यसो गरे कसो होला

सरोज कोइराला
नयाँ संविधानका लागि मैले पनि एउटा प्रस्ताव गरेको छु।

धारा १८. सरकार गठन सम्वन्धमा
उपधारा १ (क) २५ वर्ष पूरा भएको, भारतमा जन्मिए पनि नेपाली नागरिकता भएको, पार्टीको नेतृत्वमा नरहेको तथा २, २ ठाउँबाट चुनाव हारेको व्यक्ति प्रधानमन्त्रीका लागि योग्य ठहरिने छ।
(ख) कि चुनावमा हारेको, कि समानुपातिकमा परेको। नत्र पार्टी फोड्न जानेको राजनीतिक या गैरराजनीतिक व्यक्तित्व सवै विशेषताले योग्य व्यक्ति मन्त्री पदका लागि योग्य ठहरिने छ।
(ग) नेपाली सेनाले व्यक्त गरेको लोकतन्त्रप्रतिको प्रतिवद्धतालाई सरकारले उच्च मुल्यांकन गर्नुपर्नेछ । यसको मूल्यांकन प्रत्येक प्रधानमन्त्रीले आफ्नो पहिलो सम्वोधनमै व्यक्त गर्न अनिवार्य हुनेछ ।
(घ) जंगी अड्डाले ल्याएका प्रत्येक प्रस्तावलाई निर्सत स्विकार्नु जननिर्वाचित सरकारको पहिलो कर्तव्य हुन आउनेछ ।

नोटः यसमा अपुग भएका प्रावधानहरु साउथ व्लकको सुझावका आधारमा थपघट गरी नयाँ संविधान जारी गर्नुपूर्व समेट्न सकिने सम्वन्धित सबैमा अनुरोध गरिन्छ ।

धन्यवाद ।