हेर्नुस्
सुगारिका यस वर्षकी मिस नेपाल घोषित