शाही सरकारद्वारा भोलि दिनभर कर्फ्यु घोषणा

२०६२ माघ ६, बिहीबार @ 915 pm NST
भर्खरै नेपाल टेलिभिजनमा दिइएको सूचना अनुसार माघ ७ गते बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु घोषणा गरेर निरंकुश सरकारले शान्तिपूर्ण सभालाई बिथोल्न चरम कायरता प्रदर्शन गरेको छ। अब भोलि शुक्रबारको दिन रक्तपात चाहिँ नहोस्, यही कामना गर्नुपर्छ। कर्फ्यु चक्रपथभित्र घोषणा गरिएको हो। यसैबीच अपुष्ट समाचार अनुसार सात दलले ८, ९ र १० गते तीन दिन बन्दको घोषणा गरेका छन्। यसैगरी भोलि दिल्लीमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुने भएको छ।