शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

यो साताका लागि चुनौतिका रुपमा फोटो-

कोशीपीडितहरुलाई राहत बाँड्न पूर्व गएको बेला यो फोटो खिचिएको हो। सूर्योदय हो कि सूर्यास्तको दृश्य हो, कविता लेख्‍नेले आफै छुट्याउनु होला है ! शीर्षकसहितको कविता बाहेक अन्य कमेन्ट यसमा नगरिदिनुहोला।

2009-04-04 13:18:36
बिहानी, भोली फेरी
तिमी शान्तिको नया सरगम लिएर आऊ,
तिम्रा जादूगरी हातहरुले अशांति को कालो बादल लाई हटाऊ,
तिम्रो प्रतीक्ष्य मा यहाँ बसिरहेछ्न अनगिनती काख रित्तिएका आमाहरू
अतृप्त सपनाहरु को बोकेका ‘फुलमाया’ हरु,
त्यसैले,
तिमी बहार बनेर छाउ,
हरेक नेपालीका चीसा चीसा चुला हरुमा,
चुइयेका खरका छानाहरुमा,
अनि पीर दर्दको राप्ले पोलेका
नेपाली मन/मुटुका पाना हरुमा .
Tilak, Sanfrancisco, USA

Comment by anupam
2009-04-04 14:53:47
तिमी आज फेरी जादै छौ
तर आज फेरी मलाई नरमाइलो लाग्दै छ
भोली को त मलाई बिस्वास नै लाग्दैन
त्यही भएर तिमी जांदा मलाई सधै नरमाइलो लाग्छ

येदि भोली पनि आज जस्तै दिन हुन्छ भने
येदि भोली पनि आज जस्तै नीरस बित्छ भने
तिमी उदाउनुको कारण देख्दिन म
बिन्ति सूर्य तिमीसंग, नउदाउनू भोलि तिमी

येदि तिमी भोली आउछौ भने
भोका हरु को पेट को खाना भएर आउ
गरीब हरु को रहर पूरा गर्न आउ
अनि हामी नेपाली हरु को लागि
एउटा नौलो बिहानी लिएर आउ

Comment by arjun
2009-04-04 16:03:12
बगाएरै गयो सन्ध्या

हरेक दिन जसो भएन यो आज
समयसँगै अनेकन आस्था पनि गयो
सबेरै झै म पनि उठेको थिए आज
तर,सबै हेर्दा देर्दै भत्किएर गयो।

बिहानमा कुन्नी किन धोबिनी कराएन आज
न त सूर्यदयसँगै चन्द्रमा नै गयो
सधैं झै म पनि खुशी थिए आज
तर, सबै हेर्दा देर्दै रित्तिएर गयो।।

मध्यरातबाटै सूर्य नउदाउने तयारीनै रहेछ आज
बिधीको नियमयो, उदाएरै छाड्यी गयो
सधैं झै मेरो पनि आशा थियो आज
तर,सबै हेर्दा देर्दै डलेरनै गयो।।।

सुन्सान समयमै तयारी थियो मेरो पनि आज
खेत र खलियान नखनेरै गयो
खनौला र बचौला भन्ने आशा मेरो पनि थियो आज
तर,सबै हेर्दा देर्दै पौडिएरै गयो।।।।

मनलेनै नसोचेको बौरुपी बाढी फेरी आयो आज
सधैं थियो पीर मेरो फेरी थोपरेर गयो
कता कता अझै सानो आशा थियो आज
तर,सबै हेर्दा देर्दै डुबाएरै गयो।।।।।

पीडै पीडासँग यो दिन, फेरी नफर्कने गरी गयो आज
आशा सँगै निराशाको भूमरीमा रुवाएरै गयो
रुदा रुदै पनि पलपलको आशा बचाएको थिए आज
तर,सबै हेर्दा देर्दै बगाएरै गयो।।।।।।