कम्तीमा दुई सय नेता पक्राउ

२०६२ माघ ६ बिहीबार
सरकारले बिहीबार बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता एवं नागरिक अधिकारकर्मीहरुलाई व्यापक घरपकड गरेको छ । राजनीतिक दलका केन्द्रीय नेतालगायत दर्ुइ सय भन्दा बढीलाई गिरफ्तार गरिसकिएको बुझिएको छ । पक्राउ परेकाहरुलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोक, २ नम्बर सशस्त्र प्रहरी गण महाराजगंज र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा राखिएको छ ।
text
एमाले नेता प्रदीप नेपाललाई दिइएको पूर्जी। फोटो साभारः नेपाल इन्फो
बाँकी पढ्न भित्र आउनुस्।

सात राजनीतिक दलले निरंकुश राजतन्त्र विरुद्ध र लोकतन्त्र वहालीका निम्ति आयोजना गरेको पर््रदर्शनको एक दिनअघि सरकारले धरपकडलाई त्रि्र पारेको छ । शुक्रबार सात दलले राजधानीमा विशाल पर््रदर्शन र सभाको आयोजना गर्दैछन ।
बिहीबार सबेरै पक्राउ पर्नेमा नेपाली काग्रेसका महामन्त्री रामचन्द्र पौडेल, प्रजातान्त्रिक काग्रेसका कार्यवाहक सभापति गोपालमान श्रेष्ठ, एमाले स्थायी समिति सदस्यहरु प्रदिप नेपाल, केशव वडाल, इश्वर पोखरेल, युवराज ज्ञवाली छन । यसैगरी काग्रेसका केन्द्रीय सदस्यहरु डा. सशांक कोइराला, सुजाता कोइराला, लक्ष्मण घिमिरे, डा. शेखर कोइराला, खुमबहादुर खड्का, बलदेब शर्मा मजगैंया, ललितपुर काग्रेसका नेता जगतराज शाक्य, ओमकार श्रेष्ठ र जिल्ला सभापति चन्द्र महर्जन छन । काग्रेस सभापतिको निवास महाराजगंजबाट बिहानै सभापतिको निजी सचिव बालकृष्ण दाहाललाई पनि पक्राउ गरिएको छ । राजधानीमा भएका अधिकाशं जिल्ला सभापतिहरु पनि पक्राउ परेको बुझिएको छ ।
एमालेका केन्द्रीय सदस्यहरु सुभाष नेम्वाङ, रघुजी पन्त, विद्यादेवी भण्डारी, कृष्णगोपाल श्रेष्ठ, गोकर्ण्र्ाावष्ट छन ।
प्रजातान्त्रिक काग्रेसका महामन्त्री विमलेन्द निधि, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, बालकृष्ण खाँड पनि पक्राउ परेको बुझिएको छ । यसैगरी नागरिक अधिकारकर्मीहरु कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे र श्याम श्रेष्ठलाई पनि बिहानै पक्राउ गरेको छ । राजधानीमा बिहानैदेखि परिचालित गरिएका सादा पोशााकका सुरक्षाकर्मीले क-कसलाई पक्राउ गर्‍यो भनेर हालसम्म यकिन हुन सकेको छैन । सुरक्षा निकायले पनि केही बताएको छैन ।
यसैगरी सरकारले नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाललगायतका शिर्षनेतालाई निवासमै सुरक्षा निगरानीमा राखेको जानकारी प्राप्त भएको छ । स्वतन्त्र समाचार सेवा