खल्ती नभएको लुगाको चर्चा अस्ट्रेलियाको पत्रिकामा

-अर्चना श्रेष्ठ-
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार रोक्न त्यहाँका कर्मचारीलाई खल्ती नभएको लुगा लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनसम्बन्धी समाचार आज मंगलबारको एक अस्ट्रेलियाली पत्रिकामा छापिएको छ।

भ्रष्टाचारको समाधानः खल्तीबिनाका कर्मचारी शीर्षकको यो समाचार एमएक्स पत्रिकामा छापिएको हो।

एमएक्स पत्रिका यहाँका रेलहरुमा निःशुल्क पाइने पत्रिका हो। यहाँ यो पत्रिका धेरैले पढ्छन्।

हेर्नुस् त कति बेइज्जत नेपालको-