दक्षिण कोरियामा नेपालीको मृत्यु

रुपन्देही जिल्लाको भैरहवा घर भएका करिब ३३ वर्षका गोविन्द केसीको दक्षिण कोरियामा निधन भएको छ। नोभेम्बर ९ तारिख साँझ साढे सात बजेतिर उनलाई उनले काम गर्ने कम्पनी नजिकै छटपटाइरहेको अवस्थामा सोही कम्पनीका साहुले फेला पारेका र स्थानीय अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै उनको मृत्यु भएको बताइएको छ।

नेपालबाट आएको तीन वर्ष पुग्न लागेका निज केसी काम गर्ने कम्पनीमा अर्का एक जनामात्र नेपाली काम गर्दै आएका थिए। उनीहरु साँझ सात बजेसम्म काम गरिरहेको बताइएको छ।

केसी एसिड कम्पनीमा काम गर्ने भएकाले निजको मृत्य विष सेवनबाट नभई एसिडबाट हुन गएको शंका स्थानीय नेपालीहरुले गरेका छन् भने कम्पनी मालिकले भने केसीले विष सेवन गरेको शंका गरेका छन् ।

अस्पतालको पोस्टमार्टमको आधिकारिक जानकारी अझै प्राप्त हुन सकेको छैन ।

निजको लाशलाई जिम्मा लिने व्यक्ति संघसंस्था कोही नभएका कारणले स्थानीय चर्चको सहयोगमा निजको पोष्टमार्टम तथा नेपालबाट श्रीमतीसमेत बोलाएर लाश जिम्मा लगाउने प्रयास भइरहेको थाहा भएको छ।

नाभेम्बर ९ तारिखका दिन उक्त घटना भएको भए पनि स्थानीय नेपालीहरु सबै कामकाममा भएका कारण १३ तारिख आइतबारका दिनमात्र मृतकलाई हेर्नका लागि नेपालीहरुको अस्पतालमा भीड लागेको थियो ।
दक्षिण कोरियाको इन्सनबाट भरत नेपाल