प्यारोडीः वरिपरि, जर्नेल कर्णेल

प्यारोडी र तस्वीर सौजन्यः उही कुमार लामा (२३ नोभेम्बर २००५)
संकलनः मालदाइ, स्वरः मालदाइ र माइलीभाउजू, दमाहाः डिस्को विक्रम, झ्याम्टाः बुहारी विक्रम, नरसिङ्गाः पा(बा)स्टर चुलसी गिरी, सनाईः इसारानुसार जंगिने थापा। सधन्यवाद शंभुजित बासकोटा र देविका प्रधान (साथीभाइ जर्नेल कर्नेल सुन माया गार्खाली पल्टनमा)

मालदाइः
वरिपरि, जर्नेल कर्णेल
हे सुन माइली नारायणहिटी दरबारमा

माइलीभाउजूः
दुइ-चार साता घुमाउनु मलाई
हे सुन माया तिमीले अफ्रिकामा

मालदाइः
आच्छा लेकिन अफ्रिकाको हब्सीले समाउला
अनि मलाई छेउमा बसाल्नु

माइलीभाउजूः
आच्छा लेकिन हब्सीदेखि म पनि रमाउँला
अनि उस्‌लाई छेउमा बसाउँला

मालदाइः
चानचुन उनन्तीस करोड स्वाहाः भए छ
जनताको पैसा हो, हाम्रो के जान्छ?

माइलीभाउजूः
बुढेसकालको मुण्टो तिम्रो कता घुमे छ
आउ न सोझ्याइदिन्छु म बांगो परे छ

मालदाइः
हे आच्छा लेकिन…

मालदाइः
आच्छा लेकिन…

माइलीभाउजूः
नैरोबीको डिस्को-थेकमा मलाई नचाउनु
हब्सीसित तिमले मलाई उतै छोड्‌दिनु

मालदाइः
बुढेसकालमा तिम्रो कस्तो कुबुद्धि पलायो?
ज्यांगो देखेर हो कि क्या हो तिमी लोभियौ?

माइलीभाउजूः
आच्छा लेकिन…

मालदाइः
आच्छा लेकिन…